अध्याय ३०

दाजुभाइ हो, ब्यूँझ! दिदीबहिनी हो, ब्यूँझ! मेरो दिन आउन विलम्ब हुनेछैन; समय नै जीवन हो, अनि गुमेको समय फिर्ता लिनु भनेकै जीवन बचाउनु हो! समय त्यति टाढा छैन! यदि तिमीहरू कलेजको प्रवेश-परीक्षामा असफल भयौ भने, तिमीहरूले त्यसका लागि चाहे जति पटक पनि अध्ययन गरेर पुनः परीक्षा दिन सक्छौ। तर, मेरो दिनमा अलिकति पनि ढिलाइ सहनेछैन। याद राख! याद राख! यी मेरो अर्तीका दयालु वचनहरू हुन्। तिमीहरूको आँखाकै अगाडि संसारको अन्त्य प्रकट भएको छ, र महाविपत्तिहरू चाँडै आउनेछन्। कुन चाहिँ बढी महत्त्वपूर्ण हो: तिमीहरूको जीवन, कि तिमीहरूको निद्रा, तिमीहरूको खानपिन र वस्‍त्र? तिमीहरूले यी कुराहरूलाई तौलने समय आएको छ! अबदेखि शङ्का नगर! तिमीहरू यी कुरालाई गम्भीरतापूर्वक लिन एकदमै डराएका छौ, होइन र?

कति दयनीय! कति दरिद्र! कति अन्धो! मानिसहरू कति निर्दयी हुन्छन्! तिमीहरू वास्तवमा मेरो वचनका निम्ति कान थुन्छौ—के म तिमीहरूसँग व्यर्थमा बोलिरहेको छु? तिमीहरू अझै पनि अति अल्छे छौ—किन? किन त्यसो भयो? के तिमीहरूमा कहिल्यै यस्तो विचार आएन? म कसका लागि यी कुराहरू भन्छु? ममा विश्‍वास गर! म तिमीहरूको मुक्तिदाता हुँ! म तिमीहरूको सर्वशक्तिमान् हुँ! सतर्क रह! सतर्क रह! खेर गएको समय फेरि कहिल्यै फर्केर आउनेछैन—यो कुरा याद राख! पछुतोलाई निको पार्ने औषधि संसारमा कहीँ छैन! त्यसकारण, म तिमीहरूलाई अरू के नै भन्न सक्थेँ र? के मेरो वचन तिमीहरूको होसियारीपूर्ण मनन, तिमीहरूको बारम्बारको मननयोग्य छैन? तिमीहरू मेरो वचनप्रति कति बेपरवाह छौ र आफ्‍नो जीवनप्रति कति अजिम्‍मेवार छौं; म यसलाई कसरी सहन सक्छु? कसरी सक्छु?

किन यतिको समयमा पनि तिमीहरूका बीचमा उचित मण्डली जीवन पैदा हुन सकेको छैन? किनभने तिमीहरूमा विश्‍वासको कमी छ; तिमीहरू मूल्य चुकाउन, आफैलाई अर्पण गर्न, आफैलाई मेरो अघि समर्पण गर्न अनिच्‍छुक छौ। हे मेरा पुत्रहरू हो, बिउँझ! मेरा पुत्रहरू, मलाई विश्‍वास गर! मेरा प्रियहरू, तिमीहरू किन मेरो हृदयमा के छ भनी विचार गर्दैनौ?

अघिल्लो:  अध्याय २९

अर्को:  अध्याय ३१

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger