अध्याय ३१

मलाई सच्‍चा रूपमा चाहनेहरू सबैलाई म प्रेम गर्छु। यदि तिमीहरूले मलाई प्रेम गर्ने कार्यमा ध्यान केन्द्रित गर्‍यौ भने, म तिमीहरूलाई अवश्य नै प्रशस्‍त आशिष दिनेछु। के तिमीहरूले मेरा अभिप्रायहरूलाई बुझ्यौ? मेरो घरमा, उच्‍च र न्यून हैसियत बीचमा कुनै भिन्‍नता छैन। सबै मेरा पुत्र हुन्, र म तिमीहरूका पिता, तिमीहरूका परमेश्‍वर हुँ। म सर्वोच्‍च र अद्वितीय छु। म ब्रह्माण्ड र सबै थोकलाई नियन्त्रण गर्छु!

तैँले मेरो घरमा “मलाई नम्रता र दीनतामा सेवा” गर्नुपर्छ। यो वाक्यांश तेरो नारा हुनुपर्छ। रूखको पात नबन्, तर रूखको जरा बनेर जीवनमा गहिरो जरा हाल्। जीवनको सच्‍चा अनुभवमा प्रवेश गर्, मेरा वचनहरूअनुसार जी, हरेक कुरामा मलाई अझै बढी खोजी गर्, र मेरो नजिक आएर मसँग सङ्गति गर्। कुनै पनि बाहिरी कुराहरूलाई ध्यान नदे, र कुनै पनि व्यक्ति, घटना, वा वस्तुको बन्धनमा नबस्, तर म के हुँ भन्‍ने विषयमा आत्मिक मानिसहरूसँग मात्रै सङ्गति गर्। मेरा अभिप्रायहरूलाई बुझ्, मेरो जीवन तिमीहरूको बीचमा बगोस्, र मेरा वचनहरूमा जिएर मेरा मागहरूलाई पालन गर्।

तेरा सबै सामर्थ्य मैले तँलाई आज्ञा गरेका विषयहरूमा समर्पित गर्; मेरो हृदयलाई सन्तुष्ट तुल्याउनको निम्ति तैँले गर्न सक्‍ने जति सबै गर्। म तेरो शक्ति हुँ र म तेरो आनन्द हुँ…। म तेरो सबै थोक हुँ। मेरो पछि लाग्। तेरो हृदयको साँचो इच्‍छाहरूका बारेमा र तैँले आफैलाई मेरो निम्ति इमानदारीताको साथ समर्पित गर्छस् भन्‍ने मलाई थाहा छ, तर मेरो घरमा मलाई कसरी बफादारीता देखाउनुपर्छ र मलाई कसरी अन्त्यसम्‍मै पछ्याउनुपर्छ भन्‍ने कुरा तँलाई थाहा हुनुपर्छ।

मण्डली मेरो मुटु हो र मेरो मण्डली निर्माणको लागि मलाई आतुरीले पोलिरहेको छ। तैँले अलिकति पनि बाँकी नराखी आफूलाई मप्रति समर्पित गर्नुपर्छ, र मेरा अभिप्रायहरूलाई बुझ्‍नुपर्छ, ताकि मेरो हृदय सन्तुष्ट हुन सकोस्।

अघिल्लो:  अध्याय ३०

अर्को:  अध्याय ३२

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger