अध्याय १६

मानिसको पुत्रको गवाहीपछि, सर्वशक्तिमान् परमेश्‍वरले आफैलाई धार्मिकताको सूर्यको रूपमा सार्वजनिक तवरले हामीकहाँ प्रकट गर्नुभयो। यो डाँडामा भएको रूप परिवर्तन हो! यो अहिले बढ्दो रूपमा वास्तविक हुँदैछ, धेरै वास्तविकता हुँदैछ। पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भनी हामीले देखेका छौँ, अनि परमेश्‍वर स्वयम्‌ देहबाट उत्पन्न हुनुभएको छ। उहाँ मानिस, ठाउँ, भूगोलको बन्धनमा हुनुहुन्‍न; उहाँले पृथ्वी र समुद्रका सीमाहरूलाई उछिन्नुहुन्छ, उहाँ सम्पूर्ण ब्रह्माण्ड र पृथ्वीको अन्त्यसम्म फैलिनुहुन्छ, अनि सबै जातिहरू र सबै मानिसहरूले उहाँको आवाज शान्त भएर सुनिरहेका छन्। हामीले आफ्ना आत्मिक आँखाहरू खोल्‍ने क्रममा, हामी परमेश्‍वरको वचन उहाँको महिमित देहबाट उत्पन्न भएको छ भन्‍ने देख्छौं; यो परमेश्‍वर स्‍वयम् देहबाट उत्पन्न हुनु हो। उहाँ वास्तविक र पूर्ण परमेश्‍वर स्‍वयम्‌ हुनुहुन्छ। उहाँले हामीसित सार्वजनिक रूपमा बोल्नुहुन्छ, उहाँ हामीसित आमने-सामने हुनुहुन्छ, उहाँले हामीलाई सल्लाह दिनुहुन्छ, उहाँले हामीलाई टिठ्याउनुहुन्छ, उहाँले हामीलाई पर्खिनुहुन्छ, उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ, उहाँले हामीलाई अनुशासित तुल्याउनुहुन्छ अनि उहाँले हामीलाई न्याय गर्नुहुन्छ। उहाँले हात समातेर डोर्याउनुहुन्छ अनि हामीप्रतिको उहाँको चासो उहाँभित्र आगो जस्तै दन्कन्छ; उहाँले उत्सुक हृदयले हामीलाई जगाउन र उहाँभित्र प्रवेश गर्न प्रेरित गर्नुहुन्छ। उहाँको सर्वोच्‍च जीवन हामी सबैभित्र बनिएको छ, अनि उहाँभित्र प्रवेश गर्ने सबैले त्यही सर्वोच्‍च जीवन हासिल गर्नेछन् र संसार अनि सबै दुष्टहरूमाथि विजय पाउनेछन् अनि उहाँसँगै राजाहरू भएर राज्य गर्नेछन्। सर्वशक्तिमान् परमेश्‍वर परमेश्‍वरको आत्मिक शरीर हो। यदि उहाँले यसलाई नियुक्त गर्नुहुन्छ भने त्यो त्यस्तै हुनेछ; यदि उहाँले बोल्नुभयो भने, त्यो त्यस्तै हुनेछ, अनि उहाँले त्यसलाई आज्ञा दिनुभयो भने, त्यो त्यस्तै हुनेछ। उहाँ एउटै साँचो परमेश्‍वर हुनुहुन्छ! शैतान उहाँको पाउमुनि अतल कुण्डमा छ। ब्रह्माण्ड र सबै थोक उहाँको हातमा छन्; समय आएको छ, अनि सबै कुरा शून्यतामा फर्कनेछन् र नयाँ प्रकारले जन्मनेछन्।

अघिल्लो:  अध्याय १५

अर्को:  अध्याय १७

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger