९९. मेरो आस्थामा अवरोध

पिन्बो, चीन

म सन् १९९८ मा क्याथोलिक बनेँ। केही वर्षपछि, मलाई डिकनको रूपमा नियुक्त गरियो। जतिसुकै व्यस्त हुँदापनि, म सक्रिय रूपमा आराधनाहरूमा सहभागी हुन्थेँ, र मैले प्रभुको दिवस र पवित्र दिवसहरू मनाएँ। तर पछि, मण्डली क्रमशः गतिहीन हुँदै गयो। विश्‍वासीहरूको आस्था घट्यो र उनीहरूले प्रभुको दिवस मनाउन छोडे। आराधनामा हामीले रोजारी पाठ गरिरहँदा मानिसहरू घुरिरहेका समेत हुन्थे, र धेरै विश्‍वासीहरू काम गर्न र पैसा कमाउन बाहिर जान्थे। मैले पनि पवित्र आत्माको उपस्थिति महसुस गर्न सकिनँ, तर आफूलाई आराधनामा जबरजस्ती सहभागी गराउँथेँ।

त्यसपछि, २००२ को शरद ऋतुमा, एक जना छिमेकीले मलाई सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामको बारेमा गवाही दिए। सर्वशक्तिमान् परमेश्‍वरका वचन खाएर र पिएर, मैले परमेश्‍वरको कामका तीन चरण, उहाँका देहधारणसम्बन्धी सत्यताको रहस्यहरूबारे जानेँ। मैले पवित्र आत्माको काम अगाडि बढेको र परमेश्‍वरले नयाँ काम गरिरहनुभएकोले, मण्डली उजाड भएको हो भन्‍ने पनि थाहा पाएँ। हामीले पापको बन्धनबाट मुक्त हुन र स्वर्गको राज्यमा प्रवेश गर्ने मौका पाउन परमेश्‍वरको पदचाप पछ्याउँदै उहाँका आखिरी दिनहरूको न्याय र सजायको काम स्वीकार गर्नुपर्छ। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढेर, उहाँ नै फर्कनुभएका प्रभु हुनुहुन्छ भन्‍नेमा मेरी श्रीमती र म आश्‍वस्त भयौँ र उहाँका आखिरी दिनहरूको कामलाई खुसीसाथ स्वीकार गर्‍यौँ। मैले अपेक्षा नगरेको कुरा भनेको एक महिनापछि, डिकनहरू र धर्मगुरुले हामीलाई हैरानी र बाधा दिन थाले।

एक दिन, केही डिकनहरू मेरो बुबासँग हाम्रो घर आए। उनीहरूको आक्रामक चालढाल देखेर म अलिक अत्तालिएँ। उनीहरूले मैले परमेश्‍वरको नयाँ काम स्विकारेको थाहा पाएर मलाई रोक्ने प्रयास गर्न आएका छन् भन्‍नेमा म विश्‍वस्त भएँ। उनीहरूमध्ये केहीले पवित्र स्कुलमा पढेका थिए, र केही शिक्षक थिए। म बाइबलको ज्ञानमा तिनीहरू जत्तिको पारङ्गत थिइनँ। मैले भर्खरै परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकारेको थिएँ र सत्यताबारे त्यति धेरै बुझेको थिइनँ, त्यसैले उनीहरूले ममाथि साँच्चिकै दबाब दिए भने कसरी सम्हाल्ने भन्‍ने मलाई थाहा थिएन। मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर मलाई, तिनीहरूको सामना कसरी गर्ने थाहा छैन। बिन्ती मलाई मार्गदर्शन गर्नुहोस्, आस्था दिनुहोस्, र रक्षा गर्नुहोस्, ताकि म दृढ रहन सकूँ।” प्रार्थना गरेपछि मलाई शान्ति महसुस भयो। त्यसपछि, एक पाका डिकनले मलाई भने, “तपाईँ १० वर्षभन्दा धेरै समयदेखि क्याथोलिक हुनुहुन्छ र तपाईँ डिकन पनि हो। तपाईँले पूर्वीय ज्योतिलाई स्विकार्नुहुन्छ भन्‍ने मैले कल्पनै गरेको थिइनँ। म साह्रै खिन्न छु! ती पूर्वीय ज्योतिका मानिसहरू प्रभु फर्कनुभएको छ भन्छन्—के तपाईँले उहाँलाई देख्नुभयो? उहाँ साँच्चै फर्कनुभएको हो भने धर्मगुरुहरूलाई कसरी थाहा भएन? उनीहरूलाई बाइबलको सबै कुरा थाहा छ—उनीहरूले आफ्नो पूरै जीवन प्रभुको प्रचार र उहाँकै लागि काम गरेर बिताएका छन्, र धेरै कष्ट भोगेका छन्। यदि प्रभु फर्कनुभयो भने, उनीहरूकै सामु प्रकट हुनुहुनेछ!” त्यो बेला, मैले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीकी एक सिस्टरले यस मामिलाबारे मसँग सङ्गति गरेको कुरा सम्झेँ, उनले भनेकी थिइन्, “धेरै मानिसले प्रभु फर्कनुहुँदा पहिले धर्मगुरुहरूको सामु नै प्रकट हुनुहुनेछ भन्‍ने सोच्छन्, तर के यो दृष्टिकोण सही छ? परमेश्‍वरका वचनमा यसको कुनै आधार छ? के प्रभु येशूले कहिल्यै यो कुरा भन्नुभयो? वास्तवमा, प्रभु येशूले आफू फर्कँदा पहिले धर्मगुरुसामु प्रकट हुनेछु भनेर कहिल्यै भन्नुभएन, न त रहस्योद्घाटन पर्खनु भन्नुभयो। र उहाँले हामीलाई भन्नुभयो: ‘मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्(यूहन्‍ना १०:२७)। ‘हेर, म प्रवेशद्वारमा उभिन्छु, र ढकढक्याउँछु। यदि कुनै मानिसले मेरो आवाज सुन्छ, र मरो लागि ढोका खोलिदिन्छ भने, म ऊकहाँ गएर ऊसँगै भोजन गर्नेछु, र उसले मसँग भोजन गर्नेछ(प्रकाश ३:२०)। प्रभुका वचन एकदमै प्रस्ट छन्। यदि हामी प्रभुलाई स्वागत गर्न चाहन्छौँ भने मुख्य कुरा भनेको परमेश्‍वरको आवाज ध्यानपूर्वक सुन्नु र सत्यताको अभिव्यक्तिको खोजी गर्नु हो। यो अनुग्रहको युगमा जस्तै हो, त्यो बेला, शिष्यहरूले रहस्योद्घाटन पाएकैले प्रभु येशूलाई पछ्याएका थिएनन्, बरु तिनीहरूले प्रभु येशूद्वारा व्यक्त सत्यता सुने, अनि उहाँ नै आउनेवाला मसीह हो भनेर चिने, र तिनीहरूले परमेश्‍वरको मुक्ति पाए। तर यहुदी अगुवाहरूले प्रभु येशूले व्यक्त गर्नुभएको सत्यता स्विकार्न इन्कार गरे। तिनीहरूले उहाँको कार्यको निन्दा, बदनामी र आलोचना गरे, र अन्त्यमा उहाँलाई क्रुसमा टाँगे। यसले परमेश्‍वरको स्वभावलाई चिढ्यायो र तिनीहरूले प्रभु येशूको श्राप पाए। अहिले प्रभु येशू सर्वशक्तिमान् परमेश्‍वर, आखिरी दिनहरूको ख्रीष्ट भएर फर्कनुभएको छ, उहाँले धेरै सत्यता व्यक्त गर्नुभएको छ, जुन पवित्र आत्माका वचनहरू हुन्। यसले यो अगमवाणी पूरा गर्छ: “कान हुनेले पवित्र आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ त्यो सुनोस्(प्रकाश ३:६)। साँचो विश्‍वासी रहेका धेरै ब्रदर-सिस्टरहरूले सर्वशक्तिमान् परमेश्‍वरका वचन पढेका छन् र यी वचनहरू सत्यता हुन्, परमेश्‍वरको आवाज हो भनेर चिनेर प्रभुलाई स्वागत गरेका छन्। तर, कति धर्मगुरुहरूले परमेश्‍वरको काम र वचनहरूको सक्रियतापूर्वक खोजी गर्ने कोसिस गर्छन् र? तिनीहरूले नखोजेका र अनुसन्धान नगरेका मात्र होइन, उल्टै परमेश्‍वरका आखिरी दिनहरूको कामलाई निन्दा र आलोचना गरे, र विश्‍वासीहरूलाई साँचो मार्ग स्विकार्नबाट रोके। तिनीहरूमा सत्यताको खोजी गर्ने इच्छा थिएन। तिनीहरूले परमेश्‍वरका आवाज सुनेनन्, प्रभुका वचनहरूका आधारमा उहाँलाई स्वागत गरेनन्, बरु उहाँ फर्कनुहुँदा तिनीहरूसामु प्रकट हुनुहुनेछ भन्‍ने कुरा गरे। त्यो कसरी हुन सक्छ?” त्यसपछि, मैले यो बुझाइ डिकनहरूलाई बताएँ, तर यी शब्दहरू मेरो मुखबाट निक्लेका मात्र के थिए, एक जनाले उफ्रिएर मलाई औँल्याउँदै भने, “अहिले तपाईँलाई धेरै कुरा थाहा भएछ! तर मत्तीको सुसमाचार, अध्याय २४, पद २३—२४ मा भनिएको यो कुरा नबिर्सिनुस्: ‘त्यसपछि यदि कुनै मानिसले तँलाई: हेर, ख्रीष्ट त यहाँ हुनुहुन्छ, वा त्यहाँ हुनुहुन्छ भनेर भन्यो भने, त्यसको कुरा नपत्याओ। किनभने त्यहाँ झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू देखा पर्नेछन्, र ठूला-ठूला चिन्ह र चमत्कारहरू देखाउनेछन्, यहाँसम्‍म कि तिनीहरूले (सम्भव भए) चुनिएकाहरूलाई समेत छल गर्नेछन्।’ धर्मगुरुले भन्नुभएको छ प्रभु फर्कनुभएको र उहाँ देहधारी हुनुभएको भन्‍ने सबै दाबी झुटा हुन्। तपाईँ गहन रूपमा बहकिनुभएको छ—ढिलाइ नगरी दोष स्विकारेर प्रायश्चित गरिहाल्नुस्! तपाईँ फर्कनुभएन भने, तपाईँ निष्कासित हुन सक्नुहुनेछ, त्यसपछि पछुतो गर्न अत्यन्त ढिला भइसकेको हुनेछ!”

उनको कुरा सुनेर मलाई घृणा जाग्यो। मैले सोचेँ, “यी डिकनहरू पूरै दिन अरूलाई पवित्रशास्त्रको व्याख्या गर्नमा खर्चन्छन्, तर प्रभुको पुनरागमनजस्तो महान कुराको खोजीनिधो गर्दैनन्, र उल्टै अन्धाधुन्ध मलाई निन्दा, आलोचना गर्छन् र साँचो मार्गको अनुसन्धान गर्नबाट रोक्ने प्रयास गर्छन्। के यो फरिसीहरूजस्तै हुनु होइन?” अनि मैले उनलाई भनेँ, “आखिरी दिनहरूमा झुटा ख्रीष्टहरू देखा पर्छन् भन्‍ने कुरा साँचो हो, तर प्रभुले धेरैअघि आफू अवश्य फर्कनेछु भनी अगमवाणी गर्नुभएको थियो—यो तथ्य कुरा हो। तपाईँले भनिरहेअनुसार त, प्रभुको आगमनका सबै दाबी झुटा हुन्, अनि यो सिधै प्रभुको पुनरागमनको निन्दा होइन र? त्यसो भए, हामी उहाँलाई कसरी स्वागत गर्छौँ त? वास्तवमा, प्रभु येशूले हामीलाई झुटा ख्रीष्टहरू खुट्याउने सिद्धान्तहरूबारे बताइरहनुभएको थियो। झुटा ख्रीष्टहरू छद्म भेषी दुष्टात्मा हुन् र तिनीहरूमा परमेश्‍वरको सार हुँदैन, त्यसैले तिनीहरूले सत्यता व्यक्त गर्न सक्दैनन् र मानवजातिलाई मुक्ति दिने काम गर्न सक्दैनन्। तिनीहरूले गर्नसक्ने भनेको केवल प्रभु येशूको विगतको कामको नक्कल गर्दै, केही सङ्केत र चमत्कार देखाएर मानिसलाई भ्रमित पार्ने हो।” मैले यसअघि केही ब्रदर-सिस्टरहरूले पढेर सुनाएका सर्वशक्तिमान् परमेश्‍वरका केही वचन सम्झेँ: “वर्तमान दिनका दौरान, यदि चिन्‍हहरू र अचम्‍मका कामहरू प्रदर्शन गर्न, भूतप्रेतहरू धपाउन, बिरामीहरू निको पार्न र धेरै आश्‍चर्यकर्महरू प्रस्तुत गर्न सक्‍ने कुनै व्यक्ति प्रकट हुन्छ भने, र यदि त्यस्तो व्यक्तिले फर्किआएको येशू मै हुँ भनी दाबी गर्छ भने, यो त दुष्ट आत्माहरूद्वारा पैदा गरिएको येशूलाई नक्‍कल गर्ने नक्कली मात्र हुनेछ। यो कुरा याद गर! परमेश्‍वरले उही काम दोहोर्‍याउनुहुन्‍न। येशूको कामको चरण पहिले नै पूरा भइसकेको छ, र परमेश्‍वरले त्यो चरणको काम फेरि कहिल्यै गर्नुहुनेछैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामलाई बुझ्‍नु)। “देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ। यसमा केही पनि अत्योक्ति छैन, किनकि उहाँसँग परमेश्‍वरको सार र छ, र उहाँमा परमेश्‍वरको स्वभाव छ, र उहाँमा उहाँको कामको बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। आफैलाई ख्रीष्‍ट भन्‍ने, तर परमेश्‍वरको काम गर्न नसक्‍नेहरू ठगहरू हुन्। ख्रीष्‍ट पृथ्वीमा परमेश्‍वरको प्रकटीकरण मात्रै हुनुहुन्‍न, उहाँ त परमेश्वरले आफ्‍नो काम गर्दा र मानिसमाझ आफ्नो काम पूरा गर्दा धारण गर्नुहुने विशेष देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्‍ने देह होइन, बरु यो त पृथ्वीमा परमेश्‍वरको कामलाई पर्याप्त रूपमा वहन गर्न सक्‍ने, र परमेश्‍वरको स्वभावलाई व्यक्त गर्न सक्‍ने, अनि परमेश्‍वरलाई राम्ररी प्रतिनिधित्व गर्न सक्‍ने, र मानिसलाई आपूर्ति गर्न सक्‍ने देह हो। ढिलो वा चाँडो, ख्रीष्‍टको नक्‍कल गर्नेहरू पतन हुनेछन्, किनभने तिनीहरूले आफूलाई ख्रीष्‍ट भनी दाबी गर्ने भए पनि, तिनीहरूमा ख्रीष्‍टको कुनै पनि सार छैन। त्यसैले म भन्छु, ख्रीष्‍टको प्रामाणिकतालाई मानिसले परिभाषित गर्न सक्दैन, परमेश्‍वर स्वयम्‌ले मात्र यसको उत्तर दिन र निर्णय गर्न सक्‍नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्‍नुहुन्छ)। परमेश्‍वरका वचनले झुटा ख्रीष्टलाई साँचो ख्रीष्टबाट कसरी छुट्याउने भनेर स्पष्ट बताउँछन्। त्यसैले, मैले उनीहरूलाई भनेँ, “ख्रीष्ट भनेको देहधारण गर्नुहुने परमेश्‍वरका आत्मा हुनुहुन्छ। बाहिरबाट, ख्रीष्ट सामान्य व्यक्ति सरह देखिनुहुन्छ, तर भित्र भने परमेश्‍वरको आत्मा बसेको हुन्छ—उहाँ परमेश्‍वरको आत्माको स्वरूप हुनुहुन्छ, त्यसैले उहाँमा ईश्‍वरीय सार छ, अनि परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ, उहाँ जे हुनुहुन्छ त्यो देखाउँदै जुनसुकै ठाउँ, जुनसुकै बेला सत्यता व्यक्त गर्न सक्नुहुन्छ। उहाँ मानव मुक्ति र उद्धारको काम गर्न सक्नुहुन्छ। ख्रीष्टबाहेक, कसैले पनि सत्यता व्यक्त गर्न सक्दैन, मानवजातिलाई मुक्ति दिने त परको कुरा भयो। यसमा कुनै सन्देह छैन। तसर्थ, साँचो ख्रीष्ट र झुटो ख्रीष्ट छुट्याउने मुख्य कुरा भनेको तिनीहरूले सत्यता व्यक्त गर्न र मुक्तिको काम गर्न सक्छन् सक्दैनन् भनी हेर्नु हो। यो नै मुख्य, मूलभूत सिद्धान्त हो। यो भनेको अनुग्रहको युगमा प्रभु येशू काम गर्न आउँदाको जस्तै हो। उहाँले सत्यता व्यक्त गर्नुभयो, र मानिसलाई प्रायश्चितको मार्ग देखाउनुभयो, धेरै चमत्कारहरू देखाउनुभयो, र समस्त मानवजातिलाई छुटकारा दिलाउने काम गर्नुभयो। प्रभु येशूको काम स्विकारेर, उहाँसामु पाप स्वीकार र प्रायश्चित गरेर, हाम्रो पापलाई क्षमा गरियो र हामीले आफ्ना हृदयमा शान्ति र आनन्दको भाव पायौँ। प्रभु येशूको काम र वचन शक्ति र अख्तियारले भरिपूर्ण थिए। उहाँले परमेश्‍वरको स्वभाव, अनि उहाँसँग जे छ र जे हुनुहुन्छ त्यो देखाउनुभयो। हामी सबैलाई हृदयमा उहाँ देहधारी ख्रीष्ट र परमेश्‍वरको देखापराइ हुनहुन्थ्यो भन्‍ने थाहा छ। अहिले सर्वशक्तिमान् परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्ट आउनुभएको छ, न्यायको काम गर्दै हुनुहुन्छ, मानवजातिलाई धुने र मुक्ति दिने सबै सत्यता व्यक्त गर्दै हुनुहुन्छ। उहाँले परमेश्‍वरको कामका तीन चरण, उहाँको देहधारण जस्ता सत्यताका कैयौँ रहस्य खोल्नुभएको मात्र होइन, उहाँले शैतानद्वारा मानवजाति भ्रष्ट तुल्याउने जडको पनि खुलासा गर्नुभएको छ। सर्वशक्तिमान् परमेश्‍वरको न्याय र खुलासामार्फत हामीले हाम्रा पापको जड बुझ्न र हाम्रा शैतानी प्रकृति प्रस्ट देख्न, हृदयदेखि नै आफूलाई तिरस्कार गर्न र परमेश्‍वरसामु प्रायश्चित गर्न, अनि अन्ततः पाप फाल्न, पूर्ण रूपमा मुक्ति पाउन र परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्छौँ। परमेश्‍वर स्वयंबाहेक, आखिरी दिनहरूमा न्यायको काम कसले गर्न सक्थ्यो र? मानवजातिलाई धुने र मुक्ति दिने सारा सत्यता कसले व्यक्त गर्न सक्थ्यो र? कुनै मानवले त्यो गर्न सक्दैनथ्यो। यी तथ्यले के प्रमाणित गर्छन् भने, सर्वशक्तिमान् परमेश्‍वर फर्कनुभएका प्रभु येशू हुनुहुन्छ, आखिरी दिनहरूका ख्रीष्टको स्वरूप हुनुहुन्छ। तपाईँहरू सबैलाई म भ्रमित भएको छु भन्‍ने लाग्छ, तर किन सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू सत्यता हुन्-होइनन् भनी खोजी गर्नुहुन्न? मानवजातिलाई मुक्ति दिने सर्वशक्तिमान् परमेश्‍वरको कामको खोजविन किन गर्नुहुन्न?”

त्यहीबेला अर्का डिकनले भने, “धर्मगुरुले बारम्बार पूर्वीय ज्योतिको पुस्तक नपढ्नु भनेर भन्नुभएको छ, किनभने यसको शिक्षा धेरै उच्च छ, र सबै सम्प्रदायका कैयौँ असल भेडा र अगुवा भेडाहरू त्यो पुस्तक पढेर पूर्वीय ज्योतिमा रूपान्तरित भएका छन्। त्यसैले, हामीले पूर्वीय ज्योतिको पुस्तक पढ्नु वा प्रचार सुन्नु हुँदैन। हामी पथभ्रष्ट नहोऊँ भनेर यसो भनिएको हो।” त्यसैले, मैले उनीहरूलाई भनेँ, “म पनि तपाईँहरू सबैले सोचेजस्तै सोच्थेँ। बहकिने डरले प्रभुको आगमनबारे कुनै कुरा सुन्दिनँथेँ, पढ्दैनथेँ, न त सम्पर्क नै गर्थेँ। तर, त्यसपछि, मलाई कसैले सुसमाचार सुनायो। मैले सर्वशक्तिमान् परमेश्‍वरका वचन पढेँ, र यो गलत शैली हो भन्‍ने देखेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: ‘सत्यता स्वीकार गर्न सक्‍नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्‍नेहरूका निम्ति यो निन्दाको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्‍नुपर्छ र पवित्र आत्माको निन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तँ अज्ञानी र अहङ्कारी व्यक्ति हुनुहुँदैन, बरु पवित्र आत्माको मार्गदर्शनप्रति समर्पित हुने, सत्यताका लागि तिर्खाउने र त्यसको खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ। म तिमीहरूलाई परमेश्‍वरप्रतिको विश्‍वासको बाटो होसियारीपूर्वक हिँड्न सल्लाह दिन्छु। निचोडमा पुग्न हतार नगर; त्योभन्दा पनि, परमेश्‍वरप्रतिको विश्‍वासमा लापरवाह र असावधान नबन। तिमीहरूले जान्‍नुपर्छ कि परमेश्‍वरमा विश्‍वास गर्नेहरूमा कम्तीमा पनि नम्र र परमेश्वरको डर मान्ने हृदय हुनैपर्छ। सत्यता सुनेका तर यसलाई अवहेलना गर्नेहरू मूर्ख र अज्ञानीहरू हुन्। सत्यता सुनेका तैपनि लापरवाही रूपमा निचोडमा पुग्‍ने वा यसको निन्दा गर्नेहरू अहङ्कारद्वारा आक्रान्त हुन्छन्। येशूमा विश्‍वास गर्ने कोही पनि अरूलाई सराप्न वा निन्दा गर्न योग्य भएका हुँदैनन्। तिमीहरू सबै नै समझ भएका र सत्यता स्वीकार गर्ने व्यक्तिहरू हुनुपर्छ। … सायद केही मानिसहरूले केही वाक्यहरू मात्र पढेर, “यो पवित्र आत्माको केही अन्तर्दृष्टिबाहेक अरू केही पनि होइन” वा “यिनी मानिसहरूलाई भ्रममा पार्ने झूटा ख्रीष्ट हुन्” भनी यी वचनहरूको अन्धाधुन्ध निन्दा गर्नेछन्। यसो भन्‍नेहरू अज्ञानताद्वारा अन्धा भएका छन्। तैँले परमेश्‍वरको काम र बुद्धिबारे अत्यन्त थोरै बुझ्छस्, र म तँलाई फेरि शून्यबाट सुरु गर्न सल्लाह दिन्छु! आखिरी दिनहरूमा झुटा ख्रीष्टहरूको देखापराइको कारण परमेश्‍वरले व्यक्त गरेका वचनहरूलाई तिमीहरूले अन्धाधुन्ध रूपमा निन्दा गर्नु हुँदैन र तिमीहरू आफू भ्रमित हुने डरले गर्दा पवित्र आत्माविरुद्ध निन्दा गर्ने व्यक्ति हुनै हुँदैन। के त्यो ठूलो निराशा हुँदैनथ्यो र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्‍नुभएको हुनेछ)। परमेश्‍वरका वचनबाट मैले के जानेँ भने हामीले प्रभुको आगमनजस्तो महत्त्वपूर्ण कुराबारे अन्धाधुन्ध अनुमान गर्नु हुँदैन। यस पहिले, प्रभु येशू काम गर्न आउनुहुँदा, उहाँले धेरै सत्यता व्यक्त गर्नुभयो, धेरै चमत्कारहरू देखाउनुभयो, तर फारिसीहरूले यसको खोजी वा अनुसन्धान गरेनन्, न उहाँको शिक्षालाई नै सुने। उनीहरूले सन्की भएर उहाँको प्रतिरोध र निन्दा गरे। परिणामस्वरूप, उनीहरूले परमेश्‍वरको स्वभावलाई चिढ्याउन पुगे र उहाँद्वारा श्रापित र दण्डित भए। आखिरी दिनहरूमा, यदि हामीसँग प्रभुलाई स्वागत गर्न इच्छुक हृदय छैन, बरु अन्धाधुन्ध आलोचना र निन्दा गर्छौँ भने, हामी पनि परमेश्‍वरविरुद्ध फारिसीहरूकै मार्गमा हिँड्ने सम्भावना हुन्छ। परमेश्‍वरले हामीलाई सत्यता खोजी गर्न लालायित समझदार व्यक्ति बन्नु भन्नुहुन्छ। हामी कुनै खोजी गर्दैनौँ, बरु सोचविचार नगरी धर्मगुरुहरूको कुरा मात्र सुन्छौँ, र प्रभुलाई उहाँकै वचनका आधारमा स्वागत गर्दैनौँ भने, हामी परमेश्‍वरलाई प्रतिरोध गर्न पुग्नेछौँ र दण्डित हुनेछौँ।” एउटा डिकनले रिसाउँदै भने, “क्याथोलिक धर्म नै एक मात्र साँचो मार्ग हो। प्रभुमा हाम्रो विश्‍वासका लागि हामीलाई चाहिने भनेको बाइबल नै हो!” मेरो बुबाले कठोर नजरले हेर्दै भन्नुभयो, “तिमी भ्रमित भएको कुरालाई लिएर सबै चिन्तित छन्। अनि, हामी पुस्तौँदेखि क्याथोलिक परिवार रहेका छौँ। त्यो कसरी गलत हुन सक्छ? तिमी किन यति अवज्ञाकारी भएको?” मैले उहाँलाई भनेँ, “प्रभुमा विश्‍वास गर्नुमा केही गलत छैन, तर अहिले उहाँ नयाँ काम गर्दै हुनुहुन्छ। हामी यसअनुसार चलेनौँ भने पाखा लगाइने छौँ। परमेश्‍वरको नयाँ कामसँग गति मिलाउनु हामीले स्वर्गको राज्यमा प्रवेश पाउने एक मात्र उपाय हो।” तर मैले भनेका यी सबै कुरा बहिरा कानमा परे। मलाई महसुस भयो उनीहरूसँग हैसियत र बाइबली ज्ञान भएपनि, उनीहरूले परमेश्‍वरको आवाज बुझेका छैनन्, र खोजी गर्ने कुनै इच्छा छैन। त्यसपछि मलाई केही भन्न मन लागेन। सर्वशक्तिमान् परमेश्‍वरमा मेरो आस्था दृढ रहेको देखेर, तिनीहरू घरबाट निस्केर गए।

मैले सोचेको थिएँ तिनीहरूले अब मलाई झमेला गर्दैनन्, तर अचम्म, हाम्रो गाउँको एउटा पाका डिकनले आगोमा घिउ थप्दै मेरा आमाबुबालाई मेरी श्रीमती र मैले गलत बाटो समातिरहेका र हामीलाई यही मण्डलीमा ल्याउने कुनै उपाय सोच्नु भन्न थाले। मेरी आमाले उनको कुरा सुन्नुभयो, त्यसपछि मलाई सल्लाह दिनुभयो, “यो गाउँमा तिमी र तिम्री श्रीमती मात्रै सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्छौ। तिमीहरू दुईलाई भन्दा धर्मगुरुहरूलाई बाइबल राम्रोसँग थाहा छ, अनि उनीहरूले धर्म परिवर्तन किन गरेनन्? त्यो आस्था छोडिदेओ!” उहाँले भन्दै जानुभयो, त्यसपछि रुन थाल्नुभयो। मैले जसरी सङ्गति गरेपनि, मेरी आमाले त्यो सुन्नुभएन। त्यसपछि, उहाँ हरेक केही दिनमा रुँदै हाम्रो घर आइरहनुभयो। एक पटक आधा रातमा, ढोका खट्खटाएको आवाजले म बिउँझेँ। ढोका खोलेर हेर्दा आमालाई देखेँ, उहाँले रुँदै चिच्याउँदै भन्नुभयो, “तिमीहरूले सर्वशक्तिमान् परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि म राम्रोसँग सुत्न सकेकी छैन। मैले यतिका वर्ष तिमीलाई हुर्काएँ—मेरो कुरा किन सुन्दैनौ। मेरो कुरा सुन र प्रभुमाथिको आस्थामा फर्केर आओ!” मैले उहाँलाई भनेँ, “क्याथोलिक मण्डलीमा, हामीले प्रभु येशूमा विश्‍वास गर्दथ्यौँ, र अब हामी प्रभु येशूको पुनरागमनमा विश्‍वास गर्दछौँ। उहाँ सोही प्रभु हुनुहुन्छ। प्रभु येशूको छुटकाराको काम हाम्रो पापलाई क्षमा गरिदिनु मात्र थियो, हाम्रो पापी प्रकृतिबाट हामीलाई छुटकारा दिनु होइन। उहाँको कामले हामीलाई पापबाट पूर्ण मुक्ति दिएको थिएन। प्रभु येशू आखिरी दिनहरूमा सर्वशक्तिमान् परमेश्‍वर भएर फर्कनुभएको छ। उहाँले प्रभु येशूको छुटकाराको कामको जगमा रही मानिसलाई पूर्ण रूपमा धुन र मुक्ति दिन सत्यताहरू व्यक्त गर्दै न्यायको काम गर्दै हुनुहुन्छ। परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकार्नु शुद्धीकरण हुने, पूर्ण रूपमा मुक्ति पाउने र स्वर्गको राज्यमा प्रवेश गर्ने हाम्रो एक मात्र मौका हो। मैले थुमाको पदचाप समातेको छु र स्वर्गको राज्यमा जाने मार्ग भेटेको छु। म त्यो मण्डलीमा फर्केर जाँदिनँ।” तर, मेरी आमाले कुरै सुन्नुभएन। आफूले जे भनेपनि मलाई सर्वशक्तिमान् परमेश्‍वरमाथिको विश्‍वासमा दृढ रहेको देखेर उहाँ जोड जोडले सुँक्क सुँक्क गर्न थाल्नुभयो। उहाँलाई यति धेरै पीडामा देखेर मलाई निकै नराम्रो लाग्यो। म सधैँ आमाबुबासँग अत्यन्त घनिष्ठ रहँदै आएको थिएँ, तर अहिले उहाँहरूले मलाई बुझ्नै सकिरहनुभएको थिएन, र डिकनहरूले मलाई सताउने र दिक्क लगाउने गरिरहेका थिए। किन आस्थाको यो मार्ग यति कठिन छ? म कसरी हिँड्नुपर्छ होला? त्यसबेला, मैले सर्वशक्तिमान् परमेश्‍वरले भनेको कुरा सम्झेँ: “निराश नबन्, कमजोर नबन्, अनि म तेरा लागि कामकुरा स्पष्ट बनाउनेछु। राज्यमा पुग्‍ने मार्ग सहज छैन; कुनै पनि कुरा त्यति साधारण छैन! तिमीहरूकहाँ आशिष सहजै आएको नै तिमीहरू चाहन्छौ, होइन र? आज सबैले तितो परीक्षाको सामना गर्नु पर्नेछ। यस्तो परीक्षाविना मेरा निम्ति तिमीहरूसँग भएको प्रेमिलो हृदय अझ बलियो हुन सक्दैन अनि तिमीहरूमा मेरो निम्ति साँचो प्रेम हुनेछैन। यस्ता परीक्षाहरू स-साना परिस्थितिहरूले भरिएका भए तापनि सबैले यसबाट पार भएर नै जानुपर्नेछ; यति मात्र हो कि, परीक्षाहरूको चरमता फरक-फरक हुन्छ। … तिनीहरू, जसले मेरा तिक्तताहरू बाँड्छन्, तिनीहरूले पक्कै पनि मेरो मिठास पनि बाँड्नेछन्। तिमीहरूका निम्ति मेरो प्रतिज्ञा अनि आशीर्वाद यही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ४१)। परमेश्‍वरका वचनले मलाई लज्जित महसुस गराए। मैले परमेश्‍वरमाथिको विश्‍वास सहज हुनेछ, कुनै कष्टविना मैले मुक्ति पाउन सक्नेछु भन्‍ने आशा गरेको थिएँ, तर यथार्थमा त्यस्तो रहेनछ। स्वर्गको राज्य जाने मार्ग सहज छैन, हामीले सबै प्रकारका दमन, परीक्षा, सङ्कष्ट र पीड़ाको भोगाइ अनुभव गर्नेछौँ। तर परमेश्‍वरले हाम्रा यी चुनौतीपूर्ण परिस्थितिहरू उहाँप्रतिको हाम्रो आस्था र प्रेमलाई सिद्ध बनाउन प्रयोग गर्नुहुन्छ। यो हाम्रा लागि परमेश्‍वरको आशिष् हो। मैले प्रभु येशूलाई धेरैअघि पछ्याएका शिष्यहरूलाई सम्झेँ। तिनीहरूले त्यति धेरै सत्यता सुनेका थिएनन्, तर दमन र कठिनाइको सामना हुँदा प्रभुमाथिको आफ्नो आस्था कायम राख्न सक्षम थिए। मैले फर्कनुभएका प्रभुलाई स्वागत गर्ने, आखिरी दिनहरूमा परमेश्‍वरले व्यक्त गर्नुभएका सत्यताहरू पढ्ने, र पूर्ण मुक्तिको मार्ग पत्ता लगाउने सौभाग्य पाएको थिएँ। मैले केवल आमाको अवरोधका कारण साँचो मार्ग छोड्न, अनि सत्यता र जीवन पाउने मौका गुमाउन मिल्दैनथ्यो।

त्यसपछि, मेरी आमा जतिबेला पनि मेरो सामु रुने गरिरहनुभयो, र मैले सर्वशक्तिमान् परमेश्‍वरमा आस्था राखिरहेँ भने मसँग सम्बन्ध तोड्नेछु, र हामी आफ्नो अलग अलग बाटो जानेछौँ पनि भन्नुभयो। उहाँलाई यस रूपमा देख्नु मेरा लागि साँच्चिकै पीडादायी थियो। मलाई पालनपोषण गर्नु उहाँका लागि सजिलो रहेको थिएन। उहाँ मलाई धेरै माया गर्नुहुन्थ्यो, सधैँ मेरो ख्याल राख्नुहुन्थ्यो र मेरो धेरै चिन्ता गर्नुहुन्थ्यो। उहाँको उमेर ६६ वर्ष भइसकेको थियो र स्वास्थ्य पनि राम्रो थिएन। मैले उहाँप्रति सन्तानको धर्म निर्वाह नगरेको मात्र होइन, हर समय उहाँलाई धेरै दुःखित पनि बनाइरहेको थिएँ। उहाँ बिरामी हुनुभयो भने मेरो अन्तरात्माले यो सहन सक्ने थिएन। यो सोच्दै गर्दा, म केही कमजोर महसुस गर्दै थिएँ, र म उहाँप्रति साँच्चिकै ऋणी छु भन्‍ने लाग्यो। मैले मेरा ब्रदर-सिस्टरहरूलाई मेरो स्थितिबारे खुलेर बताएँ, र उनीहरूले मलाई परमेश्‍वरका वचनको एउटा खण्ड पढेर सुनाए: “तैँले सत्यताका लागि कष्ट भोग्‍नैपर्छ, तैँले सत्यताका लागि आफ्नो बलिदान गर्नैपर्छ, तैँले सत्यताका लागि अपमान सहनैपर्छ, र अझै बढी सत्यता प्राप्त गर्नका खातिर तैँले अझै बढी कष्ट भोग्नैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। पारिवारिक सौहार्दको आनन्द उठाउनका खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन र अल्पकालिन आनन्दका खातिर तैँले जीवनभरको इज्जत र सत्यनिष्ठालाई गुमाउनु हुँदैन। तैँले सुन्दर र असल सबै कुरा पछ्याउनुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्ग पछ्याउनुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। त्यो सही कुरा हो। मलाई प्रस्टसँग थाहा थियो परमेश्‍वरका वचन सत्यता हुन्, र मैले मेरो पछ्याइका लागि सबथोक त्याग्नुपर्छ, तर मेरी आमाको आँसु र वेदना देखेर, म सङ्कुचित भएँ। सोचेँ, उहाँको छोरा भएको नाताले उहाँलाई एकदमै दुःखित बनाउनु बाबुआमाप्रतिको धर्म ननिभाउनु हो। तर वास्तवमा, आमाले मलाई पालनपोषण गरेको, माया र रेखदेख गरेको, र मैले सन्तानको धर्म निभाउँदै हाम्रो दैनिक जीवनमा उहाँको हेरचाह गर्नुपर्ने भएपनि, मेरो यो जीवन परमेश्‍वरले दिनुभएको थियो र उहाँले मात्र मलाई मुक्ति दिन सक्नुहुन्थ्यो। अहिले मैले परमेश्‍वरको आवाज सुन्ने, आखिरी दिनहरूमा परमेश्‍वरको अनुग्रह र मुक्तिको मौका पाउने सौभाग्य पाएको थिएँ। मैले परमेश्‍वरलाई पछ्याएर उहाँको प्रेम चुकाउनु पर्ने थियो। प्रभु येशूले भन्नुभएको थियो: “यदि कुनै मानिस मकहाँ आउँछ, र आफ्‍नो बाबु, र आमा, र पत्‍नी, र छोराछोरी, र दाजुभाइ-दिदीबहिनीलाई, अँ अनि, उसको आफ्‍नै जीवनलाई घृणा गर्दैन भने, ऊ मेरो चेला हुन सक्दैन(लूका १४:२६)। मैले शान्तिपूर्ण पारिवारिक जीवनको क्षणिक आनन्दका लागि साँचो मार्ग छोड्न र परमेश्‍वरलाई धोका दिन सक्दिनथेँ। यो बुझेपछि, म दुःखित हुन छाडेँ।

पछि, मैले सर्वशक्तिमान् परमेश्‍वरका वचनको अर्को खण्ड पढेँ: “परमेश्‍वरले मानिसहरूमा गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानवको बन्दोबस्त वा हस्तक्षेपबाट जन्मेको होस्। तर पर्दापछाडि, कार्यको प्रत्येक चरण, र हुने सबै कुरा शैतानले परमेश्‍वरसँग थापेको बाजी हो, र यसका लागि मानिसहरू परमेश्‍वरको गवाही दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दापछाडि शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो, त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको बाधा थियो। तिमीहरूमा परमेश्‍वरले गर्ने कार्यको प्रत्येक कदमपछाडि शैतानले परमेश्‍वरसँग थापेको बाजी हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। यो खण्ड पढेपछि, मैले के बुझेँ भने बाहिरबाट मेरी आमाले मलाई रोकिरहेको जस्तो देखिएपनि यसको पछाडि शैतानको अवरोध र चालबाजी थियो। शैतानले मेरी आमाप्रतिको मैले निर्वाह गर्नुपर्ने सन्तानको धर्म प्रयोग गरेर आक्रमण गर्दै थियो, ताकि मैले परमेश्‍वरलाई धोका दिऊँ र मुक्तिको मौका गुमाऊँ। मैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामबारे मेरी आमासँग धेरै पटक सङ्गति गरेको थिएँ, तर उहाँले कहिल्यै यसको खोजी वा अनुसन्धान गर्नुभएन। उहाँ केवल हैसियत र शक्तिको प्रशंसा गर्नुहुन्थ्यो, र धर्मगुरु र डिकनहरूको कुरा सुन्नुहुन्थ्यो। उहाँ अहिले निक्कै दुःखी हुनुभएको, उहाँमा सुझबुझको अभाव भएको, र अरूले भनेका कुरामा अन्धाधुन्ध विश्‍वास गरेका कारणले थियो। मेरो आस्थाको कारणले होइन। यो बुझाइले मलाई धेरै स्वतन्त्र बनायो र शैतान कति दुष्ट र नीच छ भन्‍ने मैले स्पष्ट रूपमा देखेँ। परमेश्‍वरको कामले मानिसलाई मुक्ति दिन्छ, तर शैतानले मानिसलाई लोभ्याउँदै परमेश्‍वरबाट पर बस्न, उहाँलाई धोका दिलाउन हरेक प्रयास गर्दछ। म यसको चालमा नफसी आफ्नो गवाहीमा दृढ हुनु थियो।

पछि, म सुसमाचार बताउन एक जना मण्डली साथीको घर गएँ, तर त्यहाँ त धर्मगुरु रहेछन्। मलाई देखेर, उनले मेरो दुवै पाखुरा समातेर गम्भीरतापूर्वक भने, “तपाईँ अझै पूर्वीय ज्योति प्रचार गर्दै हुनुहुन्छ। तपाईँले प्रायश्चित गर्नुभएन भने, म तपाईँलाई प्रहरीकहाँ लैजानेछु।” म अझैपनि झुकिनँ। त्यसपछि, उनले चिप्लो घस्दै भने, “मैले तपाईँलाई एउटा महत्त्वपूर्ण पदका लागि तयार गर्ने योजना बनाइरहेको थिएँ। तपाईँले हाम्रो उत्तरी क्षेत्रका सबै मण्डलीहरूको व्यवस्थापन गर्नुहोस् भन्‍ने म चाहन्थेँ। मैले तपाईँ पूर्वीय ज्योतिमा जानुहुन्छ भनेर कहिल्यै सोचेको थिइनँ। कति निराशाजनक! यदि तपाईँ अहिले फर्कनुहुन्छ भने म अझै पनि तपाईँलाई प्रमुख डिकन बनाउनेबारेमा विचार गर्नेछु। यदि तपाईँ होसमा आउनुहुन्न भने, म तपाईँलाई मण्डलीबाट तुरुन्त निकाल्छु र अरू विश्‍वासीहरूलाई तपाईंसँग सम्बन्ध तोड्न भन्‍नेछु। तपाईँले विगतमा गरेका सबै प्रयास र कार्य व्यर्थ हुनेछ।” उनले त्यसो भनेपछि, मैले सोचेँ, उनले पहिले मलाई प्रशिक्षित गर्नेबारेमा कहिल्यै कुरा गरेका थिएनन्, अब मैले परमेश्‍वरका आखिरी दिनहरूको कार्य स्वीकार गरेपछि उनले किन त्यसो गर्लान् र? ती धर्मगुरुले मलाई हैसियतको घुस दिन चाहन्थे, ताकि म परमेश्‍वरलाई धोका दिऊँ। त्यो शैतानको चाल थियो! यदि मैले पदका लागि साँचो मार्ग छोडेर परमेश्‍वरलाई धोका दिएँ भने, मैले मुक्ति पाउने र स्वर्गको राज्यमा प्रवेश गर्ने मौका गुमाउनेछु। त्यो अवस्थामा, मैले हैसियत प्राप्त गरेपनि, यसको के नै अर्थ रहन्थ्यो र? अन्त्यमा म हटाइने र दण्डित हुने थिएँ! मैले ती सबै कुरा धर्मगुरुलाई भनेँ, र त्यो सुनेर उनी निकै रिसाए। मैले भनेका कुरा खण्डन गर्न नसकेर, उनले मलाई त्यहाँबाट यसो भन्दै खेदाउन खोजे, “यहाँबाट निस्किहाल! उप्रान्त यता छेउछाउ कतै प्रचार नगर्नू, नत्र म प्रहरीलाई खबर गर्नेछु!” यसो भन्दै उनले मलाई घचेटेर ढोकाबाहिर निकाले। घर जाँदै गर्दा मैले सोचेँ: धर्मगुरु भएर प्रभुको पुनरागमनजस्तो महत्त्वपूर्ण कुरामा खोजी नगर्ने, विश्‍वासीहरूलाई निन्दा, प्रतिरोध गर्ने र अनुसन्धान गर्नबाट रोक्ने, मलाई पक्राउ गराउने धम्की दिने, उनी साँचो विश्‍वासी होइनन्। पछि, जब मेरी आमाले हामीलाई आफ्नो आस्थामा निकै दृढ रहेको देख्नुभयो, तब उहाँले हाम्रो मार्गमा तगारो बन्ने कोसिस छोडिदिनुभयो, र पाका डिकनले यसो गर्नु भनेकाले मात्रै हामीलाई सधैँ आफूले रोक्न खोजिरहेको बताउनुभयो। मलाई निकै रिस उठेको थियो। मैले प्रभुले फारिसीहरूलाई निन्दा गरेको कुरा सम्झेँ: “धिक्‍कार छ, तिमीहरू शास्त्री र फरिसीहरू, ढोङ्गीहरू हो; किनभने तिमीहरूले मानिसहरूका विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ, र तिमीहरू आफै पनि प्रवेश गर्दैनौ; र प्रवेश गरिरहेकाहरूलाई तिमीहरू प्रवेश दिँदैनौ। … धिक्‍कार छ, तिमीहरू शास्त्री र फरिसीहरू, ढोङ्गीहरू हो; किनभने तिमीहरू एक जनालाई यहूदी मतमा ल्याउन समुद्र र भूमि चहार्छौ; र जब त्यो यहूदी मतमा आउँछ, तब तिमीहरूले त्यसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको छोरा बनाउँछौ(मत्ती २३:१३,१५)। सर्वशक्तिमान् परमेश्‍वरका वचनहरूको एउटा खण्डले यसो भन्छः “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू छन् तर उनीहरूमध्ये एक जनाले पनि परमेश्‍वरको कामको उद्देश्य बुझ्दैन। उनीहरूमध्ये एक जना पनि परमेश्‍वरलाई जान्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्‍वरका अभिप्रायअनुसारको हुने बारेमा त कुरै नगरौँ। उनीहरू सबैजना ‘परमेश्‍वर’ लाई भाषण दिन उचाइमा उभिएका व्यर्थका नीच मानिसहरू हुन्। उनीहरू परमेश्‍वरको ध्वजा बोके तापनि जानाजानी परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्, जो परमेश्‍वरमा विश्‍वास गरेको पर्चा बोक्छन् जबकि मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिस मान्छेको आत्मा निल्ने दियाबलसहरू हुन्, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूलाई बाधा दिने पिशाचका प्रमुख हुन्, र परमेश्‍वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधा-अड्चनहरू हुन्। उनीहरू ‘स्वस्थ विधान’ भएका जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्‍वरको प्रतिरोध गर्न अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्‍ने कुरा उनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन्? उनीहरू मानव आत्मा निल्न समर्पित जीवित शैतान हुन् भन्‍ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई नचिन्‍ने सबै मानिस परमेश्‍वरको प्रतिरोध गर्ने मानिस हुन्)। परमेश्‍वरका वचनको खुलासाबाट मैले के देखेँ भने धार्मिक संसारका आजका अगुवाहरू फरिसीजस्तै हुन्। सारमा, उनीहरू सत्यतालाई घृणा गर्ने र परमेश्‍वरलाई आफ्नो शत्रु बनाउने ख्रीष्टविरोधीहरू हुन्। पहिले, फारिसीहरूले पागलजस्तै हर प्रकारका अफवाह बुन्दथे, प्रभु येशूको प्रतिरोध र निन्दा गर्दथे, र विश्‍वासीलाई भ्रमित बनाएर उहाँलाई पछ्याउनबाट रोक्थे। तिनीहरूले आफ्नो हैसियत र आम्दानीको स्रोत टिकाउन त्यसो गर्थे। अहिले, धार्मिक संसारका अगुवाहरूलाई सर्वशक्तिमान् परमेश्‍वरबाट व्यक्त सबै कुरा सत्यता हुन्, साँचो विश्‍वासीले यसलाई पढ्ने बित्तिकै परमेश्‍वरको आवाज चिनिहाल्छन् भन्‍ने थाहा छ। तिनीहरूलाई सबैले परमेश्‍वरलाई पछ्याउनेछन्, अनि आफूलाई प्रशंसा र सहयोग गर्न छोड्नेछन् भन्‍ने डर छ। त्यसैले, तिनीहरूले आफ्नो हैसियत र जीविकोपार्जन जोगाउन पवित्रशास्त्रलाई गलत व्याख्या गर्न पनि हिचकिचाउँदैनन्, र तिनीहरूले प्रभु फर्कनुभएको सबै दाबी झुटा हुन्, परमेश्‍वर देहमा आउनुभएको सबै प्रचार झुटा हुन्, भन्दै भ्रान्तिहरू फैलाउँछन्, ताकि विश्‍वासीहरूले प्रभुको आगमनको प्रचार गर्नेहरूको कुरा नसुनुन्, विश्‍वास नगरुन् वा तिनीहरूसँग सम्पर्क नगरुन्। कसैले परमेश्‍वरको नयाँ काम स्वीकार गरेको देख्ने बित्तिकै, उनीहरूलाई रोक्न आफ्नो शक्तिले भ्याएसम्म सबै गर्छन्, यहाँसम्म कि सुसमाचार प्रचार गर्नेलाई शैतानी शासनको हातमा सुम्पन्छन्। यी धार्मिक अगुवाहरू आफूले प्रभुलाई स्वागत गर्नु त परै जाओस्, तिनीहरूले विश्‍वासीहरूलाई समेत दह्रोसँग आफ्नो मुट्ठीमा राख्छन्, ताकि सबैले परमेश्‍वरको प्रतिरोध गर्ने, विपत्तिमा पर्ने, र दण्डित हुने कुरामा तिनीहरूलाई पछ्याऊन्। तिनीहरू अत्यन्त दुष्ट र नीच हुन्छन्! तिनीहरू परमेश्‍वरले खुलासा गरेझैँ आखिरी दिनहरूका ख्रीष्टविरोधीहरू हुन्, र परमेश्‍वरबाट श्रापित हुन लायक छन्! त्यस बेलादेखि, तिनीहरूले मलाई जतिसुकै दिक्क वा अवरोध गरेपनि, म आफ्नो आस्थामा दृढ़ रहेर सुसमाचार सुनाइरहेँ।

मेरो आस्थामा अवरोध भइरहँदाको समयमा, म परमेश्‍वरको प्रेम महसुस गर्न सक्थेँ। परमेश्‍वरका वचनले शैतानको परीक्षा र बाधाहरूमाथि विजय पाउन बारम्बार मार्गदर्शन गरे। मैले यी धर्मगुरु र डिकनहरू परमेश्‍वरविरुद्ध लाग्ने ख्रीष्टविरोधी रहेको, र मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्नबाट रोक्ने अवरोधहरू हुन् भन्‍ने स्पष्ट देखेँ। मैले तिनीहरूलाई मेरो हृदयबाटै इन्कार गरेँ, र सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउने मेरो आस्थामा दृढ रहेँ।

अघिल्लो:  ९८. जाइलाग्दा सिकेका पाठहरू

अर्को:  १००. इमान्दारीपूर्वक बोलेर मैले के सिकेँ

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger