२४. मैले साँचो खुसी पाएँ

छोङ्गशेङ्ग, चीन

सानैदेखि, मलाई रोमान्टिक नाटकहरू हेर्न मन पर्थ्यो, र नाटकका मुख्य पात्रहरूबीचको प्रेमपूर्ण सम्बन्ध देखेर मलाई सधैँ निकै ईर्ष्या लाग्थ्यो। त्यसैले मलाई माया गर्ने र मेरो ख्याल राख्ने श्रीमान् पाउनुभन्दा ठूलो खुसी अरू केहीमा छैन भन्ने कुरामा म विश्वास गर्न थालेँ। सत्र वर्षको उमेरमा, मैले मेरो भावी श्रीमान्लाई भेटेँ। उहाँको रूपरङ्ग ठ्याक्कै मेरो रुचिअनुसारकै थियो, उहाँ तुलनात्मक रूपमा निष्कपट हुनुहुन्थ्यो, र हाम्रो कुराकानीका क्रममा, उहाँ मप्रति निकै ख्याल राख्ने र ध्यान दिने खालको हुनुहुन्छ भन्ने मैले देखेँ, त्यसैले हामीले अपर्झट बिहे गर्‍यौँ। विवाह गरेपछि, मेरा श्रीमान् मप्रति धेरै राम्रो व्यवहार गरिरहने र असाध्यै सहयोगी हुनुहुन्थ्यो। उहाँ घरको काम-काज गर्नुहुन्थ्यो र मैले चाहेको जेसुकै कुरा किनिदिनुहुन्थ्यो। कहिलेकाहीँ म दुःखी हुँदा, उहाँ मलाई खुसी तुल्याउनुहुन्थ्यो र मेरो झर्कोफर्को सहनुहुन्थ्यो। मैले सोचेँ, मेरो यति धेरै ख्याल राख्ने र माया गर्ने श्रीमान् पाउने म कति भाग्यमानी रहेछु, त्यसैले मैले आफ्नो विवाहलाई स्नेहपूर्वक जोगाई राख्ने सङ्कल्प गरेँ।

२०१९ को महामारीको समयमा मेरी आमाले मलाई परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार प्रचार गर्नुभयो। त्यसपछि, मैले आफ्नो क्षमताले भ्याएसम्म कर्तव्य निर्वाह गर्न थालेँ। मेरा श्रीमान् नास्तिक हुनुहुन्थ्यो, र परमेश्‍वरमाथिको विश्वासको कुरा गर्दा उहाँ रिसले चूर हुनुहुन्थ्यो। त्यसमाथि, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई सीसीपीले गरेको निन्दा, पक्राउ, र बदनामीका कारण उहाँ मेरो परमेश्‍वरमाथिको विश्वासको एकदमै विरुद्धमा हुनुहुन्थ्यो। एक दिन, ब्रदर-सिस्टरहरू हाम्रो घरमा भेला भइरहनुभएको बेला, मेरा श्रीमान् अचानक घर फर्कनुभयो। जब उहाँले सबै ब्रदर-सिस्टरहरूलाई त्यहाँ देख्नुभयो, उहाँ धेरै रिसाउनुभयो र क्रूरतापूर्वक धम्की दिनुभयो, “फेरि यस्तो भयो भने, म पुलिस बोलाइदिन्छु!” यति भनेर उहाँ ढोका बजार्दै रिसाएर बाहिर निस्कनुभयो। मैले मेरा श्रीमान्लाई यति धेरै रिसाएको कहिल्यै देखेकी थिइनँ, उहाँ त पूरै अर्कै व्यक्ति बन्नुभएको जस्तो लाग्यो। मेरा श्रीमान् मेरो आस्थाप्रति यति धेरै प्रतिरोधी भएको देखेर म साँच्चै डराएँ र सोचेँ, “अब के गर्ने होला? यदि उहाँले हामीलाई फेरि भेट्टाउनुभयो भने, के उहाँले साँच्चै पुलिस बोलाउनुहोला त? आज राति घर आएपछि के उहाँ ममाथि खनिनुहोला? हाम्रो सम्बन्धमा आँच नआउने गरी म उहाँलाई यो कुरा कसरी बुझाऊँ?” त्यसबेला, एक जना मण्डली अगुवाले सङ्गतिमा आफ्नो व्यक्तिगत अनुभव सुनाउनुभयो र परमेश्‍वरका वचनहरूको निम्न खण्ड पढेर सुनाउनुभयो: “परमेश्‍वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदममा, बाहिरी रूपमा यो मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर पर्दापछाडि, कामको प्रत्येक कदम, र घट्ने सबै कुरा शैतानले परमेश्‍वरसँग थापेको बाजी हो, र यसका लागि मानिसहरू परमेश्‍वरको गवाहीमा दृढ रहनु आवश्यक हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। परमेश्‍वरका वचनहरू पढेपछि मैले के बुझेँ भने बाहिरबाट हेर्दा मेरा श्रीमान्ले मलाई बाधा दिइरहनुभएको जस्तो देखिन्थ्यो, तर वास्तवमा, यसको पछाडि शैतानको षड्यन्त्र थियो। शैतानले मेरा श्रीमान्को धम्कीलाई प्रयोग गरिरहेको थियो ताकि म चिन्तित र भयभीत बनूँ र हाम्रो सम्बन्धलाई जोगाइराख्नको लागि परमेश्‍वरबाट समेत टाढा होऊँ, उहाँलाई धोका दिऊँ, र आफ्नो विश्वास र कर्तव्य त्यागूँ। मेरा श्रीमान्ले परमेश्‍वरकै अनुमतिले हामीले भेला गरिरहेको फेला पार्नुभयो। परमेश्‍वरले त्यस परिस्थितिमा म आफ्नो गवाहीमा दृढ रहूँ भन्ने आशा गर्नुभएको थियो, र मैले परमेश्‍वरको पक्षमा उभिनुपर्छ र शैतानको सामु झुक्नुहुँदैन। मैले परमेश्‍वरको अभिप्राय बुझेपछि, आफ्नो विश्वास नयाँ भएको महसुस गरेँ। मेरा श्रीमान् घर आउँदा साँच्चै निकै रिसाउनुभएको थियो। उहाँले निगरानी क्यामेरा लगाउन लागेको र मलाई फेरि त्यसरी भेट्टाएमा पुलिस बोलाउने अनि सम्बन्धविच्छेद गरिदिने बताउनुभयो। उहाँले त्यसो भनेको सुन्दा, म असाध्यै दु: खी भएँ, र मेरा आँखाबाट आँसु झरे। त्यही बेला, मैले परमेश्‍वरका यी वचनहरू सम्झेँ: “घट्ने सबै कुरा शैतानले परमेश्‍वरसँग थापेको बाजी हो, र यसका लागि मानिसहरू परमेश्‍वरको गवाहीमा दृढ रहनु आवश्यक हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। शैतानले मेरा श्रीमान्‌मार्फत मलाई परमेश्‍वरमा विश्वास गर्नबाट रोक्न काम गरिरहेको थियो। मैले त्यसको दुष्ट षड्यन्त्रलाई प्रष्ट बुझ्नुपर्थ्यो। त्यसैले मैले दृढतापूर्वक भनेँ, “यदि मेरो विश्वासले तपाईंलाई समस्यामा पार्छ भन्ने चिन्ता छ भने, म तपाईंलाई मसँग बस्न जबरजस्ती गर्न सक्दिनँ। यदि तपाईं सम्बन्धविच्छेद चाहनुहुन्छ भने, त्यसै गर्नुहोस्, किनभने म आफ्नो विश्वास त्याग्न सक्दिनँ।” उहाँ यति रिसाउनुभयो कि उहाँको आँखा रगतजस्तै रातो भयो र उहाँले आफ्नो मुट्ठीले खाटमा बेस्करी हिर्काउनुभयो। मैले त्यतिबेला श्रीमान्‌को कुरा नमानेपनि मलाई सम्बन्धविच्छेदको डर अझै थियो, र म मेरो विश्वासले हाम्रो सम्बन्धमा बाधा पुऱ्याओस् भन्ने म चाहन्नथेँ।

मेरा श्रीमान्ले परमेश्‍वरमाथिको मेरो विश्वासबारे थाहा पाएपछि मलाई राम्रो व्यवहार गर्न छोड्नुभयो र उहाँ सधैँ ममाथि खनिनुहुन्थ्यो र मेरा गल्तीहरू कोट्याउनुहुन्थ्यो। “तँ दिनभरि घरमा के गर्छेस्? तेरो उमेरको मान्छेले कसरी परमेश्‍वरमा विश्वास गर्न मिल्छ? अरूका श्रीमतीहरूलाई हेर्, जो दिनभरि घरमा के मीठो परिकार बनाउने भनेर खोज्छन्, र सबैथोक पकाउन जान्दछन्। त्यसोभए तेरो के काम छ र मलाई? तँभन्दा त एउटा कुकुर पाल्नु बेस! तँ पैसा कमाउन सक्दो मेहनत गर्दिनस्। हाम्रो बच्चा एकदिन स्कुल जानुपर्छ, र बिरामी हुँदा उपचार चाहिन्छ। यदि तैँले केही पैसा जम्मा गरिनस् भने, बुढेसकालमा तेरो परमेश्‍वरले नै तँलाई पालोस्! यदि तेरो परमेश्‍वरमाथिको विश्वासले तँलाई पक्राउ गरायो भने, त्यसले हाम्रो बच्चालाई सेनामा भर्ना हुन र विश्वविद्यालयमा पढ्न असर गर्छ। चीनमा, कम्युनिष्ट पार्टीको कुरा सुन्नुपर्छ—निर्धाले शक्तिशालीलाई जित्न सक्दैन…।” आफ्नो श्रीमान्बाट यस्तो अन्यायपूर्ण व्यवहारको सामना गर्नु पर्दा म असाध्यै खिन्न भएँ। परमेश्‍वरमा विश्वास गर्न थालेपछि, म हरेक पक्षमा केही हदसम्म परिवर्तन भएकी थिएँ। पहिले, म धेरै स्वार्थी भएकी थिएँ, र पकाउने, सफा-सुग्घर गर्ने विरलै गर्थेँ, अनि म अक्सर उहाँसँग रिसाउँथेँ; अहिले, मैले परमेश्‍वरमा विश्वास गरेकी र सत्यता बुझेकी साथै परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गरेकीले, म बिस्तारै-बिस्तारै सामान्य मानवता जिउन सक्षम थिएँ। परमेश्‍वरमा विश्वास गर्नुअघि, मैले कमाएको सबै पैसा शृङ्गारका सामान किन्न र लुगाफाटामा खर्च गर्थेँ; परमेश्‍वरमा विश्वास गर्न थालेपछि पनि, म अझै काम गर्थेँ, र थोरै पैसा कमाए पनि, म सकेसम्म बचत गर्ने प्रयास गर्थेँ, र आफ्नो सबै तलब परिवारको जीवनयापनको खर्चमा लगाउँथेँ। त्यसोभए उहाँले मैले अब पैसा कमाउँदिनँ भनेर कसरी सोच्न सक्नुभयो? तर मेरा श्रीमान्‌को मन फलामजस्तै कठोर देखिन्थ्यो, उहाँले ममा भएको कुनै पनि परिवर्तन देख्नै सक्नुभएन। उहाँले मलाई धम्की समेत दिनुभयो, “म तेरो खुट्टा भाँचिदिन्छु र घरमा थुनिदिन्छु, त्यसपछि हेरौँला तँ कसरी परमेश्‍वरमा विश्वास गर्दी रहिछस्!” एक पटक, उहाँले मेरो घाँटी अँठ्याउँदै भन्नुभयो, “म तँलाई निमोठेर मार्छु र हेर्छु तेरो परमेश्‍वर तँलाई बचाउन आउँछ कि आउँदैन!” त्यस रात, मेरा श्रीमान् पहिले मप्रति कति ख्याल राख्नुहुन्थ्यो तर अहिले मैले परमेश्‍वरमा विश्वास गरेकीले हरेक दिन मेरो गल्ती खोज्नुहुन्छ भन्ने सोचेर, मलाई साह्रै अन्यायमा परेको महसुस भयो र म भक्कानिएर रोएँ। भोलिपल्ट बिहान मेरा आँखा रुवाइका कारण सुन्निएकै थिए, तर मेरा श्रीमान्ले मलाई देख्दा कुनै प्रतिक्रिया दिनुभएन। मैले परमेश्‍वरमा विश्वास नगरेको भए मेरा श्रीमान्ले मसँग यस्तो व्यवहार गर्नुहुन्नथ्यो होला भन्ने सोच्दा, म अलि हिचकिचाएँ, तर फेरि मैले परमेश्‍वर आफ्नो काम गर्न र मानवजातिलाई मुक्ति दिन आउनुभएको छ र मैले राम्ररी विश्वासको अभ्यास गर्नुपर्छ र सही मार्गमा हिँड्नुपर्छ भन्ने सोचेँ, त्यसैले मैले श्रीमान्‌को लागि आफ्नो विश्वास त्याग्न सक्दिनँ भन्ने मलाई थाहा थियो। तर म आफ्नो वैवाहिक जीवन पनि टुटाउन चाहन्नथेँ। त्यसपछि, मैले होसियारीसाथ हाम्रो सम्बन्धलाई सम्हाल्न थालेँ र श्रीमान्‌को मन जित्ने उपायहरू सोच्न थालेँ। मेरा श्रीमान् मेरो विश्वासदेखि दिक्क मान्नुहुन्छ भन्ने थाहा पाएर, मैले उहाँको नजरबाट परमेश्‍वरका वचनका किताबहरू लुकाउने प्रयास गरेँ, र म भेलापछि कोठा सफा गर्थेँ र भेटघाटको कुनै सानो निशानासमेत छोड्दिनथेँ। बच्चाको हेरचाह गर्दा जतिसुकै थाके पनि, म सधैँ घर सफा गर्न र खाना बनाउन समय निकाल्थेँ। श्रीमान् घरमा नभएको बेला मात्र म आफ्नो आत्मिक भक्ति गर्थेँ, किनभने उहाँले मेरो गल्ती भेट्टाउनुहोला भन्ने डर थियो। कहिलेकाहीँ, श्रीमान् ओभरटाइम काम गर्दा, म परमेश्‍वरका वचनहरू पढ्ने मौका छोप्थेँ, तर उहाँ चाँडै घर फर्किनुहोला कि भन्ने चिन्ताले म ध्यान केन्द्रित गर्न सक्दिनथेँ। मेरो एउटा कान सधैँ ढोकातिरै हुन्थ्यो, र ढोका खुल्नेबित्तिकै, म हतार-हतार कम्प्युटर बन्द गर्थेँ र किताबहरू लुकाउँथेँ। त्यसपछि, मेरा श्रीमान्ले मलाई विश्वासको अभ्यास गरिरहेको वा परमेश्‍वरका वचनहरू पढिरहेको फेरि भेट्टाउनुभएन, र मप्रतिको उहाँको व्यवहार बिस्तारै सुधारियो। सन् २०२१ मा, मेरो बच्चा अलि ठूलो भएपछि, मेरी सासूले उसको हेरचाह गर्न थाल्नुभयो, र मैले नयाँ विश्वासीहरूको मलजल सुरु गर्न पाएँ। केही समयपछि, मलाई मलजल गर्ने डिकनको रूपमा छानियो। मैले आफ्नो कर्तव्यमा केही बोझ बोकेकीले, मलाई सन् २०२३ को मार्चमा मण्डली अगुवा छानियो। अगुवाको रूपमा, मैले भेलाहरू आयोजना गर्नुपर्थ्यो र मेरो कामको बोझ बढ्यो। कहिलेकाहीँ राति पत्रहरूमार्फत प्रश्नहरूको जवाफ दिनुपर्थ्यो, तर मलाई राति ती कामहरू सम्हाल्न साँच्चै आँट आएन। मैले मनमनै सोचेँ, “उहाँलाई म अझै पनि विश्वासको अभ्यास गरिरहेकी छु र कर्तव्य निर्वाह गरिरहेकी छु भन्ने थाहा छैन। हाम्रो सम्बन्ध भर्खरै सुधार हुन थालेको छ, तर यदि उहाँले मैले अझै पनि विश्वास गरिरहेकी छु र कर्तव्य निर्वाह गरिरहेकी छु भन्ने थाहा पाउनुभयो भने, के उहाँ फेरि पहिलेको जस्तै दिनभरि मेरो गल्ती खोज्न थाल्नुहुन्न र? यदि म राति काम गर्न सक्दिनँ भने ठिकै छ, म दिनमा अलि बढी काम गर्छु।” मलाई राति पत्रहरूको जवाफ दिन आँट नआएको र दिनहुँ भेलाहरू भएकोले, नपढिएका पत्रहरू थुप्रिन थाले। मण्डलीको शुद्ध पार्ने र निष्कासन गर्ने काममा ढिलाइ भइरह्यो र हाम्रो सुसमाचारको कामको प्रगति पनि सुस्त भयो। म आफैँ यो सब देखेर धेरै चिन्तित थिएँ, तर मैले सोचेँ, “मेरा सासू-ससुरा हामीसँगै बस्नुभएकोले, यदि उहाँहरूले मेरो विश्वासबारे थाहा पाउनुभयो र मेरा श्रीमान्सँग मिलेर मलाई सताउनुभयो भने, वा मेरा श्रीमान्लाई मसँग सम्बन्धविच्छेद गर्न उक्साउनुभयो भने, मैले के गर्ने?” म त्यो वैवाहिक जीवन टुटाउन चाहन्नथेँ, त्यसैले कर्तव्य निर्वाह गर्दा मलाई बन्धनमा परेको महसुस भयो।

एक पटक भेलाको समयमा, मैले परमेश्‍वरका वचनको यो खण्ड सुनेँ: “कतिपय मानिस विवाह गरेपछि आफ्नो वैवाहिक जीवनका लागि आफूले सक्ने सबै समर्पित गर्न तयार हुन्छन्, अनि आफ्नो विवाहका लागि प्रयत्न, सङ्घर्ष र कडा मिहिनेत गर्न तयार हुन्छन्। कतिपयले दिलोज्यान लगाएर पैसा कमाउँछन् र कष्ट भोग्छन् अनि, पक्कै पनि, त्योभन्दा बढी आफ्नो जीवनको खुसी आफ्नो जोडीलाई सुम्पन्छन्। तिनीहरू आफू जीवनमा खुसी र आनन्दित हुने-नहुने कुरा आफ्नो जोडी कस्तो छ अर्थात् ऊ राम्रो व्यक्ति हो कि होइन; आफूहरूको व्यक्तित्व र रुचि मिल्छ कि मिल्दैन; ऊ रोजीरोटी कमाएर परिवार धान्न सक्ने व्यक्ति हो कि होइन; ऊ भविष्यमा तिनीहरूका आधारभूत आवश्यकताहरू सुनिश्चित गर्न सक्ने अनि खुसी, स्थिर, सुन्दर परिवार दिन सक्ने व्यक्ति हो कि होइन; र ऊ तिनीहरूलाई कुनै पीडा, सङ्कष्ट, असफलता वा रोकावट आइपर्दा सहानुभूति दिन सक्ने व्यक्ति हो कि होइन भन्‍ने कुरामा भर पर्छ भनेर विश्‍वास गर्छन्। तिनीहरूले यी कुराहरू पुष्टि गर्न सँगै बस्दा आफ्नो जोडीप्रति विशेष ध्यान दिन्छन्। तिनीहरूले राम्रो ख्याल गरेर र ध्यान दिएर आफ्नो जोडीको सोच, दृष्टिकोण, बोली-व्यवहार, उसको हर चाल, साथै उसको सबलता र दुर्बलतालाई नियाल्छन् र रेकर्ड गर्छन्। तिनीहरू आफ्नो जोडीले जीवनमा प्रकट गर्ने सम्पूर्ण सोच, दृष्टिकोण, बोली र व्यवहारहरू विस्तारमा सम्झन्छन्, ताकि तिनीहरूले आफ्नो जोडीलाई अझ राम्ररी बुझ्न सकून्। साथै, तिनीहरू आफ्नो जोडीले तिनीहरूलाई अझ राम्ररी बुझोस् भन्‍ने पनि आशा गर्छन्, आफ्नो जोडीलाई हृदयमा बसाउँछन्, र आफूलाई जोडीको हृदयमा राख्छन् ताकि तिनीहरूले एकअर्कालाई अझ काबुमा राख्न सकून्, वा केही आइपर्दा आफ्नो जोडीसामु देखापर्ने, उसलाई मद्दत गर्ने र खडा भएर साथ दिने, प्रोत्साहन दिने र बलियो साथ दिने पहिलो व्यक्ति आफू हुन सकोस्। जिउने यस्ता अवस्थाहरूमा, श्रीमान र श्रीमतीले आफ्नो जोडी कस्तो प्रकारको व्यक्ति हो भनी खुट्ट्याउन विरलै प्रयास गर्छन्, पूर्णतया भावनामा बहेर जोडीका निम्ति जिउँछन्, र भावनामा बगेर नै आफ्नो जोडीको ख्याल गर्छन्, उसलाई सहन्छन्, उसका सबै गल्ती, त्रुटि र पछ्याइहरू सम्हाल्छन्, यहाँसम्म कि उसको हर कुरा मान्छन्। उदाहरणका लागि, कुनै महिलाको श्रीमानले भन्छ, ‘तिम्रा भेलाहरू निकै लामो चल्छन्। आधा घण्टाका लागि मात्र गएर घर आइहाल।’ उसले ‘म सक्दो प्रयास गर्छु’ भनी जवाफ दिन्छे। निश्चय नै, ऊ अर्कोपटक आधा घण्टाका लागि भेलामा जान्छे र घर फर्कन्छे, अनि अब उसको श्रीमानले भन्छ, ‘निकै राम्रो गरिछौ। अर्कोपटक चाहिँ गएर अनुहार मात्र देखाएर आइहाल।’ ऊ भन्छे, ‘ओहो, तपाईँलाई त्यति साह्रो मेरो अभाव खट्किन्छ! त्यसोभए ठिकै छ, म सक्दो प्रयास गर्नेछु।’ निश्चय नै, ऊ अर्कोपटक उसलाई निराश तुल्याउँदिन, भेलामा दश मिनेट जति बसेर घर फर्किहाल्छै। उसको श्रीमान् असाध्यै प्रसन्न हुन्छ र ‘यो त झनै राम्रो हो!’ भन्छ। यदि उसले ऊ पूर्व गएको चाहन्छ भने, ऊ पश्चिम जाने आँट गर्दिन; यदि उसले ऊ हाँसेको चाहन्छ भने, ऊ रुने आँट गर्दिन। उसले ऊ परमेश्‍वरको वचन पढिरहेकी र भजनहरू सुनिरहेकी देख्छ अनि त्यसलाई घृणा गर्छ र उसलाई घृणा लाग्छ, अनि यसो भन्छ, ‘जतिखेर पनि ती वचन पढेर र ती गीतहरू गाएर के काम? म घरमा भएको बेला तिमीले ती वचन नपढ्दा वा ती गीत नगाउँदा हुँदैन?’ उसले ‘ठिकै छ, हुन्छ, अबदेखि म पढ्नेछैनँ’ भनेर जवाफ दिन्छे। उसले त्यसउप्रान्त परमेश्‍वरका वचनहरू पढ्ने वा भजनहरू सुन्ने आँट गर्दिन। उसले श्रीमानको माग सुनेर आफूले परमेश्‍वरमा विश्‍वास गरेको वा परमेश्‍वरका वचनहरू पढेको श्रीमानलाई मन पर्दैन रहेछ भनेर बुझ्छे, त्यसैले श्रीमान् घरमा हुँदा ऊ उसलाई साथ दिन्छे, सँगै टिभी हेर्छे, सँगै खाना खान्छे, बात मार्छे, र उसले गुनासो पोखेको समेत सुन्छे। ऊ श्रीमान् खुसी हुन्छ भने उसका लागि जे पनि गर्नेछे। ऊ यी कुरा जोडीले पूरा गर्नुपर्ने जिम्मेवारी ठान्छे। त्यसोभए, ऊ परमेश्‍वरका वचनहरू कुन समयमा पढ्छे त? ऊ श्रीमान् बाहिर गइन्जेल पर्खिन्छे, त्यसपछि ऊ निस्किनेबित्तिकै ढोका बन्द गर्छे र हतार-हतार पढ्न थाल्छे। ढोकामा कोही आएको सुन्यो भने ऊ तुरुन्तै पुस्तक हटाउँछे र यति डराउँछे कि त्यसपछि पढ्ने आँटै गर्दिन। ढोका खोल्दा त श्रीमान् फर्केको होइन रहेछ भन्‍ने थाहा पाउँछे—उसलाई मनको बाघले मात्र खाएको हुन्छ, त्यसकारण ऊ पढ्न जारी राख्छे। पढ्दै जाँदा उसलाई तनाव हुन्छ, घबराहट हुन्छ, र डर लाग्छ, अनि सोच्छे, ‘उहाँ साँच्चै घर आउनुभो भने के होला? अहिलेलाई नपढ्नु नै बेस हुन्छ। म उहाँलाई कल गरेर कहाँ हुनुहुन्छ र कतिखेर आइपुग्नुहुन्छ भनी सोध्छु।’ ऊ उसलाई कल गर्छे र उसले भन्छे, ‘आज कामको अलि चटारो परेकाले म तीन-चार बजेपछि मात्र घर आउन सक्छु।’ यो सुनेर उसलाई ढुक्क लाग्छ, तर के उसले अझै आफ्नो मनलाई शान्त पारेर परमेश्‍वरका वचनहरू पढ्न सक्छे त? सक्दिन; उसको मन खलबलिएको छ। ऊ हतार-हतार परमेश्‍वरलाई प्रार्थना गर्छे, अनि के भन्छे? के उसले परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा आस्थाको कमी छ, श्रीमानदेखि डर लाग्छ, र परमेश्‍वरका वचनहरू पढ्न आफ्नो मन शान्त पार्न सक्दिनँ भनेर भन्छे? उसलाई यी कुराहरू भन्न मिल्दैन भन्‍ने लाग्छ, त्यसकारण ऊसँग परमेश्‍वरलाई भन्‍ने केही हुँदैन। तर ऊ आँखा बन्द गरेर हात जोड्छे। ऊ शान्त हुन्छे र त्यति घबराउँदिन, त्यसैले परमेश्‍वरका वचनहरू पढ्न जान्छे, तर वचनहरू बुझ्दिन। ऊ सोच्छे, ‘मैले भर्खरै कहाँ पो पढिराथेँ? म के चिन्तन गर्दैथेँ? मेराले सोचहरू पूरै गुमेका रहेछन्।’ उसले त्यसबारे जति धेरै सोच्छे, उसलाई त्यति धेरै रिस उठ्छ र असहज हुन्छ: ‘आज त म पढ्दिनँ। एकपटक आत्मिक भक्तिहरू छुट्दैमा त्यस्तो केही बित्दैन।’ तँलाई के लाग्छ? के उसको जीवन राम्रै चलिरहेको छ? (छैन।) यो वैवाहिक कष्ट हो कि वैवाहिक सुख? (कष्ट।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (११))। परमेश्‍वरका वचनहरूले मेरो वास्तविक स्थितिको खुलासा गरिदिए। मानिसहरूले विश्वासको अभ्यास गर्नु र आफ्नो कर्तव्य निर्वाह गर्नु पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो। तर जब मेरा श्रीमान्ले मलाई बाधा दिनुभयो, हाम्रो सम्बन्धलाई जोगाइराख्न, उहाँको हेरचाह र ध्यानको आनन्द लिइरहन, र आफ्नो वैवाहिक जीवन नटुटाउनका लागि, मैले आफ्नो कर्तव्यलाई एकातिर पन्छाउन पनि पछि परिनँ र उहाँको मन जित्न सक्दो सबैथोक गरेँ। मेरा श्रीमान्लाई मैले विश्वासको अभ्यास गरेको मन नपर्ने भएकोले, उहाँ घरमा हुँदा मैले परमेश्‍वरका वचनहरू खाने-पिउने आँट गरिनँ, र उहाँ घर आएको सुन्नेबित्तिकै, म डराएर हतार-हतार मेरा किताबहरू लुकाउँथेँ। यदि मेरा श्रीमान् नभएको भए, म साँझ घर फर्किएपछि, नियमित रूपमा आत्मिक भक्ति गर्ने, आफ्नो काममा भएका गल्तीहरूको समीक्षा गर्ने, आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न परमेश्‍वरका वचनहरू खाने-पिउने गर्ने थिएँ, र मेरो जीवनमा छिटो प्रगति हुने थियो। यो मेरो कर्तव्यको लागि पनि फाइदाजनक हुने थियो। तर, आफ्नो खुसीयाली वैवाहिक जीवनलाई जोगाइराख्नको लागि, मैले आफ्नो कर्तव्य र सत्यताको पछ्याइलाई एकातिर पन्छाएँ र घरमा आत्मिक भक्ति विरलै मात्र गरेँ। मैले कतिपय दुष्ट सांसारिक प्रवृत्तिहरूको प्रतिरोध गर्न नसकेकीले, म अक्सर गैरविश्‍वासी भिडियो र चलचित्रहरू हेर्नमै अल्झन्थेँ, परमेश्‍वरसँगको मेरो सम्बन्ध टाढा भयो र मेरो जीवन प्रवेशमा क्षति पुग्यो। त्यति मात्र होइन, म राति समयमै पत्रहरूको जवाफ दिन असमर्थ हुन्थेँ र धेरैजसो काम ढिला हुन्थ्यो र अगुवाले आएर सोधपुछ गरी दबाब नदिउञ्जेल पूरा हुँदैनथ्यो। मैले आफूले आफ्नै मात्र ख्याल राखेको थाहा पाएँ। मैले आफ्नो वैवाहिक जीवन जोगाउन सक्दासम्म, मण्डलीको हितमा आँच आए पनि मलाई कुनै मतलब थिएन, र फलस्वरूप, धेरै परियोजनाहरूमा ढिलाइ भयो। ममा साँच्चै विवेक र समझको अभाव रहेछ, र म एकदमै स्वार्थी र घृणित रहेछु!

त्यसपछि, मैले निम्न खण्ड देखेँ: “तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न, अर्को व्यक्तिसँग शान्तिपूर्वक जिउन र सँगै जीवन बिताउन, अनि आफ्नो जोडीसित जीवन बिताउँदा कस्तो हुन्छ र आफूलाई आइपर्ने सम्पूर्ण कुरा कसरी सँगै मिलेर सम्हाल्ने भनी अनुभव गर्न, तेरो जीवन अझ सम्पन्न र फरक बनाउन सिकेस् भनेर नै परमेश्‍वरले तेरा लागि विवाह तोक्नुभएको छ। तर, उहाँ तँलाई विवाह दिएर विश्‍वासघात गर्नुहुन्न र, अवश्य नै, उहाँ तँलाई तेरो जोडीको दास बनाएर धोका दिनुहुन्न। तँ उसको दास होइनस्, र ऊ पनि तेरो मालिक होइन। तिमीहरू बराबर हौ। तेरो आफ्नो जोडीप्रति स्वास्नी वा लोग्नेको जिम्मेवारी मात्र हुन्छ, र तैँले यी जिम्मेवारीहरू पूरा गर्दा, परमेश्‍वर तँलाई योग्य स्वास्नी वा लोग्ने मान्नुहुन्छ। तेरो जोडीसित भएको हर कुरा तँसित छ, र तँ तेरो जोडीभन्दा खराब छैनस्। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र सत्यता पछ्याउँछस्, आफ्नो कर्तव्य निभाउन सक्छस्, प्राय: भेलाहरूमा सहभागी हुन्छस्, प्रार्थना गर्दै परमेश्‍वरका वचनहरू पढ्छस्, र परमेश्‍वरसामु आउँछस् भने, यी परमेश्‍वरले स्विकार्ने र सृष्टि गरिएको प्राणीले गर्नुपर्ने अनि जिउनुपर्ने सामान्य जीवन हुन्। यसमा लाज मान्नुपर्ने कुनै कुरा छैन, न त तैँले आफूले यस्तो जीवनशैली अपनाउने भएकाले आफ्नो जोडीप्रति कुनै कुराको दायित्व नै महसुस गर्नुपर्छ—आफ्नो जोडीप्रति तेरो कुनै दायित्व छैन। … दैहिक सम्बन्धको सन्दर्भमा भन्नुपर्दा, तेरा आमाबुबाबाहेक यो संसारमा तेरो निकटतम व्यक्ति भन्नु नै तेरो जोडी हो। तैपनि तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकाले, उसले तँलाई शत्रुझैँ व्यवहार गर्छ, आक्रमण गर्छ र सताउँछ। उसले तँ भेलामा सहभागी भएकोमा आपत्ति जनाउँछ, यदि उसले कुनै गफगाफ सुन्यो भने घर आएर तँलाई गाली र दुर्व्यवहार गर्छ। तैँले उसको सामान्य जीवनमा असर नपुऱ्याई घरमा प्रार्थना गर्दा वा परमेश्‍वरका वचन पढ्दासमेत उसले तँलाई गाली र विरोध गर्नेछ र कुटपिटसमेत गर्नेछ। मलाई भन् त, यो कस्तो कुरा हो? के ऊ पिशाच होइन र? के तेरो निकटतम व्यक्ति यही हो? के यस्तो व्यक्तिप्रति तैँले कुनै जिम्मेवारी पूरा गर्नु उचित हुन्छ? (हुँदैन।) अहँ, उचित हुँदैन! त्यसकारण, यस्तो वैवाहिक जीवनमा हुने कतिपय मानिस अझै आफ्नो जोडीले उठ् भन्दा उठ्ने र बस् भन्दा बस्ने गर्छन्, सबथोक त्याग्न तत्पर हुन्छन्, आफ्नो कर्तव्य निर्वाहमा खर्चनुपर्ने समय, आफ्नो कर्तव्य निभाउने अवसर, र आफूले मुक्ति प्राप्त गर्ने अवसरसमेत त्याग्छन्। तिनीहरूले यस्तो काम गर्नु हुँदैन, र कम्तीमा पनि तिनीहरूले यस्ता विचार त्याग्नुपर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (११))। परमेश्‍वरका वचनहरू पढेर, मैले के सिकेँ भने परमेश्‍वरले मानिसहरूलाई शान्तिपूर्वक मिलेर बस्न, एकअर्काको साथ दिन र हेरचाह गर्न अनि जिम्मेवारीहरू पूरा गर्न सिकाउनका लागि विवाहको आज्ञा दिनुहुन्छ। यसको उद्देश्य कठिनाइहरूको सामना गर्दा परामर्श गर्न कोही होस्, वैवाहिक जीवनको संरचनाभित्र रहेर समस्याहरू समाधान गर्न कोही होस् भन्ने हो। परमेश्‍वरले मलाई विवाहमा बेच्नुहुन्न, र म मेरो श्रीमान्‌को दासी होइन। हामी सबै सृजित प्राणीहरू हौँ, हामी बराबर छौँ। परमेश्‍वरमा विश्वास गरेपछि पनि, मैले मेरा श्रीमान्‌को हेरचाह गर्न सक्दो प्रयास गरेँ। उहाँले कठिनाइहरूको सामना गर्दा, म उहाँको साथमा उभिएँ, र उहाँ बिरामी हुनुहुँदा मैले उहाँको हेरचाह गरेँ। मैले हाम्रो वैवाहिक जीवनमा आफ्नो जिम्मेवारी पूर्ण रूपमा पूरा गरेँ, म उहाँप्रति ऋणी थिइनँ। वास्तवमा, निरन्तर मेरा गल्तीहरू कोट्याउँदै सम्बन्धविच्छेदको धम्की दिने उहाँ नै हुनुहुन्थ्यो, उहाँले हाम्रो वैवाहिक जीवनलाई महत्त्व दिनुभएन र पनि मैले मूर्खतापूर्वक यसलाई जोगाउन काम गरेँ र उहाँद्वारा नियन्त्रणमा परेँ अनि विश्वासको अभ्यास गर्ने र सत्यता खोज्ने आँट गरिनँ। म कत्ति मूर्ख रहेछु! परमेश्‍वरका वचनहरू पढेपछि मैले धेरै स्पष्ट महसुस गरेँ। मैले बाहिर भेलामा जाँदा वा घरमा परमेश्‍वरका वचनहरू खाने-पिउने गर्दा उहाँलाई कत्ति पनि बाधा दिएकी थिइनँ, तर मेरा श्रीमान्ले मलाई समर्थन गर्न असफल मात्र हुनुभएन, उहाँले मलाई लगातार दबाब र बाधा दिनुभयो, मलाई सम्बन्धविच्छेद र पुलिसलाई बोलाउने धम्की दिनुभयो। यसले के देखायो भने मेरा श्रीमान्‌को मानवता खराब रहेछ र, सारमा, उहाँ एक दियाबलस हुनुहुँदोरहेछ। उहाँ मैले गरेको राम्रो व्यवहारको लायक हुनुहुँदोरहेनछ, र मैले केवल उहाँकै लागि परमेश्‍वरका वचनहरू खाने-पिउने, सत्यता खोज्ने, आफ्नो कर्तव्य निर्वाह गर्ने र मुक्तिसमेत पाउने मौका त्याग्नुहुँदैनथ्यो। जब म घर फर्केँ, मैले सोचेँ, “म अब उप्रान्त मेरा श्रीमान्‌द्वारा बाँधिनु हुँदैन।” भोलिपल्टै, मैले घरमा आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ। जब मैले व्यावहारिक रूपमा सहकार्य गर्न थालेँ, मेरा श्रीमान्ले समस्या खडा गर्न छोड्नुभयो। हो, उहाँले कहिलेकाहीँ एकाध घोचपेच गर्नुहुन्थ्यो, तर म त्यसपछि बन्धनमा पर्न छोडेँ र सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सकेँ।

पछि, मैले किन खुसी वैवाहिक सम्बन्धलाई यति धेरै महत्त्व दिएँ, र यसलाई मेरो जीवनको मुख्य पछ्याइका रूपमा समेत हेरेँ भनेर मनन गरेँ। मैले परमेश्‍वरका वचनका दुई खण्डहरू देखेँ: “सबभन्दा पहिला, विवाहको सम्बन्धमा केही रायहरू समाजमा चर्चित बन्छन्, र त्यसपछि साहित्यका विविध कृतिहरूले विवाहबारे लेखकका विचार र रायहरू बोक्‍ने गर्छन्; जब यी साहित्यिक कृतिहरूलाई टेलिभिजन कार्यक्रम र ठूला पर्दाका चलचित्रमा रूपान्तरित गरिन्छ, तिनीहरूले विवाहबारेका मानिसहरूका विविध रायहरू, त्यसबारेका तिनीहरूका विविध खोज, आदर्श र इच्छाहरू झन्‌ प्रस्ट रूपमा वर्णन गर्छन्। धेरै होस् वा थोरै, देखिनेगरी होस् वा नदेखिनेगरी, यी कुराहरू निरन्तर तिमीहरूभित्र हालिन्छ। तिमीहरूमा विवाहको कुनै सही अवधारणा हुनुपहिले नै, विवाहबारेका यी सामाजिक राय र सन्देशहरूले तिमीहरूमा पूर्व-अवधारणाहरू सिर्जना गर्छन् र तिमीहरू तिनलाई स्विकार्छौ; त्यसपछि तिमीहरू आफ्नो विवाह कस्तो होला, र जीवनसाथी कस्तो हुने हो भनेर मनोकल्पना गर्छौ। चाहे तैँले यी सन्देशहरू चाहे टेलिभिजन कार्यक्रम, चलचित्र, र उपन्यासमार्फत स्विकारे पनि, वा तेरो सामाजिक वृत्त र तेरो जीवनका मानिसहरूमार्फत स्विकारे पनि—यसको स्रोत चाहे जेसुकै भए पनि, यी सबै सन्देशहरू मानव, समाज, र संसारबाट आउँछन्, वा ठ्याक्‍कै भन्नुपर्दा, ती दुष्ट प्रवृत्तिहरूबाट क्रमिक रूपमा उत्पन्‍न र विकास हुन्छन्। अझै ठ्याक्‍कैसँग भन्नुपर्दा, ती अवश्य नै शैतानबाट आउँछन्। के यस्तै होइन र? (हो।) … विवाहसम्बन्धी समाजका यी रायहरू—मानिसहरूको सोच र तिनीहरूको प्राणका गहिराइमा रहेका यी कुराहरू—मूलतः रोमान्टिक प्रेमबारे नै हुन्छन्। यी रायहरू मानिसहरूमा हालिन्छ, र यसकारण तिनीहरूले हरप्रकारका मनोकल्पनाहरू विकास गर्छन्। उदाहरणको लागि, तिनीहरू आफूले प्रेम गर्ने व्यक्ति को होला, ऊ कस्तो व्यक्ति हुने हो, र वैवाहिक जोडीमा तिनीहरूका अपेक्षाहरू केके हुन् भन्‍नेबारे मनोकल्पना गर्छन्। खासगरी, समाजबाट बहुआयामी सन्देशहरू आएका छन् जसले भन्छन्, तिनीहरूले निश्‍चित रूपमा उक्त व्यक्तिलाई प्रेम गर्नुपर्छ र त्यस व्यक्तिले पनि तिनीहरूलाई प्रेम गर्नुपर्छ, त्यस्तो प्रेम मात्र साँचो रोमान्टिक प्रेम हो, साँचो रोमान्टिक प्रेम मात्र विवाहसम्म पुग्न सक्छ, रोमान्टिक प्रेममा आधारित विवाह मात्र राम्रो र सुखी हुन्छ, र रोमान्टिक प्रेमविनाको विवाह अनैतिक हुन्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१०))। “धेरै मानिस आफ्नो जीवनको खुसी आफ्नो विवाहमाथि निर्भर बनाउँछन्, अनि तिनीहरूको खुसी पछ्याउने लक्ष्य विवाहमा सुख र सिद्धता पछ्याउनु हुन्छ। तिनीहरू यदि आफ्नो विवाह सुखी छ र आफू आफ्नो जोडीसँग खुसी छ भने, आफ्नो जीवन सुखी जीवन हुनेछ भन्‍ने विश्‍वास गर्छन्, त्यसैले तिनीहरू आफ्नो वैवाहिक सुखलाई निरन्तरको प्रयासमार्फत प्राप्त हुने आजीवन मिसन ठान्छन्। … त्यसकारण, जब परमेश्‍वरको घरले अरू सबै कुराभन्दा बढी वैवाहिक सुख पछ्याउने मानिसहरू परमेश्‍वरको आफ्ना घर छोडी टाढा गई सुसमाचार प्रचार गरेको र आफ्नो कर्तव्य निभाएको माग गर्छ, तब तिनीहरू प्राय: हतोत्साहित, असहाय हुन्छन्, र आफूले चाँडै वैवाहिक सुख गुमाउनेछु भनेर असहजसमेत महसुस गर्छन्। कतिपय मानिस आफ्नो वैवाहिक सुख कायम राख्न आफ्ना कर्तव्यहरू त्याग्छन् वा निर्वाह गर्न अस्वीकार गर्छन्, र कतिपयले त परमेश्‍वरको घरका महत्त्वपूर्ण बन्दोबस्तहरूसमेत अस्वीकार आफ्नो वैवाहिक सुख कायम राख्न प्राय: आफ्नो जोडीका भावनाहरू बुझ्ने कोसिस गर्ने कतिपय मानिस पनि छन्। यदि आफ्नो जोडी अलि अप्रसन्न भयो वा उसले तिनीहरूको आस्थाप्रति, तिनीहरूले परमेश्‍वरप्रतिको आस्थामा लिएको मार्गप्रति, र तिनीहरूको कर्तव्य निर्वाहप्रति अप्रसन्न वा असन्तुष्ट भएको सङ्केत मात्र देखाउँछ भने, तिनीहरू तुरुन्तै मार्ग परिवर्तन गर्छन् र सम्झौता गर्छन्। तिनीहरू आफ्नो वैवाहिक सुख कायम राख्न आफ्नो जोडीसँग प्रायः सम्झौता गर्छन्, चाहे त्यसका लागि तिनीहरूले कर्तव्य निभाउने मौका त्याग्न अनि आफ्नो जोडीलाई आफू त्यहाँ भएको देखाउन, एक्लो महसुस नगराउन र आफ्नो प्रेम महसुस गराउन भेलाको, परमेश्‍वरको वचन पढ्ने र आत्मिक भक्तिहरू निर्वाह गर्न गर्ने समय नै किन त्याग्न नपरून्; तिनीहरू आफ्नो जोडीको प्रेम गुमाउनु वा त्यो प्रेमरहित हुनुभन्दा यसो गर्न तयार हुन्छन्। किनभने तिनीहरूलाई लाग्छ, यदि आफूले आफ्नो आस्था वा परमेश्‍वरप्रतिको आस्थामा आफूले अपनाएको मार्गका लागि आफ्नो जोडीको प्रेम त्याग्यो भने, यसको अर्थ आफूले आफ्नो वैवाहिक सुख त्यागेको हुन्छ र आफूले अबउप्रान्त वैवाहिक सुख महसुस गर्न सक्नेछैन, र त्यसपछि आफू एक्लो, दयनीय र दुःखी व्यक्ति हुनेछ। दुःखी र दयनीय व्यक्ति हुनुको अर्थ के हो? त्यसको अर्थ, अर्को व्यक्तिको प्रेम वा कदर नपाएको व्यक्ति हुनु हो। यी मानिसहरूले केही धर्मसिद्धान्त र परमेश्‍वरले मुक्तिको काम गर्नुको महत्त्व बुझ्ने भए पनि र पक्कै पनि आफूले सृष्टि गरिएको प्राणीको रूपमा सृष्टि गरिएको प्राणीको कर्तव्य निभाउनुपर्छ भन्‍ने बुझे पनि, तिनीहरूले आफ्नो खुसी आफ्नो जोडीलाई सुम्पने र अवश्य नै आफ्नो खुसीलाई आफ्नो वैवाहिक सुखमाथि निर्भर पनि बनाउने हुनाले, तिनीहरूले आफूले के गर्नुपर्छ भन्‍ने बुझे पनि र थाहा पाए पनि, वैवाहिक सुखको पछ्याइ त्याग्न सक्दैनन्। तिनीहरू गल्तीले वैवाहिक सुख पछ्याउनुलाई आफूले यो जीवनकालमा पछ्याउनुपर्ने मिसन ठान्छन्, र गल्तीवश वैवाहिक सुख पछ्याउनुलाई सृष्टि गरिएको प्राणीले पछ्याउनुपर्ने र पूरा गर्नुपर्ने मिसन ठान्छन्। के यो गल्ती होइन र? (हो, यो गल्ती हो।)” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (११))। परमेश्‍वरका वचनहरूले विवाहबारे मानिसहरूका भ्रामक धारणाहरू कसरी शैतानद्वारा अगाडि सारिएका थिए भन्ने कुरालाई खुलासा गरिदिए। मलाई याद छ, म सानो छँदा, छरछिमेकमा रोमान्टिक गीतहरू बजिरहेको सुन्न सकिन्थ्यो। जब-जब म ती गीतहरू सुन्थेँ, म सधैँ एउटा सुखी वैवाहिक जीवनको आशा र कल्पना गर्थेँ। “एउटा साँचो मन जित्न पाऊँ, र हाम्रो दिनको अन्त्यसम्म हामी कहिल्यै नछुटिऊँ” र “जीवनभर सँगै यात्रा गर्नु” जस्ता विचार र धारणाहरू बिस्तारै मेरो विश्वास प्रणालीमा रोपिए। म के विश्वास गर्न थालेँ भने मेरा श्रीमान् जीवनभरि मेरो साथमा हुनुहुनेछ र मलाई माया गर्ने र मेरो ख्याल राख्ने श्रीमान् पाउनुभन्दा बढी मूल्यवान अरू केही छैन। परमेश्‍वरमा विश्वास गर्न थालेपछि, मैले कर्तव्य निर्वाह गर्नेबारे परमेश्‍वरका धेरै वचनहरू पढेँ, र मलाई म आखिरी दिनहरूमा जन्मिन पाउनु भाग्यको कुरा हो, एउटा सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नु नै मेरो जीवनको मुख्य पछ्याइ हुनुपर्छ अनि यो नै सबैभन्दा अर्थपूर्ण कुरा हो भन्ने सैद्धान्तिक रूपमा थाहा थियो। तर म यी सांसारिक विचार र धारणाहरूले बाँधिएकी र जकडिएकी थिएँ। मैले मेरा श्रीमान्ले मलाई जीवनभरि साथ दिनुपर्छ र प्रेमविनाको वैवाहिक जीवन दयनीय र दुःखद हुन्छ भन्ने सोचेँ। त्यसैले जब मेरो विश्वासका कारण मेरा श्रीमान्ले मलाई हेरचाह र माया गर्न छोड्नुभयो मैले त्यो सहनै सकिनँ। यदि मेरो विवाह टुट्यो भने, मलाई माया गर्ने र मेरो ख्याल राख्ने कोही नभएको दयनीय अवस्थामा पुग्नेछु भन्ने डरले म भयभीत थिएँ। त्यसैले मैले आफ्ना श्रीमान्‌को प्रेम फिर्ता पाउन आफूले सक्नेजति सबैथोक गरेँ। उहाँ मेरो विश्वासको विरुद्धमा हुनुहुन्छ भन्ने देखेर, मैले उहाँको सामु हार मानेँ र आफ्नो वैवाहिक सम्बन्ध जोगाउनका लागि परमेश्‍वरका वचनहरू खान-पिउन कम समय बिताउन र मण्डलीको काममा ढिलाइ गर्न तयार भएँ। म कति स्वार्थी र घृणास्पद रहेछु! मैले कसरी आफूले परमेश्‍वरमा विश्वास गर्न थालेदेखि, मेरा श्रीमान् पूरै परिवर्तन हुनुभयो र सधैँ मेरो गल्तीहरू कोट्याउन थाल्नुभयो, र उहाँले अक्सर मलाई सम्बन्धविच्छेद गर्ने वा पुलिसलाई बोलाउने धम्की दिनुहुन्थ्यो भन्ने कुरालाई फर्केर हेरेँ। मैले के देखेँ भने मेरा श्रीमान्ले मलाई राम्रो व्यवहार गर्नु साँचो प्रेम थिएन, यो केवल एउटा नाटक थियो जुन पूर्ण रूपमा मैले उहाँलाई बच्चा दिन सक्ने र घर-व्यवहार सम्हाल्न सक्ने क्षमतामा आधारित थियो। जब मेरो विश्वासले उहाँको हितमा खतरा पुऱ्यायो, उहाँले आफ्नो नकाब च्यात्नुभयो र दियाबलसको रूपमा आफ्नो सार प्रकट गर्नुभयो। रोमान्टिक प्रेम र सुखी वैवाहिक जीवन मानिसहरूलाई धोका दिन र फसाउन शैतानले रचेका छलकपटहरूबाहेक अरू केही होइनन्। यदि मैले वैवाहिक सुख जोगाउन खोजेको कारणले आफ्नो कर्तव्यलाई सधैँ हल्का रूपमा लिन्थेँ भने, मैले कहिल्यै सत्यता प्राप्त गर्नेथिइनँ र अन्ततः परमेश्‍वरद्वारा हटाइने थिएँ।

२०२३ को जूनमा, मलाई जिल्ला अगुवाको रूपमा छानियो। यो परमेश्‍वरले गर्नुभएको उन्नयन हो भन्ने मलाई थाहा थियो, तर कर्तव्यमा लागेको एक महिनापछि, मैले अक्सर कोही शङ्कास्पद व्यक्तिले मेरो पिछा गरिरहेको देखेँ। यस्तो अवस्थामा, मैले आफ्नो कर्तव्य सुरक्षित रूपमा पूरा गर्ने एकमात्र तरिका घर छोड्नु थियो। यद्यपि, यदि मैले घर छोडेँ भने, मेरा श्रीमान्ले मसँग सम्बन्धविच्छेद गर्न सक्नुहुन्छ भन्ने मलाई थाहा थियो, त्यसैले म चिन्ता र अनिर्णयमा डुबेँ। खोजी गरेर, मैले परमेश्‍वरका वचनका यी दुई खण्डहरू भेट्टाएँ: “परिवार वा समाजमा तेरो भूमिका जे भए पनि—चाहे त्यो श्रीमती, श्रीमान्‌, बच्चा, अभिभावक, कामदार, वा अरू जेसुकै होस्—र विवाहित जीवनमा तेरो भूमिका महत्त्वपूर्ण होस् वा नहोस्, परमेश्‍वरको अगाडि तेरो एउटा मात्र परिचय छ र त्यो सृष्टि गरिएको प्राणीको परिचय हो। परमेश्‍वरको अगाडि तेरो दोस्रो परिचय छैन। त्यसकारण, जब परमेश्‍वरको घरले तँलाई बोलाउँछ, तैँले तेरो मिसन पूरा गर्नुपर्छ। मतलब, सृष्टि गरिएको प्राणीको नाताले, तैँले तेरो वैवाहिक सुख र तेरो विवाहको पूर्णता कायम राख्ने सर्त पूरा भए मात्र तेरो मिसन पूरा गर्नुपर्छ भन्‍ने होइन, बरु जबसम्‍म तँ सृष्टि गरिएको प्राणी रहन्छस्, तबसम्‍मै तैँले परमेश्‍वरले दिनुभएको र सुम्पनुभएको मिसन निसर्त पूरा गर्नुपर्छ; परिस्थिति जे-जस्ता भए पनि, परमेश्‍वरले तँलाई दिनुभएको मिसनलाई प्राथमिकता दिनु सधैँ तेरो कर्तव्य हो, जबकि विवाहले दिएको तेरो मिसन र जिम्मेवारी गौण कुरा हो। सृष्टि गरिएको प्राणीको रूपमा तैँले पूरा गर्नुपर्ने र तँलाई परमेश्‍वरले दिनुभएको मिसन हरअवस्था र हरपरिस्थितिमा सधैँ तेरो पहिलो प्राथमिकता हुनुपर्छ। त्यसैले, तँलाई आफ्नो वैवाहिक सुख कायम राख्न जति नै इच्छा भए पनि, वा तेरो वैवाहिक परिस्थिति जेजस्तो भए पनि, वा तेरो विवाहको लागि तेरो जोडीले जति ठूलो मूल्य चुकाए पनि, यीमध्ये कुनै पनि कुरा परमेश्‍वरले तँलाई दिनुभएको मिसन अस्वीकार गर्ने कारण बन्नु हुँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१०))। “यदि तेरो वैवाहिक सुखप्रतिको खोजले सृष्टि गरिएको प्राणीको तेरो कर्तव्यपालनमा असर, अवरोध, र बरबादी ल्याउँछ भने, तैँले तेरो वैवाहिक सुखप्रतिको खोज मात्र नभई पूरै वैवाहिक जीवनलाई नै त्याग्नुपर्छ। अनि, यी मामलाहरूमा सङ्गति गर्नुको अन्तिम उद्देश्य र अर्थ के हो? यसको उद्देश्य वैवाहिक सुखले तेरा कदममा ढिलाइ नपुर्‍याओस्, तेरा हातहरू नबाँधोस्, तेरा आँखा नछोपोस्, तेरो दृष्टि नबिगारोस्, तेरो मनमस्तिष्क बाधा र कब्जामा नपारोस् भन्‍ने हो; यसको उद्देश्य वैवाहिक सुखप्रतिको खोजले तेरो जीवन मार्ग र तेरो जीवन नभरोस्, र तैँले तेरो वैवाहिक जीवनमा आफूले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरूलाई सही ढङ्गले ली र आफूले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वबारे सही निर्णय गर् भन्‍ने हो। अझ राम्ररी अभ्यास गर्ने तरिकाचाहिँ आफ्नो कर्तव्यमा बढी समय र शक्ति समर्पित गर्नु, आफूले निभाउनुपर्ने कर्तव्य निभाउनु, र परमेश्‍वरले तँलाई सुम्पनुभएको मिसन हासिल गर्नु हो। तैँले आफू सृष्टि गरिएको प्राणी हो, परमेश्‍वरले नै तँलाई जीवनमा यो क्षणसम्म अगुवाइ गर्नुभएको हो, परमेश्‍वरले नै तँलाई वैवाहिक जीवन र परिवार दिनुभएको हो, र परमेश्‍वरले नै तँलाई विवाहको संरचनाभित्र तैँले पूरा गर्नुपर्ने जिम्मेवारीहरू प्रदान गर्नुभएको हो, अनि विवाह तैँले आफै रोजेको होइन, तेरो विवाह अचानक भएको होइन, वा तैँले तेरा आफ्नै क्षमता र शक्तिमा भर परेर वैवाहिक सुख कायम राख्न सक्ने होइन भन्‍ने कुरा कहिल्यै बिर्सनु हुँदैन(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१०))। परमेश्‍वरका वचनहरू पढेर, मैले के बुझेँ भने मेरो आफ्नो घरमा म श्रीमती र आमा भए तापनि, म परमेश्‍वरले सृष्टि गर्नुभएको एक सृजित प्राणी पनि थिएँ, र कुनै कर्तव्य दिइएपछि, मैले त्यसलाई बिनासर्त स्वीकार गर्नुपर्थ्यो र त्यसलाई मेरो पहिलो प्राथमिकता बनाउनुपर्थ्यो। एउटा सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नु नै मेरो जीवनको एकमात्र मिसन हो। परमेश्‍वरले मलाई जीवन उपहार दिनुभयो, उहाँले केवल आकाश, पृथ्वी र सम्पूर्ण वस्तुहरू सिर्जना गरेर मानवजातिलाई आवश्यक सबै कुरा प्रदान गर्नु भएको मात्र नभई, उहाँले मानवजातिलाई मुक्ति दिन सबै सत्यताहरू व्यक्त गर्नुहुन्छ, हामीलाई कसरी आचरण गर्ने, र कसरी शैतानको भ्रष्टताको विनाशबाट बच्ने अनि कसरी साँचो मानव स्वरूप जिउने भनेर समेत सिकाउनुहुन्छ। यदि मैले आफ्नो वैवाहिक जीवन जोगाउनका लागि आफ्नो कर्तव्यलाई इन्कार गर्थेँ भने, यो एकदमै विवेकहीन र समझहीन कार्य हुनेथियो। यदि यसले एउटा सृजित प्राणीको रूपमा मेरो कर्तव्यमा ढिलाइ नगर्ने हो भने, म वैवाहिक संरचनाभित्र रहेर आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्थेँ, तर मेरो खुसी वैवाहिक जीवनको पछ्याइले मेरो कर्तव्यलाई प्रभाव पारिरहेकोले, मैले आफ्नो वैवाहिक जीवनलाई एकातिर पन्छाएर, एउटा सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नमा धेरै ऊर्जा र समय लगाउनुपर्थ्यो र आफ्नो वैवाहिक सम्बन्धद्वारा पछाडि तानिन छोड्नुपर्थ्यो। त्यतिबेला नै मैले स्पष्ट रूपमा बुझेँ मैले आफ्नो वैवाहिक सम्बन्ध जोगाउनका लागि आफ्नो कर्तव्यको प्रगतिलाई बलिदान दिन बन्द गर्नुपर्छ। त्यसैले मैले आफ्नो कर्तव्य पूरा गर्न घर छोड्ने सङ्कल्प गरेँ। जब मैले मेरा श्रीमान्लाई केही समयको लागि लुक्न घर छोड्नुपर्छ भन्ने कुरा गरेँ, उहाँले तुरुन्तै सम्बन्धविच्छेद चाहनुभयो। उहाँले भन्नुभयो, “तँ पक्राउ परेर केही वर्ष जेल बसे पनि म तँलाई कुर्न सक्थेँ, तर यदि तँ घर छोडेर गइस् भने, हाम्रो सम्बन्ध सकियो।” यो सुनेर मलाई साह्रै निराशा लाग्यो। मैले मेरा श्रीमान्ले मलाई लुक्न दिनुभन्दा बरु म पक्राउ परेर जेल गएको रुचाउनु हुन्छ भन्ने कुरा विश्वासै गर्न सकिनँ। मैले मेरा श्रीमान्‌को सार नै परमेश्‍वरलाई घृणा गर्ने रहेछ भन्ने देखेँ। मैले आँसु पुछेँ र दृढतापूर्वक जवाफ दिएँ, “मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो र त्यसैले हामीले उहाँको आराधना गर्नुपर्छ। म पक्राउ परे पनि, बाहिर निस्केपछि म विश्वास गरिरहनेछु। यदि तपाईं यो स्वीकार गर्न सक्नुहुन्छ भने, हामी सँगै बस्न सक्छौँ; सक्नुहुन्न भने हामी दुवै आ-आफ्नो बाटो लागौँला।” भोलिपल्टै हामीले सम्बन्धविच्छेदको कागजपत्रमा हस्ताक्षर गर्‍यौँ।

अब म घरबाट टाढा छु र मेरा श्रीमान्‌को बन्धनबाट मुक्त छु, मसँग परमेश्‍वरका वचनहरू पढ्न र आफ्नो कर्तव्य पूरा गर्न अझ धेरै समय छ। जब-जब मलाई समस्याहरू आउँछन्, म तुरुन्तै ब्रदर-सिस्टरहरूसँग सङ्गति गर्न र खोजी गर्न सक्छु। जब म आफ्नो कर्तव्यमा भ्रष्ट स्वभाव प्रकट गर्छु र मेरा ब्रदर-सिस्टरहरूले त्यो औँल्याइदिनुहुन्छ, अब मसँग आफूलाई शान्त पारेर मनन गर्न धेरै समय छ। मसँग कामको बारेमा सोधपुछ गर्न र मैले फेला पारेका कुनै पनि समस्याहरूलाई तुरुन्तै सुधार्न पनि धेरै समय छ। फलस्वरूप हाम्रो काममा अझ राम्रा परिणामहरू आउन थालेका छन्। म अहिले देख्दैछु म पहिले शैतानले सिकाएका धारणाहरू र विचारहरूद्वारा जिउँथेँ, र मैले सत्यता प्राप्त गर्ने धेरै अवसरहरू गुमाएँ र आफ्नो कर्तव्य राम्ररी पूरा गरिनँ। र परमेश्‍वरका वचनहरूको मार्गदर्शनले गर्दा नै अहिले म विवाहको नेल र बन्धनबाट मुक्त हुन सकेँ। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  २२. सानो मामलाले मेरो साँचो रूप प्रकट गऱ्यो

अर्को:  २६. मलाई क्यान्सर भएको पत्ता लागेपछि

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger