५७. जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गरेर मात्र विवेक प्राप्त हुन्छ

ली गुवो, चीन

सन् २०२३ को जून महिनाको मध्यतिर, मलाई मण्डली अगुवा हुन चुनियो। म कामसँग परिचित भएको केही दिनपछि, मेरी सहकर्मी सिस्टर याङ सिन र मैले मण्डलीको कामको जिम्मेवारी बाँडफाँड गर्‍यौँ। म मुख्यतया सुसमाचारको काम र सफाइको कामका लागि जिम्मेवार थिएँ। मैले सम्झेँ, केही समयअघि मात्र, सुसमाचार कामका लागि जिम्मेवार केही अगुवा र कामदार वास्तविक काम नगरेकामा बर्खास्त भएका थिए। तिनीहरूले गरेका केही कामकुरा दुर्भावपूर्ण प्रकृतिका थिए, तिनीहरू कार्य बन्दोबस्तहरूको विरोध गर्थे र आफ्नै तरिकाले काम गर्थे, आफूमाथिका र मुनिका दुवैलाई धोका दिन्थे, जसले गर्दा मण्डलीको काममा गम्भीर बाधा र अवरोध पुग्यो र अन्ततः तिनीहरूलाई निष्कासित गरियो। यदि मैले सुसमाचार काम राम्ररी गरिनँ भने, म पनि झूटो अगुवाका रूपमा प्रकट हुनेछु भनेर चिन्तित भएँ। यदि मैले काममा क्षति पुर्‍याएकी र धेरै अपराधहरू थुपारेकी भए, राम्रो परिणाम र गन्तव्य नपाउन सक्थेँ। यो कुरा मनमा राखेर, मैले अबउसो सुसमाचार कामका लागि जिम्मवार हुन चाहिनँ। तर यस्तो सोचाइ परमेश्‍वरको अभिप्रायअनुरूप होइन भन्ने पनि मलाई लाग्यो, त्यसैले मैले मन नलागी-नलागी त्यो जिम्मेवारी स्वीकार गरेँ।

केही दिनपछि, माथिल्लो अगुवाले पत्र पठाएर याङ सिनलाई पहिले उनले सुसमाचारको कामका लागि आफू जिम्मेवार रहेको कर्तव्य सुस्त रूपमा गरेकीमा, र सुसमाचार कामदारहरूसँग मिलेर काम नगरेकीमा, त्यसरी सुसमाचारको काममा ढिलाइ भएकामा काँटछाँट गरे। त्यो पत्र पढेपछि, याङ सिन यति दुःखी भइन् कि उनी रोइन्। मैले उनीसँग उनले परिस्थितिलाई सही तरिकाले लिनैपर्छ भनेर सङ्गति गरेँ, तर भित्रभित्रै मेरो मनमा ठूलो हलचल मच्चियो र मैले सोचेँ, “अब म सुसमाचारको कामको इन्चार्ज छु। के म यो राम्ररी गर्न सक्छु? यदि मैले काममा ढिलाइ गरेँ भने, काटछाँटमा पर्ने अर्को व्यक्ति म हुनेछु। ममा कार्य क्षमताको कमी छ, र सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूका धारणा र कठिनाइहरूलाई सम्बोधन गर्ने सन्दर्भमा पनि ममा कमी छ। यदि मैले सुसमाचारको काममा ढिलाइ गरेँ भने, त्यो दुष्ट कार्य हुनेछ, र यदि माथिल्ला अगुवाहरूले मलाई जवाफदेही ठहराए भने, मलाई काटछाँट मात्र गरिनेछैन, बर्खास्त पनि गरिन सक्छ। यदि मैले आफ्नो कर्तव्य निर्वाहमा असल कार्यहरूको सट्टा दुष्ट कार्यहरू थुपारेँ भने, के मैले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्नेछु?” मलाई अगुवाका कर्तव्य पूरा गर्न सजिलो छैन भन्ने लाग्न थाल्यो, र मैले मेरो ठाउँमा कुनै उपयुक्त व्यक्ति भेटिएपछि राजीनामा दिने योजना बनाएँ। त्यसपछि, म आफ्नो कर्तव्यमा एकदमै निष्क्रिय भएँ। याङ सिनले मलाई अयोग्य सुसमाचार कामदारहरूलाई नयाँ काममा खटाउनुपर्छ, अनि सुसमाचारको कामलाई कसरी अनुगमन र कार्यान्वयन गर्ने भनेर सम्झाइन्, मैले संलग्न नभई केवल सुनेँ। एक दिन, मेरो अनुहार अचानक रातो भयो र सुन्नियो, र दुई दिनपछि पनि त्यो सुन्निएको घटेको थिएन। मैले मनमनै सोच्न थालेँ, “के यो ममाथि परमेश्‍वरको ताडना आएको हुन सक्छ? परमेश्‍वरले मलाई अगुवा बन्ने तालिम लिने अवसर दिएर अनुग्रह गर्नुभएको छ, तैपनि म डरपोक हुँदै छु र आफ्नो कर्तव्य अस्वीकार गर्न चाहन्छु। के यो परमेश्‍वरलाई धोका दिनु होइन र?” त्यसपछि मैले आफ्नो हालको स्थितिबारे परमेश्‍वरलाई प्रार्थना गरेँ र खोजेँ।

मैले खोजी गर्दै गर्दा, परमेश्‍वरका वचनहरू भेट्टाएँ: “कतिपय मानिसहरू आफ्‍नो कर्तव्य निर्वाह गर्दा जिम्‍मेवारी लिन डराउँछन्। यदि मण्डलीले तिनीहरूलाई कुनै काम गर्न दियो भने, सुरुमा तिनीहरूले यो काम गर्दा जिम्‍मेवारी लिनुपर्छ कि पर्दैन भनेर विचार गर्छन्, र पर्छ भने, तिनीहरूले त्यो काम स्विकार्दैनन्। कर्तव्य निर्वाह गर्ने तिनीहरूका सर्त यस्ता हुन्छन्: पहिलो, यो फुर्सदिलो काम हुनुपर्छ; दोस्रो, यो व्यस्त हुने वा थकाउने हुनु हुँदैन; र तेस्रो, जे काम गरे पनि, तिनीहरूले कुनै जिम्‍मेवारी लिनुपर्ने हुनु हुँदैन। तिनीहरूले लिने एउटै मात्र कर्तव्य यही हो। यो कस्तो प्रकारको व्यक्ति हो? के यो चिप्ले र छली व्यक्ति होइन र? तिनीहरूले सानोभन्दा सानो जिम्‍मेवारी पनि लिन चाहँदैनन्। तिनीहरू रूखबाट पात खस्दा त्यसले तिनीहरूको खप्‍पर फुटाउँछ भनेर समेत डराउँछन्। यस्तो व्यक्तिले कस्तो कर्तव्यचाहिँ पूरा गर्न सक्छ र? परमेश्‍वरको घरमा तिनीहरू के काम लाग्छन् र? परमेश्‍वरको घरको काम शैतानसँग युद्ध गर्नु, साथै राज्यको सुसमाचार फैलाउनुसँग सम्बन्धित छ। कुन कर्तव्यमा जिम्‍मेवारी हुँदैन र? के तिमीहरू अगुवा बन्दा जिम्‍मेवारी लिनुपर्छ भनेर सोच्छौ? के तिनीहरूको जिम्‍मेवारी झन् ठूलो हुँदैन र, अनि तिनीहरूले जिम्‍मेवारी झनै लिनु पर्दैन र? तैँले सुसमाचार प्रचार गरे पनि, गवाही दिए पनि, भिडियो बनाए पनि, र त्यस्तै अन्य काम गरे पनि, तैँले जुनसुकै काम गरे पनि, त्यो सत्यता सिद्धान्तहरूसँग सम्बन्धित छ भने, यसमा जिम्‍मेवारी निहित हुन्छ। यदि तेरो कर्तव्य निर्वाह गर्ने शैली सिद्धान्तहीन छ भने, यसले परमेश्‍वरको घरको काममा असर गर्छ, र यदि तँ जिम्‍मेवारी लिन डराउँछस् भने, तैँले कुनै पनि कर्तव्य निर्वाह गर्न सक्दैनस्। आफ्‍नो कर्तव्य निर्वाह गर्दा जिम्‍मेवारी लिन डराउने किसिमको व्यक्ति कायर हुन्छ, कि उसको स्वभावमा समस्या हुन्छ? तैँले यो भिन्‍नता छुट्याउन सक्‍नुपर्छ। वास्तवमा, यो कायरताको समस्या होइन। तिनीहरू धनी बन्ने कुरामा, वा आफ्नै फाइदाका लागि केही गरिरहँदा किन यति आँटिला हुन्छन्? तिनीहरूले यी कुराका लागि जुनसुकै जोखिम लिनेछन्। तर जब तिनीहरूले मण्डलीको लागि, परमेश्‍वरको घरको लागि काम गर्छन्, तबचाहिँ कुनै जोखिम लिँदैनन्। त्यस्ता मानिसहरू स्वार्थी र घृणास्पद हुन्छन्, र सबैभन्दा कुटिल हुन्छन्। आफ्‍नो कर्तव्य निर्वाह गर्दा जिम्‍मेवारी नलिने कुनै पनि व्यक्ति परमेश्‍वरप्रति रतिभर निष्कपट हुँदैन, उसको बफादारीको त कुरै नगरौँ। कस्तो व्यक्तिले जिम्‍मेवारी लिने आँट गर्छ? कस्तो प्रकारको व्यक्तिमा ठूलो बोझ लिने साहस हुन्छ? त्यस्तो व्यक्ति जो परमेश्‍वरको घरको कामको सबभन्दा निर्णायक क्षणमा अग्रसर हुँदै बहादुरीका साथ अघि बढ्छ, जसले सबैभन्दा महत्त्वपूर्ण र निर्णायक काम देख्दा बहादुरीका साथ गह्रौँ बोझ लिन्छ र कठिनाइ र खतरा सहन डर मान्दैन। त्यो परमेश्‍वरप्रति बफादार व्यक्ति हो, ख्रीष्‍टको असल सिपाही हो। के आफ्‍नो कर्तव्यमा जिम्‍मेवारी लिन डराउने सबैले सत्यता नबुझेको कारण त्यस्तो भएको हुन्छ? होइन; तिनीहरूको मानवतामै एउटा समस्या छ। तिनीहरूमा इन्साफ वा जिम्‍मेवारीको कुनै बोध हुँदैन, तिनीहरू स्वार्थी र घृणास्पद मानिस हुन्, तिनीहरू परमेश्‍वरका सच्चा विश्‍वासी होइनन्, र तिनीहरूले कत्तिपनि सत्यता स्विकार्दैनन्। यो एउटै कारणले गर्दा, तिनीहरूले मुक्ति पाउन सक्दैनन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्‍वरका वचनहरू एकदमै स्पष्ट छन्: जिम्मेवारी वहन गर्न डराउनेहरू केवल आफ्नै हितबारे चिन्तित हुन्छन्। तिनीहरू आफ्नो कर्तव्य निर्वाहमा कष्ट भोग्न वा त्याग गर्न इच्छुक हुँदैनन्। यस्ता मानिसहरू स्वार्थी र घृणास्पद हुन्छन्, र तिनीहरू सबैभन्दा छली व्यक्ति हुन्। तर परमेश्‍वरप्रति बफादारहरूमा गह्रौँ बोझ बोक्ने साहस हुन्छ, र तिनीहरू महत्त्वपूर्ण क्षणहरूमा अघि सरेर परमेश्‍वरको घरको काम सम्हाल्न सक्षम हुन्छन्। मैले आफूबारे, मैले आफू अगुवा र सुसमाचार कामका लागि जिम्मेवार हुन चुनिएको सुन्दा, कसरी त्यो कुरा मनमा खेलाइरहेँ, सावधानीपूर्वक त्यो निर्णयलाई विचार गरेँ, यो कर्तव्य मेरा लागि लाभदायक हुनेछ कि हुनेछैन भनेर सोचेँ, यदि मैले काममा अवरोध र बाधा पुर्‍याएँ भने, म बर्खास्त हुन वा निकालिन सक्छु भनेर चिन्ता गरेँ भन्नेबारे चिन्तन गरेँ। यसकारण, म यो कर्तव्य स्वीकार गर्न हिचकिचाएँ। पछि, मैले मन नलागी-नलागी स्विकारे पनि, आफ्ना दिनहरू चकित चराले जस्तै महसुस गरेर बिताएँ, खराब तरिकाले काम गरेकामा जिम्मेवारी लिनुपर्ला भनेर डराएँ, राजीनामा दिनेसमेत सोचेँ। मलाई आफ्नो कर्तव्यको सामान्य बन्दोबस्तले निरन्तर सोचविचार र हिसाबकिताब गर्न लगायो। म साँच्चै छली थिएँ! मैले के पनि बुझेँ भने परमेश्‍वरको घरमा, जुनै कर्तव्य निर्वाह गरे पनि, त्यो राम्ररी निर्वाह गर्न सत्यता सिद्धान्तहरूअनुसार गर्नैपर्छ। यदि कसैले जथाभावी र सिद्धान्तविना काम गर्छ, र त्यसो गर्दा काममा ढिलाइ हुन्छ भने, उसले त्यो जिम्मेवारी वहन गर्नैपर्छ। यो अगुवाको कर्तव्यका लागि मात्र नभएर व्यक्तिले निर्वाह गर्ने हरेक कर्तव्यका लागि सत्य हुन्छ। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, आफ्नो अगुवाइ कर्तव्यबाट पन्छिने मेरो निरन्तर चाहना तपाईंको अभिप्रायअनुरूप छैन। म अबउसो जिम्मेवारीबाट भाग्न चाहन्नँ। म तपाईंलाई यो कर्तव्य वहन गर्न आवश्यक विश्वास र शक्ति दिनुहोस् भनी बिन्ती गर्दछु।” त्यसपछि, म आफ्नो कर्तव्यमा अझ सक्रिय भएँ, सुसमाचारको काममा सक्रिय रूपमा भाग लिएँ, कामको विवरणसँग परिचित भएँ, र मामिलाहरूको अनुगमन र सुपरिवेक्षण गरेँ। मैले आफूलाई केही समय यसरी लागू गरेपछि, सुसमाचारको काममा केही प्रगति भयो।

२०२३ को जुलाईमा, मण्डली सीसीपीको गिरफ्तारीमा पऱ्यो, र धेरै ब्रदर-सिस्टरहरू पक्राउ परे। तिनीहरूमध्ये एक यहुदा थियो जसले ३२ जनाको नाम सुम्पिदियो, प्रहरीलाई यी ब्रदर-सिस्टरहरूको घरमेत देखाइदियो। म रिसले चुर भएँ। जब मैले घटनापछि गर्नुपर्ने कामबारे सोचेँ, तब मलाई अलि चिन्ता लाग्यो र सोचेँ, “यति धेरै ब्रदर-सिस्टरहरूलाई धोका दिइयो, मैले घटनापछिको परिस्थिति कसरी सम्हाल्ने? यदि मैले यसलाई राम्ररी सम्हालिनँ र परमेश्‍वरको वचनका पुस्तकहरूमा क्षति पुग्यो, वा अझ धेरै ब्रदर-सिस्टरहरू पक्राउ परे भने, त्यो त गम्भीर अपराध हुनेछ!” यी कुराबारे सोच्दा मलाई एकदमै तनाव भयो, र मलाई अगुवाले बोक्नुपर्ने जोखिमहरू साँच्चै एकदमै ठूला रहेछन् भन्ने महसुस भयो। भाग्यवश, याङ सिन मसँगै घटनापछिको काम सम्हालिरहेकी थिइन्। उनले मभन्दा लामो समयदेखि आफ्नो कर्तव्य निर्वाह गरिरहेकी थिइन्, र उनले अगुवाइ लिएकीले ममाथिको दबाब अलि कम भयो। तर आश्चर्यको कुरा, केही दिनपछि नै, याङ सिनलाई अन्तिम समयमा एउटा काम आइलाग्यो र उनी जानुपर्‍यो। म आत्तिएँ र सोचेँ, “मैले यो सबै काम एक्लै कसरी सम्हाल्ने होला? यदि मैले यसलाई राम्ररी सम्हालिनँ र क्षति पुर्‍याएँ भने, सबै दोष मेरै थाप्लोमा आउनेछ!” मलाई हृदयमा हल्का पछुतो भयो, र मैले सोचेँ, “यदि मैले यो कर्तव्य नलिएकी भए, यति ठूलो जिम्मेवारी बोक्नुपर्ने थिएन।” तर अब घटनापछिको काम सम्हाल्ने अरू कोही थिएन, र म कामलाई बेवास्ता गरेर त्यतिकै छोड्न सक्दिनथेँ। त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, उहाँलाई मेरो हृदयलाई सुरक्षा दिन र शान्त पार्न बिन्ती गरेँ, “हे परमेश्‍वर, म यो कामलाई त्यतिकै बेवास्ता गर्न सक्दिनँ, मैले यसलाई अगाडि बढाउन सक्दो प्रयास गर्नैपर्छ। म तपाईँलाई मभित्रको यो डर हटाइदिन र मलाई विश्वास दिन बिन्ती गर्दछु।”

त्यसपछि, म यस स्थितिमा परिरहेँ। एकातिर, म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न चाहन्थेँ, तर अर्कोतिर, यदि म आफूले कामकुरा खराब तरिकाले सम्हालेँ भने, काममा क्षति पुऱ्याउनेछु, जुन मैले जिम्मेवारी बोक्नुपर्ने अपराध हुनेछ भन्ने डर लाग्थ्यो। म एकदमै दुःखी भएँ, त्यसैले मैले परमेश्‍वरका वचनहरू खोजेर पढेँ, र एउटा खण्डले मलाई साँच्चै छोयो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नु कुनै संयोग होइन—तिनीहरू अवश्य नै आफ्नै अभिप्राय र उद्देश्य, अनि आशिष्‌हरू प्राप्त गर्ने इच्छाद्वारा आफ्नो कर्तव्य पूरा गर्छन्। अनि अवश्य नै, तिनीहरूले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, तिनीहरूको उद्देश्य र मनोवृत्तिलाई तिनीहरूले दिनरात सोच्ने र चिन्ता गर्ने आशिष्‌हरू, असल गन्तव्य, एवम् असल सम्भावना र नियति प्राप्त गर्ने इच्छाबाट अलग गर्न सकिँदैन। तिनीहरू आफ्नो कामबाहेक अरू कुनै कुराबारे पनि नबोल्‍ने व्यापारीहरूजस्तै हुन्छन्। ख्रीष्टविरोधीहरूले जे गरे पनि त्यो सबै ख्याति, लाभ, र हैसियतसँग सम्बन्धित हुन्छ—त्यो सबै आशिष्‌हरू प्राप्त गर्नु अनि सम्भावनाहरू र नियतिसँग जोडिएको हुन्छ। भित्री रूपमा, तिनीहरूको हृदय त्यस्ता कुराहरूले भरिएको हुन्छ; र त्यही नै ख्रीष्टविरोधीहरूको प्रकृति सार हो। त्यस्तो प्रकृति सारको कारणले गर्दा नै अरूले तिनीहरूको अन्तिम परिणाम हटाइनु हो भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न सक्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्‍वरका वचनहरूबाट मैले के बुझेँ भने ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरमा आफ्ना कर्तव्य पूरा गर्दा सधैँ आफ्नै हितलाई विचार गर्छन्। तिनीहरू आफ्नो परिणाम र गन्तव्यलाई ठूलो महत्त्व दिन्छन्। जब जब कुनै कुराले यसलाई खतरामा पार्छ, तिनीहरू सधैँ आफ्नै हितको सुरक्षा रोज्छन् र आफ्ना लागि उम्कने बाटो राख्छन्, र तिनीहरूमा कर्तव्यप्रति कुनै बफादारी हुँदैन। मैले ठ्याक्कै ख्रीष्टविरोधीले जस्तो व्यवहार गरिरहेकी थिएँ। मैले मण्डलीका कामबारे सोच्नुको सट्टा कसरी जिम्मेवारी लिनबाट जोगिने, अनि आफ्ना लागि कसरी राम्रो परिणाम र गन्तव्य सुरक्षित गर्ने भनेर सोचिरहेकी थिएँ। मण्डली सीसीपीका गिरफ्तारीमा पर्दा, म यदि आफूले घटनापछिको परिस्थिति खराब तरिकामा सम्हालेँ, र यदि मैले ठूलो क्षति पुर्‍याएँ भने, राम्रो परिणाम पाउनेछैनँ भनेर डराएँ। फलस्वरूप, म पछि हटेँ। जब मैले याङ सिन गइसकेकी र यो काम सम्हाल्न म एक्लै बाँकी भएकी देखेँ, तब म झनै चिन्तित भएँ, किनभने मलाई लाग्यो यदि मैले कामहरू राम्ररी सम्हालिनँ भने, सबै दोष मेरै थाप्लोमा आउनेछ, त्यसैले मैले यो अगुवाइको कर्तव्य लिएकामा पछुतो मानेँ। मण्डली अगुवाका रूपमा यो महत्त्वपूर्ण क्षणमा घटनापछिको परिस्थिति सम्हाल्नु जरुरी छ भन्ने मलाई राम्ररी थाहा थियो, तर म अझै पनि निरन्तर आफ्नै हितलाई प्राथमिकता दिइरहेकी थिएँ, र फाइदा र बेफाइदाहरू तौलिरहेकी थिएँ। मैले आफ्नो परिणाम र गन्तव्य खतरामा पर्न सक्छ भन्ने देख्नेबित्तिकै, आफ्ना लागि उम्कने बाटो खुला राख्न चाहेँ। मैले म कति स्वार्थी र घृणास्पद रहेछु, र मेरो स्वभाव कसरी ठ्याक्कै ख्रीष्ट विरोधीकै जस्तो रहेछ भन्ने बुझेँ। यदि म पश्चात्ताप गरेर परिवर्तन भइनँ भने, अन्ततः परमेश्‍वरद्वारा प्रकट गरिएर हटाइनेछु भन्ने मलाई थाहा थियो। त्यसपछि मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, म अबउसो आफ्नै हितमा ध्यान केन्द्रित गर्न चाहन्नँ। म यो बोझ बोक्न इच्छुक छु।”

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ: “कतिपय मानिसहरू परमेश्‍वरको घरले मानिसहरूलाई निष्पक्ष व्यवहार गर्छ भनेर विश्‍वास नै गर्दैनन्। तिनीहरू यस घरमा परमेश्‍वरले शासन गर्नुहुन्छ र यहाँ सत्यताले शासन गर्छ भन्‍ने विश्‍वास गर्दैनन्। तिनीहरू विश्‍वास गर्छन् कि कुनै व्यक्तिले चाहे जे कर्तव्य निर्वाह गरे पनि, यदि त्यहाँ केही समस्या पैदा भयो भने, परमेश्‍वरको घरले त्यस व्यक्तिलाई तुरुन्तै सम्हाल्नेछ, उसको कर्तव्य निर्वाह गर्ने योग्यता खोस्नेछ, उसलाई बाहिर पठाउनेछ, वा मण्डलीबाट निकाल्ने पनि गर्नेछ। के साँच्चै त्यस्तै हुन्छ त? पक्कै पनि हुँदैन। परमेश्‍वरको घरले हरेक व्यक्तिलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्छ। परमेश्‍वरले हरेक व्यक्तिलाई गर्ने व्यवहारमा उहाँ धर्मी हुनुहुन्छ। उहाँ व्यक्तिले एकपटक कस्तो व्यवहार गऱ्यो भन्‍ने कुरालाई मात्र हेर्नुहुन्‍न; उहाँले व्यक्तिको प्रकृति सार, उसको अभिप्राय, र उसको मनोवृत्तिलाई हेर्नुहुन्छ। विशेषगरी, उहाँले कुनै व्यक्तिले गल्ती गर्दा आत्म-चिन्तन गर्न सक्छ कि सक्दैन, ऊ पश्चात्तापी हुन्छ-हुँदैन, अनि उसले उहाँका वचनहरूका आधारमा समस्याको सार छर्लङ्ग बुझ्न सक्छ कि सक्दैन, र यसरी सत्यता बुझ्न, आफूलाई घृणा गर्न, अनि साँच्चै पश्चात्ताप गर्न सक्छ कि सक्दैन भनी हेर्नुहुन्छ। यदि कसैसित सही मनोवृत्ति छैन, अनि ऊ व्यक्तिगत अभिप्रायहरूले पूरै दूषित छ, यदि ऊ धूर्त षड्यन्त्रहरूले भरिएको छ र उसले भ्रष्ट स्वभावहरू मात्र प्रकट गर्छ, अनि, यदि समस्या पैदा हुँदा, उसले ढोँग, कुतर्क, आफूलाई सही साबित गर्ने काम समेत गर्छ, र जिद्दीपूर्वक आफ्ना गल्तीहरू स्विकार्न मान्दैन भने, त्यस्तो व्यक्तिले मुक्ति पाउन सक्दैन। उसले सत्यता बिलकुलै स्विकार्दैन, र ऊ सच्चा मानिस होइन; ऊ पूर्ण रूपमा प्रकाश भएको हुन्छ। जसले अलिकति पनि सत्यता स्विकार्दैनन् तिनीहरू सारमा अविश्‍वासी हुन् अनि तिनीहरूलाई हटाउन मात्र सकिन्छ। … मलाई भन, यदि कुनै व्यक्तिले गल्ती गरेको छ, तर ऊ साँचो बुझाइमा पुग्छ र पश्‍चात्ताप गर्न इच्‍छुक छ भने, के परमेश्‍वरको घरले उसलाई मौका दिँदैन र? परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजना समाप्त हुन लागेको बेला, निर्वाह गरिनुपर्ने कर्तव्यहरू धेरै छन्। तर यदि तँमा कुनै विवेक वा समझ छैन, र तँ आफ्नो उचित कार्यलाई ध्यान दिँदैनस् भने, यदि तैँले कर्तव्य निर्वाह गर्ने अवसर प्राप्त गरेको छस् तर यसलाई कदर गर्न जान्दैनस्, थोरै पनि सत्यता पछ्याउँदैनस्, र सबैभन्दा उपयुक्त समय त्यसै खेर फाल्छस् भने, तँलाई प्रकाश गरिनेछ। यदि तँ आफ्‍नो कर्तव्य निर्वाह गर्नमा निरन्तर झाराटारुवा भइरहन्छस्, र काटछाँटको सामना गर्दा तँ पटक्‍कै समर्पित हुँदैनस् भने, के परमेश्‍वरको घरले अझै पनि तँलाई कर्तव्य निर्वाह गर्न प्रयोग गर्न सक्छ? परमेश्‍वरको घरमा, शैतानले होइन सत्यताले शासन गर्छ, र सबै कुरामा परमेश्‍वरले नै अन्तिम निर्णय गर्नुहुन्छ। मानिसलाई मुक्ति दिने काम उहाँले नै गर्दै हुनुहुन्छ, र उहाँ नै सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ। तैँले कुन सही र कुन गलत भनेर विश्‍लेषण गर्न आवश्यक छैन; तैँले सुन्‍ने र समर्पित हुने मात्रै गर्नुपर्छ। काटछाँट गराइको सामना गर्दा, तैँले सत्यता स्वीकार गर्नुपर्छ र आफ्‍ना गल्तीहरू सच्याउनुपर्छ। यदि तैँले त्यसो गरिस् भने, परमेश्‍वरको घरले कर्तव्य निर्वाह गर्ने तेरो योग्यता खोस्‍ने छैन। यदि तँ सधैँ आफूलाई हटाइएला भनेर डराउँछस्, सधैँ आफूलाई सही साबित गर्न खोज्छस्, सधैँ कुतर्क प्रयोग गरेर आफ्नो बचाउ गर्छस् भने, त्यो समस्या हो। तैँले अलिकति पनि सत्यता स्विकार्दैनस्, र तँ पूर्ण रूपमा असमझदार छस् भनेर अरूले देख्नेछन्। यसले समस्या निम्त्याउँछ, र मण्डलीले तँलाई तह लगाउनुपर्ने हुन्छ। तँ आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता पटक्‍कै स्वीकार गर्दैनस् र सधैँ प्रकाश हुने र हटाइने डर मान्छस्। तेरो यो डर मानव आशयले दूषित हुन्छ; यही डरभित्र भ्रष्ट शैतानी स्वभावहरू, साथै शङ्का, सतर्कता, र गलतफहमी हुन्छन्। यीमध्ये कुनै पनि मनोवृत्ति व्यक्तिमा हुनुहुँदैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने परमेश्‍वर सबैप्रति धर्मी हुनुहुन्छ, र परमेश्‍वरको घरले पनि सबैलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्छ। एउटा गल्ती गरेकामा कसैलाई पनि दोषी ठहराउने वा हटाउने गरिँदैन। मलाई याद आयो, मैले पहिले निकाल्ने काम गर्दै गर्दा सिद्धान्तहरू नपछ्याई आफ्नो अहङ्कारी स्वभावका आधारमा काम गरेँ र कसैको गलत न्याय गरेँ। पछि, मैले आफ्नो गल्ती महसुस गरेँ र अत्यन्तै पछुतो मानेँ, तर मण्डलीले मैले त्यो एउटा गल्ती गरेकै कारण मलाई पदबाट बर्खास्त गरेन वा हटाएन। मैले के बुझेँ भने गल्ती गर्नु आफैँमा डरलाग्दो कुरा होइन, बरु गल्ती गरेपछि व्यक्तिले सत्यता स्विकार्न र सच्चा रूपमा पश्चात्ताप गर्न सक्छ कि सक्दैन भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो। केही मानिसहरू तिनीहरूले एउटै गल्ती गरेको कारण ख्रीष्टविरोधी भनेर प्रकट गरिँदैनन्, बरु, तिनीहरूले आफ्नो कर्तव्य निर्वाहमा परमेश्‍वरका घरको माग वा सिद्धान्तहरू नपछ्याउने र जथाभावी काम गर्ने कारणले त्यसही प्रकट गरिन्छन्। सङ्गति र मद्दत पाएपछि पनि, तिनीहरू परिवर्तन हुन नसक्ने मात्र होइनन्, आफ्नै तरिकामा जिद्दी गर्दै सुन्न अस्वीकार र तर्क गर्ने पनि गर्छन्, र मण्डलीको काममा गम्भीर रूपमा बाधा पुऱ्याउँछन्। तिनीहरूले पश्चात्ताप गर्न पूर्ण रूपमा इन्कार गरेपछि मात्र तिनीहरूलाई निष्कासित गरिन्छ। कतिपय ब्रदर-सिस्टरहरूले पनि अपराध गर्छन्, तर तिनीहरू सत्यता खोज्न र परमेश्‍वरप्रति आफ्नो प्रतिरोधको मूल कारण पत्ता लगाउन, सच्चा रूपमा पश्चात्ताप गर्छन् र परिवर्तन हुन, अनि सत्यता सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्न सक्षम हुन्छन्। परमेश्‍वरको घरले यस्ता मानिसहरूलाई अझै बढुवा र प्रयोग गर्छ। मैले परमेश्‍वर सबैलाई पश्चात्ताप गर्ने प्रशस्त मौकाहरू दिनुहुन्छ, र परमेश्‍वरको सार धर्मी र विश्वासयोग्य हुन्छ भन्ने देखेँ। म अब परमेश्‍वरबाट जोगिन वा आफ्नो कर्तव्यबाट पन्छिन मिल्दैन भन्ने मलाई थाहा भयो।

पछि, आफनो कर्तव्यप्रतिको मेरो मानसिकतामा सुधार आयो, र मण्डलीले मसँग सहकार्य गर्न अर्की सिस्टरलाई छान्यो। धेरै समय नबित्दै, मैले अरू बीस जना जति ब्रदर-सिस्टरहरू पक्राउ परेका छन्, र प्रहरी उनीहरूलाई चेतावनी दिन आएका छन्, उनीहरूलाई “तीन बयान” मा हस्ताक्षर गर्न बाध्य पारेका छन् भन्ने सुनेँ। जब मैले यो खबर सुनेँ, म फेरि डराएँ, यदि घटनापछिको परिस्थिति राम्ररी सम्हालिएन भने मलाई जवाफदेही ठहराइनेछ भनेर चिन्तित भएँ। मेरो मनमा यी सोचहरू आउँदा, मैले आफू सही स्थितिमा छैनँ भन्ने महसुस गरेँ, त्यसैले मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ। मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “मानिसहरूले आफूले हासिल गर्न सक्‍ने कुरा हासिल गर्न सक्दो गर्नुपर्छ; बाँकी कुरा परमेश्‍वरले नै गर्नुहुन्छ, अर्थात् उहाँले आफ्‍नो सार्वभौमिकता प्रयोग गर्नुहुन्छ, योजनाबद्ध गर्नुहुन्छ, र मार्गदर्शन गर्नुहुन्छ। हामी यही कुराबारे सबैभन्दा कम चिन्ता लिन्छौँ। हाम्रो पछाडि परमेश्‍वर हुनुहुन्छ। हाम्रो हृदयमा मात्रै परमेश्‍वर हुनुहुन्‍न, हामीमा साँचो आस्था पनि छ। यो कुनै आत्मिक साथ होइन; वास्तवमा, परमेश्‍वर गुप्तमा हुनुहुन्छ, र उहाँ मानिसहरूको पक्षमा हुनुहुन्छ, सधैँ तिनीहरूको छेउमै उपस्थित हुनुहुन्छ। मानिसहरूले कुनै पनि काम गर्दा वा कुनै पनि कर्तव्य निभाउँदा, उहाँले हेरिरहनुभएको हुन्छ; उहाँ तँलाई कुनै पनि समय र स्थानमा सहयोग गर्न, र जोगाउन र रक्षा गर्नका लागि त्यहीँ रहनुहुन्छ। मानिसहरूले गर्नुपर्ने कुरा भनेको आफूले हासिल गर्नुपर्ने कुरा हासिल गर्न सक्दो प्रयास गर्नु हो। जबसम्म यो तैँले गर्नुपर्ने कुरा हो, यो परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा हो भन्‍ने कुरा तँलाई थाहा हुन्छ, तैँले हृदयमा महसुस गर्छस्, परमेश्‍वरका वचनहरूमा देख्छस्, तेरो वरिपरिका मानिसहरूले तँलाई याद दिलाउँछन्, वा तँलाई थाहा दिन परमेश्‍वरले कुनै सङ्केत वा साइत जुराउनुहुन्छ, तबसम्‍म तैँले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र तँ निष्क्रिय भएर बस्नु हुँदैन वा तैँले हेरेर बस्‍नु हुँदैन। तँ रोबोट होइनस्; तँसँग दिमाग र विचारहरू छन्। जब कुनै कुरा घटित हुन्छ, तब तैँले के गर्नुपर्छ भन्‍ने कुरा तँलाई अवश्यै थाहा हुन्छ, र तँसँग अवश्यै भावना र चेतना छन्। त्यसकारण, यी भावना र चेतनाहरूलाई वास्तविक अवस्थाहरूमा लागू गर्, तीअनुसार जिउने गर् र तिनलाई आफ्नो कार्यमा रूपान्तरण गर्, र यसरी, तैँले आफ्नो जिम्मेवारी पूरा गरेको हुनेछस्। तँलाई थाहा हुन सक्‍ने कुराहरूका हकमा, तैँले आफूले बुझेका सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ। यसरी, तैँले आफ्नो कर्तव्य पूरा गर्न आफूले सक्‍ने जति काम गरिरहेको र सक्दो प्रयास गरिरहेको हुन्छस्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (२१))। परमेश्‍वरका वचनहरूले मलाई विश्वास र शक्ति दिए। मैले गर्नुपर्ने पहिलो कुराहरू भनेका आफ्नो जिम्मेवारीहरू उठाउनु, परमेश्‍वरका घरका हितको रक्षा गर्नु, आफ्ना ब्रदर-सिस्टरहरूको सुरक्षा जोगाउनु, र हानिलाई सकेसम्म कम गर्न सक्दो प्रयास गर्नु थिए। यो मेरो जिम्मेवारी थियो। मैले अब उप्रान्त यति स्वार्थी र घृणास्पद हुन र केवल आफ्नै भविष्य र गन्तव्यमा ध्यान केन्द्रित गर्न मिल्दैनथ्यो। म सधैँ आफूलाई बचाउन र जिम्मेवारीबाट बच्न कसरी प्रयास गर्थेँ भन्ने कुरा सम्झँदा, मैले यसपटक सत्यता अभ्यास गर्नुपर्छ र जिम्मेवारी लिने साहस गर्नुपर्छ भन्ने बुझेँ। मैले यस प्रक्रियामा केही विचलनहरू गरेकी भए पनि, वहन गर्नुपर्ने आफ्ना जिम्मेवारीहरू वहन गर्नुपर्थ्यो। आफूलाई उपयुक्त कारबाहीबारे अनिश्चितता भएका कतिपय जटिल मामिलाहरूमा, म माथिल्लो अगुवाइबाट सहायता खोज्न सक्थेँ, र यदि मेरो काममा गल्तीहरू वा कमीहरू भएमा, मैले तिनलाई सारांशीकरण गर्नुपर्थ्यो र समयमै सच्याउनुपर्थ्यो। पछि, मैले घटनापछिको काम सम्हाल्न मेरी सहकर्मी सिस्टरसँग काम गरेँ, र हामीले ब्रदर-सिस्टरहरूसँग परमेश्‍वरको अभिप्राय सङ्गति गर्‍यौँ, अनि यो कठिन समयमा आफ्नो कर्तव्य कसरी पूरा गर्ने भन्नेबारे छलफल गर्‍यौँ। ब्रदर-सिस्टरहरूले सक्रिय रूपमा सहकार्य गरे, र घटनापछिको काम छिट्टै पूरा भयो।

अब, म पहिलेजस्तो आफ्नै हित, परिणाम, र गन्तव्यबारे सोच्दिनँ। बरु, म सारा हृदयले आफ्नो कर्तव्य पूरा गर्छु, र मेरो हृदयलाई धेरै शान्ति महसुस हुन्छ। यो प्रकाशबाट नगुज्रिकन, मैले आफ्नो शैतानी स्वभाव वा आफ्नो पछ्याइपछाडिका गलत दृष्टिकोणहरूलाई चिन्नेथिइनँ। मलाई यी पाठहरू सिक्न मार्गदर्शन गर्नुभएकामा म परमेश्‍वरलाई धन्यवाद दिन्छु!

अघिल्लो:  ५६. म अब उप्रान्त आफ्नो कमजोर क्षमताको बारेमा गुनासो गर्दिनँ

अर्को:  ५८. म किन सधैँ पदोन्नति चाहन्छु?

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger