८४. म अब आफ्नो असल छवि बँचाइ राख्दिनँ

याओ योङ्सिन, चीन

म नजन्मिँदै मेरो बुबा बिमारीले बित्नुभयो, जसले गर्दा आमाले पाँच जना छोराछोरीलाई एक्लै हुर्काउन र जीवन धान्न संघर्ष गर्नुपर्‍यो। गाउँमा कसैले हामीलाई आदर गर्दैनथ्यो। मैले थाहा पाएदेखि नै मेरी आमा हामीलाई निरन्तर सिकाउनुहुन्थ्यो, “मान्छेको इज्जत हुनुपर्छ। हामी गरिब भए पनि, आफ्नो साहस गुमाउनु हुँदैन।” “‘जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ।’ तिमीहरूले आफ्नो जीवनकालमा एउटा राम्रो नाम छोड्नुपर्छ। यदि तिमीहरूको राम्रो प्रतिष्ठा छैन भने, बाँच्नुको के अर्थ? तिमिहरू जहाँ गए पनि, मानिसहरूमा राम्रो छाप छोड्नुपर्छ। तिमीहरूले जे गरे पनि, मानिसहरूलाई तिमीहरूका बारेमा नराम्रो बोल्ने नबनाउनु। बरु, मानिसहरूले तिमीहरूको भलाइ याद गरून् भन्ने कुरा सुनिश्चित गर्नू।” मेरी आमाको लामो समयको गम्भीर मार्गदर्शनमा, “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” भन्ने भनाइले मेरो हृदयमा गहिरोसँग जरा गाड्यो। यही मेरो आचरण र व्यवहारको मार्गदर्शन बन्यो, र म आफूले गर्ने हरेक कुरामा अरूको नजरमा आफ्नो छविबारे एकदमै ध्यान दिन्थेँ। मलाई याद छ, म किशोरावस्थामा हुँदा, मेरी भाउजूले मेरी आमा र दिदीले उहाँको बच्चा हेर्न नसघाएको भनेर गुनासो गरेको सुनेँ। उहाँले मेरो पिठ्युँ पछाडि मेरो बारेमा नराम्रो कुरा नगर्नुहोस् भन्ने मैले सोचेँ, त्यसैले म आफै अघि सरेर उहाँको बच्चा हेरिदिन थालेँ, उनीहरूको लुगा धोइदिने र खाना खुवाइदिने गर्थेँ। पछि, मेरी भाउजूले अरूको अगाडि मेरो प्रशंसा गर्दै म परिवारमा सबैभन्दा असल छु भन्नुहुन्थ्यो। गाउँलेहरूले पनि मेरो तारिफ गरे। यो सबै सुनेर म एकदम खुसी भएँ। मेरो विवाहपछि, मेरी सासू ओछ्यान पर्नुभयो, र केही समय उहाँको हेरचाह गरेपछि, मेरो शरीरले धान्न सकेन। म मेरी आमालाई भेट्न जाँदा, मैले उहाँसँग गुनासो गरेँ। उहाँले सल्लाह दिनुभयो, “तैँले तेरी सासूलाई राम्रो व्यवहार गर्नुपर्छ; तैँले आफ्नो बदनाम गराउनु हुँदैन।” आमाका कुराहरूमा मनन गरेपछि, म उहाँसँग सहमत भएँ। जीवन जिउनु भनेको वास्तवमा एउटा राम्रो नाम छोड्नु हो, बदनामबाट बच्नु हो। मेरा दुई देउरानी-जेठानी र मैले पालैपालो सासूको हेरचाह गर्नुपर्ने थियो। तर गाउँमा राम्रो प्रतिष्ठा कमाउन, मैले उहाँ नबित्नुभएसम्म दश वर्ष आफू एक्लैले उहाँको हेरचाह गर्ने जिम्मा लिएँ। र मैले गाउँलेहरूबाट प्रशंसा र आफूले चाहेको राम्रो प्रतिष्ठा पाएँ।

परमेश्‍वरमा आस्था राख्न थालेपछि पनि, मैले मेरी आमाका अर्तिउपदेश सम्झिरहेँ। म मण्डलीका ब्रदर-सिस्टरहरूले मेरोबारे गर्ने मूल्याङ्कनमा धेरै ध्यान दिन्थेँ, कतै मैले गरेको कुनै गल्तीले उनीहरूमा नराम्रो छाप छोड्छ कि भन्ने डर लाग्थ्यो। त्यस समय, मैले उत्साहपूर्वक आस्था पछ्याएँ, लगनशीलतासाथ परमेश्‍वरको वचन पढेँ, र सक्रियातापूर्वक भेला अवधिभर सङ्गतिमा सहभागी भएँ। चाँडै नै मैले एक अगुवाका रूपमा आफ्नो कर्तव्य सुरु गरेँ। ब्रदर-सिस्टरहरूको हृदयमा राम्रो छवि कायम राख्न, मैले परमेश्‍वरको वचन खान र पिउनमा अझ बढी ध्यान केन्द्रित गरेँ, ताकि उनीहरूले मलाई सत्यतामा सङ्गति गर्न सक्ने र एक सक्षम अगुवाको रूपमा देखून्। मैले आफ्ना सहकर्मीहरूसँग राम्रो सम्बन्ध कायम राख्न पनि कडा मेहनत गरेँ। जब-जब उनीहरू मेरो मद्दत माग्थे, म उनीहरूलाई सक्दो सहयोग गर्थेँ। कहिलेकाहीँ, उनीहरू व्यक्तिगत मामिलाका कारण समूह भेलाहरूमा आउँदैनथे, वा समाधान नभएका समस्याहरू आफै समाधान गर्नुको सट्टा मकहाँ ल्याएर ती समस्याहरू समाधानका लागि सङ्गति गर्न लगाउँथे। मैले यी कामहरू पनि जिम्मा लिएँ। कामको बढ्दो बोझका कारण, म हरेक दिन बिहान सबेरै घरबाट निस्कन्थेँ र राति ढिलो फर्कन्थेँ। वास्तवमा म हरेक दिन त्यति व्यस्त हुन चाहन्नथेँ। त्यसमाथि, मेरा श्रीमानले मलाई मेरो कर्तव्य पूरा गर्नबाट रोक्नुहुन्थ्यो र घर फर्केपछि बारम्बार गाली गर्नुहुन्थ्यो। दुःख र थकान महसुस भए तापनि, मेरा सहकर्मीहरूले मप्रति राखेको राम्रो धारणा कायम राख्नका लागि, जतिसुकै कठिन भए पनि म सधैँ उनीहरूलाई मदत गर्ने बाचा गर्थें। जब-जब ब्रदर-सिस्टरहरूलाई उनीहरूको जीवनमा कुनै गुनासो वा उनीहरूको कर्तव्यमा कुनै कठिनाइ हुन्थ्यो, उनीहरू मकहाँ आउँथे, र म उनीहरूलाई सान्त्वना दिन्थेँ र उनीहरूसँग सङ्गति गर्न परमेश्‍वरका केही वचनहरू खोज्थेँ। मण्डलीमा, मैले ब्रदर-सिस्टरहरूबाट सर्वसम्मत प्रशंसा पाएँ।

एक पटक, म सिस्टर झेङ लुसँग आफ्नो स्थितिबारे कुरा गर्दै थिएँ, उनले धेरै ब्रदर-सिस्टरहरूले म अहङ्कारी र म रुखो आवाजमा बोल्ने भनेका भन्ने कुरा उल्लेख गरिन्। म स्तब्ध भएँ, र मेरो बारेमा यस्तो धारणा कसले राख्यो होला भनेर अनुमान गर्न खोजेँ। ब्रदर-सिस्टरहरूसँगको हरेक अन्तरक्रियामाथि चिन्तन गर्दा, मैले के याद गरेँ भने हालसालै एउटा रिपोर्ट पत्र सम्हाल्दा, मैले विवरणहरू प्रमाणीकरण नगरी, आफ्नै धारणा र कल्पनाको आधारमा हतारमा एउटा निश्चित चित्रण गरेकी थिएँ र अरूलाई त्यसैमा सहमत हुन बाध्य पारेकी थिएँ। म साँच्चै नै अहङ्कारी र अभिमानी भएकी थिएँ। तर ब्रदर-सिस्टरहरूले मेरो बारेमा यस्तो धारणा राखेका छन् भन्ने कुरा स्वीकार्न केही गाह्रो भयो, र मैले निकै हताश हुँदै सोचेँ, “मैले त सधैँ ब्रदर-सिस्टरहरूको हृदयमा मेरो छवि राम्रो छ भन्ने सोचेकी थिएँ। तर यो त यति खराब पो रहेछ। यो त साँच्चै लाजमर्दो कुरा हो! भविष्यमा मैले उनीहरूको सामना कसरी गर्ने?” एकैछिनमा, मेरो मनस्थिति एकदमै तल झऱ्याे, र म असाध्यै खिन्न भएँ, मेरो दिमाग उनीहरूको मप्रतिका नकारात्मक धारणाहरूबारेका विचारहरूले भरियो। त्यो रात, म ओछ्यानमा यताउता पल्टिरहेँ, निदाउन सकिनँ, र चुपचाप रोएँ। मैले आफ्नो कर्तव्य त्याग्ने विचारसमेत गरेँ। मेरो सारा उत्साह मरेर गयो, म पूरै शिथिल भएँ। ब्रदर-सिस्टरहरूको हृदयमा मेरो छवि पुनर्स्थापित गर्न, फेरि भेलाहरूमा जाँदा, मैले आफ्नो बोलीको लवज र हाउभाउमा विशेष ध्यान दिएँ। उनीहरूसँग कुरा गर्दा, मैले नरम र कोमल स्वर प्रयोग गर्ने कोसिस गरेँ। उनीहरूको कर्तव्यमा समस्याहरू देख्दा पनि, मैले ती समस्याहरू औँल्याउन वा प्रत्यक्ष रूपमा खुलासा गर्नबाट पन्छिएँ। त्यसको सट्टा, मैले उनीहरूले मलाई अहङ्कारी र अभिमानी होइन, बरू मिलनसार महसुस गरून् भन्ने आशामा उनीहरूलाई काम गराउनका लागि फकाएँ। एक पटक, काम लागू गर्ने भेलाको दौडान, एक जना समूह अगुवा घरायसी मामिलाको कारण धेरै ढिलो आइन्, जसले गर्दा भेला ढिलो भयो। केही ब्रदर-सिस्टरहरूले उनमा आफ्नो कर्तव्यप्रति बोझको अभाव रहेको र प्रायः भेलामा ढिलो आउने गरेकी भनेर रिपोर्ट गरेका थिए। म यो कुरा औँल्याएर उनको काँटछाँट गर्न चाहन्थेँ, तर मैले सोचेँ, “यदि मैले उनको काँटछाँट गरेँ भने, के उनले ब्रदर-सिस्टरहरूकहाँ गएर म कति कठोर छु र म कसरी उनको काँटछाँट गर्छु भनेर मेरो बारेमा नराम्रो कुरा गर्लिन्? यदि त्यसो हो भने, के यसले अझ धेरै ब्रदर-सिस्टरहरूका हृदयमा मेरोबारे नराम्रो छाप छोड्दैन र?” आफ्नो मान र प्रतिष्ठा कायम राख्न, मैले आफूलाई संयममा राखेँ र ती समूह अगुवालाई मित्रवत् पाराले भनेँ, “अर्को पटक, कृपया ढिलो नगर्नुहोला, नत्र काममा ढिलाइ हुन्छ।” यति भनिसकेपछि, मैले महसुस गरेँ यदि मैले यसरी नै उनको समस्याहरू नऔँल्याउने हो भने, यसले मण्डलीको जीवनमा असर पार्न सक्छ। तर, उनले मेरो बारेमा नराम्रो धारणा बनाउलिन् भनेर म डराएँ, त्यसैले मैले ती कुराहरू औँल्याइनँ। भेलापछि, यसरी नाटक गरेकोमा मलाई थकित महसुस भयो। ती समूह अगुवा अपरिवर्तित नै रहिरहिन्। उनले आफ्नो कर्तव्यमा बोझको भावना नलिई आलटाल गरिरहिन्। मैले दमनमा परेको र पीडा महसुस गरेँ, यहाँसम्म कि यो कर्तव्य धेरै थकाउने भएकोले म यो कर्तव्यलाई निरन्तरता दिन सक्दिनँ भन्ने सोच्न थालेँ।

एक दिन, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “परिवारले एकदुई वटा भनाइले मात्रै होइन, अनगिन्ती प्रसिद्ध उद्धरण र उक्तिहरूको बाढीद्वारै मानिसहरूलाई सिकाउने गर्छ। उदाहरणको लागि, के तेरो परिवारका अग्रज र आमाबुबाले प्रायजसो ‘जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ’ भन्‍ने भनाइ उल्लेख गर्दैनन् र? (हो।) तिनीहरूले तँलाई यसो भनिरहेका हुन्छन्: ‘मानिसहरूले आफ्नो प्रतिष्ठाकै खातिर बाँच्नुपर्छ। मानिसहरूले आफ्नो जीवनकालमा अरूहरूमाझ राम्रो प्रतिष्ठा कमाउने र राम्रो छाप छोड्नेबाहेक अरू केही खोज्दैनन्। त्यसैले तँ जहाँ गए पनि, तैँले खुलेर अभिवादन गर्न, मित्रवत् कुराकानी र प्रशंसा गर्न, र मिठा शब्दहरू बोल्‍न अझै बढी तत्पर हुनुपर्छ। मानिसहरूलाई नचिढ्याउनू, बरु अझ धेरै सुकर्म र दयाका कामहरू गर्नू।’ परिवारले पार्ने यो विशेष सिकाइने कुराका प्रभावले मानिसहरूको व्यवहार वा आचरणका सिद्धान्तहरूमा निश्‍चित प्रभाव पार्छ, र यसले गर्दा अपरिहार्य रूपमै तिनीहरूले ख्याति र प्राप्तिमा ठूलो महत्त्व दिन्छन्। अर्थात्, तिनीहरूले आफ्नो मर्यादा, प्रतिष्ठा, मानिसहरूको मस्तिष्कमा तिनीहरूले पार्ने प्रभाव, अनि तिनीहरूले गर्ने सबै कुरा र व्यक्त गर्ने हरेक विचारबारे अरूले गर्ने मूल्याङ्कनप्रति ठूलो महत्त्व दिन्छन्। ख्याति र प्राप्तिमा ठूलो महत्त्व दिएर, तैँले तेरो कर्तव्य निर्वाहन सत्यता र सिद्धान्तअनुरूप छ छैन, तैँले परमेश्‍वरलाई सन्तुष्ट तुल्याइरहेको छस् छैनस्, र तैँले पर्याप्त रूपमा कर्तव्य पूरा गरिरहेको छस् छैनस् भन्‍ने कुराप्रति थाहै नभई थोरै मात्र महत्त्व दिइरहेको हुन्छस्। तैँले यी कुराहरूलाई कम महत्त्व र कम प्राथमिकता भएका कुराहरूको रूपमा हेर्छस्, जबकि तेरो परिवारले तँलाई सिकाइदिएको ‘जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ’ भन्‍ने भनाइ तेरो लागि अत्यन्तै महत्त्वपूर्ण बन्छ। यसले तँलाई मानिसहरूको मनमस्तिष्कमा तेरो हरेक कुरा कस्तो देखिन्छ भन्‍ने कुरामा ठूलो ध्यान दिने तुल्याउँछ। खास गरी, कतिपय मानिसहरूले अरूले पिठ्युँपछाडि तिनीहरूबारे के सोच्छन् भन्‍ने कुरामा विशेष ध्यान दिन्छन्, यहाँसम्‍म कि तिनीहरू भित्तामा कान थापेर कुरा सुन्‍ने, ढोकाबाट चियाएर कुरा सुन्‍ने, र अरूले तिनीहरूबारे के लेख्छन् भनेर झलक-झलक हेर्नेसम्‍म गर्छन्। कसैले तिनीहरूको नाम उल्लेख गर्नेबित्तिकै, तिनीहरूले यस्तो सोच्छन्, ‘तिनीहरूले के भनिरहेका छन् मैले तुरुन्तै सुन्‍नुपर्छ, र तिनीहरूसँग मेरो बारेमा राम्रो विचार छ कि छैन बुझ्‍नुपर्छ। अहो, तिनीहरूले त मलाई अल्छी र मीठो खानेकुरा खान मन पराउने पो भने त। त्यसोभए त म परिवर्तन हुनुपर्छ, भविष्यमा म अल्छी हुनु हुँदैन, म मेहनती हुनुपर्छ।’ केही समय मेहनती भएपछि, तिनीहरूले मनमनै सोच्छन्, ‘मलाई अल्छी भनेर सबैले भनिरहेका छन् कि छैनन् भनेर म विचार गरिरहेको छु, तर कसैले पनि आजभोलि मलाई यसो भनेजस्तो लाग्दैन।’ तर अझै पनि तिनीहरूलाई असहज लाग्छ, त्यसकारण तिनीहरूले आफ्‍नो वरपरका मानिसहरूसँग कुरा गर्दा अचानक यसो भन्दै कुरा निकाल्छन्: ‘म अलिक अल्छी छु।’ अनि, अरूले जवाफ दिन्छन्: ‘तपाईँ अल्छी हुनुहुन्‍न, तर पहिलेभन्दा अहिले धेरै मेहनती हुनुभएको छ।’ यो कुरा सुन्दा तिनीहरू तुरुन्तै आश्‍वस्त, हर्षित हुन्छन् र तिनीहरूलाई सान्त्वना मिल्छ। ‘देखिस्, मेरो बारेमा सबैको विचार परिवर्तन भएको छ। सबैले मेरो व्यवहारमा आएको सुधार देखेका रहेछन्।’ यसरी तैँले गर्ने सबै कुरा सत्यता अभ्यासको लागि गरेको हुँदैनस्, न त परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि गरेको हुन्छस्, बरु, यो त तेरो आफ्नै प्रतिष्ठाको लागि गरेको हुन्छस्। यस तरिकाले, तैँले गर्ने सबै कुरा वास्तवमा के बनेको हुन्छ? यो वास्तवमा धार्मिक कार्य बनेको हुन्छ। तेरो सार के बनेको हुन्छ? तँ फरिसीको ठेट उदाहरण बनेको हुन्छस्। तेरो मार्ग के बनेको हुन्छ? यो ख्रीष्टविरोधीहरूको मार्ग बनेको हुन्छ। परमेश्‍वरले यसलाई यसरी नै परिभाषित गर्नुहुन्छ। त्यसकारण, तैँले गर्ने सबै कुराको सार कलङ्कित भएको हुन्छ, जसले गर्दा यो अब उस्तै रहँदैन; तैँले सत्यता अभ्यास गरिरहेको वा सत्यता पछ्याइरहेको हुँदैनस्, बरु ख्याति र प्राप्ति पछ्याइरहेको हुन्छस्। अन्त्यमा, परमेश्‍वरको नजरमा तेरो कर्तव्य निर्वाहन बस एक शब्‍दमा भन्दा अपर्याप्त हुन्छ। यस्तो किन हुन्छ? किनभने तँ परमेश्‍वरले तँलाई जिम्‍मा दिनुभएको कुरामा वा सृष्टि गरिएको प्राणीको रूपमा तैँले पूरा गर्नुपर्ने कर्तव्यमा नभई आफ्नो प्रतिष्ठामा मात्रै समर्पित छस्। परमेश्‍वरले यस्तो परिभाषा दिनुहुँदा, तैँले हृदयमा के महसुस गर्छस्? यतिका वर्ष परमेश्‍वरमा तैँले गरेको विश्‍वास व्यर्थ भयो भन्‍ने हो? त्यसोभए, के त्यसको अर्थ तैँले सत्यता पटक्कै पछ्याइरहेको थिइनस् भन्‍ने हो?(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१२))। परमेश्‍वरका वचनहरूबाट मैले बुझेँ मानिसहरू “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” भन्ने भनाइबाट प्रभावित भएका छन्। उनीहरू अरूले आफूलाई कसरी मूल्याङ्कन गर्छन् भन्ने कुरामा विशेष चिन्तित हुन्छन्। उनीहरू अरूका हृदयमा आफ्नो प्रतिष्ठा र छविप्रति केन्द्रित हुन्छन्, सधैँ आफ्ना वचन र कार्यहरूद्वारा अरूमा राम्रो छाप छोड्न र सकारात्मक प्रतिष्ठा कमाउने कोसिस गर्छन्। मैले अरूको हृदयमा आफ्नो राम्रो छविको निरन्तर पछ्याइबारे चिन्तन नगरी रहन सकिनँ, र यो यस्तै प्रकारको सोच र दृष्टिकोणबाट प्रभावित थियो भन्ने महसुस गरेँ। म सानो छँदा, मेरी भाउजूले मेरी आमा र दिदीको बारेमा नराम्रो कुरा गरेको सुनेँ। मेरी भाउजूले मेरो बारेमा नराम्रो कुरा नगरून् भनेर, मैले उहाँका बच्चाहरूको लुगा धुन र उनीहरूलाई खाना खुवाउन अग्रसरता देखाएँ। विवाह गरेपछि, मानिसहरूमाझ राम्रो प्रतिष्ठा कमाउन, मैले स्वेच्छाले मेरी ओछ्यान परेकी सासूको दश वर्षसम्म हेरचाह गरेँ। म थकित र अनिच्छुक थिएँ तर जतिसुकै कठिन भए पनि मैले ती कष्टहरू सहेँ। परमेश्‍वरमा विश्वास गर्न थालेपछि, ब्रदर-सिस्टरहरूमा राम्रो छाप छोड्न, मैले उत्साहपूर्वक आफ्नो आस्था पछ्याएँ र सक्रिय रूपमा आफ्नो कर्तव्य पूरा गरेँ। जब मेरा सहकर्मीहरू व्यक्तिगत मामिलाका कारण आफ्नो कर्तव्यमा ढिलाइ गर्थे, मैले यो कुरा औँल्याउँदैनथेँ, बरु उनीहरूलाई त्यो काम पूरा गर्न मद्दत गर्थेँ। अरूबाट प्रशंसा सुन्दा म अत्यन्तै खुसी हुन्थेँ र आफ्नो कर्तव्य पूरा गर्न उत्प्रेरित हुन्थेँ, कुनै पनि कठिनाइ सहन तयार हुन्थेँ। ब्रदर-सिस्टरहरूबाट नकारात्मक मूल्याङ्कन सुन्दा, म यति दुःखी हुन्थेँ कि मैले आफ्नो कर्तव्य नै त्याग्न चाहेँ। म उनीहरूको हृदयमा मेरो छवि पुनर्स्थापित गर्नमा केन्द्रित भएँ। ब्रदर-सिस्टरहरूलाई भेट्दा, म होसियारीसाथ बोल्थेँ, आफ्नो स्वर सकेसम्म कोमल बनाउने कोसिस गर्थेँ र उनीहरूलाई मुस्कानसहित अभिवादन गर्थेँ, ताकि उनीहरूले मलाई मिलनसार देखून्। मैले समूह अगुवा प्रायः भेलामा ढिलो आउने र गैरजिम्मेवार भएको देख्दा, उनका समस्याहरू औँल्याएर खुलासा गर्नुपर्थ्यो। तर म उनलाई काँटछाँट गर्दा अरूको हृदयमा मेरो नराम्रो छाप पर्ला कि भनेर डराएँ। त्यसैले, मैले देखेको नदेख्यै गरेँ, त्यसलाई हल्का रूपमा लिएँ र नरम र कोमल तरिकाले कुरा गरेँ, ताकि सबैले मेरो बारेमा राम्रो धारणा बनाऊन्। एक मण्डली अगुवाका रूपमा, ब्रदर-सिस्टरहरूले झारा टार्ने किसिमले कर्तव्य पूरा गरेका र काममा ढिलाइ गरेका देख्दा, मैले उनीहरूलाई मदत गर्न सङ्गति गर्नुपर्थ्यो, उनीहरूका समस्याहरू औँल्याएर उनीहरूलाई काँटछाँट गर्दै, उनीहरूलाई आफ्ना समस्याहरू थाहा पाउन र तिनलाई तुरुन्तै सुधार्न मदत गर्नुपर्थ्यो। तर, सबैले मेरो बारेमा राम्रो धारणा बनाऊन् र राम्रो प्रतिष्ठा कायम राख्न सकियोस् भनेर, म परमेश्‍वरका मागहरूको उल्लङ्घन गर्दै उनीहरूप्रति झुक्न र उनीहरूलाई छुट दिन हिचकिचाएकी थिइनँ। मैले मण्डलीको कामको बारेमा पटक्कै सोचेकी थिइनँ। यसरी आफ्नो कर्तव्य पूरा गर्दा कसरी परमेश्‍वरको अभिप्रायअनुरूप हुन सक्छ र? आफ्ना कार्यहरूमा मनन गर्दा, मलाई लाग्यो ती साँच्चै घिनलाग्दा रहेछन्!

मैले परमेश्‍वरका वचनहरू पढ्न जारी राखेँ र आफ्नो व्यवहारको बारेमा गहिरो समझ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “तैँले सत्यता पछ्याइरहेको थिइनस्, बरु आफ्नो प्रतिष्ठालाई विशेष ध्यान दिइरहेको थिइस्, र यसको मूल जड तेरो परिवारले तँमाथि पारेका सिकाइने कुराका प्रभावहरू हुन्। तेरो परिवारले तँलाई गरा सबैभन्दा मुख्य भनाइ के हो? ‘जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ’ भन्‍ने भनाइले तेरो हृदयमा गहिरो जरा गाडेको छ र यो तेरो आदर्श वाक्य बनेको छ। तँ सानो छँदैदेखि तँलाई यो भनाइले प्रभावित र सिकाएको छ, र ठूलो भएपछि पनि आफ्‍नो परिवारको अर्को पुस्तालाई र आफ्‍ना वरिपरिका मानिसहरूलाई प्रभावित पार्न तँ यो भनाइ दोहोर्‍याइरहन्छस्। अझै गम्भीर कुरा त अवश्यै यो हो कि, तैँले यो भनाइलाई आफ्‍नो व्यवहार र विभिन्‍न कुराहरूलाई लिने तेरो विधि र सिद्धान्तको रूपमा अपनाएको छस्, र तैँले त्यसलाई आफ्‍नो जीवनमा पछ्याउने लक्ष्य र दिशाको रूपमा समेत अपनाएको छस्। तर तेरो लक्ष्य र दिशा गलत छन्, त्यसैले अन्तिम परिणाम पनि अवश्यै नकारात्मक नै हुनेछ। किनकि तैँले गर्ने सबै कुराको सार केवल आफ्‍नो प्रतिष्ठाको खातिर मात्र हुन्छ, र केवल ‘जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ’ भन्‍ने भनाइ अभ्यास गर्नको खातिर मात्र हुन्छ। तैँले सत्यता पछ्याइरहेको छैनस्, तैपनि तँ आफैलाई त्यो कुरा थाहै छैन। तँलाई यो भनाइ गलत छैन भन्‍ने लाग्छ, किनभने तैँले सोच्छस्, के मानिसहरू आफ्नो प्रतिष्ठाको लागि जिउनु पर्दैन र? किनकि आम भनाइ नै छ, ‘जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ।’ यो भनाइ निकै सकारात्मक र जायज देखिन्छ, त्यसैले तैँले अचेतन रूपमै यसका सिकाइने कुराका प्रभावहरू स्विकार्छस् र यसलाई सकारात्मक कुरा ठान्छस्। एकपटक यो भनाइलाई सकारात्मक ठानेपछि, तैँले अचेतन रूपमै यसलाई पछ्याइरहेको र अभ्यास गरिरहेको हुन्छस्। साथै, तैँले अचेतन रूपमै र भ्रममा परेर यसलाई सत्यताको रूपमा र सत्यताको मापदण्डको रूपमा पनि लिइरहेको हुन्छस्। जब तैँले यसलाई सत्यताको मापदण्डको रूपमा हेर्छस्, तब तैँले परमेश्‍वरले भन्‍नुभएको कुरा सुन्‍न छोड्छस्, र तैँले उहाँको कुरा बुझ्न पनि सक्दैनस्। तैँले अन्धाधुन्ध रूपमा ‘जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ’ भन्‍ने यो आदर्श वाक्य अभ्यास गर्छस् र त्यहीअनुसार व्यवहार गर्छस्, र तैँले अन्त्यमा यसबाट प्राप्त गर्ने कुरा भनेको राम्रो प्रतिष्ठा हो। तैँले पाउन चाहेको कुरा पाएको हुन्छस्, तर त्यसो गर्ने क्रममा तैँले सत्यता उल्लङ्घन गरेको र त्यागेको हुन्छस्, र मुक्ति पाउने मौका गुमाएको हुन्छस्। यसको अन्तिम नतिजा यही हुने हुनाले, तैँले तेरो परिवारले तँलाई सिकाएको ‘जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ’ भन्‍ने विचार तैँले त्याग्‍नु र छोड्नुपर्छ। यो तैँले पक्रिराख्‍नुपर्ने कुरा होइन, न त यो तैँले अभ्यास गर्न जीवनभर मेहनत र ऊर्जा लगाउनुपर्ने भनाइ वा विचार नै हो। तेरो मस्तिष्कमा हालिएको र तँलाई सिकाएको यो विचार र दृष्टिकोण गलत छ, त्यसकारण तैँले यसलाई त्याग्‍नुपर्छ। यो सत्यता नभएकोले मात्रै होइन, बरु यसले तँलाई बहकाएर अन्त्यमा विनाशमा पुर्‍याउने र यसका परिणामहरू अत्यन्तै गम्भीर हुने भएकोले तैँले यसलाई त्याग्‍नुपर्छ। तेरो लागि, यो साधारण भनाइ मात्रै होइन, बरु एउटा क्यान्सर नै हो, अर्थात् मानिसहरूलाई भ्रष्ट तुल्याउने माध्यम र विधि हो। यस्तो किन हो भने, परमेश्‍वरका वचनहरूमा, मानिसहरूको लागि उहाँले दिनुभएका सबै मापदण्डहरूमा, परमेश्‍वरले मानिसहरूलाई कहिल्यै पनि राम्रो प्रतिष्ठाको पछि लाग्‍न, वा इज्‍जत खोज्न, वा मानिसहरूमाझ राम्रो प्रभाव छर्न, वा मानिसहरूको अनुमोदन प्राप्त गर्न, वा मानिसहरूबाट स्याबासी पाउन लगाउनुभएको छैन, न त उहाँले कहिल्यै मानिसहरूलाई ख्याति पाउन वा राम्रो प्रतिष्ठा स्थापित गरिछोड्नको लागि बाँच्न नै लगाउनुभएको छ। मानिसहरूले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरून्, र उहाँमा र सत्यतामा समर्पित होऊन् भन्‍ने मात्रै परमेश्‍वर चाहनुहुन्छ। तसर्थ, जहाँसम्म तेरो कुरा छ, यो भनाइ तेरो परिवारले तँमाथि लादेको एक प्रकारको सिकाइ मात्र हो, र यसलाई तैँले त्याग्‍नुपर्छ(वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१२))। परमेश्‍वरका वचनहरूमा मनन गर्दा, म गहिरो रूपमा प्रभावित भएँ। “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” भन्ने भनाइले मानिसहरूलाई साँच्चै ठूलो हानि गर्छ। मैले कसरी बाल्यकालदेखि नै मेरी आमाका अर्तिउपदेशलाई आत्मसात गरेकी थिएँ, जसले गर्दा मैले “जसरी हाँस जता गए पनि कराउँछ, त्यसरी नै मानिस जहाँ बसे पनि उसले आफ्नो नाम छोडेको हुन्छ” भन्ने भनाइको पछि लागेँ भन्ने कुरामा मनन गरेँ। मानिसहरूमाझ राम्रो प्रतिष्ठा बनाउनका लागि, मैले स्पष्ट रूपमा गर्न अनिच्छुक वा गर्नु नहुने कुराहरूको सामना गर्दा पनि, झुकेर सम्झौता गरेकी थिएँ र ती कामहरू गरेकी थिएँ। परमेश्‍वरमा विश्वास गर्न थालेपछि पनि, मैले यो भनाइलाई ज्ञानको कुराका रूपमा पालना गरिनै रहेँ, सधैँ आफ्ना कर्तव्यहरूभन्दा अरूको हृदयमा आफ्नो छविलाई प्राथमिकता दिएँ। जब सिस्टरले मेरो अहङ्कारी स्वभाव र कठोर लवज औँल्याउनुभयो, उहाँको अभिप्राय मलाई आफ्नो बारेमा मनन गर्न र सत्यता अभ्यास गरेर मेरो भ्रष्ट स्वभाव त्याग्न मद्दत गर्नु थियो। तर आफ्नो बारेमा मनन गर्नुको सट्टा, मैले आफूलाई ढाकछोप गरेँ र नाटक गरेँ, आफ्नो झूटो बाहिरी रूपले ब्रदर-सिस्टरहरूलाई भ्रमित पारेँ। जब मैले केही ब्रदर-सिस्टरहरूले आफ्नो कर्तव्य निर्वाहमा गैरजिम्मेवार भएर मण्डलीको काममा ढिलाइ गरेका देखेँ, मैले उनीहरूलाई त्यो कुरा औँल्याइनँ वा उनीहरूलाई मद्दत गरिनँ, बरु आफू मायालु र धैर्यवान् भएझैँ गरी ब्रदर-सिस्टरहरूबाट उच्च सम्मान पाउनका लागि उनीहरूलाई फकाइरहेँ। वास्तविकतामा, मेरा सबै कार्यहरू सतही संयम र छद्मभेष मात्र थिए, जसले पाखण्डलाई मूर्त रूप दिन्थे। म ब्रदर-सिस्टरहरूलाई भ्रमित पार्दै थिएँ र, अझ महत्त्वपूर्ण कुरा, परमेश्‍वरलाई धोका दिँदै थिएँ। यसले मलाई फरिसीहरूको याद दिलायो जो बाहिरबाट भक्त, नम्र र मायालु देखिन्थे। उनीहरू आफ्नो ईश्वरभक्ति र परमेश्‍वरप्रतिको बफादारी देखाउन जानाजानी चोकहरूमा प्रार्थना गर्थे र हरेक दिन मन्दिरहरूमा धर्मशास्त्र सिकाउँथे, ताकि सबैले उनीहरूलाई समर्थन गरून्। तर, उनीहरूले गरेको कुरा परमेश्‍वरका वचनहरूको पालन थिएन, बरु बाहिरी असल व्यवहारले आफूलाई ढाक्ने र अरूलाई धोका दिने अनि भ्रमित पार्ने काम थियो। मैले मेरो व्यवहार फरिसीहरूको जस्तै रहेछ भन्ने महसुस गरेँ। यदि मैले स्वभावमा परिवर्तन पछ्याइनँ र आफ्नो कर्तव्यमा सत्यता अभ्यास गर्न असफल भएँ भने, मैले जतिसुकै राम्रोसँग आफूलाई ढाकछोप गरेँ वा अरूबाट जतिसुकै प्रशंसा पाएँ भने पनि, मेरो परिणाम फरिसीहरूको जस्तै हुनेछ—परमेश्‍वरद्वारा श्रापित र दण्डित। परमेश्‍वरले मलाई अगुवाको रूपमा तालिम लिने अवसर दिएर अनुग्रह देखाउनुभयो, जुन मलाई मेरो कर्तव्य राम्रोसँग पूरा गर्न र मण्डलीको कामलाई कायम राख्न मद्दत गर्नका लागि थियो। मैले ब्रदर-सिस्टरहरूका कर्तव्यमा समस्याहरू देख्दा, तिनको समाधानका लागि उनीहरूलाई ती समस्या औँल्याइदिनु पर्थ्यो र उनीहरूसँग सङ्गति गर्नुपर्थ्यो। यो मेरो जिम्मेवारी र मप्रतिको परमेश्‍वरको माग हो। तर, म केवल आफ्नै ख्याति र प्राप्तिको पछि लागिरहेकी थिएँ, कुनै निष्ठा र गरिमाविना बाँचिरहेकी थिएँ। म अब उप्रान्त शैतानद्वारा मूर्ख बन्न चाहन्नथेँ। मैले आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नैपर्छ।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ, जसले मलाई अभ्यासको मार्ग प्रदान गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वरका चुनिएका मानिसहरूमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ, र परमेश्‍वरले मानिसहरूबाट माग गर्ने सिद्धान्त र मापदण्डहरूअनुसार एकअर्कासँग अन्तरक्रिया गर्नुपर्छ, सङ्गत गर्नुपर्छ, र मिलेर काम गर्नुपर्छ। यो नै सबैभन्दा राम्रो तरिका हो। यसले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छ। त्यसोभए, परमेश्‍वरले माग गरेका सत्यता सिद्धान्तहरू के-के हुन्? मानिसहरूले अरूहरू कमजोर र नकारात्मक हुँदा तिनीहरूलाई बुझ्नुपर्छ, तिनीहरूका पीडा र कठिनाइहरूप्रति विचारशील हुनुपर्छ, र त्यसपछि यी कुराहरूबारे सोधपुछ गर्नुपर्छ, र सहयोग र साथ दिनुपर्छ, र तिनीहरूलाई आफ्ना समस्याहरू सुल्झाउन मद्दत गर्न परमेश्‍वरका वचनहरू पढेर सुनाउनुपर्छ, जसले गर्दा तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्छन् र तिनीहरू कमजोर हुन छोड्छन्, र यस कार्यले तिनीहरूलाई परमेश्‍वरको अघि ल्याउँछ। के अभ्यास गर्ने यो तरिका सिद्धान्तहरूअनुरूप छैन र? यसरी अभ्यास गर्नु सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ। स्वाभाविक रूपमै, यस्ता सम्बन्धहरू सत्यता सिद्धान्तहरूसँग अझै मिल्छन्। जब मानिसहरूले जानीजानी बाधा र अवरोधहरू पैदा गरिरहेका हुन्छन्, वा जानीजानी आफ्नो कर्तव्य झाराटारुवा तरिकाले गरिरहेका हुन्छन्, तब यदि तैँले यो कुरा देखिस् र तिनीहरूलाई यी कुराहरू औँल्याउन, हप्की लाउन, र सिद्धान्तहरूअनुसार मद्दत गर्न सकिस् भने, यो सत्यता सिद्धान्तहरूअनुरूप हुन्छ। यदि तँ तिनीहरूको व्यवहारप्रति आँखा चिम्लिन्छस् वा त्यसलाई जानाजानी बेवास्ता र ढाकछोप गर्छस्, र तिनीहरूलाई प्रशंसा र तारिफ गर्न राम्राराम्रा कुराहरूसमेत बोल्छस् भने, मानिसहरूसँग अन्तरक्रिया गर्ने, मामलाहरू सम्हाल्ने, र समस्याहरू सुल्झाउने यी तरिकाहरू स्पष्ट रूपमै सत्यता सिद्धान्तहरूसँग बाझिन्छन्, र परमेश्‍वरका वचनहरूमा तिनको कुनै आधार हुँदैन। त्यसकारण, मानिसहरूसँग अन्तरक्रिया गर्ने र मामलाहरू सम्हाल्ने यी तरिकाहरू स्पष्ट रूपमै अनुचित छन्, र परमेश्‍वरका वचनहरूअनुसार तिनलाई चिरफार र पहिचान गरिएन भने, तिनलाई पत्ता लगाउन वास्तवमै सजिलो छैन(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (१४))। परमेश्‍वरका वचनहरूबाट मैले बुझेँ परमेश्‍वर मानिसहरूले एकअर्कासँग सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गरून् भन्ने माग गर्नुहुन्छ। ब्रदर-सिस्टरहरूले नकारात्मक, कमजोर महसुस गरेका, वा उनीहरूमा कमीकमजोरी भएको देख्दा, हामीले उनीहरूलाई प्रेमसाथ सङ्गति गरेर मद्दत गर्नुपर्छ, ताकि उनीहरूले परमेश्‍वरको अभिप्राय बुझ्न सकून्, आफ्ना समस्याहरूमा मनन गर्न र चिन्न सकून्, र जीवन प्रवेशमा प्रगति गर्न सकून्। यदि कसैको आफ्नो कर्तव्यप्रति समस्याग्रस्त मनोवृत्ति छ, जसका कारण काममा अवरोध, बाधा, वा ढिलाइ आउँछ भने, हामीले सिद्धान्तहरूअनुसार उनीहरूलाई खुलासा र काँटछाँट गर्नुपर्छ। हामीले आफ्नो मान र प्रतिष्ठा कायम राख्न देखेको नदेख्यै गर्न मिल्दैन। उदाहरणका लागि, समूह अगुवा बारम्बार भेलाहरूमा ढिलो आउँदै मण्डलीको जीवनमा असर पार्दा, मैले उनको काँटछाँट, खुलासा, र चिरफार गर्नुपर्थ्यो। यसका साथै, जब ब्रदर-सिस्टरहरूले मेरा समस्याहरू औँल्याउँछन्, मैले उनीहरूको हृदयमा राम्रो छवि कायम राख्न, आफूलाई ढाकछोप गर्नुको सट्टा, तिनलाई स्वीकार्नुपर्छ गम्भीरतापूर्वक आफ्नो अहङ्कारी स्वभावमा मनन गर्नुपर्छ, र आफ्नो भ्रष्टता त्याग्न सत्यता अभ्यास गर्नुपर्छ। अभ्यासका यी सिद्धान्तहरू बुझेपछि, मैले हल्का र राहत महसुस गरेँ।

पछि, म सुसमाचारको कामको अनुगमन गर्न अर्को मण्डलीमा जाँदा, त्यहाँ मैले सुसमाचार डिकन गैरजिम्मेवार र आफ्नो कर्तव्यमा बोझविहीन रहेकी थाहा पाएँ। अगुवाहरूले उनको कामको सुपरिवेक्षण र अनुगमन गर्दा उनी प्रतिरोधीसमेत थिइन्। यो अवस्थालाई विचार गर्दा, मैले उनलाई मद्दत गर्न, खुलासा गर्न र काँटछाँट गर्नको लागि यो कुरा औँल्याउनु पर्थ्यो। तर, मैले आफू त्यहाँको भेलामा पहिलो पटक आएकी भन्ने सोचेँ। यदि मैले आउनेबित्तिकै उनका समस्याहरू खुलासा गरेँ भने सबैले मेरो बारेमा के सोच्लान्? यदि उनीहरूले मलाई पहिलो पटक भेट्दा मेरो बारेमा राम्रो छाप बनाएनन् भने भविष्यमा म उनीहरूसँग कसरी सहकार्य गर्न सक्छु? ममा यी विचारहरू आएपछि, मैले म फेरि आफ्नो प्रतिष्ठा र हैसियतको बारेमा चिन्तित छु भन्ने महसुस गरेँ। मैले परमेश्‍वरका वचनहरू सम्झेँ: “तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्‍वरका अभिप्रायको ख्याल राख्‍नुपर्छ, अनि मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्‍नो भ्रष्ट स्वभावलाई त्यागेर मात्रै स्वतन्त्रता र स्वाधीनता प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूमा मनन गर्दा, मैले बुझेँ जुनसुकै परिस्थितिमा पनि, मैले मण्डलीको हितलाई प्राथमिकता दिनुपर्छ। सुसमाचार डिकन आफ्नो कर्तव्यमा गैरजिम्मेवार थिइन् र सुसमाचारको कामको प्रगतिलाई सुस्त बनाइन्। त्यसमाथि, उनले सुपरिवेक्षण स्वीकार गर्न मानिनन्। यदि मैले उनका समस्याहरू औँल्याइनँ भने, यसले सुसमाचारको काममा ढिलाइ गर्नेथियो र उनको आफ्नै जीवन प्रवेशका लागि पनि कुनै फाइदा हुनेथिएन। मैले अरूको हृदयमा आफ्नो छवि र प्रतिष्ठा कायम राखिररहन मिल्दैनथ्यो। सिस्टरले मलाई जस्तोसुकै ठाने पनि, मैले सत्यता अभ्यास गर्नुपर्थ्यो र मण्डलीको हितको रक्षा गर्नुपर्थ्यो। त्यसपछि मैले सिस्टरको कर्तव्यमा भएका समस्याहरू औँल्याएँ, र अगुवा र कामदारहरूले कामको सुपरिवेक्षण र अनुगमन गर्नुको महत्त्व, सुसमाचार डिकनको जिम्मेवारी, र जिम्मेवारीपूर्वक कर्तव्य कसरी पूरा गर्ने भन्ने बारेमा सङ्गति गरेँ। मेरो सङ्गतिपछि, ती सिस्टरले आफू कर्तव्य निर्वाहमा झाराटारूवा बनिरहेकी थिएँ भन्ने कुरा थाहा पाइन्। उनी आफ्नो स्थितिबारे खुलस्त भइन् र आफूलाई परिवर्तन गर्ने इच्छा व्यक्त गरिन्। पछि, उनी आफ्नो कर्तव्यमा अझ सक्रिय भइन्, र सुसमाचारको काममा प्रगति हुन थाल्यो।

यी अनुभवहरूबाट, मैले महसुस गरेँ सत्यता अभ्यास गर्नु र सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य पूरा गर्नु महत्त्वपूर्ण छ। यदि म आफ्नो कर्तव्य पूरा गर्दा सधैँ आफ्नो व्यक्तिगत हितको रक्षा गर्छु र आफ्नो मान र प्रतिष्ठा कायम राख्छु भने, मैले मण्डलीको कामलाई मात्र हानि पुऱ्याउँदिन, ब्रदर-सिस्टरहरू र आफैलाई समेत हानि पुऱ्याउँछु। परमेश्‍वरका वचनहरूले नै मलाई यो बोध र रूपान्तरण प्राप्तिमा मदत गरेका छन्। परमेश्‍वरलाई धन्यवाद!

अघिल्लो:  ८२. आमाको मृत्युको शोकबाट म कसरी बाहिर निस्केँ

अर्को:  ८५. म अब आफ्ना कमजोरीहरूको सही तरिकाले सामना गर्न सक्छु

सम्बन्धित विषयवस्तु

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger