866  येशूको पुनरुत्थान पछि उहाँको देखा पराइको अर्थ

पद १

परमेश्‍वर चाहनुहुन्थ्यो कि मानिस उहाँको नजिक

आऊन्, परिवार बनून्, टाढा नबसून्।

त्यसैले पुनरुत्थान पछि,

येशू देहमा देखा पर्नुभयो, मानिससँग खानपान गर्नुभयो।


पूर्व कोरस १

मानिसलाई परिवार झैँ हेर्नुहुन्छ,

तिनको सबभन्दा प्रिय व्यक्ति हुन चाहनुहुन्छ।

यसरी तिनलाई पाउन सक्नुहुन्छ

र मानिसले उहाँलाई प्रेम, आराधना गर्न सक्छ।


कोरस १

पुनरुत्थान पछि येशूले भन्नुभएको र

गर्नुभएको कुरामा निकै विचार गरिएको थियो।

यो उहाँको मानिसप्रति प्रेम र उहाँ देहमा हुँदा,

मानिससँगको गहन सम्बन्धको पर्बाहले भरिएको थियो।

यो उहाँ देहमा हुनुहुँदा, अनुयायीहरूसँग

खाँदा र जिउँदाका

दिनको तृष्णाले भरिएको थियो।


पद २

कहिल्यै मानिसले उहाँबाट टाढा भएको महसुस गरून्

वा उहाँबाट टाढा होऊन् भन्ने चाहनुभएन।

पुनरुत्थान पछि येशू, मानिसको घनिष्ठ प्रभु हुनुहुन्न वा

तिनले देख्न वा पुग्न नसक्ने पिताकहाँ

फर्कनुभयो, वा उहाँ र मानिसबीच

हैसियतमा फरक छ भन्‍ने

महसुस गराउन चाहनुभएन।


पूर्व कोरस २

जब उहाँ पछ्याउन चाहने तर उहाँसँग

दूरी राख्ने मानिस देख्नुहुन्छ,

उहाँलाई दुःख हुन्छ कारण तिनका हृदय

टाढा र पाउन गाह्रो छन्।


कोरस २

येशूको सब कामले मानिसलाई प्रभु

नबद्लिनु भएको महसुस गरायो।

क्रूसमा टांगिनु भएपनि, पुनरुत्थान हुनुभयो,

तिनलाई छोड्नुभएकै थिएन।

मानिसमाझ फर्कनुभएको थियो।

उहाँबारे केही बदलिएको थिएन।

मानिसलाई नजिक महसुस गर्ने र

उहाँ फेरि पाउने तुल्याउनुभयो।

तिनले बडो चैनका साथ, हरेक पाप क्षमा गर्न सक्ने

मानिसको पुत्रमा भर परे।

बिना हिचकिचाहट येशूलाई प्रार्थना गरे,

उहाँको अनुग्रह, आशिष्, शान्ति,

हर्ष, हेरचाह, र सुरक्षा प्राप्त गर्न।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३” बाट परिमार्जित

अघिल्लो:  865  मानवजातिको दुष्टता र भ्रष्टताले परमेश्‍वर दुःखी हुनुहुन्छ

अर्को:  869  परमेश्‍वरले मानवलाई मुक्ति दिन ठूलो कष्ट भोग्नुहुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger