तिमीहरूले आफ्ना कार्यहरूलाई विचार गर्नुपर्छ

जीवनमा तिमीहरूको प्रत्येक कार्य र व्यवहारले यो देखाउँछ, कि तिमीहरूलाई परिपूर्ण पार्न हरेक दिन मेरो वचनको खण्ड दिनुपर्छ, किनकि तिमीहरूमा धेरै कुराको अभाव छ, अनि तिमीहरूको ज्ञान र बुझ्ने क्षमता अति थोरै छ। तिमीहरूको दैनिक जीवनमा तिमीहरू यस्तो माहोल र वातावरणमा बस्छौ जुन सत्य वा असल चेतना विनाको छ। जिउनका निम्ति तिमीहरूसँग पुँजीको कमी छ र मलाई वा सत्यतालाई जान्ने कुनै आधार छैन। तिमीहरूको विश्‍वास अस्पष्ट र अमूर्त विश्‍वासमा, वा अति कट्टर ज्ञान र धार्मिक विधिविधानहरूमा निर्माण भएको छ। तिमीहरूका अभिप्रायहरू र तिमीहरूको दुष्टताका फलहरूलाई जाँच्दै म प्रत्येक दिन तिमीहरूको गतिविधिहरू हेर्छु, अनि सदा अटल रहने मेरो वेदीमा तिनीहरूको हृदय र आत्मालाई साँचो रूपमा अर्पण गर्ने मैले एकै जना पनि भेट्टाएको छैनँ। यसैले यस्तो मानव जातिलाई मैले व्यक्त गर्न चाहेका सबै वचनहरू खन्याएर मेरो समय नष्ट गर्ने मेरो इच्छा छैन, मेरो हृदयमा भएका योजनाहरूचाँहि अधुरो रहेको मेरो काम र मैले अझै मुक्ति दिनुपर्ने मानव जातिका निम्ति हुन्। तापनि, मेरो पछि लाग्नेहरू सबैले मेरो मुक्ति र मेरो वचनले मानव जातिलाई दिने सत्यता प्राप्त गरून् भन्‍ने म इच्छा गर्दछु। म आशा गर्दछु, एक दिन जब तैँले आफ्ना आँखा बन्द गर्छस्, त्यसबेला एउटा यस्तो राज्य देख्नेछस् जहाँको बतास सुगन्धले भरिएको हुन्छ र जहाँ जिउँदो पानीका प्रवाहहरू बग्छन्—एउटा उजाड, चिसो संसार होइन, जहाँ कालो बादलको धब्बाले आकाश ढाक्छ र स्याल रुवाई झैँ आउने चर्को आवाज कहिल्यै रोकिँदैन।

प्रत्येक दिन प्रत्येक व्यक्तिको काम र विचारहरू एक जना व्यक्तिका आँखाले हेर्छन्, त्यसको साथसाथै तिनीहरूका आफ्नै भोलिका दिनको निम्ति ती तयारीमा छन्। सबै जीवित मानिस हिँड्ने बाटो यही हो; मैले सबैका निम्ति अघिबाटै ठहराएको बाटो यही नै हो, कोही पनि यसबाट उम्कन सक्दैन वा कसैलाई छुट दिन सकिँदैन। मैले बोलेका वचनहरू अनगन्ती छन्, र मैले गरेका कार्यहरू झनै बढी असीम छन्। अन्तर्निहित प्रकृति र तिनीहरूका प्रकृतिको घटनाक्रमहरू अनुसार पुकार्छ कि पुकार्दैन भनी मैले हरेक दिन हरेक व्यक्तिलाई हेर्छु। अन्जानमा, धेरै जना मैले फरक-फरक प्रकारका मानिसहरूलाई प्रकट गर्नका लागि राखेको “सही बाटो” मा लागिसकेका छन्। मैले धेरै पहिले फरक-फरक वातावरणमा राखेका यी फरक-फरक प्रकारका मानिसहरूमध्ये हरेकले आ-आफ्नो स्थानमा आफ्ना अन्तर्निहित गुणहरू प्रदर्शन गरिरहेको छ। तिनीहरूलाई बाँध्ने कोही छैन, तिनीहरूलाई फकाउने कोही छैन। तिनीहरू सम्पूर्ण रूपमा स्वतन्त्र छन् र तिनीहरूले प्रकट गर्ने कुरा स्वाभाविक रूपले आउँछ। केवल एउटा कुराले मात्र तिनीहरूलाई रोक्छ: मेरा वचनहरूले। यसैले कतिपय मानिस अनिच्छापूर्वक मेरा वचनहरू पढ्छन्, र कहिल्यै तिनको अभ्यास गर्दैनन्, जसोतसो मृत्युबाट बच्ने परिणामका निम्ति मात्र यसो गर्छन्; यसैबीच अरूहरूलाईचाहिँ मेरो वचनको मार्गदर्शन र आपूर्ति विना दिन काट्न नै कठिन हुन्छ, यसैले तिनीहरूले स्वाभाविक रूपमा हरसमय मेरो वचन समाती राख्छन्। समय बित्दैजाँदा तिनीहरूले मानव जीवनका रहस्य, मानवजातिको गन्तव्य र मानव हुनुको मूल्य पत्ता लगाउँछन्। यसरी मानवजाति मेरा वचनहरूको उपस्थितिमा हुन्छ, अनि म केवल कामकुराहरूलाई तिनीहरूको मार्ग लिन दिन्छु। म मानिसहरूलाई मेरो वचन तिनीहरूका अस्तित्वको जग बनाउन करमा पार्ने कुनै काम गर्दिनँ। जुन मानिसहरूसँग विवेक थिएन, जसको अस्तित्वको कुनै मूल्य थिएन, तिनीहरूले मेरो वचनलाई साहस पूर्वक बेकारको ठाने अनि कामकुरो कसरी हुन्छ भन्‍ने चूपचाप हेरेर तिनीहरू आफूले चाहेअनुसार गर्छन्। तिनीहरू सत्यता र मबाट आउने सबै कुराप्रति वितृष्ण हुन थाल्छन्, अनि तिनीहरू मेरो घरमा बस्नेप्रति अझ बढी वितृष्ण हुन्छन्। तिनीहरूका गन्तव्य स्थानका निम्ति, र दण्डबाट उम्कनका निम्ति यी मानिसहरू श्रम गर्दै भए पनि केही समयसम्म मेरो भवनमा बस्छन्। तापनि, तिनीहरूका नियतहरू र कार्यहरू कहिल्यै पनि परिवर्तन हुँदैनन्। यसले आशिष् पाउने तिनीहरूका चाहना बढाउँछ, अनि एकचोटि त्यो राज्यमा पस्ने त्यसपछि सधैँभरिका निम्ति त्यही रहने—अनन्त स्वर्गमा पस्ने तिनीहरूको चाहना बढाउँछ। तिनीहरूले जति-जति मेरो दिन चाँडो आओस् भन्‍ने इच्छा गर्छन् त्यति नै बढी सत्यता तिनीहरूका बाटोमा एउटा बाधा, ठेस लाग्ने कुरा बनेको महसुस गर्छन्। तिनीहरूले सत्यता अनुसरण नगरीकन वा न्याय वा सजायलाई नस्विकारीकन, र सबैभन्दा मुख्य कुरा, मेरो भवनमा विनम्र नभइकन र मेरो आज्ञाबमोजिम नगरीकन नै तिनीहरू स्वर्ग राज्यका आशिषहरू उपभोग गर्न प्रतीक्षा गर्नै सक्दैनन्। यी मानिसहरू सत्यताको खोजी गर्ने आफ्‍ना चाहना पूरा गर्न वा मेरो व्यवस्थापनमा सहकार्य गर्न मेरो भवनमा प्रवेश गर्दैनन्; तिनीहरूका एक मात्र इच्छा भनेको ती मानिसहरूको साथमा रहने हो, जो आउने युगमा नाश पारिने छैनन्। यसैले तिनीहरूका हृदयले सत्यता के हो वा सत्यतालाई कसरी स्वीकार गर्नुपर्छ भनी कहिल्यै पनि जानेको छैन। यसैकारण त्यस्ता मानिसहरूले कहिल्यै पनि सत्यता अभ्यास गरेका छैनन् वा आफ्नो भ्रष्टताको गहिराइ महसुस गरेका छैनन्, तापनि तिनीहरू मेरो भवनमा सर्वत्र “सेवकहरू” को रूपमा बसेका छन्। तिनीहरू मेरो आउने दिनलाई “धैर्यसाथ” प्रतिक्षा गर्छन् र मेरो काम गर्ने तरिकाद्वारा यताउति हुत्तिएर पनि थाक्दैनन्। तर तिनीहरूले जति नै ठूलो कोसिस गरे पनि वा जस्तै मूल्य चुकाए पनि तिनीहरूले सत्यका निम्ति दुःख भोगेका वा मेरो खातिर केही दिएका कसैले पनि देखेको छैन। मैले पुरानो युगलाई अन्त गरेको हेर्नका लागि तिनीहरू आफ्ना हृदयमा आतुरमा छन्, र मेरो शक्ति र अख्तियार कति महान् छन् सो पत्तो लगाउनका निम्ति अरू पर्खन सक्दैनन्। तिनीहरूले आफैलाई बदल्न र सत्यता अनुसरण गर्न कहिल्यै हतार गर्दैनन्। तिनीहरू म म जुन कुराप्रति वितृष्ण हुन्छु त्यसैलाई प्रेम गर्छन्, र मैले प्रेम गर्ने कुराप्रति वितृष्ण हुन्छन्। तिनीहरू त्यो कुराको उत्कट इच्छा गर्छन्, जसलाई म घृणा गर्दछु, तर मैले घृणा गर्ने कुरा गुम्छ कि भनी डराउँछन्। तिनीहरू यो दुष्ट संसारमा जिउँछन्, त्यसलाई कहिल्यै घृणा गर्दैनन्, तर मैले त्यसलाई नष्ट गरिदिने हो कि भनी धेरै डराउँछन्। तिनीहरूका बाझिने अभिप्रायहरूबीच, तिनीहरू मैले घृणा गर्ने यो संसारलाई नै प्रेम गर्छन्, तर मैले यसलाई चाँडै नाश पारूँ भन्‍ने इच्छा पनि गर्छन्, ताकि तिनीहरू साँचो मार्ग छाडेर जानुभन्दा अघि नै तिनीहरूलाई विनाशको प्रकोपबाट बचाइयोस् र अर्को युगका मालिक बनाइयोस्। किनभने तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् र मबाट आउने सबै कुराप्रति वितृष्ण छन्। तिनीहरू आशिष् नगुमाउनको निम्ति केही समय “आज्ञाकारी मानिसहरू” हुन सक्छन्, तर तिनीहरूको आशिषित् बन्ने व्याकुलता र नष्ट गरिनु अनि आगोको कुण्डमा फालिनुबाट डराउने तिनीहरूको मनसायलाई कहिल्यै पनि लुकाउन सकिँदैन। मेरो दिन जति नजिक आउँछ तिनीहरूको चाहना अझ बलियो बलियो बन्दै जान्छ। अनि जति ठूलो विपत्ति हुन्छ यसले तिनीहरूलाई त्यति नै बढी असहाय तुल्याउँछ, यस क्रममा मलाई आनन्दित बनाउन र तिनीहरूले धेरै समयदेखि चाहेका आशिषहरू गुमाउनबाट बच्न कहाँबाट सुरु गर्ने हो भनी अलमल्लमा पर्छन्। त्यस्ता मानिसहरू मेरा हातले आफ्नो काम थाल्‍नासाथ पहिलो पङ्तिका सेना जस्तो भएर काम गर्न उत्सुक बन्छन्। तिनीहरू मैले तिनीहरूलाई देख्दिनँ भन्‍ने डरले फौजको पहिलो पङ्तिमा जाने बारेमा मात्रै सोच्छन्। तिनीहरू आफूलाई जे सही लागेको छ त्यही गर्छन् र बोल्छन्, तिनीहरूका काम र व्यवहार कहिल्यै पनि सत्यतासँग सम्बद्ध हुँदैन, र तिनीहरूका काम र कार्यहरूले मेरो योजनालाई केवल कमजोर पार्छन् र बाधा दिन्छन् भनी कहिल्यै जान्दैनन्। तिनीहरूले धेरै कोसिस गरेका हुन सक्छन्, अनि तिनीहरू कठिनाइहरू सहने आफ्नो सङ्कल्प र अभिप्रायमा साँचो हुन सक्छन्, तर तिनीहरूले गर्ने कुनै पनि कुराले मसँग सरोकार राख्दैन, किनकि तिनीहरूका कार्यहरू असल अभिप्रायले गरिन्छन् भनेर मैले कहिल्यै देखेको छैनँ, तिनीहरूले मेरो वेदीमा कुनै कुरा राखेको त मैले झनै देखेको छैन। तिनीहरूले मेरो सामु धेरै वर्षदेखि यस्तै कार्यहरू गर्दै आएका छन्।

सुरुमा, मेरो इच्छा तिमीहरूलाई अझ धेरै सत्यता आपूर्ति गर्ने थियो, तर मैले यसो गर्नबाट आफूलाई रोक्नुपरेको छ किनभने सत्यताप्रतिको तिमीहरूको मनोवृत्ति अत्यन्तै कठोर र उदासीन छ; मलाई मेरो रगत-पसिना खेर जाओस् भन्ने इच्छा छैन, न त मलाई मानिसहरूले मेरा वचनहरू पक्रेको तर सबै हिसाबमा मेरो प्रतिरोध गर्ने, मलाई बदनाम गर्ने, र मेरो ईशनिन्दा गर्ने काम गरेको नै हेर्ने इच्छा छ। तिमीहरूको मनोवृत्ति र तिमीहरूको मानवताका कारण, म तिमीहरूलाई मेरा वचनहरूको सानो र, तिमीहरूका लागि, अत्यन्तै महत्त्वपूर्ण भाग मात्रै आपूर्ति गर्छु, जसले मानवजातिमाझ मेरो परीक्षाको कामका रूपमा काम गर्छ। मैले अहिले मात्र आफूले गरेका निर्णयहरू र योजना तिमीहरूका आवश्यकताहरूसँग मिल्छन् भन्‍ने कुरा साँच्चै पुष्टि गरेको छु, र मानवजातिप्रतिको मेरो मनोवृत्ति नै सही मनोवृत्ति हो भन्‍ने कुरा अझ बढी पुष्टि गरेको छु। मेरो अगाडि तिमीहरूको धेरै वर्षको व्यवहारले मलाई अभूतपूर्व जवाफ दिएको छ, र यस जवाफको प्रश्न यो हो: “सत्यता र साँचो परमेश्‍वरको अगाडि मानिसको मनोवृत्ति कस्तो छ?” मैले मानिसका लागि बगाएको रगत-पसिनाले मानिसप्रतिको मेरो प्रेमको सारलाई प्रमाणित गर्छ, अनि मेरो अगाडि मानिसका गतिविधि र कार्यहरूले सत्यतालाई घृणा गर्ने र मप्रति शत्रुतापूर्ण हुने उसको सारलाई प्रमाणित गर्छन्। हर समय, म आफूलाई जसले पछ्याएका छन् ती सबैको चिन्ता गर्छु, तर मलाई पछ्याउनेहरू कुनै पनि समयमा मेरा वचनहरू स्वीकार गर्न सक्दैनन्; तिनीहरू मेरा सुझावहरू समेत स्वीकार गर्न सक्दैनन्। मलाई सबैभन्दा बढी दुःखी तुल्याउने कुरा नै यही हो। मेरो मनोवृत्ति इमानदार, र मेरा वचनहरू कोमल भए पनि मलाई कसैले पनि कहिल्यै बुझ्न सकेको छैन, मलाई कसैले कहिल्यै स्वीकार गर्न त झनै सकेको छैन। सबै जना मैले जिम्मा दिएको काम मेरा अभिप्रायहरू नखोजी आफ्नै अभिप्रायअनुसार गर्छन्, म तिनीहरूबाट के माग गर्छु भनेर सोध्नु त झनै परको कुरा हो। तिनीहरू अझै पनि वफादारीपूर्वक मेरो सेवा गर्ने दाबी गर्छन्, जबकि तिनीहरू मविरुद्ध विद्रोह गर्छन्। धेरैले त तिनीहरूका लागि स्वीकार्य नभएका वा तिनीहरूले अभ्यास गर्न नसक्ने सत्यताहरू सत्यता होइनन् भन्‍ने विश्‍वास गर्छन्। त्यस्ता मानिसहरूमा, मेरा सत्यताहरू नकारिने र पन्छाइने कुरा बन्छन्। त्यो सँगसँगै, म एक बाहिरी व्यक्ति बन्छु जसलाई मानिसहरूद्वारा शब्दमा परमेश्‍वरका रूपमा स्वीकार गरिन्छ, तर सत्यता, मार्ग, वा जीवन नभएको सोचिन्छ। यो सत्य कसैलाई पनि थाहा छैन: मेरा वचनहरू सदैव अपरिवर्तनीय सत्यता हुन्; म मानिसका निम्ति जीवनको आपूर्ति र मानवजातिका निम्ति एक मात्र मार्गदर्शक हुँ; मेरा वचनहरूको मूल्य र अर्थ मानवजातिले तिनलाई पहिचान र स्वीकार गर्छन् कि गर्दैनन् भन्‍ने कुराद्वारा नभई ती वचनहरू स्वयम्‌को सारद्वारा निर्धारित हुन्छ; अनि यस पृथ्वीमा भएको एक जनाले समेत मेरा वचनहरू स्विकार्न सकेन भने पनि, मेरा वचनको मूल्य र तिनले मानवजातिलाई गर्ने सहयोग कुनै पनि व्यक्तिको अनुमानभन्दा परको कुरा हो। त्यसकारण, मेरा वचनविरुद्ध विद्रोह गर्ने, तिनलाई खण्डन गर्ने, वा अत्यन्तै तिरस्कार गर्ने धेरै मानिसको सामना गर्दा, मेरो मनोवृत्ति यो मात्र हुन्छ: समय र तथ्यहरू नै मेरो गवाही बनून् र मेरा वचन नै सत्यता, मार्ग र जीवन हुन् भनी प्रमाणित गरून्। मैले भनेका सबै कुरा सही छन्, यी मानिससँग हुनुपर्ने कुरा हुन्, र योभन्दा पनि बढी, यी मानिसले स्वीकार गर्नुपर्ने कुरा हुन् भनी तिनले प्रमाणित गरून्। मलाई पछ्याउने सबैलाई म यो तथ्य जान्न दिनेछु: मेरा वचनहरू पूर्ण रूपमा स्वीकार गर्न नसक्नेहरू, मेरा वचनहरू अभ्यास गर्न नसक्नेहरू, मेरा वचनमा उद्देश्य भेट्टाउन नसक्नेहरू, अनि मेरा वचनहरूमार्फत मुक्तिको अनुग्रह प्राप्त गर्न नसक्‍नेहरू मेरा वचनहरूद्वारा दोषी ठहराइएकाहरू हुन्; योभन्दा पनि बढी, तिनीहरू मेरो मुक्तिको अनुग्रह गुमाएकाहरू हुन्, र मेरो डण्डाले तिनीहरूलाई कहिल्यै छोड्ने छैन।

अप्रिल १६, २००३

अघिल्लो:  एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)

अर्को:  परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger