२. प्रभुको दोस्रो आगमनको विषयमा, बाइबलले स्पष्ट बताउँछ, “तर त्यो दिन र घडीका बारेमा न त कुनै मानिसलाई थाहा छ, न त स्वर्गका दूतहरूलाई, न त पुत्रलाई, तर मेरा पितालाई मात्रै थाहा छ” (मत्ती २४:३६)। प्रभु कहिले आउनुहुन्छ त्यो कसैलाई थाहा छैन, तापनि सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीले प्रभु येशू पहिले नै आइसक्नुभएको छ भनेर गवाही दिइरहेको छ। तपाईं यो कसरी जान्नुहुन्छ?

सन्दर्भका लागि बाइबलका पदहरू:

“अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ” (मत्ती २५:६)।

“हेर, म ढोकामा खडा हुन्छु र ढकढक्याउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ” (प्रकाश ३:२०)।

“मेरा भेडाले मेरो सोर सुन्छन्, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्” (यूहन्‍ना १०:२७)।

परमेश्वरका सान्दर्भिक वचनहरू:

हामीले परमेश्‍वरका पदचापहरू खोजिरहेका हुनाले, हामीले परमेश्‍वरका अभिप्रायहरू, परमेश्‍वरका वचनहरू, उहाँका वाणीहरू खोज्नुपर्छ। किनभने जहाँ परमेश्‍वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्‍वरको आवाज हुन्छ, र जहाँ परमेश्‍वरका पदचापहरू हुन्छन्, त्यहाँ परमेश्‍वरका कार्यहरू हुन्छन्; जहाँ परमेश्‍वरको अभिव्यक्ति हुन्छ, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र परमेश्‍वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छन्। परमेश्‍वरका पदचापहरू खोज्दा, तिमीहरूले “परमेश्‍वर सत्यता, मार्ग र जीवन हुनुहुन्छ” भन्ने वचनहरूलाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसले सत्यता प्राप्त गर्दा पनि, तिनीहरू परमेश्‍वरका पदचापहरू भेट्टाएको विश्‍वास गर्दैनन्, तिनीहरू परमेश्‍वरको देखा पराइ त झनै स्वीकार गर्दैनन्। कस्तो गम्भीर भुल! परमेश्‍वरको देखापराइ मानिसका धारणाहरूसँग मेल खानै सक्दैन, परमेश्‍वर मानिसले माग गरेअनुसार त झनै देखा पर्न सक्नुहुन्न। परमेश्‍वरले आफ्‍नो काम गर्नुहुँदा उहाँका आफ्नै छनोटहरू गर्नुहुन्छ र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसअलावा, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँले जुनसुकै काम गर्नुभए पनि, उहाँले यसका बारेमा मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, हरेक व्यक्तिलाई उहाँको कामका बारेमा सूचित गर्नु त परै जाओस्। यो परमेश्‍वरको स्वभाव हो, र अझ भन्‍ने हो भने, यसलाई सबैले चिन्नैपर्छ। यदि तिमीहरू परमेश्‍वरको देखापराइ देख्‍न, परमेश्‍वरका पाइलाहरू पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्ना धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्‍वरसँग यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले तिमीहरूका सीमामा राख्‍न र तिमीहरूका धारणाहरूमा उहाँलाई सीमित गर्न त झनै हुँदैन। त्यसको सट्टा, तिमीहरूले परमेश्‍वरका पाइलाहरू कसरी खोज्नुपर्छ, कसरी परमेश्‍वर देखापराइलाई स्विकार्नुपर्छ, र कसरी परमेश्‍वरको नयाँ काममा समर्पित हुनुपर्छ भनेर आफैसँग माग गर्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो। मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन, त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र समर्पित हुनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ

आज, परमेश्‍वरले नयाँ काम गर्नुभएको छ। तैँले यी वचनहरू स्वीकार गर्न नसक्लास् र तँलाई ती अनौठो लाग्न सक्छन्, तर म तँलाई अहिलेका लागि आफ्नो प्राकृतिकता खुलासा नगर्न सल्लाह दिन्छु, किनभने परमेश्‍वरसामु साँचो रूपमा धार्मिकताका लागि भोकाउने र तिर्खाउनेहरूले मात्र सत्यता प्राप्त गर्न सक्छन् र जो साँच्चै भक्त छन् तिनीहरूलाई मात्र उहाँद्वारा अन्तर्दृष्टि र मार्गदर्शन दिन सकिन्छ। संयमित शान्तिका साथ सत्यता खोजेर नतिजाहरू प्राप्त हुन्छन्, झैझगडा र विवाद गरेर होइन। जब म “आज, परमेश्‍वरले नयाँ काम गर्नुभएको छ” भनेर भन्छु, तब म परमेश्‍वर देहमा फर्कने कुरालाई जनाइरहेको हुन्छु। सायद यी वचनहरूले तँलाई पिरोल्दैनन्; सायद तँ तिनलाई घृणा गर्छस्; वा सायद तँलाई तिनमा धेरै रुचि छ। जेसुकै भए पनि, म के आशा गर्छु भने परमेश्‍वर देखा पर्नुभएको साँच्चै चाहना गर्ने सबैले तुरुन्तै निष्कर्षमा पुग्नुको सट्टा यस तथ्यको सामना गर्न र यसलाई ध्यानपूर्वक जाँच्न सकून्; बुद्धिमान् व्यक्तिले गर्नुपर्ने कुरा त्यही नै हो।

यस्तो कुरालाई जाँच्न त्यत्ति कठिन हुँदैन, तर यसका निम्ति हामी प्रत्येकले पहिला यो एउटा सत्यता जान्नु माग गरिएको हुन्छ: जो देहधारी परमेश्‍वर हुनुहुन्छ, उहाँसँग परमेश्‍वरको सार हुन्छ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँसँग परमेश्‍वरको अभिव्यक्ति हुन्छ। परमेश्‍वर देह बन्नुभएको हुनाले, उहाँले आफूले गर्ने अभिप्राय राख्‍नुभएको काम आफूसँगै ल्याउनुहुन्छ, र उहाँ देहधारी परमेश्‍वर भएको हुनाले, उहाँले उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुन्छ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन प्रदान गर्न, र उसलाई मार्ग देखाउन सक्नुहुन्छ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले त्यो परमेश्‍वरको देहधारी देह हो कि होइन भनी जाँच गर्ने अभिप्राय राख्छ भने, उसले त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट नै निर्धारण गर्नुपर्छ। भन्नुको अर्थ, यो देहधारी परमेश्‍वरको देह हो कि होइन, र यो साँचो मार्ग हो कि होइन भनी निर्धारण गर्न उसले उहाँको सारकै आधारमा भिन्नता छुट्ट्याउनुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको देह हो कि होइन भन्ने कुराको कडी बाहिरी स्वरूपभन्दा उहाँको सार (उहाँको काम, उहाँका वचनहरू, उहाँको स्वभाव, र अन्य धेरै पक्षहरू) मा निहित हुन्छ। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, यसले मानिस मूर्ख र अज्ञानी छ भन्‍ने देखाउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

परमेश्‍वर मौन हुनुहुन्छ, र हामीकहाँ कहिल्यै देखा पर्नुभएको छैन, तैपनि उहाँको काम कहिल्यै रोकिएको छैन। उहाँ सम्पूर्ण पृथ्वीको छानबिन गर्नुहुन्छ, र यावत् थोकमाथि शासन गर्नुहुन्छ, र मानिसका सबै वचन, कार्य, र चाललाई हेर्नुहुन्छ। उहाँ आफ्नो व्यवस्थापन योजनाका साथ र चरणबद्ध रूपमा, मौन रूपमा र स्वर्ग र पृथ्वीलाई नहल्लाईकन सञ्चालन गर्नुहुन्छ, तैपनि उहाँका पदचापहरू एक-एक गर्दै अघि बढ्छन् र मानवजातिको झन्-झन् नजिक पुग्छन्, र उहाँको न्यायको आसन ब्रह्माण्डमा बिजुलीको गतिमा खडा गरिन्छ, जसपछि उहाँको सिंहासन तुरुन्तै हामीमाझ अवतरण हुन्छ। कस्तो प्रतापी दृश्य, कस्तो भव्य र गम्भीर परिदृश्य! ढुकुर जस्तै, र गर्जने सिंह जस्तै, आत्मा हामी भीडमाझ आउनुहुन्छ। उहाँ बुद्धि हुनुहुन्छ, उहाँ धार्मिकता र प्रताप हुनुहुन्छ, र उहाँ अख्तियारका साथ र प्रेमिलो-दयालुपनले भरिएर चुपचाप हामीमाझ अवतरण गर्नुहुन्छ। उहाँको आगमनबारे कसैलाई थाहा हुँदैन, उहाँको आगमनलाई कसैले पनि स्वागत गर्दैन, र, अझ बढी, उहाँले गर्न लाग्नुभएका सबै कुरा कसैलाई पनि थाहा हुँदैन। मानिसको जीवन पहिले जस्तै चलिरहन्छ, उसको हृदय भिन्न हुँदैन, र दिनहरू सामान्य रूपमै बित्छन्। परमेश्‍वर हामीमाझ, एक साधारण व्यक्ति जस्तै, अनुयायीहरूमध्ये सबैभन्दा नगण्य र साधारण विश्‍वासी भएर जिउनुहुन्छ। उहाँका आफ्नै पछ्याइहरू छन्, आफ्नै लक्ष्यहरू छन्, र, अझ बढी, उहाँसँग साधारण मानिसहरूमा नहुने ईश्‍वरत्व छ। उहाँको ईश्‍वरत्वको अस्तित्वलाई कसैले पनि याद गरेको छैन, र उहाँको सार र मानिसको सारबीचको भिन्नतालाई कसैले पनि बोध गरेको छैन। हामी बन्धनमा नपरी र डर नमानी उहाँसँगै जिउँछौँ, किनभने हाम्रो नजरमा उहाँ एक नगण्य विश्‍वासी मात्र हुनुहुन्छ। उहाँ हाम्रो हरेक चाल हेर्नुहुन्छ, र हाम्रा सबै सोच र विचार उहाँसमक्ष उदाङ्गो हुन्छन्। उहाँको अस्तित्वमा कसैले पनि चासो लिँदैन, उहाँले निर्वाह गर्ने कार्यका बारेमा कसैले केही पनि कल्पना गर्दैन, र, अझ बढी, उहाँको पहिचानबारे कसैलाई झिनो शङ्का हुँदैन। हामीसँग उहाँको कुनै सरोकार नै छैन जस्तो गरी, हामी केवल आफ्ना पछ्याइहरूलाई निरन्तरता दिन्छौँ …

संयोगवश, पवित्र आत्माले उहाँ “मार्फत” वचनहरूको एउटा खण्ड व्यक्त गर्नुहुन्छ, र यो निकै अप्रत्याशित लागे पनि, हामी यो परमेश्‍वरबाट आएको वाणी हो भनी दृढतापूर्वक विश्‍वास गर्छौँ र यसलाई सहजै परमेश्‍वरबाट आएको भनी स्विकार्छौँ। किनभने, यी वचनहरू जसले व्यक्त गरे पनि, ती पवित्र आत्माबाट आउँछन् भने, हामीले ती स्विकार्नुपर्छ र तिनलाई नकार्न मिल्दैन। अर्को वाणी ममार्फत, वा तँमार्फत, वा अरू कसैमार्फत आउन सक्छ। जोमार्फत आए पनि, सबै परमेश्‍वरको अनुग्रह हो। तर त्यो जोसुकै भए पनि, हामीले यस व्यक्तिको आराधना गर्नु हुँदैन, किनभने चाहे जेसुकै होस्, यो व्यक्ति परमेश्‍वर हुन सक्दैन, न त हामी कुनै पनि हालतमा यस्तो साधारण व्यक्तिलाई हाम्रो परमेश्‍वर हुन छनौट नै गर्नेछौँ। हाम्रो परमेश्‍वर अत्यन्तै महान् र आदरणीय हुनुहुन्छ; यस्तो नगण्य व्यक्ति कसरी उहाँको स्थानमा खडा हुन सक्छ? अझ भन्नुपर्दा, हामी परमेश्‍वर आउनुहुनेछ र हामीलाई स्वर्गको राज्यमा फर्काएर लैजानुहुनेछ भनी प्रतीक्षा गरिरहेका छौँ, त्यसैले यति नगण्य व्यक्ति कसरी यस्तो महत्त्वपूर्ण र कठिन कार्यका लागि योग्य हुन सक्छ? यदि प्रभु फेरि आउनुभयो भने, उहाँ सेतो बादलमा नै आउनुपर्छ, ताकि असङ्ख्य मानिसहरूले देखून्। त्यो कति महिमामय हुनेछ! उहाँ साधारण मानिसहरूको समूहमाझ सुटुक्क लुक्न सक्नु कसरी सम्भव हुन्छ?

तैपनि मानिसहरूका बीचमा लुकेर रहनुभएको यही साधारण व्यक्तिले नै हामीलाई मुक्ति दिने नयाँ काम गरिरहनुभएको छ। उहाँ हामीलाई कुनै स्पष्टीकरण दिनुहुन्न, न त हामीलाई उहाँ आउनुको कारण नै बताउनुहुन्छ, बरु आफ्नो योजना र आफ्नो प्रक्रियाअनुसार उहाँले गर्न चाहनुभएको काम मात्रै गर्नुहुन्छ। उहाँका वचन र वाणीहरू झन्-झन् बारम्बार आउन थाल्छन्। सान्त्वना दिने, अर्ती दिने, सम्झाउने, र चेतावनी दिनेदेखि हप्काउने र ताडना दिनेसम्म; कोमल र शान्त स्वरदेखि शक्तिशाली र प्रतापी वचनहरूसम्म—यी सबैले मानिसलाई ठूलो कृपा र चरम आतङ्क महसुस गराउँछन्। उहाँले भन्नुहुने हरेक कुरा हामीभित्र गहिराइमा लुकेका रहस्यहरूप्रति लक्षित भएजस्तो लाग्छ; उहाँका वचनहरूले हाम्रा हृदय र आत्मालाई घोच्छन्, जसले गर्दा हामी असह्य लाजले भरिन्छौँ, र हामीलाई कहाँ लुक्ने भन्‍ने समेत थाहा हुँदैन। यस व्यक्तिको हृदयमा हुनुहुने परमेश्‍वरले हामीलाई साँच्चै प्रेम गर्नुहुन्छ कि गर्नुहुन्न र उहाँ ठ्याक्कै के गर्न खोजिरहनुभएको छ भन्‍ने कुरामा हामीलाई शङ्का लाग्न थाल्छ। सायद यी दुःखहरू सहेर मात्रै हामी उठाई लगिन सक्छौँ कि? दिमागमा, हामी आउँदो गन्तव्य र हाम्रो भविष्यको नियतिका बारेमा … हिसाबकिताब गरिरहेका हुन्छौँ। अझै पनि, पहिले जस्तै, परमेश्‍वरले हाम्रा बीचमा काम गर्न देह धारण गरिसक्नुभएको छ भनी हामीमध्ये कोही पनि विश्‍वास गर्दैनौँ। उहाँले हामीलाई यति लामो समय साथ दिनुभएको भए पनि, उहाँले हामीसँग आमनेसामने यति धेरै वचनहरू बोलिसक्नुभएको भए पनि, हामी यस्तो साधारण व्यक्तिलाई हाम्रो भविष्यको परमेश्‍वरका रूपमा स्वीकार गर्न अनिच्छुक रहेका छौँ, र हाम्रो भविष्य र हाम्रो नियतिको नियन्त्रण यस नगण्य व्यक्तिलाई सुम्पन त हामी झनै अनिच्छुक छौँ। उहाँबाट हामी जिउँदो पानीको अनन्त आपूर्तिको आनन्द उठाउँछौँ, र उहाँमार्फत हामी मानिस र परमेश्‍वर आमनेसामने हुने जीवन जिउँछौँ। तर हामी स्वर्गमा हुनुहुने प्रभु येशूको अनुग्रहका लागि मात्र कृतज्ञ छौँ, र ईश्‍वरत्व भएको यस साधारण व्यक्तिका भावनाहरूप्रति हामीले कहिल्यै कुनै ध्यान दिएका छैनौँ। पहिले जस्तै, उहाँ यसरी अझै पनि देहमा नम्रतापूर्वक लुकेर आफ्नो काम गर्नुहुन्छ, आफ्नो हृदयको आवाजलाई अभिव्यक्त गर्नुहुन्छ, मानौँ मानवजातिले उहाँलाई गरेको अस्वीकारले उहाँलाई छोएकै छैन, मानौँ उहाँ मानिसको अपरिपक्वता र अज्ञानतालाई सधैँ क्षमा गर्नुहुन्छ, र उहाँप्रतिको मानिसको अनादरपूर्ण मनोवृत्तिप्रति उहाँ सधैँ सहनशील हुनुहुन्छ।

हामीलाई थाहै नदिई, यस नगण्य व्यक्तिले हामीलाई परमेश्‍वरको कामको एकपछि अर्को चरणमा डोऱ्याउनुभएको छ। हामी अनगिन्ती परीक्षा र असङ्ख्य ताडनाबाट गुज्रन्छौँ, र हामीलाई मृत्युद्वारा जाँचिन्छ। हामी परमेश्‍वरको धर्मी र प्रतापी स्वभावका बारेमा थाहा पाउँछौँ, उहाँको प्रेमिलो दयालुपन र कृपाको पनि आनन्द लिन्छौँ, परमेश्‍वरको महान् शक्ति र बुद्धिको कदर गर्न थाल्छौँ, परमेश्‍वरको प्रेमिलो स्वभाव देख्छौँ, र मानिसलाई मुक्ति दिने परमेश्‍वरको व्यग्र अभिप्राय देख्छौँ। यस साधारण व्यक्तिका वचनहरूमा, हामी परमेश्‍वरको स्वभाव र सारलाई चिन्न, परमेश्‍वरका अभिप्रायहरूलाई बुझ्न, मानिसको प्रकृति सारलाई चिन्न, साथै मुक्ति र सिद्धतातर्फको मार्ग देख्न थाल्छौँ। उहाँका वचनहरूले हामीलाई “मर्ने” तुल्याउँछन्, र तिनले हामीलाई “पुनर्जन्म” लिने तुल्याउँछन्; उहाँका वचनहरूले हामीलाई सान्त्वना दिन्छन्, तर हामीलाई अपराधबोध र ऋणीपनको भावनाले पनि भरिदिन्छन्; उहाँका वचनहरूले हामीलाई खुसी र शान्ति दिन्छन्, तर असीम पीडा पनि दिन्छन्। कहिलेकाहीँ हामी उहाँका हातमा भएका थुमाहरू जस्तै हुन्छौँ, जसलाई उहाँको इच्छाअनुसार वध गरिन्छ; कहिलेकाहीँ हामी उहाँको आँखाका नानी जस्तै हुन्छौँ, र उहाँको कोमल प्रेमको आनन्द उठाउँछौँ; कहिलेकाहीँ हामी उहाँको शत्रु जस्तै हुन्छौँ, र उहाँको नजरमा परेपछि उहाँको क्रोधद्वारा खरानीमा परिणत हुन्छौँ। हामी उहाँद्वारा मुक्ति दिइएको मानवजाति हौँ, हामी उहाँका आँखाहरूमा औँसा हौँ, र हामी हराएका भेडा हौँ जसलाई खोज्न उहाँ दिनरात लागिपर्नुभएको छ। उहाँ हामीप्रति कृपालु हुनुहुन्छ, उहाँ हामीलाई घृणा गर्नुहुन्छ, माथि उठाउनुहुन्छ, सान्त्वना र अर्ती दिनुहुन्छ, मार्गदर्शन गर्नुहुन्छ, अन्तर्दृष्टि दिनुहुन्छ, ताडना दिनुहुन्छ र अनुशासनमा राख्नुहुन्छ, र उहाँ हामीलाई श्राप समेत दिनुहुन्छ। रातदिन, उहाँले हाम्रा बारेमा चिन्ता गर्न र हाम्रो सुरक्षा र हेरचाह गर्न कहिल्यै छोड्नुहुन्न, र हाम्रो साथ कहिल्यै छोड्नुहुन्न। उहाँ हाम्रा लागि आफ्नो सम्पूर्ण रगत-पसिना बगाउनुहुन्छ र हरेक मूल्य चुकाउनुहुन्छ। यस नगण्य र साधारण देहका वचनहरूभित्र, हामीले परमेश्‍वरको सम्पूर्णताको आनन्द उठाएका छौँ र परमेश्‍वरले हामीलाई प्रदान गर्नुभएको गन्तव्य देखेका छौँ। यति हुँदाहुँदै पनि, आडम्बरले अझै पनि हाम्रा हृदयभित्र समस्या खडा गर्छ, र हामी अझै पनि यस्तो व्यक्तिलाई हाम्रा परमेश्‍वरका रूपमा सक्रिय रूपमा स्वीकार गर्न अनिच्छुक छौँ। उहाँले हामीलाई यति धेरै मन्‍न, आनन्द लिन यति धेरै कुरा दिनुभएको भए पनि, यीमध्ये कुनै पनि कुराले हाम्रा हृदयमा प्रभुको स्थान लिन सक्दैन। हामी यस व्यक्तिको विशेष पहिचान र हैसियतलाई अत्यन्तै अनिच्छाका साथ मात्रै सम्मान गर्छौँ। जबसम्म उहाँले हामीलाई उहाँ परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर भनेर भन्न आफ्नो मुख खोल्नुहुन्न, तबसम्म हामी उहाँलाई चाँडै आइपुग्न लाग्नुभएका तर लामो समयदेखि हाम्रा बीचमा काम गरिरहनुभएका परमेश्‍वरका रूपमा आफैले कहिल्यै स्विकार्नेछैनौँ।

परमेश्‍वरले विभिन्न विधि र धेरै दृष्टिकोण प्रयोग गर्दै हामीले के गर्नुपर्छ भनेर हामीलाई सचेत गराउन आफ्ना वाणीहरू बोलिरहनुहुन्छ, र साथसाथै आफ्नो हृदयको आवाज पनि व्यक्त गर्नुहुन्छ। उहाँका वचनहरूमा जीवनको शक्ति हुन्छ, तिनले हामीलाई हामीले पछ्याउनुपर्ने मार्ग प्रदान गर्छन्, र सत्यता भनेको ठ्याक्कै के हो भनी बोध गर्न हामीलाई सक्षम बनाउँछन्। हामी उहाँका वचनहरूतर्फ आकर्षित हुन थाल्छौँ, हामी उहाँको बोल्ने स्वर र शैलीमा ध्यान दिन थाल्छौँ, र अवचेतन रूपमा हामी अरूको नजरमा नपर्ने यस व्यक्तिको हृदयको आवाजलाई विशेष ध्यान दिन थाल्छौँ। उहाँ हाम्रा लागि पूर्ण रूपमा समर्पित भएर काम गर्नुहुन्छ, हाम्रा लागि भोक-निद्रा गुमाउनुहुन्छ, हाम्रा लागि रुनुहुन्छ, हाम्रा लागि सुस्केरा हाल्नुहुन्छ, र हाम्रा लागि बिरामी अवस्थामा विलाप गर्नुहुन्छ; उहाँ हाम्रो गन्तव्य र मुक्तिको खातिर अपमान सहनुहुन्छ; अनि हाम्रो संवेदनहीनता र विद्रोहीपनले उहाँको हृदयबाट आँसु र रगत निकाल्छ। कुनै पनि साधारण व्यक्तिसँग उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो हुँदैन, र कुनै पनि भ्रष्ट मानवले ती कुरा पाउन वा हासिल गर्न सक्दैन। उहाँसँग कुनै पनि साधारण व्यक्तिमा नहुने सहनशीलता र धैर्य छ, र उहाँको प्रेम त्यस्तो चिज हो जुन कुनै पनि सृजित प्राणीसँग हुँदैन। उहाँबाहेक अरू कसैले पनि हामीले सोचिरहेका सबै कुरा थाहा पाउन, वा हाम्रो प्रकृति र सारलाई आफ्नो हातको रेखा जतिकै थाहा पाउन, वा मानवजातिको विद्रोहीपन र भ्रष्टताको न्याय गर्न, वा स्वर्गमा हुनुहुने परमेश्‍वरको तर्फबाट हामीसँग यसरी बोल्न र हामीमा यसरी काम गर्न सक्दैन। उहाँबाहेक अरू कसैसँग पनि परमेश्‍वरको अख्तियार, बुद्धि, र इज्जत हुँदैन; परमेश्‍वरको स्वभाव साथै परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो उहाँमा पूर्ण रूपमा व्यक्त गरिन्छ। उहाँबाहेक अरू कसैले पनि हामीलाई बाटो देखाउन र ज्योति दिलाउन सक्दैन। उहाँबाहेक अरू कसैले पनि सृष्टिदेखि आजसम्म परमेश्‍वरले प्रकट नगर्नुभएका रहस्यहरू खुलासा गर्न सक्दैन। उहाँबाहेक अरू कसैले पनि हामीलाई शैतानको बन्धन र हाम्रा आफ्नै भ्रष्ट स्वभावहरूबाट मुक्ति दिन सक्दैन। उहाँ परमेश्‍वरको प्रतिनिधित्व गर्नुहुन्छ; उहाँ परमेश्‍वरको हृदयको आवाज, परमेश्‍वरका अर्तीहरू, र सारा मानवजातिप्रति परमेश्‍वरका न्यायिक वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँले एउटा नयाँ युग, एउटा नयाँ कालखण्डको सुरुवात गर्नुभएको छ, साथै नयाँ स्वर्ग र पृथ्वी र नयाँ काम ल्याउनुभएको छ, उहाँले हामीलाई आशा ल्याइदिनुभएको छ र हामीले अस्पष्ट स्थितिमा जिएको जीवनको अन्त्य गर्नुभएको छ, साथै उहाँले हाम्रो सम्पूर्ण सत्त्वलाई पूर्ण रूपमा मुक्तितर्फको मार्ग हेर्न सम्भव तुल्याउनुभएको छ। उहाँले हाम्रो सम्पूर्ण सत्त्वलाई विजय गर्नुभएको छ र हाम्रो हृदय प्राप्त गर्नुभएको छ। त्यस क्षणदेखि, हाम्रा हृदयले सचेतना प्राप्त गरेका छन्, र हाम्रा आत्माहरू पुनर्जीवित भएजस्ता देखिन्छन्: यो साधारण, नगण्य व्यक्ति, हामीमाझ जिउने र यति लामो समयदेखि हामीबाट अस्वीकृत हुनुभएको यो व्यक्ति—के यो हामीले विपना र सपना दुवैमा सम्झिरहने, र रातदिन चाह गर्ने प्रभु येशू हुनुहुन्न र? यो उहाँ नै हुनुहुन्छ! यो साँच्चै उहाँ नै हुनुहुन्छ! उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ! उहाँ नै सत्यता, मार्ग, र जीवन हुनुहुन्छ! उहाँले हामीलाई फेरि जिउन र ज्योति देख्न सम्भव तुल्याउनुभएको छ र हाम्रो हृदयलाई भौँतारिनबाट रोक्नुभएको छ। हामी परमेश्‍वरको घर फर्केका छौँ, हामी उहाँको सिंहासनसामु फर्केका छौँ, हामी उहाँसँग आमनेसामने छौँ, हामीले उहाँको मुहार देखेका छौँ, र हामीले अगाडिको बाटो देखेका छौँ। यस समयमा, हाम्रो हृदय उहाँद्वारा पूर्ण रूपमा विजय गरिएको छ; अब हामी उहाँ को हुनुहुन्छ भनी शङ्का गर्दैनौँ, उहाँको काम र उहाँको वचनप्रति प्रतिरोधी महसुस गर्दैनौँ, र हामी उहाँसमक्ष लम्पसार पर्छौँ। हामी हाम्रो बाँकी जीवनभरि परमेश्‍वरका पदचापहरू पछ्याउने, उहाँद्वारा सिद्ध पारिने, उहाँको अनुग्रहको प्रतिदान गर्ने, उहाँले हामीलाई गर्नुभएको प्रेमको प्रतिदान गर्ने, उहाँका योजनाबद्ध कार्य र प्रबन्धहरूप्रति समर्पित हुने, उहाँको कामसँग सहकार्य गर्ने, र उहाँले हामीलाई सुम्पनुभएको कुरा पूरा गर्न आफ्नो सक्ने सबथोक गर्नेभन्दा बढी अरू केही चाहँदैनौँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्‍वरको न्याय र सजायमा उहाँको देखा पराइ हेर्नु

अघिल्लो:  १. तपाईंले प्रभु मानिस बन्नुभयो, गोप्य रूपमा पृथ्वीमा ओर्लनुभयो, र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गर्दैहुनुहुन्छ भनी गवाही दिनुहुन्छ। यो कसरी सम्भव छ? बाइबलले स्पष्ट रूपमा अगमवाणी गर्दछ, “अनि त्यसपछि स्वर्गमा मानिसको पुत्रको चिन्‍ह देखा पर्नेछ: अनि पृथ्वीका सबै कुलले शोक गर्नेछन्, अनि तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महान् महिमाका साथमा स्वर्गको बादलमा आइरहनुभएको देख्‍नेछन्” (मत्ती २४:३०)। “हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्‍नेछन्, र तिनीहरूले पनि, जसले उहाँलाई घोचे: र उहाँका कारण पृथ्वीका सब कुलहरूले विलाप गर्नेछन्” (प्रकाश १:७)। हामी विश्‍वास गर्छौं, जब प्रभु फेरि आउनुहुन्छ, उहाँ बादलहरूमा र सबै मानिसहरूले देख्ने गरी आउनुहुन्छ। तैपनि प्रभु पहिले नै मानिस बनिसक्नुभएको छ र गोप्य रूपमा पृथ्वीमा ओर्लनुभएको छ भनेर तपाईं गवाही दिनुहुन्छ, जुन हाम्रो बुझाइभन्दा बिलकुलै फरक छ। यहाँ के भइरहेको छ?

अर्को:  ३. तपाईंले प्रभु येशू शरीरमा फर्केर आउनुभएको छ भनी गवाही दिनुहुन्छ। त्यसो भए प्रभु अहिले कहाँ हुनुहुन्छ? हामीले किन उहाँलाई देखेका छैनौं? देख्नु नै विश्‍वास गर्नु हो, त्यसैले हामीले उहाँलाई नदेखेका तथ्यले प्रभु अझै आउनुभएको छैन भनी प्रमाणित गर्दछ। जब म देख्छु, तब मात्र यस कुरामा विश्‍वास गर्नेछु।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger