७३. पढाइ र कर्तव्य बीचको छनौट

लु याङ, चीन

मलाई सम्झना भएसम्म, मेरा आमाबुबाको कहिल्यै मिलजुल थिएन। झगडा गर्नु उहाँहरूको दिनचर्या जस्तै थियो, अनि कहिलेकाहीँ त बुबाले आमालाई कुट्नु पनि हुन्थ्यो। पारपाचुके गर्नुको साटो, मेरी आमाले मेरो भाइ र मेरा खातिर वर्षौँसम्म सबै कुरा सहनुभयो। उहाँले हामीलाई हुर्काउन आफ्नो आधा जीवन बिताउनुभयो, त्यसैले मलाई हामीप्रतिको उहाँको प्रेम साँच्चै महान् छ, र म ठूली भएपछि उहाँलाई सम्मान गर्नुपर्छ भन्ने लाग्थ्यो। पछि मेरी आमाले परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गर्नुभयो अनि मेरो भाइ र मलाई सुसमाचार सुनाउनुभयो। हामी प्रायजसो सँगै भेला भएर परमेश्‍वरको प्रशंसामा नाच्थ्यौँ र भजनहरू गाउँथ्यौँ, अनि म धेरै खुसी थिएँ। तर मेरी आमाले सत्यतालाई त्यति धेरै पछ्याउनुभएन र भेला हुने अनि परमेश्‍वरका वचन पढ्ने काम कम गर्दै जानुभयो। केही वर्षपछि, आखिरमा मेरा बुबा र आमाको पारपाचुके भयो। झन्डै पचास वर्ष पुग्न लाग्नुभएकी मेरी आमाले राम्रो जीवन बिताउन नपाएको देख्दा मेरो मन साह्रै भारी भयो। मैले आफैसँग मिहिनेत गरेर पढ्ने, राम्रो जागिर खाने, आमाका लागि घर किन्ने, र उहाँको बाँकी जीवन अझ खुसीसाथ जिउन दिने वाचा गरेँ। मैले पालन गर्नुपर्ने सन्तानी धर्म यही हो भन्ने मलाई लाग्यो। यसपछि मैले भेलामा सहभागी हुने र परमेश्‍वरका वचन पढ्ने काम धेरै कम गरेँ, ताकि म आफ्नो पढाइमा ध्यान केन्द्रित गर्न सकूँ। मैले आफ्नो सम्पूर्ण समय र ऊर्जा स्कुलको पढाइमा लगाएँ।

सन् २०१९ को सेप्टेम्बरमा, मैले अर्को प्रान्तको एउटा व्यावसायिक कलेजमा भर्ना पाएँ। ताकि मैले मेरी आमालाई अझ राम्रो जीवन दिने बन्नका लागि विश्वविद्यालय र ग्राज्युएट स्कुल जान सकूँ भन्ने आशाले म हरेक दिन मिहिनेत गरेर पढ्थेँ। तर क्याम्पस जीवनले मलाई साँच्चै निराश बनायो। शिक्षकहरूलाई चिल्लो घस्न सिपालु हुनेहरूले शिक्षकहरूको कृपा पाउँथे, अनि परीक्षामा उनीहरूको अङ्क सधैँ धेरै हुन्थ्यो, तर साँच्चै सक्षम हुनेहरूले चापलुसी गरेनन् भने त्यति धेरै अङ्क पाउँदैनथे। बाहिरबाट हेर्दा मिलनसार देखिने, सँगै कुराकानी गर्ने, हाँस्ने र मुस्कुराउने सहपाठीहरू पिठ्युपछाडि एकअर्काको खेदो खन्थे, अनि सामुन्ने पर्दा अर्कै मान्छे बनिहाल्थे। कोही त कुनै लाजसरमविना खुलेआम अरूको रखौटीसमेत बन्थे। यस्तो क्याम्पस जीवनले मलाई साँच्चै निरुत्साही बनायो र म त्यहाँ एक दिन पनि बस्न सक्दिनँ जस्तो लाग्थ्यो, तर जब मेरी आमालाई मिहिनेत गरेर पढ्नेछु, यस संसारमा केही गरेर देखाउनेछु र उहाँलाई निराश पार्नेछैनँ भनेर गरेको वाचा सम्झिन्थेँ, तब मसँग टिकिरहनु बाहेक अर्को कुनै विकल्प थिएन।

हिउँदे बिदामा म घर आउँदा, मेरी आन्टीले मसँग परमेश्‍वरका वचनको बारेमा सङ्गति गर्नुभयो र मलाई ‘सबै थोकमाथि सार्वभौमिकता भएका परमेश्‍वर’ नामक एउटा भिडिओ देखाउनुभयो। यो भिडिओले मेरो भित्री मनलाई नै हल्लाइदियो! यसले मलाई परमेश्‍वरको सर्वशक्तिमान्‌ता र सार्वभौमिकता, उहाँले मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ, र उहाँले सधैँ मानवजातिको विकासलाई मार्गदर्शन गर्दै आउनुभएको छ भन्ने कुरा महसुस गरायो। मैले बढ्दै गएका प्रकोपहरू र महामारीका साथै परमेश्‍वरको काम कसरी लगभग सकिन लागेको छ भन्ने बारेमा सोचेँ, तर म ज्ञान हासिल गर्न पढाइ गरिरहेकी हुनाले, मैले कुनै कर्तव्य निर्वाह गरिरहेकी थिइनँ र मण्डलीको जीवनमा सहभागी हुन पनि सकिरहेकी थिइनँ। अन्ततः, मैले सत्यता प्राप्त गर्नेथिइनँ, र प्रकोपहरूमा नष्ट भएर दण्ड पाउनेथिएँ। मेरी आन्टीले परमेश्‍वरका वचनबारे गरेको सङ्गतिले मलाई मद्दत गर्‍यो, सहारा दियो र मेरो हृदयलाई न्यानो बनायो। परमेश्‍वर सधैँ मेरो साथमा हुनुहुन्छ भन्ने मैले थाहा पाएँ, र म अरू धेरै भेलामा सहभागी हुन अनि मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्थेँ।

एक दिन मेरो आत्मिक भक्तिको समयमा, मैले परमेश्‍वरका वचनका दुईवटा खण्ड पढेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छस्। परमेश्‍वरको योजना र उहाँको नियोजनका खातिर तँ आफ्नो भूमिका खेल्छस् र तँ आफ्नो जीवन यात्रा सुरु गर्छस्। तेरो पृष्‍ठभूमि जस्तोसुकै भए पनि र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि, जेसुकै भए पनि, स्वर्गको योजनाबद्ध कार्य र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि कसैले पनि आफ्‍नो नियति नियन्त्रण गर्न सक्दैन, किनकि यावत् थोकमाथि सार्वभौम हुनुहुने उहाँ मात्र यस्तो काम गर्न सक्षम हुनुहुन्छ। सुरुमा मानिस अस्तित्वमा आएदेखि नै, ब्रह्‍माण्डलाई व्यवस्थापन गर्दै, अनि यावत् थोक परिवर्तन हुने व्यवस्थाहरू र तिनीहरूका चालहरूको मार्गचित्रलाई निर्देशन गर्दै परमेश्‍वरले यसरी नै आफ्नो काम गर्दै आउनुभएको छ। यावत् थोकहरूलाई जस्तै मानिसलाई पनि परमेश्‍वरबाट आएको मिठास, झरी र शीतले गुपचुप र अनजानमै पोषण दिइरहन्छन्; यावत् थोकहरू जस्तै, मानिस अन्जानमै परमेश्‍वरको बाहुलीको योजनाबद्ध कार्यअन्तर्गत जिउँछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। “परमेश्‍वरले दिनरात रेखदेख गर्ने एउटा व्यक्तिले पनि उहाँको आराधना गर्ने पहलकदमी लिँदैन। परमेश्‍वर आफूले योजना बनाएअनुसार, मानिसमा काम मात्र गर्नुहुन्छ, जसबाट कुनै पनि अपेक्षा गर्न सकिँदैन। कुनै दिन मानिस उसको सपनाबाट ब्युँझनेछ अनि उसले अचानक जीवनको मूल्य र अर्थलाई, परमेश्‍वरले उसलाई दिनुभएको सबै कुराका निम्ति उहाँले चुकाउनुभएको मूल्यलाई, र जुन उत्कटताका साथ परमेश्‍वर मानिस उहाँतर्फ फर्कियोस् भनी व्यग्र अभिलाषा राख्नुहुन्छ, त्यसलाई महसुस गर्नेछ भन्ने आशाका साथ परमेश्‍वर यसो गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। परमेश्‍वरका वचनमाथि मनन गर्दा, म धेरै प्रभावित भएँ। मैले म बच्चा छँदा कसरी मेरी आमासँगै परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरेकी थिएँ, तर मेरो पढाइका कारण मैले भेलाहरूमा जान र परमेश्‍वरका वचन पढ्न छोडेकी थिएँ, र परमेश्‍वरबाट झन्-झन् टाढा हुँदै गएकी थिएँ भन्ने कुरा सम्झेँ। मेरो जीवन यसरी नै चलिरहनेछ भन्ने मलाई लागिरहेको बेला, मेरी आन्टी अचानक मकहाँ आएर मलाई परमेश्‍वरका वचन पढेर सुनाउनुभयो र मलाई सुसमाचारको भिडिओ देखाउनुभयो। यो परमेश्‍वरले नै बन्दोबस्त गर्नुभएको हो भन्ने कुरा मलाई स्पष्ट भयो। मेरो भाग्य सधैँ परमेश्‍वरका हातमा रहेको छ, र म उहाँको सार्वभौमिकता र पूर्वनिर्धारणअन्तर्गत जिइरहेकी छु। यो बीचमा म परमेश्‍वरबाट तर्केर गए पनि, मेरो आत्मालाई ब्युँझाउन र मलाई उहाँको घरमा फर्काएर ल्याउन उहाँले मानिस र परिस्थितिहरूको बन्दोबस्त गर्नुभयो। मैले परमेश्‍वरको प्रेम र सुरक्षा देखेँ। मैले परमेश्‍वरका वचनहरू फेरि एकपटक सुनेँ र म उहाँको विरुद्ध विद्रोह गर्न वा उहाँलाई फेरि चोट पुर्‍याउन सक्दिनथेँ। म परमेश्‍वरमा साँच्चिकै विश्‍वास गर्न र सृजित प्राणीको कर्तव्य निर्वाह गर्न चाहन्थेँ।

त्यस अवधिमा, म प्रायजसो सोच्ने गर्थेँ, “जीवनको साँचो मूल्य र अर्थ के हो? के यो साँच्चै नै डिप्लोमा र डिग्रीहरूको पछ्याइ नै हो त?” यस प्रश्नमा विचार गर्दा, मलाई परमेश्‍वरका वचन सम्झेँ: “कुनै व्यक्ति ख्याति र प्राप्तिमा फसेपछि, उसले उप्रान्त उज्यालो, न्यायवान्, वा सुन्दर र असल कुराहरू खोज्दैन। किनभने ख्याति र प्राप्तिको प्रलोभन मानिसहरूका लागि अत्यन्तै ठूलो हुन्छ, र यी कुराहरू मानिसहरूले आफ्नो जीवनभरि र अनन्तकालसम्म पनि अनन्त रूपमा पछ्याउन सक्ने कुरा हुन्। के यो वास्तविक अवस्था होइन र? कतिपय मानिसले भन्नेछन्, ज्ञान सिक्‍नु भनेको समयको गतिसँग पछि नपर्न वा संसारद्वारा पछाडि नछोडिनका लागि पुस्तकहरू पढ्नु र तँलाई पहिल्यै थाहा नभएका केही कुरा सिक्‍नुबाहेक केही पनि होइन। आफ्नो हातमुख जोड्नका लागि, आफ्‍नै भविष्यका खातिर, वा आधारभूत आवश्यकताहरू पूरा गर्नका लागि मात्र ज्ञान सिकिन्छ। के आधारभूत आवश्यकताहरू पूरा गर्नका लागि मात्रै, खानेकुराको समस्या समाधान गर्नका लागि मात्रै, एक दशकसम्‍म कडा अध्ययन गर्ने कुनै व्यक्ति छ? छैन, यस्तो कोही पनि छैन। त्यसो भए, कुनै व्यक्तिले किन यति वर्षसम्‍म यस्ता कष्टहरू सहन्छ? यो ख्याति र प्राप्तिका लागि नै हो। ख्याति र प्राप्तिले तिनीहरूलाई टाढामा पर्खिरहेका हुन्छन्, तिनीहरूलाई बोलाइरहेका हुन्छन्, र तिनीहरू आफ्नो लगनशीलता, कठिनाइ र सङ्घर्षमार्फत मात्रै तिनीहरू ख्याति र प्राप्तितर्फ लैजाने बाटोमा हिँड्न सक्छन्, यसरी यी कुराहरू प्राप्त गर्न सक्छन् भनी विश्‍वास गर्छन्। यस्तो व्यक्तिले आफ्नो भावी मार्गका लागि, आफ्नो भावी आनन्दका लागि र राम्रो जीवन प्राप्त गर्न यी कठिनाइहरू भोग्नैपर्छ। आखिर यो ज्ञान के हो—के तिमीहरू मलाई बताउन सक्छौ? के यो शैतानले मानिसमा हालिदिने जिउने नियम र दर्शनहरू होइन, जस्तै ‘पार्टीलाई प्रेम गर, देशलाई प्रेम गर, र आफ्नो धर्मलाई प्रेम गर’ अनि ‘बुद्धिमानी मानिस परिस्‍थितिअनुसार चल्छ’? के यो शैतानले मानिसमा हालिदिएको जीवनको ‘उच्च आकाङ्क्षाहरू’ होइन, जस्तै महान् मानिसहरूका सोचहरू, प्रसिद्ध व्यक्तिहरूको निष्ठा वा वीर व्यक्तित्वहरूको साहसी आत्मा, वा मार्शल आर्ट उपन्यासहरूका नाइट र तरवारबाजहरूको शौर्य र दया? यी विचार र कथनहरूले एकपछि अर्को पुस्तालाई प्रभाव पार्छन्; धेरै मानिसले यी विचारहरू स्वीकार गर्छन्, र तिनीहरू यी ‘उच्च आकाङ्क्षाहरू’ पूरा गर्नका लागि पछ्याउँछन्, सङ्घर्ष गर्छन्, र आफ्नो जीवन बलिदान दिनसमेत इच्छुक हुन्छन्। यो नै शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन ज्ञान प्रयोग गर्ने साधन र विधि हो। त्यसोभए शैतानले मानिसहरूलाई यस मार्गमा अगुवाइ गरेपछि, के तिनीहरू परमेश्‍वरमा समर्पित हुन र उहाँको आराधना गर्न सक्षम हुन्छन्? र के तिनीहरू परमेश्‍वरका वचनहरू स्वीकार गर्न र सत्यता पछ्याउन सक्षम हुन्छन्? बिलकुल हुँदैनन्—किनभने तिनीहरूलाई शैतानले बहकाएको हुन्छ। अब यो विचार गरौँ: शैतानले मानिसहरूमा हालिदिएका ज्ञान, विचार, र दृष्टिकोणहरूभित्र, के परमेश्‍वरप्रतिको समर्पण र परमेश्‍वरको आराधनाका सत्यताहरू छन्? के परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने सत्यताहरू छन्? के परमेश्‍वरका कुनै वचनहरू छन्? के तिनीहरूमा सत्यताको कुनै कुरा छ? पटक्कै छैन—यी कुराहरू पूर्ण रूपमा छैनन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्‍वरका वचनबाट मैले के बुझेँ भने, शैतानले मानिसहरूलाई निरन्तर ज्ञान हासिल गर्न लगाएर तिनीहरूमा आफ्का विचारहरू भर्छ, अनि मानिसहरूलाई अरूभन्दा उत्कृष्ट बन्न र आफ्नो परिवारको नाम चम्काउन चाहने बनाउँछ। यसले मानिसहरूलाई आफ्नो भाग्य आफ्नै हातमा छ र ज्ञानले त्यसलाई बदल्न मद्दत गर्न सक्छ भन्ने कुरामा विश्वस्त पार्छ। यी विचारहरूमा आधारित भएर आफ्नो जीवन जिउँदा, मानिसहरूले परमेश्‍वरको अवज्ञा गर्छन्, र उहाँबाट झन्-झन् टाढा हुँदै जान्छन्। हामीले पढाइ गरिरहेका बेला, शिक्षकहरू प्रायजसो हामीलाई यसो भन्नुहुन्थ्यो, “तिमीहरू राम्रो गर्न चाहन्छौ भने, तिमीहरूलाई स्नातक डिग्री र स्नातकोत्तरको अध्ययन आवश्यक पर्छ। यिनले मात्र तिमीहरू सक्षम छौ भनेर प्रमाणित गर्नेछन्।” मैले यी विचारहरूलाई स्वीकार गरेपछि, म प्रतियोगिताहरूमा सहभागी भएर र व्यावसायिक प्रमाणीकरण परीक्षाहरूको तयारी गरेर आफ्नो सीप सुधार गर्ने तरिकाहरूबारे सोच्न थालेँ। यसरी म आफ्नो भाग्य बदल्न सक्छु भन्ने मलाई लागेको थियो। तर मेरो अन्धो शैक्षिक दौड र शिक्षा अनि ज्ञानको प्रयोग गरेर अब्बल बन्ने मेरो एकोहोरो धुनमा, मेरो हृदय परमेश्‍वरबाट बिस्तारै टाढा भएको थियो। मैले परमेश्‍वरका वचन पढ्न छोडेँ र म विरलै मात्र प्रार्थना गर्थेँ। म कुनै गैरविश्‍वासीभन्दा फरक थिइनँ। तब मात्र मैले देखेँ, ज्ञानको पछि लाग्न हामीलाई प्रोत्साहित गर्नु त हामीलाई भ्रष्ट तुल्याउन र बहकाउन शैतानले प्रयोग गर्ने तरिका रहेछ, अनि हामी जति धेरै ज्ञानको पछि लाग्छौँ, त्यति नै परमेश्‍वरबाट टाढा हुन्छौँ र उहाँको विरोध गर्छौँ। यो परिणामका बारेमा सोच्दा, मैले आफूले पछ्याइरहेको मार्गको पुनर्मूल्याङ्कन र छनौट गर्न थालेँ।

एक दिन, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “मानवजातिका सदस्यहरू र निष्ठावान इसाईहरूका रूपमा, परमेश्‍वरको आज्ञा पूरा गर्नका निम्ति हाम्रो मन र शरीर चढाउनु हामी सबैको जिम्मेवारी र दायित्व हो, किनकि हाम्रो सम्पूर्ण अस्तित्व परमेश्‍वरबाट आएको हो, र परमेश्‍वरको सार्वभौमिकताकै कारण यो अस्तित्वमा रहेको छ। यदि हाम्रा शरीर र मन परमेश्‍वरको आज्ञा र मानवजातिको न्यायोचित अभियानप्रति समर्पित छैनन् भने, परमेश्‍वरको आज्ञाका निम्ति शहीद भएकाहरूसामु हाम्रो आत्मा लज्जित हुनेछ, र हामीलाई सबै थोक प्रदान गर्नुहुने परमेश्‍वरसामु झन् धेरै लज्जित हुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ)। परमेश्‍वरका वचन पढेपछि, म उत्तरदायित्वको प्रबल भावनाले भरिएँ। मानिसलाई परमेश्‍वरले बनाउनुभएको हो। परमेश्‍वरमा विश्वास गर्नु, परमेश्‍वरको आराधना गर्नु, र सृजित प्राणीको कर्तव्य निर्वाह गर्नु पूर्ण रूपमा सही र स्वभाविक कुरा हुन्। यी सम्मानजनक कुराहरू हुन्। परमेश्‍वरको अभिप्राय भनेको हामीले उहाँको सुसमाचार प्रसार गरौँ, र उहाँको मुक्ति स्वीकार गर्न अझ धेरै मानिसलाई उहाँसामु ल्याऔँ भन्ने हो। सबभन्दा पहिले परमेश्‍वरको काम प्राप्त गर्ने अवसर पाउनु म एकदमै भाग्यमानी हो, त्यसैले मैले उहाँको अभिप्रायलाई ख्याल गर्नुपर्छ र यो जिम्मेवारी सम्हाल्नुपर्छ। आफ्नो कर्तव्य निर्वाह गर्न असफल हुनु साँच्चै नै विद्रोही हुनु हो र यसले व्यक्तिलाई यस पृथ्वीमा जिउन अयोग्य बनाउँछ। सृजित प्राणीको कर्तव्य निर्वाह गरेमा मात्रै व्यक्ति मानव कहलाइन्छ। त्यही समयतिर, मैले परमेश्‍वरका वचनको एउटा भजन सुनेँ, जसको नाम थियो “युवाहरूले के पछ्याउनुपर्छ” त्यसमा केही हरफहरू थिए, जसले भन्छन्: “युवाहरू कामकुरा के-कस्ता छन् भन्ने कुरा प्रस्ट रूपमा खुट्ट्याउने र इन्साफ तथा सत्यताको खोजी गर्ने सङ्कल्परहित हुनुहुँदैन। तिमीहरूले सबै सुन्दर र असल कुराहरू पछ्याउनुपर्छ र तिमीहरूले सबै सकारात्मक कुराहरूको वास्तविकता प्राप्त गर्नुपर्छ। यसबाहेक, तिमीहरू आफ्नै जीवनका निम्ति जिम्मेवार हुनुपर्छ र यसलाई हल्का रूपमा लिनु हुँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। जवान र वृद्धलाई वचनहरू)। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग दिए। एक व्यक्तिका रूपमा, मैले सत्यता पछ्याउनुपर्छ, सृजित प्राणीको कर्तव्य निर्वाह गर्नुपर्छ, र अर्थपूर्ण जीवन जिउनुपर्छ। म आफ्नै जीवनप्रति उत्तरदायी हुनुपर्थ्यो। म आफ्नो पढाइलाई निरन्तरता दिन चाहन्नथेँ। म मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्थेँ।

पछि मैले मेरी आमालाई आफ्नो मनको कुरा भनेँ। उहाँ आगो हुनुभयो। उहाँले भन्नुभयो, “तैँले पढेर सिध्याएपछि र राम्रो जागिर पाएपछि मेरो शिर उँचो होस् भनेर तँलाई उज्ज्वल भविष्य दिनका लागि मात्र मैले यतिका वर्ष तेरो पढाइमा यति धेरै खर्च गरेकी छु। तँ जेसुकै भन्, म तँलाई स्कुल छोड्न दिनेछैनँ। म केवल तेरो भलाइबारे मात्र सोचिरहेकी छु।” मेरी आमाले यसो भनेको सुन्दा मलाई धेरै रिस उठ्यो। उहाँले यस्तो प्रतिक्रिया दिनुहोला भन्ने मैले अपेक्षा गरेकी थिइनँ। तर सोही समय, उहाँले मेरा लागि कति धेरै गर्नुभएको छ; उहाँका लागि यो सहज थिएन भन्ने सोच्दा, म दोधारमा परेँ। मैले कर्तव्य निर्वाह गर्ने निर्णय गरेँ भने, म उहाँलाई निराश तुल्याउनेथिएँ र उहाँप्रति ऋणी महसुस गर्नेथिएँ, तर यदि मैले स्कुललाई नै निरन्तरता दिएँ र आफ्नो सम्पूर्ण समय अनि ऊर्जालाई ख्याति, प्राप्ति र हैसियत पछ्याउनमा खर्च गरेँ भने, मलाई ग्लानि महसुस हुनेथियो, र म त्यसरी पनि जिउन चाहन्नथेँ। भित्री द्वन्द्वपछि पनि, म स्कुल छोड्ने कुरामै अडिग रहेँ। मैले मन बनाइसकेको देखेर, उहाँ स्कुल छोड्ने प्रक्रिया पूरा गरिदिन स्कुल गइदिन सहमत हुनुभयो। तर स्कुलमा, मेरो परामर्शकर्ताले मलाई भन्नुभयो, “कृपया यसबारे राम्ररी सोच। एक वर्षमा तिम्रो ग्राज्युएट पूरा हुनेछ, तिमीले डिग्री पाएपछि जे चाहन्छौ त्यही गर्न सक्छौ। डिग्री हुने र नहुनेहरूका लागि जागिर पाउने अवस्था फरक-फरक हुन्छ भन्ने तिमीले बुझ्नुपर्छ।” यस कुराले ममा कुनै प्रभाव नपरेको देखेर, मेरी आमाले मलाई मनैदेखि भन्नुभयो, “के तँ स्कुल नै नपढ्ने हो र? मैले तँबाट धेरै ठूलो आशा राखेकी छु। तैँले पैसाका बारेमा चिन्ता लिनुपर्दैन। म तेरो पढाइको खर्च सधैँ पूरा गर्नेछु। तेरो बुबा र मेरो पारपाचुके भइसकेको छ, त्यसैले आमाको अन्तिम सहारा तँ नै होस्। तँ नै मेरो एउटै मात्र आशा होस्।” यसो भन्दै गर्दा मेरी आमा रुनुभयो। मेरी आमाले यसरी दुःखका आँसु बगाएर रुनुभएको देख्दा मेरो मन साँच्चै कुँडियो। मैले सोचेँ, “मेरो ग्राज्युएट सकिन अब एक वर्ष मात्र बाँकी छ। मैले आफ्नो डिग्री पूरा चाहिँ गर्नुपर्छ कि? ग्राज्युएट भएपछि मैले आफ्नो कर्तव्य सुरु गरेँ भने, मेरी आमाले आपत्ति जनाउनुहुनेछैन।” त्यसैले मैले सम्झौता गरेँ र स्कुललाई निरन्तरता दिने निर्णय गरेँ। तर पढिरहेको बेला, मसँग आफ्नो कर्तव्य निर्वाह गर्न धेरै समय भएन, र मलाई गहिरो ग्लानि महसुस भयो। त्यसकारण मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म धेरै कमजोर छु र मेरो अगाडि रहेको मार्गमा कसरी हिँड्ने मलाई थाहा छैन। कृपया मलाई मार्गदर्शन गर्नुहोस्।”

एक दिन, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “चिनियाँ परम्परागत संस्कृतिको सिकाइमा परेर चिनियाँ मानिसहरूले उनीहरूका परम्परागत धारणाहरूमा छोराछोरीको धर्म निभाउनैपर्छ, र छोराछोरीको धर्म ननिभाउने जोकोही पनि विद्रोही सन्तान हो भन्‍ने विश्‍वास गर्छन्। मानिसहरू सानै हुँदादेखि यी विचारहरू तिनीहरूको मनमस्तिष्कमा हालिएका हुन्छन्, र लगभग हरेक परिवारमा, साथै हरेक विद्यालय र समग्र समाजमा यिनै कुराहरू सिकाइन्छन्। जब व्यक्तिको मगजमा यस्ता कुरा भरिएको हुन्छ, उसले ‘छोराछोरीको धर्म निभाउनु कुनै पनि कुराभन्दा महत्त्वपूर्ण हो। यदि म छोराछोरीको धर्म निभाउँदिनथेँ भने, म असल व्यक्ति हुनेथिइनँ; म एक विद्रोही सन्तान हुनेथिएँ, म सार्वजनिक रायद्वारा निन्दित हुनेथिएँ। म विवेक नभएको व्यक्ति हुनेथिएँ’ भनेर सोच्छ। के यो दृष्टिकोण सही छ? मानिसहरूले परमेश्‍वरद्वारा व्यक्त गरिएका कति धेरै सत्यता देखेका छन्—के व्यक्तिले आफ्ना आमाबुबाप्रति छोराछोरीको धर्म निभाउनुपर्छ भनेर परमेश्‍वरले माग गर्नुभएको छ? के यो परमेश्‍वरका विश्‍वासीहरूले बुझ्‍नैपर्ने सत्यता हो? अहँ, होइन। परमेश्‍वरले केही सिद्धान्तहरू मात्रै सङ्‍गति गर्नुभएको छ। परमेश्‍वरका वचनहरूले मानिसहरूलाई कुन सिद्धान्तद्वारा अरूसँग व्यवहार गर्न माग गर्छन्? परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू। मानिसहरूले पालन गर्नुपर्ने सिद्धान्त यही हो। परमेश्‍वरले सत्यता पछ्याउने र उहाँको इच्छा पछ्याउन सक्नेहरूलाई प्रेम गर्नुहुन्छ; हामीले पनि प्रेम गर्नुपर्ने मानिसहरू यिनै हुन्। परमेश्‍वरको इच्छा पालन गर्न नसक्नेहरू, परमेश्‍वरलाई घृणा गर्नेहरू, र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नेहरू—यी मानिसहरूलाई परमेश्‍वर घिन गर्नुहुन्छ, र हामीले पनि तिनीहरूलाई घिन गर्नुपर्छ। परमेश्‍वर मानिसबाट यही माग गर्नुहुन्छ। यदि तेरा आमाबाबुले परमेश्‍वरमा विश्‍वास गर्दैनन् भने, यदि तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नु सही मार्ग हो र यसले मुक्तिको मार्गतर्फ डोर्‍याउँछ भन्‍ने राम्ररी थाहा छ, र तिनीहरू अग्रहणशील मात्र नभई तिनीहरूले परमेश्‍वरका विश्‍वासीहरूलाई दोष लगाउने र निन्दा पनि गर्ने गर्छन् भने, तिनीहरू निस्सन्देह सत्यताप्रति वितृष्णा राख्ने र त्यसलाई घृणा गर्ने मानिस हुन्, र तिनीहरू निस्सन्देह परमेश्‍वरलाई प्रतिरोध र घृणा गर्ने मानिस हुन्—र परमेश्‍वरले अवश्यै उनीहरूलाई तिरस्कार र घृणा गर्नुहुन्छ। के तँ त्यस्ता आमाबाबुलाई तिरस्कार गर्न सक्छस्? उनीहरूले परमेश्‍वरको विरोध र निन्दा गर्छन्—र त्यो अवस्थामा, निश्‍चित रूपमा उनीहरू पिशाच र शैतान हुन्छन्। के तँ उनीहरूलाई घृणा गर्न र श्राप दिन सक्छस्? यी सबै व्यावहारिक सवालहरू हुन्। यदि तेरा आमाबाबुले तँलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोके भने, तैँले उनीहरूसित कस्तो व्यवहार गर्नुपर्छ? तैँले परमेश्‍वरको मागलाई पालना गर्नुपर्छ: परमेश्‍वरले प्रेम गर्ने कुरालाई प्रेम गर्नूपर्छ, र परमेश्‍वरले घृणा गर्ने कुरालाई घृणा गर्नूपर्छ। अनुग्रहको युगमा प्रभु येशूले भन्नुभयो, ‘मेरी आमा को हुन्? र मेरा दाजुभाइहरू को हुन्?’ ‘जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्छन्, उनीहरू नै मेरा दाजुभाइ, दिदीबहिनी, र आमा हुन्।’ यी वचनहरू पहिल्यै अनुग्रहको युगमै अस्तित्वमा थिए, र अहिले परमेश्‍वरका वचनहरू अझ स्पष्ट भएका छन्: ‘परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नू, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नू।’ यी वचनहरूले मुख्य बुँदालाई सिधै छुन्छन्, तर मानिसहरूले प्रायजसो तिनका वास्तविक अर्थलाई बुझ्न सक्दैनन्। यदि कुनै व्यक्ति परमेश्‍वरलाई इन्कार र विरोध गर्ने व्यक्ति हो, र ऊ परमेश्‍वरद्वारा श्रापित भएको छ, तर ऊ तेरो आमा वा बुबा, वा आफन्त हो, र तैँले बुझ्न सकेसम्म ऊ दुष्ट व्यक्ति जस्तो देखिँदैन र उसले तँलाई राम्रो व्यवहार गर्छ भने, तैँले त्यो व्यक्तिलाई घृणा गर्न सक्दैनस्, र तँ ऊसित निकटतम सम्पर्कमै रहिरहन सक्छस्, र ऊसँगको तेरो सम्बन्ध बदलिँदैन। परमेश्‍वरले त्यस्ता व्यक्तिहरूलाई घृणा गर्नुहुन्छ भन्‍ने सुनेर तँ विचलित हुनेछस्, र तँ परमेश्‍वरको पक्षमा उभिन र तिनीहरूलाई निर्दयतापूर्वक अस्वीकार गर्न सक्‍नेछैनस्। तँ सधैँ भावनाको बन्धनमा हुन्छस्, र तँ तिनीहरूलाई पूर्ण रूपमा त्याग्‍न सक्दैनस्। यसको कारण के हो? तेरो भावना अत्यन्तै प्रगाढ भएको हुनाले यस्तो हुन्छ, र यसले तँलाई सत्यता अभ्यास गर्नबाट रोक्छ। त्यस व्यक्तिले तँसँग राम्रो व्यवहार गर्छ, त्यसकारण तैँले उसलाई घृणा गर्नै सक्दैनस्। उसले तँलाई चोट पुर्‍याएको छ भने मात्रै तैँले उसलाई घृणा गर्न सक्छस्। के त्यो घृणा सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ? यसको साथै, तँ परम्‍परागत धारणाहरूको बन्धनमा हुन्छस्, र तिनीहरू तेरा बुबाआमा वा आफन्त हुन्, त्यसकारण तैँले तिनीहरूलाई घृणा गरिस् भने, तँलाई समाजले गाली गर्नेछ र जनमतले तँलाई पितृभक्ति नराख्ने, विवेक नभएको, र मानवसमेत बन्‍न नसकेको भनी दोषी ठहराउनेछ भन्‍ने सोच्छस्। तँलाई आफूले ईश्‍वरीय दोषी ठहराइ र दण्ड भोग्‍नेछु भन्‍ने लाग्छ। तैँले तिनीहरूलाई घृणा गर्न चाहिस् नै भने पनि तेरो विवेकले तँलाई त्यसो गर्न दिँदैन। किन तेरो विवेकले यसरी काम गर्छ? किनकि तँभित्र तँ बालकै छँदादेखि तेरो परिवारको विरासतद्वारा, तैँले आमाबुबाबाट पाएको शिक्षाद्वारा, र परम्परागत संस्कृतिको संस्कारद्वारा एउटा सोच्ने तरिकाको बीजारोपण भएको हुन्छ। यसरी सोच्ने तरिकाले तेरो हृदयमा निकै गहिरो जरा गाडेको हुन्छ, र यसले गर्दा तँ पितृभक्ति पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो, र आफ्‍ना पितापुर्खाबाट आएका जुनसुकै कुरा पनि सधैँ असल हुन्छ भन्‍ने गलत विश्‍वास गर्छस्। तैँले सुरुमा यही कुरा सिकेको थिइस् र यही नै तँमा हाबी रहन्छ, जसले तेरो आस्थामा र सत्यता स्वीकार गर्ने कार्यमा ठूलो रोकावट र बाधा पैदा गर्छ, र तँ परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्न, अनि परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्न, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्न असमर्थ हुन्छस्। … मलाई भन त, के मानिस दयनीय छैन र? के उसलाई परमेश्‍वरको मुक्ति चाहिएको छैन र? कतिपय मानिसले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको हुन्छ, तर तिनीहरूले अझै पनि छोराछोरीको धर्मको मामिलालाई छर्लङ्ग देखेका हुँदैनन्। सत्यतामा जसरी सङ्‍गति गरिए पनि, तिनीहरू त्यो बुझ्न सक्दैनन्। तिनीहरू यो सांसारिक सम्बन्धलाई कहिल्यै जित्न सक्दैनन्; तिनीहरूमा साहस हुँदैन, न त आस्था नै हुन्छ, झन् सङ्कल्प हुनु त परै जाओस्, त्यसैले तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न र उहाँप्रति समर्पित हुन सक्दैनन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ)। परमेश्‍वरका वचनबाट मैले के बुझेँ भने, परम्परागत संस्कृतिको व्यापक प्रभावका कारण, “आमाबुबाप्रतिको धर्म निभाउनु नै सबैभन्दा ठूलो पुण्य हो” भन्ने कुरा मेरो आचरणको नियम बनेको थियो। मलाई सन्तानी धर्म नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो र यदि मैले यसलाई पालन गरिरहिनँ भने म मानिस नै होइनँ भन्ने लाग्थ्यो। आफ्नो बाल्यकाललाई फर्केर हेर्दा, मेरी आमाले धेरै दुःख भोग्नुभएको देखेर मलाई यो उहाँका लागि पक्कै सजिलो थिएन होला भन्ने लाग्यो, त्यसैले मैले म उहाँको कुरा सुन्नेछु र उहाँलाई चोट पुर्‍याउनेछैनँ भनेर आफैलाई भनेँ। मेरी आमाले मलाई हुर्काउन यति धेरै कष्ट भोग्नुभयो, र यदि मैले उहाँलाई सम्मान दिन वा उहाँको आज्ञापालन गर्न सकिनँ भने, म कृतघ्न र विवेकहीन हुनेथिएँ। त्यसैले आमाले राम्रो जीवन बिताउन सक्नुहोस् भनेर मैले मिहिनेत गरेर पढ्ने र आफूलाई स्थापित गर्ने सङ्कल्प गरेँ। उहाँलाई चित्त नदुखोस् भनेर उहाँले भनेका सबै कुरा म मान्थेँ। मैले परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गरेपछि, कर्तव्य निर्वाह गर्नु र सत्यता पछ्याउनु उपयोगी र अर्थपूर्ण छ भन्ने बुझेकी थिएँ, तर आमा रोएको र मलाई स्कुल नछोड्न बिन्ती गरेको देखेपछि, मैले सम्झौता गरेँ। मेरी आमाका आशाहरू पूरा गर्न, म आफ्नो कर्तव्य पूरा गरेर परमेश्‍वरलाई सन्तुष्ट पार्न चाहन्थेँ, तर मैले त्यो हासिल गर्न सकिरहेकी थिइनँ। म “आमाबुबाप्रतिको धर्म निभाउनु नै सबैभन्दा ठूलो पुण्य हो” भन्ने विचारको गहिरो पासोमा फसेकी थिएँ। हामीले परमेश्‍वरले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्नुपर्छ, र परमेश्‍वरले घृणा गर्नुहुने कुरालाई घृणा गर्नुपर्छ भन्ने परमेश्‍वर माग गर्नुहुन्छ। यी हामीप्रतिका परमेश्‍वरका मागहरू हुन् र मैले पालन गर्नुपर्ने सिद्धान्तहरू हुन्। यदि मेरा आमाबुबा साँच्चै परमेश्‍वरमा विश्वास गर्नुहुन्छ भने, मैले उहाँहरूलाई प्रेम गर्नुपर्छ र ब्रदर-सिस्टरहरूलाई जस्तै व्यवहार गर्नुपर्छ। तर यदि उहाँहरू परमेश्‍वरमा विश्वास गर्नुहुन्न, मलाई सताउनुहुन्छ वा मेरो विश्वासमा बाधा दिनुहुन्छ भने, त्यसले उहाँहरू सत्यताप्रति वितृष्ण रहेको र सत्यतालाई घृणा गर्ने अनि परमेश्‍वरको विरोध गर्ने देखाउँछ, र उहाँहरूले भनेका कुराहरू मैले अन्धाधुन्ध रूपमा मान्नु हुँदैन। मेरी आमा परमेश्‍वरमा विश्वास त गर्नुहुन्थ्यो तर सत्यता पछ्याउनुहुन्नथ्यो र मलाई कर्तव्य निर्वाह गर्नबाट रोक्नुभयो। उहाँ केवल अविश्‍वासी र परमेश्‍वरको शत्रु हुनुहुन्थ्यो। ममा पहिले सुझबुझ थिएन, र उहाँहरूको सन्तान भएको नाताले मैले आफ्ना आमाबुबालाई सम्मान गर्नुपर्छ र सधैँ उहाँहरूको कुरा सुन्नुपर्छ, यसैलाई मानवता र विवेक हुनु भनिन्छ भन्ने मलाई लाग्थ्यो। त्यस बेलामा मात्र, यो गलत दृष्टिकोण सत्यताअनुरूप छैन भन्ने देखेँ। आफ्ना आमाबुबालाई सम्मान दिने कुरा सिद्धान्तहरूअनुरूप हुनुपर्छ, यो केवल अन्धो आज्ञापालन मात्र हुनु हुँदैन। अभ्यासको सिद्धान्त यही हो।

पछि, मैले परमेश्‍वरका वचन पढेँ जसमा यसो भनिएको थियो: “अब तैँले पत्रुसले ठ्याक्कै कुन मार्ग हिँडेको थियो त्यसलाई स्पष्ट रूपमा देख्‍न सक्‍नुपर्छ। यदि तैँले पत्रुसको मार्गलाई स्पष्ट रूपमा देख्‍न सक्छस् भने, आज गरिने कामको बारेमा तँ निश्‍चित हुनेछस्, ताकि तैँले कुनै गुनासो गर्ने छैनस्, वा नकारात्मक बस्ने छैनस्, वा कुनै कुराको तृष्णा गर्नेछैनस्। त्यो समयको पत्रुसको भावनालाई तैँले अनुभव गर्नुपर्छ: तिनी शोकले ग्रस्त थिए; तिनले भविष्य वा आशीषहरूको लागि अनुरोध गर्न छाडे। तिनी संसारमा ख्याति, प्राप्ति, खुसी, वा धनसम्पत्तिको पछि लागेनन्; तिनी सबैभन्दा अर्थपूर्ण जीवन जिउनुको पछि मात्र लागे, जसमा परमेश्‍वरको प्रेमको ऋण तिर्ने र तिनले सबैभन्दा बहुमूल्य ठानेको कुरा परमेश्‍वरलाई अर्पण गर्ने कार्य समावेश थियो। त्यसपछि तिनी आफ्‍नो हृदयमा सन्तुष्ट हुन्थे। … तिनको परीक्षाको वेदनाको बेला, येशू फेरि तिनीकहाँ देखा पर्नुभयो र तिनलाई भन्‍नुभयो: ‘पत्रुस, म तँलाई सिद्ध बनाउन चाहन्छु, ताकि तँ एक फलको टुक्रा बन्छस्, जुन तँलाई मैले बनाएको सिद्धताको हिरा हुन्छ, र जसप्रति म आनन्दित हुनेछु। के तँ मेरा लागि साँचो रूपमा गवाही दिन सक्छस्? के तैँले तँलाई मैले गर्नू भनेको कुरा गरेको छस्? के मैले बोलेको वचनमा तँ बाँचेको छस? एक पटक तैँले मलाई प्रेम गरिस, तर तैँले मलाई प्रेम गरे पनि, के तैँले म भएर बाँचेको छस? तैँले मेरो लागि के गरेको छस्? तँ मेरो प्रेमको लागि अयोग्य छस् भन्‍ने कुरालाई तैँले पहिचान गरिस्, तर तैँले मेरो लागि के गरेको छस?’ आफूले येशूको लागि केही पनि गरेको छैन भन्‍ने पत्रुसले देखे र आफ्‍नो जीवन परमेश्‍वरलाई दिन्छु भनी गरेको आफ्‍नो पहिलेको शपथलाई स्मरण गरे। अनि त्यसैले, तिनले फेरि गुनासो गरेनन्, त्यसपछिको तिनको प्रार्थना अझै उत्तम हुँदै गयो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसले येशूलाई कसरी चिने)। प्रभु येशूले पत्रुसलाई सोध्नुभएको कुरा यही हो, तर परमेश्‍वरले मलाई पनि त्यही कुरा सोधिरहनुभएको छ जस्तो मलाई लाग्यो। मैले आफैलाई सोधेँ, “मैले परमेश्‍वरका लागि के गरेकी छु? प्रभुलाई पछ्याउन पत्रुस सबै कुरा त्याग्न सक्षम थिए। तर म नि? परमेश्‍वरले मलाई मेरो जीवन दिनुभयो, तर मैले उहाँका लागि के गरेकी छु र?” मैले उहाँका लागि केही पनि गरेकी थिइनँ। मैले त सधैँ केवल आफ्नो आमाबुबा र आफ्नै भविष्यका बारेमा सोचेकी थिएँ। उहाँहरूको गुन तिर्न सकूँ भनेर म आफ्नो सम्पूर्ण समय र ऊर्जा पढाइ र पैसा कमाउनमा लगाउनसमेत तत्पर भएकी थिएँ। उहाँहरूका अपेक्षाहरू पूरा गर्न नसक्दा, मलाई मैले उहाँहरूलाई निराश पारेँ भन्ने लाग्थ्यो र ग्लानि हुन्थ्यो, तर मैले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिइनँ, तैपनि मलाई मैले परमेश्‍वरलाई निराश पारिरहेकी छु जस्तो लाग्दैनथ्यो। ममा साँच्चै कुनै विवेक नै थिएन! पत्रुसको अनुभवलाई विचार गर्दा, तिनका आमाबुबा तिनको बाटोमा तगारो बने पनि, तिनले उहाँहरूको विरोधको वास्ता नगरी प्रभु येशूलाई पछ्याउन सबै कुरा त्यागे। तिनी साँच्चै विवेक र समझ भएका व्यक्ति थिए। हामीलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, त्यसैले हामीले उहाँमा विश्वास गर्नु र उहाँको आराधना गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित छ। परमेश्‍वरले मलाई छान्नुभयो र मलाई उहाँसामु ल्याउनुभयो, अनि मलाई मुक्ति पाउने मौका दिनुभयो। परमेश्‍वरको प्रेम साँच्चै महान् छ! मैले परमेश्‍वरको प्रेमको ऋण तिर्नुपर्थ्यो र पत्रुसले जस्तै परमेश्‍वरलाई पछ्याउन सबै कुरा त्याग्नुपर्थ्यो। यसपछि मैले परमेश्‍वरका वचनका थप दुईवटा खण्ड पढेँ, जसले मलाई थप प्रेरित गर्‍यो। परमेश्‍वर भन्‍नुहुन्छ: “दाजुभाइ हो, ब्यूँझ! दिदीबहिनी हो, ब्यूँझ! मेरो दिन आउन विलम्ब हुनेछैन; समय नै जीवन हो, अनि गुमेको समय फिर्ता लिनु भनेकै जीवन बचाउनु हो! समय त्यति टाढा छैन! यदि तिमीहरू कलेजको प्रवेश-परीक्षामा असफल भयौ भने, तिमीहरूले त्यसका लागि चाहे जति पटक पनि अध्ययन गरेर पुनः परीक्षा दिन सक्छौ। तर, मेरो दिनमा अलिकति पनि ढिलाइ सहनेछैन। याद राख! याद राख! यी मेरो अर्तीका दयालु वचनहरू हुन्। तिमीहरूको आँखाकै अगाडि संसारको अन्त्य प्रकट भएको छ, र महाविपत्तिहरू चाँडै आउनेछन्। कुन चाहिँ बढी महत्त्वपूर्ण हो: तिमीहरूको जीवन, कि तिमीहरूको निद्रा, तिमीहरूको खानपिन र वस्‍त्र? तिमीहरूले यी कुराहरूलाई तौलने समय आएको छ!” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३०)। “सतर्क रह! सतर्क रह! खेर गएको समय फेरि कहिल्यै फर्केर आउनेछैन—यो कुरा याद राख! पछुतोलाई निको पार्ने औषधि संसारमा कहीँ छैन! त्यसकारण, म तिमीहरूलाई अरू के नै भन्न सक्थेँ र? के मेरो वचन तिमीहरूको होसियारीपूर्ण मनन, तिमीहरूको बारम्बारको मननयोग्य छैन?” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३०)। परमेश्‍वरका प्रत्येक वचनले मेरो हृदयको गहिराइसम्म छोयो। अब समय धेरै छैन। प्रकोपहरू बढ्दै छन् र संसारभरिका देशहरू उथलपुथलमा छन्। दिनहरू एक-एक गर्दै सकिँदै छन्, र सत्यता पछ्याउनु महत्त्वपूर्ण छ। यदि मैले परमेश्‍वरको काममा ध्यान नदिई दैहिक कुराहरू पछ्याएँ, मेरो पढाइ, भविष्य र परिवारजस्ता कुराहरूमा केन्द्रित भएँ भने, परमेश्‍वरको काम सिद्धिने बेलासम्ममा सत्यता पछ्याउन धेरै ढिला भइसकेको हुनेथियो। सत्यताविना, म प्रकोपहरूमा नष्ट हुनेथिएँ र दण्ड पाउनेथिएँ, अनि पछुताउन पनि धेरै ढिला भइसकेको हुनेथियो। परमेश्‍वरको मुक्ति ममाथि फेरि एकपटक आएको थियो र मैले यो मौकालाई फुत्कन नदिई सत्यता पछ्याउन सक्दो प्रयास गर्नुपर्थ्यो, अनि परमेश्‍वरको प्रेमको ऋण तिर्न सृजित प्राणीको कर्तव्य निर्वाह गर्नुपर्थ्यो।

मैले स्कुल छोड्ने मन बनाएपछि, मैले मेरी आमालाई भनेँ, “आमा, म स्कुल फर्केर जानेछैनँ। जसले जेसुकै भने पनि म आफ्नो मन बदलनेछैनँ। म आफ्नै मार्ग रोज्दै छु र तपाईंले मेरो कदर गर्नुहुन्छ भन्ने मैले आशा गरेकी छु।” उहाँले भन्नुभयो, “तेरी आन्टीले भनिसकेकी छे कि तैँले ग्राज्युएट गरेर डिग्री पाएपछि, उसले तेरा लागि जागिरको बन्दोबस्त गर्नेछे। त्यसपछि उसले तेरा लागि राम्रो केटा खोज्नेछे र तैँले सुखी जीवन बिताउन सक्नेछेस्।” तर मेरी आमाको कुराले मलाई अब फकाउन सकेन, किनभने उहाँले मसँग गरिरहनुभएको व्यवहार साँचो प्रेम थिएन भन्ने कुरा मैले अहिले बुझेकी थिएँ। उहाँले मेरो जीवन वा मेरो भविष्यको गन्तव्यका बारेमा नभएर मेरो तत्कालका हितहरूबारे मात्र सोचिरहनुभएको थियो। त्यसपछि मलाई परमेश्‍वरका वचनको एउटा खण्ड याद आयो: “ल भन्, एउटा व्यक्तिको सबै कुरा कहाँबाट उत्पत्ति हुन्छ? उसको जीवनका लागि कसले सबैभन्दा ठुलो बोझ वहन गर्छ? (परमेश्‍वरले।) परमेश्‍वरले मात्रै मानिसहरूलाई सबैभन्दा बढी प्रेम गर्नुहुन्छ। के मानिसहरूका आमाबुबा र आफन्तहरूले तिनीहरूलाई साँच्‍चै प्रेम गर्छन्? के तिनीहरूले दिने प्रेम साँचो प्रेम हो? के यसले मानिसहरूलाई शैतानको प्रभावबाट बचाउन सक्छ? सक्दैन। मानिसहरू संवेदनहीन र मोटो-बुद्धिका हुन्छन्, यी कुराहरू स्पष्ट रूपमा देख्न सक्दैनन्, र सधैँ भन्छन्, ‘परमेश्‍वरले मलाई कसरी प्रेम गर्नुहुन्छ भनी म महसुस गर्नै सक्दिनँ। जे होस्, मेरा आमा र बुबाले मलाई सबैभन्दा बढी प्रेम गर्नुहुन्छ। उहाँहरूले मेरो पढाइको खर्च तिरिदिनुहुन्छ र मलाई प्राविधिक सीपहरू सिक्न लगाउनुहुन्छ, ताकि म हुर्केपछि केही बन्न सकूँ, अरूभन्दा माथि उठ्न सकूँ, र एक तारा, एक सेलिब्रेटी बन्न सकूँ। मेरा आमाबुबाले फारो गरेर खानामा पैसा बचाएर मलाई संवर्धन गर्न र मेरो शिक्षामा सहयोग गर्न यति धेरै पैसा खर्च गर्नुहुन्छ। त्यो कति ठूलो प्रेम हो! म उहाँहरूलाई कहिल्यै प्रतिदान गर्न सक्दिनँ!’ के तिमीहरूलाई त्यो प्रेम हो भन्ने लाग्छ? तेरा आमाबुबाले तँलाई अरूभन्दा माथि उठ्न, संसारमा सेलिब्रेटी बन्न, राम्रो जागिर खान, र संसारमा घुलमिल हुन धकेल्नुका परिणामहरू के-के हुन्? तिनीहरूले तँलाई निरन्तर अरूभन्दा माथि उठ्न, आफ्नो परिवारलाई सम्मान दिलाउन, र संसारका दुष्ट प्रचलनहरूमा समाहित हुन खोज्न लगाउँछन्। फलस्वरूप, तँ पापको भुमरीमा फस्छस्, अनन्त विनाश भोग्छस्, र नाश हुन्छस्, र शैतानद्वारा निलिन्छस्। के त्यो प्रेम हो? त्यो तँलाई प्रेम गर्नु होइन, त्यो तँलाई हानि पुर्‍याउनु हो, तँलाई बर्बाद पार्नु हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिस, घटना र कामकुराहरूबाट पाठहरू सिक्नुपर्छ)। मेरी आमाले मेरो भलाइका लागि मात्र यी सबै गरिरहनुभएको, आफ्नो गाँस र कपास काटेर अनि मेरो पढाइका हड्डी घोटेर काम गरिरहनुभएको जस्तो देखिए पनि, मैले सिक्दै गरेका कुराहरूमा शैतानी विष र भ्रमहरू छन् जसले मलाई परमेश्‍वरबाट झन् टाढा धकेल्नेछ र उहाँको अस्तित्वलाई इन्कार गर्न लगाउनेछ भन्ने कुरा उहाँले थोरै पनि बुझ्नुभएको थिएन। स्कुलमा सिकाइने नास्तिक विचारहरू, जस्तै “मुक्तिदाता कहिल्यै आएका छैनन्,” “मानिसले आफ्नै हातले एउटा सुन्दर गृहभूमि बनाउन सक्छ,” “अब्बल हुनका लागि ठूलो कष्ट सहनुपर्छ,” र “अरूभन्दा असल बन र पुर्खाको नाम राख” यी सबैले हामीलाई हाम्रा आदर्शहरूतर्फ प्रयत्न गर्न लगाउँछ र अरूभन्दा अघि बढ्नका लागि भीडबाट अलग बन्ने प्रयास गर्न लगाउँछ। मानिसहरू यी विचार र दृष्टिकोणहरूअनुसार जिउँछन्, परमेश्‍वरको सार्वभौमिकताबाट उम्कने र आफ्नै हातले आफ्नो भाग्य बदल्ने प्रयास गर्छन्। तिनीहरू अन्ततः परमेश्‍वरको झन्-झन् विरोध गर्न र उहाँलाई इन्कार गर्न पुग्छन्, अनि आफूले मुक्ति पाउने मौका गुमाउँछन्। यो त शैतानको दुष्ट मार्ग हो। यी कुराहरूको पछ्याइले मलाई परमेश्‍वरबाट झन् टाढा र शैतानले गर्ने हानि अनि भ्रष्टतातिर मात्रै लैजान सक्थ्यो। यसले मलाई नरकतिर धकेल्नेथियो! यतिखेर, मैले मेरा आमाबुबाको प्रेम साँचो प्रेम होइन र परमेश्‍वरको प्रेम मात्र साँचो प्रेम हो भन्ने कुरा स्पष्ट रूपमा देखेँ। अरूभन्दा उत्कृष्ट बन्नु र आफ्नो परिवारको नाम राख्नु जीवनको सही मार्ग होइन। सत्यता पछ्याउनु र सृजित प्राणीको कर्तव्य निर्वाह गर्नु मात्र जीवनको सही मार्ग हो, र यसैले परमेश्‍वरको सुरक्षा ल्याउँछ अनि व्यक्तिलाई महाविपत्तिहरूमा जीवित रहन सक्षम बनाउँछ। यो सबै कुरा बुझेपछि, मैले स्कुल छोड्ने र परमेश्‍वरका लागि कर्तव्य निर्वाहमा आफूलाई अर्पित गर्ने निर्णय गरेँ। त्यसैले मैले मेरी आमालाई भनेँ, “आमा, तपाईं सधैँ म पढूँ, राम्रो जागिर खाऊँ, राम्रो श्रीमान् भेटूँ, र सामाजिक प्रवृत्तिको पछि लागूँ भन्ने चाहनुहुन्छ, तर के म भविष्यमा यसरी खुसी हुनेछु? मेरो भाग्य राम्रो हुनेछ भनेर तपाईं ग्यारेन्टी दिन सक्नुहुन्छ? कसैले सक्दैन! आमा, तपाईंले आफ्नो जीवनमा गर्नुभएको सबैभन्दा सही काम भनेकै हामीलाई सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार प्रचार गर्नु र मलाई सही मार्गमा डोर्‍याउनु हो।” मेरी आमा एकछिन चुप लाग्नुभयो र त्यसपछि भन्नुभयो, “आफ्नो ख्याल राख्नू। सम्पर्कमा रहिरहनू।” त्यसपछि, म गएँ र स्कुलबाट नाम फिर्ता लिएँ। मैले स्कुलबाहिर पाइला टेक्नेबित्तिकै, म साँच्चिकै स्वतन्त्र भएँ। म अब आफ्नो पढाइ वा परिवारको बन्धनमा थिइनँ र अन्ततः मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्थेँ।

यो सबै कुरा कयौँ वर्षअघि भएको थियो, तर जब-जब मलाई यो कुरा याद आउँछ, तब म आफूलाई धेरै भाग्यमानी ठान्छु। मलाई मेरो कर्तव्य र मेरो पढाइको बीचमा सही छनौट गर्न, अनि जीवनको सही मार्गमा हिँड्न सहयोग गर्ने परमेश्‍वरको चरणबद्ध मार्गदर्शन नै थियो। मैले साँच्चै नै परमेश्‍वरको प्रेम र श्रमसाध्य अभिप्राय महसुस गरेँ। म अहिले सृजित प्राणीको कर्तव्य निर्वाह गर्न सक्षम छु र मेरो जीवन व्यर्थ भएको छैन। म साँच्चै खुसी छु।

अघिल्लो:  ७२. झूटो अगुवाबारे रिपोर्ट गर्दाको सिकाइ

अर्को:  ७४. के अरूप्रति निष्ठावान् हुनु असल व्यक्ति हुनु हो?

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger