२. प्रभु येशू र सर्वशक्तिमान् परमेश्वर एउटै परमेश्वर हुनुहुन्छ। उहाँहरूले फरक-फरक युगमा फरक-फरक काम गर्नुहुन्छ। प्रभु येशूले छुटकाराको काम गर्नुभयो र पश्चातापको बाटोको प्रचार गर्नुभयो, र सर्वशक्तिमान् परमेश्वरले आखिरी दिनहरूको न्याय र शुद्धीकरणको काम गर्नुहुन्छ, र अनन्त जीवनको बाटो ल्याउनुहुन्छ। त्यसो भए पश्चात्तापको बाटो र अनन्त जीवनको बाटोको बीचमा के भिन्नता छ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“पश्चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ” (मत्ती ४:१७)।
“किनभने यो नयाँ करारको मेरो रगत हो, जुन धेरैको पापक्षमाको लागि बगाइएको छ” (मत्ती २६:२८)।
“अझै पनि मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्दैनौ। तर, जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ: किनभने उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन; तर उहाँले जे सुन्नुहुन्छ उहाँले त्यही बोल्नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्ना १६:१२-१३)।
“अनि यदि कुनै मानिसले मेरा वचनहरू सुन्छ तर तिनलाई पालन गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर मुक्ति दिन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू नस्विकार्नेलाई न्याय गर्ने एउटा छ: मैले बोलेको त्यो मार्गले आखिरी दिनमा उसको न्याय गर्नेछ” (यूहन्ना १२:४७-४८)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
येशूले गर्नुभएको काम त्यस युगका मानिसका आवश्यकताहरूअनुसार थियो। उहाँको कार्यभार मानवजातिलाई छुटकारा दिनु, तिनीहरूका पापहरू क्षमा गर्नु थियो, त्यसैले उहाँको स्वभाव पूर्ण रूपमा विनम्रता, धैर्य, प्रेम, भक्ति, सहनशीलता, कृपा, र करुणाले भरिएको थियो। उहाँले मानवजातिलाई प्रशस्त अनुग्रह र आशिष्हरू, साथै मानिसहरूले आनन्द लिन सक्ने सबै कुरा दिनुभयो। उहाँले तिनीहरूलाई आनन्द लिनका लागि यी कुरा दिनुभयो: शान्ति र खुसी, उहाँको सहनशीलता र प्रेम, उहाँको कृपा र करुणा। त्यस बेला, मानिसहरूले आनन्द लिन सक्ने कुराहरूको प्रचुरता—तिनीहरूको हृदयभित्र शान्ति र सुरक्षाको आभास, तिनीहरूको आत्माभित्र आश्वासनको अनुभूति, र मुक्तिदाता येशूमाथि तिनीहरूको निर्भरता—सबै तिनीहरू जिइरहेको युगकै नतिजा थियो। अनुग्रहको युगमा, मानिस पहिले नै शैतानद्वारा भ्रष्ट तुल्याइसकिएको थियो, त्यसैले सम्पूर्ण मानवजातिलाई छुटकारा दिने काम गर्न प्रशस्त अनुग्रह, असीमित सहनशीलता र धैर्य चाहिन्थ्यो, र त्योभन्दा पनि बढी, मानवजातिको पापको प्रायश्चित गर्न पर्याप्त हुने बलि चाहिन्थ्यो, ताकि त्यसको प्रभाव देखियोस्। अनुग्रहको युगमा मानवजातिले मैले मानवजातिको पापको प्रायश्चितका लागि येशूको बलि चढाएको मात्र देखे। तिनीहरूलाई परमेश्वर कृपालु र सहनशील हुन सक्नुहुन्छ भन्ने मात्र थाहा थियो, र तिनीहरूले येशूको कृपा र करुणा मात्रै देखे। यो पूर्णतया तिनीहरू अनुग्रहको युगमा जन्मिनुको नतिजा थियो। त्यसैले, तिनीहरूले छुटकारा पाउनुअघि, तिनीहरूले येशूद्वारा प्रदान गरिएको प्रशस्त अनुग्रहको आनन्द लिनुपर्थ्यो। त्यसरी मात्रै तिनीहरूले लाभ प्राप्त गर्न सक्थे, जसले गर्दा तिनीहरूले अनुग्रहको आनन्द लिएर आफ्ना पापहरूका लागि क्षमा पाउन सक्थे, र येशूको सहनशीलता र धैर्यको आनन्द लिएर तिनीहरूलाई आफ्ना पापहरूको प्रायश्चित गर्ने मौका मिल्थ्यो। येशूको सहनशीलता र धैर्यमार्फत मात्रै तिनीहरू क्षमा प्राप्त गर्न र येशूले प्रदान गर्नुभएको प्रशस्त अनुग्रहको आनन्द लिन योग्य बने। जसरी येशूले भन्नुभयो: म धर्मीहरूलाई होइन, पापीहरूलाई छुटकारा दिन, पापीहरूलाई तिनीहरूका पापहरू क्षमा गराउन आएको हुँ। येशू देह बन्नुहुँदा, यदि उहाँले न्याय, श्राप, र मानिसका अपराधहरूप्रति असहिष्णुताको स्वभाव ल्याउनुभएको थियो भने, मानिसले छुटकारा पाउने मौका कहिल्यै पाएको हुनेथिएन, र ऊ सधैँभरि पापी नै रहेको हुनेथियो। यदि त्यसो भएको थियो भने, छ-हजार-वर्षे व्यवस्थापनको योजना व्यवस्थाको युगमै रोकिएको हुनेथियो, र व्यवस्थाको युग छ हजार वर्षसम्म लम्बिएको हुनेथियो। मानिसका पापहरू झन् धेरै र झन् गम्भीर मात्र भएका हुनेथिए, र मानवजातिको सृष्टि व्यर्थ भएको हुनेथियो। मानिसहरूले व्यवस्थाको अधीनमा रहेर यहोवाको सेवा मात्र गर्न सकेका हुन्थे, तर तिनीहरूका पापहरू पहिलोपटक सृजित मानिसहरूका भन्दा बढी हुनेथिए। येशूले मानवजातिलाई जति धेरै प्रेम गरेर तिनीहरूका पापहरू क्षमा गर्नुभयो र तिनीहरूलाई पर्याप्त कृपा र करुणा दिनुभयो, मानवजाति येशूद्वारा मुक्ति पाउन त्यति नै बढी हकदार बन्यो, र यसरी तिनीहरूलाई येशूले ठूलो मूल्य चुकाएर फिर्ता किन्नुभएका हराएका भेडाका पाठा भनियो। शैतानले यस काममा हस्तक्षेप गर्न सकेन, किनभने येशू आफ्ना अनुयायीहरूलाई एउटी मायालु आमाले आफ्नो काखको शिशुलाई गरेजस्तै व्यवहार गर्नुहुन्थ्यो। उहाँ तिनीहरूसँग रिसाउने वा तिनीहरूलाई घृणा गर्ने गर्नुहुन्नथ्यो, बरु सान्त्वनाले भरिपूर्ण हुनुहुन्थ्यो; उहाँले तिनीहरूमाझ कहिल्यै ठूलो क्रोध व्यक्त गर्नुभएन, बरु तिनीहरूका पापहरू सहनुभयो र तिनीहरूको मूर्खता र अज्ञानताप्रति आँखा चिम्लिनुभयो, यहाँसम्म कि उहाँले यसो भन्नुभयो, “अरूलाई सत्तरी गुणा सात पल्ट क्षमा गर।” यसरी उहाँको हृदयद्वारा अरूका हृदयहरू पग्लिए र सुधारिए, र यसरी मात्रै मानिसहरूले उहाँको सहनशीलतामार्फत आफ्ना पापहरूको क्षमा प्राप्त गरे।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। छुटकाराको युगको कामको वास्तविक कथा
अनुग्रहको युगमा पश्चात्तापको सुसमाचार प्रचार गरिएको थियो, र यदि मानिसले विश्वास गरेको भए, छुटकारा पाउनेथियो। आज, छुटकाराको ठाउँमा, विजय र सिद्धताको कुरा मात्र हुन्छ। यदि एक व्यक्तिले विश्वास गरेमा, उसको सम्पूर्ण परिवार आशिषित हुनेछ, वा एक पटक मुक्ति पाएपछि सधैँका लागि मुक्ति पाइन्छ भनेर कहिल्यै भनिँदैन। आज, कसैले पनि यी शब्दहरू बोल्दैनन् र यस्ता कुराहरू पुराना भएका छन्। त्यसबेला, येशूको काम सम्पूर्ण मानवजातिलाई छुटकारा दिनु थियो। उहाँमा विश्वास गर्ने सबैका पापहरू क्षमा गरिए; यदि तँ उहाँमा विश्वास गर्थिस् भने, उहाँले तँलाई छुटकारा दिनुहुनेथियो; यदि तँ उहाँमा विश्वास गर्थिस् भने, तँ उप्रान्त पापमा रहनेथिइनस्, तँ आफ्ना पापहरूबाट मुक्त हुन्थिस्। छुटकारा पाउनु, र आस्थाद्वारा न्यायोचित ठहरिनुको अर्थ यही हो। तैपनि विश्वास गर्नेहरूमा, विद्रोही र परमेश्वरको विरोध कुरा रह्यो, जसलाई अझै पनि बिस्तारै हटाउनुपर्थ्यो। छुटकाराको अर्थ मानिसलाई येशूले पूर्ण रूपमा प्राप्त गर्नुभएको थियो भन्ने थिएन, बरु मानिस उप्रान्त पापमा थिएन र उसका पापहरू क्षमा गरिएका थिए भन्ने थियो। यदि तैँले उहाँमा विश्वास गरेको भए, तँ उप्रान्त पापमा हुनेथिइनस्। त्यसबेला, येशूले आफ्ना चेलाहरूले बुझ्न नसक्ने धेरै काम गर्नुभयो र मानिसहरूले नबुझ्ने धेरै कुरा भन्नुभयो। किनभने, त्यसबेला, उहाँले कुनै स्पष्टीकरण दिनुभएन। यसरी, उहाँ जानुभएको केही वर्षपछि, मत्तीले येशूका लागि एउटा वंशावली बनाए र अरूहरूले पनि मानिसको इच्छाका धेरै काम गरे। येशू मानिसलाई सिद्ध पार्न र प्राप्त गर्न नभई कामको एउटा चरण गर्न आउनुभएको थियो: स्वर्गको राज्यको सुसमाचार ल्याउन र क्रूसीकरणको काम पूरा गर्न। अनि त्यसैले, येशू क्रूसमा टाँगिनुभएपछि, उहाँको काम पूर्ण रूपमा समाप्त भयो। तर अहिलेको चरणमा—विजयको काममा—अझ धेरै वचन बोलिनैपर्छ, अझ धेरै काम गरिनैपर्छ, र धेरै प्रक्रिया हुनैपर्छ। त्यसै गरी येशू र यहोवाको कामका रहस्यहरू पनि उजागर गरिनैपर्छ, ताकि सबै मानिसको विश्वासमा बुझाइ र स्पष्टता होस्, किनभने यो आखिरी दिनहरूको काम हो र आखिरी दिनहरू परमेश्वरको कामको समापन, कामको अन्त्यको समय हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (२)
आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्वरप्रति बफादार हुनैपर्छ, मानिसले कसरी सामान्य मानवता जिउनुपर्छ, र साथसाथै, परमेश्वरको बुद्धि र स्वभाव जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचन मानिसको सार र उसका भ्रष्ट स्वभावहरूप्रति लक्षित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र परमेश्वरविरुद्धको विरोधी शक्ति हो भन्नेतर्फ झन् बढी लक्षित हुन्छन्। परमेश्वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई केही शब्दहरूले पूर्ण रूपमा व्याख्या गर्नुहुन्न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन; बरु खुलासा र काटछाँटको उहाँको काम गर्न मानिससँग बिलकुलै नभएको सत्यता प्रयोग गरिन्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णतः विश्वस्त हुन सक्छ, र त्यसमाथि परमेश्वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्वरका अभिप्रायहरू, परमेश्वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्न सक्षम बनाएको छ। यसले मानवलाई उसको भ्रष्ट सार र उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै उसको कुरूप अनुहार पत्ता लगाउने पनि तुल्याएको छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्वरको सत्यता, मार्ग, र जीवन खोल्नु हो। यो परमेश्वरद्वारा गरिएको न्यायको काम हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
राज्यको युगमा, परमेश्वर नयाँ युगको सुरुवात गर्न, आफ्नो काम गर्ने माध्यमहरू परिवर्तन गर्न र सम्पूर्ण युगको काम गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। वचनको युगमा परमेश्वर यही सिद्धान्तद्वारा काम गर्नुहुन्छ। उहाँ देह बन्नुभयो र फरक-फरक दृष्टिकोणहरूबाट बोल्नुहुन्छ, जसले गर्दा मानिस देहमा देखा पर्नुहुने वचन, परमेश्वरलाई साँच्चै देख्न अनि उहाँको बुद्धि र विलक्षणता हेर्न सक्षम हुन्छ। परमेश्वर मानिसहरूमाथि विजय हासिल गर्ने, मानिसहरूलाई सिद्ध पार्ने र मानिसहरूलाई हटाउने लक्ष्यहरू अझ राम्ररी हासिल गर्नका निम्ति यस तरिकाले काम गर्नुहुन्छ। वचनको युगमा काम गर्नका लागि वचनहरूको प्रयोग गर्नुको साँचो अर्थ यही हो। वचनहरूमार्फत, मानिसहरूले परमेश्वरको काम, परमेश्वरको स्वभाव, मानिसको सार र मानिस केमा प्रवेश गर्नुपर्छ भन्ने कुरा थाहा पाउँछन्। वचनहरूमार्फत, परमेश्वरले वचनको युगमा गर्न चाहेका सबै काम सम्पन्न हुन्छन्। वचनहरूमार्फत, मानिसहरू प्रकट हुन्छन् र हटाइन्छन् अनि तिनीहरूको परीक्षा गरिन्छ। मानिसहरूले यी वचनहरू देखेका छन्, यी वचनहरू सुनेका छन् र यी वचनहरू अस्तित्वमा रहेका बुझेका छन्। फलस्वरूप, तिनीहरूले परमेश्वरको अस्तित्व, परमेश्वरको सर्वशक्तिमान्ता र बुद्धि अनि मानिसलाई प्रेम गर्ने र मुक्ति दिने परमेश्वरको हृदयमा विश्वास गर्न थालेका छन्। “वचनहरू” भन्ने शब्द साधारण र सरल हुन सक्ला, तर देहधारी परमेश्वरको मुखबाट बोलिएका वचनहरूले ब्रह्माण्ड हल्लाउँछन्; तिनले मानिसहरूको हृदय, उनीहरूका धारणाहरू र पुराना स्वभावहरू, र सम्पूर्ण संसारको विगतको स्वरूपलाई रूपान्तरण गर्छन्। युगौँ-युगदेखि, आजका परमेश्वरले मात्र यसरी काम गर्नुहुन्छ, र उहाँ मात्रै यसरी बोल्नुहुन्छ र यसरी मानिसलाई मुक्ति दिनुहुन्छ। यस उप्रान्त, मानिस परमेश्वरका वचनहरूको मार्गदर्शनअन्तर्गत, उहाँका वचनहरूको गोठालो र आपूर्तिमाझ जिउँछ; सबै मानिस परमेश्वरका वचनहरूको संसारमा, परमेश्वरका वचनहरूका श्राप र आशिष्हरूमाझ जिउँछन्, र अधिकांश मानिस त उहाँका वचनहरूको न्याय र सजायअन्तर्गत जिउँछन्। यी वचन र यो काम सबै मानिसको मुक्तिका खातिर, परमेश्वरको इच्छा पूरा गर्नका खातिर, र पुरानो सृष्टिको संसारको मूल स्वरूप परिवर्तन गर्नका खातिर हुन्। परमेश्वरले वचनहरू प्रयोग गरेर संसारको सृष्टि गर्नुभयो, उहाँ वचनहरू प्रयोग गरेर नै ब्रह्माण्डका सबै मानिसलाई अगुवाइ गर्नुहुन्छ, उहाँ वचनहरू प्रयोग गरेर नै उनीहरूलाई विजय गर्नुहुन्छ र मुक्ति दिनुहुन्छ, र अन्ततः उहाँले सम्पूर्ण पुरानो संसारलाई अन्त्य गर्न वचनहरू प्रयोग गर्नुहुनेछ, र यसरी उहाँको व्यवस्थापन योजनाको सम्पूर्णतालाई पूरा गर्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो
आखिरी दिनहरूका ख्रीष्टले जीवन ल्याउनुहुन्छ, अनि चिरस्थायी र अनन्त सत्यताको मार्ग ल्याउनुहुन्छ। यही सत्यता नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्वरलाई चिन्नेछ र ऊ परमेश्वरद्वारा अनुमोदित हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्टले प्रदान गर्नुभएको जीवनको मार्गको खोजी गर्दैनस् भने, तैँले कहिल्यै येशूको अनुमोदन प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। प्रावधानहरू, शब्दहरू, र इतिहासको जन्जिरद्वारा नियन्त्रित हुनेहरूले कहिल्यै जीवन प्राप्त गर्न सक्नेछैनन् न त तिनीहरूले चिरस्थायी जीवनको मार्ग नै पाउन सक्नेछन्। यस्तो किन हुन्छ भने, तिनीहरू सिंहासनबाट बग्ने जीवनको पानी नभई धमिलो पानी मात्रै प्राप्त गर्छन्, जसलाई तिनीहरूले हजारौँ वर्षदेखि पक्रेर बसेका छन्। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, र नरकका पुत्रहरू भएर रहनेछन्। त्यसोभए, कसरी तिनीहरूले परमेश्वरलाई देख्न सक्छन्? तँ विगतलाई मात्रै पक्रिराख्न खोज्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्न मात्रै खोज्छस्, र यथास्थितिलाई परिवर्तन गर्न र इतिहासलाई फाल्न खोज्दैनस्, त्यसकारण के तँ सधैँ परमेश्वरप्रति शत्रुवत् हुनेछैनस् र? परमेश्वरको कामका कदमहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै अत्यन्तै प्रभावशाली र शक्तिशाली छन्—तैपनि तँ पुरानो कुरामा टाँसिदै र कुराहरू आफ्नो काखमा झर्लान् भनी पर्खँदै, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पदचापहरू पछ्याउने व्यक्ति कसरी मान्न सकिन्छ? तैँले पक्रेर बस्ने परमेश्वर सधैँ नयाँ र कहिल्यै पुरानो नहुने परमेश्वर हुनुहुन्छ भनेर यसले कसरी देखाउन सक्छ? अनि तेरा पहेँलो भइसकेका पुस्तकका अक्षरहरूले तँलाई कसरी नयाँ युगमा पुर्याउन सक्छन् र? तिनले कसरी तँलाई परमेश्वरको कामका कदमहरू खोज्नका निम्ति अगुवाइ गर्न सक्छन् र? अनि, तिनले कसरी तँलाई स्वर्गमा लैजान सक्छन् र? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थायी सान्त्वना दिने शब्दहरू मात्र हुन्, तँलाई जीवन दिन सक्ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्त्रका शब्दहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन्; ती मानव जीवनबारे जान्न तँलाई सहयोग गर्न सक्ने बुद्धिमत्ताका शब्दहरू होइनन्, ती तँलाई सिद्धतामा डोर्याउने मार्ग त झनै होइनन्। के यो विसङ्गतिले तँलाई चिन्तन गर्ने कारण दिँदैन र? के यसले तँलाई त्यसभित्र रहेका रहस्यहरूबारे अन्तर्ज्ञान दिँदैन र? के तँ परमेश्वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा पठाउन सक्छस्? परमेश्वरको आगमनविना, के तँ परमेश्वरसँग पारिवारिक खुसीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, म तँलाई सपना देख्न छोड्न अनि अहिले जसले काम गरिरहनुभएको छ, उहाँलाई हेर्न अर्ती दिन्छु—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ, हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ