६७. धन-सम्पत्ति, ख्याति र प्राप्ति पछ्याउँदा के मिल्छ?

सानो छँदा, मेरा धेरै दाजुभाइ दिदीबहिनी नभएकाले मेरो परिवारलाई अक्सर हेला गरिन्थ्यो। त्यतिबेला, मेरा आमाबुबाले मलाई प्राय: भन्नुहुन्थ्यो, “डाक्टरको पेशा सबैभन्दा राम्रो र स्थिर हुन्छ। उनीहरूको तलब मात्र राम्रो होइन, उनीहरूलाई धेरै सम्मान पनि गरिन्छ।” जब कोही डाक्टर हाम्रो गाउँमा आउँथे, उनीहरूलाई सधैँ न्यानो स्वागत र अत्यन्त आदर गरिन्थ्यो। ती डाक्टरहरूप्रति मलाई भित्रैबाट प्रशंसा र ईर्ष्या लाग्थ्यो, र मैले मनमनै सङ्कल्प गरेँ मैले कडा मिहिनेत गर्नुपर्छ ताकि म पनि एकदिन डाक्टर बन्न सकूँ, हाम्रो गाउँमा गौरवले शिर ठाडो पारेर हिँड्न सकूँ र सबैबाट सम्मान पाऊँ। त्यसपछि, म किताबहरूमा डुबेँ र आफूलाई पढाइमा लगाएँ। पछि जब मैले प्रान्तीय चिनियाँ चिकित्सा प्रतिष्ठानको प्रवेश परीक्षा पास गरेँ, मेरो कडा मिहिनेतले फल दियो। एकेडेमीबाट पास भएपछि, मैले चाहेजस्तै जिल्ला अस्पतालमा डाक्टरको जागिर पाएँ। त्यसपछि त, मेरो जीवनस्तर बढेजस्तो भयो। मेरो तलब मात्र राम्रो थिएन, मेरा उमेरका साथीहरू सबैले मेरो ईर्ष्या र प्रशंसा गर्थे, अनि साथीभाइ, आफन्त र चिनजानका मानिसहरू बिरामी हुँदा सबैले मलाई नै खोज्थे, र जब-जब म आफ्नो गाउँ फर्कन्थेँ, मलाई न्यानोपन र सम्मानले स्वागत गरिन्थ्यो। मेरा आमाबुबाले पनि गर्व महसुस गर्नुभयो। मलाई त्यसरी सम्मान पाएकोमा साँच्चै आनन्द लाग्थ्यो र यसले मेरो अभिमानलाई ठूलो सन्तुष्टि दियो। मेरा सबै त्यागहरूले अन्ततः फल दिएछन् जस्तो लाग्यो। जब मैले धेरै अनुभव हासिल गर्दै गएँ, मैले धेरै धनी र प्रभावशाली मानिसहरूलाई भेटेँ जो विभिन्न प्रकारका रोगहरूले ग्रस्त थिए, जसले उनीहरूलाई असह्य कष्ट दिइरहेको थियो। तिनीहरूमध्ये कोही गम्भीर, कडा रोगहरू लिएर आउँथे, तर डाक्टरहरूले असहाय भई मरेकै मात्र हेर्न सक्थे। म सोच्न बाध्य भएँ मृत्युको अगाडि हाम्रो जीवन कति कमजोर र असहाय छ। यसले मलाई एक अनौठो किसिमको आत्मिक खोक्रोपन दियो। म जीवनको उद्देश्य के हो र म केका लागि बाँचिरहेकी छु भनेर सोच्न थालेँ।

सन् १९९८ को अन्त्यतिर, धेरै मानिसहरूले व्यापारमा हात हाले र मालिक बने। मैले सोचेँ कि यदि म अस्पतालमा काम गरिरहेँ भने, म यही तलबमा अड्किरहनेछु, त्यसैले यदि मैले आफ्नो स्तर बढाउनु र धेरै पैसा कमाउनु छ भने, मैले आफ्नै मालिक बन्नुपर्छ। त्यसैले मैले अस्पतालको जागिर छोडेँ र आफ्नै क्लिनिक सुरु गरेँ। त्यसपछि, सन् २००० मा, मैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार सुनेँ। मैले परमेश्‍वरले यसो भन्नुभएको पाएँ: “मानिसको भाग्य परमेश्‍वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिसले सधैँ आफ्नै खातिर भागदौड गरे तापनि र व्यस्त रहे तापनि उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै भविष्यलाई नियन्त्रण गर्न सक्थिस् भने, के तँ अझै सृष्टि गरिएको प्राणी नै हुनेथिइस् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। परमेश्‍वरका वचनहरूद्वारा मैले बुझेँ मानिसको जीवन-मरण परमेश्‍वरको हातमा हुन्छ र कसैले पनि आफ्नो भाग्यलाई नियन्त्रण गर्न सक्दैन। जब परमेश्‍वरले तपाईँलाई दिनुभएको आयु सकिन्छ, तपाईँसँग जतिसुकै पैसा, शक्ति वा प्रभाव भए पनि केही फरक पर्दैन। परमेश्‍वरका वचन खाने र पिउने अनि मण्डलीको जीवन जिउने कार्यमार्फत, मैले यो पनि बुझेँ मैले भौतिक कुरा, उच्च हैसियत र देहिक सुखहरू मात्र पछ्याउनुहुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा त सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नु, अनि सत्यता, असल कार्यहरूको सङ्ग्रह, र मुक्तिको प्राप्तिलाई पछ्याउनु थियो। त्यसैले, मैले मण्डलीमा सक्ने कर्तव्य लिएँ। म ब्रदर-सिस्टरहरूसँग भेला भएर परमेश्‍वरका वचनहरूमा सङ्गति गर्थेँ, र मैले पूर्ण खुसी र आनन्दको महसुस गरेँ। सुरुमा, म एउटा सानो समूहको भेलालाई मात्र अगुवाइ गरिरहेकी थिएँ, र त्यति व्यस्त थिइनँ। पछि, मलाई मण्डलीको अगुवाको रूपमा सेवा गर्न छानियो। मलाई थाहा थियो यो परमेश्‍वरले मलाई उच्च पार्नुभएको हो र उहाँले मलाई तालिम प्राप्त गर्ने र सत्यता हासिल गर्ने यो मौका दिनुभएको छ। मैले परमेश्‍वरका वचनहरूको यति धेरै आपूर्तिको आनन्द लिएकी थिएँ, त्यसैले मैले विवेक राख्नुपर्छ र परमेश्‍वरको प्रेमको ऋण तिर्नुपर्छ। तर मलाई के पनि थाहा थियो भने अगुवा हुनु भनेको धेरै काम र ठूलो जिम्मेवारी हो, र मैले पूरा समय समर्पण गर्नुपर्ने हुन्छ। यसको मतलब मैले मेरो क्लिनिकमा काम गर्न सक्दिनथेँ। मैले त्यो जागिरका लागि आफ्नो आधा जीवनभर काम गरेकी थिएँ, त्यो छोडिदिने कुरा सोच्दा म पछि हटेँ। मेरो मनमा ठूलो द्वन्द्व चल्यो र मैले निकै असमञ्जस र कष्ट महसुस गरेँ। आफ्नो कष्टबीच, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! यो अवस्थामा म अहिले एकदमै कठिन समयमा छु। म यो कर्तव्य गुमाउन चाहन्नँ, तर मेरो कद सानो छ र म आफ्नो देहको कमजोरीलाई जित्न सक्दिनँ। कृपया मलाई मार्गदर्शन गर्नुहोस् र मलाई विश्वास र शक्ति दिनुहोस्।”

खोजी गर्ने क्रममा, मैले परमेश्‍वरले कसरी भन्नुहुन्छ भन्ने सोचेँ: “यदि तैँले यस अवसरलाई आफ्नो हातबाट जान दिइस् भने, तैँले तेरो बाँकी जीवनभरि अफसोस गर्नेछस्।” मैले हतार-हतार त्यो खण्ड खोजेर पढ्न थालेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “कतिपयलाई बोलाइँदा समेत तिनीहरू परमेश्‍वरको सेवामा अरूसित समन्वय गर्न अनिच्छुक हुन्छन्; यिनीहरू अल्छी मानिसहरू हुन् जो केवल आरामसित रमाइलो गर्न चाहन्छन्। तँलाई जति बढी अरूसँगको समन्वयमा सेवा गर्न भनिन्छ, तैँले त्यति नै बढी अनुभव हासिल गर्नेछस्। बोझहरू तथा अनुभवहरू धेरै हुँदा तैँले सिद्ध हुनका निम्ति बढी अवसरहरू पाउनेछस्। त्यसकारण, यदि इमानदारीताका साथ तैँले परमेश्‍वरको सेवा गर्न सक्छस् भने तैँले परमेश्‍वरको बोझलाई पनि ध्यान दिनेछस्, त्यसो हुँदा, परमेश्‍वरद्वारा सिद्ध हुनका निम्ति तँसित धेरै अवसरहरू हुनेछन्। हाल केवल त्यस्ता समूहका मानिसहरू नै परमेश्‍वरद्वारा सिद्ध तुल्याँइदैछन्। तँलाई जति बढी पवित्र आत्माले छुनुहुन्छ, तैँले त्यति नै बढी समय परमेश्‍वरको बोझप्रति सचेत हुन अर्पित गर्नेछस्, तँलाई त्यति नै बढी परमेश्‍वरद्वारा सिद्ध तुल्याइनेछ—तबसम्म सिद्ध तुल्याइनेछ जबसम्म तँ अन्ततः परमेश्‍वरले प्रयोग गर्नुहुने व्यक्ति हुँदैनस्। हाल, केही व्यक्तिहरू यस्ता छन् जसले मण्डलीको निम्ति कुनै बोझहरू बोक्दैनन्। यी मानिसहरू सुस्त र लापरवाह छन् अनि यिनीहरूले केवल आफ्नै देहको मात्र वास्ता गर्छन्। त्यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन् र तिनीहरू अन्धा पनि हुन्छन्। यदि तैँले यो कुरा स्पष्टसित देख्न सक्दैनस् भने, कुनै पनि बोझ बोक्नेछैनस्। तैँले जति बढी परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्छस्, त्यति नै बढी बोझ उहाँले तँलाई सुम्पिनुहुनेछ। स्वार्थीहरू त्यस्ता कुराहरूको कष्ट भोग्न अनिच्छुक हुन्छन्; तिनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन् र परिणामस्वरूप, तिनीहरूले परमेश्‍वरद्वारा सिद्ध तुल्याइने अवसरहरू गुमाउनेछन्। के तिनीहरूले आफैलाई हानि पुऱ्याइरहेका छैनन् र? … यसरी, तिमीहरू परमेश्‍वरको बोझप्रति अहिले नै सचेत हुनुपर्छ। तिमीहरूले आफू परमेश्‍वरको बोझप्रति सचेत हुनुअघि उहाँले सम्पूर्ण मानवजातिप्रति आफ्नो धर्मी स्वभाव प्रकट गर्नुभइञ्‍जेलसम्म पर्खिनु हुँदैन। के त्यति बेलासम्म धेरै ढिलो हुनेछैन र? परमेश्‍वरद्वारा सिद्ध हुने राम्रो अवसर अहिले नै हो। यदि तैँले यस अवसरलाई आफ्नो हातबाट जान दिइस् भने, मोशाले कनानको असल भूमिमा प्रवेश गर्न असक्षम हुँदा बाँकी जीवनभरि अफसोस गर्दै मरेजस्तै तैँले तेरो बाँकी जीवनभरि अफसोस गर्नेछस्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर)। परमेश्‍वरका वचनहरूद्वारा मैले बुझेँ परमेश्‍वरको अभिप्रायलाई ख्याल गर्ने र परमेश्‍वरले सुम्पनुभएको काम स्वीकार गर्नेहरूले मात्र परमेश्‍वरद्वारा सिद्ध पारिने बढी अवसरहरू पाउनेछन्। परमेश्‍वरको अभिप्रायलाई ख्याल गर्न नचाहनेहरू स्वार्थी हुन्छन् र उनीहरू परमेश्‍वरद्वारा सिद्ध पारिने छैनन्। सुसमाचारको काम बृहत् विस्तारको मुख्य चरणमा प्रवेश गरेको छ, र मण्डलीले मलाई यस्तो महत्त्वपूर्ण कर्तव्य दिनु भनेको परमेश्‍वरको असाधारण अनुग्रह र उहाँले मलाई उच्च पार्नुभएको थियो। तापनि मैले परमेश्‍वरको अभिप्रायलाई ख्याल गरिनँ, बरु, आफ्नो देह र अरूको उच्च सम्मान कमाउन पैसा कमाउने कुरामा मात्र ध्यान दिएँ। म कति अविवेकी रहेछु! के मैले सत्यता र मुक्ति प्राप्त गर्नका लागि नै परमेश्‍वरमा विश्वास गर्ने, उहाँलाई पछ्याउने, उहाँका वचनहरू खाने र पिउने अनि आफ्नो कर्तव्य पूरा गर्ने गरेँ, होइन र? परमेश्‍वरले मलाई यो कर्तव्यमार्फत तालिम प्राप्त गर्ने र सत्यता हासिल गर्ने ठूलो अवसर दिनुभएको थियो। यो अवसर नलिए म मूर्ख ठहरिन्न र? यदि मैले यो स्वीकार गर्न सहमत हुँदासम्ममा परमेश्‍वरको काम समाप्त भइसकेको भए, मैले आफ्नो मौका गुमाइसकेकी हुने थिएँ। तब मलाई ठूलो पछुतो हुने थियो। म ठ्याक्कै मोशाजस्तै हुने थिएँ, जसले टाढैबाट कनान देख्न सके तर प्रवेश गर्न सकेनन् र जीवनभर पछुताए। मैले परमेश्‍वरमा समर्पित हुनुपर्थ्यो र पहिले कर्तव्य स्वीकार गर्नुपर्थ्यो। मैले क्लिनिकमा तत्कालका लागि मेरो ठाउँमा कसैलाई राख्न सक्थेँ। यो निर्णय गरेपछि, मैले अगुवाइको कर्तव्य स्वीकार गरेँ।

त्यसपछि, मैले आफ्नो अधिकांश समय आफ्नो कर्तव्यमा समर्पित गरेँ र यदि कुनै फुर्सदको समय पाएँ भने, म हतार-हतार क्लिनिक जान्थेँ। सुरुमा हामीले बिरामीहरूलाई रोकेर राख्न सक्यौँ, तर समय बित्दै जाँदा र म अक्सर क्लिनिकमा नहुँदा, मानिसहरूले मलाई भेट्न नसकेकाले अन्यत्र जान थाले। हाम्रो क्लिनिकमा बिरामीहरू झन्-झन् कम हुँदै गए र हामी मुस्किलले टिकिरहेका थियौँ। पहिले मेरो जीवनस्तर उच्च थियो, मलाई अरूले आदर र प्रशंसा गर्थे, अनि साथीभाइ र आफन्तहरूलाई समस्या पर्दा सबैले मलाई नै खोज्थे, तर मेरा साथीभाइ र आफन्तहरू सबै मैले क्लिनिकको व्यवस्थापनमा लापरवाही गरिरहेकी, र म दिनभरि के गर्छु होला भन्दै मेरो आलोचना गरिरहेका थिए। त्यसपछि उनीहरूको मप्रतिको व्यवहार नै फरक भयो। कुनै बेला मलाई कति सम्मान र प्रशंसा गरिन्थ्यो तर अहिले म सबैको हाँसोकी पात्र बनेकी छु भनी सोच्दा, मेरो मनमा अनेकथरी भावनाहरू उथलपुथल भए—यो वर्णन गर्न गाह्रो अनुभूति हो। मैले सोचेँ, “मसँग पैसा कमाउने क्षमता नभएको होइन, मसँग सीप छ, त्यसैले यदि मैले राम्ररी व्यवस्थापन गरेँ भने मेरोमा पक्कै पनि धेरै बिरामीहरू हुनेछन्। म फेरि त्यो उच्च भौतिक सुखसुविधाको जीवनशैली जिउन सक्छु, अरूको सम्मान र प्रशंसा पुनः प्राप्त गर्न सक्छु र एक प्रतिष्ठित जीवन जिउन सक्छु।” मैले के पनि विचार गरेँ भने मैले परमेश्‍वरमा विश्वास गरेको धेरै समय भएको छैन, मेरो कद सानो छ, र मैले धेरै सत्यता बुझेकी छैन, त्यसैले सायद मैले आफ्नो क्षमताअनुसारको कर्तव्य मात्र निर्वाह गर्नुपर्छ। म एउटा कम जिम्मेवारीको कर्तव्यमा सर्न चाहेँ। तब मसँग आफ्नो कामका लागि धेरै समय हुने थियो, र न मेरो कर्तव्य न त क्लिनिक नै प्रभावित हुने थियो। तर, त्यसपछि, मैले आफ्नो कर्तव्यप्रति बोझ उठाउन छोडेँ। म आफ्नो कर्तव्यमा झारा टार्न थालेँ र भेलाहरूमा पनि देखावटी रूपमा मात्र सहभागी हुन थालेँ। मलाई याद छ, एउटा भेलाको दौरान, म क्लिनिकका बारेमा मात्रै सोचिरहेकी थिएँ। त्यस दिन हामीकहाँ कति बिरामी आएका थिए? अपोइन्टमेन्ट लिएकाहरू आए कि आएनन्? आफ्नो क्लिनिकलाई धेरै समय दिनका लागि, मैले आफ्नो रिपोर्ट लेख्नुअघि अवस्थालाई गहिराइमा बुझिनँ र माथिल्लो अगुवालाई एउटा संक्षिप्त रिपोर्ट मात्र बुझाएँ। विवरणको कमीको फलस्वरूप, मैले त्यसलाई फेरि लेख्नुपर्‍यो। मैले मलजल गर्ने काममा पनि जिम्मेवारी लिइनँ। केही नयाँ विश्वासीहरूले मलजल नपाएकाले छोडेर समेत गए। माथिल्लो अगुवाले मलाई यस समस्यामा धेरै पटक सङ्गति दिँदै मद्दत गर्ने कोसिस गर्नुभयो, र मैले निकै दोषी महसुस गरेँ, परमेश्‍वरलाई धेरै पटक प्रार्थना गर्दै आफ्नो देह विरुद्ध विद्रोह गर्ने र आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने संकल्प गरेँ, तर हरबखत अनिवार्य रूपमा क्लिनिकले नै मेरो ध्यान भङ्ग गर्थ्यो। मैले परमेश्‍वर सामु संकल्प गर्ने र तोड्ने गरिरहेँ र म उहाँबाट झन्-झन् टाढा हुँदै गएँ। म अक्सर बताउन नसक्ने गरी खोक्रो र भयभीत महसुस गर्थेँ। धेरै पटक मैले क्लिनिक छोड्न चाहेकी थिएँ, तर फेरि मलाई मानिसहरूबाट हेला गरिने अवस्थामै फर्कनुपर्छ भन्ने सोच आउँथ्यो र मैले त्यसो गर्न भने सकिनँ। मेरो स्थिति सुध्रिन नसकेको र त्यसले काममा ढिलाइ गरिरहेको देखेर, माथिल्लो अगुवाले मलाई बर्खास्त गर्नुभयो।

बर्खास्त भएपछि म साँच्चै दुःखी भएँ। मैले परमेश्‍वरका यति धेरै वचनहरू खाएकी र पिएकी थिएँ, र सत्यता पछ्याउनु र आफ्नो कर्तव्य राम्ररी पूरा गर्नु नै जीवनको सही मार्ग हो भन्ने मलाई स्पष्टै थाहा थियो, तर मैले आफ्नो क्लिनिक छोड्न सकिनँ र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सकिनँ। मैले साँच्चै दोषी महसुस गरेँ र परमेश्‍वरको धेरै ऋणी भएको महसुस गरेँ। मैले परमेश्‍वरलाई प्रार्थना गर्दै भनेँ, “हे परमेश्‍वर, म कति विद्रोही र तपाईँकी ऋणी छु। हे परमेश्‍वर, म तपाईँसँग के बिन्ती गर्छु भने मलाई धन-सम्पत्तिको बन्धनबाट मुक्त गर्नुहोस् ताकि मैले आफ्नो कर्तव्य पूरा गर्न र तपाईँको प्रेमको ऋण तिर्न सकूँ।”

प्रार्थनापछि, मैले परमेश्‍वरका वचनहरूको एउटा अध्यायको “तँ कोप्रति बफादार छस्?” भन्ने शीर्षक सम्झेँ, मैले आफैलाई सोधेँ, “म कोप्रति बफादार छु? के म परमेश्‍वरप्रति बफादार छु?” त्यसपछि मैले यस अध्यायको एउटा खण्ड पढेँ: “यदि अहिले मैले तिमीहरूको अगाडि केही पैसा राखेँ र तिमीहरूलाई छनौट गर्ने स्वतन्त्रता दिएँ भने—र मैले तिमीहरूको छनौटका लागि तिमीहरूको निन्दा गरिनँ भने—तिमीहरूमध्ये धेरैजसोले पैसा छनौट गरेर सत्यतालाई त्याग्‍नेथियौ। तिमीहरूमध्ये उत्तम व्यक्तिहरूले पैसालाई त्यागेर मन नलागी-नलागी सत्यतालाई छनौट गर्नेथियौ, जबकि दोधारेहरूले एउटा हातले पैसा पक्रनेथिए र अर्को हातले सत्यता समात्नेथिए। के तिमीहरूका साँचो रङ त्यसपछि आफै स्पष्ट हुनेथिएनन् र? तिमीहरूले सत्यता र तिमीहरू बफादार भएको कुनै कुराको बीचमा छनौट गर्दा, तिमीहरू सबैले यही शैलीमा छनौट गर्नेथियौ र तिमीहरूको मनोवृत्ति उस्तै रहनेथियो। होइन र? के तिमीहरूमध्ये धेरै जना सही र गलतको बीचमा घरी यता र घरी उता गरेका हल्लेका व्यक्तिहरू होइनौ र? सकारात्मक र नकारात्मक, कालो र सेतो बीचका सबै सङ्घर्षहरूमा—परिवार र परमेश्‍वर, छोराछोरी र परमेश्‍वर, सामञ्जस्यता र फाटो, समृद्धि र गरिबी, हैसियत र साधारणपन, समर्थन पाउनु र इन्कारिनु र यस्तै अन्य कुराहरूबीचमा—तिमीहरूले गरेका छनौटका बारेमा तिमीहरू अवश्य नै अचेत छैनौ! सद्भावपूर्ण परिवार र टुक्रिएको परिवारबीच, तिमीहरूले पहिलोलाई नै छनौट गर्‍यौ र तिमीहरूले हिचकिचाहटविना त्यस्तो गर्‍यौ; धन र कर्तव्यको बीचमा, तिमीहरूले फेरि पहिलोलाई छनौट गर्‍यौ, यहाँसम्म कि किनारामा फर्किने इच्छा समेत राखेनौ; विलासिता र गरिबीको बीचमा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; आफ्ना छोराछोरी, श्रीमती, श्रीमान् वा मेरो बीचमा छनौट गर्दा, तिमीहरूले पहिलोलाई छनौट गर्‍यौ; र धारणाहरू र सत्यताको बीचमा, तिमीहरूले अझै पनि पहिलोलाई नै छनौट गर्‍यौ। तिमीहरूका हरप्रकारका दुष्ट कार्यहरू सामना गर्दा, मैले तिमीहरूमाथिको विश्वास साँच्चै गुमाएको छु। म चकित परेको छु। तिमीहरूको हृदय अप्रत्याशित रूपमा कोमल हुन निकै असक्षम छ। मैले वर्षौँ खर्चेको रगत-पसिनाले अनपेक्षित रूपमा मलाई तिमीहरूको परित्याग र विवशताभन्दा अरू केही दिएन, तर तिमीहरूका लागि मेरा आशाहरू बित्ने प्रत्येक दिनसँगै बढ्दै जान्छन्, किनकि मेरो दिन पूर्ण रूपमा सबैको अगाडि उदाङ्गो भएको छ। तैपनि तिमीहरू अहिले अँध्यारो र दुष्ट कुराहरू पछ्याइरहेका छौ र तीमाथिको आफ्नो पकडलाई खुकुलो गर्न अस्वीकार गर्छौ। त्यसो भए, तिमीहरूको परिणाम के हुनेछ? के तिमीहरूले कहिल्यै यसबारे ध्यानपूर्वक ख्याल गरेका छौ? यदि तिमीहरूलाई फेरि छनौट गर्न भनियो भने, तिमीहरूको मनोवृत्ति के हुनेथियो? के यो अझै पनि पहिलो नै हुनेथियो? के तिमीहरूले अझै पनि मलाई निराशा र पीडादायी शोक दिनेथियौ? के तिमीहरूको मुटुमा अझै पनि न्यानोपनको एउटा टुक्रा मात्रै बाँकी रहनेथियो? के तिमीहरू अझै पनि मेरो हृदयलाई सान्त्वना दिन के गर्नुपर्छ भन्नेबारे अनभिज्ञ हुनेथियौ? यो समयमा तिमीहरू केलाई छनौट गर्छौ? … म पनि तिमीहरूको अतीतको सबै कुरा बिर्सने आशा गर्दछु, यद्यपि यो गर्न धेरै कठिन छ। तैपनि, यसो गर्ने धेरै राम्रो तरिका मसँग छ: भविष्यले अतीतलाई प्रतिस्थापन गर्न देओ र तिमीहरूको अतीतको छायालाई आजको तिमीहरूको साँचो रूपले ढाकिदेओ। यसरी, तिमीहरूलाई मैले फेरि पनि छनौट गर्न लगाउनुपर्छ: तिमीहरू वास्तवमा कोप्रति निष्ठावान छौ?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ कोप्रति बफादार छस्?)। परमेश्‍वरका वचनहरूले मेरो हृदयलाई गहिरोसँग छोए। के यी वचनहरूले मेरो वर्तमान स्थिति, मेरो वर्तमान अवस्थालाई खुलासा गरेनन् र? एक विश्वासीका रूपमा, मैले सत्यता पछ्याउनुपर्छ र परमेश्‍वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्ने मलाई स्पष्टै थाहा थियो। तर जब-जब मैले आफ्नो कर्तव्य र क्लिनिक, राम्रो जीवन जिउने, सम्मान पाउने, र अन्य देहगत कुराहरूबीच छनौट गर्नुपर्थ्यो, म सधैँ अनिवार्य रूपमा पछिल्लो कुरा नै रोज्थेँ। यदि मैले मेरो क्लिनिकलाई कायम राख्न सकिनँ भने मानिसहरूले मलाई हेला गर्छन् कि भनेर डराउँथेँ। यी वर्षहरूमा, बाहिरी रूपमा, मैले सधैँ आफ्नो कर्तव्य पूरा गरेजस्तो देखिन्थ्यो, तर मैले ख्याति र प्राप्तिको आफ्नो इच्छालाई कहिल्यै त्यागिनँ र निरन्तर धेरै पैसा कमाउने बारेमा सोचेँ। त्यसैले, मैले आफ्नो कर्तव्यलाई हल्का रूपमा लिएँ, झारा टारेँ; मैले दुवैमा राम्रो गरिनँ, जसले मलाई निकै थकित र भावनात्मक रूपमा रित्तो बनायो। यसले मण्डलीको काममा धेरै नराम्रो असर पार्‍यो र मेरो जीवनमा पनि हानि भयो। मैले आफू परमेश्‍वरप्रति बफादार नभएकी, बरु मेरो आफ्नै देह र महत्वाकांक्षा र चाहना जस्ता शैतानी कुराहरूप्रति बफादार रहेकी थाहा पाएँ। त्यस समयमा, म अक्सर परमेश्‍वरलाई प्रार्थना गर्थेँ, “हे परमेश्‍वर! म अब साँच्चै मेरो क्लिनिक त्यागेर राम्ररी सत्यता पछ्याउन र आफ्नो कर्तव्य राम्ररी पूरा गर्न तत्पर छु। कृपया मलाई छिट्टै मेरो क्लिनिक बेच्ने विश्वास दिनुहोस्!” प्रार्थनाका साथसाथै, मैले क्लिनिक बेच्ने तयारी गर्नका लागि, यो सबै कुरा मेरो पनि श्रीमान्लाई सम्झाउन थालेँ।

सन् २०११ मा, परमेश्‍वरले मलाई उच्च पार्नुभएकोमा धन्यवाद होस्, म फेरि एक पटक मण्डलीको अगुवाको रूपमा छानिएँ। परमेश्‍वरले मलाई अर्को मौका दिँदै हुनुहुन्छ भन्ने मलाई थाहा थियो। मैले पहिले क्लिनिकको कामलाई पछ्याएकोमा कसरी पछुताएकी थिएँ र परमेश्‍वरप्रति ऋणी महसुस गरेकी थिएँ भनी सोचेँ, र यस पटक अझ बढी सहकार्य गर्ने संकल्प गरेँ। म तुरुन्तै आफ्नो कर्तव्यमा लागिपरेँ, र मेरो क्लिनिक जस्तो चले पनि, म विचलित भइनँ र मैले मेरो क्लिनिक किन्ने कोही व्यक्तिको खोज्ने कोसिस गरेँ। तर जब उनीहरूले सम्झौता तयार पारे र हस्ताक्षर गर्ने तयारी गर्दै थिए, मेरो मनमा केही हिचकिचाहट भयो। मैले आफ्नो आधा जीवन यस क्लिनिकमा लगाएकी थिएँ। मैले सानैदेखि आफूले कति कडा मिहिनेत गरेकी थिएँ, डाक्टर बन्ने मेरो सपना साकार पार्न मैले कसरी कठिनाइहरू पार गरेकी थिएँ भनी सोचेँ। यदि मैले क्लिनिक बेचेँ भने, मैले कुनै समय चाहना गरेको जीवन त्याग्नुपर्ने थियो। म जति धेरै सोच्थेँ, त्यति नै मलाई यो छोड्न मन लाग्दैनथ्यो। मैले भित्रैबाट अत्यन्तै खोक्रो महसुस गरेकी थिएँ। त्यसपछि मैले परमेश्‍वरका वचनहरूको निम्न खण्डहरू पढेँ: “तिमीहरूले आफ्‍नो मन सफा गर्नुपर्छ! केलाई त्याग्‍ने, तेरा सम्पत्तिहरू के-के हुन्, तेरा घातक कमजोरीहरू के-के हुन्, तेरा बाधाहरू के-के हुन्? यी प्रश्‍नहरूको बारेमा आफ्‍नो आत्मामा मनन गर् अनि मसँग सङ्गति गर्। म तिमीहरूको हृदयले मलाई मौनतामा खोजून् भन्‍ने चाहन्छु; म तिमीहरूले मलाई शब्दहरूद्वारा सेवा गरेको चाहन्‍नँ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ८)। “सामान्य व्यक्ति, र परमेश्‍वरप्रतिको प्रेम पछ्याउने व्यक्तिका रूपमा, परमेश्‍वरका मानिसहरूमध्ये एक बन्‍न राज्यमा प्रवेश गर्नु तेरो साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र अर्थपूर्ण जीवन हो; तिमीहरू जत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्‍वरमा विश्‍वास नगर्नेहरू देहका लागि जिउँछन्, र तिनीहरू शैतानका लागि जिउँछन्, तर आज तिमीहरू परमेश्‍वरका लागि जिउँछौ, र परमेश्‍वरको इच्छा पछ्याउनका लागि जिउँछौ। यही कारणले गर्दा नै म भन्छु कि तिमीहरूको जीवन सबैभन्दा अर्थपूर्ण छ। परमेश्‍वरद्वारा चुनिएका मानिसहरूको यो समूहले मात्रै सबैभन्दा अर्थपूर्ण जीवन जिउन सक्छन्: पृथ्वीमा अरू कोही पनि त्यस्तो मूल्य र अर्थको जीवन जिउन सक्षम छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ)। “तँसँग पनि पत्रुसको जस्तो सङ्कल्प र विवेक हुनुपर्छ; तेरो जीवन अर्थपूर्ण हुनैपर्छ, र तैँले आफैसँग खेलबाड गर्नु हुँदैन। मानवका रूपमा र परमेश्‍वरलाई पछ्याउने व्यक्तिका रूपमा, तैँले आफ्‍नो जीवनलाई होसियारीपूर्वक ख्याल गर्न र सम्हाल्न सक्नुपर्छ—तैँले आफैलाई परमेश्‍वरमा कसरी अर्पण गर्नुपर्छ, परमेश्‍वरमा तैँले कसरी अझै अर्थपूर्ण विश्‍वास राख्‍नुपर्छ, र परमेश्‍वरलाई तैँले प्रेम गर्ने हुनाले उहाँलाई अझै शुद्ध, अझै सुन्दर, अझै असल तरिकाले तैँले कसरी प्रेम गर्नुपर्छ भन्‍नेबारे ख्याल गर्नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरका वचनहरूमा मनन गर्दा मैले बुझेँ मानिसले पछ्याउने सांसारिक हैसियत, धन-सम्पत्ति र देहिक सुखहरू प्राप्त गर्न योग्य लक्ष्य होइनन्। सृष्टिकर्ताको सामुन्ने आउनु, सृजित प्राणीको रूपमा हाम्रो कर्तव्य पूरा गर्नु, सत्यता पछ्याउनु, शैतानी भ्रष्ट स्वभावहरू फाल्नु, र अन्ततः परमेश्‍वरको मुक्ति प्राप्त गरी उहाँको राज्यका मानिस बन्नु नै साँचो भविष्य हो र यसले नै सबैभन्दा अर्थपूर्ण र मूल्यवान् जीवन बनाउँछ। यदि मेरो क्लिनिक धेरै व्यस्त भयो, र मैले धेरै पैसा कमाएँ, धेरै सम्मान पाएँ र मेरो देह अन्ततः सन्तुष्ट भयो भने पनि, यदि मैले सत्यता र जीवन अनि परमेश्‍वरको मुक्ति गुमाएँ, र परमेश्‍वरको अनुमोदन र मान्यता प्राप्त गर्न सकिनँ भने, त्यो सबै व्यर्थ हुनेछ। जब विपत्तिहरू आउँछन्, जतिसुकै पैसा र सम्मानले पनि हामीलाई बचाउन सक्दैन। यस्तो पछ्याइमा कुनै अर्थ वा मूल्य छैन। प्रभु येशूले भन्नुभएजस्तै: “यदि मानिसले सारा संसार पाएर आफ्नै प्राण गुमायो भने, उसलाई के फाइदा हुन्छ? अथवा आफ्नो प्राणको साटो मानिसले के दिन सक्छ?(मत्ती १६:२६)। तैपनि, मैले आफ्नो सारा प्रयास धन-सम्पत्ति, ख्याति र प्राप्ति पछ्याउनमा लगाएँ र व्यग्रता साथ तिनीहरूलाई प्राप्त गर्न खोजेँ। मैले यी कुराहरू पाएर मात्र आफूले मूल्यवान जीवन जिउन सक्छु भन्ने सोचेँ। मैले जतिसुकै त्याग गर्नुपरे पनि वा जतिसुकै ऊर्जा खर्च गर्नुपरे पनि, मैले कहिल्यै गुनासो गरिनँ। म कत्ति अन्धो, मूर्ख र अदूरदर्शी रहेछु! मैले पत्रुसबारे सोचेँ। तिनका आमाबुबा तिनी राजनीतिमा लागुन् भन्ने चाहन्थे, तर पत्रुसले आफ्नो जीवन परमेश्‍वरलाई पछ्याउन समर्पित गर्ने निर्णय गरे। तिनले परमेश्‍वरलाई चिन्ने र प्रेम गर्ने कोसिस गरे र अन्ततः परमेश्‍वरद्वारा सिद्ध पारिए र सृष्टिकर्ताको अनुमोदन प्राप्त गरे। पत्रुसले सबैभन्दा मूल्यवान र अर्थपूर्ण जीवन जिए। मलाई मैले पत्रुसको सिको गर्नुपर्छ, यी सांसारिक पछ्याइ त्याग्नुपर्छ, सत्यता पछ्याउनुपर्छ र आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्ने थाहा थियो। त्यसपछि मलाई कुनै हिचकिचाहट महसुस भएन। जब मैले त्यो सम्झौतामा हस्ताक्षर गरेँ, मेरो काँधबाट अत्यन्त ठूलो भारी बिसाएजस्तो भयो र मैले हल्का र आराम महसुस गरेँ। त्यसपछि, मैले आफ्नो सबै कुरा कर्तव्यमा लगाएँ।

सन् २०१५ को एक दिन, मैले पहिले काम गर्ने गरेको अस्पतालका एक सहकर्मीले मलाई फोन गरे। उनले एउटा निजी अस्पतालका निर्देशकले त्यस क्षेत्रकै सबैभन्दा उच्च स्तरको वृद्धाश्रम खोल्न लागेका र मलाई त्यहाँ काम गर्न मन छ कि भनेर तिनले सोधेको बताए। त्यतिबेला, मैले तुरुन्तै अस्वीकार गरेँ। तर त्यसको केही दिनपछि निर्देशकले मलाई व्यक्तिगत रूपमा फोन गरे र यदि म उनकोमा काम गर्न गएमा, उनले मलाई बस्नको लागि आफ्नै कोठा, प्रति महिना ३,००० युआन तलब दिने र मेरा श्रीमानले त्यहाँ आफ्नो पक्षाघात पुनर्स्थापना उपचार निःशुल्क गर्न पाउने बताए। परिणामत: हाम्रो कत्तिपनि जीवनयापन खर्च हुने थिएन र त्यसमाथि बिना कुनै शर्त ३,००० युआन कमाउन सक्थ्यौँ। म आफ्नो अघिल्लो जवाफमा डगमगाउन थालेकी थिएँ र म यसबारे विचार गर्छु भनेँ। त्यो रात म ओछ्यानमा यताउता पल्टिरहेँ र निदाउन सकिनँ। यदि मैले प्रस्ताव अस्वीकार गरेँ भने मैले एउटा अद्भुत अवसर गुमाउने थिएँ, तर यदि मैले स्वीकार गरेँ भने, मैले आफ्नो कर्तव्य पूरा गर्न सक्दिनथेँ। मैले त्यो बेलाको कुरा सम्झेँ जब मैले आफ्नो समय क्लिनिक र कर्तव्यको बीचमा बाँड्दा त्यो कति कठिन र पीडादायी थियो। परमेश्‍वरले मेरा लागि यति धेरै बलिदान दिनुभएको थियो, मैले हिचकिचाउन र पछाडि फर्केर हेर्न छोड्नुपर्थ्यो। मैले परमेश्‍वरका वचनहरू सम्झेँ, जसमा भनिएको छ: “परमेश्‍वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र घट्ने सबै कुरा शैतानले परमेश्‍वरसँग थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्‍वरको गवाहीमा दृढ रहनु आवश्यक हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। परमेश्‍वरका वचनहरूमा मनन गरेपछि, मलाई स्पष्ट भयो बाहिरी रूपमा पूर्व सहकर्मीहरूबीचको एक सामान्य फोन कल जस्तो देखिए पनि, वास्तवमा त्यो एउटा आत्मिक लडाइँ थियो। शैतानले मलाई प्रलोभनमा पार्ने कोशिस गर्दै थियो र परमेश्‍वरले म के निर्णय गर्छु भन्ने हेर्न मेरो परीक्षा लिँदै हुनुहुन्थ्यो। मैले सोचेँ जब स्वर्गदूतहरूले लूतकी पत्नीलाई सदोमबाट बाहिर निकाले, तिनले आफ्नो सम्पत्तिको बारेमा सोचिरहेकी र पछाडि फर्केर हेरेकी हुनाले, तिनी नुनको खामोमा परिणत भइन्। शैतानको पञ्जाबाट मुक्त हुन मलाई अति गाह्रो भइसकेको थियो, म लूतकी पत्नीजस्तै अपमानको प्रतीक बन्न मिल्दैनथ्यो। यो बुझेपछि, मैले दृढतापूर्वक त्यो प्रस्ताव अस्वीकार गरेँ।

पछि, म यी परीक्षाहरूबाट किन विचलित भएँ भनेर मनन गर्न थालेँ। मलाई यी कुराहरू पछ्याउनु अर्थहीन र मूल्यहीन हो भन्ने स्पष्टै थाहा थियो। तर पनि म निकै मानसिक अन्तर्द्वन्द्वमा परेँ र तिनीहरूलाई त्याग्न सकिनँ। यस समस्याको जड के थियो? आफ्नो खोजीका बीच, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ: “वास्तवमा, मानिसका आकाङ्क्षाहरू जति नै भव्य भए पनि, मानिसका चाहनाहरू जति नै वास्तविक वा ती जति नै न्यायसङ्गत भए पनि, मानिसले हासिल गर्न चाहने, मानिसले खोजी गर्ने सबै कुरा, अपरिहार्य रूपमा दुईवटा शब्‍दसँग जोडिएको हुन्छ। यी दुई शब्‍द हरेक व्यक्तिका लागि जीवनभर अत्यन्तै महत्त्वपूर्ण छन्, र शैतानले मानिसमा हालिदिन चाहेका कुरा पनि यिनै हुन्। यी दुई शब्‍द के-के हुन्? ती ‘ख्याति’ र ‘प्राप्ति’ हुन्। शैतानले मानिसहरूलाई अनजानमै त्यसका उपाय र बाँच्ने नियमहरू स्विकार्ने, जीवनका लक्ष्य र जीवनका दिशा विकास गर्ने, र जीवनप्रतिका आकाङ्क्षाहरू विकास गर्ने तुल्याउनका लागि अत्यन्तै सौम्य विधि प्रयोग गर्छ, त्यस्तो विधि जुन मानिसहरूका धारणाहरूसँग अत्यन्तै मिल्छ, जुन त्यति उग्र हुँदैन। मानिसहरूका जीवनका आकाङ्क्षाहरूका बयानहरू जति उच्च सुनिने भए पनि, यी आकाङ्क्षाहरू सधैँ ख्याति र प्राप्ति को वरिपरि घुमिरहेका। कुनै पनि महान् वा चर्चित व्यक्तिले—वा वास्तवमा कुनै पनि व्यक्तिले—जीवनभर पछि लाग्ने कुराहरू यी दुई शब्‍दहरू ‘ख्याति’ र ‘प्राप्ति’ सँग मात्रै सम्बन्धित हुन्छन्। मानिसहरू ख्याति र प्राप्ति पाएपछि तिनीहरूसँग उच्‍च हैसियत र ठूलो धनको आनन्द लिन, र जीवनको आनन्द लिन पूँजी हुन्छ भन्‍ने सोच्छन्। तिनीहरू ख्याति र प्राप्ति पाएपछि तिनीहरूसँग आनन्द खोज्न र बेकाबु देहसुखमा लाग्‍नका लागि पूँजी हुन्छ भन्‍ने सोच्छन्। मानिसहरूले चाहना गर्ने यो ख्याति र प्राप्तिका खातिर, तिनीहरू खुसीसाथ र अनजानमै आफ्‍नो तन, मन, साथै आफ्ना भविष्य र भाग्यलगायतका आफूसँग भएका सबै कुरासमेत शैतानलाई सुम्पन्छन्। तिनीहरू सङ्कोच नमानी, एकछिन पनि शङ्का नगरी, र कुनैबेला आफूसँग भएका सबै कुरा फिर्ता ल्याउनुपर्छ भन्ने थाहै नपाई त्यसो गर्छन्। मानिसहरूले आफूलाई यसरी शैतानसामु सुम्पिएर तिनीहरू त्यसप्रति बफादार बनिसकेपछि के तिनीहरूले आफैमाथि कुनै नियन्त्रण राख्‍न सक्छन्? अवश्य नै सक्दैनन्। तिनीहरू पूर्ण र घोर रूपमा शैतानको नियन्त्रणमा हुन्छन्। तिनीहरू पूर्ण र घोर रूपमा यस दलदलमा डुबेका हुन्छन्, र आफैलाई मुक्त गर्न असक्षम हुन्छन्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। “शैतानले मानिसको विचारहरूलाई नियन्त्रण गर्नका लागि ख्याति र प्राप्ति प्रयोग गर्छ, मानिसहरूलाई यी दुई कुराबाहेक अरू केही नसोच्ने बनाउँछ। तिनीहरूले ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्छन्, ख्याति र प्राप्तिकै लागि कष्ट भोग्छन्, ख्याति र प्राप्तिकै लागि अपमान सहन्छन् र गह्रौँ बोझहरू वहन गर्छन्, ख्याति र प्राप्तिकै लागि आफूसँग भएका सबै कुराको बलिदान गर्छन्, र तिनीहरूले ख्याति र प्राप्तिकै लागि जुनसुकै मूल्याङ्कन वा निर्णय पनि गर्नेछन्। यसरी, शैतानले मानिसहरूमाथि अदृश्य साङ्लाहरू राखिदिन्छ, र यी साङ्लो लगाएपछि, त्यसबाट उम्किन तिनीहरूसँग न त सामर्थ्य हुन्छ न त साहस नै। तिनीहरूले अनजानमा यी बन्धनहरू बोकेर हिँड्छन् र ठूलो कठिनाइको साथ अगाडि घस्रन्छन्। यही ख्याति र प्राप्तिकै खातिर, मानवजाति परमेश्‍वरबाट टाढा पुग्छ र उहाँलाई धोका दिन्छ, र झन्झन् दुष्ट बन्दै जान्छ। यसरी, शैतानको ख्याति र प्राप्तिको माझमा एकपछि अर्को पुस्ता नष्ट हुँदै जान्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्‍वरका वचनहरूले मलाई ज्योति देख्न मदत गरे र म आफूले क्लिनिक त्याग्ने विषयमा यति धेरै मानसिक अन्तर्द्वन्द्वमा पर्नुको कारण म ख्याति र प्राप्तिको जालमा परेकी र त्यसद्वारा नियन्त्रित भएकीले रहेछ भनी बुझ्न सकेँ। शैतानले मानिसहरूलाई भ्रष्ट पार्न ख्याति र प्राप्तिको प्रयोग गर्छ र उनीहरूलाई जीवनभर ख्याति र प्राप्ति पछ्याउन लगाउँछ, अन्ततः उनीहरूलाई यी कुराहरूको लागि आफ्नो जीवन बलिदान दिने बनाउँछ। मैले सानैदेखि मेरा आमाबुबाले मलाई अरूभन्दा विशिष्ट हुने एक मात्र तरिका भनेको राम्रो जागिर पाउनु हो भनेर सिकाउनुभएको कुरामाथि मनन गरेँ। जब मैले डाक्टरहरूको राम्रो र स्थिर आम्दानी हुन्छ र उनीहरूलाई धेरै सम्मान गरिन्छ भन्ने देखेँ मैले डाक्टर बन्ने लक्ष्य बनाएँ र त्यो हासिल गर्न अथक प्रयास गरेँ। आस्थामा प्रवेश गरेपछि र परमेश्‍वरका वचनहरू खाँने र पिउने गरेपछि, मलाई मैले आफ्नो आस्थामा सत्यता पछ्याउनुपर्छ र धन-सम्पत्ति र हैसियत पछ्याउनु एउटा खोक्रो पछ्याइ हो भन्ने थाहा भयो। तर ख्याति र प्राप्तिको बन्धनमा परेका कारण, मैले आफ्नो कर्तव्य पूरा गर्दागर्दै पनि अरूभन्दा विशिष्ट हुने मेरो सपना साकार पार्न चाहेँ। जब म आफ्नो कर्तव्य र क्लिनिकबीच छनौट गर्न बाध्य भएँ, मैले एउटा सजिलो कर्तव्यमा सर्न चाहेँ, र मैले आफ्नो कर्तव्यमा झारा टार्न थालेँ, जुन मण्डलीको कामका लागि हानिकारक थियो। शैतान मलाई यी सोच र दृष्टिकोणहरूद्वारा जिउने बनाउन, म आफ्नो सम्पूर्ण ऊर्जा धन-सम्पत्ति, ख्याति र प्राप्तिको पछ्याइमा लगाऊँ भन्ने चाहन्थ्यो। फलस्वरूप, मसँग सत्यता पछ्याउन र आफ्नो कर्तव्य पूरा गर्न समय वा ऊर्जा नै भएन र म ख्याति र प्राप्तिको नाममा परमेश्‍वरलाई धोका समेत दिन्थेँ, र मुक्तिको अवसर पूर्ण रूपमा गुमाउँथेँ। शैतानले मानवजातिलाई यसरी नै भ्रष्ट पार्छ। प्रसिद्ध मानिसहरू आफ्नो सम्पूर्ण जीवन ख्याति र प्राप्ति कमाउन सङ्घर्ष गर्छन्, तर जब उनीहरूले अन्ततः ती कुराहरू प्राप्त गर्छन्, उनीहरूले आफ्नो हृदयको आत्मिक खोक्रोपन भर्न सक्दैनन् र झन्-झन् पतित हुँदै जान्छन्। तिनीहरूमध्ये कोही त त्यो उच्चताको खोजीमा लागू औषधतिर लाग्छन् र कोही आत्महत्या गर्छन्। मैले मेरो एकजना पूर्व सहकर्मीको बारेमा सोचेँ, जो आफ्नो अस्पतालभित्र केही हदसम्म प्रसिद्ध भए तापनि, अझै सन्तुष्ट थिएनन् र उनले आफ्नै निजी अस्पताल खोले। तर पछि, एउटा बिरामीको मृत्युका कारण उनले आफ्नो कडा परिश्रमले कमाएको सबै बचत मात्र गुमाएनन्, बिरामीको परिवारले उनलाई शोक-वस्त्र लगाएर उक्त बिरामीको शव-वाहनमा १० घण्टाभन्दा बढी समय घुँडा टेकेर ढोग्नुपर्ने शर्त पनि राखे। अन्तमा, उनको प्रतिष्ठा धुलोमा मिल्यो र उनकी श्रीमती र छोराछोरीले उनलाई छोडेर गए। मानिसहरू आफ्नो सम्पूर्ण जीवन ख्याति, प्राप्ति र सम्मान पछ्याउन बिताउँछन्, तर यी कुनै पनि कुराले वास्तवमा मानिसहरूलाई के दिन्छ र? यसले उनीहरूको अभिमानलाई क्षणिक रूपमा मात्रै सन्तुष्ट पार्छ र उनीहरूलाई त्यो भावनाको लत र सम्मोहनमा फसाउँछ। त्यसैले, उनीहरूसँग परमेश्‍वरको खोजी गर्ने समय वा ऊर्जा हुँदैन र उनीहरूले परमेश्‍वरको मुक्ति पूर्ण रूपमा गुमाउँछन्। के यो मानवजातिलाई दुःख दिने र सखाप पार्ने शैतानको घृणित तरिका होइन र? परमेश्‍वरको काम पहिले नै यसको अन्तिम चरणमा छ, राज्यको सुसमाचार संसारभरि फैलिएको छ, र परमेश्‍वरको काम समाप्त हुने बित्तिकै, परमेश्‍वरमा राम्ररी विश्वास गर्ने र सत्यता पछ्याउने थप मौकाहरू हुनेछैनन्! सत्यता पछ्याउन र परमेश्‍वरको काम अनुभव गर्न धेरै समय बाँकी छैन, र यदि हामीले आफ्नो सम्पूर्ण समय यसमा लगायौँ भने पनि, सत्यता प्राप्त गर्न भने सजिलो छैन। मैले आफ्नो आधा समय क्लिनिकमा र बाँकी आधा समय सत्यता पछ्याउनमा लगाएर सत्यता प्राप्त गर्ने आशा कसरी गरेँ? यदि परमेश्‍वरको मुक्ति र मार्गदर्शन नभएको भए, मैले यो सबै कहिल्यै बुझ्ने थिइनँ। म शैतानमार्फत सास्ती पाइरहने थिएँ र मैले परमेश्‍वरको मुक्ति पाउने मौका गुमाइसकेकी हुने थिएँ।

आफ्नो आस्थाका वर्षहरूबारे फर्केर सोच्दा, आफ्नो कर्तव्य पूरा गर्दा मेरो देहले केही हदसम्म दुःख भोगेको भए तापनि, र मसँग पहिलेको जस्तो प्रतिष्ठा नभए पनि, मैले केही सत्यताहरू बुझेकी छु र शैतानले मानवजातिलाई कसरी भ्रष्ट पार्छ र कस्तो प्रकारको जीवन सबैभन्दा मूल्यवान र अर्थपूर्ण हुन्छ भन्ने थाहा पाएकी छु। म धेरै शान्त, ढुक्क र मुक्त महसुस गर्छु। यो एउटा यस्तो भावना हो जुन मलाई कुनै पनि सांसारिक कुराले दिन सक्दैन। पछि, मानिसहरूले मलाई जतिसुकै ठूलो सुविधा दिएर नयाँ जागिर लिन लोभ्याउन खोजे पनि, म फेरि कहिल्यै डगमगाइनँ। आजभोलि, मैले ख्याति र प्राप्तिको पछ्याइले मलाई कसरी हानि पुग्छ भन्ने देखेकी छु र मैले आफ्नो कर्तव्य पूरा गर्न आफ्नो क्लिनिक त्यागेकी छु। यो सबै परमेश्‍वरको मुक्तिका कारणले हो र मेरो लागि सबैभन्दा उत्तम छनौट यही हो। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  ६६. हीनताबोधबाट बाहिर निस्कँदा

अर्को:  ६८. मैले ख्याति र प्रतिष्ठाको लागि कर्तव्य निर्वाह गर्नु हुँदैन

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger