७०. सही मानिसहरूलाई सिफारिस गर्न हिचकिचाउनुको पछाडि
सन् २०२१ को जनवरीमा, झाङ फाङ र म दुवै जना मण्डली अगुवा बन्नका लागि छानियौँ। हामी बिहानदेखि राति अबेरसम्म मण्डलीमा व्यस्त हुन्थ्यौँ। तर, मैले विगतमा लेखन-पठनको काम र सफाइको काममा सहकार्य नगरेकी, अनि म त्यो मण्डलीको लागि नयाँ र धेरै पक्षहरूसँग अपरिचित भएकीले, काम त्यति प्रभावकारी थिएन। केही समयपछि, लि यान अन्त कतै आफ्नो कर्तव्य निर्वाह गरेर फर्किइन् र उनी पनि मण्डली अगुवा बन्नका लागि छानिइन्। म धेरै खुसी भएँ। म लि यानलाई चिन्थेँ। उनले पहिले पनि यही मण्डलीमा आफ्नो कर्तव्य निर्वाह गरेकी थिइन्, र सबै पक्षहरू राम्ररी बुझेकी थिइन्। अझ, उनको क्षमता उच्च थियो, र उनीसँग कार्य सामर्थ्य पनि थियो। उनले धेरै कर्तव्यहरू पनि पूरा गरेकी थिइन्। मैले सोचेँ, “अब हामीसँग मण्डलीको काममा सहकार्य गर्न लि यान भएकीले, हामी पक्कै ब्रदर-सिस्टरहरूका समस्या र कठिनाइहरूको समाधान भेट्टाउन सक्षम हुनेछौँ, अनि जब कामको प्रभावकारितामा सुधार आउँछ, म पनि राम्रो देखिनेछु।” त्यसैले मैले हतार-हतार लि यानलाई मण्डलीको अवस्थाबारे सबै कुरा बताएँ। लि यान छिट्टै नै कामबारे परिचित भइन्, र हामीले आफ्ना कामहरू बाँडफाँड गरेर सहकार्य गर्न थाल्यौँ। झाङ फाङ र म मुख्यतया सुसमाचारको काम र मलजल गर्ने कामको लागि जिम्मेवार थियौँ। लि यानचाहिँ सफाइको काम र मण्डली जीवनका लागि जिम्मेवार थिइन्। जब झाङ फाङ र म समाधान गर्न नसक्ने समस्याहरूको सामना गर्थ्यौँ, सधैँ लि यानले नै सङ्गति गर्थिन्। उनको सहयोगले, हामीले धेरै समस्याहरू समाधान गर्ने उपायहरू भेट्टायौँ। लि यान हाम्रो मण्डलीको मुख्य आधार पनि बनिन्। माथिल्लो तहका अगुवाहरूले हाम्रो मण्डलीको काम जाँच्न हामीसँग सहकर्मी भेला गर्नुभयो र उहाँहरूले हामी सक्रिय रूपमा सहकार्य गरिरहेका र विभिन्न कामहरू व्यवस्थित तरिकाले गरिरहेका देख्दा, सहमतिमा लगातार टाउको हल्लाइरहनुभयो। मलाई अगुवाहरू पहिले हाम्रो कामबारे बुझ्न आउनुभएको समय याद आयो, हामीले केही मुख्य कामहरू राम्ररी नगरेकोले ढिलाइ भएको थियो, त्यसकारण उहाँहरूले हाम्रो काँटछाँट गर्नुभएको थियो। मलाई लाज लागेको थियो र मैले आफ्नो शिर उठाउन सकेकी थिइनँ। अब हामीसँग आफ्नो कर्तव्यमा सहकार्य गर्नका लागि लि यान भएकीले, कामको प्रभावकारिता स्पष्ट रूपमै फरक थियो। माथिल्लो तहका अगुवाहरूले अहिले हामीलाई विरलै काँटछाँट गर्नुहुन्थ्यो, र सहकर्मी भेलाहरूमा म (अरूसामु) राम्रो देखिन्थेँ। मैले सोचेँ, “भविष्यमा मैले लि यानसँग राम्ररी सहकार्य गर्नुपर्छ र मण्डलीका सबै कामहरू अझ राम्रोसँग गर्ने प्रयास गर्नुपर्छ।”
जुलाईको एक साँझ, माथिल्लो तहका अगुवाहरूले एउटा पत्र पठाउँदै हामीलाई मण्डलीको कामको जिम्मा लिन सक्ने एक जना असल व्यक्ति सिफारिस गर्न अनुरोध गर्नुभयो। मैले मनमनै सोचेँ, “क्षमता र कार्य सामर्थ्यको हिसाबले लि यान नै सबैभन्दा उत्तम छिन्, अनि उनलाई बढुवा गरियो भने उनले अझ धेरै अभ्यास पनि गर्न पाउनेछिन्। तर मैले उनलाई सिफारिस गरेँ भने, हाम्रो मण्डलीले आफ्नो एउटा मुख्य आधार गुमाउनेछ। झाङ फाङ र म अझै पनि हाम्रो काममा त्यति राम्रा छैनौँ। यदि मण्डलीको काम कम प्रभावकारी भयो भने, माथिल्लो तहका अगुवाहरूले पक्कै पनि हामीसँग कार्य सामर्थ्य छैन र हामी वास्तविक काम गर्न सक्दैनौँ भन्नुहुनेछ। उहाँहरूले हामीलाई हटाउन पनि सक्नुहुन्छ। त्यसपछि हाम्रा ब्रदर-सिस्टरहरूले हाम्रो बारेमा के सोच्नुहोला? म लि यानलाई जाऊन् भनेर सिफारिस गर्न सक्दिनँ। तर मैले उनलाई सिफारिस गरिनँ भने, त्यो मण्डलीको कामको रक्षा गर्नु वा समग्र परिस्थितिलाई विचार गर्नु होइन।” दुवै विकल्प सही लागेन, र यसले मलाई विचलित बनायो। अन्तमा, मैले मन नलागी नलागी लि यानलाई भनेँ, “म तिमीलाई जान सिफारिस गर्नेछु।” लि यान हिचकिचाइन् र केही बोलिनन्, तर मलाई उनी जान नचाहे जस्तो लाग्यो। सुरुमा, मैले उनको विचार सोध्न र उनीसँग सङ्गति गर्न चाहेँ, तर फेरि मैले सोचेँ, “यदि हाम्रो सङ्गतिपछि उनी जान राजी भइन् भने नि? त्यसपछि हाम्रो मण्डलीको कामका नतिजाहरू खस्किनेछन्, र म नराम्रो देखिनेछु। खैर छोडिदिऊँ, म उनलाई सोध्दिनँ र सङ्गति पनि गर्दिनँ। म आफूले केही नदेखेझैँ गर्नेछु। यदि उनी गइनन् भने, के त्यो मेरो लागि राम्रो होइन र?” त्यसैले मैले माथिल्लो तहका अगुवाहरूलाई जवाफ दिइनँ। घर पुगेपछि, म ओछ्यानमा यताउता पल्टिरहेँ, निदाउन सकिनँ। अगुवाहरूले हामीलाई तुरुन्तै जवाफ लेख्न भन्नुभएको थियो, तर मैले ढिलाइ गरेँ र जवाफ दिइनँ भन्ने कुरा सोचेँ। के यसले काममा ढिलाइ गर्ला? मैले जति धेरै सोचेँ, म त्यति नै बेचैन भएँ। तर मेरो हृदयमा, म अझै पनि लि यानलाई सिफारिस गर्न तयार थिइनँ। मण्डलीमा यति धेरै काम थियो र एक जना कम सहकर्मी हुँदा, कामको प्रभावकारिता पक्कै पनि त्यति राम्रो हुने थिएन। यो सोचेर, मैले उनलाई सिफारिस गरिनँ।
दोस्रो दिनको बिहान, जब म उठेँ, मलाई कमजोर र शिथिल महसुस भयो र मैले केही खान सकिनँ। मेरो मनमा अशान्ति महसुस भयो। मैले परमेश्वरसामु प्रार्थना गरेँ र खोजी गर्ने क्रममा, मैले परमेश्वरका यी वचनहरू देखेँ: “ख्रीष्टविरोधीहरूले जे गरिरहेका भए पनि तिनीहरू सुरुमा आफ्नै हितहरूलाई विचार गर्छन् र यो सबै विचार गरेपछि मात्रै तिनीहरू काम गर्छन्; तिनीहरू सम्झौता नगरी साँचो रूपमा, इमानदारीपूर्वक र पूर्ण रूपले सत्यतामा समर्पित हुँदैनन्, तर छनौट गरेर अनि सर्तमा मात्रै सो गर्छन्। यो कस्तो सर्त हो? यो तिनीहरूको हैसियत र प्रतिष्ठालाई रक्षा गरिनैपर्छ, र कुनै घाटा हुनै हुँदैन भन्ने सर्त हो। यो सर्त पूरा भएपछि मात्रै तिनीहरू के गर्ने भनेर निर्णय र छनौट गर्छन्। अर्थात् सत्यता सिद्धान्तहरू, परमेश्वरका आज्ञाहरू र परमेश्वरको घरको कामलाई कसरी लिने वा आफूले सामना गर्ने कुराहरू कसरी सम्हाल्ने भन्ने कुरालाई ख्रीष्टविरोधीहरू गम्भीर रूपमा विचार गर्छन्। तिनीहरू परमेश्वरका अभिप्रायहरू कसरी पूरा गर्ने, परमेश्वरको घरका हितहरूलाई हानि गर्नबाट कसरी बच्ने, परमेश्वरलाई कसरी सन्तुष्ट तुल्याउने वा दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी फाइदा पुऱ्याउने भन्नेबारे विचार गर्दैनन्; यी तिनीहरूले विचार गर्ने कुरा होइनन्। ख्रीष्टविरोधीहरू केलाई विचार गर्छन्? कतै आफ्नो हैसियत र प्रतिष्ठामा असर पो पुग्ने हो कि र प्रतिष्ठा पो घट्ने हो कि भनेर विचार गर्छन्। यदि सत्यता सिद्धान्तहरूअनुसार कुनै काम गर्दा मण्डलीको काममा र दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा पुग्छ, तर तिनीहरूको आफ्नै प्रतिष्ठामा धक्का पुग्छ र धेरै मानिसले तिनीहरूको साँचो कद अनि तिनीहरूमा कस्तो प्रकृति सार छ भन्ने कुरा थाहा पाउँछन् भने तिनीहरूले अवश्य नै सत्यता सिद्धान्तहरूअनुसार काम गर्नेछैनन्। यदि केही वास्तविक काम गर्दा अझ धेरै मानिसले तिनीहरूको इज्जत गर्छन्, आदर र प्रशंसा गर्छन्, तिनीहरूलाई झन् ठूलो प्रतिष्ठा हासिल गर्न दिन्छन् वा तिनीहरूको बोली अख्तियारपूर्ण बन्छ र अझै धेरै मानिसले तिनीहरूको कुरा मान्छन् भने तिनीहरू त्यो काम त्यसरी गर्ने निर्णय गर्छन्; नत्र तिनीहरूले परमेश्वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूका हितका खातिर आफ्नै हितहरूलाई बेवास्ता गर्ने निर्णय कहिल्यै गर्नेछैनन्। ख्रीष्टविरोधीहरूको प्रकृति सार यही हो। के यो स्वार्थी र घृणास्पद कुरा होइन र?” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग तीन))। परमेश्वरका वचनहरूले मेरो अवस्थाको खुलासा गर्ने सन्दर्भमा ठीक निशानामा चोट पारे। मैले प्रकट गरेको स्वभाव ख्रीष्ट विरोधीको जस्तै स्वार्थी र घृणित थियो। आफ्नो छवि र हैसियत जोगाउन, मैले परमेश्वरका घरको हितका बारेमा बिलकुलै सोचिनँ। माथिल्लो तहका अगुवाहरूले हामीलाई ठूलो स्तरमा मण्डलीको कामको जिम्मा लिन सक्ने कसैलाई सिफारिस गर्न भन्नुभएको थियो। लि यानको क्षमता राम्रो छ, उनीसँग कार्य सामर्थ्य छ, र उनी उपयुक्त उम्मेदवार हुन् भन्ने मलाई राम्रोसँग थाहा थियो। सिद्धान्तहरूअनुसार, मैले उनलाई नै सिफारिस गर्नुपर्थ्यो, तर मलाई के डर थियो भने लि यान गएपछि, मैले केही काम राम्ररी गर्न सक्दिनँ, कामको नतिजा खस्किनेछ, अगुवाहरूले मेरो काँटछाँट गर्नुहुनेछ, र म नराम्रो देखिनेछु। त्यसैले म लि यानलाई सिफारिस गर्न चाहन्नथेँ। जब मैले लि यान जान चाहँदिनन् भन्ने देखेँ, मैले उनको कठिनाइबारे सोधिनँ वा मदत गर्न उनीसँग सङ्गति गरिनँ। म भित्रभित्रै खुसी थिएँ र उनी नजाऊन् भन्ने उत्कट इच्छा राखेँ। अहिले मण्डलीको काममा सहकार्य गर्न मानिसहरूको तत्काल आवश्यकता छ भन्नेबारे विचार गर्दा, मण्डलीको अगुवाका रूपमा, मैले परमेश्वरको अभिप्रायलाई ध्यान दिनुपर्थ्यो र लि यानसँग सङ्गति गरेर उनले सक्रिय रूपमा सहकार्य गरून् भनेर उनलाई मदत गर्नुपर्थ्यो। तर मैले साँच्चै मण्डलीको कामको बारेमा सोचिनँ। म साँच्चै स्वार्थी र घृणित थिएँ! ममा मानवताको नामोनिसान थिएन! मलाई एकदमै दोषी महसुस भयो र मैले तुरुन्तै अगुवाहरूलाई पत्र लेखेर लि यानलाई सिफारिस गरेँ।
केही समयपछि, माथिल्लो तहका अगुवाहरूले जवाफ दिनुभएन, त्यसकारण मैले उहाँहरूले अर्को मण्डलीबाट कसैलाई भेट्टाउनुभयो र लि यान जानु आवश्यक छैन भन्ने अनुमान लगाएँ। म भित्रभित्रै केही खुसी थिएँ। अप्रत्याशित रूपमा, एक दिन अगुवाहरूले ब्रदर-सिस्टरहरूलाई लि यानको मूल्याङ्कन लेख्न अनुरोध गर्दै एउटा पत्र लेख्नुभयो। यो पत्र देखेर मेरो हृदय क्षीण भयो, र मैले सोचेँ, “उहाँहरू लि यानको मूल्याङ्कन चाहनुहुन्छ, त्यसोभए अगुवाहरू उनलाई साँच्चै बढुवा गर्न चाहनुहुन्छ जस्तो छ।” म अलिकति निराश भएँ। “अहिले सुसमाचार डिकन गम्भीर बिरामी छन् र आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन्। मैले आफ्नो अरू कर्तव्यका साथसाथै सुसमाचारको काम पनि हेरिरहेकी छु। त्यसमाथि, हालसालै सुसमाचारको काममा खासै प्रगति भएको छैन, र म एकदमै चिन्तित छु। मैले केही समयका लागि सही व्यक्ति नभेट्टाउन सक्छु। सुरुमा, लि यानले आफ्नो काम सक्ने, र त्यसपछि सुसमाचारको काममा मलाई मदत गर्ने विचारमा थिइन्। यदि उनलाई सरुवा गरियो भने, सुसमाचारको काममा मलाई कसले मदत गर्ला? साथै, हामीले लि यानका सबै कामको जिम्मा लिनुपर्ने हुन्छ। झाङ फाङ र मैले यी सबै कामको बोझको जिम्मेवारी कसरी लिन सक्छौँ होला र? यदि कामको नतिजामा सुधार भएन भने, ब्रदर-सिस्टरहरूले हामीलाई कसरी हेर्लान्?” यो सबै सोचेर, म लि यानलाई यहीँ राख्न चाहन्थेँ। यदि मैले लि यानको इमानदार मूल्याङ्कन लेखेँ भने, उनको बढुवा हुने सम्भावना धेरै हुन्छ भन्ने मलाई स्पष्ट थाहा थियो। त्यसैले मैले पहिले उनलाई कर्तव्यबाट हटाउँदा उनी कति नकारात्मक र पतित भएकी थिइन् भन्नेबारे लेखेँ, र अगुवाहरूले उनको यस्तो व्यवहार देखे भने, उहाँहरूले उनलाई बढुवा गर्नुहुन्न भन्ने सोचेँ। पत्र लेखिसकेपछि, मैले यसबारे अरू केही सोचिनँ र त्यो कुरा सकियो।
एक दिन, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड भेट्टाएँ र मैले यसरी काम गर्नुको प्रकृति र परिणामहरूबारे केही बुझेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “परमेश्वरका चुनिएका मानिसलाई परमेश्वरको घरले केन्द्रीय रूपमा अह्राउखटाउ गर्छ। यसको कुनै अगुवा, समूह प्रमुख वा व्यक्तिसँग कुनै सरोकार हुँदैन। सबैले सिद्धान्तअनुसार काम गर्नुपर्छ; यो परमेश्वरको घरको नियम हो। ख्रीष्टविरोधीहरू परमेश्वरको घरका सिद्धान्तहरूअनुसार व्यवहार गर्दैनन्, तिनीहरू आफ्नै हैसियत र हितहरूको खातिर निरन्तर षड्यन्त्र रच्छन्, आफ्नै शक्ति र हैसियतलाई दह्रिलो बनाउन असल क्षमता भएका दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो सेवा गर्न लगाउँछन्। के यो स्वार्थी र दुष्ट होइन र? बाहिरबाट हेर्दा असल क्षमता भएका मानिसलाई आफ्नै साथमा राख्दा र परमेश्वरको घरलाई ती मानिसलाई सरुवा गर्न नदिँदा तिनीहरूले मण्डलीको कामको बारेमा सोचेर तिनीहरूलाई सरुवा हुन नदिएजस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूले आफ्नै शक्ति र हैसियतको बारेमा मात्र सोचिरहेका हुन्छन्, मण्डलीको कामको बारेमा बिलकुलै सोचिरहेका हुँदैनन्। तिनीहरू आफूले मण्डलीको काम राम्रोसित नगर्ने, आफूलाई बर्खास्त गरिने र आफ्नो हैसियत गुम्ने हो कि भनी डराउने गर्छन्। ख्रीष्टविरोधीहरूले परमेश्वरको घरको बृहत् कामको बारेमा सोच्दैनन्, बरु आफ्नै हैसियतको बारेमा मात्रै सोच्छन्, परमेश्वरको घरका हितहरूमा पुग्ने क्षतिको बारेमा कुनै हिसाबकिताब नगरी आफ्नै हैसियत जोगाउँछन्, र मण्डलीको काममा हानि पुर्याउँदै आफ्नै हैसियत र हितहरूको रक्षा गर्छन्। यो स्वार्थी र दुष्ट हो। यस्तो परिस्थितिको सामना गर्दा व्यक्तिले कम्तिमा पनि आफ्नो अन्तस्करणले सोच्नुपर्छ: ‘यी मानिस सबै परमेश्वरको घरका हुन्, तिनीहरू मेरो व्यक्तिगत सम्पत्ति होइनन्। म पनि परमेश्वरको घरको सदस्य हुँ। परमेश्वरको घरलाई मानिसको सरूवा गर्नबाट रोक्ने मलाई के अधिकार छ र? मैले आफ्नै जिम्मेवारीको क्षेत्रभित्रको काममा मात्र ध्यान केन्द्रित गर्नुको सट्टा परमेश्वरको घरको समग्र हितलाई विचार गर्नुपर्छ।’ विवेक र समझ हुने व्यक्तिहरूमा यस्ता विचारहरू पाइनुपर्छ र परमेश्वरमा विश्वास गर्नेहरूमा यस्तो समझ हुनुपर्छ। परमेश्वरको घर समग्र काममा सामेल हुन्छ अनि मण्डलीहरू आंशिक कामहरूमा सामेल हुन्छन्। त्यसकारण जब परमेश्वरको घरले मण्डलीलाई विशेष अनुरोध गर्छ, तब अगुवा र कामदारहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्वरको घरका बन्दोबस्तहरूलाई पालना गर्नु हो। झूटा अगुवा र ख्रीष्टविरोधीहरूमा त्यस्तो विवेक र समझ हुँदैन। तिनीहरू सबै निकै स्वार्थी हुन्छन्, तिनीहरूले आफ्नै बारेमा मात्रै सोच्छन् र तिनीहरूले मण्डलीको कामको बारेमा सोच्दैनन्। तिनीहरूले आफ्नै आँखाअगाडि फाइदा हुने कुरा मात्रै सोच्छन्, तिनीहरूले परमेश्वरको घरको व्यापक कामबारे सोच्दैनन्, त्यसकारण तिनीहरू परमेश्वरको घरका बन्दोबस्तहरू पटक्कै पालना गर्दैनन्। तिनीहरू अत्यन्तै स्वार्थी र दुष्ट हुन्छन्! परमेश्वरको घरमा तिनीहरू निडर भई बाधक बन्छन् र अटेरी गर्ने दुस्साहससमेत गर्छन्, तिनीहरू मानवताको कमी भएका मानिस हुन्, तिनीहरू दुष्ट मानिसहरू हुन्। ख्रीष्टविरोधीहरू त्यस्तै प्रकारका मानिसहरू हुन्। तिनीहरू सधैँ मण्डलीको काम, दाजुभाइ-दिदीबहिनीहरूलाई र आफ्नै जिम्मेवारीको दायराभित्र पर्ने परमेश्वरको घरको सम्पत्तिलाई समेत तिनीहरूको आफ्नै निजी सम्पत्तिजस्तो व्यवहार गर्छन्। तिनीहरू यी कुराहरूलाई कसरी वितरण, स्थानान्तरण र प्रयोग गर्ने त्यो तिनीहरूकै तजबिजमा निर्भर हुन्छ र परमेश्वरको घरलाई हस्तक्षेप गर्न अनुमति दिइँदैन भन्ने विश्वास गर्छन्। एकपल्ट ती कुराहरू तिनीहरूको हातमा पुगेपछि यस्तो लाग्छ मानौँ ती शैतानको कब्जामा छन् र कसैलाई पनि ती कुराहरू छुने कुनै अनुमति हुँदैन। तिनीहरू ठूलाठालू र नाइके हुन्छन्, तिनीहरूको क्षेत्रमा जाने जोकोहीले सुशील र नम्र तरिकाले तिनीहरूको आदेश र प्रबन्धहरू पालन गर्नुपर्छ र तिनीहरूका भावहरूअनुसार चल्नुपर्छ। यो ख्रीष्टविरोधीहरूको चरित्रभित्रको स्वार्थीपन र दुष्टताको प्रकटीकरण हो। तिनीहरूले परमेश्वरको घरको कामप्रति कुनै विचार गर्दैनन्, सिद्धान्त अलिकति पनि पालन गर्दैनन् र केवल तिनीहरूको आफ्नै हित र हैसियतका बारेमा मात्र सोच्छन्—यी कुराहरू ख्रीष्टविरोधीहरूका स्वार्थीपन र दुष्टताका पहिचान हुन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक))। परमेश्वरले के खुलासा गर्नुहुन्छ भने ख्रीष्ट विरोधीहरू विशेष गरी स्वार्थी र घृणित हुन्छन्, तिनीहरू आफ्नो प्रतिष्ठा र हैसियतका लागि ब्रदर-सिस्टरहरूलाई आफ्नो सेवा गर्ने औजारको रूपमा व्यवहार गर्छन्, र परमेश्वरका घरको कामबारे कुनै मतलब गर्दैनन्। म आफूलाई ख्रीष्ट विरोधीहरूसँग तुलना गर्दा, हाम्रो व्यवहार एउटै थियो। लि यानलाई पदबाट हटाइएपछि, उनमा केही आत्म-समझ र परिवर्तन आएको छ, अनि उनी अब प्रभावकारी रूपमा आफ्नो कर्तव्य निर्वाह गर्छिन् भन्ने मलाई पूर्णरूपमा थाहा थियो। तर मलाई डर थियो यदि मैले उनलाई सिफारिस गरेँ भने, हाम्रो मण्डलीको कामको नतिजामा सुधार आउँदैन, र मेरो बेइज्जत हुन्छ, त्यसैले मैले अगुवाहरूलाई धोका दिन लि यान कमजोर स्थितिमा हुँदा कस्तो व्यवहार गर्थिन् भन्ने कुरा उठाएकी थिएँ, र उनलाई यहीँ राख्ने आशा गरेकी थिएँ ताकि मैले उनलाई प्रयोग गरिरहन सकूँ। लि यान जान त्यति इच्छुक थिइनन् तर मैले उनी गलत अवस्थामै रहिरहन्छिन्, त्यसैले उनलाई सरुवा गरिँदैन भन्ने आशामा, उनलाई सङ्गति र मदत दिएकी थिइनँ, र भित्रभित्रै खुसी पनि भएकी थिएँ। मण्डलीको कामका लागि मानिसहरूको आवश्यकता छ भन्ने मलाई पूर्णरूपमा थाहा थियो, तर मैले केवल आफ्नो हितको रक्षा गर्ने कुराको मात्र मतलब गरेकी थिएँ, र मण्डलीको समग्र कामको कत्तिपनि वास्ता गरेकी थिइनँ। यो कसरी आफ्नो कर्तव्य पूरा गरेको भयो त? कसैलाई आफूसँगै राखेर आफ्नो सेवा गराउन र मेरो आफ्नै प्रतिष्ठा र हैसियत जोगाउन, मैले मण्डलीको कामको आवश्यकतालाई पूर्ण रूपमा बेवास्ता गरेँ। यसो गरेर, के म मण्डलीको काममा बाधा पुऱ्याइरहेकी थिइनँ र? मैले हिँडिरहेको बाटो परमेश्वरको प्रतिरोध गर्ने ख्रीष्ट विरोधीहरूको मार्ग थियो। यदि मैले मेरा दुष्ट मार्गहरू त्यागेर परमेश्वरसामु पश्चात्ताप नगरेकी भए, अन्ततः म उहाँद्वारा हटाइने थिएँ। मैले जति धेरै सोचेँ, म त्यति नै डराएँ, र मलाई आफ्नो स्वार्थी र घृणित शैतानी प्रकृतिप्रति केही घृणा लाग्यो, र त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, र म पश्चात्ताप गर्न तयार छु भनेर उहाँलाई बताएँ।
मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “सत्यता अभ्यास गर्न सक्नेहरूले आफूले गर्ने कामकुराहरूमा परमेश्वरको छानबिन स्विकार्न सक्छन्। जब तैँले परमेश्वरको छानबिन स्विकार्छस्, तेरो हृदय सोझो बन्नेछ। यदि तँ अरूलाई देखाउनको लागि मात्र काम गर्छस्, र सधैँ अरूको प्रशंसा र आदर पाउन चाहन्छस्, तर परमेश्वरको छानबिन स्विकार्दैनस् भने, के अझै पनि परमेश्वर तेरो हृदयमा हुनुहुन्छ त? यस्ता मानिसहरूमा परमेश्वरको भय मान्ने हृदय हुँदैन। सधैँ तेरो आफ्नै खातिर मात्र काम नगर् र निरन्तर आफ्नै हितको मात्र विचार नगर्; मान्छेको हितहरूको ख्याल नगर्, र आफ्नो सान, प्रतिष्ठा, र हैसियतको मात्र विचार नगर्। तैँले पहिले परमेश्वरको घरको हितबारे विचार गर्नुपर्छ, र त्यसलाई तेरो पहिलो प्राथमिकता बनाउनुपर्छ। तँ परमेश्वरका अभिप्रायप्रति विचारशील हुनुपर्छ र तैँले तेरो कर्तव्य पूरा गर्ने कार्यमा अशुद्धता छ कि छैन, तँ निष्ठावान बनेको छस् कि छैनस्, तेरा जिम्मेवारीहरू पूरा गरेको छस् कि छैनस् र तैँले तनमन दिएको छस् कि छैनस्, साथै तैँले आफ्नो कर्तव्य र मण्डलीको कामबारे सम्पूर्ण हृदयले सोच्ने गरेको छस् कि छैनस् भनी विचार गर्दै यो काम सुरु गर्नुपर्छ। तैँले यी कुराहरू विचार गर्नैपर्छ। यदि तैँले यी कुराहरूलाई बारम्बार सोच्छस् र बुझ्छस् भने, तँलाई आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न सजिलो हुनेछ। यदि तँमा थोरै क्षमता छ भने, यदि तँ सतही अनुभव भएको व्यक्ति होस् भने वा यदि तँ तेरो व्यावसायिक काममा निपुण छैनस् भने, तेरो काममा केही गल्ती वा कमजोरीहरू हुन सक्छन्, र तैँले राम्रा नतिजाहरू प्राप्त नगर्न सक्छस्—तर तैँले आफ्नो सक्दो प्रयास लगाइसकेको हुन्छस्। तँ आफ्नै स्वार्थी चाहनाहरू वा आफ्नै प्राथमिकताहरू सन्तुष्ट पार्ने गर्दैनस्। त्यसको साटो, तँ मण्डलीको काम र परमेश्वरको घरका हितहरूलाई निरन्तर ध्यान दिन्छस्। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सायद राम्रो नतिजा हासिल नगर्लास्, तर तेरो हृदय सोझिइसकेको हुन्छ; यसअलावा, यदि तैँले आफ्नो कर्तव्यमा आइपरेका समस्याहरू समाधान गर्न सत्यताको खोजी गर्न सक्छस् भने, तँ तेरो कर्तव्यपालनमा मापदण्डअनुरूपको हुनेछस् र साथमा तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्षम हुनेछस्। आफूसँग गवाही हुनु भनेकै यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनले अभ्यासको मार्ग औँल्याइदिए। आफ्नो कर्तव्य निर्वाह गर्दा, व्यक्तिले व्यक्तिगत महत्त्वाकाङ्क्षाहरू र चाहनाहरूलाई त्याग्नुपर्छ, र सबै कुरामा परमेश्वरको घरको कामलाई पहिलो स्थानमा राख्नुपर्छ। उदाहरणका लागि लि यानलाई सिफारिस गर्ने कुरालाई लिऔँ। ती सिस्टर बढुवा र संवर्धनका लागि परमेश्वरको घरका शर्तहरू अनुरूप भएकीले, मैले उनलाई सिफारिस गर्नुपर्थ्यो, र उनलाई उपयुक्त पदमा अझ राम्रो अभ्यास गर्न दिनुपर्थ्यो, जसले मण्डलीको कामलाई पनि फाइदा पुऱ्याउँथ्यो। यो कुरा बुझेपछि, म लि यानलाई सिफारिस गर्न इच्छुक भएँ, र मेरो आफ्नो कामको नतिजा खराब हुने भएकोले बेइज्जत हुन्छ भनेर सोच्न छोडेँ। मैले केवल धेरै प्रार्थना गर्न र परमेश्वरमा भर पर्न, अनि आफ्नो क्षमताले भ्याएसम्म मण्डलीको कामलाई जिम्मा लिन चाहेँ।
छिट्टै, लि यानलाई सरुवा गरियो, र मैले उनको जिम्मेवारी रहेको काम सम्हालेँ। पहिले मैले उनको जिम्मेवारीमा रहेको काममा विरलै भाग लिएकी थिएँ। जब मैले सफाइको काममा धेरै सिद्धान्तहरू समावेश रहेका, र यदि मैले यी सिद्धान्तहरूमा निपुणता हासिल गरिनँ भने, यसले यो काममा ढिलाइ गराउनेछ भन्ने बुझेँ, मैले यसमा केही तनाव महसुस गरेँ। त्यही समयमा, मैले परमेश्वरले भन्नुभएको के कुरा सम्झेँ भने व्यक्तिले आफ्नो कर्तव्य सम्पूर्ण हृदय, शक्ति र मनले निर्वाह गर्नुपर्छ। मैले आफ्नो सम्पूर्ण शक्ति लगाउनुपर्छ र आफूले गर्न सक्षम सबैकुरा गर्नुपर्छ। पछि, ब्रदर-सिस्टरहरूले मानिसहरूलाई निकाल्नका लागि सामग्रीहरू मिलाउँदै गर्दा, धेरै विचलन र समस्याहरू देखा परे। त्यसैले, मैले सबैसँग सिद्धान्तहरूको सङ्गति र अध्ययन गरेँ, आफूले नबुझेको कुनै पनि कुराका लागि मार्गदर्शन खोजेँ, र मैले बिस्तारै सिद्धान्तहरूबारे केही समझ प्राप्त गरेँ। जब मैले सहकार्यप्रति सही मानसिकता अपनाएँ, यो वास्तवमा मैले सोचेको जस्तो गाह्रो रहेनछ। मैले के कुरा सम्झेँ भने पहिले, लि यान यहाँ हुँदा, ब्रदर-सिस्टरहरूका धेरै समस्या र कठिनाइहरूलाई उनीहरूसँग सङ्गति गरेर समाधान गर्ने उनी नै थिइन्, त्यसैले मलाई कुनै बोझ थिएन। लि यान गएपछि, म परमेश्वरमा धेरैभन्दा धेरै भर पर्न थालेँ, र पहिलेभन्दा धेरै बोझ पनि थियो।
मैले परमेश्वरलाई मेरो स्वार्थी र घृणित प्रकृति सारबारे केही समझ प्राप्त गर्न सहयोग पुऱ्याउने, परिस्थितिहरूको व्यावहारिक बन्दोबस्तका लागि धन्यवाद दिएँ। सोही समयमा, मैले के पनि बुझेँ भने मण्डलीलाई काममा सहकार्य गर्न मानिसहरूको आवश्यकता हुँदा, हामीले सक्रिय रूपमा उनीहरूलाई उपलब्ध गराउने र सिफारिस गर्ने गर्नुपर्छ, र हामीले आफ्नो हितका बारेमा सोच्नुहुँदैन, बरु, हामीले मण्डलीको समग्र कामलाई विचार गर्नुपर्छ। यही नै मण्डलीको कामको रक्षा गर्नु हो, र यो परमेश्वरका अभिप्रायहरू अनुरूप छ। जब मैले आफ्नो हितलाई पन्छाएँ र आफ्नो कर्तव्यका लागि बोझ उठाएँ, मैले आफ्नो कर्तव्यका कतिपय कठिनाइहरू समाधान गर्न पनि सकेँ, र परमेश्वरको अगुवाइ देखेँ। यसरी अभ्यास गर्दा मलाई सहजता र शान्तिको महसुस भयो।