१८. बढुवा हुने मेरो आशा चकनाचूर हुँदा
सन् २०२० को नोभेम्बरमा, मैले नयाँ विश्वासीहरूलाई मलजल गर्ने अभ्यास गर्न थालेँ। त्यसको लगत्तै, अगुवाले मलाई समूहका भेलाहरू सञ्चालन गर्ने जिम्मेवारी लिन लगाइन्। मैले मनमनै सोचेँ, “अगुवाले मलाई महत्व दिन्छिन् जस्तो देखिन्छ, के उनले मलाई संवर्धन गरिरहेकी हुन सक्छ? मैले कडा मेहनत गरेँ भने, सायद मेरो बढुवा हुन सक्छ।” त्यसैले म समूहमा कसैले कुनै समस्याको कुरा उठाउँदा, म सक्रिय भई जवाफ दिन्थेँ। कुनै कुरा नबुझेका नयाँ ब्रदर-सिस्टरहरूलाई देख्दा, म उत्साहसाथ उनीहरूलाई मदत गर्थेँ। पछि, समूहमा दुई जना अगुवा चुन्नुपर्ने भयो, र मैले सोचेँ, “मैले यो कर्तव्य गर्न थालेको धेरै समय नभए पनि, मलाई समूहको महत्त्वपूर्ण सदस्य मानिन्छ, अगुवाले मलाई झन्-झन् धेरै नयाँ विश्वासीहरूलाई मलजल गर्न लगाउनुभएको छ, र सबैले मलाई सम्मान गर्छन्, त्यसैले म अगुवाका रूपमा चुनिनुपर्छ, होइन र?” तर मैले नसोचेको कुरा भयो, मभन्दा कम समयदेखि नयाँ विश्वासीहरूलाई मलजल गरिरहेका दुई सिस्टर अगुवा चुनिए। त्यसबाहेक, ती दुई सिस्टर सुरुमा आउँदा, मैले नै उनीहरूलाई यो कर्तव्य निर्वाहसम्बन्धी सिद्धान्तहरूमा सङ्गति गरेकी थिएँ। सिद्धान्तहरूको कुरा गर्दा, उनीहरूले मैलेभन्दा धेरै बुझेका थिएनन्, र मलजल गरिएका मानिसहरूको सङ्ख्या र कर्तव्यका नतिजाहरूको कुरा गर्नुपर्दा त, उनीहरू मभन्दा धेरै पछाडि थिए। मेरो साटो उनीहरू किन चुनिए? ब्रदर-सिस्टरहरूले मलाई के सोच्नेछन्? के उनीहरूले भर्खरै आएका सिस्टरहरूभन्दा म कमसल छु भन्नेछन्? यसबारे जति सोचेँ, उति नै मलाई रिस उठ्यो र दुःख लाग्यो। आगामी केही दिनसम्म, मैले खाँदा र सुत्दासमेति त्यसबारे सोच्न छोडिनँ, र मैले आफ्नो हृदय शान्त पार्नै सकिनँ। मलाई आफूले जति गरे पनि वा जति कष्ट भोगे पनि, कसैले देखेन र सबै व्यर्थ भयो भन्ने लाग्यो। त्यसपछि, मैले आफ्नो कर्तव्य गरिरहे पनि, मैले आफ्नो प्रेरणा गुमाएँ। समूहमा कसैले कुनै समस्याको कुरा उठाउँदा, म जवाफ दिने कष्ट गर्न सक्दिनथेँ। म सोच्थेँ, “म अगुवा होइन, त्यसैले बोल्ने कष्ट किन गर्नु? जे भए नि ढिलो-चाँडो कसैले त जवाफ दिनेछ।” ब्रदर-सिस्टरहरूले मलाई भेला सञ्चालन आग्रह गर्दा, मैले त्यो गर्न चाहिनँ। मैले सोचेँ, “यसको के काम र? भेला सञ्चालन गर्नुमा वास्तविक हैसियत छैन, र यसले गर्दा कसैले मलाई सम्मान गर्नैछैन। यसबाहेक, यदि मैले भेलाको समयमा व्यावहारिक अनुभवात्मक बुझाइमा सङ्गति गर्न सकिनँ भने, उनीहरू सबैले ममा सत्यता वास्तविकता छैन भनेर सोच्लान् र मलाई तुच्छ ठान्लान्। यो त साँच्चै जस नपाइने काम हो।” मैले यस मामलाबारे धेरै सोचेँ, तर मलाई यो कर्तव्य गर्नै मन लागेन। तर आफ्नो कर्तव्य अस्वीकार गर्नु भनेको समर्पित नहुनु हो भन्ने लागेर, मैले मन नलागी-नलागी त्यो स्विकारेँ। त्यसपछि, म न तातो न चिसो उदासीनको स्थितिमा रहेँ, र ममा कामप्रति कुनै बोझ थिएन। बिस्तारै, मैले आफ्ना कर्तव्य झन्-झन् गाह्रो भएको पाएँ, र नयाँ विश्वासीहरूले कठिनाइहरू सामना गर्दा वा परमेश्वरको कामबारे धारणाहरू राख्दा, मलाई यी समस्याहरू समाधान गर्न कसरी सत्यतामा सङ्गति गर्ने भन्ने थाहा थिएन। झन्-झन् धेरै नवआगन्तुकहरूले नियमित रूपमा भेलामा उपस्थित हुन छोडे, र मैले आफ्नो जीवन प्रवेशमा कुनै प्रगति गरिनँ। हरेक दिन, मैले केवल झारा टारेँ, आफ्नो कर्तव्य सोचविचार नगरी गरेँ। जब मैले “परमेश्वरमा विश्वास गरेर जीवन प्राप्त नगर्दा दण्ड भोगिन्छ” भन्ने भजन सुनेँ, तब मलाई हृदयमा एकदमै असहज महसुस भयो, मानौँ मैले यस्तै गरिरहेँ भने दण्ड पाउने व्यक्ति मै हुनेछु, र मलाई हृदयमा एकदमै कष्ट महसुस भयो।
मेरो स्थिति यति खराब भयो कि तबउसो मलाई साँच्चै थाम्न सक्दिनँ भन्ने महसुस भयो। त्यसैले मैले अगुवासँग आफ्नो स्थितिबारे खुलस्त कुरा गरेँ। अगुवाले मलाई परमेश्वरका वचनको एउटा खण्ड पढेर सुनाइन्: “तिमीहरूको पछ्याइमा, तिमीहरूसँग अत्यन्तै धेरै धारणा, आशा र भविष्यहरू छन्। अहिलेको काम तिमीहरूको हैसियतको चाहना र असाधारण चाहनाहरूको काटछाँट गर्नको निम्ति हो। आशा, हैसियत र धारणाहरू सबै शैतानिक स्वभावका उत्कृष्ट प्रतिनिधित्वहरू हुन्। … तिमीहरू अब अनुयायी हौ र तिमीहरूले यस चरणको कामको बारेमा केही समझ प्राप्त गरेका छौ। यद्यपि, तिमीहरूले अझ पनि आफ्नो हैसियतको इच्छालाई पन्छाएका छैनौ। तिमीहरूको हैसियत उच्च हुँदा तिमीहरू असल तवरलेपछ्याउँछौ, तर तिमीहरूको हैसियत कम हुँदा तिमीहरू पछ्याउन छोड्छौ। हैसियतका लाभहरू सधैँ तिमीहरूको मनमा हुन्छन्। किन अधिकांश मानिसहरूले आफूलाई नकारात्मकताबाट हटाउन सक्दैनन्? के उत्तर सधैँ ‘आशाहीन सम्भावनाहरूको कारणले’ भन्ने हुँदैन र? … तैँले जति यस किसिमले खोजी गर्छस्, तैँले त्यति नै कम कटनी गर्छस्। व्यक्तिको हैसियतको इच्छा जति ठूलो हुन्छ, तिनीहरूसँग त्यति नै धेरै गम्भीर काटछाँट गरिनुपर्ने हुन्छ र तिनीहरू त्यति नै ठूलो शोधन भएर जानुपर्ने हुन्छ। यस्ता मानिसहरू बेकम्मा हुन्छन्! तिनीहरूले यी कुराहरूलाई पूर्ण रूपमा छोड्नको लागि तिनीहरूको यथेष्ट काटछाँट र न्याय गरिनुपर्छ। यदि तिमीहरू अन्त्यसम्मै यसरी पछि लाग्यौ भने, तिमीहरूले केही पनि कटनी गर्नेछैनौ। जीवनको पछि नलाग्नेहरूलाई रूपान्तरण गर्न सकिँदैन र सत्यको निम्ति नतिर्खाउनेहरूले सत्य प्राप्त गर्न सक्दैनन्। तैँले व्यक्तिगत रूपान्तरण र प्रवेशको पछि लाग्ने कुरामा ध्यान दिँदैनस्, तर परमेश्वरमाथिको तेरो विश्वासमा अवरोध गर्ने र उहाँको नजिक लानबाट तँलाई रोक्ने असामान्य इच्छा र चीजहरूमा ध्यान दिन्छस्। के ती कुराहरूले तेरो रूपान्तरण गर्न सक्छन्? के तिनीहरूले तँलाई राज्यभित्र ल्याउँछन्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?)। परमेश्वरका वचन पढेपछि, अगुवाले मलाई सम्झाइन्, “हामी हैसियतलाई जति धेरै महत्त्व दिन्छौँ, परमेश्वर हामीलाई प्रकट र काटछाँट गर्न उति नै धेरै परिस्थितिहरू बन्दोबस्त गर्नुहुन्छ, र यसले हामीलाई पछ्याइप्रतिका हाम्रा दृष्टिकोणहरू गलत छन् भनेर चिन्न र समयमै तिनलाई बदल्न सक्षम बनाउँछ। के तपाईँले ब्रदर-सिस्टरहरूले तपाईँलाई समूह अगुवा किन चुनेनन् भनेर चिन्तन गर्नुभएको छ? तपाईँका समस्याहरू वास्तवमा के हुन्? तपाईँले आफू समूह अगुवाका रूपमा चयन नहुँदा, आफ्नो कर्तव्य गर्ने प्रेरणा गुमाउनुभो। के यसले तपाईँ हैसियत पछ्याउनुहुन्छ भन्ने देखाउँदैन र? तपाईँ सधैँ हैसियत पछ्याउनुहुन्छ र देखाउनका लागि कामकुरा गर्नुहुन्छ, तपाईँलाई हैसियत दिइए पनि, के तपाईँ काम राम्ररी गर्न सक्नुहुन्छ?” मैले अगुवाको सम्झौटोमार्फत परमेश्वरका वचनका आधारमा आत्मचिन्तन गर्न थालेँ। मैले यो कर्तव्य गर्न सुरु गर्दा, अगुवाले मलाई प्रायः भेलाहरू सञ्चालन गर्न लगाउँथिन्, र मलाई मलजल गर्न खटाइएका नयाँ विश्वासीहरूको सङ्ख्या बढ्दै गयो। मलाई आफूलाई महत्त्व दिइएको अनि बढुवा र संवर्धन गरिने व्यक्तिका रूपमा हेरिएको महसुस भयो, र त्यसपछि म आफ्नो कर्तव्यमा एकदमै उत्प्रेरित भएँ। चाहे भेलामा सङ्गति गर्नु होस् वा नयाँ विश्वासीहरूलाई मलजल गर्नु होस्, म ठूलो बोझको बोध महसुस गर्थेँ। तर पछि, मभन्दा कम समयदेखि नयाँ विश्वासीहरूलाई मलजल गरिरहेका दुई सिस्टर समूह अगुवा चुनिए, र म निराश भएँ। मलाई अगुवाले उनीहरूलाई महत्त्व दिएकी, र ब्रदर-सिस्टरहरूले उनीहरूलाई मान र प्रशंसा गरेका महसुस भयो, जबकि म समूहमा भए पनि केही फरक पर्दैनथ्यो, र त्यसैले मेरो कर्तव्य गर्ने प्रेरणा अचानक हरायो, र मैले समूहका समस्याहरूलाई वास्ता गर्न छोडेँ। विशेष गरी ब्रदर-सिस्टरहरूले मलाई भेलाहरू सञ्चालन गर्न चयन गर्दा, मैले यो कर्तव्य महत्त्वहीन छ र यसले मलाई अरूको प्रशंसा र महत्त्व पाउन दिनेछैन भन्ने सोचेँ, र त्यसैले मैले झारा टार्ने तरिकाले मात्र कर्तव्य निर्वाह गरेँ। यही बेला मैले आफ्नो स्थिति ठ्याक्कै परमेश्वरले खुलासा गरेको जस्तै देखेँ: “तिमीहरूको हैसियत उच्च हुँदा तिमीहरू असल तवरलेपछ्याउँछौ, तर तिमीहरूको हैसियत कम हुँदा तिमीहरू पछ्याउन छोड्छौ। हैसियतका लाभहरू सधैँ तिमीहरूको मनमा हुन्छन्।” मैले पछ्याइरहेको कुरा प्रतिष्ठा र हैसियत थियो।
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ: “ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो, र तिनीहरूको जीवनभरको लक्ष्य हो। तिनीहरूले गर्ने सबै कुराहरूमा, तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले पहिलोपटक सोच्ने कुरा यही हो, जुन तिनीहरूमा ख्रीष्टविरोधीहरूमा भएको स्वभाव र सार छ भन्ने कुराको प्रमाण हो; त्यसकारण तिनीहरू कामकुरालाई यसरी विचार गर्छन्। … ख्रीष्टविरोधीहरूले पनि परमेश्वरमा विश्वास गर्ने भए पनि, तिनीहरू आफ्नो प्रतिष्ठा र हैसियतको पछ्याइलाई परमेश्वरमाथिको विश्वास बराबर मान्छन् र यी दुई कुरालाई समान स्तरमा राख्छन्। भन्नुको मतलब, परमेश्वरमा विश्वास गर्ने मार्गमा हिँड्दा, तिनीहरूले आफ्नै प्रतिष्ठा र हैसियत पनि पछ्याउँछन्। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूका हृदयमा, परमेश्वरमाथिको तिनीहरूको विश्वासमा सत्यताको पछ्याइ भनेको प्रतिष्ठा र हैसियतको पछ्याइ हो, अनि प्रतिष्ठा र हैसियतको पछ्याइ भनेको सत्यताको पछ्याइ पनि हो; प्रतिष्ठा र हैसियत प्राप्त गर्नु भनेको सत्यता र जीवन प्राप्त गर्नु हो। यदि तिनीहरूलाई आफ्नो कुनै ख्याति, लाभ वा हैसियत छैन, कसैले पनि तिनीहरूलाई आदरभावले हेर्दैन, सम्मान गर्दैन, वा पछ्याउँदैन भन्ने लाग्यो भने, तिनीहरू अत्यन्तै निराश हुन्छन्, परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ छैन, कुनै मूल्य छैन भन्ने ठान्छन्, र तिनीहरूले मनमनै भन्छन्, ‘के परमेश्वरमाथिको त्यस्तो विश्वास असफलता हो? के म आशाहीन छैनँ र?’ तिनीहरू प्रायः आफ्ना हृदयमा त्यस्ता कुराहरूको हिसाबकिताब गर्छन्। तिनीहरू आफ्ना लागि परमेश्वरका घरमा कसरी स्थान बनाउन सकिन्छ, मण्डलीमा कसरी उच्च प्रतिष्ठा प्राप्त गर्न सकिन्छ, कसरी मानिसहरूलाई तिनीहरूको कुरा सुन्न लगाउन सकिन्छ, र तिनीहरूले काम गर्दा समर्थन गराउन सकिन्छ, आफू जहाँ भए पनि मानिसहरूलाई कसरी तिनीहरूलाई पछ्याउन लगाउन सकिन्छ, र कसरी मण्डलीमा प्रभाव जमाउन सकिन्छ, अनि ख्याति, लाभ, र हैसियत पाउन सकिन्छ भनेर हिसाबकिताब गर्छन्—तिनीहरूले हृदयमा साँच्चै यस्ता कुराहरूमा ध्यान दिन्छन्। त्यस्ता मानिसहरूले पछ्याउने कुरा यिनै हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचनहरूले प्रतिष्ठा र हैसियत पछ्याउने ख्रीष्टविरोधीहरूको साँचो स्थिति र अवस्थालाई पूर्ण रूपमा खुलासा गर्छन्। मैले के बुझेँ भने ख्रीष्टविरोधीजस्तै मैले प्रतिष्ठा र हैसियतलाई ठूलो महत्त्व दिएकी थिएँ, सधैँ अरूमाझ कुनै स्थान ओगट्न चाहेँ, सधैँ अरूले मलाई महत्त्व दिऊन र प्रशंसा गरून् भन्ने चाहेँ, मानिसहरूले मैले भनेको कुरालाई वास्ता गरून् र सुनून् भन्ने आस गरेँ, र यसरी मात्र म आफ्नो उपस्थिति बोध गर्न सक्छु र मेरो जीवनको मूल्य हुन सक्छ भन्ने महसुस गरेँ। मलाई यदि मसँग हैसियत छैन र अरूको प्रशंसा र महत्त्व पाउन सकिनँ भने, आफूले गरेका सबै कुरा अर्थहीन छन् भन्ने लाग्यो। मैले परमेश्वरमा विश्वास गरेजस्तो र आफ्नो कर्तव्य गरेजस्तो देखिए पनि, वास्तवमा, मैले यी कुरा सत्यता पछ्याउन गरिरहेकी थिइनँ, न त परमेश्वरलाई सन्तुष्ट पार्न वा उहाँका अभिप्रायलाई वास्ता गर्न नै गरिरहेकी थिएँ। मैले आफ्नो कर्तव्यलाई हैसियत प्राप्त गर्ने औजारका रूपमा लिएँ, र मैले अरूमाझ मेरो स्थान छ कि छैन, र आफूले अरूबाट प्रशंसा र महत्त्व पाउन सक्छु कि सक्दिनँ भन्नेबारे मात्र सोचेँ। मैले यस कर्तव्यमा परमेश्वरका माग वा अपेक्षाहरू के हुन्, वा आफूले परमेश्वरलाई कसरी सन्तुष्ट पार्नुपर्छ भन्नेबारे कहिल्यै विचार गरिनँ। जब मैले आफ्नो कर्तव्यमा अरूको प्रशंसा पाइनँ, तब म नकारात्मक र लापरवाह भएँ, र गुनासोले भरिएँ। मैले पछ्याइबारे मेरा दृष्टिकोण ख्रीष्टविरोधीका जस्तै छन्, र मैले प्रतिष्ठा र हैसियतलाई अरू सबैभन्दा महत्त्व दिएकी छु भनेर बुझेँ। मण्डलीले मलाई म आफ्नो कर्तव्यमा सत्यता पछ्याउनेछु र परमेश्वरको मुक्ति पाउन आफ्नो भ्रष्ट स्वभाव त्याग्नेछु भन्ने आशामा कर्तव्य गर्ने अवसर दिएको थियो। तर मैले असल र खराब चिनिनँ र मैले थोरै काम गरेर केही पुँजी प्राप्त गरेपछि, समूहमा अगुवाइ गर्न र प्रशंसा पाउन चाहेँ, र हैसियतप्रतिको मेरो चाहना पूरा नहुँदा, मैले आफ्नो कर्तव्य गर्नसमेत चाहिनँ। मैले आफ्नो कुण्ठा पोख्न आफ्नो कर्तव्यसमेत प्रयोग गरेँ, समूहका समस्याहरूलाई सम्बोधन गर्न चाहिनँ, र मण्डलीका हितलाई पटक्कै विचार गरिनँ। के मैले निर्लज्ज रूपमा परमेश्वरको विरोध गरिरहेकी थिइनँ र? सुरुदेखि अन्त्यसम्म, मैले अरूको प्रशंसा पाउने आफ्नो महत्त्वाकाङ्क्षा र चाहना पूरा गर्न आफ्नो कर्तव्यलाई प्रयोग गरिरहेकी थिएँ। ममा कुन तरिका मानवता वा समझ थियो र? ख्रीष्टविरोधीहरू सत्यता पछ्याउँदैनन् र उनीहरूमा अलिकति पनि परमेश्वरको डर मान्ने हृदय हुँदैन। उनीहरू केवल आफ्नो व्यक्तिगत प्रतिष्ठा र हैसियतको रक्षा गर्छन्, मण्डलीको कामको होइन, र उनीहरूमा मानवता हुँदैन। मेरो व्यवहार ख्रीष्टविरोधीको भन्दा कसरी फरक थियो र? जब मैले यसबारे सोचेँ, तब म केही हदसम्म डराएँ, र मलाई आफ्नो स्थिति साँच्चै खतरनाक छ भन्ने लाग्यो।
पछि, मैले बढुवा हुने आफ्नो निरन्तर चाहनाबारे चिन्तन गरेँ, र आफूलाई सोधेँ, “मानिसहरूलाई बढुवा र संवर्धन गर्ने मण्डलीका सिद्धान्तहरू वास्तवमा के हुन्?” एक दिन, भेलाको समयमा, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “विभिन्न कामका सुपरिवेक्षकहरूका लागि आवश्यक मानकहरू के-के हुन्? तीन वटा प्रमुख मानक छन्। पहिलो, तिनीहरूसँग सत्यता बुझ्ने क्षमता हुनैपर्छ। जसले विकृतिविना शुद्ध रूपमा सत्यता बुझ्न सक्छन् र त्यसबाट निष्कर्ष निकाल्न सक्छन् तिनीहरू मात्र राम्रो क्षमता भएका मानिस हुन्। राम्रो क्षमता भएका मानिसहरूसँग कम्तीमा पनि आत्मिक बुझाइ हुनैपर्छ र तिनीहरूले स्वतन्त्र रूपमा परमेश्वरका वचनहरू खान र पिउन सक्नैपर्छ। परमेश्वरका वचनहरू खाने र पिउने क्रममा, तिनीहरूले परमेश्वरका वचनहरूको न्याय, सजाय, र काटछाँट स्वतन्त्र रूपमा स्विकार्न, र आफ्ना धारणा र कल्पनाहरू अनि आफ्नै इच्छाका मिसावटहरू, साथै आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्नका लागि सत्यता खोज्न सक्नैपर्छ—यदि तिनीहरू यो मानकसम्म पुगे भने, त्यसको अर्थ तिनीहरूले परमेश्वरको काम अनुभव गर्न जानेका छन्, र यो राम्रो क्षमताको प्रकटीकरण हो। दोस्रो, तिनीहरूले मण्डलीको कामका लागि बोझ बोक्नैपर्छ। साँच्चै बोझ बोक्ने मानिसहरूसँग जोस मात्र होइन, वास्तविक जीवन अनुभव पनि हुन्छ, तिनीहरूले केही सत्यताहरू बुझेका हुन्छन् र केही समस्याहरू छर्लङ्ग देख्न सक्छन्। तिनीहरूले मण्डलीका काममा र परमेश्वरका चुनिएका मानिसहरूमा समाधान गरिनुपर्ने कैयौँ कठिनाइ र समस्याहरू छन् भन्ने देख्छन्। तिनीहरूले यो आफ्नै आँखाले देख्छन् र हृदयमा यसबारे चिन्ता लिन्छन्—मण्डलीको कामका लागि बोझ बोक्नु भनेको यही हो। यदि कसैमा राम्रो क्षमता मात्र छ र ऊ सत्यता बुझ्न मात्र सक्षम छ, तर ऊ अल्छे छ, उसले देहसुखको लोभ गर्छ, ऊ वास्तविक काम गर्न इच्छुक छैन, र माथिले काम सम्पन्न गर्नुपर्ने मिति जारी गर्दा, काम नगरी उम्किन नमिल्ने अवस्थामा, उसले अलिकति मात्रै काम गर्छ भने, यो कुनै बोझ नबोक्ने व्यक्ति हो। कुनै बोझ नबोक्ने मानिसहरू सत्यता नपछ्याउने, इन्साफको बोध नभएका, र केही न कामका मानिसहरू हुन्, जो सारा दिन कुनै पनि कुराका बारेमा गम्भीरतापूर्वक नसोची, खानेकुरा हसुर्दै बिताउँछन्। तेस्रो, तिनीहरूसँग काम गर्ने क्षमता हुनैपर्छ। ‘काम गर्ने क्षमता’ भनेको के हो? सरल रूपमा भन्दा, यसको अर्थ के हो भने, तिनीहरूले काम अह्राउन र मानिसहरूलाई निर्देशन दिन सक्ने मात्र नभई समस्याहरू पहिचान गर्न र समाधान गर्न पनि सक्छन्—काम गर्ने क्षमता हुनु भनेको यही हो। यसका साथै, तिनीहरूलाई सङ्गठनात्मक सीप पनि चाहिन्छ। सङ्गठनात्मक सीप भएका मानिसहरू मानिसहरूलाई एकै ठाउँमा ल्याउन, कामको बन्दोबस्त र प्रबन्ध गर्न, र समस्या समाधान गर्न निकै कुशल हुन्छन्, अनि कामको प्रबन्ध गर्दा र समस्या समाधान गर्दा, तिनीहरूले मानिसहरूलाई राम्रोसँग मनाउन र पालन गराउन सक्छन्—सङ्गठनात्मक सीप हुनु भनेको यही हो। साँच्चिकै काम गर्ने क्षमता हुनेहरूले परमेश्वरको घरले प्रबन्ध गरेका विशिष्ट कार्यहरू गर्न सक्छन्, अनि कुनै लापरवाहीविना तीव्र र निर्णायक रूपमा त्यसो गर्न सक्छन्, र त्यसमाथि तिनीहरूले विभिन्न कार्यहरू राम्ररी गर्न सक्छन्। अगुवा र कामदारहरूको संवर्धन गर्नका लागि परमेश्वरको घरका तीन मानकहरू यिनै हुन्। यदि कसैले यी तीन मानकहरू पूरा गर्छ भने, ऊ एक दुर्लभ, प्रतिभावान् व्यक्ति हो र उसलाई तुरुन्तै प्रवर्द्धन र संवर्धन गरिनुपर्छ र तालिम दिइनुपर्छ, अनि केही समय अभ्यास गरिसकेपछि, उसले कामको जिम्मेवारी लिन सक्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (५))। मैले परमेश्वरका वचनहरूबाट के देखेँ भने, परमेश्वरको घरमा मानिसहरूको बढुवा र संवर्धन कसले सबैभन्दा लामो समयदेखि आफ्नो कर्तव्य गरिरहेको छ वा कसले सबैभन्दा धेरै कष्ट भोगेको छ भन्ने कुरामा आधारित हुँदैन, न त यो अगुवाहरूसँग कसको सबैभन्दा घनिष्ठ सम्बन्ध छ भन्ने कुरामा नै आधारित हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुराहरू भनेका, व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन, उसले आफ्नो कर्तव्यलाई कसरी हेर्छ, र उसले परमेश्वरको अभिप्रायलाई विचार गर्न र वास्तविक काम गर्न सक्छ कि सक्दैन भन्ने हुन्। परमेश्वरका मागहरूका आधारमा आफूलाई फर्केर हेर्दा, मैले के देखेँ भने आफूले सत्यता पछ्याइमा प्रयास गरेकी थिइनँ, र मेरा दिनहरू हृदयभरि हैसियत पछ्याइलाई लिएर बितेका थिए। मैले हैसियत नपाउँदा, म नकारात्मकतामा जिएँ, र मेरो जीवनमा लामो समयदेखि प्रगति भएको थिएन। यो एउटै कुराले मैले बढुवा हुने मापदण्ड पूरा गरिरहेकी छैनँ भन्ने देखायो। साथै, म कर्तव्यमा व्यस्त देखिए पनि, वास्तवमा, ममा साँचो बोझको बोध थिएन, र मेरो ध्यान देखाउनमा मात्र केन्द्रित थियो, अनि समस्या वा कठिनाइहरू खडा हुँदा, मैले सत्यता सिद्धान्तहरू खोज्नमा ध्यान केन्द्रित गरिनँ, न त यी कुराहरूलाई सारांश र चिन्तन गर्नमा नै प्रायः ध्यान केन्द्रित गरेँ। धेरैपटक, म घचघच्याएपछि मात्र कामकुरा गर्थेँ, र जब अगुवाले मेरा समस्याहरू औंल्याउँथिन र मसँग सिद्धान्तहरूमा सङ्गति गर्थिन्, तब मात्र म समस्याहरू समाधान गर्न र विचलनहरू सच्याउन सक्षम हुन्थेँ। साथै, कामको चटारो हुँदा, ममा आत्तिने झुकाव हुन्थ्यो र म के जरुरी छ र के छैन भनेर छुट्याउन सक्दिनथेँ। यसलाई हेर्दा, मैले के देखेँ भने ममा धेरै कमीकमजोरी थिए, र मण्डलीले मलाई बढुवा नगर्नु भनेको पूर्ण रूपमा मलाई सिद्धान्तका आधारमा मूल्याङ्कन गरिरहेको थियो। मैले आफ्नो साँचो कदलाई पटक्कै चिनिनँ, र ममा साँच्चै आत्म-चेतनाको साँच्चै कमी थियो। वास्तवमा, मलाई समूह अगुवा बनाइएको भए पनि, यसले प्रतिष्ठाको अनुभूति दिए पनि, म समूह अगुवाको वास्तविक काम गर्न पूर्ण रूपमा असक्षम हुनेथिएँ, र यदि त्यसो भएको भए, मैले ब्रदर-सिस्टरहरूलाई हानि गर्ने मात्र नभई, मण्डलीको काममा पनि ढिलाइ गर्नेथिएँ। बढुवा भएका दुई सिस्टरू आफ्ना कर्तव्यमा बढी व्यावहारिक थिए, र उनीहरू आफ्नो काममा उत्पन्न हुने समस्या र विचलनहरूलाई चिन्तन र सारांश गर्नमा ध्यान केन्द्रित गर्थे। भेलाको अवधि, म उनीहरूलाई उनीहरूले आफ्नो कर्तव्य निर्वाहमा प्रकट गरेको भ्रष्टता र उनीहरूमा कमी भएका क्षेत्रहरूबारे कुरा गरेको प्रायः सुन्थेँ। उनीहरू आफ्नो असफलताका कारणहरूलाई सारांश र चिन्तन गर्थे, र उनीहरू आफूले परमेश्वरको अभिप्राय बुझ्न कसरी सत्यता खोजे अनि आफूले कठिनाइ, नकारात्मकता, र रोकावटहरू सामना गर्दा कठिनाइहरू समाधान गर्न परमेश्वरमा कसरी भर परे भन्नेबारे कुरा गर्थे। मैले उनीहरूले आफ्नो कर्तव्य गर्दा परमेश्वरका वचनहरूबाट आत्मचिन्तन गर्न, र परमेश्वरका अभिप्राय खोज्न कसरी ध्यान केन्द्रित गर्थे भनेर बुझेँ। मैले उनीहरू सिद्धान्तहरूमा प्रयास लगाउँथे, र उनीहरूले लामो समयदेखि आफ्नो कर्तव्य नगरे पनि, उनीहरूसँग पवित्र आत्माको काम र मार्गदर्शन थियो, र केही समयपछि, उनीहरूले ठूलो प्रगति गरेका थिए भन्ने पनि देखेँ। यस बिन्दुमा मैले के बुझेँ भने, यो प्रकटीकरण सामना गर्दा, परमेश्वरको अभिप्राय मलाई आफूलाई चिन्न दिनु थियो, ताकि मैले पछ्याइबारे मेरा गलत दृष्टिकोणहरूलाई समयमै सच्याउन र सत्यता पछ्याइमा ध्यान केन्द्रित गर्न सकूँ, ताकि म प्रगति गर्न र परिवर्तन हुन सकूँ। यी कुराहरू बुझेपछि, ममा अब कुनै गलतफहमी वा प्रतिरोध रहेन, र मैले सत्यता खोज्ने र यस्तो परिस्थितिमार्फत् अझ धेरै आत्मचिन्तन गर्न मात्र चाहेँ।
पछि, मैले फेरि चिन्तन गरेँ। मैले के देखेँ भने यसपटक, मेरो बढुवा नहुँदा, म आफूमा गलत दृष्टिकोण भएकाले नकारात्मकतामा परेँ। म मण्डलीले गर्ने मानिसहरूको बढुवा संसारमा अधिकारीहरूको बढुवाजस्तै भएको कल्पना गर्थेँ, र बढुवा हुनु भनेको हैसियत पाउनु हो भन्ने सोच्थेँ, त्यसैले मेरो बढुवा नहुँदा, म नकारात्मक र कमजोर बनेँ, केही गर्न चाहिनँ। पछि, मैले परमेश्वरका वचनहरू पढेँ, र मैले मण्डलीले गर्ने मानिसहरूको बढुवा र संवर्धनको उद्देश्य र महत्त्वबारे अलि बढी बुझेँ। परमेश्वर भन्नुहुन्छ: “प्रवर्द्धन र संवर्धन गरिने विभिन्न प्रतिभावान् मानिसहरूबाट परमेश्वरको घरले गर्ने मागहरू के-के हुन्? परमेश्वरको घरद्वारा प्रवर्द्धन र संवर्धन गरिनका लागि, कम्तीमा पनि तिनीहरू विवेक र समझ भएका, सत्यता स्विकार्न सक्ने, बफादारीका साथ आफ्नो कर्तव्य पूरा गर्ने, अनि परमेश्वरका योजनाबद्ध कार्यहरू र प्रबन्धहरूमा समर्पित हुन सक्ने मानिस हुनुपर्छ, र कम्तीमा पनि तिनीहरूले काटछाँट सामना गर्दा स्विकार्न र समर्पित हुन सक्नुपर्छ। परमेश्वरको घरद्वारा गरिने प्रवर्द्धन र दिइने तालिम भोगिरहेका मानिसहरूले हासिल गर्नुपर्ने परिणाम यो होइन कि तिनीहरू अधिकारी र हाकिम बन्न सकून्, वा तिनीहरूले समूहको अगुवाइ गरून्, र यो होइन कि तिनीहरूले मानिसहरूलाई सोच्ने तरिकामा परामर्श दिन सकून्, र अवश्य नै, तिनीहरूसँग झनै राम्रा पेसागत सीपहरू वा उच्च तहको शिक्षा, वा अझ ठूलो प्रतिष्ठा होस्, वा तिनीहरूलाई पेसागत सीप वा राजनैतिक उपलब्धिहरूका लागि संसारमा प्रतिष्ठित व्यक्तिहरूसँग तुलना गर्न सकियोस् भन्ने त झनै होइन। बरु, हासिल गर्नुपर्ने परिणाम भनेको त तिनीहरूले सत्यता बुझून् र परमेश्वरका वचनहरू जिऊन्, र तिनीहरू परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मानिस होऊन् भन्ने हो। तिनीहरूले तालिम लिँदै गर्दा, तिनीहरू सत्यता बुझ्न र सत्यता सिद्धान्तहरू बोध गर्न, अनि परमेश्वरमाथिको आस्था ठ्याक्कै के हो र परमेश्वरलाई कसरी पछ्याउने भनी अझ राम्ररी जान्न सक्षम हुन्छन्—सिद्धता हासिल गर्नहेतु सत्यता पछ्याउनेहरूका लागि यो अत्यन्तै फाइदाजनक हुन्छ। सबै प्रकारका प्रतिभावान् मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गरेर परमेश्वरको घरले हासिल गर्न चाहने परिणाम र मानक यही हो, र यो प्रवर्द्धन र प्रयोग गरिनेहरूले पाउने सबैभन्दा ठूलो मेहनतको फल पनि हो” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (५))। “सत्यताको अघि सबै जना बराबर छन्। प्रवर्द्धन र संवर्धन गरिएका मानिसहरू अरूभन्दा धेरै उत्तम हुँदैनन्। सबैले परमेश्वरको कामलाई लगभग उति नै समय अनुभव गरेका हुन्छन्। प्रवर्द्धन र संवर्द्धन नगरिएका मानिसहरूले पनि आफ्नो कर्तव्य पूरा गर्दा सत्यता पछ्याउनुपर्छ। कसैले पनि अरूलाई सत्यताको खोजी गर्ने अधिकारबाट वञ्चित गर्नु हुँदैन। कतिपय मानिसहरू सत्यताको खोजीमा बढी उत्सुक हुन्छन् र तिनीहरूमा केही क्षमता हुन्छ, त्यसकारण तिनीहरूलाई प्रवर्द्धन र संवर्धन गरिन्छ। यो परमेश्वरको घरको कामका आवश्यकताका कारण गरिन्छ। त्यसोभए, परमेश्वरको घरले मानिसहरूलाई प्रवर्द्धन र प्रयोग गर्ने यस्ता सिद्धान्तहरू किन राखेको हो? किनभने मानिसहरूको क्षमता र चरित्रमा भिन्नता हुन्छ, र हरेक व्यक्तिले फरक मार्ग रोज्छ, जसले गर्दा परमेश्वरप्रतिको मानिसहरूको विश्वासमा फरक-फरक परिणामहरू आउँछन्। सत्यता पछ्याउनेहरूले मुक्ति पाउँछन् र तिनीहरू राज्यका मानिस बन्छन्, जबकि जो सत्यतालाई पटक्कै स्विकार्दैनन् र आफ्नो कर्तव्य पूरा गर्नमा बफादार छैनन्, तिनीहरू हटाइन्छन्। मानिसहरूले सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन्, र तिनीहरू आफ्नो कर्तव्य पूरा गर्नमा बफादार छन् कि छैनन् भन्ने आधारमा परमेश्वरको घरले तिनीहरूलाई संवर्धन र प्रयोग गर्छ। के परमेश्वरको घरका विभिन्न मानिसहरूको ओहदामा कुनै भिन्नता हुन्छ? अहिलेका लागि, विभिन्न मानिसहरूको पद, मूल्य, हैसियत वा स्थानका आधारमा कुनै ओहदा छुट्याइएको छैन। कम्तीमा पनि, मानिसहरूलाई मुक्ति दिन र अगुवाइ गर्नका लागि परमेश्वरले काम गर्ने अवधिमा, विभिन्न मानिसहरूको श्रेणी, पद, मूल्य, वा हैसियतमा कुनै भिन्नता हुँदैन। भिन्नता भएको कुरा केवल कामको विभाजनमा र निर्वाह गरिने कर्तव्यका भूमिकाहरूमा मात्र हो। अवश्य नै, यस अवधिमा, विशेष कार्यहरू गर्नका लागि अपवादका रूपमा कतिपय मानिसहरूलाई प्रवर्द्धन र संवर्धन गरिन्छ, जबकि कतिपय मानिसहरूले तिनीहरूको क्षमतासम्बन्धी वा पारिवारिक वातावरणसम्बन्धी समस्याजस्ता विभिन्न कारणहरूले गर्दा त्यस्तो अवसर पाउँदैनन्। तर के त्यस्ता अवसरहरू नपाउनेहरूलाई परमेश्वरले मुक्ति दिनुहुन्न? त्यस्तो त हुँदैन। के तिनीहरूको मूल्य र स्थान अरूको भन्दा सानो हुन्छ? हुँदैन। सत्यताको अगाडि सबै समान हुन्छन्, सबैले सत्यता पछ्याउने र प्राप्त गर्ने अवसर पाउँछन्, र परमेश्वरले सबैलाई निष्पक्ष र उचित रूपमा व्यवहार गर्नुहुन्छ। कुन बिन्दुमा मानिसहरूको पद, मूल्य, र हैसियतमा उल्लेखनीय भिन्नताहरू आउँछन्? जब मानिसहरू आफ्नो मार्गको अन्त्यमा पुग्छन्, र परमेश्वरको काम सम्पन्न हुन्छ, अनि हरेक व्यक्तिले मुक्ति पछ्याउने र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा प्रदर्शन गरेका मनोवृत्ति र दृष्टिकोणहरूबारे, साथै परमेश्वरप्रति तिनीहरूका विभिन्न प्रकटीकरण र मनोवृत्तिहरूबारे अन्ततः एउटा निष्कर्ष निकालिन्छ—अर्थात्, जब परमेश्वरको नोटबुकमा पूर्ण अभिलेख हुन्छ—त्यस बेला, मानिसहरूका परिणाम र गन्तव्यहरू फरक हुने भएकाले, तिनीहरूको मूल्य, पद र हैसियतमा पनि भिन्नताहरू हुनेछन्। तब मात्र यी सबै कुराहरूको झलक देख्न र तिनलाई मोटामोटी रूपमा निश्चित गर्न सकिन्छ, तर अहिले सबै जना उस्तै छन्” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (५))। परमेश्वरका वचनहरू पढेर, मैले के बुझेँ भने परमेश्वरको घरले गैरविश्वासी संसारले जस्तो मानिसहरूलाई बढुवा र संवर्धन गर्दैन, जहाँ मानिसहरू अधिकारी बन्छन् र आफ्नो नाम कमाउँछन्। परमेश्वरको घरले मानिसहरूलाई प्रशिक्षण लिन अझ धेरै मौकाहरू पाऊन् भनी बढुवा गर्छ। परमेश्वर मानिसहरूले आफ्नो कर्तव्यमा सत्यता बुझून्, सिद्धान्तअनुसार काम गरून्, ज्ञान र परमेश्वरप्रति समर्पण प्राप्त गरून्, अनि परमेश्वरका अभिप्राय पूरा गर्न आफ्नो कर्तव्य कसरी गर्ने भनी जानून् भन्ने आशा गर्नुहुन्छ। परमेश्वरको घरमा, कर्तव्य जस्तोसुकै भए पनि हैसियतमा कुनै भिन्नता हुँदैन, र सत्यता प्राप्त गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। मैले नयाँ विश्वासीहरूलाई मलजल गर्दा आफूले प्रकट गरेका धेरै कमीकमजोरीबारे सोचेँ। कहिलेकाहीँ, नयाँ विश्वासीहरूले केही धारणा वा प्रश्न अघि सार्दा, मलाई ती कसरी समाधान गर्ने भनेर थाहा हुँदैनथ्यो, तर सत्यता खोजेर र परमेश्वरका वचनहरू मनन गरेर, मैले केही सत्यताबारे अझ स्पष्ट बुझाइ प्राप्त गरेँ, अनि आफ्ना ब्रदर-सिस्टरहरूप्रति अझ धेरै प्रेम र धैर्य विकास गरेँ। यी सबै नयाँ विश्वासीहरूलाई मलजल गर्ने क्रममा प्राप्त लाभहरू थिए। मैले फेरि ब्रदर-सिस्टरहरूले मलाई भेलाहरू सञ्चालन गर्न कसरी चुने भन्नेबारे सोचेँ। मैले यसमा अरूको प्रशंसा नपाउने भए पनि, यसले मलाई सत्यताबारे अझ धेरै मनन गर्न, परमेश्वरप्रति अझ नजिक हुन, र सत्यता पछ्याइमा प्रयास गर्न प्रोत्साहित गर्नेथ्यो। यसबारे चिन्तन गर्दा, यसले मेरो हृदय गहन रूपमा छोयो र मलाई पछुतो लाग्यो। मलाई आफ्ना लागि के राम्रो हो भन्ने थाहा नभएकामा, आत्म-चेतनाको कमी भएकामा, र परमेश्वरको श्रमसाध्य अभिप्रायलाई पटक्कै नबुझेकामा पछुतो लाग्यो। मलाई छोएको कुरा के थियो भने म यति विद्रोही र समझहीन भए पनि, परमेश्वरले अझै पनि मलाई उहाँको अभिप्राय बुझ्नका लागि अन्तर्दृष्टि र मार्गदर्शन दिन आफ्ना वचनहरू प्रयोग गर्नुभयो ताकि म गलत मार्गमा हिँड्न छोड्न सकूँ। मेरो हृदय परमेश्वरप्रति कृतज्ञताले भरियो, र मैले अबदेखि ख्याति, लाभ, वा हैसियत नपछ्याउने सङ्कल्प गरेँ। म पश्चात्ताप गर्न इच्छुक भएँ।
पछि, मैले आफ्नो कर्तव्यमा सत्यता खोज्नमा ध्यान केन्द्रित गर्न थालेँ, र थाहै नपाई, मैले केही अन्तर्दृष्टि र ज्योति प्राप्त गरेँ, र केही सिद्धान्त बुझेँ, र मैले अभ्यासको मार्ग पाएँ। भेलाको दौरान, अबदेखि मैले मानिसहरूलाई मेरो आदर गर्न लगाउने तरिकामा कसरी सङ्गति गर्ने भनेर ध्यान केन्द्रित गर्न छोडेँ, बरु, मैले परमेश्वरका अभिप्राय बुझ्न उहाँका वचनहरू मनन गर्नमा, परमेश्वरका वचनहरूमार्फत् आत्मचिन्तन गर्नमा ध्यान केन्द्रित गरेँ, र मैले आफ्नो भ्रष्ट स्वभाव र आफू हिँडेको गलत मार्गलाई अझ स्पष्ट रूपमा देख्न सकेँ। मैले यसरी अभ्यास गरेर परमेश्वरसँग अझ धेरै नजिक भएको महसुस गरेँ। पछि, आफ्नो कर्तव्य गर्न थालेको धेरै समय नभएकी एक सिस्टरलाई मण्डलीमा बढुवा गरियो, र मेरो हृदय अझै केही हदसम्म व्याकुल भए पनि, मैले यसलाई सही रूपमा हेर्न र हैसियतद्वारा नियन्त्रित नहुन सकेँ, किनकि सत्यताको हिसाबमा ममा धेरै कमी छ भन्ने मलाई थाहा थियो। मलाई चाहिएको कुरा अरूको प्रशंसा पाउनु होइन, बरु धेरै सत्यता बुझ्नु, मेरा ब्रदर-सिस्टरहरूलाई राम्ररी मलजल गर्नु, र आफ्नो कर्तव्य पूरा गर्नु थियो। मैले मनमनै भनेँ, “मैले कहिल्यै बढुवा नपाए पनि, म अझै परमेश्वरमा समर्पित हुनेछु, आफ्नो उचित स्थानमा उभिनेछु, दृढतापूर्वक सत्यता पछ्याउनेछु, र आफ्नो कर्तव्य राम्ररी गर्नेछु।” मैले अपेक्षा नगरेको कुरा के थियो भने, केही समय नबित्दै मलाई मलजल कामको सुपरिवेक्षकका रूपमा चुनियो। जब यसो भयो, मलाई हैसियत पाइने भो भनेर खुसी लागेन, बरु, मैले यसलाई जिम्मेवारीका रूपमा हेरेँ। ममा धेरै कमी थियो र ममा अझै एकदमै गम्भीर भ्रष्ट स्वभाव थियो, र मलाई मेरा पुराना समस्याहरू फेरि देखा पर्नेछन् र मैले परमेश्वरको अभिप्रायलाई निराश तुल्याउनेछु भन्ने चिन्ता भयो, त्यसैले म प्रायः परमेश्वरलाई प्रार्थना गर्थेँ, उहाँलाई मार्गदर्शन र सुरक्षा माग्थेँ। पछि, आफ्नो कर्तव्य गर्दा, ममा केही हदसम्म परमेश्वरको डर मान्ने हृदय विकास भयो, र मैले आफ्नो कर्तव्यमा अझ धेरै ध्यान दिन र तीबारे अझ धेरै सोच्न थालेँ। ममा यो बुझाइ र परिवर्तन हुन सक्नु परमेश्वरका वचनहरूले गर्दा नै थियो। परमेश्वरलाई धन्यवाद!