७०४  परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने आवश्यक मार्ग

“परमेश्‍वरको डर मान्‍नु” को अर्थ अवर्णनीय त्रास र भय होइन, न त पन्छिनु हो, न त टाढा बस्नु हो, न त यो देवत्वकरण वा अन्धविश्‍वास नै हो। बरु, यो त सराहना, आदर, भरोसा, बुझाइ, ख्याल, समर्पणता, अर्पण, प्रेम, साथै निसर्त र गुनासोविनाको आराधना, प्रत्युपकार र आत्मसमर्पण हो। परमेश्‍वरबारे वास्तविक ज्ञानविना, मानिसहरूसँग वास्तविक सराहना, वास्तविक भरोसा, वास्तविक बुझाइ, वास्तविक ख्याल वा समर्पणता हुनेछैन, बरु केवल त्रास र बेचैनी, शङ्‍का, गलत बुझाइ, पन्छाइ र टाढा बस्नु मात्र हुनेछ;

परमेश्‍वरबारे वास्तविक ज्ञानविना, मानिसहरूसँग वास्तविक अर्पण र प्रत्युपकार हुनेछैन, मानिसहरूसँग वास्तविक आराधना र आत्मसमर्पण हुनेछैन, अन्धो-देवत्वकरण र अन्धविश्‍वास मात्र हुनेछ; परमेश्‍वरबारे वास्तविक ज्ञानविना, मानिसहरूले परमेश्‍वरको मार्ग पछ्याउने, वा परमेश्‍वरको डर मान्‍ने, वा दुष्टताबाट अलग बस्‍ने सम्भावना हुँदैन। यसको विपरीत, मानिसहरू सहभागी हुने हरेक क्रियाकलाप र व्यवहार परमेश्‍वरविरुद्धको विद्रोह र प्रतिरोधले भरिएको हुनेछ, उहाँका बदनामी र आलोचनाले भरिएको हुनेछ, र सत्यता र परमेश्‍वरका वचनको साँचो अर्थ विपरीतका दुष्ट कार्यहरूले भरिएको हुनेछ।

मानिसहरूमा परमेश्‍वरप्रति साँचो भरोसा भएपछि, तिनीहरू उहाँलाई साँच्चै पछ्याउनेछन् र उहाँमा निर्भर हुनेछन्; परमेश्‍वरमा वास्तविक भरोसाका साथ मात्र मानिसहरूले उहाँलाई साँच्चै चिन्न र बुझ्न सक्छन्; परमेश्‍वरको वास्तविक बुझाइसँगै उहाँप्रतिको वास्तविक ख्याल आउँछ; उहाँप्रतिको वास्तविक ख्यालका साथ मात्र मानिससँग साँचो समर्पणता हुन सक्छ; उहाँप्रतिको वास्तविक समर्पणताका साथ मात्र मानिसमा साँचो अर्पण हुन सक्छ; उहाँप्रतिको वास्तविक अर्पणका साथ मात्र मानिसमा निसर्त र गुनासोविनाको प्रत्युपकार हुन सक्छ;

साँचो भरोसा, साँचो बुझाइ र ख्याल, साँचो समर्पणता, साँचो अर्पण र प्रत्युपकारका साथ मात्र, मानिसहरू परमेश्‍वरको स्वभाव र सार, अनि सृष्टिकर्ताको पहिचान साँच्चै चिन्न पुग्न सक्छन्; तिनीहरूले जब सृष्‍टिकर्तालाई साँच्‍चिकै चिन्‍न पुगेका हुन्छन्, तब मात्र तिनीहरूभित्र वास्तविक आराधना र आत्मसमर्पण जाग्न सक्छ; तिनीहरूसँग सृष्‍टिकर्ताप्रति साँचो आराधना र आत्मसमर्पण हुँदा मात्र, तिनीहरू दुष्ट कार्यहरूबाट साँच्‍चिकै उम्किन सक्षम हुनेछन्—अर्थात्, दुष्टताबाट अलग बस्‍न सक्‍नेछन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। प्रस्तावना

अघिल्लो:  ७०३  परमेश्‍वरमा साँचो विश्‍वास भनेको उहाँका वचनहरूको अभ्यास र अनुभव हो

अर्को:  ७०५  मानिस परमेश्‍वरलाई उहाँको वचनको अनुभवद्वारा चिन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger