२८. ख्याति र प्राप्ति पछ्याउँदा आनन्दित जीवन मिल्छ?

लिआङ जी, चीन

सन् १९९८ मा, मेरी श्रीमती र मैले काम गर्ने कम्पनी टाट पल्टियो, र हामी दुवै जना बेरोजगार भयौँ। त्यो बेला घरको आर्थिक अवस्था त्यति राम्रो थिएन। मेरी आमा बिरामी हुनुहुन्थ्यो र उहाँको उपचार खर्च थियो, अनि हामीले बच्चाको पनि स्कुलको शुल्क तिर्नुपर्थ्यो। मैले आफन्त र साथीभाइहरूसँग पैसा सापटी माग्ने कोसिस गरेँ, तर कसैले पनि मद्दत गर्न चाहेनन्। मानिसहरू एक-अर्काप्रति कति उदासीन हुँदा रहेछन् भन्‍ने मैले देखेँ। मैले मनमनै सोचेँ, “अबदेखि मैले धेरै पैसा कमाउनैपर्छ र सफल बन्नुपर्छ, ताकि फेरि कसैले मलाई हेप्न नसकोस्!” त्यसपछि मैले सुँगुर फार्म सुरु गरेँ र अरूसँग मिलेर कम्पनी पनि खोलेँ। तर दुवै असफल भए, र म धेरै ऋणमा डुबेँ। पछि कसैले मलाई एउटा लजिस्टिक कम्पनीमा लेखापालको रूपमा काम गर्न सिफारिस गर्‍यो। मैले यो कामलाई साँच्चै कदर गरेँ, किनभने यो देशकै एउटा प्रभावशाली कम्पनी थियो, र मैले सोचेँ, मैले कडा मेहनत गरेँ भने माथि पुग्ने ठूलो अवसर छ। घरको आर्थिक अवस्था सुधार्न मैले प्रायः अतिरिक्त समय काम गरेँ। हाकिमले पनि मलाई महत्त्व दिए, र कम्पनीका केही महत्त्वपूर्ण वित्तीय कारोबारहरू मलाई सुम्पन थाले। मैले हरेक काम होसियारीसाथ पूरा गर्थेँ, र मलाई दिइएको हरेक काममा लगनशील र जिम्मेवार थिएँ, जसले गर्दा हाकिम ढुक्क हुन्थे। मेरा हाकिम मदेखि साँच्चै खुसी थिए। त्यसैले बिस्तारै-बिस्तारै मेरो पदोन्नति हुँदै गयो, र म लेखापालको भूमिकाबाट विभाग प्रबन्धक बनेँ, र यससँगै, मेरो जिम्मेवारीको दायरा पनि फराकिलो हुँदै गयो। पहिले मलाई हेप्ने ती आफन्त, साथीभाइ र सहकर्मीहरू अब मेरो खुसामद गर्न थाले। मलाई निकै खुसी लाग्यो र जीवनमा बल्ल अघि बढ्ने कुरा पाएजस्तो लाग्यो। मैले सोचेँ, अहिले त म केवल विभाग प्रबन्धक हुँ, यदि मेरो अझै पदोन्नति भयो भने, मेरो आम्दानी बढ्नुका साथै, मेरो प्रतिष्ठा पनि बढ्दै जानेछ, र त्यसबेला त म साँच्चै सफल भइसक्नेछु, अनि मैले ख्याति र प्राप्ति दुवै कमाउनेछु।

केही समयपछि, एक जना आफन्तले मलाई सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार प्रचार गरे। केही समय भेलाहरूमा सहभागी भएपछि, मैले के बुझेँ भने परमेश्‍वरले आखिरी दिनहरूमा व्यक्त गर्नुहुने सत्यताहरू मानवजातिलाई मुक्ति दिनका लागि हुन्, र जबसम्म व्यक्तिले सत्यता पछ्याउँछ र उसको स्वभाव परिवर्तन हुन्छ, तबसम्म ऊ महाविपत्तिमा परमेश्‍वरद्वारा सुरक्षित रहन सक्छ र सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्छ। त्यसपछि, आफ्नो जागिरको साथसाथै, म ब्रदर-सिस्टरहरूसँग भेला हुने, परमेश्‍वरका वचनहरू खाने र पिउने, र परमेश्‍वरको प्रशंसामा भजन गाउने गर्थेँ। केही समयपछि, मैले आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ। सुरुमा, मेरो कर्तव्य र कामबीच त्यति धेरै टकराव भएन। तर समय बित्दै जाँदा, मेरो कर्तव्यमा काम बढेको थियो, र कहिलेकाहीँ लगातार केही दिन बिदा लिनुपर्थ्यो। मलाई चिन्ता लाग्न थाल्यो, मेरो कर्तव्यले मेरो कामलाई असर गर्ला कि भन्‍ने डर लाग्यो। किनभने मैले जिम्मेवारी लिएको वित्तीय काम पैसासँग सम्बन्धित थियो, एउटा सानो गल्तीले पनि मेरो जागिर जान सक्थ्यो, र यदि हाकिमले मलाई जागिरबाट निकाले भने, मेरा सबै आशाहरू चकनाचूर हुनेथिए। मैले सोचेँ, “यदि त्यसो भयो भने, के मेरा आफन्त, साथीभाइ र सहकर्मीहरूले मलाई अझै पनि त्यस्तै उच्च सम्मान गर्लान् र?” यसबाहेक, हाम्रो परिवारको जीवनस्तर भर्खरै सुध्रिन थालेको थियो, र यदि मैले गल्ती गरेर यो जागिर गुमाएँ भने, हामीले फेरि गरिबीको जीवन जिउनुपर्नेछ। धेरै सोचविचारपछि, मैले सकेसम्म कम बिदा लिने र धेरै काम गर्ने निर्णय गरेँ। त्यसपछि, मैले आफ्नो कर्तव्य निर्वाहका लागि बिदा लिँदा पनि आफ्नो सहायकको कामको फलो-अप गर्न फोन गर्थेँ, र केही गडबड नहोस् भनेर उसलाई बारम्बार सम्झाउने गर्थेँ। मैले नियमित कार्य समयमा झनै कडा मेहनत गर्न थालेँ, र आफ्नो आत्मिक भक्तिको समयमा पनि कामकै चिन्ता गर्थेँ। कामबाट छुट्ने बेला हुन लाग्दा पनि, यदि कुनै काम आयो भने, म तुरुन्तै त्यसमा लागिहाल्थेँ। समय सकिएपछि अरूहरू घर गएर आराम गर्दा, म अफिसमै बसेर थप समय काम गरिरहन्थेँ। कहिलेकाहीँ, म राति अबेरसम्म थप समय काम गर्थेँ, र मेरो ढाड दुख्ने र शरीरमा कुनै शक्ति नहुने गरी थकित हुन्थेँ। घर पुगेपछि परमेश्‍वरका वचनहरू पढ्ने योजना बनाउँथेँ, तर केही हरफ पढ्नेबित्तिकै मेरो दिमागले साथ दिँदैनथ्यो, र म अत्यन्तै निद्राले झुपझुप हुन्थेँ। म आफूलाई यसो भनेर सान्त्वनासमेत दिन्थेँ, “पछि समय मिलेपछि पढौँला,” र त्यसपछि सुत्न जान्थेँ। कहिलेकाहीँ, म आफ्नो हृदयलाई शान्त पारेर होसियारीसाथ परमेश्‍वरका वचनहरूमा मनन गर्न चाहन्थेँ, तर मसँग शक्ति नै हुँदैनथ्यो। कम्पनीको कामका लागि फोन आउनेबित्तिकै, म परमेश्‍वरका वचनको पुस्तक बन्द गर्थेँ र काम सम्हाल्न जान्थेँ। मैले आफ्नो कर्तव्य त गरिरहेँ, तर एउटा विश्‍वासी भएर, मैले नियमित भक्ति समेत कायम राख्न वा परमेश्‍वरसँग सामान्य सम्बन्ध राख्न सकिनँ। मलाई निकै बेचैनी हुन्थ्यो र यो मैले चाहेको जस्तो जीवन होइन भन्‍ने लाग्थ्यो। तर यो जागिरले दिएको प्रतिष्ठाबारे सोच्दा, म त्यसलाई छोड्न शक्तिहीन महसुस गर्थेँ। यो साँच्चै एउटा दुविधा थियो।

मैले कति समर्पित र जिम्मेवार भएर काम गरेको छु भनेर देखेपछि, मेरो हाकिमले मलाई मुख्यालयमा सम्पूर्ण सञ्जालको माल ढुवानी सेटलमेन्ट हेर्ने वित्तीय सेटलमेन्ट प्रबन्धकको पदमा पदोन्नति गर्नुभयो। यो कम्पनीको मुख्य विभाग थियो, र यो पद पाउनुको अर्थ म गाडी र घर किन्ने मेरो लक्ष्यको झन्-झन् नजिक पुग्दै थिएँ, र यस पदमा पदोन्नति भएपछि आउने थप फाइदाहरू त झनै भन्नै परेन। कम्पनीदेखि व्यक्तिसम्म, अग्रिम भुक्तानी र ढुवानी आम्दानी छिटो चाहने सबैले मबाट फाइदा लिन मेरो नजिक आउन खोज्थे। यसबाहेक, मसँग विभागका कर्मचारीहरूको तलब वृद्धि, कामको खटनपटन, र पद समायोजनमा सल्लाहकार अधिकार थियो, त्यसैले मेरो खुसामद गर्ने मानिसहरू झन्-झन् बढ्दै गए। कहिलेकाहीँ, मैले कार्य समूहमा एउटा सन्देश पठाउँदा, धेरैले प्रतिक्रिया दिन्थे, र यो एकैपल्टमा धेरैले प्रतिक्रिया दिने अनुभव मैले पहिले कहिल्यै गरेको थिइनँ। यो पदोन्नतिसँगै मेरो तलब पनि बढ्यो, र मैले धेरै अतिरिक्त आम्दानी पनि पाएँ। मेरो मद्दत खोज्ने हाकिमहरूले कहिलेकाहीँ मलाई स्थानीय विशेष सामानहरू, महँगो चुरोट र रक्सी, उपहार कार्ड, र यस्तै अन्य चीजहरू ल्याइदिन्थे, र हरेक चाडपर्व मेरा लागि बाली भित्र्याउने मौसमजस्तै हुन्थ्यो। कहिलेकाहीँ म सोच्थेँ, एउटा विश्‍वासी भएर, मैले इमानदार व्यक्ति हुनुपर्छ, र गैरविश्‍वासीहरूले जस्तो आफ्नो शक्तिलाई व्यक्तिगत लाभका लागि प्रयोग गर्नुहुँदैन, तर म नाफाको प्रलोभनलाई प्रतिरोध गर्न सकिनँ। मलाई परमेश्‍वरका मागहरू राम्ररी थाहा थियो तर तिनलाई अभ्यासमा लागू गर्न असमर्थ थिएँ। यसबाहेक, लामो समयसम्म आँखालाई दबाब परेकाले, मेरो दृष्टि बिस्तारै कमजोर हुँदै गयो, र धेरै रात जागा बस्दा मेरो रक्तचाप बढ्न थाल्यो र पिँडौला सुन्निन थाल्यो, जसले गर्दा एक दिनको कामपछि म शारीरिक र मानसिक रूपमा थकित महसुस गर्थेँ। मलाई थाहा थियो यसरी अघि बढिरहँदा मेरो स्वास्थ्यलाई हानि पुग्छ, तर म रोकिन सकिनँ। यो जागिरविना, मैले यी सबै भौतिक सुविधा र सबैको प्रशंसा गुमाउनेथिएँ। कहिलेकाहीँ भेलाहरूमा, ब्रदर-सिस्टरहरूले आफूले कसरी विभिन्न कुराहरू अनुभव गरे, कसरी आफ्नो भ्रष्टताका पक्षहरूलाई चिने, र परमेश्‍वरका वचनहरू पढेपछि कसरी सुधार गरे भनेर कुरा गर्थे। मलाई गहिरो ईर्ष्या लाग्थ्यो, र म सोच्थेँ, “यी ब्रदर-सिस्टरहरू सबैले स्वभावमा परिवर्तन ल्याउन खोजिरहेका छन्, तर म अझै पनि पैसा, ख्याति र प्राप्ति दलदलमा सङ्घर्ष गरिरहेको छु, आफ्नो भ्रष्ट स्वभावलाई फाल्ने कुरा त परै जाओस्; मैले एउटा इसाई जसरीसमेत जिएको छैन। म त पूरै पैसाको दास बनेको छु!” मलाई थाहा थियो यो जागिरले मेरो सत्यताको पछ्याइ र परमेश्‍वरमाथिको विश्‍वासलाई सुस्त बनाउँदै थियो, तर म अझै पनि यसले ल्याएको ख्याति र प्राप्तिलाई छोड्न सकिरहेको थिइनँ। मैले छोड्नेबित्तिकै, वर्षौँको कडा मेहनतको बदलामा प्राप्त सबै महिमा र भौतिक आनन्द गुम्नेछ। म गहिरो दुविधामा थिएँ र के गर्ने भनेर थाहा थिएन।

एक दिन भेलामा, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “मानिसले अर्थपूर्ण जीवन जिउने प्रयास गर्नुपर्छ र ऊ आफ्‍ना वर्तमान परिस्‍थितिहरूप्रति सन्तुष्ट हुनु हुँदैन। पत्रुसको स्वरूपमा जिउनको लागि, उसले पत्रुसको ज्ञान र अनुभवहरू प्राप्त गर्नैपर्छ। मानिसले अझै उच्‍च र अझै प्रगाढ कुराहरूको खोजी गर्नुपर्छ। उसले परमेश्‍वरप्रतिको अझै गहन, अझै शुद्ध प्रेम, र मूल्य र अर्थसहितको जीवनको खोजी गर्नुपर्छ। यो मात्रै जीवन हो; तब मात्र मानिस पत्रुसजस्तै हुनेछ। तैँले सकारात्मक पक्षमा सक्रिय रूपमा प्रवेश गर्न ध्यान दिनुपर्छ, र अझै प्रगाढ, अझै विस्तृत र अझै व्यवहारिक सत्यताहरूलाई बेवास्ता गर्दै अस्थायी सुखको खातिर आफूलाई निष्क्रिय रूपमा गलत मार्गमा लैजानु हुँदैन। तँमा व्यवहारिक प्रेम हुनैपर्छ, र तैँले पशुको भन्दा फरक नभएको यो भ्रष्ट, लापरवाही जीवनबाट आफूलाई मुक्त गर्ने उपायहरू पत्ता लगाउनैपर्छ। तैँले अर्थपूर्ण जीवन, मूल्य भएको जीवन जिउनुपर्छ, र तैँले आफैलाई मूर्ख तुल्याउने वा आफ्‍नो जीवनलाई खेलौनाजस्तो व्यवहार गर्नु हुँदैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरका वचनले मलाई साँच्चै अन्तर्दृष्टि दिए। परमेश्‍वरले हामीलाई पत्रुसको अनुकरण गर्न भन्नुहुन्छ, जो सांसारिक कुराहरूको बन्धनमा परेनन्, र जसले अर्थपूर्ण जीवन पछ्याउनका लागि ख्याति, प्राप्ति, हैसियत र देह सुखहरूलाई छोड्न सके। पत्रुसको शैक्षिक उपलब्धि उत्कृष्ट थियो, र आफ्नो बुद्धि र ज्ञानले, उनी त्यस समयमा पक्कै पनि एक सरकारी अधिकारी वा केही हैसियत पाउन सक्थे, तर उनलाई अधिकारी बनेर सांसारिक ख्याति र प्राप्ति पछ्याउनु अर्थहीन छ भन्‍ने लाग्यो, र उनी बरु अर्थपूर्ण जीवन खोज्न चाहन्थे। पछि, पत्रुसलाई प्रभुले उहाँलाई पछ्याउन बोलाउनुभयो, र उनले धेरै सत्यताहरू प्राप्त गरे, परमेश्‍वरबारे साँचो बुझाइ पाए, र अन्ततः परमेश्‍वरप्रति सर्वोच्च प्रेम र मृत्युसम्मको समर्पण हासिल गरे, र परमेश्‍वरको अनुमोदन पाए। त्यसपछि मैले यसको प्रकाशमा आफूलाई हेरेँ। उच्च स्तरको जीवन जिउनका लागि, र मानिसहरूको माझमा शानदार तरिकाले बस्नका लागि, मैले आफ्नो सबै ऊर्जा काममा लगाएँ, तर यसरी पैसा, हैसियत र देह सुखहरू पछ्याएर मैले वास्तवमा के पाउनेछु र? अलि सोच्दा, मेरा देहगत इच्छाहरू पूरा भए पनि, र मैले गाडी, घर र हैसियत पाउने मेरो लक्ष्य पूरा गरे पनि, यदि मैले परमेश्‍वरमा विश्‍वास गरेर पनि सत्यता प्राप्त गर्न सकिनँ भने, यस्तो जीवनको के अर्थ रहन्छ र? के यो जीवन व्यर्थमा बिताउनु होइन र? केवल देह सुखहरू पूरा गर्न जिउनु, जनावरजस्तै जिउनुभन्दा फरक छैन, र ती जतिसुकै राम्रो भए पनि, अन्ततः शून्यमा परिणत हुन्छन्। मैले अझै पनि पत्रुसको सङ्कल्प हासिल गर्न नसके पनि, मैले त्यसका लागि प्रयत्न गर्नुपर्थ्यो, र परमेश्‍वरका वचनहरू खान र पिउन अनि सत्यता पछ्याउनमा बढी ध्यान केन्द्रित गर्नुपर्थ्यो। त्यसैले मैले मेरा लागि बाटो खोलिदिन बिन्ती गर्दै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म यसरी अघि बढ्न चाहन्नँ। म लगनशीलतासाथ सत्यता पछ्याउन चाहन्छु। अहिले मेरो बुझाइ सीमित भए पनि, म बिस्तारै पैसा, ख्याति र प्राप्ति छोड्न तयार छु। मलाई पैसा, ख्याति र प्राप्तिको दलदलबाट मुक्त हुन अगुवाइ गर्नुहोस् भनी म बिन्ती गर्दछु।” प्रार्थना गरेपछि, मलाई धेरै शान्त महसुस भयो।

एक दिन, मेरो हाकिमले अचानक मसँग कुरा गर्न बोलाउनुभयो। उहाँले माल ढुवानी सेटलमेन्ट लगभग परिपक्व भइसकेको छ, तर हवाई यातायात सेटलमेन्ट अझै पनि अन्वेषणकै चरणमा छ भन्नुभयो, र उहाँले मलाई यो काम सम्हालोस् भन्‍ने चाहनुहुन्थ्यो। हवाई यातायात सेटलमेन्ट माल ढुवानी सेटलमेन्टभन्दा धेरै कम प्रतिष्ठित थियो, तर कामको बोझ धेरै कम थियो, र मलाई के स्पष्ट भयो भने परमेश्‍वरले मेरो प्रार्थना सुन्नुभएको छ र उहाँले मेरो कदअनुसार मलाई पैसा, ख्याति र प्राप्तिको बन्धनबाट मुक्त हुन चरण-चरणमा अगुवाइ गरिरहनुभएको छ। माल ढुवानी क्षेत्रका हाकिमहरू साँच्चै अवसरवादी थिए, र जब उनीहरूले मेरो सरुवा भएको सुने, उनीहरू सबै मबाट टाढिए र मसँग कुनै सरोकार राख्न चाहेनन्। कहिलेकाहीँ, उनीहरूले मलाई देख्दा, फोन निकालेर कल आएको बहाना गर्थे। पहिले, जब मानिसहरू निरन्तर मेरो वरिपरि घुमिरहन्थे, त्यसको तुलनामा यो साँच्चै ठूलो भिन्नताजस्तो लाग्यो, र मलाई मानिसहरूले प्रशंसा र खुसामद गर्ने दिनहरूको याद आउन थाल्यो। एक दिन भेलामा, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ: “सकारात्मक र नकारात्मक, कालो र सेतो, परिवार र परमेश्‍वर, छोराछोरी र परमेश्‍वर, मिलाप र फाटो, धन र गरिबी, हैसियत र साधारणता, समर्थन पाउनु र इन्कार गरिनु इत्यादि बीचको सबै सङ्घर्षमा—अवश्य नै तिमीहरू आफूले गरेको छनौटबारे अनभिज्ञ छैनौ! सद्भावपूर्ण परिवार र टुक्रिएको परिवारबीच, तिमीहरूले पहिलोलाई नै रोज्यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्‍यौ; धन र कर्तव्यबीच, तिमीहरूले फेरि पहिलोलाई रोज्यौ, यहाँसम्म कि किनारामा फर्किने इच्छा समेत राखेनौ; विलासिता र गरिबीबीच, तिमीहरूले पहिलोलाई रोज्यौ; आफ्ना छोरा, छोरी, श्रीमती, श्रीमान् अनि मबीच रोज्दा, तिमीहरूले पहिलोलाई रोज्यौ; र धारणा र सत्यताबीच, तिमीहरूले अझै पहिलोलाई नै रोज्यौ। तिमीहरूका सबै दुष्कर्महरूको सबै तरिकालाई सामना गरेको कारण, मैले तिमीहरूमाथि विश्‍वास गुमाएको छु। म चकित परेको छु। तिमीहरूको हृदय अप्रत्याशित रूपमा कोमल हुन निकै असक्षम छ। मैले धेरै वर्षसम्म खर्चेको हृदय-रक्तले मलाई आश्चर्यजनक रूपमा परित्याग र राजीनामाभन्दा धेरै अरू केही दिएको छैन, तर तिमीहरूको लागि मेरा आशाहरू बितेको प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो भएको छ। तैपनि तिमीहरू अहिले अँध्यारो र दुष्ट कुराहरू पछ्याइरहेका छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक विचार गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न लगाइएको थियो भने, तिमीहरूको छनौट के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरूले अझै पनि मलाई निराशा र दुर्भाग्यपूर्ण शोक ल्याइदिनेथियौ? के तिमीहरूको मुटुमा अझै पनि न्यानोपनको एउटा टुक्रा मात्रै बाँकी रहनेथियो? के तिमीहरू अझै पनि मेरो मुटुलाई सान्त्वना दिन के गर्नुपर्छ सोबारे अनभिज्ञ हुनेथियौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ कोप्रति निष्ठावान् छस्?)। परमेश्‍वरका हरेक प्रश्‍नले मेरो हृदयमा प्रहार गर्‍यो। परमेश्‍वरमा विश्‍वास गरे पनि, मैले अझै पनि पैसा, ख्याति र प्राप्तिको वास्तविकता बुझ्न सकिरहेको थिइनँ, मैले आफ्नो अधिकांश ऊर्जा काम र पैसा कमाउनमा केन्द्रित गरेँ, र मैले सामान्य भक्ति जीवन कायम राख्न वा परमेश्‍वरका वचनहरू पढ्न समेत सकिनँ। यो पछिल्लो पद स्थानान्तरणमा, मैले यसलाई परमेश्‍वरबाट आएको स्वीकार गर्न सके पनि, हवाई यातायात सेटलमेन्टको काम सम्हालेपछि, पहिले मेरो चापलुसी गर्ने ती हाकिमहरूको व्यवहार अचानक बद्लिएको देखेँ, र मेरो मनमा धेरै उथलपुथल भयो। मलाई लाग्यो शक्ति हुनु नै राम्रो हो, र शक्तिविना कसैले सम्मान गर्दैन, त्यसैले म अझै पनि माल ढुवानी सेटलमेन्ट सम्हाल्ने दिनहरूलाई सम्झिरहेको थिएँ। म साँच्चै परमेश्‍वरले प्रकाश गर्नुभएको त्यस्तो व्यक्ति थिएँ जो केवल पैसा, ख्याति र प्राप्तिप्रति मात्र बफादार हुन्छ! यो पदको परिवर्तन परमेश्‍वरले मेरा लागि खोल्नुभएको बाटो थियो र हवाई यातायात सेटलमेन्टको कामको बोझ माल ढुवानी सेटलमेन्टको भन्दा धेरै कम भएकाले, मैले आफूलाई परमेश्‍वरका वचनहरूले अझ बढी सुसज्जित पार्न समय निकाल्न सकेँ, र आफ्नो खाली समयलाई मेरा सहकर्मीहरूलाई सुसमाचार प्रचार गर्न प्रयोग गर्न सकेँ, जुन मेरो सत्यताको पछ्याइ र मेरो कर्तव्य पूरा गर्नका लागि लाभदायक थियो। यो कुरा मनमा राखेर, मैले आफ्नो अघिल्लो जागिरलाई मोह गर्न छोडेँ।

सन् २०१३ को मे महिनामा, मेरो हाकिमले माल ढुवानी र हवाई यातायात सेटलमेन्ट विभागहरूलाई गाभ्नुभयो, र एउटा नयाँ विभाग बनाएर मलाई पूर्ण जिम्मेवारी दिनुभयो। मैले एउटा मात्र कामको सुपरिवेक्षण गर्दाको तुलनामा अब कामको बोझ दोब्बर भएको थियो, र केही सहायकहरू थपिए पनि, अझै धेरै कुराहरूको रेखदेख गर्नुपर्थ्यो, र बिस्तारै, मेरो समय फेरि कामले भरिन थाल्यो। म हवाई यातायात सेटलमेन्टको जिम्मेवारीमा हुँदाको समयलाई नसम्झी रहन सकिनँ, जब समय त्यति व्यस्त हुँदैनथ्यो, र मैले नियमित भक्ति जीवन कायम राख्न मात्र होइन, मेरा सहकर्मीहरूलाई सुसमाचार प्रचार गर्न पनि समय निकाल्न सक्थेँ, जसबाट मैले धेरै सत्यताहरू बुझ्न, आफ्ना कमीकमजोरी पत्ता लगाउन, र मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको जरुरी अभिप्राय अनुभव गर्न पाएँ। तर अब मेरो सम्पूर्ण ऊर्जा काममा मात्र केन्द्रित थियो, र मैले के बुझेँ भने मेरो हाकिमले मलाई नयाँ गाभिएको विभागको जिम्मेवारी दिने निर्णय शैतानको परीक्षा थियो। त्यसैले मैले जागिर छोड्न चाहेँ। तर जब मैले यो जागिर मेरो वर्षौँको कडा मेहनतको परिणाम हो भन्‍ने सोचेँ, मलाई यो यति सजिलै छोड्न मन लागेन, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म सङ्घर्ष गरिरहेको छु। यदि मैले यो जागिर छोडेँ भने, मैले गरिबीको जीवन जिउनुपर्नेछ, र मेरा सबै पुराना सपनाहरू भ्रम मात्र बन्नेछन्, तर मलाई थाहा छ सत्यता पछ्याउनु अझ महत्त्वपूर्ण छ, त्यसैले कृपया मलाई अगुवाइ गर्नुहोस्।” त्यो समयमा, म अक्सर परमेश्‍वरलाई उहाँको मार्गदर्शन र अगुवाइ खोज्दै प्रार्थना गर्थेँ, र म होसियारीपूर्वक पढ्नका लागि परमेश्‍वरका वचनहरू खोज्थेँ। एक दिन, मैले “के संसार तिम्रो विश्रामस्थान हो?” शीर्षक भएको परमेश्‍वरका वचनहरूको एउटा भजन सुनेँ:

१  … के संसार साँच्चै तेरो विश्राम स्थल हो त? के तैँले मेरो सजायलाई पन्छाएर साँच्चै नै यस संसारबाट सन्तुष्टिको सबैभन्दा मन्द मुस्कान प्राप्त गर्न सक्छस्? के तैँले तेरो क्षणिक आनन्दलाई तेरो हृदयको लुकाउन नमिल्ने रिक्ततालाई ढाक्नको निम्ति प्रयोग गर्न सक्छस्?

२  तैँले तेरो परिवारका सबैलाई मूर्ख बनाउन सक्लास्, तर तैँले मलाई कहिल्यै पनि मूर्ख बनाउन सक्दैनस्। तेरो विश्‍वास अत्यन्तै थोरै भएको कारण आजको दिनसम्म पनि तँमा जिन्दगीले दिने आनन्द पत्ता लगाउने शक्ति छैन। म तँलाई आग्रह गर्छु: मानिसले सहन नसक्‍ने दुःख सहेर सम्पूर्ण जीवन मामुली र देहको निम्ति व्यस्त रहनुभन्दा मेरो निम्ति इमान्दारीपूर्वक आधा जीवन जिउनु तेरो लागि असल हुन्छ। मेरो सजायबाट भागेर आफैलाई जोगाउनुको उद्देश्य के छ र? …

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। वास्तविक व्यक्ति बन्‍नुको अर्थ के हो

परमेश्‍वरका वचनले मलाई गहिरो रूपमा छोयो। मैले सोचेँ, कसरी म पैसा, हैसियत र भौतिक सम्पत्तिको जीवन पछ्याउन हरेक दिन मेसिनजस्तै नरोकिई काम गरिरहेको थिएँ, र अन्त्यमा आफ्नो शरीर र दिमागलाई थकित पारेँ, र धेरै शारीरिक रोगहरूबाट ग्रस्त भएँ। जब म हवाई यातायात सेटलमेन्टको जिम्मेवारीमा थिएँ, अतिरिक्त आम्दानी कम भए पनि, मसँग परमेश्‍वरका वचनहरू खाने र पिउने धेरै समय थियो, र मेरो हृदय परमेश्‍वरको नजिक भयो, जसले मेरो आत्मिक दृष्टिकोणलाई परिवर्तन गर्‍यो। विपत्तिहरू झन्-झन् ठूला हुँदै जाँदा, यदि म अझै पनि पैसा र हैसियतमा टाँसिरहेँ भने, जब परमेश्‍वरको काम समाप्त हुन्छ, यदि मैले सत्यता प्राप्त गरिनँ र विपत्तिहरूमा नाश भएँ भने, पछुताउनु पनि धेरै ढिलो हुनेछ। परमेश्‍वरले मेरा लागि यस्तो राम्रो अवसर तयार पार्नुभएको थियो, जसले मलाई उहाँका वचनहरूको पोषण र मलजल प्राप्त गर्न, र ब्रदर-सिस्टरहरूसँग भेला भई उहाँका वचनहरूमा सङ्गति गर्न मौका दियो, र मलाई आत्मिक भरणपोषण प्रदान गर्‍यो। तैपनि ममा कुनै कृतज्ञता थिएन। मैले मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको जरुरी अभिप्राय बुझिनँ, म एक सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्न असमर्थ थिएँ, र म अझै पनि आफ्नो भविष्य र जीविकाका लागि मात्र योजना बनाइरहेको थिएँ। के मेरो देहका खातिर गरिएको यो सबै कडा मेहनत र श्रम व्यर्थ थिएन र? आफ्नो अगाडिको सानोतिनो लाभको मात्र ख्याल गरेर, मैले सत्यता र जीवन पाउने मौका गुमाएँ। म साँच्चै अदूरदर्शी थिएँ! मैले पछ्याइरहेका भौतिक चीजहरूको विपत्तिमा कुनै काम हुनेछैन, र तिनले मलाई पटक्कै बचाउनेछैनन्। यो महसुस गरेपछि, म परमेश्‍वरको अगाडि घुँडा टेकेर प्रार्थना गरेँ, “हे परमेश्‍वर, म साँच्चै तपाईँको ऋणी छु। तपाईँले मुक्ति दिनुभयो, तर मैले तपाईँलाई ऋण तिर्ने सोचेको छैन, र म अझै पनि पैसा र हैसियतमा टाँसिरहेको छु। यी चीजहरूले मलाई यस्तो ठूलो परीक्षामा पारेका छन्। हे परमेश्‍वर, मेरो कद धेरै सानो छ, म यो फोहोरी वातावरणमा शैतानद्वारा निरन्तर भ्रष्ट हुन र मूर्ख बनाइन चाहन्नँ। कृपया मलाई देहविरुद्ध विद्रोह गर्ने सङ्कल्प दिनुहोस्, ताकि म तपाईँको प्रेम चुकाउन पूर्णसमय आफ्नो कर्तव्य पूरा गर्न सकूँ।”

पछि, मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ र ख्याति र प्राप्ति पछ्याउनुका परिणामहरू अझ स्पष्ट रूपमा देख्न थालेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “शैतानले मानिसको विचारहरूलाई नियन्त्रण गर्नको लागि ख्याति र प्राप्तिको प्रयोग गर्छ, र अन्ततः मानिसहरूले ख्याति र प्राप्तिबाहेक अरू केही सोच्‍न सक्दैनन्। तिनीहरूले ख्याति र प्राप्तिका लागि संघर्ष गर्छन्, ख्याति र प्राप्तिकै लागि कठिनाइहरू भोग्छन्, ख्याति र प्राप्तिकै लागि अपमान सहन्छन्, ख्याति र प्राप्तिकै लागि आफूसँग भएका सबै कुराको बलिदान गर्छन्, र तिनीहरूले ख्याति र प्राप्तिकै लागि जुनसुकै मूल्याङ्कन वा निर्णय पनि गर्नेछन्। यसरी, शैतानले मानिसहरूलाई अदृश्य बन्धनमा बाँध्छ, र साङ्लो लगाएपछि त्यो जञ्जिरबाट मुक्त हुन तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रन्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्‍वरबाट अलग बस्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, यही तरिकाले शैतानको ख्याति र प्राप्तिको माझमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ। अहिले शैतानका कार्यहरूलाई हेर्दा, के यसका भयावह मनसायहरू अत्यन्तै घृणास्पद छैनन् र? सायद आज तिमीहरूले शैतानका भयावह मनसायहरूलाई देख्‍न सक्दैनौ किनभने तिमीहरूलाई व्यक्ति ख्याति र प्राप्तिविना बाँच्‍न सक्दैन भन्‍ने लाग्छ। तिमीहरूलाई त मानिसहरूले ख्याति र प्राप्तिलाई पछाडि छोडे भने, तिनीहरूले अबउप्रान्त अगाडिको बाटो देख्‍न सक्दैनन्, अबउप्रान्त आफ्ना लक्ष्यहरू देख्‍न सक्दैनन्, र तिनीहरूको भविष्य कालो, मधुरो र मलिन बन्छ भन्‍ने लाग्छ। तर बिस्तारै एक दिन तिमीहरूले ख्याति र प्राप्ति मानिसलाई बाँध्‍नका लागि शैतानले प्रयोग गर्ने विशाल बन्धनहरू हुन् भनी पहिचान गर्नेछौ। जब त्यो दिन आउँछ, तैँले शैतानको नियन्त्रणलाई पूर्ण रूपमा विरोध गर्नेछस् र तँलाई बाँध्‍न शैतानले प्रयोग गरेका बन्धनहरूलाई तैँले पूर्ण रूपमा विरोध गर्नेछस्। जब शैतानले तँमा हालिदिएका सबै कुराहरूलाई तैँले फ्याँक्‍न चाहने दिन आउँछ, तब तैँले शैतानसँगको तेरो सम्‍बन्धलाई पूर्ण रूपमा तोड्नेछस् र शैतानले तँकहाँ ल्याएका सबै कुरालाई साँचो रूपमा घृणा गर्नेछस्। त्यसपछि मात्र मानवजातिसँग परमेश्‍वरको निम्ति साँचो प्रेम र तृष्णा हुनेछ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्‍वरका वचनले मेरो समस्याको जडमै प्रहार गर्‍यो, र शैतानले कसरी मानिसहरूलाई बाँध्न र नियन्त्रण गर्न ख्याति र प्राप्ति प्रयोग गर्छ भनेर खुलासा गर्‍यो। म लामो समयदेखि शैतानका विचारहरूबाट प्रभावित थिएँ, जस्तै “पैसा सबथोक होइन, तर योविना काम चल्दैन,” “दुनियाँ पैसाको इसारामा चल्छ,” र “मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ,” र यी विचारहरूले मलाई नियन्त्रण गर्न थालेका थिए। वर्षौँसम्म, मैले पैसा, ख्याति र प्राप्ति पछ्याउन अतिरिक्त समय काम गरेँ र आफ्नो स्वास्थ्यमा ठूलो दबाब दिएँ, र मैले परमेश्‍वरलाई कम प्रार्थना गर्न र उहाँका वचनहरू पढ्न छोड्न थालेँ, र उहाँबाट झन्-झन् टाढा हुँदै गएँ। मैले केही ब्रदर-सिस्टरहरूले आफ्नो समय सत्यता पछ्याउनमा बिताएका, र उनीहरूले आफ्नो जीवनमा तीव्र गतिमा प्रगति गरिरहेका देखेँ, तर म भने, पैसा, ख्याति र प्राप्तिको पछ्याउन लाग्दा, मेरो जीवनमा कुनै प्रगति भएको थिएन। यो कति ठूलो क्षति थियो! वर्षौँदेखि, मैले आफूलाई काममा डुबाएँ र अपमान सहेँ, र अन्तमा, मेरा सपनाहरू पूरा भए तापनि, म झन्-झन् कुटिल र छली भएँ, आफ्ना दिनहरू मानिसहरूसँग इमान्दारीविना, बरु आपसी शोषणको भावनाले बिताएँ, ख्याति र प्राप्तिका लागि आफ्नो मानवीय मर्यादा र निष्ठा गुमाएँ, र अत्यन्त कष्ट र यातनाको जीवन जिएँ। मैले एकताकाका एक प्रसिद्ध उद्यमीबारे सोचेँ, जो युवावस्थामै करोडपति बनेका थिए, र आफ्नो ख्याति र सम्पत्तिको शिखरमा हुँदा, हरेक दिन विभिन्न भोजहरूमा ओहोरदोहोर गर्थे। उनले गम्भीर थकानका बाबजुद पनि आराम गर्न मानेनन्, र परिणामस्वरूप, उनी बिरामी परे र चालीस वर्ष नपुग्दै मरे। यो मानिसहरूलाई हानि गर्न शैतानले ख्याति र प्राप्ति प्रयोग गर्नुको दुष्परिणाम हो। प्रभु येशूले एकपटक भन्नुभएको थियो: “यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिसले के दिन सक्छ?(मत्ती १६:२६)। आखिरी दिनहरूमा, सर्वशक्तिमान् परमेश्‍वरले हामीलाई मानवजातिलाई मुक्ति दिने सबै सत्यताहरू सित्तैमा दिनुभएको छ। यदि म अझै पनि ख्याति र प्राप्तिमा टाँसिरहेको भए, मेरो पद बढ्दै जान सक्थ्यो होला, तर मैले सत्यता प्राप्त गर्ने र मुक्ति पाउने मौका गुमाउनेथिएँ। म अब आफ्ना तथाकथित आदर्शहरूका लागि सङ्घर्ष गर्न चाहन्नथेँ, र मैले आफ्नो जागिरबाट राजीनामा दिने र परमेश्‍वरका लागि पूर्णसमय आफूलाई समर्पित गर्ने अवसर खोज्ने निर्णय गरेँ। त्यसपछि मैले हस्तान्तरणका लागि तयारी गर्न थालेँ, र मैले मेरो महाप्रबन्धक, श्री शुसँग मेरो राजीनामाबारे कुरा गर्न गएँ। श्री शुले भन्नुभयो, “तिम्रो राजीनामा प्रक्रिया अघि बढाउन, तिम्रो ठाउँ लिने मान्छे चाहिन्छ र यसमा लामो समय लाग्नेछ, तर यदि तिमी लामो बिदा माग्छौ भने, म तिम्रो काम सम्हाल्न एक जना प्रबन्धकको व्यवस्था गर्न सक्छु, र तिमीले आफ्नो जिम्मेवारी हस्तान्तरण गरेर जान सक्छौ।” यसबारे राम्ररी सोचेपछि, म यो सुझावमा सहमत भएँ, र खबरको प्रतीक्षा गर्दै, मैले हस्तान्तरणका लागि तयारी गर्न थालेँ।

अक्टोबरको सुरुतिर एक दिन, मेरो हाकिमले मलाई भन्नुभयो, “मैले सुनेँ तिमीलाई पारिवारिक कारणले छ महिनाको लामो बिदा चाहिएको छ। यो हाम्रो कम्पनीको वित्तीय कर्मचारीहरूमा पहिले नभएको कुरा हो, विशेष गरी तिम्रो जस्तो महत्त्वपूर्ण पदका लागि, तर यसपटक, मैले तिम्रा लागि विशेष रूपमा स्वीकृत गरेको छु, र तिम्रो छ महिनाको बिदामा, तिम्रो तलबमा एक पैसा पनि कटौती हुनेछैन। जब तिमी काममा फर्किन्छौ, तिमीलाई एकैपटक भुक्तानी गरिनेछ, र म तिम्रो प्रबन्धकीय पद तिम्रा लागि सुरक्षित राख्नेछु।” हाकिमलाई धन्यवाद दिएर म कार्यालयबाट बाहिर निस्केँ। हाकिमका शब्दहरूले मेरो मनमा गहिरो हलचल गरायो। छ महिना काम नगरी तलब पाउने, र मेरा लागि प्रबन्धकको पद सुरक्षित राख्ने? यस्तो लाग्थ्यो कम्पनीले मलाई धेरै महत्त्व दिन्थ्यो। मैले मलाई हाकिमले मुख्यालयको वित्तीय विभाग सम्हाल्न दिने योजना बनाएको कुरा सोचेँ। यदि त्यसो भएको भए, म कम्पनीको एक कार्यकारी बन्नेथिएँ, र यसको मतलब अझ धेरै मानिसहरूले मलाई उच्च सम्मान गर्नेथिए। त्यस क्षण, मलाई मेरा सोच र अभिप्रायहरू गलत छन् भन्‍ने महसुस भयो, र मैले अघिल्ला भेलाहरूमा पढेका परमेश्‍वरका वचनका दुई खण्डहरू सम्झेँ: “परमेश्‍वरले मानिसहरूमा गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानवको बन्दोबस्त वा हस्तक्षेपबाट जन्मेको हो। तर पर्दापछाडि, कार्यको प्रत्येक चरण, र हुने सबै कुरा शैतानले परमेश्‍वरसँग थापेको बाजी हो, र यसका लागि मानिसहरू परमेश्‍वरको गवाही दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दापछाडि शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो, त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको बाधा थियो। तिमीहरूमा परमेश्‍वरले गर्ने कार्यको प्रत्येक कदमपछाडि शैतानले परमेश्‍वरसँग थापेको बाजी हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। “जब मानिसहरूले जीवनसम्‍बन्धी तिनीहरूको दृष्टिकोण, र तिनीहरूको अस्तित्वको अर्थ र आधार पूर्ण रूपमा परिवर्तन हुन्जेलसम्‍म अनुभव गर्छन्, जब तिनीहरू आफ्‍ना हड्डीहरूसमेत परिवर्तन गरेर अर्कै व्यक्ति बनेका हुन्छन्, के यो अद्‌भुत हुँदैन र? यो निकै ठूलो परिवर्तन, पृथ्वी हल्‍लाउने परिवर्तन हो। जब तँ संसारको ख्याति, लाभ, हैसियत, पैसा, सुख-चैन, शक्ति र वैभवप्रति चासो नराख्‍ने बन्छस्, र तिनलाई सहजै त्याग्‍न सक्छस्, तब मात्रै तँमा मानवको जस्तो स्वरूप हुन्छ। अन्तिममा परमेश्‍वरद्वारा पूर्ण तुल्याइनेहरू यस्तै मानिसहरूको समूह हो; तिनीहरू सत्यताका लागि जिउँछन्, परमेश्‍वरको लागि जिउँछन्, र जुन कुरा न्यायी छ त्यसैको लागि जिउँछन्। यो साँचो मानवको स्वरूप हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने मेरा हाकिमका कुराहरूले मेरो देहगत आवश्यकताहरू पूरा गरेजस्तो देखिए पनि, त्यसको पछाडि शैतानी षड्यन्त्र थियो। शैतानले मलाई परीक्षा लिन र मलाई त्यसको सेवामा लगाइरहन पैसा, ख्याति र प्राप्ति प्रयोग गर्न चाहेको थियो, ताकि मैले अन्ततः मुक्ति पाउने मौका गुमाऊँ। परमेश्‍वरले म सत्यता प्राप्त गर्न र एक सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य राम्ररी पूरा गर्नका लागि जिऊँ भन्‍ने आशा गरिरहनुभएको थियो—यो नै मैले पछ्याउनुपर्ने लक्ष्य थियो। परमेश्‍वरका वचनले मेरो विश्‍वासलाई बलियो बनायो, र मैले तुरुन्तै हस्तान्तरण प्रक्रियाहरू सम्हालेँ। हस्तान्तरण प्रक्रिया धेरै सहज रूपमा अघि बढ्यो, र मैले सबै कुरा परमेश्‍वरको हातमा छ र परमेश्‍वरद्वारा योजनाबद्ध छ भन्‍ने महसुस गरेँ। राजीनामा दिएको एक महिनाभन्दा कम समयमै, मैले मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ, र मसँग नियमित रूपमा भक्ति गर्ने र मण्डलीको जीवन जिउने समय थियो, मैले परमेश्‍वरका वचनहरूको दैनिक मलजल र पोषणको आनन्द लिएँ, र मेरो हृदय शान्ति र आनन्दले भरिए। आफ्नो कर्तव्यमा कठिनाइहरूको सामना गर्दा, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र आफूसँग सहकार्य गर्ने ब्रदरहरूसँग परामर्श गरेँ, र समाधान गर्न नसक्ने समस्याका लागि अगुवाहरूको सहयोग लिएँ। कहिलेकाहीँ, ब्रदर-सिस्टरहरूले मेरा कर्तव्यहरूमा मेरा कमीकमजोरी औँल्याउँथे, र अलि लाज लागे पनि, प्रार्थना गरेर र परमेश्‍वरका वचनहरू खाएर र पिएर, म समर्पित हुन र परमेश्‍वरका वचनहरूबाट अभ्यासको मार्ग भेट्टाउन सक्षम भएँ, जसले मेरो कर्तव्यको प्रभावकारितामा सुधार ल्यायो। यो सबै परमेश्‍वरको मार्गदर्शनका कारण थियो!

यो अनुभवबाट, मैले प्रस्टसँग के देखेको छु भने, पैसा र हैसियतले केवल अस्थायी आनन्द दिन्छ, र मैले धेरै धनसम्पत्ति, ख्याति र प्राप्ति आर्जन गरे पनि, त्यो केवल क्षणिक महिमा मात्र हुनेछ, जसलाई शून्यताले पछ्याउनेछ, र म अन्ततः शैतानका लागि बलिको भेटी बन्नेछु। आज, म पैसा र हैसियतको परीक्षाबाट मुक्त हुन, शैतानको यातनाबाट उम्कन, र जीवनको सही मार्गमा हिँड्न सक्षम छु। यो सबै परमेश्‍वरका वचनहरूको मार्गदर्शनका कारण हो। मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको काम साँच्चै व्यावहारिक छ, र म हृदयदेखि नै परमेश्‍वरलाई धन्यवाद दिन्छु!

अघिल्लो:  २७. म अब सौभाग्यको पछि लाग्दिनँ

अर्को:  २९. परमेश्‍वरका वचनले मलाई मेरा शङ्काहरू त्याग्न अगुवाइ गरे

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger