घ. न्याय, सजाय, परीक्षाहरू र शोधन भएर कसरी जाने सो सम्बन्धमा
३६६. युगलाई समापन गर्ने परमेश्वरको अन्तिम काममा, उहाँको स्वभाव सजाय र न्यायको स्वभाव हो, जसमा उहाँले सार्वजनिक रूपमा सबै मानिसहरूलाई न्याय गर्न, र निष्कपट रूपमा उहाँलाई प्रेम गर्नेहरूलाई सिद्ध पार्नका लागि सबै अधर्मी कुरा प्रकाश गर्नुहुन्छ। यस्तो स्वभावले मात्र युगलाई अन्त्य गर्न सक्छ। आखिरी दिनहरू आइसकेका छन्। यावत् थोकहरू तिनका प्रकारअनुसार वर्गीकरण गरिन्छन्, र तिनका फरक-फरक गुणहरूका आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्वरले मानिसहरूका परिणाम र गन्तव्य प्रकाश गर्नुहुने समय ठ्याक्कै यही हो। यदि मानिसहरूले सजाय र न्याय अनुभव गर्दैनन् भने, तिनीहरूको विद्रोहीपन र अधार्मिकता खुलासा गर्ने कुनै तरिका हुनेछैन। केवल सजाय र न्यायमार्फत यावत् थोकका परिणामहरू प्रकाश गर्न सकिन्छ। मानिसहरूलाई सजाय दिइँदा र न्याय गरिँदा मात्र तिनीहरूले आफ्नो वास्तविक रङ्ग देखाउँछन्। दुष्टलाई दुष्टको साथमा, असललाई असलको साथमा राखिनेछ, र सबै मानिसहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिनेछ। सजाय र न्यायमार्फत, यावत् थोकका परिणाम प्रकाश गरिनेछ, ताकि दुष्टलाई दण्ड र असललाई इनाम दिन सकियोस्, र सबै मानिसहरूले परमेश्वरको प्रभुत्वमा आफूलाई समर्पण गरून्। यी सबै काम धर्मी सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसहरूको भ्रष्टता चरमबिन्दुमा पुगेकाले, र तिनीहरूको विद्रोहीपन अत्यन्तै गम्भीर बनेकाले, परमेश्वरको मुख्यतः सजाय र न्याय समावेश भएको र आखिरी दिनहरूमा प्रकाश हुने धर्मी स्वभावले मात्र मानिसहरूलाई पूर्ण रूपमा रूपान्तरण गर्न र पूर्ण पार्न र दुष्टतालाई प्रकाश गर्न सक्छ, र यसरी सबै अधर्मीहरू गम्भीर रूपमा दण्डित हुनेछन्। त्यसकारण, यस्तो स्वभावसँग युगको महत्त्व गाँसिएको हुन्छ। प्रत्येक नयाँ युगको कामका खातिर परमेश्वरको स्वभाव प्रकाश र प्रकट हुन्छ। परमेश्वरले आफ्नो स्वभाव मनोमानी ढङ्गमा र कुनै महत्त्वविना प्रकाश गर्नुहुन्छ भन्ने होइन। यदि, मानिसहरूका परिणाम प्रकाश गर्ने आखिरी दिनहरूमा, परमेश्वरले मानिसलाई अझै पनि असीम कृपा र प्रेमिलो दयालुपनका साथ प्रेम गर्नुहुने भएको भए, र तिनीहरूप्रति प्रेमिलो हुन जारी राख्नुहुने भएको भए, तिनीहरूलाई धर्मी न्यायको अधीनमा नल्याउनुहुने, बरु तिनीहरूलाई सहनशीलता, धैर्य र क्षमा देखाउनुहुने, र तिनीहरूका पाप चाहे जति नै गम्भीर भए पनि त्यसका निम्ति अलिकति पनि धर्मी न्याय नगरी क्षमा गर्नुहुने भएको भए, परमेश्वरको सम्पूर्ण व्यवस्थापन कहिले समाप्त हुनेथियो? यस्तो स्वभावले मानिसहरूलाई कहिले मानवजातिको उपयुक्त गन्तव्यमा डोऱ्याउन सक्नेथियो? उदाहरणका लागि, मानौँ, एउटा न्यायाधीश छ, जो सधैँ मानिसहरूप्रति प्रेमिलो छ, र ऊ दयालु अनुहार र कोमल हृदयको छ। मानिसहरूले जस्तो-सुकै अपराध गरेका भए पनि ऊ तिनीहरूलाई प्रेम गर्छ, र तिनीहरू जो-सुकै भए पनि तिनीहरूप्रति प्रेमिलो र सहनशील हुन्छ। त्यस अवस्थामा, उसले कहिले चाहिँ एउटा न्यायोचित फैसला गर्न सक्नेछ त? आखिरी दिनहरूको अवधिमा, केवल धर्मी न्यायले मानिसहरूलाई उनीहरूको प्रकारअनुसार वर्गीकरण गर्न र तिनीहरूलाई एउटा नयाँ क्षेत्रमा ल्याउन सक्छ। यसरी, न्याय र सजायको परमेश्वरको धर्मी स्वभावद्वारा सम्पूर्ण युगलाई समाप्त गरिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३)
३६७. मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्र पहिल्यै रोपिएका थिए, र शैतानद्वारा भ्रष्ट तुल्याइएको हजारौँ वर्षपछि, ऊसँग भित्र परमेश्वरको प्रतिरोध गर्ने एउटा प्रकृति हुन्छ। यसकारण, जब मानिसलाई छुटकारा दिइयो, त्यो छुटकारा भन्दा अरू केही पनि थिए न। अर्थात्, मानिसलाई ठूलो मूल्यमा किनेर फिर्ता लिइएको थियो, तर ऊभित्रको विषाक्त प्रकृति हटाइएको थिएन। यस्तो फोहोरी मानिसले परमेश्वरलाई सेवा गर्न योग्य हुनुभन्दा अघि परिवर्तन भोग्नैपर्छ। यस न्याय र सजायको कामको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोरी र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्न पुग्नेछ, र ऊ पूर्णतः परिवर्तन हुन र शुद्ध गरिन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। हालका सबै काम मानिस शुद्ध पारिन र परिवर्तित हुन सकोस् भनेर गरिन्छ; वचनको न्याय र सजाय, अनि शोधनको माध्यमबाट मानिसले आफ्नो भ्रष्टता फाल्न अनि ऊ शुद्ध पारिन सकोस् भनेर गरिन्छ। कामको यो चरण मुक्तिको काम हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु बढी उचित हुन्छ। वास्तवमा, यो चरण विजयको काम पनि हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। वचनको न्याय र सजायमार्फत नै मानिस परमेश्वरद्वारा प्राप्त गरिन पुग्छ, र वचनमार्फत गरिने शोधन, न्याय, र खुलासाले नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, मनसाय र व्यक्तिगत आशाहरूलाई पूर्ण रूपमा प्रकट गर्छन्। मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएका भए पनि, यसलाई केवल परमेश्वरले उसका अपराधहरू याद नगर्नुभएको र उसका अपराधहरूअनुसार ऊसँग व्यवहार नगर्नुभएको मान्न सकिन्छ। तर, मानिस पापबाट मुक्त नभईकन देहमा जिउँछ, र ऊ निरन्तर पाप गरिरहन, अटुट रूपमा आफ्नो शैतानी भ्रष्ट स्वभावहरू प्रकट गरिरहन मात्र सक्छ। मानिसले जिउने जीवन यही हो, पाप गर्ने र क्षमा गरिने एउटा निरन्तर चक्र। अधिकांश मानिसहरूले दिनमा पाप गर्छन् र साँझमा स्वीकार गर्छन्। अनि त्यसैले, पापबलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि, त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभावहरू छन्। उदाहरणका लागि, जब मानिसहरूले आफूहरू मोआबबाट आएका हौँ भन्ने थाहा पाए, तब तिनीहरूले गुनासो गरे, जीवनको खोजी गर्न छाडे, र अति नै नकारात्मक बने। के यसले मानिस अझै पनि परमेश्वरको प्रभुत्वको अन्तर्गत पूर्ण रूपमा समर्पित हुन असमर्थ छ भनी देखाउँदैन र? के ठ्याक्कै यही नै मानिसका शैतानी भ्रष्ट स्वभाव होइनन् र? जब तँलाई सजायको अधीनमा पारिएको थिएन, तँ तेरो हात अरू सबैका भन्दा माथि उठाउँथिस्, येशूको भन्दा पनि माथि उठाउँथिस्। अनि तँ ठूलो स्वरमा कराउँथिस्: “परमेश्वरको प्यारो छोरा हुनू! परमेश्वरको एक घनिष्ठ हुनू! हामी शैतानको सामु झुक्नुभन्दा बरु मरौँला! त्यो वृद्ध शैतानविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गरविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गर सदाका लागि शक्तिबाट खसोस्। परमेश्वरले हामीलाई पूर्ण बनाउनुहोओस्!” तैँले अरू सबैको भन्दा चर्को स्वरमा पुकारिस्। तर त्यसपछि सजायको समय आयो, र एकचोटि फेरि, तेरा भ्रष्ट स्वभावहरू प्रकट भए। तेरो पुकार रोकियो, र तैँले तेरो सङ्कल्प गुमाइस्। मानिसको भ्रष्टता यही नै हो; यो यस्तो कुरा हो, जुन पापभन्दा गहिरो छ, यो शैतानले रोपेको कुरा हो र यसले मानिसभित्र गहिरो जरा गाडेको छ। आफ्ना पापहरूबारे सचेत हुनु मानिसका निम्ति सजिलो छैन, र ऊसँग गहिरो जरा गाडेको आफ्नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन। वचनको न्यायमार्फत मात्रै यो नतिजा हासिल गर्न सकिन्छ। यसरी मात्र मानिसलाई यस बिन्दुबाट बिस्तारै परिवर्तन गर्न सकिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
३६८. आज परमेश्वरले तिमीहरूको न्याय गर्नुहुन्छ, तिमीहरूलाई सजाय दिनुहुन्छ, र तिमीहरूलाई दोषी ठहराउनुहुन्छ, तर तैँले यो थाहा पाउनु पर्छ, कि तँलाई दोष लाउनुको लक्ष्य तैँले आफैलाई चिन् भन्ने हो। उहाँले तँलाई दोष लाउनुहुन्छ, सराप्नुहुन्छ, न्याय गर्नुहुन्छ, र सजाय दिनुहुन्छ, यसैले कि तैँले आफूलाई चिन्न सक्, ताकि तेरो स्वभाव परिवर्तन हुन सकोस्, ताकि तैँले आफ्नो मूल्यलाई जान्न सक् र परमेश्वरका सबै कामहरू धर्मी छन् र उहाँको स्वभाव र उहाँको कामका आवश्यकताहरू अनुसार छन्, र उहाँले मानिसको मुक्तिको योजनाअनुसार काम गर्नुहुन्छ, अनि उहाँ मानिसलाई प्रेम गर्नुहुने, बचाउनुहुने, न्याय गर्नुहुने र दण्ड दिनुहुने धर्मी परमेश्वर हुनुहुन्छ भनी देख्न सक्। यदि तँलाई तँ निम्न प्रतिष्ठाको छस्, तँ भ्रष्ट र विद्रोही छस् भन्ने मात्र थाहा छ, तर परमेश्वरले आज तँमाथि पठाउनुहुने न्याय र सजायद्वारा उहाँको मुक्तिलाई स्पष्ट पार्न चाहनुहुन्छ भनी जानिनस् भने तैँले कामकुरा अनुभव गर्ने कुनै उपाय हुँदैन, अनि तँ अझ अगि बढ्न योग्य हुने कुरा त परै जाओस्। परमेश्वर मार्न वा नाश गर्न आउनुभएको होइन, तर न्याय गर्न, सराप्न, सजाय दिन र बचाउन आउनुभएको हो। उहाँको ६,००० वर्षको व्यवस्थापन योजना नजिक नआउञ्जेलसम्म—उहाँले प्रत्येक वर्गको मानिसको नतिजा प्रकट गर्नुभन्दा पहिले—पृथ्वीमा परमेश्वरले गर्नुहुने काम मुक्तिका लागि हुनेछ; यसको उद्देश्य भनेको उहाँलाई प्रेम गर्नेहरूलाई पूर्ण—सम्पूर्ण रूपमा—बनाउनु नै हो र उनीहरूलाई उहाँको प्रभुत्वको अधीनमा झुकाउनु हो। परमेश्वरले मानिसहरूलाई जसरी बचाउनु भए पनि, त्यो सबै तिनीहरूका पुरानो शैतानिक स्वभावबाट तिनीहरूलाई अलग पारेर नै गरिन्छ; अर्थात्, उहाँले तिनीहरूलाई जीवनको खोजी गर्ने बनाएर बचाउनुहुन्छ। यदि तिनीहरूले त्यसो गरेनन् भने, तिनीहरूसँग परमेश्वरको मुक्तिलाई स्वीकार गर्ने कुनै उपाय हुँदैन। मुक्ति परमेश्वर स्वयम्को काम हो, र जीवनको खोजी गर्नु भनेको मुक्ति स्वीकार गर्नको लागि मानिसले गर्नैपर्ने कुरा हो। मानिसको नजरमा मुक्ति परमेश्वरको प्रेम हो र परमेश्वरको प्रेम कहिल्यै पनि सजाय, न्याय र सरापहरू हुन सक्दैन; मुक्तिमा कृपा, प्रेमिलोदयालुपन र त्यसबाहेक सान्त्वनाका शब्दहरू, साथसाथै परमेश्वरले प्रदान गर्नुभएका असीमित आशिषहरू हुनुपर्दछ। जब परमेश्वरले मानिसलाई बचाउनुहुन्छ, तब मानिसहरूले आफ्ना हृदयहरू परमेश्वरलाई दिन सकून् भनी परमेश्वरले उनीहरूलाई आफ्ना आशिषहरू र अनुग्रहले असर पार्दै त्यसो गर्नुहुन्छ भनी मानिसहरू विश्वास गर्दछन्। भन्नुको तात्पर्य यो हो, कि उहाँले मानिसलाई छुनु भनेको उहाँले तिनीहरूलाई बचाउनु हो। यस प्रकारको मुक्ति एक सम्झौता गरेर गरिन्छ। जब परमेश्वरले तिनीहरूलाई एक सय गुणा दिनुहुन्छ तब मात्र मानिस परमेश्वरको नाउँको सामु झुक्छ र उहाँका निम्ति राम्रो गर्ने र उहाँलाई महिमा दिने कोसिस गर्छ। मानव जातिका लागि परमेश्वरको अभिप्राय यो होइन। परमेश्वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै झूट छैन। यदि यो झूट थियो भने, निश्चय उहाँ व्यक्तिगत रूपले आफ्नो काम गर्न आउनुहुने थिएन। विगतमा, उहाँको मुक्तिको माध्यमहरूमा चरम कृपा र प्रेमिलोदयालुपन देखाउने कार्य समावेश थियो, यहाँसम्म कि, उहाँले मानव जातिलाई सम्पूर्ण रूपमा प्राप्त गर्न शैतानलाई आफ्नो सबै कुरा दिनुभयो। वर्तमान विगतजस्तो अलिकति पनि छैन: आज तिमीहरूलाई दिइएको मुक्ति आखिरी दिनहरूमा, प्रत्येकलाई उसको प्रकारअनुसार वर्गीकरण गरिएको समयमा आउँछ; तिमीहरूको मुक्तिको माध्यम कृपा वा प्रेमिलोदयालुपन होइन, तर त्यो सजाय र न्याय हो, यसैले कि मानिसले पूर्ण रूपमा मुक्ति पाओस्। यसैले, तिमीहरूले पाउने भनेको सजाय, न्याय र निर्दयी प्रहार मात्र हो, तर यो कुरा जान: यो निर्दयी प्रहारमा दण्ड अलिकति पनि छैन। मेरा वचनहरू जति नै कठोर भए पनि, तँमाथि आइपर्ने चाहिँ थोरै वचनहरू मात्र हुन् जुन तिमीहरूलाई निर्दयी लाग्न सक्छ, र म जति नै रिसाए पनि तिमीहरूमाथि बर्सिने भनेको मेरो धिक्कारका वचनहरू नै हुन्, मेरो उद्देश्य तिमीहरूको हानि गर्ने वा तिमीहरूलाई मार्ने होइन। के यो सबै तथ्य होइनन् र? यो जान् कि हिजोआज चाहे धर्मी न्याय होस् वा संवेदनाहीन शोधन र सजाय होस्, सबै कुरा मुक्तिकै लागि हुन्। आज प्रत्येकलाई प्रकारअनुसार वर्गीकरण गरिए नि नगरिए नि वा सबै प्रकारका मानिसहरूलाई खुलासा गरिए नि नगरिए नि, परमेश्वरका सबै वचनहरू र कामको उद्देश्य भनेको परमेश्वरलाई साँचो रूपमा प्रेम गर्नेहरूलाई मुक्ति दिनु नै हो। धर्मी न्याय मानिसलाई शुद्ध गर्नका लागि ल्याइन्छ, र निर्दयी शोधन तिनीहरूलाई शुद्ध पार्नका लागि गरिन्छ; कठोर वचनहरू वा ताडना, दुवै शुद्ध पार्नका लागि र मुक्तिको खातिर दिइन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले हैसियतका आशिष्हरूलाई पन्छ्याउनुपर्छ र मानिसलाई मुक्ति दिने परमेश्वरको अभिप्रायलाई बुझ्नुपर्छ
३६९. परमेश्वरले मानिसको अवस्था र उहाँप्रति उसको मनोवृत्ति सामना गरेपछि परमेश्वरले नयाँ काम गर्नुभएको छ, जसले मानिसलाई उहाँको ज्ञान प्राप्त गर्ने र उहाँप्रति समर्पित हुने अनि साथै प्रेम र गवाही दुवै प्राप्त गर्ने तुल्याउँछ। यसैले, परमेश्वरले गर्नुहुने मानिसको शोधनको, साथै उहाँको न्यायको, र काटछाँट गर्ने कार्यको उसले अनुभव गर्नुपर्दछ, जुनविना उसले परमेश्वरलाई कहिल्यै चिन्न सक्दैन र कहिल्यै पनि उहाँलाई साँच्चै प्रेम गर्न र उहाँको साक्षी दिन सक्दैन। परमेश्वरले मानिसमा गर्नुहुने शोधन एकतर्फी प्रभावका लागि मात्र होइन, तर बहुपक्षीय प्रभावको खातिर हो। परमेश्वरले सत्यताको खोजी गर्न इच्छुक व्यक्तिहरूमा उनीहरूको सङ्कल्प र प्रेमलाई सिद्ध बनाउन, यस्तै प्रकारले शोधन गर्नुहुन्छ। जो सत्यताको खोजी गर्न इच्छुक छन् र जसले परमेश्वरको उत्कट चाहना गर्दछन्, उनीहरूका लागि यस्तो शोधनभन्दा धेरै अर्थपूर्ण वा ठूलो सहयोगपूर्ण कुरा अरू कुनै पनि हुँदैन। परमेश्वरको स्वभावलाई मानिसले यति सजिलैसँग बुझ्न वा मनमा लिन सक्दैन, किनकि परमेश्वर आखिर परमेश्वर नै हुनुहुन्छ। अन्त्यमा, परमेश्वरमा मानिसको जस्तो स्वभाव हुनु असम्भव छ, र त्यसैले मानिसले परमेश्वरको स्वभाव बुझ्न सजिलो छैन। सत्यता मानिसभित्र स्वाभाविक रूपमा हुँदैन र शैतानद्वारा भ्रष्ट पारिएकाहरूले यसलाई सजिलै मनमा लिन सक्दैनन्; मानिस सत्यताविहीन छ, र सत्यतालाई व्यवहारमा उतार्ने सङकल्पविहीन छ, र यदि उसले कष्ट भोग्दैन र उसलाई शोधन वा न्याय गरिँदैन भने, उसको सङ्कल्पलाई कहिल्यै पनि सिद्ध तुल्याइँदैन। सबै मानिसहरूका लागि, शोधन धेरै पीडादायक हुन्छ, र स्विकार्न धेरै गाह्रो हुन्छ—तैपनि शोधनको अवधिमा नै परमेश्वरले मानिसलाई उहाँको धर्मी स्वभाव स्पष्ट पार्नुहुन्छ, र मानिसका लागि आफ्ना मागहरू सार्वजनिक गर्नुहुन्छ, र थप अन्तर्दृष्टि प्रदान गर्नुहुन्छ र थप व्यावहारिक काटछाँट गर्नुहुन्छ; तथ्यहरू र सत्यताबीचको तुलनामार्फत, मानिसले आफ्नैबारे र सत्यताबारे अझ ठूलो ज्ञान प्राप्त गर्छ, र परमेश्वरका अभिप्रायहरूको अझ बढी बुझाइ प्राप्त गर्छ, यसरी मानिसले परमेश्वरप्रतिको अझ साँचो र अझ शुद्ध प्रेम प्राप्त गर्छ। शोधनको काम गर्नुपछाडिका परमेश्वरका उद्देश्यहरू यस्ता छन्। परमेश्वरले मानिसमा गर्नुहुने सबै कामहरूका आफ्नै उद्देश्यहरू र महत्त्व हुन्छन्; परमेश्वरले अर्थहीन काम गर्नुहुन्न, न त मानिसलाई लाभ नहुने काम नै गर्नुहुन्छ। शोधनको अर्थ मानिसहरूलाई परमेश्वरसामुबाट हटाउनु होइन, न त तिनीहरूलाई नरकमा नाश गर्नु नै हो। बरु, यसको अर्थ शोधनको अवधिमा मानिसको स्वभाव परिवर्तन गर्नु हो, उसका अभिप्राय, पुराना दृष्टिकोण, परमेश्वरप्रतिको उसको प्रेम र उसको सम्पूर्ण जीवन परिवर्तन गर्नु हो। शोधन मानिसको एक व्यावहारिक जाँच हो, र एकप्रकारको व्यावहारिक तालिम हो, शोधनको अवधिमा मात्र उसको प्रेमले यसको अन्तर्निहित कार्य गर्न सक्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ
३७०. मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्वरका वचनहरूको न्याय र सजाय अनि दुःखकष्ट र शोधन भएर जानैपर्छ, वा उहाँका वचनहरूद्वारा अनुशासित र काटछाँट गरिनुपर्छ। तब मात्र तिनीहरूले परमेश्वरप्रति समर्पणता र बफादारिता हासिल गर्न सक्छन्, र अबउप्रान्त उहाँप्रति लापरवाही हुनेछैनन्। परमेश्वरका वचनहरूको शोधनमा पर्दा नै मानिसहरूको स्वभाव परिवर्तन हुन्छ। उहाँका वचनहरूको खुलासा, न्याय, अनुशासन र काटछाँटद्वारा मात्र तिनीहरू अबउप्रान्त सोचविचार नगरी काम गर्न छोड्छन् र त्यसको साटो स्थिर र शान्त बन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि परमेश्वरका वर्तमान वचनहरू र उहाँको काम मानिसहरूका धारणाहरूसँग मेल नखाए पनि तिनीहरू ती कुरामा समर्पित हुन सक्छन्, तिनीहरू ती धारणाहरूलाई एकातिर पन्छ्याएर स्वेच्छाले समर्पित हुन सक्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्
३७१. परमेश्वरले मानिलाई जति धेरै शोधन गर्नुहुन्छ, मानिसहरूका हृदयले त्यति नै धेरै परमेश्वरलाई प्रेम गर्न सक्छन्। तिनीहरूका हृदयको यातनाले तिनीहरूका जीवनमा फाइदा पुर्याउँछ, तिनीहरू परमेश्वरसामु शान्त हुन अझ बढी सक्षम हुन्छन्, परमेश्वरसँगको तिनीहरूको सम्बन्ध अझ बढी घनिष्ठ हुन्छ, र तिनीहरू परमेश्वरको अत्यन्तै ठुलो प्रेम र उहाँको अत्यन्तै ठुलो मुक्ति देख्न झनै सक्षम हुन्छन्। पत्रुसले सयौँ पटक शोधनको अनुभव गरे, र अय्यूबले केही परीक्षा भोगे। यदि तिमीहरू परमेश्वरद्वारा सिद्ध पारिन चाहन्छौ भने, तिमीहरूले पनि सयौँ पटक शोधन भोग्नुपर्छ—तिमीहरूले यो प्रक्रिया अनुभव गर्नैपर्छ र यस कदममा भर पर्नैपर्छ—तब मात्रै तिमीहरू परमेश्वरका अभिप्रायहरू पूरा गर्न र परमेश्वरद्वारा सिद्ध पारिन सक्षम हुनेछौ। शोधन त्यो सर्वोत्तम माध्यम हो जसद्वारा परमेश्वरले मानिसलाई सिद्ध पार्नुहुन्छ; शोधन र तीता परीक्षाहरूले मात्र मानिसहरूको हृदयमा परमेश्वरका लागि साँचो प्रेम उत्पन्न गर्न सक्छन्। कष्टविना, मानिसहरूमा परमेश्वरका लागि साँचो प्रेमको अभाव हुन्छ; यदि तिनीहरूलाई भित्री रूपमा जाँचिएन भने, यदि तिनीहरूलाई साँचो शोधन भोगाइएन भने, तिनीहरूका हृदय सधैँ बाहिर-बाहिर भौँतारिरहनेछन्। एक निश्चित बिन्दुसम्म शोधन गरिएपछि, तैँले आफ्नै कमजोरी र कठिनाइहरू देख्नेछस्, तँमा कति कमी रहेछन् र तँ आफूले सामना गर्ने धेरै समस्याहरूमाथि विजय हासिल गर्न नसक्ने रहेछस् भनी देख्नेछस्, र तैँले कति धेरै विद्रोह गरेको रहेछस् भनी देख्नेछस्। परीक्षाहरूको अवधिमा मात्रै मानिसहरूले आफ्ना वास्तविक स्थिति जान्न सक्छन्; परीक्षाहरू मानिसलाई सिद्ध पार्न अझ बढी सक्षम हुन्छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ
३७२. जब तिमीहरूले थोरै रोकटोक वा कठिनाइ भोग्छौ, त्यो तिमीहरूका निम्ति राम्रो हुन्छ; यदि तिमीहरूलाई सहज समय दिइयो भने तिमीहरू बरबाद हुनेथ्यौ, तब तिमीहरू कसरी सुरक्षित हुन सक्थ्यौ? आज, तिमीहरूलाई सजाय, न्याय र श्राप दिइएको हुनाले तिमीहरूलाई सुरक्षा दिइएको छ। तिमीहरूले धेरै दुःख भोगेका हुनाले नै तिमीहरू सुरक्षित छौ। होइन भने तिमीहरू धेरै अघि नै पतित हुनेथियौ। यो जानीजानी तिमीहरूको स्थिति गाह्रो बनाइएको होइन—मानिसको प्रकृति परिवर्तन गर्न गाह्रो छ, र त्यसैले तिनीहरूको स्वभाव परिवर्तन गर्न यो यसरी नै गरिनुपर्छ। आज, तिमीहरूमा पावलको जस्तो विवेक वा समझ छैन, न त तिमीहरूमा आत्म-सचेतना नै छ। तिमीहरूलाई सधैँ दबाबमा पार्नुपर्छ र तिमीहरूका आत्मालाई जगाउन तिमीहरूलाई सधैँ सजाय र न्याय गर्नुपर्छ। सजाय र न्याय नै तिमीहरूको जीवनका निम्ति सर्वोत्तम छ। अनि आवश्यक पर्दा, तिमीहरूमाथि तथ्यहरूको सजाय पनि आइपर्नुपर्छ; तब मात्र तिमीहरू पूर्ण रूपमा समर्पित हुनेछौ। तिमीहरूको प्रकृति यस्तो छ कि सजाय र श्रापविना तिमीहरू आफ्नो शिर झुकाउन इच्छुक हुँदैनौ, झुक्न इच्छुक हुँदैनौ। तिमीहरूको आँखाअगाडि तथ्यहरू नराखीकन, कुनै प्रभाव हुनेछैन। तिमीहरू चरित्रमा अति तुच्छ र महत्त्वहीन छौ। सजाय र न्यायविना तिमीहरूलाई विजय गर्न र तिमीहरूको अधार्मिकता र अवज्ञामाथि विजय हासिल गर्न गाह्रो छ। तिमीहरूको पुरानो प्रकृतिको जड अत्यन्तै गहिरो छ। यदि तिमीहरूलाई सिंहासनमा राखिएको भए, तिमीहरूलाई ब्रह्माण्डमा आफ्नो स्थान के हो भन्ने थाहा हुनेथिएन, तिमीहरू कहाँ जाँदै छौ भन्ने थाहा हुनु त परै जाओस्। तिमीहरू कहाँबाट आएका हौ भन्ने पनि तिमीहरूलाई थाहा हुँदैन, त्यसैले तिमीहरूले सृष्टिकर्तालाई कसरी चिन्न सक्छौ? आजको सामयिक सजाय र श्रापविना तिमीहरूको अन्तिम दिन धेरै अघि नै आइसकेको हुनेथ्यो। तिमीहरूको भाग्यका बारेमा त झन् के भन्नु—के त्यो झन् बढी आसन्न खतरामा पर्नेथिएन र? यो सामयिक सजाय र न्यायविना तिमीहरू कति धेरै अहङ्कारी हुनेथ्यौ वा तिमीहरू कति पतित हुनेथ्यौ, कसलाई थाहा छ र। यस सजाय र न्यायले तिमीहरूलाई आजको दिनमा ल्याएको छ र तिनले तिमीहरूको अस्तित्व सुरक्षित राखेका छन्। यदि तिमीहरू अझै पनि तिमीहरूका “पिता” का जस्तै विधिहरू प्रयोग गरी “शिक्षित” हुन्थ्यौ भने, तिमीहरू कुन क्षेत्रभित्र प्रवेश गर्नेथ्यौ भनी कसले जान्दछ! तिमीहरूमा आफैलाई नियन्त्रण गर्ने र आफ्नै बारेमा चिन्तन गर्ने क्षमता बिलकुल छैन। तिमीहरूजस्ता मानिस यदि कुनै पनि अवरोध वा बाधा सृजना नगरी पछि लाग्छौ र समर्पित हुन्छौ भने, मेरा उद्देश्यहरू हासिल हुनेछन्। के तिमीहरूले आजको सजाय र न्यायलाई स्वीकार गर्न अझ राम्रो गर्नुपर्दैन र? तिमीहरूसँग अरू के विकल्प छ र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (६)
३७३. परमेश्वरको कामको हरेक चरणका लागि, मानिसहरूले सहकार्य गर्नुपर्ने तरिका हुन्छ। परमेश्वरले मानिसहरूलाई शोधन गर्नुहुन्छ ताकि शोधनबाट भएर जाँदा तिनीहरूमा हिम्मत आओस्। मानिसहरूले परमेश्वरबाट सिद्ध हुन सक्ने आत्मविश्वास प्राप्त गर्न सकून् र उहाँका शोधनहरू स्वीकार गर्न र परमेश्वरले गर्नुहुने काटछाँट सामना गर्न सकून् भनेर परमेश्वरले मानिसहरूलाई सिद्ध पार्नुहुन्छ। मानिसहरूभित्र अन्तर्ज्ञान र ज्योति ल्याउन र उहाँसँग मिलेर काम र अभ्यास गर्न लगाउनको लागि परमेश्वरका आत्माले मानिसहरूभित्र काम गर्नुहुन्छ। शोधनको अवधिमा परमेश्वर बोल्नुहुन्न। उहाँले आफ्नो आवाज निकाल्नुहुन्न, तर अझै पनि मानिसहरूले गर्नुपर्ने काम हुन्छ। तँसँग जे छ त्यसलाई तैँले पक्रिराख्नुपर्छ, तैँले अझै पनि परमेश्वरसँग प्रार्थना गर्न सक्नुपर्छ, परमेश्वरको नजिक हुनुपर्छ र परमेश्वरसामु साक्षी दिन सक्नुपर्छ; यसो गरेर तैँले आफ्नो कर्तव्य पूरा गर्नेछस्। तिमीहरू सबैले परमेश्वरको कार्यबाट उहाँले मानिसहरूको आत्मविश्वास र प्रेम जाँच्नुहुँदा उनीहरूले उहाँलाई अझ बढी प्रार्थना गर्नुपर्छ र अझ बढी उहाँसामु उहाँका वचनहरूको स्वाद पाउनुपर्छ भन्ने कुरालाई स्पष्टसित देख्नुपर्छ। यदि परमेश्वरले तँलाई अन्तर्ज्ञान दिनुहुन्छ र तँलाई उहाँका अभिप्रायहरू बुझ्न दिनुहुन्छ, तैपनि तँअभ्यास गर्दैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। तैँले परमेश्वरका वचनहरूलाई अभ्यास गर्दा, अझै पनि उहाँसँग प्रार्थना गर्न सक्नुपर्छ र उहाँका वचनहरूको स्वाद लिँदा, उहाँको सामु आउनुपर्छ र निराश वा चिसोपनाको कुनै सङ्केतविना उहाँप्रति निश्चयताले भरिनुपर्छ। परमेश्वरका वचनहरूलाई अभ्यास नगर्नेहरू भेलाहरूको बेला सामर्थ्यले भरिएका हुन्छन्, तर तिनीहरू घर फर्कंदा अन्धकारमा डुब्छन्। केही मानिसहरू एकसाथ भेला हुन समेत चाहँदैनन्। यसैले, मानिसहरूले कुन कर्तव्य निर्वाह गर्नुपर्छ त्यो तैँले स्पष्ट रूपमा बुझ्नुपर्छ। परमेश्वरका अभिप्रायहरू वास्तवमा के हुन् भन्ने तँलाई थाहा नहुन सक्छ, तर तैँले आफ्नो कर्तव्य पूरा गर्न सक्छस्, प्रार्थना गर्नुपर्दा तैँले त्यसो गर्न सक्छस्, सत्यलाई अभ्यास गर्नुपर्दा तैँले त्यसो गर्न सक्छस् र मानिसहरूले जे गर्नुपर्छ तैँले त्यो गर्न सक्छस्। तैँले आफ्नो सुरुको दर्शनलाई पक्रिराख्न सक्छस्। यसरी, तैँले परमेश्वरको कामको अर्को चरणलाई अझ बढी स्वीकार गर्न सक्नेछस्। परमेश्वरले गुप्त तरिकाले काम गर्नुहुँदा, तैँले खोजी गरिनस् भने त्यो समस्या हुन्छ। उहाँले भेलाहरूमा बोल्नुहुँदा र प्रचार गर्नुहुँदा, तैँले उत्साहको साथ सुन्छस्, तर उहाँ तँसँग नबोल्नुहुँदा तँमा ऊर्जाको अभाव हुन्छ र तँ पछि हट्छस्। कस्तो प्रकारको व्यक्तिले यसरी कार्य गर्दछ? यो त्यस्तो व्यक्ति हो जो बथान जता जान्छ, त्यतैतिर लाग्छ। उनीहरूको कुनै अडान हुँदैन, कुनै गवाही हुँदैन र कुनै दर्शन हुँदैन! धेरैजसो मानिसहरू यस्तै प्रकारका हुन्छन्। यदि तँ त्यस मार्गमा लागिरहिस् भने, एक दिन जब तैँले ठूलो परीक्षाको सामना गर्नुपर्छ, तब तँ दण्डमा पर्नेछस्। मानिसहरूलाई सिद्ध पार्ने परमेश्वरको प्रक्रियाको लागि अडान हुनु धेरै महत्त्वपूर्ण कुरा हो। यदि तैँले परमेश्वरको कामको एउटै चरणलाई पनि शङ्का गर्दैनस् भने, यदि तैँले मानिसको कर्तव्य पूरा गर्छस् भने, यदि तैँले परमेश्वरले तँलाई अभ्यास गर्न लगाउनुभएको कुरालाई इमानदारीपूर्वक थामेर राख्छस् भने, अर्थात्, तैँले परमेश्वरका अर्तीहरूलाई स्मरण गर्छस् भने र उहाँले वर्तमान समयमा जे गर्नुभए पनि तैँले उहाँको सल्लाहलाई बिर्सँदैनस् भने, यदि तँमा उहाँको कामबारे कुनै शङ्का छैन, दह्रिलो भई खडा भइस्, तेरो गवाहीलाई पक्री राखिस् भने र मार्गको प्रत्येक कदममा तँ विजयी भइस् भने, अन्त्यमा तँलाई परमेश्वरले सिद्ध पार्नुहुनेछ र विजेता बनाउनुहुनेछ। यदि तँ परमेश्वरका जाँचहरूको प्रत्येक चरणमा दह्रिलो भई खडा हुन सकिस् भने र तँ अझै पनि अन्त्यसम्मै दृढ रहन सक्छस् भने, तँ एक विजेता होस्, तँ परमेश्वरले सिद्ध बनाउनुभएको व्यक्ति होस्। यदि तँ तेरा वर्तमान जाँचहरूमा दृढ रहन सक्दैनस् भने, भविष्यमा यो अझ बढी कठिन हुनेछ। यदि तँ नगण्य दुःखबाट भएर गइस् र तँ सत्यको पछि लाग्दैनस् भने, तैँले आखिरमा केही पनि प्राप्त गर्नेछैनस्। तँ खाली हात हुनेछस्। परमेश्वर बोल्नुभएको छैन भन्ने देखेर आफ्नो खोजीलाई त्याग्ने मानिसहरू पनि छन् र तिनीहरूका हृदय छताछुल्ल हुन्छ। के त्यस्तो व्यक्ति मूर्ख होइन र? यस प्रकारका मानिसहरूमा कुनै वास्तविकता हुँदैन। परमेश्वर बोलिरहनुभएको बेला, तिनीहरू सधैँ यताउता दगुरिरहेका हुन्छन्, बाहिरबाट हेर्दा व्यस्त र उत्साहित देखिन्छन्, तर उहाँ नबोल्नुहुँदा, तिनीहरू खोजी गर्न छोड्छन्। यस प्रकारको व्यक्तिको कुनै भविष्य हुँदैन। शुद्धीकरणको क्रममा, तँ सकारात्मक दृष्टिकोणबाट प्रवेश गर्नुपर्छ र तैँले सिक्नुपर्ने पाठहरू सिक्नुपर्छ; जब तैँले परमेश्वरसँग प्रार्थना गर्छस् र उहाँको वचन पढ्छस्, तैँले आफ्नो अवस्थालाई यसैको आधारमा मापन गर्नुपर्दछ, आफ्ना कमी-कमजोरीहरू पत्ता लगाउनुपर्छ र तैँले सिक्नुपर्ने पाठहरू अझै धेरै छन् भन्ने थाहा पाउनुपर्छ। शुद्धीकरणको क्रममा, तैँले जति धेरै इमानदारीसाथ खोजी गर्छस्, आफूलाई त्यति नै बढी अपर्याप्त रहेको पाउनेछस्। तैँले शुद्धीकरणको अनुभव गरिरहेको बेला धेरै वटा समस्याहरूको सामना गर्छस्; त्यसलाई स्पष्ट रूपमा देख्न सक्दैनस्, गुनासो गर्छस्, आफ्नै देहलाई प्रकट गर्छस्—केवल यसरी मात्रै तँभित्र धेरै भ्रष्ट स्वभावहरू छन् भनी तैँले थाहा पाउन सक्छस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तिमीले परमेश्वरप्रतिको आफ्नो बफादारी कायम राख्नुपर्छ
३७४. परीक्षाहरू भोग्दा, मानिसहरू कमजोर हुनु वा उनीहरूभित्र नकारात्मकता हुनु, वा परमेश्वरका अभिप्रायहरू वा तिनीहरूका अभ्यासको मार्गबारे स्पष्ट नहुनु सामान्य कुरा हो। तर समग्रमा, तँमा परमेश्वरको कामप्रति आस्था हुनैपर्छ, अनि अय्यूबले जस्तै, तैँले परमेश्वरलाई इन्कार गर्नु हुँदैन। अय्यूब कमजोर भए पनि र उसले आफू जन्मेको दिनलाई धिक्कारे पनि, उसले मानिसहरू जन्मेपछि, तिनीहरूसँग हुने सबै थोकहरू, यहोवाले नै दिनुहुन्छ, र यहोवाले नै ती लैजानु पनि हुन्छ भन्ने कुरा इन्कार गरेन। उसलाई जस्तोसुकै परीक्षाहरू भोगाइएको भए पनि, उसले यो विश्वास थामेर राख्यो। मानिसहरूका अनुभवहरूमा, तिनीहरूले परमेश्वरका वचनबाट चाहे जे शोधन भोगे पनि, समग्रमा, परमेश्वरले चाहनुहुने कुरा भनेको, तिनीहरूको आस्था र परमेश्वरलाई प्रेम गर्ने तिनीहरूका हृदय नै हो। यस्तो प्रकारले काम गरेर उहाँ मानिसहरूको आस्था, प्रेम र सङ्कल्पलाई सिद्ध पार्नुहुन्छ। परमेश्वरले मानिसहरूमा सिद्धताको काम गर्नुहुन्छ, र तिनीहरूले त्यो देख्न सक्दैनन्, त्यो छुन सक्दैनन्; त्यस्ता परिस्थितिहरूमा, आस्था आवश्यक हुन्छ। जब कुनै कुरा नाङ्गो आँखाले देख्न सकिँदैन, त्यतिबेला आस्था चाहिन्छ। जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्, आस्था त्यसबेला चाहिन्छ। जब परमेश्वरको कामको विषयमा तँमा स्पष्टता हुँदैन, त्यसबेला तँबाट चाहिने कुरा भनेको तैँले आस्था राख्नुपर्छ र तैँले बलियो अडान लिनुपर्छ र आफ्नो गवाहीमा दृढ रहनुपर्छ भन्ने हुन्छ। जब अय्यूब यो अवस्थामा पुग्यो, परमेश्वर उसकहाँ देखा पर्नुभयो र ऊसँग बोल्नुभयो। अर्थात्, तँसँग आस्था हुँदा मात्र तैँले परमेश्वरलाई देख्न सक्नेछस्, जब तँसँग आस्था हुन्छ, परमेश्वरले तँलाई सिद्ध पार्नुहुनेछ, र यदि तँसँग आस्था छैन भने, उहाँ यो गर्न सक्नुहुन्न। तैँले जे प्राप्त गर्ने आशा गरेको छस्, परमेश्वरले त्यो तँलाई दिनुहुनेछ। यदि तँसँग विश्वास छैन भने तँलाई सिद्ध बनाउन सकिँदैन, तैँले परमेश्वरका कामहरू देख्न सक्दैनस्, उहाँको सर्वशक्ति देख्ने कुरा त परै जाओस्। जब, तेरा वास्तविक अनुभवमा, तँसँग उहाँका कार्यहरू देख्ने आस्था हुन्छ, तब परमेश्वर तँकहाँ देखा पर्नुहुनेछ, र उहाँले तँलाई अन्तर्दृष्टि दिनुहुनेछ अनि तँलाई भित्रबाट मार्गदर्शन गर्नुहुनेछ। त्यो आस्थाबिना, परमेश्वरले त्यसो गर्न सक्नुहुनेछैन। यदि तैँले परमेश्वरमा आशा गुमाएको छस् भने, तैँले कसरी उहाँको काम अनुभव गर्न सक्नेछस् र? त्यसकारण, तँमा आस्था छ र तैँले परमेश्वरप्रति शङ्का पाल्दैनस् भने मात्र, उहाँले जेसुकै गर्नुभए पनि उहाँप्रति तँमा साँचो आस्था हुँदा मात्र, उहाँले तँलाई तेरा अनुभवहरूका दौरान अन्तर्दृष्टि र ज्योति दिनुहुनेछ, र तब मात्र तैँले उहाँका कार्यहरू देख्न सक्नेछस्। यी सबै कुराहरू आस्थामार्फत नै प्राप्त हुन्छ। शोधनमार्फत मात्र आस्था आउँछ, अनि शोधनबिना, आस्था उत्पन्न हुन सक्दैन। आस्थाले के जनाउँछ? आस्था भनेको मानिसहरूले कुनै कुरा देख्न वा छुन नसक्दा, परमेश्वरको काम मानव धारणाहरूसँग मेल नखाँदा, त्यो मानवको पहुँचभन्दा बाहिर हुँदा मानिससँग हुनुपर्ने साँचो विश्वास र निष्कपट हृदय हो। मैले यही आस्थाका बारेमा कुरा गरेको हुँ। कष्ट र शोधनका दौरान मानिसहरूलाई आस्थाको खाँचो पर्छ, र जब तिनीहरूसँग आस्था हुन्छ, तब तिनीहरूले शोधन सामना गर्छन्—शोधन र आस्थालाई अलग गर्न सकिँदैन। यदि, परमेश्वरले जसरीसुकै काम गर्नुभए पनि, र तेरो वातावरण जस्तोसुकै भए पनि, तँ जीवन पछ्याउन अनि सत्यता खोजी गर्न, परमेश्वरको कामको ज्ञान पछ्याउन, उहाँका कार्यहरू जान्ने खोजी गर्न सक्छस्, अनि तँ सत्यताअनुसार कार्य गर्न सक्छस् भने, यो नै साँचो आस्था हुनु हो, अनि यसले तैँले परमेश्वरमाथिको आस्था गुमाएको छैनस् भन्ने पुष्टि गर्छ। यदि, तँ शोधनका अवधिमा, सत्यता पछ्याउनमा अडिग रहन, साँच्चै परमेश्वरलाई प्रेम गर्न सक्छस्, र उहाँबारे शङ्काहरू विकास गर्दैनस्, अनि यदि, उहाँले चाहे जे गर्नुभए पनि तँ उहाँलाई सन्तुष्ट पार्न अझै पनि सत्यता अभ्यास गर्छस्, र भित्री गहिराइमा उहाँका अभिप्रायहरू खोज्न र उहाँका अभिप्रायहरूलाई ख्याल गर्न सक्छस् भने, परमेश्वरमाथि साँचो आस्था हुनु भनेको यही हो। विगतमा, जब तैँले एक राजाले जस्तो शासन गर्नेछस् भनी परमेश्वरले भन्नुभयो, तब तैँले उहाँलाई प्रेम गरिस्, अनि जब उहाँले आफैलाई खुला रूपमा तेरो सामु देखाउनुभयो, तैँले उहाँलाई पछ्याइस्। तर अहिले परमेश्वर लुक्नुभएको छ, तँ उहाँलाई देख्न सक्दैनस्, र तँमाथि कष्ट आइपरेको छ—यो समयमा, के तैँले परमेश्वरमा आशा गुमाउँछस्? यसैले, तैँले हरसमय जीवन पछ्याउनुपर्छ र परमेश्वरका अभिप्रायहरू पूरा गर्न खोज्नुपर्छ। यसैलाई साँचो आस्था भनिन्छ, र यो सबैभन्दा साँचो र सुन्दर किसिमको प्रेम हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ
३७५. शोधन गर्ने कार्यको मुख्य उद्देश्य भनेको मानिसहरूको विश्वास सिद्ध बनाउनु। अन्त्यमा, के हासिल हुन्छ भने, तँ छोड्न चाहन्छस् तर सक्दैनस्; केही मानिसहरूले आशाको एउटा सानो त्यान्द्रो हुँदा पनि विश्वास गर्न सक्छन्; अनि आफ्ना भविष्यका सम्भावनाहरूप्रति मानिसहरूसँग उप्रान्त कुनै आशा हुँदैन। यस्तो समयमा मात्र परमेश्वरले गर्नुहुने शोधन समाप्त हुन्छ। मानिस अझै पनि जीवन र मृत्युको बीचमा अडिरहने स्थितिमा पुगेको छैन, अनि तिनीहरूले मृत्युको स्वाद चाखेका छैनन्, यसैले शोधनको प्रक्रिया अझै समाप्त भएको छैन। जो सेवाकर्ताहरूको चरणमा थिए तिनीहरू पनि पूरा शोधन भएका थिएनन्। अय्यूब चरम शोधनबाट भएर गए, अनि तिनीसँग तिनले भर पर्ने केही पनि थिएन। मानिसहरू शोधनमा त्यो हदसम्म पुग्नुपर्छ जब तिनीहरूमा कुनै आशा रहँदैन र भर पर्ने कुनै कुरा हुँदैन—यो मात्र साँचो शोधन हो। सेवाकर्ताहरूको समयमा, यदि तेरो हृदय सधैँ परमेश्वरको सामु शान्त थियो भने, अनि उहाँले जे गर्नु भएको भए पनि र तेरो निम्ति उहाँका अभिप्रायहरू जे-जस्तो थियो भने पनि, तैँले सँधै उहाँको प्रबन्धप्रतिको समर्पणता गरेको छस् भने अन्त्यमा गएर तैँले परमेश्वरले गर्नुभएका सबै कार्यहरू बुझ्नेछस्। तँ अय्यूबको जाँचहरूबाट भएर जान्छस्, त्यसको साथसाथै तँ पत्रुसका जाँचहरूबाट पनि भएर जान्छस्। जब अय्यूबको जाँच भयो, तिनी साक्षी बनेर खडा भए, अनि आखिरीमा तिनलाई यहोवा प्रकट गरियो। तिनी साक्षी बनेर खडा भएपछि मात्र तिनी परमेश्वरको मुहार देख्ने योग्यका भए। यसो किन भनिएको छ: “म फोहोरको देशबाट लुकेँ, तर आफैलाई पवित्र राज्यमा देखाएँ?” त्यसको अर्थ हो, जब तँ पवित्र बन्छस् र साक्षी भई खडा हुन्छस् तब मात्र परमेश्वरको मुहार हेर्ने मर्यादा तैँले प्राप्त गर्न सक्छस्। उहाँ तँ उहाँको साक्षी बन्न सक्दैनस् भने तँमा उहाँको मुहार हेर्ने मर्यादा हुँदैन। यदि तँ शोधनको बेला पछि हट्छस् र परमेश्वरको विरुद्ध गुनासो गर्छस्, त्यसरी उहाँको साक्षी बन्न सक्दैनस् र शैतानको हाँसो पात्र बन्छस् भने तैँले परमेश्वरको रूप प्राप्त गर्नेछैनस्। यदि तँ जाँचहरू हुँदा अय्यूबले जस्तै आफ्नै शरीरलाई सराप्छस् र परमेश्वरको विरुद्ध गुनासो गर्दैनस् भने, अनि कुनै गुनासो नगरी वा बोलीवचनद्वारा पाप नगरी आफ्नै शरीरलाई घृणा गर्छस् भने तँ साक्षी बनेर खडा भएको हुनेछस्। जब तँ एक निश्चित हदसम्म शोधनबाट भएर जान्छस् र अझै पनि अय्यूबजस्तै हुन सक्छस्, परमेश्वरको सामु पूर्ण रूपमा समर्पित बन्छस् र उहाँका आवश्यकताहरू वा तेरा आफ्नै धारणाविना हुन्छस्, तब परमेश्वर तँकहाँ देखा पर्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ
३७६. तेरो असफलता, कमजोरी, तेरो नकारात्मकताका धेरै अवधिका अनुभवहरू सबैलाई परमेश्वरको जाँच भन्न सकिन्छ। किनकि सबै थोक परमेश्वरबाट आउँछन्, र सबै थोक र घटनाहरू उहाँकै हातमा छन्। तँ असफल वा तँ कमजोर भए पनि र तैँले ठोक्कर खाए पनि यो सबै परमेश्वरमा निर्भर हुन्छ र उहाँको पकडमा हुन्छन्। परमेश्वरको दृष्टिकोणमा यो तेरो जाँच हो, यदि तैँले यसलाई बुझ्न सकिनस् भने त्यो परीक्षा बन्छ। मानिसहरूले चिन्नुपर्ने दुई किसिमका अवस्थाहरू छन्: एउटा पवित्र आत्माबाट आउँछ, र अर्को सम्भावित स्रोत शैतान हो। एउटा अवस्था त्यो हो जुन पवित्र आत्माले तँलाई ज्योति दिनुहुन्छ र त्यसले तँलाई आफैलाई चिन्न, घृणा गर्न र आफ्नै विषयमा पछुतो गर्न अनि परमेश्वरका निम्ति साँचो प्रेम प्राप्त गर्न साथै तेरो हृदय परमेश्वरलाई सन्तुष्ट पार्नेतिर लगाउने तुल्याउँछ। त्यहाँ अर्को अवस्था छ, जहाँ तैँले आफैलाई चिन्छस्, तर तँ नकारात्मक र कमजोर हुन्छस्। यसलाई परमेश्वरको शोधन भन्न सकिन्छ, र यो शैतानको परीक्षा पनि हो। यदि यो तेरा निम्ति परमेश्वरको मुक्ति हो भनी जान्दछस् भने र यदि अब तँ उहाँप्रति गहन रूपमा ऋणी हुन्छस्—अनि अब उप्रान्त तैँलेसुधार गर्ने, यस्तो भ्रष्टतामा बस्न छोड्ने, अनि परमेश्वरका वचन उचित रूपमा खाने र पिउने प्रयास गर्छस्—र यदि तँ जहिल्यै पनि आफूलाई केही राम्रो नभएको ठान्छस्, र तँमा तृषित हृदय छ भने यो परमेश्वरबाटको जाँच हो। दुःख समाप्त भएपछि र तँ फेरि अगाडि बढ्न थालेपछि, परमेश्वरले तँलाई डोर्याउनुहुनेछ, प्रकाश दिनुहुनेछ, अन्तर्दृष्टि दिनुहुनेछ र खुवाउनुहुनेछ। तर यदि तँ यसलाई चिन्दैनस् र तँ नकारात्मक हुँदै आफैलाई निराशामा छोड्छस् भने, यदि तँ यसप्रकारले विचार गर्छस् भने त्यसको अर्थ तँमाथि शैतानको परीक्षा आएको छ। जब अय्यूब जाँचहरूबाट भएर गए, त्यसबेला परमेश्वर र शैतानले एक-अर्कासित बाजी लगाउनुभयो, अनि परमेश्वरले अय्यूबलाई कष्ट दिने अनुमति शैतानलाई दिनुभयो। त्यस बेला परमेश्वरले अय्यूबको जाँच गरिरहनुभएको थियो, तैपनि तिनीमाथि आउने शैतान नै थियो। शैतानका लागि, त्यो अय्यूबको परीक्षा गर्नुथियो, तर अय्यूब परमेश्वरको पक्षमा थिए। यदि त्यसो नभएको भए अय्यूब परीक्षामा पतन हुनेथिए। मानिसहरू परीक्षामा पतन भएपछि लगत्तै जोखिममा पर्छन्। शोधनबाट भएर जानुलाई परमेश्वरको जाँच भन्न सकिन्छ, तर तँ राम्रो अवस्थामा छैनस् भने त्यसलाई शैतानबाटको परीक्षा पनि भन्न सकिन्छ। यदि तँ दर्शनको विषयमा स्पष्ट छैनस् भने शैतानले तँलाई दोष लगाउनेछ र त्यस दर्शनको पक्षको विषयमा तँलाई अस्पष्ट बनाउनेछ। तैँले थाहा पाउनुभन्दा अघि नै तँ परीक्षामा पर्नेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ
३७७. तँलाई परमेश्वरले के गर्न चाहनुहुन्छ र उहाँले कुन काम सम्पन्न गर्न चाहनुहुन्छ भनी थाहा नभएको बेला परीक्षाहरू पार गर्दा, तँलाई यो थाहा हुनुपर्छ कि मानवजातिप्रतिको परमेश्वरका सोचहरू सधैँ असल हुन्छन्। यदि तैँले उहाँलाई साँचो हृदयले पछ्याइस् भने, उहाँले तँलाई कहिल्यै पनि छोड्नुहुनेछैन र अन्त्यमा निश्चय तँलाई सिद्ध बनाउनुहुनेछ र मानिसहरूलाई उचित गन्तव्यमा पुर्याउनुहुनेछ। वर्तमानमा परमेश्वरले मानिसहरूलाई जसरी जाँचिरहनुभएको भए पनि, उहाँले मानिसहरूलाई उचित परिणाम दिने र तिनीहरूले गरेको कामको आधारमा उचित दण्ड दिने दिन आउनेछ। परमेश्वरले मानिसहरूलाई कुनै खास मोडमा डोऱ्याएर तिनीहरूलाई एकातिर फालिदिने र बेवास्ता गर्ने गर्नुहुनेछैन। किनकि परमेश्वर भरोसायोग्य हुनुहुन्छ। यस चरणमा, पवित्र आत्माले शोधन गर्ने काम गर्दैहुनुहुन्छ। उहाँले प्रत्येक व्यक्तिलाई शोधन गर्दैहुनुहुन्छ। मृत्युको परीक्षा र सजायको परीक्षाद्वारा बनेका कामका यी चरणहरूमा, शोधनको काम वचनहरूद्वारा अगाडि बढाइएको थियो। मानिसहरूले परमेश्वरको कामको अनुभव गर्नका लागि तिनीहरूले पहिले उहाँको वर्तमान कामलाई र मानव जातिले त्यसमा कसरी सहकार्य गर्नुपर्दछ भन्ने कुरालाई बुझ्नुपर्छ। वास्तवमा, यो सबैले बुझ्नुपर्ने कुरा हो। परमेश्वरले जे गर्नुभए पनि, चाहे त्यो शोधन होस् वा उहाँ नबोलिरहनुभएको नै होस्, उहाँको कामको एउटै चरण पनि मानवजातिको धारणासँग मिल्दैन। उहाँको कामको प्रत्येक चरणले मानिसहरूका धारणाहरूलाई छताछुल्ल बनाउँछ र तोड्छ। यो उहाँको काम हो। तर परमेश्वरको काम एक निश्चित चरणमा पुगेको छ, यसैले चाहे जेसुकै भए पनि उहाँले सबै मानिसलाई मार्नुहुनेछैन भन्ने तैँले विश्वास गर्नुपर्छ। उहाँले मानवजातिलाई प्रतिज्ञा र आशिषहरू दुवै दिनुहुन्छ र उहाँलाई पछ्याउनेहरू सबैले उहाँका आशिषहरू प्राप्त गर्न सक्नेछन्, तर जसले पछ्याउँदैनन् तिनीहरूलाई परमेश्वरले हटाउनुहुनेछ। यो तेरो खोजीमा निर्भर हुन्छ। अरू जेसुकै भए पनि, तैँले के विश्वास गर्नुपर्छ भने, जब परमेश्वरको काम समाप्त हुन्छ, प्रत्येक व्यक्तिले उपयुक्त गन्तव्य पाउनेछ। परमेश्वरले मानवजातिलाई सुन्दर आकांक्षाहरू प्रदान गर्नुभएको छ, तर खोजी नगरी ती प्राप्त गर्न सकिँदैन। तैँले अहिले यो देख्न सक्नुपर्छ—परमेश्वरले गर्नुहुने मानिसहरूको शुद्धीकरण र उहाँको सजाय उहाँको काम हो, तर मानिसहरूले आफ्नो काम गर्दै हरसमय स्वभावमा परिवर्तन गर्नतिर लागिरहनुपर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तिमीले परमेश्वरप्रतिको आफ्नो बफादारी कायम राख्नुपर्छ
३७८. राज्यको युगमा मानिसलाई पूरा रूपमा पूर्ण गरिनेछ। विजयको कामपछि, मानिस शोधन र सङ्कष्टमा पर्नेछ। यो सङ्कष्टमा विजय गर्न सक्ने र गवाहीमा खरो उत्रन सक्नेहरू नै आखिरमा पूर्ण पारिनेहरू हुन्; तिनीहरू विजेताहरू हुन्। यो सङ्कष्टको अवधिमा, यस शोधनलाई मानिसले स्वीकार गर्नु आवश्यक हुन्छ, र यो शोधन परमेश्वरको कामको अन्तिम घटना हुनेछ। परमेश्वरको व्यवस्थापनको सारा कार्यको समाप्तिभन्दा पहिले मानिसलाई शोधन गरिने यो अन्तिम पटक हो र परमेश्वरलाई पछ्याउने सबैले यो अन्तिम जाँचलाई स्वीकार गर्नैपर्छ र यो अन्तिम शोधनलाई तिनीहरूले स्वीकार गर्नैपर्छ। सङ्कष्टद्वारा व्याकुल हुनेहरू पवित्र आत्माको कार्य र परमेश्वरको अगुवाइविहीन हुन्छन् तर साँचो रूपमा विजय गरिएकाहरू र परमेश्वरलाई साँचो रूपमा खोज्नेहरू अन्तिममा दह्रिलो गरी खडा हुनेछन्; तिनीहरू मानवता भएकाहरू र परमेश्वरलाई साँचो रूपमा प्रेम गर्नेहरू हुन्। परमेश्वरले जे गर्नुभए तापनि, यी विजेताहरूमा दर्शनहरूको अभाव हुँदैन र तिनीहरूले आफ्नो गवाहीमा पतन नभइकन सत्यतालाई अभ्यास गर्नेछन्। आखिरमा महा-सङ्कष्टबाट उठी आउनेहरू यिनीहरू नै हुन्। धमिलो पानीमा माछा मार्नेहरूले आज फाइदा लुट्न सक्ने भए तापनि, अन्तिम सङ्कष्टबाट उम्कन कोही पनि सक्दैन र अन्तिम जाँचबाट कोही पनि उम्कन सक्दैन। विजय गर्नेहरूका लागि, त्यस्तो सङ्कष्ट अति बृहत् शोधन हो; तर धमिलो पानीमा माछा मार्नेहरूका लागि, यो पूर्ण रूपमा हटाइने कार्य हो। तिनीहरूलाई जसरी जाँचिए तापनि, आफ्नो हृदयमा परमेश्वर भएकाहरूको निष्ठा अपरिवर्तित नै रहन्छ; तर आफ्नो हृदयमा परमेश्वर नभएकाहरूका लागि, जब परमेश्वरको काम तिनीहरूको देहको लागि लाभदायक हुँदैन, तब तिनीहरूले परमेश्वरप्रतिको आफ्नो दृष्टिकोणलाई परिवर्तन गर्छन् र तिनीहरू परमेश्वरबाट अलगसमेत हुन्छन्। त्यस्ताहरू आखिरमा दह्रिलो गरी खडा हुनेछैनन्, तिनीहरूले परमेश्वरका आशिषहरूको मात्रै खोजी गर्छन् र तिनीहरूमा परमेश्वरको लागि आफैलाई खर्चिने र उहाँमा आफैलाई समर्पित गर्ने कुनै इच्छा हुँदैन। परमेश्वरको काम समाप्तिमा पुगेपछि त्यस्ता नीच मानिसहरूलाई निकालिनेछ र तिनीहरू कुनै पनि सहानुभूतिको योग्य छैनन्। मानवताविहीनहरू परमेश्वरलाई साँचो रूपमा प्रेम गर्न असमर्थ हुन्छन्। जब वातावरण सुरक्षित र चिन्तामुक्त हुन्छ वा जब फाइदाहरू प्राप्त गर्न सकिन्छ, तिनीहरू पूर्ण रूपमा परमेश्वरप्रति समर्पित हुन्छन्, तर जब तिनीहरूले इच्छा गरेको कुरामा सम्झौता हुन्छ वा आखिरमा इन्कार गरिन्छ, तिनीहरूले तुरुन्तै विद्रोह गरिहाल्छन्। एउटै रातको अवधिमा समेत, तिनीहरू मुस्कुराइरहने “दयालु” व्यक्तिबाट कुरूप देखिने हिंस्रक हत्यारामा परिवर्तन हुन्छन्, अनि हिजोको आफ्नो हितकारी व्यक्तिलाई कुनै पनि शब्द वा कारणविना नै आफ्नो मरणशील शत्रुको रूपमा व्यवहार गर्छन्। यदि यी भूत आत्माहरू, आँखाको झिम्क्याइमै मार्ने यी भूतात्माहरूलाई निकालिएन भने, के तिनीहरू अदृश्य खतरा बन्नेछैनन् र? विजयको काम पूरा भएपछि मानिसलाई मुक्ति दिने कार्य हासिल हुँदैन। विजयको काम समाप्त भएको भए तापनि, मानिसलाई शुद्ध पार्ने काम समाप्त भएको छैन; मानिसलाई पूर्ण रूपमा शुद्ध पारिएपछि, परमेश्वरमा पूर्ण रूपमा समर्पित हुनेहरूलाई पूर्ण पारिएपछि, र आफ्नो हृदयमा परमेश्वरविहीन हुने ती देखावटी मानिसहरूलाई हटाइएपछि मात्रै त्यस्तो कार्य पूरा हुनेछ। उहाँको कामको अन्तिम चरणमा परमेश्वरलाई सन्तुष्ट नपार्नेहरूलाई पूर्ण रूपमा हटाइनेछ र हटाइएकाहरू दियाबलसहरूका हुन्। तिनीहरू परमेश्वरलाई सन्तुष्ट पार्न असमर्थ हुने हुँदा, तिनीहरू परमेश्वरको विरुद्धमा विद्रोही छन् र यी मानिसहरूले आज परमेश्वरलाई पछ्याए तापनि, यसले तिनीहरू अन्तिमसम्मै रहनेहरू हुन् भन्ने कुरालाई प्रमाणित गर्दैन। “अन्तिमसम्मै परमेश्वरलाई पछ्याउनेहरूले मुक्ति पाउनेछ” भन्ने वचनहरूमा, “पछ्याउनु” को अर्थ सङ्कष्टको बीचमा दह्रिलो गरी खडा हुनु भन्ने हुन्छ। आज, धेरैले परमेश्वरलाई पछ्याउनु सजिलो छ भन्ने विश्वास गर्छन् तर जब परमेश्वरको काम समाप्त हुनलागेको हुन्छ, तैँले “पछ्याउनु”-को साँचो अर्थलाई जान्नेछस्। तैँले विजय गरिएपछि आज अझै पनि परमेश्वरलाई पछ्याउन सक्छस् भन्दैमा, तँ सिद्ध पारिनेहरूमध्ये एक हुनेछस् भन्ने कुरालाई यसले प्रमाणित गर्दैन। परीक्षाहरूको सामना गर्न नसक्नेहरू, सङ्कष्टको बीचमा विजय बन्न नसक्नेहरू आखिरमा दृढ रूपमा खडा हुन असक्षम हुनेछन्, त्यसकारण परमेश्वरलाई अन्तिमसम्मै पछ्याउन असमर्थ हुनेछन्। परमेश्वरलाई साँचो रूपमा पछ्याउनेहरू आफ्नो कामको जाँचलाई सामना गर्न सक्नेहरू हुन्, जबकि परमेश्वरलाई साँचो रूपमा नपछ्याउनेहरू परमेश्वरको कुनै पनि परीक्षाहरूको सामना गर्न असमर्थ हुन्छन्। ढिलो-चाँडो तिनीहरूलाई निकालिनेछ, तर विजेताहरू राज्यमा नै रहनेछन्। मानिसले परमेश्वरलाई साँचो रूपले खोजी गर्छ कि गर्दैन भन्ने कुरालाई उसको कामको जाँचले अर्थात् परमेश्वरका परीक्षाहरूले निर्धारण गर्छन् र मानिस स्वयमले गर्ने निर्णयसँग यसको कुनै सम्बन्ध हुँदैन। परमेश्वरले कुनै पनि व्यक्तिलाई हल्का रूपमा इन्कार गर्नुहुन्न; उहाँले गर्ने सबै कुराले मानिसलाई पूर्ण रूपमा विश्वस्त तुल्याउन सक्छ। मानिसको लागि अदृश्य कुनै पनि कुरा वा मानिसलाई विश्वस्त तुल्याउन नसक्ने कुनै पनि काम उहाँले गर्नुहुन्न। मानिसको आस्था साँचो हो कि होइन भन्ने कुरा तथ्यहरूद्वारा प्रमाणित हुन्छ र मानिसद्वारा यसको निर्णय हुन सक्दैन। “गहुँलाई सामामा परिणत गर्न सकिँदैन र सामालाई गहुँमा परिणत गर्न सकिँदैन” भन्ने कुरामा कुनै शङ्का छैन। परमेश्वरलाई साँचो रूपमा प्रेम गर्नेहरू सबै आखिरमा राज्यमा नै रहनेछन् र उहाँलाई साँचो रूपमा प्रेम गर्ने कसैलाई पनि परमेश्वरले नराम्रो व्यवहार गर्नुहुन्न।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास
३७९. परमेश्वरबाट सजाय प्राप्त गर्दा, पत्रुसले यसो भन्दै प्रार्थना गरे, “हे परमेश्वर! मेरो देह विद्रोही छ, र तपाईंले मलाई सजाय र न्याय गर्नुहुन्छ। म तपाईंको सजाय र न्यायमा आनन्द मनाउँछु, र तपाईंले मलाई नचाहनुभए पनि, तपाईंको न्यायमा म तपाईंको पवित्र र धर्मी स्वभाव देख्छु। अरूले तपाईंको न्यायमा तपाईंको धर्मी स्वभाव देख्न सकून् भनेर, जब तपाईंले मलाई न्याय गर्नुहुन्छ, तब मलाई सन्तुष्टिको आभास हुन्छ। यदि यसले तपाईंको स्वभाव व्यक्त गर्न सक्छ र तपाईंको धर्मी स्वभावलाई सबै सृष्टि गरिएका प्राणीले देख्न सक्ने तुल्याउँछ भने, र यदि यसले तपाईंप्रतिको मेरो प्रेमलाई अझै शुद्ध तुल्याउन सक्छ जसले गर्दा जो धर्मी हुनुहुन्छ उहाँजस्तै म बन्न सक्छु भने, तपाईंको न्याय असल छ, किनभने तपाईंको सद्भावना त्यस्तै छ। मभित्र अझै धेरै विद्रोही कुराहरू छन् र तपाईंको सामु आउन म अझै पनि योग्य छैन भन्ने कुरा मलाई थाहा छ। चाहे विषम परिस्थितिद्वारा होस् या महासंकष्टहरूद्वारा होस्, तपाईंले मलाई अझै बढी न्याय गर्नुहोस् भन्ने मेरो कामना छ; तपाईंले जे गर्नुहुन्छ, त्यो मेरो लागि बहुमूल्य छ। तपाईंको प्रेम अति नै प्रगाढ छ र म अलिकति पनि गुनासो नगरीकन तपाईँको योजनबद्ध कार्यको कृपामा रहन इच्छुक छु।” यो परमेश्वरको कार्य अनुभव गरिसकेपछिको पत्रुसको बोध हो र यो परमेश्वरप्रतिको उनको प्रेमको गवाही पनि हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
३८०. मानिस देहमाझ जिउँछ, अर्थात् ऊ मानव नरकमा जिउँछ, र परमेश्वरको न्याय र सजायविना ऊ शैतानजस्तै फोहोरी छ। मानिसलाई कसरी पवित्र पार्न सकिन्थ्यो? परमेश्वरद्वारा गरिने सजाय र न्याय नै मानिसको सबैभन्दा उत्तम सुरक्षा र सबैभन्दा ठूलो अनुग्रह हो भन्ने विश्वास पत्रुस गर्थ्यो। परमेश्वरको सजाय र न्यायमार्फत मात्रै मानिस बिउँझन सक्थ्यो र उसले देहलाई घृणा गर्न, शैतानलाई घृणा गर्न सक्थ्यो। परमेश्वरको कठोर अनुशासनले मानिसलाई शैतानको प्रभावबाट रिहा गर्छ, उसलाई आफ्नै सानो संसारबाट रिहा गर्छ र उसलाई परमेश्वरको मुहारको ज्योतिमा जिउने तुल्याउँछ। सजाय र न्यायभन्दा उत्तम मुक्ति कुनै छैन। पत्रुसले यसो भन्दै प्रार्थना गर्थे, “हे परमेश्वर! जबसम्म तपाईंले मलाई सजाय र न्याय गर्नुहुन्छ, तबसम्म म तपाईंले मलाई छोड्नुभएको छैन भनी थाहा पाउनेछु। तपाईंले मलाई आनन्द वा शान्ति नदिनुभए पनि, मलाई कष्टमा जिउन लगाउनुभए पनि र ममाथि अनगिन्ती सजायहरू दिनुभए पनि, जबसम्म तपाईं मलाई छोड्नुहुन्न, तबसम्म मेरो हृदय सहजतामा हुनेछ। आज तपाईंको सजाय र न्याय मेरो सबैभन्दा उत्तम सुरक्षा र मेरो सबैभन्दा महान् आशिष् बनेका छन्। तपाईंले दिनुहुने अनुग्रहले मलाई सुरक्षा दिन्छ। आज तपाईंले ममाथि बर्साउनुहुने अनुग्रह तपाईंको धर्मी स्वभावको प्रकटीकरण हो, र सजाय र न्याय हो; यसको साथै, यो एउटा परीक्षा हो, र त्योभन्दा पनि बढी, यो कष्टको जीवन हो।” पत्रुसले आफ्ना देहका सुखचैनहरूलाई पन्छाएर गहन प्रेम र महान् सुरक्षाको खोजी गर्न सके, किनभने उनले परमेश्वरको सजाय र न्यायबाट अत्यन्तै धेरै अनुग्रह प्राप्त गरेका थिए। मानिस उसको जीवनमा, यदि पखालिन र आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न चाहन्छ भने, यदि ऊ अर्थपूर्ण जीवन जिउन र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न चाहन्छ भने, उसले परमेश्वरको सजाय र न्यायलाई स्वीकार गर्नैपर्छ र आफूबाट परमेश्वरको अनुशासन र परमेश्वरको प्रहारलाई टाढा जान दिनु हुँदैन, ताकि उसले आफैलाई शैतानको चालबाजी र प्रभावबाट स्वतन्त्र गर्न सकोस् र ऊ परमेश्वरको ज्योतिमा जिउन सकोस्। यो जान कि परमेश्वरको सजाय र न्याय नै ज्योति हो र यो मानिसको मुक्तिको ज्योति हो, र मानिसका लागि योभन्दा उत्तम आशिष्, र योभन्दा ठूलो अनुग्रह वा सुरक्षा कुनै छैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
३८१. मानिस शैतानको प्रभावमा जिउँछ, र देहको अस्तित्वमा छ; यदि उसलाई शुद्ध पारिँदैन र उसले परमेश्वरको सुरक्षा प्राप्त गर्दैन भने, मानिस अझै भ्रष्ट बन्नेछ। यदि उसले परमेश्वरलाई प्रेम गर्न चाहन्छ भने, उसलाई धोइन र मुक्त गरिनैपर्छ। पत्रुसले प्रार्थना गर्थे, “परमेश्वर, तपाईंले मसँग दयालु व्यवहार गर्नुहुँदा म प्रसन्न हुन्छु, र सान्त्वनाको अनुभूति गर्छु; जब तपाईंले मलाई सजाय दिनुहुन्छ, म अझै बढी सान्त्वना र आनन्द महसुस गर्छु। म कमजोर भए पनि र मैले अवर्णनीय कष्ट सहे पनि, यसमा आँसु र दुःख भए पनि, यो दुःखको कारण मेरो विद्रोहीपन र कमजोरी हो भनी तपाईं जान्नुहुन्छ। म रुन्छु किनभने म तपाईंका अभिप्रायहरूलाई पूरा गर्न सक्दिनँ, म शोक र पछुतो महसुस गर्छु किनभने तपाईंका मागहरूका लागि म अपर्याप्त छु, तर यो स्थिति प्राप्त गर्न म इच्छुक छु, तपाईंलाई सन्तुष्ट पार्नको लागि मैले सक्ने सबै गर्न म इच्छुक छु। तपाईंको सजायले मलाई सुरक्षा दिएको छ र मलाई सर्वोत्तम मुक्ति दिएको छ; तपाईंको न्यायले तपाईंको सहनशीलता र धैर्यतालाई उछिन्छ। तपाईंको सजाय र न्यायविना, मैले तपाईंको कृपा र प्रेमिलोदयालुपनको आनन्द उठाउने थिइनँ। आज तपाईंको प्रेमले स्वर्गहरूलाई उछिनेको र अरू सबै थोकलाई पार गरेको म अझै बढी देख्छु। तपाईंको प्रेम त कृपा र प्रेमिलोदयालुपन मात्रै होइन; त्योभन्दा पनि बढी, यो सजाय र न्याय हो। मैले तपाईँको सजाय र न्यायबाट एकदमै धेरै प्राप्त गरेको छु। तपाईँको सजाय र न्यायविना, एक जना पनि शुद्ध पारिन्नथ्यो र एक जनाले पनि सृष्टिकर्ताको प्रेम अनुभव नगर्नेथ्यो। मैले सयौँ परीक्षा र सङ्कष्टहरू सहेको र म मृत्युको नजिक पुगेको समेत भए पनि, ती सबैले मलाई साँचो रूपमा तपाईँलाई चिन्न र अत्यन्तै ठुलो मुक्ति प्राप्त गर्न दिएको छ। यदि तपाईँको सजाय, न्याय र अनुशासनले मलाई छोडेको भए, म अन्धकारमा शैतानको सत्ताअन्तर्गत जिउनेथिएँ। मानिसको देहसँग के लाभहरू छन् र? यदि तपाईँको सजाय र न्यायले मलाई छोडेको भए, यो तपाईँको आत्माले मलाई त्याग्नुभएको जस्तो हुनेथियो, तपाईँ मसँग त्यसउप्रान्त नहुनुभएजस्तो हुनेथियो। त्यस्तो भएको भए, म कसरी जिइरहन सक्नेथिएँ र? तपाईँले मलाई रोग दिनुभयो र मेरो स्वतन्त्रता लैजानुभयो, म जिइरहन सकेँ, तर तपाईँको सजाय र न्यायले मलाई छोडेमा, मसँग जिइरहने कुनै उपाय हुनेथिएन। यदि म तपाईँको सजाय र न्यायविना भएको भए, मैले तपाईँको प्रेम गुमाएको हुनेथिएँ। तपाईँको प्रेम यति गहन् छ कि म त्यसलाई शब्दमा भन्नै सक्दिनँ। तपाईँको प्रेमविना, म शैतानको सत्ताअन्तर्गत जिउनेथिएँ, र तपाईँको महिमावान् अनुहार देख्न असमर्थ हुनेथिएँ। म कसरी निरन्तर जिउन सक्ने थिएँ र? मलाई त्यस्तो अन्धकार, त्यस्तो जीवनमा अघि बढ्न गाह्रो हुनेथियो। तपाईँ मसँग हुनु भनेको तपाईँलाई देख्नुजस्तै हो, त्यसकारण म तपाईँलाई कसरी छोड्न सक्छु र? म तपाईँलाई पूर्ण निष्कपटताका साथ अनुरोध गर्छु, म बिन्ती गर्छु कि मेरो सबैभन्दा ठूलो सान्त्वना मबाट नलैजानुहोस्, चाहे यो तपाईँका सान्त्वनादायी शब्दहरूको छिटा नै किन नहोस्। मैले तपाईँको प्रेमको आनन्द उठाएको छु र आज म तपाईँबाट टाढा हुन सक्दिनँ; म तपाईँलाई प्रेम नगर्न कसरी पो सक्छु र? तपाईँको प्रेमका कारण मैले शोकका धेरै आँसु बगाएको छु, तैपनि मैले सधैँ के अनुभूति गरेको छु भने, यस्तो जीवन अझै बढी अर्थपूर्ण छ, यसले मलाई समृद्ध तुल्याउन, मलाई परिवर्तन गर्न अझै बढी सक्छ, र सृजित प्राणीहरूसँग हुनुपर्ने सत्यता हासिल गर्ने तुल्याउन अझै बढी सक्छ।”
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
३८२. यदि तँ सिद्ध पारिने प्रयासमा लागेको व्यक्ति होस् भने, तैँले साक्षी दिनेछस्, र तैँले यसो भन्नेछस्: “परमेश्वरको यो चरणबद्ध कार्यमा, मैले परमेश्वरको सजाय र न्यायलाई स्वीकार गरेको छु, र मैले ठूलो कष्ट भोगेको भए पनि, परमेश्वरले मानिसलाई कसरी सिद्ध पार्नुहुन्छ भन्ने कुरा मैले जानेको छु, परमेश्वरले गर्नुभएको काम मैले प्राप्त गरेको छु, मैले परमेश्वरको धार्मिकताको ज्ञान पाएको छु र उहाँको सजायले मलाई मुक्ति दिएको छ। उहाँको धर्मी स्वभाव ममा आइपरेको छ र मलाई आशिष्हरू र अनुग्रह ल्याइदिएको छ; उहाँको न्याय र सजायले नै मलाई सुरक्षा दिएको र शुद्ध पारेको छ। यदि परमेश्वरद्वारा मलाई सजाय र न्याय नगरिएको, र परमेश्वरको कठोर वचन ममा नआइपरेको भए, मैले परमेश्वरलाई चिन्न सक्दिनथेँ, न त मुक्ति नै पाउन सक्थेँ। आज म देख्छु: सृष्टि गरिएको प्राणीको रूपमा, व्यक्तिले परमेश्वरद्वारा सृष्टि गरिएका सबै कुराहरूको आनन्द लिने मात्र होइन, अझै महत्त्वपूर्ण, सृष्टि गरिएका सम्पूर्ण प्राणीहरूले परमेश्वरको धर्मी स्वभाव र उहाँको धर्मी न्यायमा आनन्द लिनुपर्छ, किनभने परमेश्वरको स्वभाव मानिसद्वारा आनन्द लिन योग्य छ। शैतानद्वारा भ्रष्ट तुल्याइएको सृष्टि गरिएको प्राणीको रूपमा, व्यक्तिले परमेश्वरको धर्मी न्यायमा आनन्द लिनुपर्छ। उहाँको धर्मी स्वभावमा सजाय र न्याय छ, र त्यति मात्र होइन, त्यसमा महान् प्रेम छ। आज परमेश्वरको प्रेम पूर्ण रूपमा प्राप्त गर्न म असक्षम भए पनि, यसलाई देख्ने सौभाग्य मैले प्राप्त गरेको छु, र यसमा मैले आशिष् पाएको छु।” सिद्ध पारिएको अनुभव गर्नेहरूले हिँड्ने बाटो यही हो र तिनीहरूले बताउने ज्ञान यही हो। त्यस्ता मानिसहरू पत्रुसजस्तै हुन्; तिनीहरूमा पत्रुसको जस्तै अनुभवहरू छन्। त्यस्ता मानिसहरू जीवन प्राप्त गरेका, सत्यता भएका व्यक्तिहरू हुन्। जब तिनीहरूले अन्त्यसम्मै अनुभव गर्छन्, परमेश्वरको न्यायको अवधिमा तिनीहरूले आफैलाई शैतानको प्रभावबाट पूर्ण रूपमा मुक्त गर्नेछन्, र तिनीहरू परमेश्वरद्वारा प्राप्त गरिनेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान
३८३. वर्षौँको अनुभवपछि, शोधन र सजायको कठिनाइबाट गुज्रेर मानिस थकित बनेको छ। मानिसबाट विगत समयहरूको “महिमा” र “रोमान्स” गुमेको भए तापनि, उसले थाहै नपाई, मानव आचरणका सिद्धान्तहरू र मानवजातिलाई यतिका वर्षसम्म मुक्ति दिनमा परमेश्वरले राखेका श्रमसाध्य अभिप्रायहरू बुझ्न पुगेको छ। बिस्तारै, मानिसले आफ्नो जङ्गलीपनलाई उसलाई रत्याउन कति गाह्रो छ भन्ने कुरालाई, परमेश्वरबारे उसका सबै गलत बुझाइहरू, र उसले उहाँलाई गरेका अत्य़धिक मागहरूलाई घृणा गर्न थाल्छ। समयलाई पछाडि फर्काउन सकिँदैन। बितेका घटनाहरू मानिसले पश्चात्ताप गरने यादहरू बन्छन्, अनि परमेश्वरका वचनहरू र कोमल प्रेम मानिसको नयाँ जीवनशैलीको प्रेरणा-शक्ति बन्छ। दिन-प्रतिदिन मानिसका घाउहरू निको हुन्छन्, उसको शरीर बलियो बन्दै जान्छ, अनि ऊ खडा हुन्छ र सर्वशक्तिमानको अनुहार देख्छ…। स्पष्ट छ, उहाँ सँधै मलाई निगरानी गर्दै मेरो साथमा हुनुभएको छ। उहाँको मुस्कान र उहाँको सुन्दर मुहार अझै कति मोहक छ, उहाँको हृदयले अझै पनि आफूले सृष्टि गरेको मानवजातिबारे यस्तो चिन्ता गर्छ, र उहाँका हातहरू प्रारम्भमा जस्ता थिए त्यस्तै न्याना र शक्तिशाली छन्। यो चाहिँ मानिस अदनको बगैँचाको समयमा फर्केजस्तै हुन्छ, तैपनि अब मानिसले त्यसउप्रान्त सर्पको प्रलोभनलाई सुन्दैन र त्यसउप्रान्त यहोवाको नजरबाट लुक्दैन। मानिसले आराधना गर्न परमेश्वरसामु घुँडा टेक्छ, परमेश्वरको मुस्कुराइरहेको मुहार सामना गर्छ, र उसको सबैभन्दा बहुमूल्य बलिदान चढाउँछ—अहो! हे मेरा प्रभु, मेरा परमेश्वर!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ