अध्याय ३०
दाजुभाइ हो, ब्यूँझ! दिदीबहिनी हो, ब्यूँझ! मेरो दिन आउन विलम्ब हुनेछैन; समय नै जीवन हो, अनि गुमेको समय फिर्ता लिनु भनेकै जीवन बचाउनु हो! समय त्यति टाढा छैन! यदि तिमीहरू कलेजको प्रवेश-परीक्षामा असफल भयौ भने, तिमीहरूले त्यसका लागि चाहे जति पटक पनि अध्ययन गरेर पुनः परीक्षा दिन सक्छौ। तर, मेरो दिनमा अलिकति पनि ढिलाइ सहनेछैन। याद राख! याद राख! यी मेरो अर्तीका दयालु वचनहरू हुन्। तिमीहरूको आँखाकै अगाडि संसारको अन्त्य प्रकट भएको छ, र महाविपत्तिहरू चाँडै आउनेछन्। कुन चाहिँ बढी महत्त्वपूर्ण हो: तिमीहरूको जीवन, कि तिमीहरूको निद्रा, तिमीहरूको खानपिन र वस्त्र? तिमीहरूले यी कुराहरूलाई तौलने समय आएको छ! अबदेखि शङ्का नगर! तिमीहरू यी कुरालाई गम्भीरतापूर्वक लिन एकदमै डराएका छौ, होइन र?
कति दयनीय! कति दरिद्र! कति अन्धो! मानिसहरू कति निर्दयी हुन्छन्! तिमीहरू वास्तवमा मेरो वचनका निम्ति कान थुन्छौ—के म तिमीहरूसँग व्यर्थमा बोलिरहेको छु? तिमीहरू अझै पनि अति अल्छे छौ—किन? किन त्यसो भयो? के तिमीहरूमा कहिल्यै यस्तो विचार आएन? म कसका लागि यी कुराहरू भन्छु? ममा विश्वास गर! म तिमीहरूको मुक्तिदाता हुँ! म तिमीहरूको सर्वशक्तिमान् हुँ! सतर्क रह! सतर्क रह! खेर गएको समय फेरि कहिल्यै फर्केर आउनेछैन—यो कुरा याद राख! पछुतोलाई निको पार्ने औषधि संसारमा कहीँ छैन! त्यसकारण, म तिमीहरूलाई अरू के नै भन्न सक्थेँ र? के मेरो वचन तिमीहरूको होसियारीपूर्ण मनन, तिमीहरूको बारम्बारको मननयोग्य छैन? तिमीहरू मेरो वचनप्रति कति बेपरवाह छौ र आफ्नो जीवनप्रति कति अजिम्मेवार छौं; म यसलाई कसरी सहन सक्छु? कसरी सक्छु?
किन यतिको समयमा पनि तिमीहरूका बीचमा उचित मण्डली जीवन पैदा हुन सकेको छैन? किनभने तिमीहरूमा विश्वासको कमी छ; तिमीहरू मूल्य चुकाउन, आफैलाई अर्पण गर्न, आफैलाई मेरो अघि समर्पण गर्न अनिच्छुक छौ। हे मेरा पुत्रहरू हो, बिउँझ! मेरा पुत्रहरू, मलाई विश्वास गर! मेरा प्रियहरू, तिमीहरू किन मेरो हृदयमा के छ भनी विचार गर्दैनौ?