६४. मेरो रोग परमेश्वरको आशिष् थियो
सन् २०१७ को अप्रिलमा, म शारीरिक जाँचका लागि अस्पताल गएँ र मलाई हेपाटाइटिस बी भएको रहेछ भन्ने थाहा भयो। मेरो ट्रान्सएमिनेज २२० U/L सम्म पुगेको थियो, र मेरो हेपाटाइटिस बी सक्रिय थियो। मण्डलीले मेरो अवस्थालाई ध्यानमा राखेर मलाई उपचारका लागि घर जाने बन्दोबस्त गर्यो। आफ्ना सामानहरू पोको पार्दै गर्दा, मैले मसँग सहकार्य गर्दै आएका दुई ब्रदरहरू कामबारे छलफल गर्ने क्रममा गफ गरिरहेको र हाँसिरहेको देखेँ। मलाई उराठ लाग्यो, र मैले सोचेँ, “अब परमेश्वरको काम लगभग अन्त्यतिर आइपुगेको छ, त्यसैले यो हाम्रो कर्तव्य पूरा गर्ने र असल कार्यहरू तयार गर्ने अत्यन्तै महत्त्वपूर्ण समय हो। तर यसको सट्टामा, म निको हुनलाई घर जाँदैछु। यदि म एकदुई वर्ष घरमा बसेँ र मैले कुनै कर्तव्य पूरा गर्न सकिनँ भने, मैले कसरी असल कार्यहरू तयार गर्न सक्छु र? जब कुनै महाविपत्ति आइपर्छ, तब म निश्चय नै त्यसमा पर्नेछु। यदि म मरेँ भने, के परमेश्वरमाथिको मेरो विश्वास व्यर्थ हुनेछैन र? मैले परमेश्वरमा विश्वास गर्न थालेको एक वर्ष नपुग्दै आफ्नो कर्तव्य पूरा गर्न घर छोडेको थिएँ। मण्डलीले मलाई जुनसुकै कर्तव्य अह्राए पनि, मैले कहिल्यै रोजीछानी गरिनँ, र ती अझ राम्रोसँग गर्न सधैँ कडा प्रयास गरेँ। खासगरी, मैले बितेको छ महिनादेखि सम्पादनको कर्तव्य निर्वाह गरिरहेको थिएँ। म अक्सर बिहान सबेरै उठ्थेँ र राती अबेरसम्म बस्थेँ। मैले कठिनाइहरूको सामना गर्दा कहिल्यै पछि हटिनँ, र यससँग सम्बन्धित व्यावसायिक सीपहरू सिक्न कडा मेहनत गरेँ। मैले मेरो कर्तव्यमा केही परिणामहरू हासिल गरेको थिएँ। म आफ्नो कर्तव्य पूरा गर्न यति धेरै उत्सुक र सक्रिय भएको थिएँ, तर परमेश्वरले मलाई किन रक्षा गर्नुभएन? बरु उहाँले किन मलाई यो रोग लाग्न दिनुभयो?” मैले यो कुरा साँच्चै बुझ्न सकिनँ। टाउको उठाएर ती दुई ब्रदरहरूलाई हेर्दा, तिनीहरूको राम्रो स्वास्थ्य भएको र तिनीहरूले यहाँ आफ्नो कर्तव्य जारी राख्न सकेकोमा मलाई तिनीहरूको ईर्ष्या लाग्यो। म भने आफ्नो कर्तव्य निर्वाह गरिरहेको ठाउँ छोडेर घर फर्कने अवस्थामा थिएँ। मलाई आफ्नो भविष्य अत्यन्तै अन्धकार छ भन्ने लाग्यो, र म अत्यन्तै निराश थिएँ, पूरै शरीर शिथिल र कमजोर भएको महसुस गरिरहेको थिएँ। मैले यो परमेश्वरको कामको अन्तिम चरण र मानवजातिको मुक्तिका लागि एक मात्र मौका हो, र मैले यो समयमा जिउन पाउनु आफैमा सौभाग्य थियो भनेर सोच्दा, म यसरी नै हार मान्न साँच्चै इच्छुक थिइनँ। मैले घर पुगेपछि तुरुन्तै उपचार लिनै पर्थ्यो, र मेरो रोग निको हुने बित्तिकै म मेरो कर्तव्यमा फर्किनेथिएँ। त्यसरी, मैले अझ धेरै असल कार्यहरू तयार गर्नेथिएँ र मैले मुक्ति पाउने आशा पनि ठूलो हुनेथियो।
घर फर्केपछि, मैले हेपाटाइटिस बीको उपचारका लागि चिनियाँ औषधि धेरै प्रभावकारी हुन्छ भन्ने सुनेँ, त्यसैले मैले तुरुन्तै बुबालाई मेरो लागि अलिकति ल्याइदिन भनेँ। मेरो रोग निको भएपछि फेरि बाहिर गएर आफ्नो कर्तव्य निर्वाह गर्न सक्छु भन्ने सोचेर, म आफूले पूरा गरिरहेको कर्तव्यसँग सम्बन्धित विधिहरू सिक्न पनि लागिपरेँ। चाँडै निको हुने आशामा मैले डाक्टरको निर्देशनअनुसार समयमै औषधि खाएँ। एक महिनापछि, म धेरै अपेक्षाका साथ जाँच गराउन अस्पताल गएँ। परीक्षणको रिपोर्ट पाएपछि, मैले मेरो ट्रान्सएमिनेज पटक्कै नघटेको पाएँ। मैले यो कुरालाई पटक्कै विश्वास गर्न सकिनँ, र सोचेँ, “यो महिनाभरि मैले समयमै औषधि खाएको थिएँ। मेरो अवस्था किन बिलकुलै सुधार भएन? परमेश्वरले मलाई किन आशिष् दिनुभएन?” केही समयपछि, अगस्टतिर, एक जना सिस्टरले मलाई अजमोदा नामको एउटा बोटको बारेमा बताइन्, जुन कतिपय मानिसहरूले हेपाटाइटिस बी निको पार्न प्रयोग गर्ने गर्थे। यो सुनेर म धेरै उत्साहित भएँ। ती सिस्टरले यो बोट अत्यधिक विषाक्त छ र यसलाई उचित रूपमा प्रशोधन गरिएन भने ज्यान जोखिममा पर्न सक्छ भनेर बारम्बार जोड दिए पनि, म यो प्रयोग गर्न चाहन्थेँ। मैले सोचेँ कि यदि यसले मेरो रोग निको पार्न सक्छ भने, जोखिम उठाउनु उचित हुन्छ। अप्रत्याशित कुरा त, यो खाँदा यसले बिलकुलै प्रभाव पारेन, अनि म अत्यन्तै दुखी भएँ। मैले यस्तो किन भइरहेको छ भन्ने कुरा पत्ता लगाउन सकिनँ। त्यसपछि, म नकारात्मकतामा डुबेँ। मेरा प्रार्थनाहरूमा बोल्ने केही कुरा नै थिएन, ती साँच्चै नै सुक्खा थिए; मैले परमेश्वरका वचनहरू खान र पिउन कम गरेँ, मैले पहिले अध्ययन गर्न लागिपरेका विधिहरू सिक्न चाहिनँ, र ममा सधैँ उत्प्रेरणाको कमी हुन्थ्यो।
नोभेम्बरतिर, एक जना ब्रदरले विशेषगरी हेपाटाइटिस बीको उपचारका लागि हो भन्दै मलाई एउटा औषधिको नुस्खा ल्याएर दिए। म यसलाई प्रयोग गर्न उत्सुक थिएँ, तर जब मैले पछिल्लो पटक जङ्गली अजमोदाद्वारा गरिएको उपचार असफल भएको सम्झेँ, मैले मनमनै सोचेँ, “के यो मैले औषधिमा मात्र ध्यान दिइरहेको र विरलै प्रार्थना गरेकोले हो? उपचारको बेला मैले परमेश्वरलाई अझ बढी प्रार्थना गर्नुपर्ने जस्तो देखिन्छ। सायद परमेश्वरले मेरो इमानदार हृदय देखेपछि उहाँले मलाई आशिष् दिनुहुनेछ र मेरो रोग निको पार्नुहुनेछ।” म तुरुन्तै त्यो नुस्खा बोकेर औषधि लिन गएँ। औषधि जतिसुकै तीतो भए पनि, मैले यसलाई सहेँ र पिएँ। यस अवधिमा, मैले परमेश्वरलाई धेरै पटक प्रार्थना गरेँ, र उहाँलाई मैले बाहिर गएर आफ्नो कर्तव्य पूरा गर्न र गम्भीरतापूर्वक सत्यता पछ्याउन चाहेको बताएँ। मैले यस्तो “इमानदार” मनोवृत्तिले परमेश्वरको हृदयलाई छुने आशा गरेँ, ताकि उहाँले मेरो रोग निको पार्न मलाई आशिष् दिनुहुनेछ। एक महिनापछि, म परीक्षणको रिपोर्ट लिन जाँदा, डाक्टरले भन्नुभयो, “हामीले दुई पटक तपाईँको परीक्षण लिएका छौँ। तपाईँको भाइरल भार धेरै उच्च छ। तपाईँको ट्रान्सएमिनेज त १,२०० भन्दा पनि बढी छ!” मैले मनमनै सोचेँ, “पहिलो कुरा त २०० भन्दा माथिको ट्रान्सएमिनेज नै धेरै गम्भीर हो। एक हजारभन्दा बढी पुग्दा के हुन सक्छ?” यदि हेपाटाइटिस बीलाई उचित रूपमा नियन्त्रण गरिएन भने, यसले कलेजोको सिरोसिस वा कलेजोको क्यान्सर पनि निम्त्याउन सक्छ भनेर कसैले भनेको सम्झेर म त्यहीँ टोलाएर उभिरहेँ। के मलाई कलेजोको क्यान्सर पनि हुन्छ? यो सोच्दा, मलाई अत्यन्तै डर र लाचार महसुस भयो। मैले गत महिनाभरि मेरो रोग निको पार्न परमेश्वरलाई बारम्बार प्रार्थना गरेको कुरा सम्झेँ, तर अहिले त मेरो अवस्था सुधार हुनुको साटो झनै खराब भएको थियो। मैले बारम्बार बाधाको सामना गर्नु निश्चित रूपमा कुनै संयोग थिएन। यतिञ्जेल, मैले निको हुन मात्र चाहेको थिएँ, र मैले आफ्नो कर्तव्य पूरा गर्नलाई नै निको हुन चाहेकाले यो न्यायसङ्गत हो भन्ने सोचेको थिएँ। यद्यपि, मैले यो परमेश्वरको अभिप्रायअनुरूप छ कि छैन भनेर कहिल्यै सोचेको थिइनँ। मैले सोच्न थालेँ, “मेरो अवस्था अचानक खराब हुनुमा परमेश्वरको अभिप्राय लुकेको हुन सक्छ। म जिद्दी र अपश्चात्तापी रहिरहनु हुँदैन। मैले प्रार्थना गर्नुपर्छ, परमेश्वरको अभिप्राय खोज्नुपर्छ, र पाठ सिक्नुपर्छ।” त्यसकारण, मैले हृदयमा गम्भीरतापूर्वक परमेश्वरलाई पुकारेँ, “हे परमेश्वर, मेरो अवस्था खराब हुनुमा तपाईँको अनुमति छ। यस्तो किन भइरहेको छ भन्ने कुरा मैले अझै बुझ्न नसकेँ पनि, मलाई हृदयमा थाहा छ कि मैले जे पछ्याइरहेको छु त्यो निश्चित रूपमा तपाईँको अभिप्रायअनुरूप छैन। तपाईँले मलाई तपाईँको अभिप्रायको बोध गर्न र तपाईँको विरुद्धमा विद्रोह नगर्न अगुवाइ गर्नुहोस्।” म अस्पतालको एउटा सिँढीमा टोलाएर बसिरहेँ, र हृदयमा निरन्तर परमेश्वरलाई पुकार गरिरहेँ। अचानक मैले पहिले पढेका परमेश्वरका केही वचनहरू सम्झेँ: “परमेश्वरले गर्नुहुने सबै कुरा आवश्यक र असाधारण महत्त्वका छन्, किनकि उहाँले मानिसमा गर्नुहुने सबै काम उहाँको व्यवस्थापन र मानवजातिको मुक्तिसित सम्बन्धित छन्। स्वाभाविक रूपमा, अय्यूब परमेश्वरको नजरमा सिद्ध र इमानदार भएका भए पनि, उहाँले तिनमा गर्नुभएको काम अरूभन्दा फरक छैन” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २)। अय्यूबले आफ्नो सबै सम्पत्ति र छोराछोरी गुमाए, र उनलाई रोगले च्याप्यो, जसले उनको देहलाई चरम पीडा दियो। सांसारिक मानिसहरूको दृष्टिकोणबाट हेर्दा, अय्यूबलाई जे भयो त्यो राम्रो कुरा नभई नराम्रो कुरा थियो। यद्यपि, अय्यूबले परमेश्वरको डर माने। उनले परमेश्वरबारे गुनासो गरेनन्, समर्पित हुन सके, र परमेश्वरको नामको प्रशंसा गरे। अय्यूबले परीक्षाहरू भोगेपछि, उनले परमेश्वरसम्बन्धी केही बुझाइ प्राप्त गरे, उनको विश्वास र परमेश्वरप्रतिको डर उच्च भयो र त्यसपछि परमेश्वर उनलाई देखा पर्नुभयो। यो कति ठूलो आशिष् थियो! यसलाई मनन गरेपछि, मैले के महसुस गरेँ भने तिमीमाथि जतिसुकै ठूलो रोग वा दुर्भाग्य आइपरे पनि, वा तिमीले जतिसुकै कष्ट सहनुपरे पनि, यदि तिमीले सत्यता पछ्याउन र परमेश्वरको अभिप्राय खोज्न सक्यौ भने, तिमीले अन्ततः त्यसबाट सत्यता प्राप्त गर्नेछौ र केही उपलब्धि हासिल गर्नेछौ। परमेश्वरका अभिप्रायहरू असल छन्, र उहाँ कसैसँग खेलबाड गर्न चाहनुहुन्न। परमेश्वरको अभिप्राय बुझेपछि, मेरो हृदयको गहिराइबाट न्यानो भावना जाग्यो, अनि मेरो विवश र भयभीत हृदय न्यानो भयो र बिस्तारै शान्त भयो। मैले अय्यूबको अनुकरण गर्नुपर्थ्यो, समर्पणको मनोवृत्ति बोक्नुपर्थ्यो, र परमेश्वरको अभिप्राय खोज्न प्रार्थना गर्नुपर्थ्यो। परमेश्वरले मलाई अगुवाइ गर्नुहुनेछ भनी मैले विश्वास गरेँ।
अस्पतालको वातावरण निकै कोलाहलपूर्ण थियो, त्यसैले म उठेँ र नजिकैको जङ्गलतिर गएँ। जङ्गलमा हिँड्दै गर्दा, मैले आफूलाई रोक्न नसकी फेरि आफ्नो अवस्थाको बारेमा चिन्ता गर्न थालेँ। मैले सोचेँ, “यो महिना, मेरो ट्रान्सएमिनेज बढेर १,००० भन्दा माथि पुगेको छ। यदि यो यही दरमा बढ्दै गयो, र यो साँच्चै कलेजोको क्यान्सरमा परिणत भयो भने, के मेरो लागि सबै कुरा समाप्त हुँदैन र? के परमेश्वरले साँच्चै यस पटक मेरो ज्यान लिन लाग्नुभएको हो?” जब मैले मर्ने कुरा सोचेँ, मैले मेरो हृदयमा अवचेतन रूपमा प्रतिरोध गरेँ, र सोचेँ, “परमेश्वरले किन म मरेको चाहनुहुन्छ? म अझै जवान छु! के मेरो जीवन भर्खरै सुरु हुँदा नै समाप्त हुन लागेको हो? यदि मैले परमेश्वरमा विश्वास नगरेको भए, के म यस प्रकारको परीक्षाबाट जोगिनेथिएँ होला? के मलाई यो रोग लाग्ने थिएन होला? मैले मुक्ति पाउन नसके पनि, कम्तीमा मैले अझ केही वर्ष त बाँच्न पाउनेथिएँ होला!” त्यस क्षणमा, मेरो मुटुको धड्कन रोकियो। मैले सोचेँ, “के म परमेश्वरबारे गुनासो गरिरहेको छैन र?” मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, म तपाईँबारे गुनासो गर्न चाहन्नँ, तर मेरो हृदय निरन्तर मृत्युद्वारा बाँधिएको झैँ हुन्छ। तपाईँले मलाई यो मामलालाई सही रूपमा सामना गर्न अगुवाइ गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले पहिले गाउने गरेको भजन सम्झेँ, जसको शीर्षक थियो “एक सृजित प्राणी परमेश्वरको योजनाबद्ध कार्यको कृपामा रहनुपर्छ”:
१ परमेश्वरले तँसँग जेसुकै माग गर्नुभए पनि, तैँले त्यसतर्फ आफ्नो सारा सामर्थ्यले काम मात्र गर्नुपर्दछ, र म आशा गर्दछु कि यी अन्तिम दिनहरूमा तँ मेरो सामु आफ्नो बफादारी पूरा गर्न सक्नेछस्। यदि यो क्षण तेरो मृत्यु तोकिएको समय नै भए पनि, जबसम्म परमेश्वर आफ्नो सिंहासनमा विराजमान भई सन्तोषको मुस्कान मुस्कुराउनुभएको तैँले देख्न सक्छस्, तबसम्म तैँले आफ्ना आँखा चिम्लँदै गर्दा तँ हाँस्न र मुस्कुराउन सक्नुपर्छ। तँ पृथ्वीमा रहने समयावधिमा, तैँले परमेश्वरप्रतिको आफ्नो अन्तिम कर्तव्य पूरा गर्नैपर्छ।
२ विगतमा, परमेश्वरका खातिर पत्रुसलाई क्रूसमा उल्टो टाँगियो; तर यी अन्तिम दिनहरूमा तैँले परमेश्वरलाई सन्तुष्ट पार्नुपर्छ, र तेरा सबै ऊर्जा उहाँका लागि खर्चनुपर्छ। एक सृजित प्राणीले परमेश्वरका लागि के गर्न सक्छ? त्यसैले परमेश्वरले चाहेअनुसार तँलाई योजनाबद्ध गर्नका लागि तैँले अग्रिम रूपमा आफूलाई परमेश्वरप्रति अर्पण गर्नुपर्छ। त्यसले परमेश्वरलाई खुसी र प्रसन्न तुल्याएसम्म उहाँले आफ्नो अभिप्रायअनुसार तँसँग जे गर्न चाहनुहुन्छ उहाँलाई त्यही गर्न दे। मानिसहरूसँग गुनासोका शब्दहरू बोल्ने के अधिकार छ र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू” सम्बन्धी रहस्यहरूका प्रकटीकरणहरू, अध्याय ४१
मैले त्यो भजन बिस्तारै गुनगुनाएँ र मेरो आँखाबाट अनायासै आँसु झर्यो। परमेश्वरले मलाई उहाँको घरमा ल्याएर अनुग्रहित गर्नुभयो। मैले उहाँका धेरै वचनहरू पढेको छु र मानवलाई परमेश्वरले सृष्टि गर्नुभएको हो, मानवजाति कसरी शैतानद्वारा भ्रष्ट तुल्याइयो, परमेश्वरले कसरी मानवजातिलाई चरणबद्ध रूपमा मुक्ति दिँदै आउनुभएको छ, र आखिरी दिनहरूमा परमेश्वरले कसरी मानिसहरूलाई शुद्ध पार्नुहुन्छ र रूपान्तरण गर्नुहुन्छ भन्ने कुरा जान्दछु। आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, मैले पवित्र आत्माको अन्तर्दृष्टि र अगुवाइ अनुभव गरेँ र केही सत्यताहरू पनि बुझेँ। मैले परमेश्वरबाट यति धेरै पाएको थिएँ, तर म उहाँप्रति पटक्कै कृतज्ञ थिइनँ। मेरो अवस्था झन् खराब भएपछि, मैले परमेश्वरबारे गुनासो गरेँ र उहाँमा विश्वास गरेकोमा पछुतो गर्ने सोच समेत आयो। के त्यो साँच्चै परमेश्वरको हृदयलाई तोड्नु थिएन र? के त्यो विश्वासघाती थिएन र? यस संसारमा बाँच्ने सबैलाई रोग लाग्छ, र परमेश्वरमा विश्वास नगर्ने यति धेरै मानिसहरू गम्भीर रोग र क्यान्सरबाट पीडित छन्। तैपनि, यदि मैले परमेश्वरमा विश्वास नगरेको भए मलाई यो रोग नलागेको हुन सक्थ्यो भन्ने सोचेर मैले गुनासो गरेँ। म पूर्ण रूपमा अविवेकी थिएँ! मलाई यो रोग लागेको थियो, तैपनि मैले परमेश्वरलाई प्रार्थना गरेँ, र उहाँले मलाई उहाँका वचनहरूद्वारा अन्तर्दृष्टि दिनुभयो र मार्गदर्शन गर्नुभयो, मलाई सान्त्वना र सहयोग दिनुभयो। परमेश्वर मेरो सहारा हुनुभएपछि, मैले गैरविश्वासीहरू भन्दा धेरै खुसी महसुस गरेँ। यसबाहेक, म एक सृजित प्राणी हुँ। परमेश्वरले मलाई सृष्टि गर्नुभयो, र उहाँले मेरो जीवन फिर्ता लिनुभए पनि, मैले उहाँबारे गुनासो गर्नु हुँदैन, र परमेश्वरमा विश्वास गरेकोमा त झन् पछुतो मान्नै हुँदैन। मैले समर्पित हुनुपर्छ। त्यसपछि मैले परमेश्वरप्रति समर्पणको प्रार्थना गरेँ, र मैले धेरै सहज महसुस गरेँ। मलाई अब मर्न डर लागेन।
एउटा भेलामा, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले मलाई मेरो भ्रष्ट स्वभावबारे केही बुझाइ प्रदान गर्यो। परमेश्वर भन्नुहुन्छ: “आजका मानिसहरूसँग अय्यूबको जस्तै मानवता नभएको हुनाले, तिनीहरूको प्रकृति सार, र परमेश्वरप्रति तिनीहरूको मनोवृति कस्तो हुन्छ? के तिनीहरू परमेश्वरसित डराउँछन्? के तिनीहरू दुष्टताबाट अलग बस्छन्? जो परमेश्वरसँग डराउँदैनन् वा दुष्टताबाट अलग बस्दैनन्, तिनीहरूलाई दुई शब्दमा व्याख्या गर्न सकिन्छ: ‘परमेश्वरका शत्रुहरू’। तिमीहरूले प्रायजसो यी दुई शब्द बोल्छौ, तर कहिल्यै पनि त्यसको वास्तविक अर्थ जानेका छैनौ। ‘परमेश्वरका शत्रुहरू’ भन्ने शब्दहरूमा सार छ: यी शब्दहरूले मानिसलाई परमेश्वरले शत्रुको रूपमा हेर्नुहुन्छ भनेर भन्दैनन्, बरु मानिसले परमेश्वरलाई शत्रुको रूपमा हेर्छ भनेर भन्छन्। सर्वप्रथम, जब मानिसहरूले परमेश्वरमा विश्वास गर्न थाल्छन्, तीमध्ये कोसँग चाहिँ आफ्नै उद्देश्य, प्रेरणा र महत्त्वाकाङ्क्षाहरू हुँदैनन्? तिनीहरूको एक भागले परमेश्वरको अस्तित्वमा विश्वास गर्ने र उहाँको अस्तित्वलाई देख्ने भए पनि, उहाँमाथिको तिनीहरूको विश्वासमा अझै पनि ती अभिप्रायहरू हुन्छन्, र उहाँमा विश्वास गर्नुको तिनीहरूको अन्तिम लक्ष्य उहाँको आशिष् र आफूले चाहेको कुरा प्राप्त गर्नु रहेको हुन्छ। मानिसहरूले जीवन अनुभवहरू गर्ने क्रममा प्रायजसो मनमनै सोच्ने गर्छन्: ‘मैले परमेश्वरका लागि आफ्नो परिवार र जागिर छोडेको छु, तर उहाँले चाहिँ मलाई के दिनुभएको छ र? मैले यसमा थप्नुपर्छ, र यसलाई पुष्टि गर्नुपर्छ—के मैले हालसालै कुनै आशिष् पाएको छु र? यस समयमा मैले धेरै थोक दिएको छु, धेरै दौडधूप गरेको छु, र धेरै दुःख भोगेको छु—के त्यसको सट्टामा परमेश्वरले मेरो लागि कुनै प्रतिज्ञा गर्नुभएको छ? के उहाँले मेरा असल कामहरू याद गर्नुभएको छ? मेरो अन्त्य कस्तो हुनेछ? के म परमेश्वरको आशिष् पाउन सक्छु? …’ प्रत्येक व्यक्तिले निरन्तर आफ्नो हृदयभित्र यस्तो हिसाबकिताब गर्ने गर्छ, र तिनीहरूले आफ्ना अभिप्राय, महत्त्वाकाङ्क्षा र लेनदेनको मानसिकताले भरिएका मागहरू परमेश्वरसँग गर्छन्। भन्नुको अर्थ, मानिसले आफ्नो हृदयमा निरन्तर परमेश्वरको जाँच गरिरहेको हुन्छ, परमेश्वरबारे निरन्तर योजनाहरू बनाइरहेको हुन्छ, उसको आफ्नै व्यक्तिगत परिणामका लागि निरन्तर परमेश्वरसँग बहस गरिरहेको हुन्छ, र परमेश्वरबाट अभिव्यक्ति निकाल्ने र उसले चाहेको कुरा परमेश्वरले दिन सक्नुहुन्छ कि सक्नुहुन्न भनी हेर्ने कोसिस गरिरहेको हुन्छ। परमेश्वरको पछि लाग्ने क्रममा, मानिसले परमेश्वरलाई परमेश्वरजस्तो व्यवहार गर्दैन। मानिसले जहिले पनि उहाँसँग सौदाबाजी गर्ने कोसिस गरेको छ, निरन्तर उहाँसँग मागहरू गरेको छ, र उसलाई औँलो दिँदा डुँडुलो निल्ने कोसिस गर्दै हरेक पाइलामा उहाँलाई दबाब दिएको छ। मानिसले परमेश्वरसँग सौदाबाजी गर्ने क्रममा उहाँसँग तर्क पनि गर्ने गर्छ, र कति मानिसहरू त यस्ता पनि छन्, जो आफूमाथि परीक्षाहरू आइलाग्दा वा आफूले कुनै विशेष परिस्थितिको सामना गर्नुपर्दा, आफ्नो काममा कमजोर, नकारात्मक र सुस्त हुन्छन्, र परमेश्वरबारे गुनासैगुनासो गर्छन्। मानिसले पहिलोपटक परमेश्वरमा विश्वास गर्न थालेको समयदेखि नै उसले परमेश्वरलाई प्रशस्तताको स्रोत, र बहु-उपयोगी औजार ठानेको छ, र उसले आफूलाई परमेश्वरको सबैभन्दा ठूलो ऋणदाता ठानेको छ, मानौँ परमेश्वरबाट आशिष् र प्रतिज्ञाहरू प्राप्त गर्न खोज्नु उसको जन्मजात अधिकार र दायित्व हो, जबकि परमेश्वरले पूरा गर्नुपर्ने जिम्मेवारीहरू चाहिँ मानिसको सुरक्षा गर्नु, ख्याल गर्नु, अनि उसका निम्ति आपूर्ति गरिदिनु हुन्। ‘परमेश्वरमाथिको विश्वास’ बारे उहाँमा विश्वास गर्नेहरू सबैको आधारभूत बुझाइ यस्तै छ, र परमेश्वरमाथिको विश्वासको अवधारणाबारे तिनीहरूको सबैभन्दा गहन बुझाइ पनि यस्तै छ। मानिसको प्रकृति सारदेखि उसको व्यक्तिपरक पछ्याइसम्म, कुनै कुरा पनि परमेश्वरको डरसँग सम्बन्धित छैन। परमेश्वरमा विश्वास गर्ने मानिसको उद्देश्य कुनै पनि हालतमा परमेश्वरको आराधनासँग सम्बन्धित हुन सक्दैन। भन्नुको अर्थ, परमेश्वरमाथिको विश्वासले उहाँको डर मान्ने र आराधना गर्ने माग गर्छ भन्ने कुरा मानिसले न त कहिल्यै ख्याल गरेको छ, न त बुझेको नै छ। यस्ता अवस्थाहरूलाई विचार गर्दा, मानिसको सार स्पष्ट हुन्छ। यो सार के हो त? यो यही हो कि, मानिसको हृदय दुर्भावपूर्ण, कुटिल, र छली छ, यसले निष्पक्षता र धार्मिकता र सकारात्मक कुरा मन पराउँदैन, र यो घृणित र लोभी छ। मानिसको हृदय परमेश्वरप्रति योभन्दा बढी बन्द हुन सक्दैन; उसले त्यो हृदय परमेश्वरलाई पटक्कै दिएको छैन। परमेश्वरले मानिसको साँचो हृदय कहिल्यै देख्नुभएको छैन, न त कहिल्यै मानिसद्वारा उहाँको आराधना नै गरिएको छ। परमेश्वरले जति नै ठूलो मूल्य तिर्नुभए पनि वा जति नै धेरै काम गर्नुभए पनि, वा मानिसका निम्ति जति नै धेरै प्रबन्ध गर्नुभए पनि, मानिस अन्धो नै रहन्छ र ती सबैप्रति पूर्ण रूपमा उदासीन रहन्छ। मानिसले आफ्नो हृदय परमेश्वरलाई कहिल्यै दिएको छैन, उसले केवल आफ्नो हृदयलाई आफै नियन्त्रित गर्न, र आफ्नै निर्णयहरू गर्न चाहन्छ—यसको अर्थ के हो भने, मानिस परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्ग पछ्याउन, वा परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन चाहँदैन, न त ऊ परमेश्वरलाई परमेश्वरका रूपमा आराधना गर्न नै चाहन्छ। आज मानिसको स्थिति यस्तै छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २)। परमेश्वरले उहाँसँग कारोबार गर्न खोज्नका लागि उहाँमा विश्वास गर्ने मानिसहरूका अभिप्राय र तरिकाहरू खुलासा गर्नुभयो। परमेश्वरले यी मानिसहरूको सार घृणास्पद, लोभी, विश्वासघाती, र छली हुन्छ भनेर भन्नुहुन्छ। परमेश्वरका वचनहरूको स्वर र शब्दावलीबाट यस प्रकारका मानिसहरूप्रति घृणा र तिरस्कार पोखिन्छ, र मैले परमेश्वरको धार्मिकता र पवित्रता महसुस गरेँ। मैले उहाँप्रति तिनीहरूले गर्ने व्यवहारलाई मेरो आफ्नै व्यवहारसँग तुलना गर्दा, मैले पनि उहाँलाई त्यसरी नै व्यवहार गरेको पाएँ। जब मैले आखिरी दिनहरूमा, परमेश्वर यो युगलाई समाप्त गर्न काम गर्न आउनुभएको छ, र परमेश्वरद्वारा मुक्ति पाएकाहरू बाँच्न सक्नेछन् र तिनीहरूले राज्यमा प्रवेश गरी अनन्त आशिष्हरू प्राप्त गर्नेछन् भन्ने थाहा पाएँ, तब मैले परमेश्वरले मानिसलाई दिनुहुने आशिष्हरू दिलोज्यानले प्राप्त गर्न चाहेँ, त्यसैले मैले परमेश्वरमा विश्वास गर्ने निर्णय गरेँ। मैले परमेश्वरमा विश्वास गर्न थालेपछि, म जोसका साथ पछ्याइमा लागेँ, र एक वर्षभित्रमै मैले पूर्णकालीन कर्तव्य पूरा गर्न थालेँ। धेरै कठिनाइहरूका बाबजुद म सम्पादनको कर्तव्य निर्वाह गर्नबाट पछि हटिनँ, र मैले धेरै मेहनत लगाएर व्यावसायिक सीपहरू सिक्न पहल गरेँ। मैले म आफ्नो कर्तव्य निर्वाह गर्न यति सक्रिय भएकोले, परमेश्वरले मलाई अवश्य मन पराउनुहुन्छ र मेरो अनुमोदन गर्नुहुन्छ, र भविष्यमा म आशिषित् हुने राम्रो आशा हुनेछ भन्ने सोचेँ। जब मलाई सक्रिय हेपाटाइटिस बी भएको पत्ता लाग्यो, तब मैले हृदयमा परमेश्वरबारे गुनासो गरेँ, र आफ्नो कर्तव्य निर्वाह गर्न म यति सक्रिय भएकोले परमेश्वरले मलाई बिरामी हुन दिनु हुँदैनथियो भन्ने सोचेँ। मैले यदि म निको हुन घर गएँ भने, मैले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेछैनँ र भविष्यमा आशिष्हरू प्राप्त गर्नेछैनँ भन्ने सोचेँ, त्यसैले मलाई अत्यन्तै दुखी महसुस भयो। घर फर्केपछि, मैले मेरो रोग निको पार्न हरसम्भव प्रयास गरेँ, र परमेश्वरले मलाई चाँडै निको पार्नुहुनेछ भन्ने आशा गरेँ। जब मेरो अवस्था सुधार भएन बरु झन् बिग्रियो, तब म अत्यन्तै आत्तिएँ र निराश भएँ। मलाई अब प्रार्थना गर्ने, परमेश्वरका वचनहरू खाने र पिउने, वा सम्पादन विधिहरू सिक्ने चाहना भएन, र नकारात्मकतामा जिएँ। पछि, आफ्नो कर्तव्य निर्वाह नगरेकाले मेरो जीवन प्रगति ढिलो भएको भन्दै मैले परमेश्वरलाई झूटो प्रार्थना गरेँ। मेरो अव्यक्त आशय त यो थियो कि परमेश्वरले मेरो रोग हटाइदिनुहोस् ताकि मैले आफ्नो कर्तव्य निर्वाह गर्न जारी राख्न सकूँ। वास्तवमा, मैले बाहिर गएर आफ्नो कर्तव्य निर्वाह गर्न चाहेको परमेश्वरलाई सन्तुष्ट पार्न होइन, बरु मेरो आफ्नै भविष्यको गन्तव्यको खातिर थियो। म यदि मैले आफ्नो कर्तव्य पूरा गर्न सकिनँ भने, मैले राम्रो गन्तव्य पाउनेछैन भनेर डराएको थिएँ, तर जब मैले परमेश्वरलाई प्रार्थना गरेँ, मैले भनेँ कि मैले आफ्नो कर्तव्य निर्वाह गर्न चाहेको सत्यता पछ्याउन र उहाँलाई सन्तुष्ट पार्नका लागि हो। के मैले खुल्लमखुल्ला परमेश्वरलाई झुक्याउन खोजिरहेको थिइनँ र? मैले परमेश्वरमा विश्वास गर्नु र आफ्नो कर्तव्य पूरा गर्नुमा मेरो अभिप्राय उहाँबाट आशिष् र फाइदाहरू प्राप्त गर्नु मात्रै थियो भन्ने देखेँ। मैले केवल उहाँसँग कारोबार र मागहरू गर्न खोजेको थिएँ, र ममा बिलकुलै सच्चाइ थिएन। मलाई परमेश्वरले सृष्टि गर्नुभएको हो, र मसँग भएको सबै कुरा परमेश्वरबाटै आउने हो। मैले परमेश्वरको मुक्ति स्वीकार गर्ने सौभाग्य पाएँ—यो सबै परमेश्वरको प्रेम हो—तर ममा उहाँप्रति पटक्कै कृतज्ञता थिएन। मैले उहाँसँग कारोबार गर्न, उहाँलाई झुक्याउन, र उहाँलाई प्रयोग गर्न समेत खोजेँ। मसँग विवेक वा समझ पटक्कै थिएन। म अत्यन्तै घृणित थिएँ! ममा मानवता पटक्कै थिएन! यदि परमेश्वरमाथिको मेरो विश्वास उहाँसँग कारोबार गर्ने प्रयासहरूले सधैँ दूषित हुन्थ्यो भने, मैले जतिसुकै कर्तव्य पूरा गरे पनि उहाँले मेरो अनुमोदन कहिल्यै गर्नुहुने थिएन। मेरो स्वार्थी भ्रष्ट स्वभाव पटक्कै परिवर्तन भएको थिएन, र म अझै पनि स्वार्थी, नीच, दुष्ट, र छली व्यक्ति थिएँ। म त्यस्तो हुँदाहुँदै मैले कसरी मुक्ति पाउन सक्थेँ? मैले पावलले धेरै काम गरेको र धेरै दुःख भोगेको बारेमा सोचेँ। तर, उनले सत्यता पटक्कै पछ्याएनन्, र उनको भ्रष्ट स्वभाव एकरत्ती परिवर्तन भएन। उनले आफ्नो काम र खर्चलाई पूँजीका रूपमा प्रयोग गर्दै परमेश्वरबाट मुकुट समेत माग गरे, र भने, “मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:८)। आशय यो थियो कि यदि परमेश्वरले पावललाई धार्मिकताको मुकुट दिनुभएन भने, उहाँ अधर्मी हुनुहुनेछ। उनले खुल्लमखुल्ला परमेश्वरविरुद्ध नाराबाजी गरे, जसले परमेश्वरको स्वभावलाई चिढ्यायो र उनी परमेश्वरद्वारा श्रापित र दण्डित हुन पुगे। यसलाई मनन गर्दा, म डराएँ, र मैले आशिष् पछ्याउनका लागि मात्र परमेश्वरमा विश्वास गर्दा यसले गम्भीर परिणामहरू ल्याउँछन् भन्ने महसुस गरेँ। तब मात्रै मलाई यो रोग लाग्नुमा परमेश्वरको असल अभिप्राय रहेछ भनेर बुझेँ। मैले केही वर्षदेखि परमेश्वरमा विश्वास गरेको थिएँ तर कहिल्यै सत्यताको पछ्याएको थिइनँ; मैले केवल आशिष्हरू पछ्याएको र परमेश्वरसँग कारोबार गर्ने कोसिस गरेको थिएँ। परमेश्वरले मलाई गलत मार्गमा लागिरहेर बर्बाद भएको चाहनुहुन्थेन, त्यसैले उहाँले रोगलाई प्रयोग गरेर मलाई मेरो बाटोमा रोक लगाउनुभयो, आशिष्हरू पछ्याउने मेरा अशुद्ध अभिप्रायहरू प्रकट गर्नुभयो, मलाई शान्त हुन र गम्भीरतापूर्वक आत्मचिन्तन गर्न बाध्य पार्नुभयो, ताकि मैले आफ्नो पछ्याइपछाडिको गलत दृष्टिकोणलाई समयमै परिवर्तन गरूँ। यदि मलाई यो रोग नलागेको भए, मैले आफूलाई पटक्कै बुझ्न सक्ने थिइनँ। तब मात्रै मैले परमेश्वरको श्रमसाध्य अभिप्राय बुझेँ, र अचानक, परमेश्वरबारे मेरा अघिल्ला गलतफहमी र गुनासोहरू हराए। यसको सट्टा, मेरो हृदय उहाँप्रति कृतज्ञताले भरियो। भविष्यमा मेरो रोग निको होस् या नहोस्, मैले परमेश्वरसँग मागहरू राख्न मिल्दैन भनेर मैले महसुस गरेँ। बरु, मैले सही तरिकाले परमेश्वरमा विश्वास गर्नुपर्थ्यो र उहाँमा समर्पित हुनुपर्थ्यो। केही दिनपछि, मेरा बुबाले मलाई उपचारका लागि अस्पताल लैजानुभयो। मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, आज म अस्पताल जाँदा मैले के सामना गर्नुपर्छ, मलाई थाहा छैन। तर म विश्वास गर्छु कि सबै कुरामा तपाईँका असल अभिप्रायहरू छन्। मेरो अवस्था जस्तोसुकै भए पनि, म तपाईँप्रति समर्पित हुन तयार छु।” मेरो परीक्षणको नतिजा देखेर डाक्टर छक्क पर्नुभयो, र उहाँले मेरो अवस्था धेरै गम्भीर छ भन्नुभयो। मेरो कलेजोमा क्षति पुगेको थियो र मभित्र हेपाटाइटिस बी भाइरस अत्यधिक मात्रामा थियो, त्यसैले मलाई तुरुन्तै उपचार गर्नुपर्थ्यो। यो सुनेपछि, म अलिकति चिन्तित भएँ, तर मैले मेरो रोग निको हुन सक्नु वा नसक्नु परमेश्वरको हातमा छ भनेर महसुस गरिहालेँ। मैले केवल परिस्थितिलाई आफ्नै लयमा चल्न दिएर त्यसको सामना गर्नु पर्थ्यो र आफ्नो उपचार गराउनु पर्थ्यो। म भविष्यमा के हुनेछ भन्ने कुरा परमेश्वरलाई सुम्पन तयार थिएँ। यो सोच्दा, मलाई सहज महसुस भयो।
पछि, म हृदयमा प्रायजसो असहज महसुस गर्थेँ, र सोच्थेँ, “म त हरेक दिन घरमै बसिरहेको छु र आफ्नो कर्तव्य निर्वाह गर्न सक्दिनँ। के म अन्त्यमा कवाडी बन्दिनँ र? यदि म आफ्नो कर्तव्य पूरा गर्न असफल भएँ भने परमेश्वरले मेरो अनुमोदन गर्नुहुनेछैन।” मैले परमेश्वरलाई प्रार्थना गरेँ र उहाँलाई खोजेँ। एक दिन, मैले परमेश्वरका वचनहरू पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानिसको कर्तव्य र उसले आशिष्हरू पाउँछ कि दुर्भाग्य भोग्छ भन्ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। कर्तव्य भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र उसले यो कार्य क्षतिपूर्ति नखोजी, र सर्तहरू वा कारणहरू बिनै गर्नुपर्छ। यसलाई मात्रै उसले आफ्नो कर्तव्य पूरा गर्नु भनिन्छ। आशिष्हरू प्राप्त गर्नुले न्यायको अनुभव गरिसकेपछि सिद्ध पारिँदा व्यक्तिले प्राप्त गर्ने आशिष्हरूलाई जनाउँछ। दुर्भाग्य भोग्नुले सजाय र न्याय भोगिसकेपछि पनि व्यक्तिको स्वभाव परिवर्तन नहुँदा—अर्थात्, तिनीहरू सिद्ध नपारिँदा उसले पाउने दण्डलाई जनाउँछ। तर चाहे तिनीहरूले आशिष्हरू पाऊन् वा दुर्भाग्य भोगून्, सृजित प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो कर्तव्य पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम कार्य यही हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारी परमेश्वरको सेवकाइ र मानिसको कर्तव्य बीचको भिन्नता)। “यदि, परमेश्वरमाथिको तेरो विश्वासमा र सत्यको खोजीमा, तँ यसो भन्न सक्छस् भने, ‘परमेश्वरले ममाथि जुनसुकै बिमारी वा मन नपर्ने घटना आउन दिनुभए पनि—परमेश्वरले चाहे जे नै गर्नुभए पनि—मैले समर्पणता देखाउनैपर्छ, र सृष्टि गरिएको एक प्राणीको रूपमा मेरो ठाउँमा रहनुपर्छ। सबै कुराभन्दा पहिले, मैले सत्यको यो पक्ष—समर्पणता—लाई व्यवहारमा उतार्नैपर्छ, मैले यसलाई लागू गर्नैपर्छ र परमेश्वरप्रतिको समर्पणताको वास्तविकतामा जिउनुपर्छ। यसबाहेक, परमेश्वरले मलाई आज्ञा गर्नुभएको कुरा र मैले गर्नुपर्ने कर्तव्यलाई मैले पन्साउनुहुँदैन। मेरो अन्तिम सासमा पनि, म आफ्नो कर्तव्यमा दृढ हुनैपर्छ,’ के यो गवाही दिनु होइन र? जब तँसँग यस्तो सङ्कल्प र यस्तो स्थिति हुन्छ, के तैँले अझै पनि परमेश्वरको बारेमा गुनासो गर्न सक्छस्? अहँ, सक्दैनस्। त्यस्तो बेला, तैँले मनमनै विचार गर्नेछस्, ‘परमेश्वरले मलाई यो सास दिनुहुन्छ, उहाँले मलाई यतिका वर्षदेखि भरणपोषण र सुरक्षा गर्दै आउनुभएको छ, मबाट धेरै पीडा हटाउनुभएको छ, मलाई धेरै अनुग्रह, र धेरै सत्यताहरू दिनुभएको छ। मानिसहरूले पुस्तौँ-पुस्तादेखि नजानेका सत्यता र रहस्यहरू मैले बुझेको छु। मैले परमेश्वरबाट धेरै कुरा प्राप्त गरेको छु, त्यसकारण मैले परमेश्वरको ऋण तिर्नैपर्छ! पहिले, मेरो कद अत्यन्तै सानो थियो, मैले केही पनि बुझेको थिइन, र मैले गर्ने हरेक कुरा परमेश्वरलाई चोट पुर्याउने किसिमका थिए। मैले भविष्यमा परमेश्वरको ऋण तिर्नको लागि अर्को मौका नपाउन सक्छु। मेरो जिउने समय जति नै बाँकी भएको भए पनि, मैले आफूसँग भएको थोरै शक्ति लगाएर परमेश्वरको लागि आफूले सक्दो गर्नुपर्छ, ताकि मेरो लागि यतिका वर्षसम्म गरिएको भरणपोषण व्यर्थमा गएन, यसले फल फलायो भन्ने कुरा परमेश्वरले देख्न सक्नुहोस्। म परमेश्वरलाई चैन दिन चाहन्छु, र अबउप्रान्त उहाँलाई चोट पुर्याउने वा निराशा तुल्याउने काम गर्नेछैन।’ यसरी विचार गर्दा कसो होला? आफूलाई कसरी बचाउने वा कसरी उम्कने भनेर यस्तो विचार नगर्, ‘यो रोग कहिले निको हुन्छ? जब यो निको हुन्छ, म मेरो कर्तव्य निर्वाह गर्न सक्दो प्रयास गर्नेछु र अर्पित हुनेछु। म बिरामी हुँदा कसरी अर्पित हुन सक्छु र? मैले कसरी सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सक्छु र?’ जबसम्म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, के तँ आफ्नो कर्तव्य पूरा गर्न सक्दैनस् र? जबसम्म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, के तँ परमेश्वरलाई लज्जित नपार्न सक्दैनस् र? जबसम्म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, जबसम्म तेरो मन स्पष्ट हुन्छ, के तँ परमेश्वरलाई गनगन नगरी बस्न सक्छस्? (सक्छु।)” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरू बारम्बार पढेर अनि सत्यता मनन गरेर मात्र पछ्याउने मार्ग प्राप्त गर्न सकिन्छ)। परमेश्वरका वचनहरू पढेपछि, मेरो हृदय उज्यालो भयो, र मैले बुझेँ कि आशिषित् हुनु वा दुर्भाग्य भोग्नुसँग हाम्रो कर्तव्यको कुनै सम्बन्ध छैन। आफ्नो कर्तव्य निर्वाह गर्नु सृजित प्राणीका रूपमा हाम्रो जिम्मेवारी र मिसन हो; यो हामीले गर्नैपर्ने कुरा हो। मेरो धारणामा, मैले विश्वास गरेको थिएँ कि यदि मैले धेरै कर्तव्यहरू पूरा गरेँ भने, मैले अन्ततः परमेश्वरबाट आशिष्हरू प्राप्त गर्नेछु। मैले यो गैरविश्वासीहरूले आफ्नो मालिकका लागि काम गरेजस्तै हो भन्ने सोचेँ: तिनीहरूले जति बढी काम गर्छन्, त्यति नै बढी तलब पाउँछन्। वास्तवमा, हामीले आफ्नो कर्तव्य निर्वाह गरेसम्म र धेरै कर्तव्य पूरा गरेसम्म, परमेश्वरले हामीलाई अनुमोदन गर्ने र आशिष् दिने भनेर उहाँले कहिल्यै भन्नुभएको छैन। यो पूर्ण रूपमा मेरा धारणा र कल्पनाहरूमा आधारित थियो, र सत्यताअनुरूप बिलकुलै थिएन। आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको हामीले परमेश्वरमा विश्वास गर्दा सत्यता पछ्याउने र मुक्ति पाउने एउटा तरिका हो। यदि हामी आफ्नो कर्तव्य निर्वाह गर्छौँ तर सत्यता पछ्याउँदैनौँ, गलत मार्गमा हिँड्छौँ, र हाम्रा भ्रष्ट स्वभावहरूमा कुनै परिवर्तन आएको छैन भने, हामीले जतिसुकै कर्तव्यहरू पूरा गरे पनि, परमेश्वरले हामीलाई कहिल्यै अनुमोदन गर्नुहुनेछैन। उदाहरणका लागि, मैले केही वर्षदेखि परमेश्वरमा विश्वास गरेको थिएँ, र यो समयभरि मण्डलीमा कर्तव्य निर्वाह गर्दै आएको थिएँ। यद्यपि, मैले मेरो भ्रष्ट स्वभावलाई समाधान गर्न परमेश्वरका वचनहरू खाने र पिउने कुरामा पटक्कै ध्यान दिइनँ। आफ्नो कर्तव्य निर्वाह गर्नुमा मेरो अभिप्राय सधैँ परमेश्वरबाट आशिष्हरू प्राप्त गर्नु थियो, र मेरो स्वार्थी र लोभी भ्रष्ट स्वभाव पटक्कै परिवर्तन भएको थिएन। जब ममाथि रोग आइलाग्यो र मेरो जीवन खतरामा पर्यो, तब मैले परमेश्वरबारे गनगन र गुनासो नगरी बस्नै सकिनँ। के यो परमेश्वरविरुद्ध विद्रोह र प्रतिरोध गर्नु थिएन र? यदि मैले अझै सत्यता पछ्याइनँ भने, अन्ततः मेरो स्वभाव परिवर्तन हुनेथिएन, मैले परमेश्वरप्रति कुनै साँचो समर्पण वा डर पटक्कै देखाउनेथिइनँ र मैले कुनै गवाही दिनेथिइनँ। त्यस अवस्थामा, मैले जतिसुकै मेहनत लगाए पनि वा जतिसुकै कर्तव्यहरू पूरा गरे पनि, त्यो सबै व्यर्थ हुनेथियो र मैले मुक्ति पाउन सक्नेथिइनँ। मैले अय्यूबका बारेमा सोचेँ। उनको युगमा, परमेश्वरले धेरै काम गर्नुहुन्नथ्यो, न त उहाँले मानिसलाई नै धेरै सुम्पनुहुन्थ्यो। अय्यूबको जीवन मुख्यतया गोठाला गर्दै बित्यो, तर उनको हृदयमा परमेश्वरको निम्ति ठाउँ थियो; उनमा परमेश्वरको डर मान्ने हृदय थियो। आफ्नो जीवनमा, उनले प्रायजसो परमेश्वरको अभिप्राय खोजे र परमेश्वरलाई चिढ्याउने कुनै काम कहिल्यै गरेनन्। आफूमाथि परीक्षाहरू आइपर्दा र आफ्नो सम्पत्ति र छोराछोरी गुम्दा पनि, र उनको शरीर सहनै नसकिने पीडादायी खटिराहरूले ढाकिँदा पनि, उनले परमेश्वरबारे कहिल्यै गुनासो गरेनन्। उनी अझै पनि परमेश्वरमा समर्पित हुन र उहाँको नामको प्रशंसा गर्न सक्षम थिए। अय्यूबको खास जियाइ शैतानमाथि परमेश्वरको विजयको गवाही बन्यो, र उनले परमेश्वरको अनुमोदन प्राप्त गरे। म अब कुनै कर्तव्य पूरा गर्न सक्दिनँ र हटाइनेछु भनेर म सधैँ डराइरहन्थेँ। यो मेरो धारणा थियो। मैले पूरा गर्न सक्ने कर्तव्यहरू मेरो रोगको कारणले गर्दा सीमित थिए। परमेश्वर मेरो अवस्थाबारे पूर्ण रूपमा सचेत हुनुहुन्थ्यो। उदाहरणका लागि, कतिपय ब्रदर-सिस्टरहरू जेलमा भएकाले उनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन्, तर परमेश्वरले तिनीहरूलाई अनुमोदन गर्दिनँ भनेर कहिल्यै भन्नुभएको छैन। परमेश्वरले मानिसहरूलाई तिनीहरूले कतिवटा कर्तव्य पूरा गर्छन् भन्ने आधारमा मापन गर्नुहुन्न; बरु, उहाँले तिनीहरू कस्तो मार्गमा हिँड्छन् र तिनीहरूको भ्रष्ट स्वभाव परिवर्तन हुन्छ कि हुँदैन भन्ने कुरा हेर्नुहुन्छ। अहिले, परमेश्वरले मेरो लागि बन्दोबस्त गर्नुभएको वातावरण घरमै उहाँको काम अनुभव गर्नको लागि थियो, र मैले स्वीकार गर्नुपर्छ र समर्पित हुनुपर्छ, परमेश्वरका वचनहरू खाने र पिउने र सत्यता पछ्याउने कुरामा ध्यान दिनुपर्छ। मैले गर्नुपर्ने यही नै हो। मैले परमेश्वरका वचनहरूको यो विशेष खण्ड पढेँ: “आफूलाई कसरी बचाउने वा कसरी उम्कने भनेर यस्तो विचार नगर्, ‘यो रोग कहिले निको हुन्छ? जब यो निको हुन्छ, म मेरो कर्तव्य निर्वाह गर्न सक्दो प्रयास गर्नेछु र अर्पित हुनेछु। म बिरामी हुँदा कसरी अर्पित हुन सक्छु र? मैले कसरी सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सक्छु र?’ जबसम्म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, के तँ आफ्नो कर्तव्य पूरा गर्न सक्दैनस् र? जबसम्म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, के तँ परमेश्वरलाई लज्जित नपार्न सक्दैनस् र? जबसम्म तँसँग एक मुठ्ठी सास बाँकी हुन्छ, जबसम्म तेरो मन स्पष्ट हुन्छ, के तँ परमेश्वरलाई गनगन नगरी बस्न सक्छस्?” परमेश्वरका वचनहरूबाट मैले बुझेँ कि परमेश्वरले हामीलाई आफ्नो कर्तव्य पूरा गर्न लगाउँदा, यसले सत्यता अभ्यास गर्नु र उहाँको गवाही दिनुलाई जनाउँछ। उहाँ मानिसहरूले उहाँका लागि परिश्रम गरून् भन्ने चाहनुहुन्न। यदि मेरो रोग कहिल्यै निको भएन र मैले फेरि कहिल्यै बाहिर गएर आफ्नो कर्तव्य निर्वाह गर्न सकिनँ भने पनि, यदि मैले आशिष्हरू प्राप्त गर्ने मेरो अभिप्राय त्याग्न, परमेश्वरसँग कारोबार गर्ने प्रयास गर्न छोड्न, र मैले आशिष् वा दुर्भाग्य जे पाए पनि स्वेच्छाले उहाँमा समर्पित हुन सकेँ भने, यो पनि मैले परमेश्वरसामु पूरा गर्नुपर्ने कर्तव्य नै हो। भविष्यमा मेरो रोगले जुन रूप लिए पनि, मैले फेरि बाहिर गएर आफ्नो कर्तव्य निर्वाह गर्न सके पनि नसके पनि, वा परमेश्वरले मेरो लागि जस्तोसुकै वातावरण बन्दोबस्त गर्नुभए पनि, मैले गम्भीरतापूर्वक परमेश्वरमा विश्वास गर्न र सत्यता पछ्याउन जारी राख्नैपर्छ। जब मैले यो कुरा बुझेँ, मेरो हृदय साँच्चै उज्यालो भयो, र मैले अब मेरो रोग निको हुन्छ कि हुँदैन भनेर चिन्ता गर्नै छोडेँ। त्यो अनुभूति भारी साङ्लाहरू फुकालेर फालेपछिको छुटकारा र हल्कापन जस्तो थियो।
त्यसपछि, मैले हरेक दिन आफ्नो लागि योजना बनाएँ। मैले उपासना गरेँ, परमेश्वरका वचनहरू खाएँ र पिएँ, भजनहरू गाएँ, र सम्पादन विधिहरू सिकेँ, र निकै परिपूर्ण जीवन जिएँ। पछि, मैले सुसमाचार प्रचार गर्नका लागि प्रवचनहरू लेख्ने अभ्यास पनि गरेँ। थाहै नपाई, मैले मेरो रोगको बारेमा बिर्सिसकेको थिएँ, र कहिलेकाहीँ बिहान उठ्दा मैले औषधि खान समेत बिर्सेको थिएँ। चाँडै एक महिना बित्यो, र फेरि जाँच गराउने समय आयो। म अब चिन्तित थिइनँ, र मैले मेरो रोग निको हुने आशा गर्न पनि छोडेँ; मलाई थाहा थियो कि यो निको भए पनि वा नभए पनि मैले सिक्नुपर्ने पाठहरू छन्। मैले चुपचाप परमेश्वरलाई प्रार्थना गरेँ र शान्त रूपमा जाँच गराएँ। जब म परीक्षणको रिपोर्ट लिन गएँ, मैले मेरो ट्रान्सएमिनेज घटेर ३४ U/L पुगेको देखेँ! मलाई मैले कतै गलत त पढिनँ भन्ने लाग्यो, त्यसैले मैले फेरि ध्यानपूर्वक पढेँ। त्यो साँच्चै ३४ U/L नै थियो! मेरो कलेजो सामान्य अवस्थामा फर्केको थियो, र मेरो हेपाटाइटिस बी भाइरस पनि घटेर सामान्य तहमा पुगेको थियो। अस्पतालबाट बाहिर ननिस्केसम्म मैले विश्वास गर्नै सकिनँ; यो एउटा सपना जस्तै लाग्यो। यही महिना मैले सबैभन्दा अनियमित रूपमा औषधी खाएको थिएँ। कहिलेकाहीँ त मैले लगातार दुई दिनसम्म पनि औषधी खान बिर्सेको थिएँ, तर मेरो रोग मैले थाहै नपाई निको भएको थियो। मैले मेरो हृदयमा पुष्टि गरेँ कि यो परमेश्वरको कार्य थियो। मैले परमेश्वरका वचनहरू सम्झेँ: “मानिसको हृदय र आत्मा परमेश्वरको पकडभित्र हुन्छन्, र उसको जीवनको सबै थोकमा परमेश्वरले नजर राख्नुहुन्छ। तैँले यो सब कुरामा विश्वास गरे वा नगरे पनि, कुनै पनि थोक र यावत् थोक, चाहे त्यो सजीव वा निर्जीव होस्, परमेश्वरका विचारअनुसार सर्नेछन्, परिवर्तन हुनेछन्, नवीकरण हुनेछन् र लोप हुनेछन्। परमेश्वरले यसरी यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ कि, चाहे ती जीवित हुन् वा मृत, सबै कुरा परमेश्वरकै हातमा छन्, र ती सबै परमेश्वरका सोचहरूअनुसार परिवर्तन हुन्छन्। ती अरू कुनै कारकहरूबाट प्रभावित हुँदैनन्। यो परमेश्वरको अख्तियार हो। उदाहरणका लागि, मेरो रोग निको हुन सक्नु वा नसक्नु परमेश्वरको हातको कुरा थियो। जब म गलत स्थितिमा जिइरहेको थिएँ, मैले जसरी मेरो रोगको उपचार गरे पनि, त्यो झन् खराब मात्र बन्यो र कहिल्यै सुधार भएन। तर, जब मैले आफूबारे केही बुझाइ प्राप्त गरेँ र मेरो स्थिति केही हदसम्म परिवर्तन भयो, मैले औषधी अनियमित रूपमा खाए पनि म छिट्टै निको भएँ। परमेश्वर अत्यन्तै सर्वशक्तिमान् हुनुहुन्छ, र उहाँका कार्यहरू अति चमत्कारी छन्! मैले हृदयको गहिराइबाट नै परमेश्वरको प्रशंसा गरेँ। यो रोग लगभग एक वर्षसम्म रहिरह्यो, र मैले त्यस समयमा धेरै कष्ट भोगेँ। यद्यपि, यो अनुभवमार्फत मैले परमेश्वरको अख्तियारबारे केही बुझाइ प्राप्त गरेँ र परमेश्वरमाथि मेरो विश्वास बढ्यो, त्यसैले मैले यो रोग लाग्नु सार्थक भयो भन्ने महसुस गरेँ!
यो रोगमार्फत, मैले परमेश्वरमाथिको मेरो विश्वासमा आशिष् पछ्याउने मेरा आफ्नै अशुद्ध अभिप्रायहरू बुझेँ, र मैले मेरो आफ्नै कुरूप पक्ष पनि स्पष्ट रूपमा देखेँ: म स्वार्थी र नीच थिएँ। मैले देखेँ कि परमेश्वरले गर्नुभएको सबै कुराको उद्देश्य मलाई शुद्ध पार्नु, मलाई परमेश्वरमाथिको विश्वासको सही मार्गमा डोऱ्याउनु, र मलाई मानवता र समझसहित जिउन लगाउनु हो। यो रोगले परमेश्वरमाथिको मेरो विश्वासको मार्गमा एउटा मोड ल्यायो। मलाई यो रोग लाग्नु परमेश्वरको आशिष् हो भन्ने साँच्चै अनुभव भयो, र म हृदयको गहिराइबाट परमेश्वरलाई धन्यवाद दिन्छु! यदि मैले यो रोगमार्फत शोधन नभोगेको भए, मैले परमेश्वरमाथिको मेरो विश्वासमा रहेका अशुद्धताहरू बुझ्ने थिइनँ; मैले सृजित प्राणीका रूपमा साँच्चिकै आफ्नो कर्तव्य पूरा गर्नुको अर्थ के हो भन्ने कुरा त झन् बुझ्ने थिइनँ। यही रोगमार्फत परमेश्वरले मलाई मुक्ति दिनुभयो र उहाँमाथिको मेरो विश्वासमा ठीक समयमै महत्त्वपूर्ण मोड ल्याउनुभयो। मैले अन्ततः मलाई यो रोग लाग्नु खासमा मलाई परमेश्वरको आशिष् प्राप्त भएको हो भन्ने अनुभव गरेँ। म हृदयको गहिराइबाट परमेश्वरलाई धन्यवाद दिन्छु!