९४८  परमेश्‍वरको गवाही दिन जिउनु नै सबैभन्दा ठूलो आशिष् हो

परमेश्‍वरले तँलाई जिउन दिनुहुन्छ, तँ परमेश्‍वरका लागि जिउन सक्छस्, र तँ सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्नका लागि जिउन सक्छस्। यो जिउने अर्थपूर्ण तरिका हो। मानिसहरू सत्यता नस्विकारी वा नबुझी जिउँछन् र केवल देहका लागि जिउँछन् भने, त्यसमा कुनै पनि मूल्य हुँदैन। तिमीहरू सबै अहिले सत्यतातर्फ लागिपरिरहेका छौ, तिमीहरू झन्झन् बढी विवेक र समझका साथ, र झन्झन् बढी मानव रूपमा जिइरहेका छौ। तिमीहरूले झन्झन् बढी सत्यता बुझ्छौ, तिमीहरू परमेश्‍वरमा समर्पित हुन झन्झन् बढी जान्दछौ, र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न र परमेश्‍वरको गवाही दिन पनि सक्छौ। यसरी जिउँदा तिमीहरूको हृदय शान्ति र आनन्दले भरिनेछ, र यो नै सबैभन्दा अर्थपूर्ण जीवन हो। सम्पूर्ण मानवजातिमध्ये तिमीहरूले मात्र यस प्रकारको आशिष् प्राप्त गरेका छौ।

यस विशाल संसारमा र सारा मानवजातिमा, परमेश्‍वरले तिमीहरूलाई मात्र चुन्नुभएको छ र यो अन्तिम युगमा र ठूलो रातो अजिङ्गरको देशमा जन्मने तुल्याउनुभएको छ, ताकि तिमीहरूले उहाँको आज्ञा स्वीकार गर्न, आफ्नो कर्तव्य पूरा गर्न, र उहाँप्रति आफूलाई समर्पित गर्न सक्छौ। तिमीहरू तिनै मानिस हौ जसलाई परमेश्‍वरले निगाहपूर्वक हेर्नुहुन्छ र जसलाई उहाँले चुन्नुभएको छ। के यो सबैभन्दा आशिषित कुरा होइन र? यो एकदमै आशिषित कुरा हो। अहिले, तिमीहरू परमेश्‍वरको गवाही दिन र परमेश्‍वरको राज्यको सुसमाचार प्रसार गर्नका लागि आफ्नो जीवन र आफ्नो हरेक दिन जिउन सक्षम छौ—यस तरिकाले जिउनुलाई नै परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ। परमेश्‍वरले तिमीहरूलाई यसरी जिउन दिनुहुन्छ, र तिमीहरूलाई यो अवसर दिनुहुने परमेश्‍वर नै हुनुहुन्छ।

परमेश्‍वरले तँलाई जिउन, र कर्तव्य पूरा गर्न र आफूलाई उहाँप्रति समर्पित गर्न अवसर दिनुभएको छ, यो सबैभन्दा अर्थपूर्ण कुरा हो। तिमीहरूले यो अवसरको कदर गर्नुपर्छ; तिमीहरूले गर्वित र सम्मानित महसुस गर्नुपर्छ। तिमीहरू कलिलै छौ, र तिमीहरूले विपत्तिमाझ, र यस्तो प्रतिकूल परिवेश र परिस्थितिहरूमा आफ्नो कर्तव्य निर्वाह गर्नु, परमेश्‍वरलाई पछ्याउनु, र उहाँको गवाही दिनु—यो कति दुर्लभ मौका हो! मानवजातिले सत्यता प्राप्त गरून् र मानवजाति शुद्ध पारिऊन् भनेर मानवजातिलाई पूर्ण रूपमा मुक्ति दिन आखिरी दिनहरूमा परमेश्‍वर देहधारी हुनुहुन्छ र उहाँले यति धेरै सत्यता व्यक्त गर्नुहुन्छ, यो सबैभन्दा दुर्लभ अवसर हो। तर समय धेरै छैन, र यो आँखा झिमिक्क गर्दा गइसक्छ। तिमीहरूले यो मौका छोपेर प्राप्त गर्नुपर्ने सबै सत्यता प्राप्त गर्नुपर्छ। यो सबैभन्दा ठूलो आशिष् हो, र यो विगतका सबै सन्तहरूले पाएको भन्दा पनि ठूलो आशिष् हो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

अघिल्लो:  ९३६  सारा मानव जातिले परमेश्‍वरको आराधना गर्नुपर्छ

अर्को:  ९६१  आफ्नो मिसन पूरा गर्नका लागि जिउनु मात्रै अर्थपूर्ण हुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger