२. हालै, सर्वशक्तिमान् परमेश्‍वरका केही वचनहरू पढेपछि र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूको सङ्गती र गवाहीहरू सुनेपछि, मैले मेरो निम्ति धेरै प्रबन्ध गरिएको र मेरो आत्मामा सुधार भएको महसुस गरें। मैले प्रभुको आराधनामा बिताएका वर्षहरूमा भन्दा अहिले धेरै कुराहरू बुझेको छु, त्यसैले सर्वशक्तिमान् परमेश्‍वर नै फर्केर आउनुभएको प्रभु येशू हुनुपर्छ। तर जब मेरा पाष्टरले मैले आखिरी दिनहरूका सर्वशक्तिमान् परमेश्‍वरको कामको बारेमा अनुसन्धान गर्दैछु भनी थाहा पाए, उनले मलाई रोक्ने सक्दो कोसिस गरिरहेका छ। उनले मलाई हरेक दिन यसको बारेमा धेरै दुःख दिन्छ। उनले मेरो परिवारलाई ममाथि नजर राख्नु र मलाई सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढ्न वा मण्डलीको सन्देशहरू सुन्न नदिनु समेत भनेको छ। मलाई भित्री रूपमा साँच्चै चोट पुगेको छ। मैले यी कुराहरूलाई कसरी अनुभव गर्नुपर्छ?

सन्दर्भका लागि बाइबलका पदहरू:

“शास्‍त्रीहरू र फरिसीहरू, ढोँगीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूसामु स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै भित्र जान्छौ, न भित्र प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ” (मत्ती २३:१३)।

“शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने एक जनालाई आफ्‍नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ” (मत्ती २३:१५)।

परमेश्वरका सान्दर्भिक वचनहरू:

भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि खण्डहरू वाचन गर्नेहरू छन्, तैपनि तिनीहरूमध्ये कसैले पनि परमेश्‍वरको कामको उद्देश्य बुझ्दैन, न त तिनीहरूमाझ परमेश्‍वरलाई चिन्न सक्ने कोही नै छ—परमेश्‍वरका अभिप्रायहरूसँग मिल्न सक्ने कोही हुनु त परै जाओस्। तिनीहरू सबै निकम्मा, नीच मानिस हुन्, जो “परमेश्‍वर” लाई उपदेश दिन उच्च स्थानमा उभिन्छन्। तिनीहरू परमेश्‍वरको झण्डामुनि कार्य गर्ने तर जानाजानी परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्, जो मानिसको मासु खाँदै र मानिसको रगत पिउँदै परमेश्‍वरमा विश्‍वास गर्ने बिल्ला भिर्छन्। त्यस्ता सबै मानिस मानिसको प्राण निल्ने दुष्ट दियाबलस, मानिसहरूलाई सही मार्गमा लाग्नमा जानाजानी बाधा दिने मुख्य पिशाच, र मानिसहरूलाई परमेश्‍वरको खोजी गर्नबाट रोक्ने व्यवधान हुन्। तिनीहरू “शारीरिक रूपमा हृष्टपुष्ट” देखिन सक्छन्, तर तिनीहरू मानिसहरूलाई परमेश्‍वरको प्रतिरोध गर्नतर्फ डोर्‍याउने ख्रीष्टविरोधीहरू हुन् भन्‍ने कुरा तिनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन् र? तिनीहरू मानिसको प्राण निल्न समर्पित जीवित दियाबलस हुन् भन्‍ने कुरा तिनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन् र? परमेश्‍वरको उपस्थितिमा आफूलाई कुलीन ठान्नेहरू सबैभन्दा नीच हुन्, जबकि आफूलाई नीच ठान्नेहरू सबैभन्दा कुलीन हुन्। अनि परमेश्‍वरको काम जानेको दाबी गर्ने र उहाँलाई हेर्दै अरूलाई उहाँको काम विनाकुनै रोकटोक घोषणा गर्न सक्नेहरू सबैभन्दा अज्ञानी हुन्। त्यस्ता मानिसहरूसँग परमेश्‍वरका लागि कुनै गवाही हुँदैन र तिनीहरू सबै अहङ्कारी र अभिमानी हुन्छन्। आफूले परमेश्‍वरबारे धेरै कम जानेको विश्‍वास गर्ने तर वास्तवमा परमेश्‍वरको व्यावहारिक अनुभव र व्यावहारिक ज्ञान भएकाहरू नै उहाँद्वारा सबैभन्दा बढी प्रेम गरिएकाहरू हुन्। त्यस्ता मानिसहरूसँग मात्रै साँचो गवाही हुन्छ र तिनीहरू मात्रै परमेश्‍वरद्वारा सिद्ध पारिन साँच्चै सक्षम हुन्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्

के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्‍न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्‍न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। अझ के भने, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्‍वास मात्रै गरे, तर जीवन सत्यतालाई भने पछ्याएनन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्‍ने कुरा तिनीहरूलाई थाहा छैन। तिमीहरूलाई यस्ता मूर्ख, हठी र अज्ञानी मानिसहरूले कसरी परमेश्‍वरको आशिष्‌ प्राप्‍त गर्न सक्थे भन्ने लाग्छ? के तिनीहरूले मसीहलाई देख्‍न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूलाई पवित्र आत्माको कामको दिशा थाहा थिएन, र येशूले बोल्नुभएको सत्यताको मार्ग थाहा थिएन, र, किनभने तिनीहरूले मसीहलाई झनै बुझेका थिएनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र मसीहसँग कहिल्यै सङ्गत नगरेका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै टाँसिने तर मसीहको सारलाई हरसम्भव माध्यमहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हठी र अहङ्कारी थिए र तिनीहरूले सत्यता पालन गर्दैनथे। परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अख्तियार जति नै उच्‍च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्‍वास वाहियात र हास्यास्पद छैन र? म तिमीहरूलाई अझै सोध्छु: तिमीहरूसित येशूको थोरै पनि बुझाइ नभएकाले, तिमीहरूलाई पनि त्यो समयका फरिसीहरूको गल्ती गर्न अत्यन्त सजिलो छैन र? के तिमीहरूले सत्यताको मार्ग खुट्ट्याउन सक्छौ? के तिमीहरूले ख्रीष्टको विरोध गर्नेछैनौ भनी साँच्‍चै प्रत्याभूति गराउन सक्छौ? के तिमीहरूले पवित्र आत्माको काम अनुसरण गर्न सक्छौ? तिमीहरूलाई आफूले ख्रीष्टको विरोध गर्नेछु कि गर्नेछैनँ भनेर थाहा छैन भने, म भन्छु, तिमीहरू पहिले नै मृत्युको मुखमा जिइरहेका छौ। मसीहलाई नचिन्‍नेहरू सबैले येशूको विरोध गर्न, येशूलाई इन्कार गर्न र उहाँको निन्दा गर्न सक्थे। येशूलाई नबुझ्ने मानिसहरू सबैले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। तिनीहरूले येशूको पुनरागमनलाई शैतानको बहकाउका रूपमा झनै देख्‍न सक्छन् र अझ धेरै मानिसहरूले देहमा फर्कनुभएका येशूको निन्दा गर्नेछन्। के यी सबै कुराहरूले तिमीहरूलाई भयभीत बनाउँदैनन्? तिमीहरूले सामना गर्ने कुरा पवित्र आत्माविरुद्धको ईश्‍वरनिन्दा, मण्डलीहरूका लागि पवित्र आत्माले बोल्नुभएका वचनहरूको विनाश र येशूले व्यक्त गर्नुभएका सबै कुराहरूको तिरस्कार हुनेछ। यदि तिमीहरू नै यति धेरै अन्योलमा छौ भने, तिमीहरूले येशूबाट के प्राप्‍त गर्न सक्छौ? यदि तिमीहरू आफ्ना त्रुटिहरू स्विकार्न हठपूर्वक इन्कार गर्छौ भने, तिमीहरूले सेतो बादलमा येशू देह भई फर्कनुहुँदा उहाँले गर्नुहुने काम कसरी बुझ्न सक्छौ? म तिमीहरूलाई यो भन्छुः सत्यतालाई नस्विकार्ने, तर सेतो बादलमा येशूको आगमनलाई अन्धाधुन्ध प्रतीक्षा गर्ने मानिसहरू पक्कै पनि तिनै हुन् जसले पवित्र आत्माविरुद्ध ईशनिन्दा गर्छन् र तिनीहरू निश्‍चय नै नष्ट पारिने श्रेणीका मानिस हुन्। तिमीहरू येशूको अनुग्रहको मात्र चाहना गर्छौ, र स्वर्गको आनन्दमय क्षेत्रको आनन्द लिन मात्र चाहन्छौ; तर येशूले बोल्नुभएका वचनहरू तिमीहरूले कहिल्यै पालन गरेका छैनौ, र येशू देहमा फर्कनुहुँदा उहाँले व्यक्त गर्नुभएको सत्यता कहिल्यै स्विकारेका छैनौ। सेतो बादलमा येशूको पुनरागमन हुने तथ्यको सट्टामा तिमीहरू के दिनेछौ? के तिमीहरूले बारम्बार पाप गर्ने र त्यसपछि घरिघरि स्विकार्ने इमानदारी दिनेछौ? सेतो बादलमा फर्कनुहुने येशूलाई तिमीहरू बलिका रूपमा के चढाउनेछौ? के तिमीहरूले आफूलाई उच्‍च पार्ने वर्षौँको कार्यको पुँजी चढाउनेछौँ? फर्केर आउनुभएका येशूलाई तिमीहरूप्रति भरोसा दिलाउन तिमीहरूले के देखाउनेछौ? के कुनै सत्यताप्रति समर्पित नहुने तिमीहरूको त्यही अहङ्कारी प्रकृति देखाउनेछौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्‍नुभएको हुनेछ

परमेश्‍वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र आइपर्ने सबै कुरा परमेश्‍वरसामु शैतानले थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्‍वरका लागि गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतान परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूब भने मानिसहरूका कार्य र बाधाहरूको सामना गरिरहेको थियो। तिमीहरूमा परमेश्‍वरले गर्नुहुने कामको प्रत्येक कदमपछाडि शैतानले परमेश्‍वरसँग थापेको बाजी हुन्छ—यसको पछाडि एउटा लडाइँ हुन्छ। … आत्मिक क्षेत्रमा परमेश्‍वर र शैतानबीच लडाइँ हुँदा, तैँले परमेश्‍वरलाई कसरी सन्तुष्ट पार्नुपर्छ, र उहाँप्रतिको गवाहीमा तँ कसरी दृढ रहनुपर्छ? तैँले यो थाहा पाउनुपर्छ कि तँलाई आइपर्ने हरेक कुरा एउटा ठूलो परीक्षा हो र त्यो परमेश्‍वरका लागि तैँले साक्षी दिनु आवश्यक हुने समय हो। ती बाहिरबाट नगण्य देखिए पनि, यी कुराहरू आइपर्दा, तिनले तँ परमेश्‍वरलाई प्रेम गर्छस् कि गर्दैनस् भन्‍ने कुरा देखाउँछन्। यदि तैँले उहाँलाई प्रेम गर्छस् भने, तँ उहाँप्रतिको गवाहीमा दृढ रहन सक्नेछस्, र यदि तैँले परमेश्‍वरलाई प्रेम गर्ने अभ्यास गरेको छैनस् भने, यसले तँ सत्यतालाई व्यवहारमा लागू गर्ने व्यक्ति होइनस्, तँ सत्यतारहित छस्, र जीवनरहित छस्, तँ भुस होस् भन्‍ने देखाउँछ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

यदि तँमाथि तेरा धारणाहरूसँग नमिल्ने धेरै कुरा आइपर्छन् तर तैपनि तँ तिनलाई त्याग्न र यी कुराहरूबाट परमेश्‍वरका कार्यहरूको ज्ञान प्राप्त गर्न सक्षम हुन्छस्, र शोधनहरूका बीचमा तेरो परमेश्‍वरलाई प्रेम गर्ने हृदय प्रकट गर्छस् भने, यो आफ्नो गवाहीमा दृढ रहनु हो। यदि तेरो घर शान्तिपूर्ण छ, तँ देहका सुखसुविधाहरूको आनन्द लिन्छस्, तँलाई कसैले पनि सताइरहेको छैन, र मण्डलीका तेरा दाजुभाइ-दिदीबहिनीहरू तँलाई पालन गर्छन् भने, के तेरो परमेश्‍वरलाई प्रेम गर्ने हृदय प्रकट हुन सक्छ र? के यो अवस्थाले तँलाई शोधन गर्न सक्छ र? शोधनमार्फत मात्र तेरो परमेश्‍वरलाई प्रेम गर्ने हृदय देखाउन सकिन्छ, र तेरा धारणाहरूसँग नमिल्ने कुराहरू आइपरे मात्र तँलाई सिद्ध पार्न सकिन्छ। धेरै वटा नकारात्मक कुराको सेवाद्वारा, र शैतानका सबै प्रकारका प्रकटीकरणहरू—त्यसका गतिविधिहरू, त्यसका आरोपहरू, त्यसका बाधाहरू र भ्रममा पार्ने कार्यहरू—प्रयोग गरेर, परमेश्‍वरले तँलाई शैतानको अत्यन्तै डरलाग्दो मुहार स्पष्ट रूपमा देखाउनुहुन्छ, र यसरी तँलाई शैतानलाई खुट्ट्याउने सामर्थ्य दिनुहुन्छ, ताकि तैँले शैतानलाई घृणा गर्न र त्यसविरुद्ध विद्रोह गर्न सकेस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ

तँ यो र त्यो कुरासँग डराउनु हुँदैन; तैँले जतिसुकै कठिनाइ र खतरा सामना गरे पनि, तँ कुनै पनि अड्चनमा नपरी, मेरो अगाडि स्थिर रहन सक्नुपर्छ, ताकि मेरो इच्छा विनारोकटोक पूरा होओस्। यो तेरो कर्तव्य हो; अन्यथा, म मेरो क्रोध तँमाथि खन्याउनेछु, र मेरो हातले म…। त्यसपछि तैँले अन्त्यहीन मानसिक कष्ट सहनेछस्। तैँले सबै सहनैपर्छ; मेरा लागि, तँ सबै कुरा त्याग्‍न र आफ्नो सारा शक्तिले मलाई पछ्याउन तयार हुनैपर्छ, अनि कुनै पनि मूल्य चुकाउन तयार हुनैपर्छ। अहिले मैले तँलाई जाँच गर्ने समय हो: के तँ तेरो बफादारी मलाई अर्पण गर्नेछस्? के यो बाटोको अन्त्यसम्म तँ मलाई बफादारीपूर्वक पछ्याउन सक्छस्? नडरा; म तेरो आड हुँदा, तेरो मार्ग कसले कहिल्यै छेक्न सक्थ्यो र? यो कुरा याद राख्! याद राख्! सबै थोकमा मेरा असल अभिप्रायहरू हुन्छन्, र सबै थोक मेरो छानबिनमुनि हुन्छ। के तेरा प्रत्येक शब्द र कार्यले मेरो वचन पालन गर्छन्? जब तँमाथि आगोका जाँचहरू आइपर्नेछन्, के तैँले घुँडा टेकेर कराउनेछस्? कि तँ डरले लुरुक्क पर्नेछस्, अगाडि बढ्न सक्नेछैनस्?

तँभित्र मेरो साहस हुनुपर्छ, र गैरविश्‍वासी आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिसामु झुक्नु हुँदैन। सिद्ध मार्ग पछ्याउनका लागि तँ मेरो बुद्धिमा भर पर्नैपर्छ, र शैतानका कुनै पनि षड्यन्त्रहरूलाई सफल हुन दिनु हुँदैन। मेरो अगाडि तेरो हृदय राख्नका लागि आफूले सक्दो गर्, र म तँलाई सान्त्वना दिनेछु, र तेरा हृदयमा शान्ति र आनन्द ल्याइदिनेछु। अरू मानिसहरूको अगाडि तँ कस्तो देखिन्छस् भन्ने कुराको वास्ता नगर्; के मलाई सन्तुष्ट बनाउनुमा अझ बढी महत्त्व र वजन हुँदैन र? के यसले त्यसभन्दा पनि बढी तँलाई अनन्त र आजीवन हर्ष र शान्ति दिनेछैन र? तेरो अहिलेको दुःखले तेरो भविष्यको आशीर्वाद कति महान् हुनेछ भन्‍ने सङ्केत गर्छ; ती अवर्णनीय छन्। तैँले पाउन लागेको आशीर्वादको महान्‌ता तँलाई थाहा छैन; तैँले यसको बारेमा सपना पनि देख्न सक्दैनस्। आज यो वास्तविक भएको छ; एकदमै धेरै वास्तविक! यो धेरै पर छैन—के तँ यसलाई देख्न सक्छस्? यसको प्रत्येक अंश मभित्र छ; अगाडिको मार्ग कति उज्यालो छ! आफ्‍नो आँशु पुछ्, र थप पीडा वा संताप महसुस नगर्! सबै कुराहरू मेरा हातबाट मिलाइएका हुन्छन्, र मेरो लक्ष्य भनेको तिमीहरूलाई चाँडै विजेता बनाउनु हो र तिमीहरूलाई म सँगसँगै महिमामा ल्याउनु हो। तँमाथि आइपर्ने सबै कुराहरूका लागि, तँ तदनुरूप आभारी र प्रशंसाले भरिपूर्ण हुनुपर्छ; यसले मेरो लागि गहन सन्तुष्टि ल्याउनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०

सृजित प्राणीका रूपमा, मानिसहरूले आफूले पूरा गर्नुपर्ने कर्तव्यहरू पूरा गर्नुपर्छ र तिनीहरू शोधनबीच परमेश्‍वरका लागि आफ्नो गवाहीमा दृढ रहनुपर्छ। तिनीहरूले हरेक परीक्षामा आफूले दिनुपर्ने गवाही कायम राख्नुपर्छ र परमेश्‍वरका लागि जोरदार साक्षी दिनुपर्छ। यो गर्ने व्यक्ति विजेता हो। परमेश्‍वरले तँलाई जसरी शोधन गर्नुभए पनि, तँ आस्थाले भरिपूर्ण रहनुपर्छ र तैँले उहाँप्रतिको आस्था कहिल्यै गुमाउनु हुँदैन, अनि तैँले मानिसले गर्नुपर्ने कुरा पनि गर्नुपर्छ। परमेश्‍वरले मानिसबाट माग गर्ने कुरा यति मात्रै हो—उहाँ मानिसको हृदय पूर्ण रूपमा उहाँकहाँ फर्कन र हरक्षण उहाँतर्फ फर्कन सकोस् भन्‍ने माग गर्नुहुन्छ। यस्तो व्यक्ति विजेता हो। परमेश्‍वरले “विजेताहरू” भनेर भन्ने मानिसहरू ती हुन् जो शैतानको प्रभावमा र शैतानद्वारा घेराबन्दीमा पर्दा—अर्थात्, तिनीहरू अन्धकारका शक्तिहरूको बीचमा हुँदा—अझै पनि आफ्नो साक्षीमा दृढ रहन, आफ्नो आस्था र परमेश्‍वरप्रतिको आफ्नो बफादारी कायम राख्न, र जेसुकै भए पनि, परमेश्‍वरसामु शुद्ध हृदय राख्न र परमेश्‍वरप्रतिको आफ्नो साँचो प्रेम कायम राख्न सक्छन्। यसरी, तिनीहरू परमेश्‍वरसामु आफ्नो साक्षीमा दृढ रहेका हुन्छन्। परमेश्‍वर यस्ता मानिसहरूलाई “विजेताहरू” भन्नुहुन्छ। यदि परमेश्‍वरले तँलाई आशिष्‌ दिनुहुँदा तेरो पछ्याइ उत्कृष्ट हुन्छ, तर उहाँका आशिष्‌हरूविना तँ पछि हट्छस् भने, के यो शुद्धता हो? यो मार्ग साँचो हो भनी तँ निश्चित भएको हुनाले, तैँले यसलाई अन्त्यसम्म पछ्याउनैपर्छ; तैँले परमेश्‍वरप्रतिको आफ्नो बफादारी कायम राख्नैपर्छ। परमेश्‍वर तँलाई व्यक्तिगत रूपमा सिद्ध पार्न पृथ्वीमा आउनुभएको छ भनी तैँले देखेको हुनाले, तैँले आफ्नो हृदय पूर्ण रूपमा उहाँलाई दिनुपर्छ। यदि परमेश्‍वरले जे गर्नुभए पनि—सायद अन्त्यमा तँलाई प्रतिकूल परिणाम दिनुभए पनि—तँ अझै पनि उहाँलाई पछ्याउन सक्छस् भने, यसको अर्थ तैँले परमेश्‍वरसामु आफ्नो शुद्धता कायम राखेको छस् भन्‍ने हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो बफादारी कायम राख्नुपर्छ

अघिल्लो:  १. सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेर र सङ्गतिहरू सुनेर अनि दाजुभाइ-दिदीबहिनीहरूका गवाहीहरू सुनेर, म सर्वशक्तिमान् परमेश्‍वर पुनरागमन हुनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍नेमा निश्‍चित भएको छु, र म अब सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गर्दछु। तर अहिले मेरो परिवारमा केही अप्रिय र विचलित बनाउने घटनाहरू घटेका छन्। त्यस्ता कुराहरू किन हुन्छन्, र मैले ती कुराहरू कसरी अनुभव गर्नुपर्छ?

अर्को:  ३. म स्वीकार गर्दछु, कि सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीद्वारा प्रचार गरिएको कुरा साँचो बाटो हो, तर पाष्टरहरू र एल्डरहरूले फैलाएका झूट र गलत कुराहरूद्वारा धोखामा परेकाले हाम्रो मण्डलीका मानिसहरू सबै सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीप्रति शत्रुवत् छन्। आखिरी दिनहरूको सर्वशक्तिमान् परमेश्‍वरको काम स्वीकार गरेपछि, मेरो पुरानो मण्डलीका मेरा दाजुभाइ-दिदीबहिनीहरू सबैले मलाई अस्वीकार र बदनाम गर्नेछन् भन्‍ने मलाई चिन्ता लागेको छ। मेरो कद धेरै सानो छ, र म यो सबको सामना गर्न सक्‍ने गरी साहसी छैन—म के गरूँ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger