५६. म अब उप्रान्त आफ्नो कमजोर क्षमताको बारेमा गुनासो गर्दिनँ

चेन लिङ्ग, चीन

प्राथमिक विद्यालयमा, मेरो पढाइ राम्रो थिएन, तर म सानै थिएँ त्यसैले मैले लाज मानिनँ। तर माध्यमिक विद्यालयमा, जब मैले शिक्षक र सहपाठीहरूले राम्रो अङ्क ल्याउने विद्यार्थीहरूलाई आदर र एकदमै प्रशंसा गरेको देख्न थालेँ, मलाई ईर्ष्या लाग्न थाल्यो। मैले पनि सबैको प्रशंसा पाउनका लागि आफ्नो पढाइमा राम्रो गर्न चाहेँ, तर मैले जति नै कडा मेहनत गरे पनि, मेरो पढाइमा सुधार ल्याउनै सकिनँ। म आफैँलाई दोष दिँदै भन्थेँ, “म कसरी यत्ति मूर्ख हुन सक्छु? कत्ति लाजमर्दो!” त्यसैले, अन्तत: मैले स्कुलै छोडिदिएँ। काम खोज्न थालेपछि, आफूसँग शिक्षा र सीप नभएकोले मैले शारीरिक परिश्रम गर्नुपर्ने कामहरू मात्र पाउन सकेँ। जब म बुद्धिमान, पढेलेखेका मानिसहरूले शारीरिक परिश्रम नगरीकनै धेरै पैसा कमाउन सकेको देख्थेँ, म फेरि पनि आफूलाई बुद्धिहीन भएकोमा दोष दिन्थेँ र साँच्चै नै दिक्दार महसुस गर्थेँ। सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको काम स्वीकार गरेपछि, मैले मण्डली अगुवाहरूले त्याग गर्न, आफूलाई समर्पित गर्न, कष्ट भोग्न र मूल्य चुकाउन सकेको, अनि उहाँहरूले परमेश्‍वरका वचनहरूमा सङ्गति गरेर ब्रदर-सिस्टरहरूका कठिनाइहरू समाधान गर्न सकेको देखेँ। सबैले उहाँहरूको प्रशंसा र आदर गर्थे र फलस्वरूप म उहाँहरूप्रति निकै ईर्ष्यालु बनेँ। म आफू पनि कुनै दिन मण्डली अगुवा बन्न पाउँला भनेर त्यो दिनको प्रतीक्षा गर्थेँ। मैले म दुई वर्षपछि नै मण्डली अगुवा छानिउँला भनेर कहिल्यै सोचेकी थिइनँ। मैले जोशका साथ त्याग गरेँ, आफूलाई समर्पित गरेँ, र म मिलाउनुपर्ने र कार्यान्वयन गर्नुपर्ने काममा सक्रिय रूपमा सहकार्य गर्थेँ। काम जति नै कठिन वा थकाइलाग्दो भए पनि मैले कहिल्यै गुनासो गरिनँ। समस्या पर्नेहरूलाई मद्दत गर्न म सक्दो प्रयास गर्थेँ, र ब्रदर-सिस्टरहरू सबैले मेरो कष्ट सहन सक्ने क्षमता र प्रेमिलो मनोवृत्तिका लागि मेरो प्रशंसा गर्थे। तर मण्डलीको काममा कहिल्यै सुधारका लक्षण देखिएनन्, किनभने म केही वचन र धर्मसिद्धान्तहरू सुगारटाइ गर्थेँ अनि प्रावधानहरू पालन गर्थेँ, तर वास्तविक समस्याहरू समाधानका लागि सत्यता प्रयोग गर्न असमर्थ हुन्थेँ। अन्ततः, म त्यो कामका लागि योग्य रहिनँ र बर्खास्त गरिएँ, जसले मलाई अत्यन्तै निराश र नकारात्मक बनायो। मेरा ब्रदर-सिस्टरहरूले मेरो क्षमता कमजोर रहेको थाहा पाए भने, उनीहरूले मलाई हेला गर्लान्, र मेरा लागि देखिने मौका झनै कम होला भन्ने मलाई लाग्यो। मैले परमेश्‍वर विरुद्ध गुनासो नगरी रहन सकिनँ: किन अरू मानिसहरूको क्षमता यति राम्रो हुँदा मेरो क्षमता यति कमजोर भयो? पछि, मण्डली अगुवाले मलाई साधारण मामिलाको कर्तव्य सुम्पनुभयो। जब-जब म आफ्नो कमजोर क्षमताका कारणले शारीरिक परिश्रम गर्नुपर्ने काम मात्र गर्न पाउँछु, र अरूबाट आदर कमाउन सक्दिनँ भन्ने सोच्थेँ, म केही नकारात्मक हुन्थेँ, र आफ्नो कर्तव्यमा जाँगर चल्दैनथ्यो। त्यसपछि, अगुवाले मलाई मण्डलीको सम्पत्ति सुरक्षा गर्ने कर्तव्य सुम्पनुभयो। सुरक्षाका कारण, म एक जना ब्रदरसँग मात्र अन्तरक्रिया गर्न सक्थेँ। मैले मनमनै सोचेँ, “आफ्नो कमजोर क्षमताका कारण, म यस्ता पर्दा-पछाडिका कामहरू मात्र गर्न पाउँछु।” यस्तो सोचेपछि, मैले आफ्नो कर्तव्यमा जाँगर गुमाएँ। मैले देखा परेका विचलन वा समस्याहरूलाई सारांशित सम्म पनि गरिनँ, तिनको समाधानका लागि सत्यता खोज्ने कुरा त परै जाओस्।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ जसले मलाई केही हदसम्म जागृत बनायो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरले मुक्ति दिनुहुने अधिकांश मानिसहरू संसारमा वा समाजका मानिसहरूमाझ उच्च पदमा हुँदैनन्। तिनीहरूका क्षमता र सक्षमता औसत वा कमजोर नै हुने, र तिनीहरूले संसारमा लोकप्रियता वा सफलता पाउन सङ्घर्ष गर्ने, तिनीहरूलाई संसार सधैँ उजाड र अन्यायी भएको महसुस हुने भएकाले, तिनीहरूलाई आस्थाको आवश्यकता हुन्छ, र अन्ततः तिनीहरू परमेश्‍वरसामु आउँछन् र परमेश्‍वरको घरभित्र प्रवेश गर्छन्। यो परमेश्‍वरले मानिसहरूलाई रोज्दा तिनीहरूलाई दिनुहुने एउटा आधारभूत अवस्था हो। यो आवश्यकता हुँदा मात्र तैँले परमेश्‍वरको मुक्ति स्विकार्ने चाहना राख्न सक्छस्। यदि सबै पक्षहरूमा तेरा अवस्थाहरू संसारमा केही हासिल गर्न लागिपर्नका लागि राम्रा र उचित छन्, र तँ सधैँ आफ्नो नाम राख्न चाहन्छस् भने, तँसँग परमेश्‍वरको मुक्ति स्विकार्ने चाहना हुनेथिएन, न त तैँले परमेश्‍वरको मुक्ति प्राप्त गर्ने अवसर नै पाउनेथिइस्। तँसित औसत वा कमजोर क्षमता हुन सक्ने भए पनि, परमेश्‍वरको मुक्ति पाउने अवसर हुने भएकाले तँ अझै पनि गैरविश्‍वासीहरूभन्दा निकै बढी आशिषित् हुन्छस्। त्यसकारण, कमजोर क्षमता हुनु तेरो कमजोरी होइन, न त यो तैँले आफ्ना भ्रष्ट स्वभावहरू फाल्ने र मुक्ति हासिल गर्ने काममा हुने अवरोध नै हो। अन्तिममा भन्‍नुपर्दा, तँलाई यो क्षमता दिनुभएको परमेश्‍वरले नै हो। तँसित त्यति नै हुन्छ जति परमेश्‍वरले तँलाई दिनुहुन्छ। यदि परमेश्‍वरले तँलाई राम्रो क्षमता दिनुहुन्छ भने, तँसित राम्रो क्षमता हुन्छ। यदि परमेश्‍वरले तँलाई औसत क्षमता दिनुहुन्छ भने, तेरो क्षमता औसत हुन्छ। यदि परमेश्‍वरले तँलाई कमजोर क्षमता दिनुहुन्छ भने, तेरो क्षमता पनि कमजोर नै हुन्छ। यो कुरा बुझेपछि, तैँले यो परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ र तँ परमेश्‍वरका सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्नुपर्छ। समर्पित हुनका लागि कुन सत्यता आधार बन्छ? त्यस्ता बन्दोबस्तहरूमा परमेश्‍वरका असल अभिप्रायहरू हुन्छन्; परमेश्‍वरले अथक रूपमा विचारशील हुनुहुन्छ, र मानिसहरूले गुनासो गर्न वा परमेश्‍वरको हृदयलाई गलत रूपमा बुझ्न हुँदैन भन्‍ने सत्यता। परमेश्‍वरले तँलाई न त तेरो राम्रो क्षमताका कारण उच्च सम्मान गर्नुहुनेछ, न तेरो कमजोर क्षमताका लागि तिरस्कार वा घृणा नै गर्नुहुनेछ। परमेश्‍वरले के कुरालाई घृणा गर्नुहुन्छ? परमेश्‍वरले घृणा गर्ने भनेको मानिसले सत्यतालाई प्रेम वा स्वीकार नगर्नु, सत्यतालाई बुझ्ने तर अभ्यास नगर्नु, आफूले गर्न सक्ने काम नगर्नु, आफ्ना कर्तव्यमा आफ्नो सबथोक दिन नसक्नु तर सधैँ अनर्गल चाहनाहरू राख्नु, सधैँ हैसियत चाहनु, सधैँ पदका लागि होड गर्नु, र सधैँ उहाँप्रति मागहरू राख्नु हो। परमेश्‍वरलाई घिनलाग्दो र घृणास्पद लाग्ने कुरा नै यही हो(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (७))। परमेश्‍वरका वचनहरूमा मनन गर्दा, म गहिरोसँग प्रभावित भएँ। मैले के बुझेँ भने परमेश्‍वरले मेरो क्षमता कमजोर हुने कुरा पूर्वनिर्धारित गर्नुभएको रहेछ र यसको पछाडि उहाँको असल अभिप्राय रहेछ। ममा प्रतिष्ठा र हैसियतको गहिरो चाहना थियो, र मैले सानैदेखि आफूलाई अरूभन्दा अलग देखाउन खोजेकी थिएँ। यदि मेरो क्षमता राम्रो भएको र योग्यताहरू राम्रा भएका भए, अनि मैले संसारमा उच्च हैसियत प्राप्त गरेर मानिसहरूको आदर र प्रशंसा पाएकी भए, म कहिल्यै परमेश्‍वरसामु आउने थिइनँ र शैतानको विनाशमुनि बसेर पापको आनन्द लिइरहेकी हुन्थेँ। मैले मेरो कमजोर क्षमताले मलाई परमेश्‍वरको सुरक्षा प्राप्त गर्न र परमेश्‍वरसामु आउन मद्दत गरेको रहेछ भन्ने महसुस गरेँ। यो परमेश्‍वरको मुक्ति थियो। मेरो क्षमता कमजोर भएकोले, मण्डलीले मलाई साधारण मामिलाको काममा खटायो र त्यो कर्तव्य मेरो लागि निकै उपयुक्त थियो। यदि मैले थोरै प्रयास गरेकी भए, मैले राम्रोसँग गर्न सक्थेँ, तर त्यसको सट्टा मैले गुनासो गरेँ किनभने त्यो कर्तव्यले मलाई आफूलाई अलग देखाउन र चिनिन दिने थिएन। म आफ्नो कर्तव्यमा झाराटारुवा समेत भएँ र यसलाई मन नलाई-नलाई गरेँ। आफ्नो भूमिका पूरा नगरेको देखेर, आफू कत्ति अहङ्कारी र विवेकहीन रहेछु भन्ने मैले महसुस गरेँ!

मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड भेट्टाएँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “नवप्रवर्तनको क्षमताका हिसाबले, कमजोर क्षमता भएका मानिसहरूका विशिष्ट प्रकटीकरणहरू यी हुन् कि, तिनीहरूले विशिष्ट, वास्तविक काममा आधारभूत तत्त्व र सिद्धान्तहरू लागु गर्न जानेका हुँदैनन्; तिनीहरू शब्दहरू सुगा रटाइ गर्न, धर्मसिद्धान्तहरू सिक्न, र प्रावधानहरू याद गर्न मात्र सक्छन्। धर्मसिद्धान्त र प्रावधानहरू याद मात्र गर्नु बेकार हो, र त्यसले तँसँग नवप्रवर्तनको क्षमता भएको सङ्केत गर्दैन। तँसँग नवप्रवर्तनको क्षमता छ कि छैन भन्‍ने कुरा यसबाट प्रस्ट हुन्छ कि, तैँले यी आधारभूत तत्त्व, सिद्धान्त, र नियमहरूलाई वास्तविक जीवनमा कार्यान्वयन गर्न सक्छस् कि सक्दैनस्, यी आधारभूत तत्त्व र सिद्धान्तहरूसँग सम्बन्धित काम राम्रोसँग गर्न सक्छस् कि सक्दैनस्, ताकि यी आधारभूत तत्त्व र सिद्धान्तहरू शब्द र धर्मसिद्धान्त, प्रावधान, र सूत्रहरूमा सीमित नरहून्, बरु मानिसहरूको जीवनमा कार्यान्वयन होऊन् र मानिसहरूमा लागु होऊन्, जसका कारण मानिसहरूले ती प्रयोग गर्न र तीबाट लाभ र सहायता लिन सकून्, र ती जीवनमा अभ्यासको मार्ग, वा जियाइको मार्गदर्शन, दिशा, र लक्ष्य बन्‍न सकून्। यदि कुनै व्यक्तिमा यो नवप्रवर्तनको क्षमता छैन र उसले शब्द र धर्मसिद्धान्तहरू ओकल्न र नाराहरू फलाक्न मात्र जानेको छ, र आफ्नो कर्तव्य पूरा गर्ने समय आउँदा उसले यी सिद्धान्त र आधारभूत तत्त्वहरूलाई प्रयोगमा ल्याउन सक्दैन भने, त्यस्तो अगुवा वा सुपरिवेक्षकलाई पछ्याउने मानिसहरूले सत्यताको यो पक्षमा अभ्यासका सिद्धान्तहरू प्राप्त गर्नेछैन। त्यस्ता अगुवा वा सुपरिवेक्षकहरू कमजोर क्षमताका मानिस हुन्, तिनीहरू काम गर्न असक्षम हुन्छन्, र पहिचान भएपछि तिनीहरूलाई रिपोर्ट गरेर हटाइनुपर्छ। … त्यसकारण, नवप्रवर्तनको क्षमता भनेको कुनै अगुवा वा कामदार वा सुपरिवेक्षकका लागि अत्यन्त महत्त्वपूर्ण क्षमता हो। यदि तँमा काम गर्ने आधारभूत क्षमता र सक्षमता छैन भने, तँ अत्यन्त सजग हुनैपर्छ र जोसका भरमा अघि बढ्नु हुँदैन, साथै तैँले सधैँ पृथक् बन्‍ने र अगुवा वा सुपरिवेक्षक हुने चाहना राख्नु हुँदैन। त्यसो गर्नाले तँलाई मात्र नभई अरूलाई पनि मुक्ति प्राप्त गर्नमा बाधा हुन्छ। यदि तैँले आफूलाई मात्र बाधा दिन्छस् भने, तैँले आफ्नो मृत्यु मात्र निम्त्याएको हुन्छस्, तर यदि तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिन्छस् भने, के तैँले धेरै मानिसहरूलाई हानि गरिरहेको हुँदैनस् र? तँलाई आफ्नै जीवनको वास्ता नहोला, तर अरूलाई त आफ्नो जीवनको वास्ता हुन्छ नि। त्यसमाथि, तेरो आफ्नै दैनिक जीवन वा वित्तीय सफलतालाई बाधा दिनु ठूलो कुरा होइन, तर मण्डलीको काममा बाधा दिनु सानो मामला हुँदै होइन। के तँ त्यस्तो जिम्मेवारी वहन गर्न सक्छस्? यदि तँ साँच्चिकै विवेक भएको व्यक्ति होस् र तैँले यस मामलाले महत्त्वपूर्ण जिम्मेवारी बोकेको हुन्छ, र मण्डलीको काममा बाधा दिनु भनेको तैँले जिम्मेवारी लिन सक्ने कुरै होइन भन्‍ने महसुस गर्छस् भने, तैँले आवश्यक परेको जुनसुकै उपाय अपनाएर देखावटी गर्नु र नेतृत्वका लागि होड गर्नु हुँदैन। यदि तँसँग क्षमता र कद छैन भने, सधैँ पृथक् बन्‍ने कोसिस नगर्। अख्तियारप्रतिको तेरो लालसा पूरा गर्नकै लागि मण्डलीको काममा बाधा दिने वा परमेश्‍वरका चुनिएका मानिसहरूलाई सत्यतामा प्रवेश गर्न र असल गन्तव्य प्राप्त गर्नमा बाधा दिने काम नगर्—यो एउटा अधर्म हो! तँसित अलिकति आत्म-सचेतना हुनुपर्छ। तँ जे कुरामा सक्षम छस् त्यो गर् र सधैँ अगुवा बन्‍ने आकाङ्क्षा नराख्। अगुवा हुनुबाहेक, तैँले गर्न सक्ने अरू धेरै कर्तव्यहरू छन्। अगुवा हुनु तेरो अनन्य अधिकार होइन, र त्यो तेरो पछ्याइ बन्‍नु हुँदैन। यदि तँसित अगुवा बन्‍ने क्षमता र कद छ, र तँसित बोझको भावना पनि छ भने, अरूलाई तेरो चयन गर्न दिनु राम्रो हुन्छ। यो अभ्यासले मण्डलीको काम र त्यसमा संलग्न सबैलाई फाइदा हुन्छ। यदि तँसित अगुवा बन्‍ने क्षमता छैन भने, तैँले केही दया देखाएर अरूका भविष्यका लागि केही जिम्मेवारी लिनुपर्छ। सधैँ अगुवा बन्‍ने होड नगर् र अरूलाई बाधा नदे। कमजोर क्षमता हुनुका बाबजुद अगुवा बनेर मण्डलीको कामको जिम्मेवारी लिन चाहनुले समझको कमी देखाउँछ। यदि तँसित क्षमता र कद छैन भने, बस आफ्ना कर्तव्यहरू राम्रोसँग पूरा गर्। साँचो रूपमा आफ्ना कर्तव्यहरू पूरा गर्नुले तँमा केही समझ छ भन्‍ने देखाउँछ। तेरो क्षमताअनुसार जे काम गर्न सक्छस् त्यो गर्; महत्त्वाकाङ्क्षा र चाहनाहरू नराख्। मण्डलीको कामलाई बेवास्ता गरेर आफ्ना व्यक्तिगत चाहनाहरू मात्र पूरा गर्न नखोज्—यसले तँ र मण्डली दुवैलाई हानि गर्छ। यो नै नवप्रवर्तनको क्षमताका हिसाबले कमजोर क्षमता भएका मानिसहरूको प्रकटीकरण हो(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (७))। परमेश्‍वरले खुलासा गर्नुभएको कुरा ठ्याक्कै मेरो आफ्नै व्यवहार रहेछ। मेरो क्षमता कमजोर थियो र ममा रचनात्मकताको कमी थियो, र म केवल आफ्नो कर्तव्यमा केही सैद्धान्तिक ज्ञान बुझ्न र निश्चित प्रावधानहरूको पालना गर्न सक्थेँ, तर वास्तविक समस्याहरू समाधान गर्न असमर्थ थिएँ, त्यसैले म अगुवाको रूपमा सेवा गर्न उपयुक्त थिइनँ। अगुवाको रूपमा छानिएपछि, मैले उत्साहका साथ सेवा गरेँ, आफूलाई समर्पित गरेँ, प्रेरित थिएँ र केही साधारण मामिलाका कामहरू गर्न सक्थेँ, तर मेरो क्षमता कमजोर भएकोले, म प्रावधानहरू पालना गर्न र हरेक कुरा किताबमा लेखेअनुसार मात्र गर्न सक्थेँ। मैले काममा भएका वास्तविक समस्याहरू बुझ्न सकिनँ र समाधान गर्न असमर्थ भएँ र अन्ततः वास्तविक काम गर्न नसकेको कारण बर्खास्त गरिएँ। कोही व्यक्ति अगुवा बन्न उपयुक्त छ कि छैन भनेर निर्धारण गर्नका लागि हामीले पछ्याउन मिल्ने निश्चित सिद्धान्तहरू छन्। कम्तिमा पनि उनीहरूमा राम्रो मानवता र औसत क्षमता हुनुपर्छ, र वास्तविक समस्याहरू समाधान गर्न सक्षम हुनुपर्छ। मेरो कुरा गर्दा, मसँग अगुवाको क्षमता थिएन, र यदि मैले त्यो भूमिकामा सेवा जारी राखेकी भए, मैले मण्डलीको काममा बाधा पुऱ्याइरहेकी हुने थिएँ र मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा ढिलाइ गरिरहेकी हुने थिएँ। त्यो त ठूलो अपराध हुने थियो! मेरो क्षमता कमजोर भएको र म मण्डलीको काम गर्न असक्षम भएकोले अगुवाले मलाई अर्को कर्तव्यमा खटाउनु सही थियो। यसले मलाई जोगाउने मात्र होइन, यो मण्डलीको कामका खातिर गरिने जिम्मेवार कुरा पनि थियो। तर ममा अलिकति पनि आत्म-ज्ञान थिएन। मेरो क्षमता कमजोर थियो तर ममा हैसियत र प्रतिष्ठाको इच्छा प्रबल थियो, र म सधैँ अगुवा वा कामदारको रूपमा सेवा गरेर आफूलाई अलग देखाउन चाहन्थेँ। म कत्ति विवेकहीन रहेछु! मैले परमेश्‍वरलाई प्रार्थना गर्दै भनेँ, “हे परमेश्‍वर, सबै धन्यवाद तपाईंलाई नै। तपाईंले मलाई मेरो बर्खास्तीमार्फत सही समयमा नै खराब बाटोमा हिँड्नबाट रोक्नुभयो। तपाईंले आफ्ना वचनहरूको खुलासाद्वारा मेरो स्थिति बुझ्न पनि मद्दत गर्नुभयो। अब म कमजोर क्षमता भएको कारण मलाई अर्को कर्तव्यमा खटाइएको कुरा पूर्ण रूपमा स्वीकार गर्छु। हे परमेश्‍वर, म पश्चात्ताप गर्न तत्पर छु र अब उप्रान्त आफ्नो कमजोर क्षमताको बारेमा गुनासो गर्नेछैन। म आफ्नो भ्रष्ट स्वभाव समाधानका लागि सत्यता खोज्न र आफ्नो क्षमताप्रति सही मनोवृत्ति राख्न चाहन्छु।”

म किन सधैँ आफ्नो कमजोर क्षमताको बारेमा गुनासो गर्छु भनेर मैले चिन्तन र खोजी गरिरहेँ। पछि, परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेपछि, मेरो स्थितिमा एउटा समस्या रहेछ भन्ने मैले महसुस गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधीहरूले आफ्नो प्रतिष्ठा र हैसियतलाई अत्यन्तै प्यारो ठान्ने कार्य साधारण मानिसको भन्दा धेरै परको हदसम्म जान्छ र यो तिनीहरूको स्वभाव सारभित्रै रहेको हुन्छ; यो तिनीहरूको अस्थायी रुचि वा तिनीहरूको पर्यावरणले पारेको क्षणिक प्रभाव होइन—यो तिनीहरूको जीवन र हड्डीभित्र गाडिएको कुरा हो, त्यसैले यो तिनीहरूको सार हो। भन्नुको मतलब ख्रीष्टविरोधीहरूले गर्ने हरेक कुरामा तिनीहरूको पहिलो सोच भनेको तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, योभन्दा अरू केही होइन। ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत नै तिनीहरूको जीवन हो र तिनीहरूले जीवनभर पछ्याउने लक्ष्य हो। आफूले गर्ने सबै कुराहरूमा तिनीहरूको पहिलो सोच यस्तो हुन्छ: ‘मेरो हैसियत के हुनेछ? अनि मेरो प्रतिष्ठा के हुनेछ? के यो काम गर्दा यसले मलाई राम्रो प्रतिष्ठा दिन्छ त? के यसले मानिसहरूको मनमस्तिष्कमा मेरो हैसियत उच्च पार्छ त?’ तिनीहरूले पहिलोपटक सोच्ने कुरा यही हो, जुन तिनीहरूसँग ख्रीष्टविरोधीहरूको स्वभाव र सार छ र यसैकारण मात्र तिनीहरू कामकुरालाई यसरी विचार गर्छन् भन्ने कुराको प्रमाण हो। के भन्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको लागि, प्रतिष्ठा र हैसियत केही अतिरिक्त आवश्यकता होइनन्, झन् तिनीहरूका लागि नहुँदा पनि हुने बाह्य कुराहरू हुने त परै जाओस्। ती कुराहरू ख्रीष्टविरोधीहरूको प्रकृतिका अंश हुन्, ती तिनीहरूका हड्डीमै हुन्छन्, रगतमै हुन्छन् र ती तिनीहरूमा जन्मदेखि नै आएका हुन्। ख्रीष्टविरोधीहरू आफूले प्रतिष्ठा र हैसियत धारण गर्ने कि नगर्ने भन्ने कुराप्रति उदासीन रहँदैनन्; यो तिनीहरूको मनोवृत्ति होइन। त्यसो भए तिनीहरूको मनोवृत्ति के हो त? प्रतिष्ठा र हैसियत घनिष्ठ रूपमा तिनीहरूको दैनिक जीवन, दैनिक अवस्था र तिनीहरूले दैनिक रूपमा पछ्याइरहेका कुरासँग जोडिएको हुन्छ। यसकारण ख्रीष्टविरोधीहरूका लागि प्रतिष्ठा र हैसियत तिनीहरूको जीवन हो। तिनीहरू जे-जसरी बाँचे पनि, तिनीहरू जुनसुकै वातावरणमा बाँचे पनि, तिनीहरूले जे काम गरे पनि, तिनीहरूले जुनसुकै कुरा पछ्याए पनि, तिनीहरूको लक्ष्य जेसुकै भए पनि, तिनीहरूको जीवनको दिशा जतासुकै भए पनि, यो सबै राम्रो प्रतिष्ठा र उच्‍च हैसियत प्राप्त गर्नमा केन्द्रित हुन्छ। अनि यो लक्ष्य परिवर्तन हुँदैन; तिनीहरूले यस्ता कुराहरूलाई कहिल्यै पनि पन्छाउन सक्दैनन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्‍वरले ख्रीष्ट विरोधीहरूले जेसुकै गरे पनि, तिनीहरू सधैँ पहिले आफ्नै प्रतिष्ठा र हैसियतबारे विचार गर्छन् भन्ने खुलासा गर्नुहुन्छ। सबै कुरामा, तिनीहरू आफ्ना महत्वाकाङ्क्षा र इच्छाहरू पूरा गर्ने प्रयास गर्छन्। ममा कमजोर क्षमता थियो होला, तर मैले प्रकट गरेको स्वभाव भने ठ्याक्कै ख्रीष्ट विरोधीको जस्तै थियो। आफ्नो कर्तव्यमा, मैले मानिसहरूको आदर प्राप्त गर्न खोजेँ र सधैँ देखिन चाहेँ। अर्को कर्तव्यमा खटाइनु पर्दा, मैले आफ्ना कमीकमजोरीहरूमाथि चिन्तन गरिनँ; बरु, मैले अनुचित व्यवहार गरेँ, परमेश्‍वरले मलाई कमजोर क्षमता दिनुभएकोमा गुनासो गरेँ र नकारात्मक भई आफ्नो कर्तव्यमा ढिलासुस्ती गरेँ। मैले के देखेँ भने वर्षौंदेखि आस्थामा रहेर परमेश्‍वरका वचनहरूको यति धेरै मलजल र आपूर्ति पाएर पनि, मेरो जीवन स्वभाव पटक्कै परिवर्तन भएको थिएन, र मैले प्रतिष्ठा र हैसियतलाई आफ्नो जीवन जत्तिकै अनमोल ठानेँ। यो साँच्चै नै खतरनाक थियो! मैले आफ्नो पुरानो साथी, याङ्ग जिङ्गको बारेमा सोचेँ। उनीसँग केही क्षमता र कार्य-सामर्थ्य थियो, तर उनी अहङ्कारी, मनमानी र हैसियतको मोहमा डुबेकी थिइन्। मानिसहरूको आदर पाउनका लागि उनी आफ्नो कर्तव्यमा सम्भव भएसम्म देखावटी गर्थिन्, र मण्डलीको काममा अवरोध र बाधा पुऱ्याउने कामहरू गर्थिन्। हाम्रो अगुवाले उनलाई धेरै पटक खुलासा गर्दै काटछाँट गर्नुभयो, तर उनले पश्चात्ताप गरिनन्। अन्ततः, उनी ख्रीष्ट विरोधीको रूपमा प्रकट भइन् र निष्कासित गरिइन्। म सधैँ हैसियत, ख्याति र प्राप्ति पछ्याइरहेकी थिएँ, त्यसैले यदि ममा राम्रो क्षमता भएको भए, आफूले हैसियत प्राप्त गर्ने बित्तिकै र मानिसहरूको आदर पाउने बित्तिकै, म पक्कै पनि याङ्ग जिङ्गकै बाटोमा जाने थिएँ। मैले चुपचाप परमेश्‍वरलाई प्रार्थना गर्दै भनेँ, “हे परमेश्‍वर, मलाई शैतानले धेरै गहिरो रूपमा भ्रष्ट बनाएको छ र म हैसियत, ख्याति र प्राप्तिमा यति धेरै मोहित छु। यदि तपाईंका वचनहरूको न्याय र खुलासा नभएको भए, म आफूले प्रकट गरेको ख्रीष्ट विरोधी स्वभावबारे पूर्ण रूपमा अनभिज्ञ हुने थिएँ। म कत्ति संवेदनहीन र मन्दबुद्धि भएकी रहेछु! हे परमेश्‍वर, तपाईंले आफ्ना वचनहरूद्वारा दिनुभएको अन्तर्दृष्टि र मार्गदर्शनको लागि म तपाईंलाई धन्यवाद दिन्छु। म पश्चात्ताप गर्न र सत्यता खोज्न अनि आफ्नो क्षमताअनुसार सकेसम्म राम्रोसँग आफ्नो कर्तव्य पूरा गर्न तयार छु।”

आत्मिक भक्तिको समयमा, मैले केही थप खण्डहरू भेट्टाएँ जसले मलाई आफ्नो क्षमताको बारेमा कसरी सोच्ने भनेर बुझ्न मद्दत गर्यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तेरो क्षमताअनुसार, तैँले त्यस्ता केही कामहरू मात्र गर्न सक्छस्, जसका लागि शारीरिक मेहनत आवश्यक पर्छ, जुन देखिँदैनन्, जसलाई मानिसहरूलेहेयको नजरले हेर्छन् र सम्झिँदैनन्—यदि तेरो परिस्थिति यस्तै छ भने, तैँले त्यो परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ र गुनासाहरू पाल्नु हुँदैन, र अझ बढी, तैँले आफ्नै इच्छाका आधारमा कर्तव्यहरू छनौट गर्नु हुँदैन। परमेश्‍वरका घरले तेरा लागि जे बन्दोबस्त गर्छ, त्यही गर्, र यदि त्यो तेरो क्षमताभित्रै पर्छ भने, तैँले त्यो राम्रोसँग गर्नुपर्छ। तैँले अरू काम गर्न नसक्ने, मण्डलीका काममा प्रमुख र निर्णायक भूमिका खेल्न नसक्ने, र तैँले उल्लेखनीय योगदानहरू नगरेको भए पनि, यदि तैँले कुनै मामुली काममा आफ्नो पूरै मेहनत र बफादारी लगाउन सकिस् र परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन मात्र खोजिस् भने, त्यो नै काफी हुन्छ। यो परमेश्‍वरले गर्नुभएको तेरो बढाइको अपमान होइन। काम फोहर वा थकाइलाग्दो पो छ कि, तैँले ती काम गर्दा अरूले देख्ने हुन् कि, ती काम गरेकोमा मानिसहरूले तँलाई प्रशंसा गर्नेछन् कि हेयका नजरले हेर्नेछन् भन्‍ने आधारमा काम रोज्न नखोज्। यी कुराहरूबारे नसोच्; खालि त्यो परमेश्‍वरबाट आएको भनी स्विकार्न, समर्पित हुन, र आफूले पूरा गर्नुपर्ने कर्तव्यहरू पूरा गर्नतिर लाग्(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (७))। “फरक-फरक क्षमता भएका मानिसहरूका विभिन्‍न प्रकटीकरणहरू खुट्ट्याउनु र यी विशिष्ट उदाहरणहरू दिनुको उद्देश्य तँलाई तीसँग परस्पर सम्बन्ध बनाउन मद्दत गर्नु हो। यो तैँले आफ्नो स्थानलाई सही रूपमा चिन्‍न, आफ्नो क्षमता र विभिन्‍न अवस्थाहरूलाई विवेकपूर्ण रूपमा लिन, र परमेश्‍वरले गर्नुभएको तेरो खुलासा, न्याय, र काटछाँट, वा तेरा लागि बन्दोबस्त गरिएको कामलाई विवेकपूर्ण रूपमा लिन सक्, र तैँले प्रतिरोध र विकर्षण देखाउनुभन्दा हृदयको गहिराइदेखि नै समर्पित र कृतज्ञ हुन सक् भन्‍नका लागि हो। जब मानिसहरूले आफ्नो क्षमतालाई विवेकपूर्ण रूपमा लिन र त्यसपछि आफ्नो पदलाई सही रूपमा चिन्‍न सक्छन्, परमेश्‍वरले चाहनुभएझैँ सृजित प्राणीका रूपमा व्यावहारिक तरिकाले व्यवहार गर्छन्, आफ्नो अन्तर्निहित क्षमताका आधारमा आफूले गर्नुपर्ने काम उचित रूपमा पूरा गर्छन्, साथै आफ्नो बफादारी र सारा मेहनत समर्पित गर्छन्, तब तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउँछन्(वचन, खण्ड ७। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (७))। परमेश्‍वरका वचनहरूले मलाई अभ्यासको मार्ग दिए। मेरो क्षमता कमजोर भए तापनि, परमेश्‍वरले मलाई नराम्रो व्यवहार गर्नुभएको थिएन। मण्डलीको सम्पत्ति सुरक्षाका लागि जिम्मेवारी र विस्तृत विवरणमाथिको ध्यान जरूरी थियो। मैले नियमित रूपमा सम्पत्ति जाँच र मर्मत गर्नुपर्थ्यो। यदि मैले लगनशील भएर काम गरेकी भए, म यी कुराहरू गर्न सक्षम थिएँ र यो कर्तव्य मेरो लागि उपयुक्त थियो। मैले आफ्नो स्थान चिन्नु पर्छ र आफ्नो क्षमताले भ्याएसम्म वफादारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। मैले परमेश्‍वरका वचनहरूबारे सोचेँ: “कार्यहरू उस्तै छैनन्। एउटा शरीर छ। यसरी नै प्रत्येकले आ-आफ्नो स्थानमा आफ्नो कर्तव्य उत्तम तरिकाले पालना गर्छ—प्रत्येक झिल्कामा एउटा प्रकाशको चमक हुन्छ—र जीवनमा परिपक्वता फैलाउँछ। यसो गरेमा म सन्तुष्ट हुनेछु(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २१)। परमेश्‍वरका वचनहरूले मलाई धेरै प्रोत्साहित गरे र भित्री हृदयमा, म यो कर्तव्यको कदर गर्न चाहन्थेँ। पछि, सम्पत्ति सुरक्षा गर्ने आफ्नो कर्तव्य निर्वाह गर्दा, म निरन्तर आफ्ना गल्ती र कमजोरीहरूलाई सारांशमा लेख्ने, आफूले कहाँ सिद्धान्तहरू उल्लङ्घन गरेँ भनेर पहिचान गर्ने, र पहिचान गरेपछि आफ्ना समस्याहरू तुरुन्तै सुधार्ने गर्थेँ। म आफैँले समस्याहरू पहिचान गर्न नसक्दा, म परमेश्‍वरलाई प्रार्थना गर्थेँ र ती कुराहरू मलाई प्रकट गरिदिनुहोस् भनी बिन्ति गर्थेँ। म आफ्नो कामलाई फाइदा पुऱ्याउन जे-जति आवश्यक थियो, त्यो गर्न सक्दो प्रयास गर्थेँ। मैले यो बुझाइ र रूपान्तरण प्राप्त गर्नु पूर्ण रूपमा परमेश्‍वरका वचनहरूको मार्गदर्शनको कारणले थियो। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  ५५. के म साँच्चै एक “असल अगुवा” थिएँ?

अर्को:  ५८. म किन सधैँ पदोन्नति चाहन्छु?

सम्बन्धित विषयवस्तु

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger