१. आज, धार्मिक संसारका धेरै मानिसहरू पाष्टरहरूका प्रचारहरूमा कुनै प्रकाश छैन भन्‍ने महसुस गर्छन्। तिनीहरू विश्‍वासीहरूको विश्‍वास बिस्तारै घट्दै गएको, र मानिसहरू भौतिक सुखको मात्र कुरा गरेका र संसारका प्रवृत्तिहरूको पछि लागेका, र कसै-कसैले मण्डलीहरूमा व्यापार चलाएका देख्छन्। तिनीहरू आफ्नो मण्डली एउटा झूटो मण्डली हो भनी चिन्ता गर्छन्, र प्रभु आउनुहुँदा उहाँले तिनीहरूलाई त्याग्‍नुहुनेछ भनी डराउँछन्। तर त्यस्ता व्यक्तिहरू छन्, जसले तिनीहरूका मण्डली झूटा मण्डली हुन सक्दैन भनी विश्‍वास गर्छन्, किनकि तिनीहरू बाइबल प्रतियोगिताहरू, पवित्र प्रभु-भोज, र विभिन्न चाडपर्वहरू जस्ता जीवन्त घटनाहरूको पालन गर्छन्। त्यसो भए हामीले कसरी झूटा मण्डलीहरूलाई पहिचान गर्नुपर्छ?

सन्दर्भका लागि बाइबलका पदहरू:

“अनि येशू परमेश्‍वरको मन्दिरमा जानुभयो, र मन्दिरमा किन्‍ने र बेच्‍ने तिनीहरू सबैलाई लखेट्नुभयो, र पैसा साट्नेहरूको टेबलहरू, र ढुकुर बेच्‍नेहरूको आसनहरू पल्टाइदिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, मेरो घर प्रार्थनाको घर कहलिनेछ भनेर लेखिएको छ; तर तिमीहरूले त यसलाई चोरहरूको अखडा बनाएका छौ” (मत्ती २१:१२-१३)।

“र लाओडिकियाको मण्डलीको दूतलाई लेख; भनिएका यी कुराहरू आमेन, विश्‍वासयोग्य र साँचो गवाही, परमेश्‍वरको सृष्टिको प्रारम्भले भन्दछ। मलाई तिम्रा कामहरू थाहा छ, तिमी न चिसो छौ न तातो छौ: तिमीहरू कि त चिसो कि त तातो भएको म चाहन्छु। त्यसैले तिमीहरू, न त चिसो न त तातो, तर मनतातो भएको हुनाले, म तिमीहरूलाई मेरो मुखबाट ओकलिदिनेछु। किनकि तिमी भन्छौ, म धनी छु र मालसामान बढेका छन् र मलाई केही कुराको खाँचो छैन; र तिमी दुःखी, दयनीय, गरिब, अन्धो र नाङ्गो छौ भन्‍ने तिमीलाई थाहा छैन” (प्रकाश ३:१४-१७)।

“अनि तिनले ठूलो सोरले बलसाथ कराउँदै भने, बेबिलोन पतन भयो, महान् बेबिलोन पतन भयो, र यो दियाबलसहरूको वासस्थान, र हर फोहोरी आत्माको अखडा बनेको छ, र हर अशुद्ध र घृणित पक्षीको गुण बनेको छ। किनभने सबै जातिहरूले यसको व्यभिचारी क्रोधको मद्य पिएका छन्, र पृथ्वीका राजाहरूले यससँग व्यभिचार गरेका छन्, र पृथ्वीका व्यापारीहरू यसका प्रशस्त भोगविलासमार्फत धनी भएका छन्” (प्रकाश १८:२-३)।

परमेश्वरका सान्दर्भिक वचनहरू:

सामान्य आत्मिक जीवन प्रार्थना गर्ने, भजन गाउने, मण्डली जीवनमा भाग लिने, परमेश्‍वरका वचनहरू खाने र पिउने जस्ता अभ्यासहरूमा सीमित छैन। बरु, यसमा त एउटा नयाँ र जीवन्त आत्मिक जीवन जिउने कार्य समावेश हुन्छ। तैँले कसरी अभ्यास गर्छस् भन्‍ने होइन, बरु तेरो अभ्यासले कस्तो फल फलाउँछ भन्‍ने चाहिँ महत्त्वपूर्ण कुरा हो। धेरैजसो मानिसहरूले के विश्‍वास गर्छन् भने सामान्य आत्मिक जीवनमा प्रार्थना गर्नु, भजन गाउनु, परमेश्‍वरका वचनहरू खानु र पिउनु वा उहाँका वचनहरूलाई ध्यान दिनु जरुरी हुन्छ, चाहे त्यस्ता प्रचलनहरूले वास्तवमा कुनै असर पारोस् वा नपारोस् वा साँचो बुझाइमा डोर्‍याओस् वा नडोर्‍याओस्। यी मानिसहरूले नतिजाहरूलाई ध्यानै नदिई सतही प्रक्रियाहरूलाई पछ्याउने कार्यमा ध्यान दिन्छन्; तिनीहरू धार्मिक रीतिथितिमा जिउने मानिसहरू हुन्, मण्डलीभित्र जिउने मानिसहरू होइनन्, तिनीहरू राज्यका मानिसहरू हुने कुरा त परै जाओस्। तिनीहरूका प्रार्थना, भजन गाउने, र परमेश्‍वरका वचनहरू खाने र पिउने कार्य भनेका केवल नियमावलीहरू पालना गर्ने स्वरूप हुन् जुन बाध्यताको कारण र प्रचलनहरूलाई पूरा गर्नको लागि गरिएका हुन्, इच्छाले वा हृदयबाट गरिएका होइनन्। यी मानिसहरूले जति नै प्रार्थना गरे पनि वा गीत गाए पनि, तिनीहरूका प्रयासले कुनै फल फलाउनेछैन, किनभने तिनीहरूले अभ्यास गर्ने भनेका केवल धर्मका नियमावली र अनुष्ठानहरू मात्र हुन्; तिनीहरूले वास्तवमा परमेश्‍वरका वचनहरू अभ्यास गरिरहेका हुँदैनन्। तिनीहरूले कसरी अभ्यास गर्छन् भन्‍ने बारेमा हल्लीखल्ली गर्नमा मात्रै तिनीहरू ध्यान दिन्छन्, र उनीहरूले परमेश्‍वरका वचनहरूलाई पालन गर्नुपर्ने नियमावलीहरूका रूपमा लिन्छन्। त्यस्ता मानिसहरूले परमेश्‍वरका वचनहरूलाई अभ्यास गरिरहेका हुँदैनन्; तिनीहरूले केवल देहलाई सन्तुष्ट पारिरहेका हुन्छन्, र अरू मानिसहरूलाई देखाउनका लागि कार्य गरिरहेका हुन्छन्। यी धार्मिक नियमावली र अनुष्ठानहरू सबै मानवबाट आएका हुन्; ती परमेश्‍वरबाट आएका होइनन्। परमेश्‍वर न त नियमावलीहरू पालना गर्नुहुन्छ, न उहाँ कुनै कानुनको अधीनमा हुनुहुन्छ। बरु उहाँले त व्यवहारिक काम गर्दै हरेक दिन नयाँ कामकुरा गर्नुहुन्छ। हरेक दिन बिहानको सेवाहरूमा भाग लिने, साँझको प्रार्थना र खानाको अगाडि कृतज्ञताको प्रार्थना गर्ने, र सबै कुरामा धन्यवाद दिनेजस्ता अभ्यासहरूमा आफैलाई सीमित राख्ने थ्री सेल्फ चर्चका मानिसहरूजस्तै—उनीहरूले जति नै यसो गरे पनि र जति धेरै समयसम्म तिनीहरूले त्यसो गरे पनि, तिनीहरूसँग पवित्र आत्माको काम हुनेछैन। जब मानिसहरू नियमावलीहरूमा बाँचिरहेका हुन्छन् र आफ्ना हृदयलाई अभ्यासका विधिहरूमा केन्द्रित गर्छन्, पवित्र आत्माले काम गर्न सक्‍नुहुन्‍न, किनकि उनीहरूको हृदय नियमावलीहरू र मानवीय धारणाहरूले ओगटेको हुन्छ। तसर्थ, परमेश्‍वर हस्तक्षेप गर्न र तिनीहरूमा काम गर्न असमर्थ हुनुहुन्छ, र तिनीहरू व्यवस्थाको बन्धनमा जिइरहन मात्र सक्छन्। यस्ता मानिसहरू परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सदा असक्षम हुन्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सामान्य आत्मिक जीवनको सम्‍बन्धमा

परमेश्‍वरको कार्यको हरेक चरणमा मानिसलाई त्यहीअनुरूपका मागहरू दिइन्छ। पवित्र आत्‍माको प्रवाहभित्र हुनेहरू सबैले पवित्र आत्‍माको उपस्थिति र अनुशासनलाई प्राप्त गरेका हुन्छन् र पवित्र आत्‍माको प्रवाहमा नहुनेहरू शैतानको अधीनमा र पवित्र आत्‍माको कुनै पनि कार्यविहीन छन्। पवित्र आत्माको प्रवाहमा हुने मानिसहरू परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार गर्नेहरू र परमेश्‍वरको नयाँ कार्यमा सहकार्य गर्नेहरू हुन्। यदि यो प्रवाहभित्र हुनेहरू सहकार्य गर्न असमर्थ छन् र यो समय अवधिमा परमेश्‍वरले माग गर्नुभएको सत्यतालाई अभ्यास गर्न असक्षम छन् भने, तिनीहरूलाई ताडना दिइनेछ र सबैभन्दा खराब कुरा त पवित्र आत्माले तिनीहरूलाई त्याग्‍नुहुनेछ। पवित्र आत्‍माको नयाँ कार्यलाई स्वीकार गर्नेहरू पवित्र आत्‍माको प्रवाहभित्र नै जिउनेछन् र तिनीहरूले पवित्र आत्‍माको वास्ता र सुरक्षालाई प्राप्त गर्नेछन्। सत्यतालाई अभ्यास गर्न इच्‍छुक हुनेहरूलाई पवित्र आत्माले अन्तर्दृष्टि दिनुहुन्छ र सत्यतालाई अभ्यास गर्न इच्‍छुक नहुनेहरूलाई पवित्र आत्माले ताडना दिनुहुन्छ र दण्डसमेत दिन सक्‍नुहुन्छ। तिनीहरू जस्तोसुकै प्रकारको व्यक्ति भए तापनि, पवित्र आत्माको प्रवाहभित्र छन् भने, उहाँको नामको खातिर उहाँको नयाँ कामलाई स्वीकार गर्नेहरू सबैका लागि परमेश्‍वरले जिम्‍मेवारी लिनुहुनेछ। उहाँको नाम महिमित पार्ने र उहाँको वचन अभ्यास गर्न इच्‍छुक हुनेहरूले उहाँका आशिषहरू प्राप्त गर्नेछन्; उहाँविरुद्ध विद्रोह गर्नेहरू र उहाँको वचनलाई अभ्यास नगर्नेहरूले उहाँको दण्ड पाउनेछन्। पवित्र आत्माको प्रवाहमा हुनेहरू नयाँ कामलाई स्वीकार गर्नेहरू हुन् र तिनीहरूले नयाँ कार्यलाई स्वीकार गरेका हुनाले, तिनीहरूले उचित रूपमा परमेश्‍वरसँग सहकार्य गर्नुपर्छ र आफ्‍नो कर्तव्यलाई पूरा नगर्ने विद्रोहीहरूले जस्तो व्यवहार गर्नुहुँदैन। परमेश्‍वरले मानिसलाई दिनुभएको एउटै मात्र माग यही नै हो। नयाँ कार्यलाई स्वीकार नगर्नेहरूमा यस्तो हुँदैन: तिनीहरू पवित्र आत्माको प्रवाहभन्दा बाहिर छन् र पवित्र आत्माको ताडना र तिरस्कार तिनीहरूमा लागू हुँदैन। सारा दिन, यी मानिसहरू देहमा जिउँछन्, तिनीहरू आफ्‍नै मनभित्र जिउँछन् र आफ्‍नै मस्तिष्कको विश्‍लेषण र सर्वेक्षणद्वारा पैदा गरेको धर्मसिद्धान्तअनुसार गर्नेबाहेक तिनीहरूले केही पनि गर्दैनन्। पवित्र आत्माको नयाँ कार्यले यो माग गर्दैन, परमेश्‍वरसँगको सहकार्यमा यो माग गरिनु त परै जाओस्। परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार नगर्नेहरू परमेश्‍वरको उपस्थितिविहीन छन्, यसको साथै परमेश्‍वरका आशिषहरू र सुरक्षारहित छन्। तिनीहरूको धेरैजसो वचन र कार्यहरूले पवित्र आत्माको कामको विगतका मागहरूलाई पक्रिराख्छ; ती धर्मसिद्धान्त हुन्, सत्यता होइनन्। यी मानिसहरूको एकसाथको भेला धर्मबाहेक केही पनि होइन भन्‍ने कुरालाई प्रमाणित गर्न त्यस्ता धर्मसिद्धान्त र नियम नै पर्याप्त छन्; तिनीहरू चुनिएकाहरू वा परमेश्‍वरका कार्यको पात्रहरू होइनन्। तिनीहरूका बीचको सबैका भेलालाई धर्मको भव्य समाज मात्रै भन्‍न सकिन्छ र मण्डली भन्‍न सकिँदैन। यो अपरिवर्तनीय तथ्य हो। तिनीहरूसँग पवित्र आत्माको नयाँ कार्य छैन; तिनीहरूले जे गर्छन् त्यो धर्मको सूचकजस्तो देखिन्छ, तिनीहरूले जे जिउँछन् त्यो धर्मले भरिपूर्ण देखिन्छ; तिनीहरूमा पवित्र आत्‍माको उपस्थिति र काम छैन, पवित्र आत्‍माको अनुशासन वा अन्तर्दृष्टि प्राप्त गर्नको लागि योग्य हुनु त परै जाओस्। यी मानिसहरू सबै निर्जीव लासहरू र कीराहरू हुन् जसमा आत्मिकता छैन। तिनीहरूसँग मानिसको विद्रोहीपन र विरोधबारे कुनै ज्ञान छैन, मानिसको सबै दुष्कर्मबारे कुनै ज्ञान छैन, परमेश्‍वरको सारा काम र परमेश्‍वरका वर्तमान अभिप्रायबारे तिनीहरूले जान्‍नु त परै जाओस्। तिनीहरू सबै अज्ञानी, नीच मानिसहरू हुन् र तिनीहरू मैल हुन् जो विश्‍वासी भन्‍न योग्य छैनन्! तिनीहरूले गर्ने कुनै पनि कुराले परमेश्‍वरको व्यवस्थापनमा कुनै योगदान दिँदैन, यसले परमेश्‍वरको योजनाहरूलाई बिगार्ने कुरा त परै जाओस्। तिनीहरूका वचन र कार्यहरू अत्यन्तै घृणित, अत्यन्तै दयनीय, र उल्‍लेख गर्न समेत अयोग्य छन्। पवित्र आत्‍माको प्रवाहभित्र नहुनेहरूले गर्ने कुनै पनि कामले पवित्र आत्‍माको नयाँ कामसँग कुनै सम्‍बन्ध राख्दैन। यसले गर्दा, तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरू पवित्र आत्माको अनुशासनरहित, साथै, पवित्र आत्माको अन्तर्दृष्टिरहित छन्। तिनीहरू सबै त्यस्ता मानिस हुन् जोसँग सत्यताका लागि कुनै प्रेम छैन र जसलाई पवित्र आत्माले तिरस्कार गर्नुभएको छ। तिनीहरूलाई दुष्ट काम गर्नेहरू भनिन्छ किनभने तिनीहरू देहमा हिँड्छन् र परमेश्‍वरको नाम लिएर आफूलाई जे मन लाग्छ त्यही गर्छन्। जब परमेश्‍वर काम गर्नुहुन्छ, तिनीहरू जानी-जानी उहाँप्रति शत्रु बन्छन् र उहाँको विपरीत दिशातर्फ दौडन्छन्। मानिसले परमेश्‍वरसँग सहकार्य गर्न नसक्‍नु आफैमा अत्यन्तै विद्रोहीपूर्ण छ, त्यसकारण के जानी-जानी परमेश्‍वरको विपरीत दौडने मानिसहरूले निश्‍चित रूपमा नै आफ्‍ना उचित दण्ड पाउनेछैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

पवित्र आत्माका वर्तमान वचनहरूभन्दा बाहिरको सेवा भनेको देहको र धारणाहरूको सेवा हो, र यो परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन असम्भव छ। यदि मानिसहरू धार्मिक धारणाहरूका बीचमा जिउँछन् भने, तिनीहरू परमेश्‍वरका अभिप्रायहरूअनुरूपको कुनै पनि कुरा गर्न असक्षम हुन्छन्, र तिनीहरूले परमेश्‍वरको सेवा गरे पनि, तिनीहरू आफ्ना कल्पना र धारणाहरूका बीचमा रहेर सेवा गर्छन्, र परमेश्‍वरका अभिप्रायहरूअनुरूप सेवा गर्न पूर्ण रूपमा असक्षम हुन्छन्। जो पवित्र आत्माको कामलाई पालन गर्न असक्षम छन् तिनीहरू परमेश्‍वरका अभिप्रायहरू बुझ्दैनन्, र जो परमेश्‍वरका अभिप्रायहरू बुझ्दैनन् तिनीहरू परमेश्‍वरको सेवा गर्न सक्दैनन्। परमेश्‍वर उहाँका अभिप्रायहरूअनुरूपको सेवा चाहनुहुन्छ; उहाँ धारणाहरूको र देहको सेवा चाहनुहुन्न। यदि मानिसहरू पवित्र आत्माको कामका चरणहरू पालन गर्न असमर्थ छन् भने, तिनीहरू धारणाहरूका बीचमा जिउँछन्। त्यस्ता मानिसहरूको सेवाले अवरोध र बाधा दिन्छ, र त्यस्तो सेवा परमेश्‍वरविपरीत हुन जान्छ। तसर्थ जो परमेश्‍वरका पदचापहरू पछ्याउन असक्षम छन् तिनीहरू परमेश्‍वरको सेवा गर्न असक्षम हुन्छन्; जो परमेश्‍वरका पदचापहरू पछ्याउन असक्षम छन् तिनीहरू पक्कै पनि परमेश्‍वरको विरोध गर्छन्, र पक्कै पनि परमेश्‍वरसँग मिल्ने हुन असक्षम हुन्छन्। “पवित्र आत्माको कामलाई पालन गर्नु” को अर्थ परमेश्‍वरका वर्तमान अभिप्रायहरू बुझ्नु, र परमेश्‍वरका वर्तमान मागहरूअनुसार चल्न, आजका परमेश्‍वरप्रति समर्पित हुन र उहाँलाई पछ्याउन, अनि परमेश्‍वरका नवीनतम वचनहरूअनुरूप प्रवेश गर्न सक्षम हुनु हो। यो मात्रै पवित्र आत्माको कामलाई पालन गर्ने र पवित्र आत्माको प्रवाहमा रहने व्यक्ति हो। त्यस्ता मानिसहरू परमेश्‍वरको अनुमोदन प्राप्त गर्न र परमेश्‍वरलाई देख्न सक्षम हुने मात्र होइन, तिनीहरू परमेश्‍वरको नवीनतम कामबाट परमेश्‍वरको स्वभाव पनि जान्न सक्छन्, र उहाँको नवीनतम कामबाट मानिसका धारणाहरू र विद्रोहीपन, र मानिसको प्रकृति र सार जान्न सक्छन्; यसबाहेक, तिनीहरू आफ्नो सेवाको दौरान बिस्तारै आफ्नो स्वभावमा परिवर्तनहरू हासिल गर्न सक्षम हुन्छन्। यस्ता मानिसहरू मात्रै परमेश्‍वरलाई प्राप्त गर्न सक्षम रहेका, र साँच्चिकै साँचो मार्ग भेट्टाएका मानिस हुन्। जो पवित्र आत्माको कामद्वारा हटाइन्छन् तिनीहरू परमेश्‍वरको नवीनतम कामलाई पछ्याउन असक्षम रहेका, र परमेश्‍वरको नवीनतम कामको विरुद्धमा लाग्ने मानिस हुन्। त्यस्ता मानिसहरूले परमेश्‍वरको खुलेर विरोध गर्नुको कारण भनेको परमेश्‍वरले नयाँ काम गर्नुभएको हुनु, र परमेश्‍वरको स्वरूप तिनीहरूका धारणाहरूमा भएको जस्तो नहुनु हो—यसको परिणामस्वरूप, तिनीहरू परमेश्‍वरको खुलेर विरोध गर्छन् र परमेश्‍वरलाई गलत ठहराउँछन्, जसको परिणामस्वरूप परमेश्‍वरले तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ। परमेश्‍वरको नवीनतम कामको ज्ञान राख्नु कुनै सजिलो कुरा होइन, तर यदि मानिसहरू दृढताका साथ परमेश्‍वरको कामप्रति समर्पित हुन र परमेश्‍वरको काम खोज्न सक्छन् भने, तिनीहरूले परमेश्‍वरलाई देख्ने मौका पाउनेछन्, र पवित्र आत्माको नवीनतम मार्गदर्शन प्राप्त गर्ने मौका प्राप्त गर्नेछन्। परमेश्‍वरको कामलाई जानाजानी विरोध गर्नेहरू पवित्र आत्माको अन्तर्दृष्टि वा परमेश्‍वरको मार्गदर्शन प्राप्त गर्न सक्दैनन्। तसर्थ, मानिसहरूले परमेश्‍वरको नवीनतम काम प्राप्त गर्न सक्नु वा नसक्नु परमेश्‍वरको अनुग्रहमा, साथै तिनीहरूको पछ्याइ र तिनीहरूका अभिप्रायहरूमा निर्भर हुन्छ।

पवित्र आत्माका हालका वचनहरूप्रति समर्पित हुन सक्‍नेहरू सबै आशिषित् छन्। मानिसहरू पहिले जस्तो हुने गरेका भए पनि, वा पवित्र आत्माले तिनीहरूमा जसरी काम गर्ने गरेको भए पनि—परमेश्‍वरको नवीनतम काम प्राप्त गर्नेहरू सबै नै सबैभन्दा बढी आशिषित् छन्, र आज नवीनतम कामलाई पछ्याउन नसक्‍नेहरू सबै हटाइनेछन्। परमेश्‍वर नयाँ ज्योति स्वीकार गर्न सक्‍नेहरूलाई चाहनुहुन्छ, र उहाँ आफ्नो नवीनतम कामलाई स्वीकार गर्ने र चिन्‍नेहरूलाई चाहनुहुन्छ। तँ एउटी शुद्ध कन्या हुनैपर्छ भनेर किन भनिएको हो? एउटी शुद्ध कन्याले पवित्र आत्माको काम खोज्न र नयाँ कुराहरू बुझ्न सक्छे, र यसबाहेक, पुराना धारणाहरू त्याग्न, र आजका परमेश्‍वरको कामप्रति समर्पित हुन सक्छे। आजको नवीनतम कामलाई स्वीकार गर्ने मानिसहरूको यो समूह युगौँअघि परमेश्‍वरद्वारा पूर्वनिर्धारित गरिएका थिए, र मानिसहरूमा तिनीहरू सबैभन्दा बढी आशिषित् छन्। तिमीहरू परमेश्‍वरको आवाज सिधै सुन्छौ, र परमेश्‍वरको देखापराइलाई हेर्छौ, र त्यसैले, स्वर्ग र पृथ्वीभरि, साथै युगौँयुग र पुस्तौँपुस्ताभरि, तिमीहरू, अर्थात् मानिसहरूको यो समूहभन्दा बढी आशिषित् कोही पनि भएको छैन। यो सबै परमेश्‍वरको कामको कारणले, परमेश्‍वरको पूर्वनिर्धारण र छनौटको कारणले, र परमेश्‍वरको अनुग्रहको कारणले गर्दा भएको हो; यदि परमेश्‍वरले नबोल्नुभएको र आफ्ना वचनहरू व्यक्त नगर्नुभएको भए, के तिमीहरूको अवस्था आजको जस्तो हुन सक्थ्यो र? त्यसैले, सबै महिमा र प्रशंसा परमेश्‍वरलाई नै होस्, किनभने यो सबै परमेश्‍वरको उच्चता हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ

मानिसको प्रवेशको क्रममा, जीवन सधैँ न्यास्रो हुन्छ, आत्मिक जीवन दिक्कलाग्दा तत्वहरूले भरिएको हुन्छ, जस्तै प्रार्थना गर्ने, परमेश्‍वरका वचनहरू खाने र पिउने, वा भेलाहरू आयोजन गर्ने, आदि। यसकारण, मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्दा कुनै ठूलो आनन्द प्राप्त हुँदैन भन्‍ने सधैँ महसुस गर्छन्। त्यस्ता आत्मिक गतिविधिहरू सधैँ मानवजातिको मौलिक स्वभावको आधारमा गरिन्छ, जुन शैतानद्वारा भ्रष्ट पारिएको छ। मानिसहरूले कहिलेकहीँ पवित्र आत्माको ज्ञान प्राप्त गर्न सके पनि, तिनीहरूको मौलिक सोच, स्वभाव, जीवनशैली र बानीहरूले अझै पनि जरा गाडेका हुन्छन् र यसैले तिनीहरूको प्रकृति अपरिवर्तित नै रहन्छ। मानिसहरूले गर्ने अन्धविश्‍वासपूर्ण गतिविधिहरूलाई परमेश्‍वर सबैभन्दा बढी घृणा गर्नुहुन्छ, तर धेरै मानिसहरूले ती अन्धविश्‍वासका गतिविधिहरू परमेश्‍वरले नै आदेश गर्नुभएको हो भन्‍ने सोच्दै अझै पनि ती कुराहरूलाई त्याग्न सक्दैनन्, र आज पनि तिनीहरूले ती कुराहरूलाई पूर्ण रूपमा हटाउन सकेका छैनन्। जवान मानिसहरूले प्रबन्ध गर्ने विवाहका भोज र दुलहीका सरसमानहरू; नगद उपहार, भोज, र आनन्दका अवसरहरू मनाइने त्यस्तै अन्य तरिकाहरू; हस्तान्तरण हुँदै आएका प्राचीन सूत्रहरू; मृतकहरूका निम्ति गरिने सबै अर्थहीन अन्धविश्‍वासका कार्य र अन्त्येष्टि संस्कारहरू—यी कुराहरू त परमेश्‍वरका निम्ति अझ बढी घृणित छन्। आराधनाको दिनसमेत (धार्मिक संसारले पालन गर्ने शबाथको दिन लगायत) उहाँको निम्ति घृणित छ; र सामाजिक सम्बन्ध र मानिस-मानिसबीचको सांसारिक अन्तरक्रियाहरूलाई परमेश्‍वरले तिरस्कार गर्नुहुन्छ। सबैले जानेका वसन्त महोत्सव र ख्रीष्टमसको दिन पनि परमेश्‍वरले आदेश दिनुभएको होइन, यी उत्सवका दिनहरूमा प्रयोग गरिने खेलौना र सजावटहरू जस्तै मनोहर पङ्क्तिहरू, पटकाहरू, बत्ती, पवित्र भोज, ख्रीष्टमस उपहारहरू र ख्रीष्टमसको रमझम, आदि उहाँले आदेश दिनुभएको हुने त कुरै नगरौँ—के यी सबै कुरा मानिसहरूको मनभित्र भएका आदर्शका कुराहरू होइनन् र? शबाथमा रोटी भाँच्ने, दाखमद्य र मिहिन मलमल त झन् बढी आदर्शका कुराहरू हुन्। चीनमा लोकप्रिय रहेका परम्परागत पर्वका दिवसहरू, जस्तै ड्र्यागनको शिर उठाउने दिवस, ड्र्यागन डुङ्गा पर्व, मध्य-शरद पर्व, लावा पर्व, र नयाँ वर्ष, अनि धार्मिक संसारका पर्वहरू जस्तै ईस्टर, बप्तिस्मा दिवस र ख्रीष्टमस, यी सबै अनुचित पर्वहरू प्राचीन समयदेखि आजसम्म धेरै मानिसहरूले आयोजना गर्दै र हस्तान्तरण गर्दै आएका छन्। मानवजातिको समृद्ध कल्पनाशक्ति र सृजनशील अवधारणाले नै तिनीहरूलाई आजको दिनसम्म यसरी हस्तान्तरण गर्न सम्भव तुल्याएको हो। तिनीहरू त्रुटिहीन जस्ता देखिन्छन्, तर यो वास्तवमा शैतानले मानवजातिमाथि खेलेको चाल हो। जुन ठाउँमा शैतानहरूको धेरै भीड हुन्छ, र जुन ठाउँ बढी अप्रचलित र पछौटे हुन्छ, त्यस ठाउँमा सामन्तवादी प्रथाहरू त्यत्ति नै गहिरो रूपमा गाडिएका हुन्छन्। त्यस्ता कुराहरूले मानिसहरूलाई दह्रोसँग बाँधेर राख्छ, तिनीहरूलाई हलचल गर्ने कुनै ठाउँ दिँदैन। धार्मिक संसारका धेरै चाडहरूले ठूलो मौलिकता प्रकट गरेको र परमेश्‍वरको कामका लागि पुल बनाएको जस्तो देखिन्छ, तर ती वास्तवमा अदृश्य बन्धनहरू हुन्, जसद्वारा शैतानले मानिसहरूलाई बाँध्छ र मानिसहरूलाई परमेश्‍वरलाई चिन्‍नको लागि आउनबाट रोक्छ—ती सबै शैतानका चलाकीपूर्ण युक्तिहरू हुन्। वास्तवमा, जब परमेश्‍वरको कामको एक चरण समाप्त हुन्छ, उहाँले त्यस समयका औजार र शैलीहरूलाई नामनिसानासमेत बाँकी नछोडी पहिल्यै नाश पारिसक्‍नुभएको हुन्छ। तैपनि, “भक्त विश्‍वासीहरू” ले ती ठोस भौतिक वस्तुहरूको आराधना गरी नै रहन्छन्; यस क्रममा, तिनीहरूले परमेश्‍वरसित जे छ त्यसलाई आफ्ना मनको पछाडि धकेल्छन् र त्यसउप्रान्त त्यसको अध्ययन गर्दैनन्। तिनीहरू परमेश्‍वरप्रतिको प्रेमले पूरा भरिएका जस्ता देखिन्छन्, जबकि वास्तवमा तिनीहरूले उहाँलाई धेरै समयअघि नै घरबाट बाहिर निकालेर शैतानलाई आराधना गर्ने टेबलमा राखेका हुन्छन्। येशू, क्रूस, मरियम, येशूको बप्तिस्मा र अन्तिम भोज आदिका चित्रहरू—यी कुराहरूलाई मानिसहरूले स्वर्गका परमप्रभुको रूपमा मान्छन्, र जहिले पनि “परमप्रभु, स्वर्गमा बस्‍नुहुने पिता” भनेर पुकारिरहेका हुन्छन्। के यो सबै ठट्टा होइन र? आजको दिनसम्म, त्यस्ता धेरै भनाइ र अभ्यासहरू मानवजातिमाझ हस्तान्तरण गरिएका छन् र ती सबै नै परमेश्‍वरका निम्ति घृणित छन्; तिनले परमेश्‍वरको अगाडिको बाटोलाई गम्भीर रूपमा अवरोध गर्छन्, र अझ भन्‍ने हो भने, मानवजातिको प्रवेशमा ठूलो अवरोध उत्पन्‍न गर्छन्। …

मानव स्वभाव परिवर्तन गर्ने उत्तम तरिका भनेको मानिसका भित्री हृदयका ती अंशहरूको उपचार गर्नु हो, जुन गम्भीर रूपमा विषाक्त भएको छ, र यसरी मानिसहरूलाई आफ्नो सोच र नैतिकता परिवर्तन गर्न सुरु गर्ने मौका दिनु हो। सर्वप्रथम, मानिसहरूले यी सबै धार्मिक रीतिथिति, धार्मिक क्रियाकलापहरू, वर्ष र महिनाहरू, र चाडपर्वहरू परमेश्‍वरका निम्ति घृणित छन् भनेर स्पष्ट रूपमा बुझ्नु आवश्यक छ। सामन्ती सोचका यी बन्धनहरूबाट तिनीहरू मुक्त हुनुपर्छ र तिनीहरूले अन्धविश्‍वासप्रतिको आफ्नो गहिरो झुकावको नामनिसाना मेटाउनुपर्छ। यी सबै मानवजातिको प्रवेशमा समावेश हुन्‍छन्। परमेश्‍वरले किन मानवजातिलाई लौकिक संसारबाट बाहिर निकाल्नुहुन्छ, र किन उहाँले मानवजातिलाई नियम र कानुनबाट टाढा लैजानुहुन्छ भन्‍ने कुरा तिमीहरूले बुझ्‍नुपर्छ। यो तिमीहरू प्रवेश गर्ने प्रवेशद्वार हो, र तिमीहरूको आत्मिक अनुभवसँग यी कुराको कुनै सम्बन्ध नभए पनि यी कुराहरू तिमीहरूको प्रवेशलाई रोक्‍ने र तिमीहरूलाई परमेश्‍वर चिन्‍न नदिने सबैभन्दा ठूला अवरोधहरू हुन्। यी कुराहरूले जाल बुन्छन् जसमा मानिसहरू फस्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (३)

अघिल्लो:  ३. प्रभु येशूको काम नै साँचो बाटो हो भनी हामीले विश्‍वास गर्नुको कारण के हो भने, प्रभु येशूले हामीलाई छुटकारा दिन सक्नुहुन्छ र हाम्रा पापहरू क्षमा गर्न सक्नुहुन्छ। यसैले “पूर्वको ज्योति” साँचो बाटो हो भन्ने तपाईंको गवाहीको के प्रमाण छ?

अर्को:  २. अहिले विभिन्न धार्मिक सम्प्रदायहरू कर्तव्यनिष्ठा बनी धार्मिक समारोहहरू पालन गर्छन्, तर पाष्टरहरू केवल बाइबल र धर्मशास्त्रीय सिद्धान्तहरूबाट वचनहरू र वाक्यांशहरू प्रचार गर्नुमा केन्द्रित गर्छन्, र पवित्र आत्माको अन्तर्दृष्टि र प्रकाश बिलकुल हुँदैन। विश्‍वासीहरूको जीवनको निम्ति केही पनि प्रबन्ध गरिँदैन। तिनीहरूले धेरै वर्षदेखि प्रभुमा विश्‍वास गरेका छन् तर सत्यताको बारेमा तिनीहरू अनभिज्ञ छन् र तिनीहरूले प्रभुका वचनहरू व्यवहारमा लागू गर्न सक्दैनन्। प्रभुमाथिको तिनीहरूको विश्‍वास धार्मिक विश्‍वास बाहेक अरू केही पनि हुँदैन। आजका मण्डलीहरू किन धर्ममा झरेका छन् सो मैले बुझेको छैन।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger