६६. मैले आफ्नो साँचो भविष्य भेट्टाएँ

लिन चिङ, चीन

मेरो जन्म एउटा साधारण किसान परिवारमा भएको थियो। मेरा आमाबुबा अशिक्षित हुनुहुन्थ्यो र उहाँहरूले शारीरिक श्रम गरेर नै हाम्रो परिवार पाल्नुहुन्थ्यो। हामी एकदम गरिब थियौँ। म जन्मिँदा मेरा आमाबुबा चालिस पुगिसक्नुभएको थियो, र उहाँहरूले आफ्ना सबै अपेक्षा ममाथि राख्नुभएको थियो। मेरा आमाबुबाले मलाई सधैँ यसो भन्दै मार्गदर्शन गर्नुहुन्थ्यो, “हामीले त साउँ अक्षर मात्र चिनेका छौँ र बाहिर हड्डी घोटेर जीवन बिताउँछौँ। हामीले जीवनभर सङ्घर्ष गरेका छौँ, तर हामीसित कुनै सम्भावना छैन। तैँले चाहिँ कडा मिहिनेत गरी पढेर भविष्यमा राम्रो जागिर पाउनैपर्छ, ताकि तँ घामपानीमा नडरी-नभिजी, खान-लाउनको कुनै चिन्ताविना अफिसमा बस्न सकेस्। हामी पनि तेरो गौरवमा रमाउन सक्नेछौँ।” शिक्षकहरूले पनि प्रायः हामीलाई “ज्ञानले तिम्रो भाग्य बदल्न सक्छ” र “अब्बल हुनका लागि ठूलो कष्ट सहनुपर्छ” भनेर सिकाउनुहुन्थ्यो। म यी भनाइहरूको सिकाइने प्रभावहरूअन्तर्गत हुर्किएँ। विशेष गरी, जब मैले शैक्षिक सफलता र ख्याति हासिल गरेका मानिसहरूलाई देखेँ, जसलाई जहाँ गए पनि प्रशंसा गरिन्थ्यो, र ठूलो प्रतिष्ठा पाउँथे, तब म ज्ञानले नै राम्रो भविष्यतिर डोऱ्याउँछ जहाँ म अझ राम्रो भौतिक जीवन र प्रशंसा पाउँछु भनेर झनै विश्वस्त बनेँ। मैले भविष्यमा निश्चय नै राम्रो विश्वविद्यालयमा भर्ना हुनेछु र सम्मानित जागिर खानेछु भनेर मनमनै सङ्कल्प गरेँ। त्यसरी, म आफ्ना आमाबुबालाई राम्रो जीवन जिउन मद्दत गर्नेथिएँ अनि आफन्त र छिमेकीहरूलाई हाम्रो परिवारलाई नयाँ नजरले हेर्ने बनाउनेथिएँ।

स्कूलमा छँदा म आफ्नो सारा समय र ऊर्जा पढाइमा लगाउँथेँ: बिदाको समयमा अरूहरू रमाइलो गरिरहँदा, म चाहिँ किताब पढ्थेँ र गृहकार्य गर्थेँ। हाइस्कुलको अन्तिम वर्ष मेरा लागि सबैभन्दा व्यस्त समय थियो, र मैले आफ्नो सम्पूर्ण ऊर्जा विश्वविद्यालय प्रवेश परीक्षाको तयारीमा समर्पित गरेँ। तर, विश्वविद्यालय प्रवेश परीक्षामा मेरो नतिजा राम्रो भएन, र म एकदमै निराश भएँ। म आफ्नो जीवन भर्खरै सुरु हुँदै गर्दा त्यसलाई पतनतर्फ जान दिन सक्दिनथेँ। मेरो परिवारसँग पैसा र प्रभाव थिएन, त्यसैले यदि म भविष्यमा राम्रो जीवन पाउन र सम्मानित हुन चाहन्थेँ भने, मेरो एकमात्र विकल्प राम्रो विश्वविद्यालयमा भर्ना हुनु थियो। त्यसैले, मैले कक्षा दोहोर्‍याउने निर्णय गरेँ। त्यसपछि, मैले पहिलेभन्दा अझ कडा मिहिनेत गरेर पढेँ। म मेरा प्रतिभाशाली सहपाठीहरूजस्तो स्मार्ट नभए पनि, म तिनीहरूभन्दा बढी सङ्कल्पित हुनुपर्थ्यो। म आफूलाई प्रेरित गर्न प्रायः “ढिलो उड्ने चरा पहिले उड्नैपर्छ” र “स्वर्गले कडा परिश्रमको इनाम दिन्छ” भन्ने भनाइहरू प्रयोग गर्थेँ। समय बचाउनका लागि, म सप्ताहन्तमा घर जाँदिनथेँ, र पढ्नका लागि स्कूलमै बस्थेँ। जबजब मसँग समय हुन्थ्यो, तबतब म कठिन नमुना प्रश्नहरू हल गर्थेँ। कहिल्यैकाहीँ, दिउँसो ती सकाउन सकिनँ भने, म तिनलाई होस्टेलमा लान्थेँ र सिरकभित्र टर्च बालेर ती गरिरहन्थेँ। मेरो नजिकको देख्ने क्षमता कमजोर भएको भए पनि, मैले वास्ता गरिनँ। हरेक दिन मेरो हृदय तनावग्रस्त हुन्थ्यो, म परीक्षामा राम्रो गर्दिनँ कि र आफ्नो नियति बदल्ने मौका गुमाउँछु कि भनेर डराउँथेँ। सन् २०१४ मा, म विश्वविद्यालयमा भर्ना भएँ र आफूले चाहेको मुख्य विषय रोज्न पाएँ। त्यो क्षण, ममा आफ्नो भविष्यप्रति पूर्ण आशा थियो, र यसपालि मेरो मेहनत खेर गएन भन्ने मलाई लाग्यो। यदि मैले निरन्तर कडा मिहिनेत गरेर पढेकी र स्नातकपछि सम्मानित जागिर पाएकी भए, मेरा परिवारका ठुलाहरूले मलाई मैले राम्रा सम्भावनाहरू पाएकीमा निश्चय नै प्रशंसा गर्नेथिए।

मैले विश्वविद्यालय सुरु गरेको वर्ष, मेरी फुपुले मलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार प्रचार गर्नुभयो, र मैले मण्डली जीवन जिउन थालेँ। भेलाहरूमार्फत, मैले स्वर्ग र पृथ्वी अनि यावत् थोक परमेश्‍वरले नै सृष्टि गर्नुभएको हो, र परमेश्‍वर ती सबै कुरामाथि सार्वभौम हुनुहुन्छ र तिनलाई नियन्त्रण गर्नुहुन्छ भनेर बुझेँ। मानिसहरूलाई शैतानले भ्रष्ट तुल्याएपछि तिनीहरू झन्-झन् दुष्ट र चरित्रभ्रष्ट बन्दै गए, र मानवजातिलाई मुक्ति दिनका लागि परमेश्‍वरले तीन चरणको काम गर्दै आउनुभएको छ। आखिरी दिनहरूमा, उहाँ मानिसहरूलाई न्याय गर्न र पखाल्न, मानिसहरूलाई पापको बन्धनबाट मुक्त गर्न, र तिनीहरूलाई सुन्दर गन्तव्यमा ल्याउनका लागि वचनहरू व्यक्त गर्न व्यक्तिगत रूपमा देहधारी बन्नुभयो। मैले लाखौँ मानिसहरूमध्ये म कसरी परमेश्‍वरको आवाज सुन्ने र परमेश्‍वरको मुक्ति पाउने भाग्यमानीहरूमध्ये एक हुँ भन्नेबारे सोचेँ, मलाई एकदमै सम्मानित र उत्साहित महसुस भयो। यो मेरो जीवनको सबैभन्दा ठूलो आशिष् थियो! भेलाहरूमा, म मेरा सिस्टरहरूलाई विश्वविद्यालयमा मलाई आइपरेका कुराहरूबारे बताउँथेँ, र उनीहरू मसँग मेरै समस्याहरूबारे परमेश्‍वरका वचनहरूमा सङ्गति गर्थे। कहिलेकाहीँ, उनीहरू मलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्न पनि लैजान्थे। मलाई मेरा ब्रदर-सिस्टरहरूसँग भेला हुँदा विशेष गरी स्वतन्त्र र मुक्त महसुस हुन्थ्यो, र मेरो हृदयमा एकदमै शान्ति महसुस हुन्थ्यो।

पछि, मैले सिस्टर मुचेनले विश्वविद्यालयबाट स्नातक गरेपछि पूर्णकालीन रूपमा कर्तव्य निर्वाह गर्न थालेकी छिन् भन्ने सुनेँ। त्यतिबेला म छक्क परेँ, र मैले मनमनै सोचेँ, “मेरी सिस्टर सानै भए पनि, परमेश्‍वरका निम्ति आफूलाई समर्पित गर्ने उनको सङ्कल्प एकदमै ठूलो छ। ममा त्यस्तो सङ्कल्प छैन। यदि मैले आफ्नो कर्तव्य पूर्णकालीन रूपमा निर्वाह गरेँ, र भविष्यमा मेरो राम्रो जागिर भएन भने, के मेरा नातेदार र साथीभाइले मैले केही पनि हासिल गरेकी छैनँ भनेर भन्नेछन्? मैले परमेश्‍वरमा विश्‍वास गर्ने र विश्वविद्यालय जाने एकैसाथ गर्नुपर्छ। म राम्रो जागिर पाउन सक्षम हुनेछु मात्र होइन, तर परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्न पनि सक्षम हुनेछु। मेरा दुवै हातमा नरिवाल हुनेछ।” तर, त्यसपछि मैले के देखेँ भने मेरी सिस्टरले परमेश्‍वरमा विश्‍वास गरेकी धेरै समय नभएको भए पनि, एकदमै छिटो प्रगति गरिरहेकी थिइन्, र उनी हाम्रा कुनै पनि कठिनाइहरूमा सङ्गति र मद्दत गर्न सक्षम थिइन्। विशेष गरी, मैले जब उनले भेलाको दौरान पुलिस पक्रिन ढोकामै आउँदा, उनी कसरी परमेश्‍वरमा भर परिन् र उनले परमेश्‍वरको अद्भुत सुरक्षा देखिन् भनी बताएकी सुनेँ, तब मलाई भित्री हृदयदेखि प्रशंसा र डाह लाग्यो। मैले चिन्तन गर्न थाले, र सोचेँ, “मेरी सिस्टरले मण्डलीमा हरेक दिन आफ्ना कर्तव्यहरू निर्वाह गर्छिन् र धेरै सत्यता बुझ्छिन्। उनको जीवन प्रगति अत्यन्तै छिटो छ! म पढ्ने र भेलामा सहभागी हुने दुवै एकसाथ गर्दै छु, र म आफ्नो कुनै अनुभवहरूबारे कुरा गर्न सक्दिनँ। यस्तो लाग्छ, यदि म जीवनमा प्रगति गर्न चाहन्छु भने, मैले अझ धेरै कर्तव्यहरू निर्वाह गर्नुपर्छ। तर, यदि मैले मेरी सिस्टरले जस्तै पूर्णकालीन रूपमा कर्तव्यहरू निर्वाह गरेँ भने, ममा पढ्नका लागि ऊर्जा हुनेछैन। मैले स्नातकपछि केवल राम्रो जागिर पाउन सक्न, खान-लाउनको चिन्ता नहोस् भनेर, भविष्यमा आफ्ना आमाबुबालाई राम्रो जीवन जिउन मद्दत गर्न, अनि नातेदारहरूको नजरमा सम्मानित र प्रतिष्ठित पनि देखिन यतिका वर्ष कडा मिहिनेत गरेर पढेकी छु। यदि मैले मेरा सबै सहपाठीहरूले स्नातक गरेपछि राम्रो जागिर पाउँदा, आफ्नो सारा समय कर्तव्य निर्वाह गर्नमा अर्पित गर्ने निर्णय गरेँ भने, म मात्रै सम्मानित जागिरविनाको साधारण व्यक्ति हुनेछु। मेरा नातेदार र साथीभाइहरूले मलाई के सोच्नेछन्?” जब मैले यो सोचेँ, तब मलाई अब पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न मन लागेन।

बिदा हुनुभन्दा एक महिनाअघि, एउटी सिस्टरले मलाई सोधिन्, “अब छिट्टै बिदा हुँदै छ। त्यसपछि तपाईँको योजना के छ? के तपाईँ तालिम लिन र आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक हुनुहुन्छ?” सुरुमा यो सुनेर म एकदमै उत्साहित भएँ। मैले असाध्यै कम सत्यता बुझेकी थिएँ, त्यसैले कर्तव्य निर्वाह गर्न तालिम लिने र सत्यता प्राप्त गर्ने यो एकदमै राम्रो अवसर थियो। तर फेरि मैले सोचेँ, “मैले कर्तव्य निर्वाह गर्न थालेपछि, यदि मैले विश्वविद्यालय सुरु हुँदा यसलाई त्यागेँ भने, त्यो परमेश्‍वरको अभिप्रायअनुरूप हुनेछैन। तर यदि स्कूल सुरु भएपछि मैले निरन्तर कर्तव्य निर्वाह गरिरहेँ भने, मेरो पढाइमा निश्चय नै असर पर्नेछ। यदि मेरा रूममेटहरूले म परमेश्‍वरमा विश्‍वास गर्छु भन्ने थाहा पाए र शिक्षकलाई रिपोर्ट गरिदिए भने, म निष्कासित हुन सक्छु, र त्यसपछि मेरो कुनै भविष्य हुनेछैन। त्यसपछि म कसरी आफ्ना आमाबुबाको ऋण तिर्न सक्नेछु र? यदि मैले अरूले जस्तो गर्न सकिनँ भने, मेरा नातेदारहरूले मलाई के सोच्नेछन्? मैले कस्तो निर्णय गर्नुपर्छ?” फर्कँदै गर्दा, मेरो हृदय बेचैन थियो। एकातिर विश्वविद्यालय जाने मेरो सपना थियो जसलाई मैले यतिका वर्षदेखि कडा मिहिनेत गरेर पछ्याइरहेकी थिएँ; अर्कोतिर, सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नु थियो। म दुवै गुमाउन चाहन्नथेँ। त्यस दौरान, मेरो हृदय साह्रै भारी भयो, र के रोज्ने भनेर मलाई थाहा थिएन। आफ्नो स्थिति गलत छ भन्ने बुझेर, मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, “प्यारो परमेश्‍वर, आफ्नो कर्तव्य निर्वाह गर्नु अर्थपूर्ण हो भन्ने मलाई थाह छ, र म आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्छु। तर मेरो कद असाध्यै सानो छ, र यदि मैले आफ्ना कर्तव्यहरू निर्वाह गरेँ भने, मेरो पढाइमा असर पर्नेछ भन्ने मलाई चिन्ता छ। म भित्रभित्र कमजोर महसुस गर्छु, तर म यो मौका गुमाउन चाहन्नँ। प्यारो परमेश्‍वर, तपाईँको अभिप्राय बुझ्न मलाई अगुवाइ गर्नुहोस्।”

त्यो रात, म ओछ्यानमा कोल्टे फेर्दै रहेँ, निदाउनै सकिनँ। मैले आफ्नो फोन अन गरेँ र “तिमीले परमेश्‍वरमाथिको विश्वासलाई एउटा प्रमुख विषयका रूपमा लिनैपर्छ” शीर्षकको परमेश्‍वरका वचनहरूको एउटा भजन सुनेँ:

१  यदि तँ परमेश्‍वरमा विश्‍वास गर्न चाहन्छस्, र तँ परमेश्‍वरलाई प्राप्त गर्न र उहाँको सन्तुष्टि प्राप्त गर्न चाहन्छस् भने, तैँले केही कष्ट भोग्नैपर्छ र केही प्रयास लगाउनैपर्छ, अन्यथा तैँले यी कुराहरू प्राप्त गर्न सक्नेछैनस्। तिमीहरूले धेरै प्रवचन सुनेका भए पनि, सुन्दैमा ती तेरा हुन्छन् भन्‍ने होइन; तैँले तिनलाई आत्मसात् गर्नैपर्छ र तिनलाई आफ्नो बनाउनैपर्छ। तैँले तिनलाई आफ्नो जीवनमा समाहित गर्नैपर्छ र आफ्नो अस्तित्वमा ल्याउनैपर्छ, र यी वचनहरू र प्रवचनहरूलाई तेरो जिउने दिशालाई मार्गदर्शन गर्न, र तेरो जीवनमा अस्तित्वको मूल्य र जीवित हुनुको अर्थ भर्न दिनुपर्छ। यसरी, तेरा लागि यी वचनहरू सुन्नु सार्थक हुनेछ।

२  यदि मैले बोल्ने वचनहरूले तेरो दैनिक जीवनमा एउटा मोड ल्याउँदैनन् वा तेरो जीवनमा अस्तित्वको मूल्य थप्दैनन् भने, तँ ती व्यर्थमा सुन्छस्। तैँले परमेश्‍वरमा विश्‍वास गर्नुलाई आफ्नो जीवनको एउटा प्रमुख मामिला मान्नैपर्छ, खाना, लुगा, वा अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण—यसरी, तैँले नतिजाहरू पाउनेछस्। यदि तँ फुर्सदको समयमा मात्रै विश्‍वास गर्छस्, र तँ विश्‍वास गर्नमा आफूलाई अर्पित गर्दैनस्, र सधैँ अन्योलमा पर्छस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

परमेश्‍वरका वचनहरूको त्यो भजन सुन्दा, म यति धेरै प्रभावित भएँ कि मैले आँशु नझारी सक्दै सकिनँ। मलाई परमेश्‍वर मेरो छेउमै हुनुहुन्छ, मेरो प्रार्थना सुनिरहनुभएको छ, र मलाई मार्गदर्शन र प्रेरित गर्न आफ्ना वचनहरू प्रयोग गरिरहनुभएको छ जस्तो महसुस भयो। मैले के बुझेँ भने परमेश्‍वरमा विश्‍वास गर्नु नै जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा, खान, लाउन र मोजमज्जाभन्दा महत्त्वपूर्ण, अनि मसँग हुन सक्ने कुनै पनि ख्याति, प्राप्ति वा भविष्यभन्दा महत्त्वपूर्ण हो। देहसम्बन्धी सबै कुरा अस्थायी हुन्। सत्यता पछ्याएर र स्वभाव परिवर्तन हासिल गरेर मात्रै व्यक्तिले मुक्ति पाउन र बाँच्न सक्छ। आफ्नो कर्तव्य निर्वाह गर्नु नै हाम्रा लागि सत्यता प्राप्त गर्ने र सत्यता वास्तविकतामा प्रवेश गर्ने मार्ग हो। आफ्ना कर्तव्यहरू निर्वाह गर्दा, हामीले विभिन्न कठिनाइ र समस्याहरू सामना गर्नेछौँ, र विभिन्न भ्रष्ट स्वभावहरू प्रकट गर्नेछौँ। तर, यसले हामीलाई आफ्नो भ्रष्टता समाधान गर्न अझ बढी सत्यता खोज्न पनि प्रेरित गर्छ। यदि म आफ्नो खाली समयमा मात्रै भेलामा सहभागी हुन्छु, र कर्तव्य निर्वाह गर्दिनँ, बरु आफ्नो अधिकांश समय पढाइमा बिताउँछु भने, थोरै कुराहरू अनुभव गर्नेछु र आफ्ना समस्याहरू समाधान गर्न थोरै सत्यता खोज्नेछु। म केही सतही शब्द र धर्मसिद्धान्तहरू मात्र बुझ्नेछु, र वास्तविकतामा प्रवेश गर्न असमर्थ हुनेछु। यसले मुक्ति पाउन एकदमै गाह्रो बनाउँछ। मुचेन र मबीच आकाश-पातालको फरक थियो। मुचेनले परमेश्‍वरमा विश्‍वास गरेको धेरै समय भएको थिएन, तर उनले आफ्नो कर्तव्य निर्वाह गर्दा धेरै कुरा अनुभव गरेकी थिइन्, र अझ धेरै सत्यता खोजेकी थिइन्। भेलाहरूमा परमेश्‍वरका वचनहरूबारे सङ्गति गर्दा, उनी आफ्ना अनुभवहरू समावेश गर्न सक्थिन् र व्यावहारिक तरिकामा कुरा गर्थिन्। उनले आफ्ना अनुभवहरूमार्फत, परमेश्‍वरका कार्यहरू देखिन्, परमेश्‍वरप्रतिको उनको आस्था बढ्यो, र उनी कर्तव्य निर्वाह गर्नमा अझ बढी उत्प्रेरित भइन्। अर्कोतर्फ, मैले परमेश्‍वरप्रतिको विश्‍वासलाई आफ्नो खाली समयको सोखका रूपमा लिएँ, ताकि मेरो पढाइमा दखल नपुगोस्। म भेलाहरूमा सहभागी हुनमै सन्तुष्ट थिएँ, र मैले सृजित प्राणीको कर्तव्य निर्वाह गर्नेबारे सोचिनँ। यदि मैले यस्तो अन्योल तरिकामा विश्‍वास गरिरहेकी र सत्यता पछ्याउने महत्त्वपूर्ण समय गुमाएकी, अन्ततः म सत्यता प्राप्त गर्न असफल भएकी भए, के म हटाइनेथिइनँ र? अन्ततः मेरो बिदाको समय आयो। म कर्तव्य निर्वाह गर्ने र सत्यता प्राप्त गर्ने यो अवसर गुम्न दिन सक्दिनथेँ, त्यसैले मैले मेरी सिस्टरलाई म कर्तव्य निर्वाह गर्ने तालिम लिन इच्छुक छु भनेर भनेँ।

बिदाको दौरान, हामीले सँगै समूह भेलाहरू आयोजना गर्‍यौँ। हामी सँगै भेला हुँदा, सबैले निष्कपट भई मन खोलेर एकअर्कासँग कुराकानी गर्थे, र मलाई हृदयमा विशेष रूपले स्वतन्त्र र मुक्त महसुस हुन्थ्यो। म मेरा सहपाठीहरूले दिनभरि विश्वविद्यालयमा खाएको, पिएको र मोजमज्जा गरेको, मोबाइल गेममा लग्गु भएको, डेटिङ गरेको, अनि पतित र छाडा जीवन बिताएको फर्केर सोच्थेँ। म पनि ठ्याक्कै तिनीहरूजस्तै थिएँ। जबजब मसँग खाली समय हुन्थ्यो, तबतब म मोबाइल चलाउँथेँ वा टिभी सिरियलहरू हेर्थेँ, र मेरो हृदयमा कुनै पनि उचित कुरा हुँदैनथ्यो। तर भेलाहरूमार्फत, अनि परमेश्‍वरका वचनहरू खाएर र पिएर, मैले के बुझेकी थिएँ भने यी दुष्ट प्रवृत्तिहरूले केवल मेरो हृदयलाई पूरै कब्जा गर्नेछन् र परमेश्‍वरबाट टाढा लैजानेछन्, अनि ती मेरो जीवनका लागि बिलकुलै फाइदाजनक छैनन्। बिस्तारै, मैले यी दुष्ट प्रवृत्तिहरूबाट टाढा रहने सङ्कल्प विकास गरेँ, र परमेश्‍वरसामु आफ्नो हृदय शान्त राख्न, उहाँका वचनहरू खान र पिउन, अनि आफ्नो कर्तव्य निर्वाह गर्न सकेँ। मैले आफ्ना दिनहरू अर्थहीन रूपमा खेर फाल्न छोडेँ। मैले के बुझेँ भने परमेश्‍वरमा विश्‍वास गरेर, सत्यता पछ्याएर र आफ्नो कर्तव्य निर्वाह गरेर मात्रै म यी दुष्ट प्रवृत्तिहरूबाट टाढा रहन अनि मूल्यवान् र अर्थपूर्ण जीवन जिउन सक्छु।

सेमेस्टर सुरु हुने बेला नजिकिँदै गर्दा, म अलि हिचकिचाएँ। के मैले आफ्नो पढाइ छोडेर पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ त? मैले मुचेनसँग सल्लाह माग्दै सोधेँ, “यस समयको दौरान, मलाई आफ्नो कर्तव्य निर्वाह गरेर अझ धेरै सत्यता प्राप्त हुन्छ भन्ने लाग्छ। म अझ धेरै परमेश्‍वरका वचनहरू खान र पिउन अनि आफ्नो कर्तव्य पूरा गर्न चाहन्छु। तर जब म भविष्यमा राम्रो जागिर नपाउने, कसैले मेरो प्रशंसा नगर्ने, र आफ्ना आमाबुबाको ऋण तिर्न अझ राम्रो तरिकामा तिर्न नसक्नेबारे सोच्छु, तब म आफ्नो पढाइ छोड्ने सङ्कल्प गुमाउँछु।” मेरी सिस्टरले मसँग आफ्नो अनुभवबारे सङ्गति गरिन् र मलाई मद्दत गर्न परमेश्‍वरका सान्दर्भिक वचनहरू खोजिन्। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “मानिसहरूले ज्ञान प्राप्त गर्ने प्रक्रियाको दौरान, सबै प्रकारका विधिहरू प्रयोग गरेर, चाहे त्यो कथाहरू सुनाएर होस्, तिनीहरूलाई केवल केही ज्ञान दिएर होस्, वा तिनीहरूलाई आफ्ना चाहना वा आकाङ्क्षाहरू पूरा गर्न दिएर होस्, शैतानले मानिसहरूलाई कुन चाहिँ बाटोमा लैजान चाहन्छ? मानिसहरू ज्ञान सिक्नुमा केही गलत छैन, यो पूर्ण रूपमा स्वभाविक र न्यायोचित छ भन्ने सोच्छन्। आकर्षक लाग्ने तरिकाले भन्दा, उच्च आकाङ्क्षाहरू स्थापित गर्नु वा महत्त्वाकाङ्क्षाहरू राख्नु भनेको सङ्कल्प हुनु हो, र यो जीवनमा सही मार्ग हुनुपर्छ। यदि व्यक्तिले आफ्ना आकाङ्क्षाहरू साकार पार्न सक्छ, वा आफ्नो जीवनकालमा सफल करियर स्थापित गर्न सक्छ भने, के त्यो जिउने अझ गौरवशाली तरिका होइन र? यसरी, व्यक्तिले आफ्ना पुर्खाहरूलाई सम्मान गर्न सक्छ मात्रै होइन तर आउने पुस्ताहरूका लागि आफ्नो छाप छोड्ने मौका पनि पाउन सक्छ—के यो राम्रो कुरा होइन र? यो सांसारिक मानिसहरूको नजरमा राम्रो कुरा हो, र तिनीहरूका लागि यो उचित र सकारात्मक हुनुपर्छ। तर, के शैतानले आफ्ना दुष्ट मनसायहरूले मानिसहरूलाई यस्तो बाटोमा लैजान्छ र त्यसपछि त्यति नै हो त? अवश्य होइन। वास्तवमा, मानिसका आकाङ्क्षाहरू जतिसुकै भव्य भए पनि, मानिसका चाहनाहरू जतिसुकै यथार्थवादी भए पनि वा ती जतिसुकै उचित भए पनि, मानिसले हासिल गर्न चाहेका सबै कुरा, मानिसले खोजेका सबै कुरा दुई शब्दसँग अटुट रूपमा जोडिएको हुन्छ। यी दुई शब्द हरेक व्यक्तिलाई उसको जीवनभरि महत्त्वपूर्ण हुन्छन्, र ती शैतानले मानिसमा हालिदिन चाहेका कुरा हुन्। यी दुई शब्द के हुन्? ती ‘ख्याति’ र ‘प्राप्ति’ हुन्। शैतान एउटा एकदमै नरम विधि, मानिसहरूका धारणाहरूसँग एकदमै मिल्ने विधि, र धेरै आक्रामक नभएको विधि प्रयोग गर्छ, जसले गर्दा मानिसहरू अनजानमै यसका बाँच्ने साधन र नियमहरू स्वीकार गर्छन्, जीवनका लक्ष्य र जीवनका दिशाहरू विकास गर्छन्, र जीवनका आकाङ्क्षाहरू राख्छन्। मानिसहरूले आफ्ना जीवनका आकाङ्क्षाहरूको वर्णन जतिसुकै सानदार तरिकाले गर्न सक्ने भए पनि, यी आकाङ्क्षाहरू सधैँ ख्याति र प्राप्तिको वरिपरि घुम्छन्। कुनै महान् वा प्रसिद्ध व्यक्तिले—वा, वास्तवमा, कुनै पनि व्यक्तिले—आफ्नो जीवनभरि पछ्याउने सबै कुरा केवल यी दुई शब्दसँग सम्बन्धित हुन्छन्: ‘ख्याति’ र ‘प्राप्ति।’ मानिसहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग उच्च हैसियत र ठूलो धन उपभोग गर्ने, र जीवनको आनन्द लिने पूँजी हुन्छ। तिनीहरू सोच्छन्, तिनीहरूसँग ख्याति र प्राप्ति भएपछि, तिनीहरूसँग सुखचैन खोज्ने र देहको बेलगाम मोजमज्जामा संलग्न हुने पूँजी हुन्छ। तिनीहरूले चाहना गर्ने यस ख्याति र प्राप्तिका खातिर, मानिसहरू खुसीसाथ र अनजानमा आफ्नो शरीर, हृदय, र आफ्ना सम्भावना र भवितव्यलगायत आफूसँग भएका सबै कुरा शैतानलाई सुम्पिदिन्छन्। तिनीहरू निसङ्कोच, अलिकति पनि शङ्काविना, र आफूसँग पहिले भएका सबै कुरा फिर्ता माग्नेबारे कहिल्यै नजानी यसो गर्छन्। के मानिसहरूले यसरी आफूलाई शैतानलाई सुम्पेपछि र त्यसप्रति बफादार बनेपछि आफूमाथि कुनै नियन्त्रण राख्न सक्छन्? निश्चित रूपमा सक्दैनन्। तिनीहरू पूरै र पूर्ण रूपमा शैतानद्वारा नियन्त्रित हुन्छन्। तिनीहरू पूरै र सम्पूर्ण रूपमा यस दलदलमा डुबेका हुन्छन्, र आफूलाई मुक्त गर्न असमर्थ हुन्छन्। कुनै व्यक्ति ख्याति र प्राप्तिमा फसेपछि, उसले उप्रान्त उज्यालो, न्यायवान्, वा सुन्दर र असल कुराहरू खोज्दैन। किनभने ख्याति र प्राप्तिको प्रलोभन मानिसहरूका लागि अत्यन्तै ठूलो हुन्छ, र यी कुराहरू मानिसहरूले आफ्नो जीवनभरि र अनन्तकालसम्म पनि अनन्त रूपमा पछ्याउन सक्ने कुरा हुन्। के यो वास्तविक अवस्था होइन र?(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने शैतानले ख्याति र प्राप्तिलाई चाराका रूपमा प्रयोग गरेर मानिसहरूलाई ज्ञान सिक्न मिहिनेत गर्न र भीडभन्दा विशिष्ट बन्नका लागि पछ्याउन, ख्याति र प्राप्तिलाई आफ्नो जीवनको लक्ष्य ठान्न, परमेश्‍वरको सार्वभौमिकतालाई इन्कार गर्न, अनि सृष्टिकर्ताको हेरचाह र सुरक्षाबाट अनजानमै तर्किन लगाउँछ, ताकि तिनीहरू शैतानको पासोमा जिऊन् र अन्ततः त्यसैद्वारा निलिऊन्। मलाई शैतानले गहन रूपमा हानि पुर्‍याएको थियो। सानै उमेरदेखि, मलाई घर र स्कूलमा “ज्ञानले भाग्य बदल्न सक्छ” र “अब्बल हुनका लागि ठूलो कष्ट सहनुपर्छ” भनेर सिकाइएको थियो। म शैक्षिक उपलब्धिले परिवारलाई इज्जत दिन सक्छ, र व्यक्तिलाई भीडभन्दा विशिष्ट बनाउँछ अनि अरूले प्रशंसा गर्छन् भन्ने विश्वास गर्थेँ। मैले मेरा आमाबुबासँग शिक्षा नभएको र उहाँहरूले कडा शारीरिक श्रम गरेर मात्रै परिवार पाल्न सक्नुभएको देखेकी थिएँ। त्यो काम थकाइलाग्दो थियो मात्र होइन, कसैले उहाँहरूलाई मान गर्दैनथे। मलाई यस्तो जीवन जिउनुको कुनै मूल्य छैन, र शैक्षिक ज्ञान हासिल गरेर र भविष्यमा सम्मानित जागिर पाएर मात्रै म आफ्नो जीवन बदल्न सक्नेछु अनि नातेदार र साथीभाइले मेरो प्रशंसा गर्न सक्नेछन् भन्ने लाग्थ्यो। आफ्ना आकाङ्क्षाहरू हासिल गर्न, म रातदिन पढ्थेँ, र मेरो पहिलोपल्टको विश्वविद्यालय प्रवेश परीक्षा राम्रो नहुँदा, मैले कक्षा दोहोर्‍याउने निर्णय गरेँ र पहिलेभन्दा कडा मिहिनेत गरेँ। होस्टेलमा बत्ती निभाएपछि पनि, म सिरकभित्र टर्च बालेर पढ्थेँ। मेरो नजिकको दृष्टि झन् बिग्रिँदै गए पनि, मैले वास्ता गरिनँ। राम्रो ग्रेड भएको कागजको टुक्राका लागि, म सधैँ फिक्री र चिन्ता गर्थेँ। विश्वविद्यालय प्रवेश परीक्षा नजिकिँदै गर्दा, म निरन्तर तन्किएको स्प्रिङजस्तै तनावमा हुन्थेँ, परीक्षा बिग्रिएर आफ्नो एकमात्र “जीवन आधार” गुम्ला कि भनेर डराउँथेँ। म अन्योल र पीडामा पनि थिएँ, तर ममा उम्किने शक्ति थिएन। म यी प्रवृत्तिहरूसँगै चल्न मात्र सक्थेँ। अहिले मैले के बुझेँ भने शैतानले मानिसहरूलाई बहकाउन ख्याति र प्राप्ति प्रयोग गर्छ, जसले गर्दा तिनीहरूको हृदय परमेश्‍वरबाट झन्-झन् टाढिन्छ। मैले म विश्वविद्यालयमा भर्ना भएपछि मेरो नातेदारले मलाई सुसमाचार प्रचार गरेको कुरा सम्झेँ। परमेश्‍वरको मुक्ति पाउनु र उहाँको आवाज सुन्नु मेरो सौभाग्य थियो, तर मैले यस अवसरको कदर गरिनँ। मैले राम्रो भविष्य पछ्याउनुलाई आफ्नो सर्वोच्च प्राथमिकता ठानेँ, र आफ्ना पढाइमा असर नपर्ने खाली समयमा मात्रै परमेश्‍वरमा विश्‍वास गर्न चाहेँ। मैले सत्यता अभ्यास गर्न र कर्तव्य निर्वाह गर्नमा मेरो सबैभन्दा ठूलो अड्चन ख्याति र प्राप्ति रहेछन् भनेर बुझेँ। अब मैले परमेश्‍वरको आवाज सुनेकी थिएँ, तर सत्यता पछ्याउन र आफ्नो कर्तव्य निर्वाह गर्न सकिनँ, बरु बाँच्ने शैतानी नियमहरूअनुसार जिएँ अनि सत्यता र जीवनलाई भन्दा ख्याति र प्राप्तिलाई महत्त्व दिएँ। मैले साँच्चै सही र गलत छुट्याउनै सकिनँ! मैले डिप्लोमासहित स्नातक गरेर राम्रो जागिर पाएकी भए पनि, यदि मैले सत्यता र जीवन प्राप्त नगरेकी भए, अन्ततः म परमेश्‍वरद्वारा हटाइनेथिएँ। विगतमा म सधैँ सोच्थेँ, परमेश्‍वरमा विश्‍वास गर्दै विश्वविद्यालय जाँदा, म परमेश्‍वरका आशिष्‌हरूका साथसाथै ख्याति र प्राप्ति पनि पाउन सक्छु। यो त मेरो कोरा आशा मात्र थियो र यो सत्यताअनुरूप पटक्कै थिएन। परमेश्‍वर भन्‍नुहुन्छ: “यदि तँ फुर्सदको समयमा मात्रै विश्‍वास गर्छस्, र तँ विश्‍वास गर्नमा आफूलाई अर्पित गर्दैनस्, र सधैँ अन्योलमा पर्छस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०)। प्रभु येशूले पनि भन्नुभयो: “तिमीहरूमध्ये जसले ऊसँग भएको सबै कुरा त्याग्दैन, ऊ मेरो चेला हुन सक्दैन(लूका १४:३३)। मैले के बुझेँ भने परमेश्‍वरलाई पछ्याउन तपाईँ समर्पित हृदय हुनैपर्छ, अनि तपाईँ परिवार, देह, पैसा, ख्याति वा प्राप्तिद्वारा नियन्त्रित वा बाँधिनु हुँदैन। तपाईँले आफ्नो कर्तव्यमा आफ्नो सम्पूर्ण हृदय र मन अर्पण गर्नुपर्छ, सत्यता पछ्याउन र अभ्यास गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ, अनि अन्ततः स्वभाव परिवर्तन हासिल गरेर परमेश्‍वरद्वारा मुक्ति पाउनुपर्छ। अनुग्रहको युगका प्रभु येशूका चेलाहरूको सन्दर्भमा भन्दा, तिनीहरूमध्ये कतिपयले हैसियत र सम्पत्ति त्यागे, र कतिले प्रभु येशूलाई पूर्ण हृदयले पछ्याउन आफ्नो परिवार त्यागे, सुसमाचार प्रचार गर्न र प्रभुको गवाही दिन चारैतिर यात्रा गरे। यी अनुकरण गर्न लायक अर्थपूर्ण जीवन थिए। त्यसबाहेक, म सोच्ने गर्थेँ, शैक्षिक ज्ञान हासिल गर्दा राम्रो जागिर पाइनेछ, जसले मलाई खान-लाउनको चिन्ता नभएको जीवन जिउन अनि मेरा नातेदार र साथीभाइहरूबाट प्रशंसा पाउन सक्षम बनाउँछ; ख्याति र प्राप्तिले मात्रै खुसी ल्याउन सक्छ भन्ने मैले सोचेँ। तर यसबारे सोच्दा, धेरै बुद्धिजीवी अनि सम्पत्ति र शक्ति भएका मानिसहरू बाहिरबाट आकर्षक र सुन्दर देखिन्छन्, र उनीहरूले जता जाँदा पनि प्रतिष्ठा पाउँछन्, तैपनि तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्दैनन् र सत्यता बुझ्दैनन्। तिनीहरू शैतानको पासोमा जिउँछन्, ख्याति र प्राप्तिका लागि प्रतिस्पर्धा गर्छन्, अनि खुलेआम र गोप्य रूपमा दुवै तरिकाले लड्छन्। हैसियत र प्रतिष्ठा प्राप्त गर्न, तिनीहरू आफ्नो स्वास्थ्यसँग सम्झौता गर्छन् अनि आफ्नो निष्ठा र मर्यादा बेच्छन्। तिनीहरूको जीवन सुखी हुँदैन। यदि कुनै व्यक्तिले परमेश्‍वरको हेरचाह र सुरक्षा गुमाउँछ, र ऊसँग परमेश्‍वरको आशिष्‌ वा मुक्ति छैन भने, त्यसमा कस्तो खुसीको कुरा गर्ने? तिनीहरूसँग जतिसुकै ज्ञान भए पनि, तिनीहरूले अरूबाट जतिसुकै प्रशंसा पाए पनि, वा तिनीहरूको भौतिक मोजमज्जा जतिसुकै विलासी भए पनि, अन्त्यमा तिनीहरू महाविपत्तिहरूमा पर्नेछन्, तिनीहरूले अनन्त कष्ट भोग्नेछन्, र तिनीहरू नाश हुनेछन्। यो साँचो भविष्य होइन। अहिले यो आखिरी दिनहरू हो। परमेश्‍वरले यस युगको अन्त्य गर्दै हुनुहुन्छ अनि असललाई इनाम र दुष्टलाई दण्ड दिने आफ्नो काम गर्दै हुनुहुन्छ। सत्यता पछ्याएर र स्वभाव परिवर्तन हासिल गरेर मात्रै तपाईँ मुक्ति पाउन र बच्न, अनि परमेश्‍वरद्वारा अर्को युगमा लगिन सक्नुहुन्छ। यो नै साँचो भविष्य हो।

पछि, मैले पत्रुसको अनुभवबारे पढेँ, जसले मलाई केही प्रेरणा र हौसला दियो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “पत्रुस यस्ता अनुकूल सामाजिक परिस्थितिहरूमा जन्मेका थिए—स्पष्ट रूपमा, यो उनको सौभाग्य थियो। चलाख र तीक्ष्णबुद्धि भएको हुनाले, उनलाई नयाँ विचारहरू बोध गर्न सजिलो लाग्थ्यो। आफ्नो अध्ययन सुरु गरेपछि, उनी आफूले सिकेका कुराहरूबाट निष्कर्ष निकाल्न सक्थे, र उनलाई त्यो पटक्कै गाह्रो लाग्दैनथ्यो। उनका आमाबुबालाई यस्तो चलाख, तीक्ष्णबुद्धि भएको छोरा पाएकोमा गर्व थियो, त्यसैले उनले समाजमा आफूलाई प्रतिष्ठित बनाउन र कुनै प्रकारको आधिकारिक पद सुरक्षित गर्न सक्ने आशामा, तिनीहरूले उनको शिक्षालाई सहारा दिन आफ्नो हड्डी घोटे। थाहै नपाई, पत्रुसलाई परमेश्‍वरमा रुचि लाग्न थालेको थियो। यसरी, चौध वर्षको उमेरमा, हाई स्कुलमा छँदा, उनलाई आफूले अध्ययन गरिरहेको प्राचीन ग्रीक संस्कृतिप्रति गहिरो वितृष्णा महसुस भयो; विशेष गरी, उनी प्राचीन ग्रीक इतिहासका काल्पनिक पात्रहरू र मनगढन्ते घटनाहरूलाई झनै बढी घृणा गर्थे। त्यसबेलादेखि, आफ्नो युवावस्थाको वसन्तमा भर्खरै प्रवेश गरेका पत्रुसले मानव जीवनको अनुसन्धान गर्न र समाजसँग उठबस गर्न थाले। उनले आफ्ना आमाबुबाले गरेको परिश्रम विवेकको भावनाले चुक्ता गरेनन्, किनभने उनले स्पष्ट रूपमा के देखे भने, सबै मानिस आत्म-छलको अवस्थामा जिइरहेका थिए, र अर्थहीन जीवन बिताइरहेका थिए, र तिनीहरू सबै ख्याति र लाभका लागि प्रतिस्पर्धा गर्नका खातिर आफ्नै जीवनलाई बर्बाद गरिरहेका थिए। उनी बसेको सामाजिक वातावरणसँग उनको अन्तर्ज्ञानको गहिरो सम्बन्ध थियो। मानिसहरूसँग जति धेरै ज्ञान हुन्थ्यो, तिनीहरूका अन्तरवैयक्तिक सम्बन्ध र आन्तरिक संसार त्यति नै जटिल हुन्थे, र त्यसैले तिनीहरू बसोबास गर्ने ठाउँ त्यति नै रिक्त महसुस हुन्थ्यो। यी परिस्थितिहरूमा, पत्रुस आफ्नो फुर्सदको समय जताततै भ्रमण गरेर बिताउँथे, र उनले भेट्नेहरूमध्ये अधिकांश धार्मिक व्यक्तित्वहरू हुन्थे। उनको हृदयमा धर्मले सायद मानव संसारका विभिन्‍न रहस्यलाई स्पष्ट पार्न सक्छ भन्‍ने अस्पष्ट भावना महसुस भएजस्तो देखिन्थ्यो, त्यसैले उनी आफ्ना आमाबुबालाई थाहा नदिई, सेवामा उपस्थित हुन अक्सर आफ्नो घर नजिकैको सभाघरमा जान्थे। धेरै समय नबित्दै, सधैँ असल चरित्रका र पढाइमा उत्कृष्ट रहेका पत्रुसलाई स्कुल जान घृणा लाग्न थाल्यो। आफ्ना आमाबुबाको सुपरिवेक्षणमा, उनले अनिच्छापूर्वक हाई स्कुल पूरा गरे, त्यसपछि, ज्ञानको सागरबाट पौडेर किनारमा आएपछि, उनले गहिरो सास फेरे—त्यसबेलादेखि, उनी सबै अर्ती र बन्धनबाट मुक्त भए(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू” सम्बन्धी रहस्यहरूका प्रकटीकरणहरू, पत्रुसको जीवनको बारेमा)। पत्रुसको अनुभवबाट, मैले के देखेँ भने पत्रुसको हृदय निष्कपट थियो, र उनी सकारात्मक कुराहरूलाई प्रेम गर्थे; उनीले सानै उमेरदेखि जीवनबारे सोच्न थाले। उनले समाजसँगको आफ्नो व्यवहारमार्फत के बुझे भने मानिसहरू ख्याति र प्राप्तिका लागि जिउँछन्, र व्यक्तिले जति धेरै ज्ञान हासिल गर्छ, उसको मन उति नै जटिल र भ्रष्ट बन्छ। उनले समाजको अन्धकार र दुष्टतालाई पनि स्पष्ट रूपमा देखे, अनि ख्याति, प्राप्ति र हैसियत पछ्याउनु व्यर्थ हो भनेर बुझे। उनले भीडभन्दा विशिष्ट बन्न र समाजमा कुनै प्रकारको आधिकारिक पद प्राप्त गर्न खोज्न आफ्ना आमाबुबाका इच्छाहरू पछ्याएनन्। यसको सट्टा, उनले दृढ सङ्कल्पका साथ आफ्नो पढाइ त्यागे र परमेश्‍वरप्रतिको आस्थाको मार्ग पछ्याए, अनि पछि प्रभु येशूलाई पछ्याए। उनले परमेश्‍वरबारेको बुझाइ पछ्याउन आफ्नो जीवन बिताए, हरेक कुरामा परमेश्‍वरको अभिप्राय खोजे, र परमेश्‍वरका वचनहरूमार्फत आफ्ना कमजोरी र कमीहरू बुझे। अन्ततः उनी मृत्युसम्मै परमेश्‍वरप्रति समर्पित हुन र उहाँलाई हदैसम्म प्रेम गर्न सक्षम भए, यसरी उनले परमेश्‍वरको अनुमोदन पाए। यसको विपरीत, मैले कामकुराहरू छिचोलेर बुझ्न सकिनँ, अनि ख्याति र प्राप्ति पछ्याएकीले, म सृजित प्राणीको कर्तव्य निर्वाह गर्न अनिच्छुक थिएँ, खाली समयमा विश्‍वास गर्नमै सन्तुष्ट थिएँ। यदि मैले अन्त्यसम्मै यसरी नै विश्‍वास गरिरहेँ भने, यो सब व्यर्थ हुनेछ! मैले पत्रुसको उदाहरण पछ्याउनुपर्थ्यो र आफ्नो व्यक्तिगत भविष्य त्यागेर सकारात्मक कुराहरू पछ्याउन अग्रसर हुनुपर्थ्यो। म विश्वविद्यालयमा छँदाको दौरान, मैले चिनियाँ कम्युनिस्ट पार्टीको शासनअन्तर्गतका विश्वविद्यालयहरू नास्तिक शिक्षाका आधारहरू हुन् भन्ने देखेँ। सबै जना व्यर्थता पछ्याउँछन् र दुष्टताको चाहना गर्छन्, र विद्यार्थीहरूले खाइरहेका, पिइरहेका, मोजमज्जा गरिरहेका वा झगडा गरिरहेका कसैले वास्ता गर्दैन। तर, परमेश्‍वरमा विश्‍वास गर्ने र सही मार्गमा हिँड्ने मानिसहरू भने सताइन्छन्। विश्वविद्यालयहरूले पनि परमेश्‍वरलाई दोषी ठहराउन र निन्दा गर्न आधारहीन अफवाहहरू फैलाउँछन्, जसले गर्दा मानिसहरू उहाँबाट टाढिन्छन् र उहाँलाई विश्वासघात गर्छन्। यदि म विश्वविद्यालय गइरहेकी भए, म केवल दुष्ट प्रवृत्तिहरूको वशमा पर्नेथिएँ, परमेश्‍वरबाट झन्-झन् टाढा हुँदै जानेथिएँ। अन्ततः म महाविपत्तिहरूमा पर्नेथिएँ र नाश हुनेथिएँ। परमेश्‍वरले मात्र मानिसहरूलाई सही मार्ग देखाउन सक्नुहुन्छ, र सत्यता बुझेर मात्रै व्यक्तिले अझ बढी मानव रूप जिउन सक्छ। म आफ्नो कर्तव्य निर्वाह गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न इच्छुक थिएँ।

तर, मैले साँच्चै आफ्नो पढाइ छोड्ने निर्णय गर्न लाग्दा, ममा अझै केही हिचकिचाहट थिए। मैले आफ्नो सम्पूर्ण समय कर्तव्यमा बिताउने निर्णय गरेपछि, आफ्ना आमाबुबाको हेरचाह गर्नका लागि पैसा कमाउन सक्नेथिइनँ। मेरा आमाबुबाले मलाई हुर्काउन र मेरो शिक्षालाई साथ दिन एकदमै कडा मिहिनेत गर्नुभएको थियो, र अहिले उहाँहरू वृद्ध हुनुहुन्थ्यो, उहाँहरूको स्वास्थ्य पहिलेको जस्तो थिएन। यदि भविष्यमा उहाँहरू बिरामी पर्नुभएको भए, मेरो अवस्थाले मलाई उहाँहरूको हेरचाह गर्न दिनेथिएन। मलाई सधैँ उहाँहरूप्रति ऋणी भएको महसुस हुन्थ्यो। जब मेरी सिस्टरले मेरो स्थितिबारे थाहा पाइन्, तब उनले मेरा लागि परमेश्‍वरका केही वचन खोजिन्। मैले परमेश्‍वरका वचनहरू पढेँ: “मेरा अभिप्रायहरू बोध गर्ने सबैलाई म सधैँ सान्त्वना दिनेछु, र म तिनीहरूलाई दुःख पाउन वा हानि हुन दिनेछैनँ। मेरा अभिप्रायहरूअनुसार कार्य गर्नु नै अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यसो गर्नेहरूले निश्चय नै मेरा आशिष्हरू प्राप्त गर्नेछन् अनि तिनीहरू मेरो सुरक्षाअन्तर्गत आउनेछन्। आफूलाई पूर्ण रूपमा मप्रति समर्पित गर्न अनि मेरो खातिर आफ्नो सबै कुरा अर्पण गर्न को साँच्चिकै सक्षम छ? तिमीहरू सबै आधा हृदयका छौ; तिमीहरूका विचारहरू परिवार, बाहिरी संसार, खाना र वस्‍त्रको बारेमा सोच्नमै घुमिरहन्छन्। तँ यहाँ मेरो सामु मेरो निम्ति कामकुरा गर्दैछस् भन्‍ने तथ्यको बाबजुद, हृदयमा तँ अझै घरमा रहेका आफ्ना श्रीमती, बालबच्चा र आमाबुबाको बारेमा सोचिरहेको छस्। के तिनीहरू तेरा सम्पत्ति हुन् र? किन तँ तिनीहरूलाई मेरो हातमा सुम्पिँदैनस्? के तँलाई मेरो भरोसा छैन? कि तँ मैले तेरो निम्ति अनुचित बन्दोबस्त गरिदिनेछु भनी डराउँछस्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ५९)। परमेश्‍वरका निम्ति सच्चा रूपमा आफूलाई समर्पित गर्नेहरूमा परमेश्‍वरप्रति बफादारी र समर्पण हुन्छ; तिनीहरू व्यक्तिगत प्राप्ति र नोक्सानलाई विचार नगरी आफ्नो कर्तव्य निर्वाह गर्छन्, र परमेश्‍वरको आज्ञा पूरा गर्न आफ्ना जिम्मेवारीहरू पूरा गर्छन्। तर, जब म छनौटको सामना गर्थेँ, तब म सधैँ आफ्नो भविष्य, आफ्नो परिवार र आफ्ना आमाबुबालाई विचार गर्थेँ। मैले आफ्ना सबै कुरा साँचो रूपमा परमेश्‍वरको हातमा सुम्पन सकिनँ। वास्तवमा, हाम्रा आमाबुबाको नियति परमेश्‍वरको सार्वभौमिकता अन्तर्गत हुन्छ: उहाँहरूले कति कष्ट भोग्नुहुनेछ र कति सुख उपभोग गर्नुहुनेछ भन्ने कुरा परमेश्‍वरले धेरै अघि नै पूर्वनियोजित गर्नुभएको हुन्छ। यदि उहाँहरू बिमारले ग्रस्त छन् भने, छोराछोरीका रूपमा, हामी आमाबुबासँगै बसे पनि वा उहाँहरूको उपचारको खर्च तिरे पनि, हामी उहाँहरूको सट्टामा दुःख भोग्न सक्दैनौँ, र केही पनि परिवर्तन गर्न सक्दैनौँ। मेरा काकालाई नै हेरौँ न, उहाँका धेरै छोराछोरी छन्। मेरा नातेदार दाइभाइ-दिदीबहिनीहरूका परिवारहरू तुलनात्मक रूपले सम्पन्न छन्, र उनीहरू काकाप्रति छोराछोरीको धर्म निकै निभाउँछन्। काकालाई फोक्सोको क्यान्सर हुँदा, उनीहरू सबैले उहाँको शल्यक्रियाको खर्च तिरे र पालैपालो उहाँको हेरचाह गरे। उनीहरूले शल्यक्रियापछि उहाँ निको हुनुहुनेछ भन्ने सोचेका थिए, तर अप्रत्याशित रूपमा, केही महिनाभित्रै उहाँ बित्नुभयो। मेरो परिवार सम्पन्न छैन, र मेरा आमाबुबा प्रायः कडा शारीरिक श्रम गर्नुहुन्छ। तर, उहाँहरूको स्वास्थ्य अझै राम्रो छ र वर्षभरि बिरलै बिरामी पर्नुहुन्छ। मैले परमेश्‍वरको सार्वभौमिकता बुझिनँ, र परमेश्‍वरप्रति मेरो आस्था साह्रै सानो थियो। त्यस बेलादेखि, म सृष्टिकर्ताका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन, र मेरा आमाबुबासँग सम्बन्धित सबै कुरा परमेश्‍वरलाई सुम्पन इच्छुक भएँ।

पछि, मैले परमेश्‍वरका वचनहरू पढेँ र मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको उत्सुक अभिप्रायलाई बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “परमेश्‍वर उहाँको देखापराइको अभिलाषा राख्नेहरूलाई खोजिरहनुभएको छ, उहाँका वचनहरू मान्नेहरूलाई खोजिरहनुभएको छ, उहाँको आज्ञा नबिर्सनेहरू र आफ्नो हृदय र शरीर उहाँलाई अर्पण गर्नेहरूलाई खोजिरहनुभएको छ, र उहाँसामु बालकहरूझैँ समर्पित हुने र प्रतिरोधी नहुनेहरूलाई खोजिरहनुभएको छ। यदि तँ आफैलाई परमेश्‍वरमा अर्पित गर्छस्, र कुनै शक्तिद्वारा रोकिँदैनस् भने, परमेश्‍वरले तँलाई निगाहका साथ हेर्नुहुनेछ, र तँलाई आशिष् प्रदान गर्नुहुनेछ। यदि तँसँग उच्च हैसियत, सम्माननीय प्रतिष्ठा, ज्ञानको भण्डार, विविध सम्पत्ति, र धेरै मानिसहरूको समर्थन छ, तैपनि तँ यी कुराहरूको झमेला अनुभूत गर्दैनस् र उहाँको बोलावट र उहाँको आज्ञा स्वीकार गर्न र तँबाट परमेश्‍वरले माग्‍नुभएका कार्यहरू गर्नका लागि अझै पनि परमेश्‍वरका सामु आउँछस् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा सबैभन्दा अर्थपूर्ण अभियान र मानवजातिका निम्ति सबैभन्दा न्यायवान् प्रयास हुनेछन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ)। परमेश्‍वरका वचनहरूबाट मैले के देखेँ भने परमेश्‍वर उहाँका वचनहरू सुन्न र उहाँप्रति समर्पित हुन सक्ने मानिसहरू खोज्दै हुनुहुन्छ, र उहाँको देखापराइको तृष्णा गर्नेहरूलाई मुक्ति दिन चाहनुहुन्छ। यदि मानिसहरूले आफ्नो प्रतिष्ठा, हैसियत, पैसा र हित त्याग्न सक्छन्, र तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्न परमेश्‍वरसामु आउन सक्छन् भने, यो उहाँद्वारा अनुमोदित हुन्छ, र यो अर्थपूर्ण कुरा पनि हो। मैले पत्रुसले कसरी परमेश्‍वरको बोलाहट पालन गरे र आफ्नो कर्तव्य पूरा गरे, अनि अन्त्यमा परमेश्‍वरको हृदयलाई सान्त्वना दिन सुन्दर र जोरदार गवाही दिए भन्ने बारेमा सोचेँ। मैले पनि सृजित प्राणीको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्नुपर्छ; तब मात्र मसँग विवेक र मानवता हुन सक्छ। म मण्डलीमा कर्तव्य निर्वाह गर्न सकेर एकदमै सौभाग्यशाली हुनु नै मेरा लागि परमेश्‍वरको अनुग्रह थियो, र म आफ्नो कर्तव्य निर्वाह गर्नका लागि आफ्नो पढाइ छोड्न इच्छुक थिएँ।

त्यसपछि, मैले बुबालाई मेरो निर्णय बताएँ र उहाँले मलाई साथ दिनुभयो। उहाँले यसोसमेत भन्नुभयो, “परमेश्‍वरमाथिको विश्‍वास नै जीवनको सही मार्ग हो। तँ अब वयस्क होस्, र तैँले यो मार्ग रोजिसकेकी हुनाले, तँसँग अघि बढिरहने सङ्कल्प र दृढता हुनैपर्छ। तैँले जस्तोसुकै रोकावट वा कठिनाइहरू सामना गरे पनि हरेस नखा। बस गम्भीरतापूर्वक पछ्या!” बुबाको साथ पाएकामा म अलि छक्क परेँ। मलाई थाहा थियो, उहाँका सोच र विचारहरू परमेश्‍वरको हातमा छन्, र म मनमनै परमेश्‍वरप्रति एकदमै कृतज्ञ भएँ। परमेश्‍वरलाई पछ्याउने मेरो आस्था झनै बलियो भयो। नयाँ सेमेस्टर सुरु भएपछि, मैले विश्वविद्यालय छोड्ने निवेदन दिएँ। मैले राम्रो विश्वविद्यालय किन छोड्न लागेको भनेर शिक्षकले बुझ्न सक्नुभएन, र मलाई त्यसबारे मनाउन निरन्तर कोसिस गर्दै भन्नुभयो, “तिमीले यसबारे सावधानीपूर्वक सोच्नुपर्छ। तिम्रा आमाबुबाले तिमीलाई विश्वविद्यालय पठाउन कडा मिहिनेत गरेका छन् र तिमीले भर्ना पाउन सजिलो थिएन। यदि तिमीले अहिले छोड्यौ भने, भविष्यमा तिमीसँग कहिल्यै स्थिर जागिर हुनेछैन। तिमीमा दृष्टिकोण हुनुपर्छ, तिमी अदूरदर्शी हुनु हुँदैन!” जब मैले शिक्षकले ममा दृष्टिकोण हुनुपर्छ भनेको सुनेँ, तब म स्तब्ध भए। मैले सोचेँ, “हो त। मैले यो निर्णय गरेपछि, मसँग कहिल्यै सम्मानित जागिर हुनेछैन। त्यसपछि, न त म अरूको प्रशंसा पाउनेछु न त दैहिक सुखचैन नै।” मैले मेरो मानसिकता सही छैन भनेर बुझेँ, त्यसैले मैले तुरुन्तै परमेश्‍वरलाई मनमनै प्रार्थना गरेँ। यतिखेर, मलाई परमेश्‍वरका वचनहरू स्पष्ट रूपमा याद आयो: “मेरा मानिसहरू हर समय शैतानका धूर्त युक्तिहरूप्रति सावधान रहनुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय ३)। यो मलाई परमेश्‍वरले सम्झाइरहनुभएको हो भन्ने मलाई थाहा थियो। बाहिरबाट हेर्दा, म शिक्षकसँग कुरा गरिरहेकी जस्ती देखिन्थेँ, तर वास्तवमा, यसको पछाडि शैतानको युक्ति लुकेको थियो। शैतानले शिक्षकलाई प्रयोग गरेर मेरो हितमा भएको जस्तो देखिने केही कुरा भन्न लगायो, जसले मलाई परमेश्‍वरबाट टाढिन र आफ्नो कर्तव्य त्याग्न परीक्षामा पाऱ्यो। शैतान साँच्चै एकदमै घृणास्पद छ! मैले यो पनि मनन गरेँ, “शिक्षकले म अदूरदर्शी हुनु हुँदैन तर ममा दृष्टिकोण हुनुपर्छ; खासमा अदूरदर्शी हुनु भनेको के हो र दृष्टिकोण हुनु भनेको के हो? यदि म उच्च तहको डिग्री, राम्रो जागिर र अरूको प्रशंसा पछ्याउँछु, तर आफ्नो कर्तव्य पूरा गर्न वा सत्यता प्राप्त गर्न सक्दिनँ भने, परमेश्‍वरको काम समाप्त हुँदा, मैले केही पनि पाउनेछैनँ। अदूरदर्शी हुनु भनेको यही हो। परमेश्‍वरलाई पछ्याउनु र सृजित प्राणीको कर्तव्य पूरा गर्नु, अनि सत्यता पछ्याएर स्वभाव परिवर्तन हासिल गर्नु र परमेश्‍वरद्वारा मुक्ति पाउनु—यो नै सबैभन्दा सही छनौट हो, र यो नै साँचो दृष्टिकोण हो।” त्यसपछि, मैले दृढताका साथ जवाफ दिएँ, “विश्वविद्यालय छोड्ने मेरो निर्णय एकाएक गरेको निर्णय होइन। मैले यसबारे लामो समयसम्म विचार गरेकी छु र मलाई पछुतो हुनेछैन!” शिक्षकले मलाई मनाउन सकिँदैन भन्ने देखेर लाचार भई टाउको हल्लाउनुभयो। उहाँले मेरो विश्वविद्यालय छोड्ने प्रक्रिया अघि बढाइदिनुभयो। म क्याम्पसबाट बाहिर निस्केको क्षण, मलाई असाध्यै खुसी लाग्यो, किनकि अबउप्रान्त भेलामा जाँदा वा कर्तव्य निर्वाह गर्दा मैले शिक्षक वा सहपाठीहरूको बन्धनमा पर्नुपर्ने थिएन! गह्रौँ बोझ हटाइएको जस्तो लाग्यो। मलाई पिँजडाबाट उम्केर निलो आकाशको अँगालोमा फर्किएको चराजस्तै महसुस भयो।

त्यसपछि, मैले आफूलाई आफ्ना कर्तव्यहरूमा पूर्ण रूपमा समर्पित गरेँ। म मेरा ब्रदर-सिस्टरहरूसँग हरेक दिन भेलामा सहभागी हुन्थेँ र आफ्नो कर्तव्य निर्वाह गर्थेँ, एकदमै निश्चिन्ता र शान्ति महसुस गर्थेँ। कर्तव्य निर्वाह गर्ने क्रममा, मैले धेरै भ्रष्ट स्वभाव प्रकट गरेँ। उदाहरणका लागि, आफ्नो कर्तव्य निर्वाह गर्दा म तुरुन्तै प्राप्तिका लागि उत्सुक हुन्थेँ, झाराटारुवा हुन्थेँ, र दैहिक सुखचैनमा लिप्त हुन्थेँ; मैले केही काँटछाँट, ताडना र अनुशासन पनि अनुभव गरेँ। मैले आफ्नै भ्रष्ट स्वभावहरूबारे केही बुझाइ प्राप्त गरेँ, र केही परिवर्तनहरू हासिल गरेँ। यी प्राप्तिहरू मैले अझै विश्वविद्यालयमा पढ्दै गर्दा प्राप्त गर्न सक्ने उपलब्धि थिएनन्। म परमेश्‍वरलाई ख्याति र प्राप्ति पछ्याउने दलदलबाट मलाई बाहिर निकाल्नुभएकामा, र जीवनको सही मार्गमा अगुवाइ गर्नुभएकामा धन्यवाद दिन्छु!

अघिल्लो:  ६५. मैले आखिरमा प्रभुको पुनरागमनलाई स्वागत गरेकी छु

अर्को:  ६७. आफ्नो कर्तव्यमा सही अभिप्रायहरू राख्नु अत्यावश्यक छ

सम्बन्धित विषयवस्तु

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

२९. एक अधिकृतको पश्‍चात्ताप

झेन्क्षिङ्ग, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “संसारको सृष्टिदेखि अहिलेसम्म, परमेश्‍वरले आफ्नो काममा मानिसप्रति कुनै पनि घृणा नराखी...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger