६७. आफ्नो कर्तव्यमा सही अभिप्रायहरू राख्नु अत्यावश्यक छ
सन् २०२३ को सेप्टेम्बरमा, मण्डलीले लि याङ र मलाई मलजल गर्ने कामको व्यवस्थापन गर्न सँगै काम गर्ने प्रबन्ध मिलायो। हामी दुवै भर्खरै यस कर्तव्यमा लागेकाले र कामसँग परिचित नभएकाले, अगुवाहरूले चेन लुलाई हामीलाई सघाउन भन्नुभयो। चेन लुले हामीलाई कामबारे बताइन्; हामीले हरेक मण्डलीका मलजल गर्ने व्यक्तिहरूको अवस्था बुझ्नुपर्छ, मलजल गर्ने कामको प्रगतिको बारम्बार अनुगमन गर्नुपर्छ, मलजल गर्ने व्यक्तिहरू र नयाँ विश्वासीहरूका कठिनाइ र समस्याहरू समाधान गर्नुपर्छ, राम्रो क्षमता भएका नयाँ विश्वासीहरूलाई मलजल गर्न र संवर्धन गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ, अनि नियमित रूपमा भेलामा उपस्थित नहुने नयाँ विश्वासीहरूलाई तुरुन्तै साथ र सहयोग दिनुपर्छ भनेर भनिन्। यति मात्र होइन, हामीले मलजल गर्ने कामको परिणाम सुधार्नका लागि आफूलाई दर्शनसम्बन्धी सत्यताहरूद्वारा पनि सुसज्जित पार्नु पर्थ्यो। यो सुनेपछि, मैले सोचेँ, “यति धेरै कामहरूमा पोख्त हुनुपर्ने, अनि ती सबैलाई विस्तृत रूपमा अनुगमन गर्नुपर्ने। यसमा त पक्कै पनि धेरै समय र परिश्रम लाग्नेछ।” मैले मनमा दबाब महसुस गरेँ। तर, मण्डलीले मलाई यति महत्त्वपूर्ण कर्तव्य पूरा गर्न प्रबन्ध मिलाएको कुरा मैले सोचेँ। यो परमेश्वरले मलाई अनुग्रह दिनुभएको र उच्च पार्नुभएको थियो, अनि मैले धेरै कृतज्ञ महसुस गरेँ। मैले उहाँलाई निराश पार्नु हुँदैनथ्यो। मैले यो काम गर्न परमेश्वरमा भर पर्नुपर्थ्यो।
म कामसँग परिचित नभएकाले र कामको हरेक पक्षलाई विस्तृत रूपमा बुझ्न आवश्यक भएकाले, कहिलेकाहीँ म राति धेरै अबेरसम्म बस्थेँ, तर पनि मैले आफ्नो सारा शक्ति लगाउँथेँ। पछि, मैले यो कर्तव्य राम्ररी पूरा गर्न धेरै समय र प्रयास चाहिने रहेछ भन्ने महसुस गरेँ। जब नयाँ विश्वासीहरूलाई समस्या वा कठिनाइहरू आइपर्थ्यो, ती तुरुन्तै समाधान गर्नुपर्थ्यो। साथै, नियमित रूपमा भेलामा नआउने नयाँ विश्वासीहरूलाई तुरुन्तै सहयोग गरिएको छ कि छैन, नयाँ विश्वासीहरूको क्षमता र बुझाइ कस्तो छ, र नयाँ विश्वासीहरूको संवर्धनको प्रगति कस्तो भइरहेको छ जस्ता सबै कुराहरूलाई विस्तृत रूपमा अनुगमन गर्नु र बुझ्नु पर्थ्यो। यी कामहरू राम्ररी पूरा गर्न, लि याङ र मैले लगातार धेरै दिनसम्म बिहानदेखि साँझसम्म काम गर्यौँ। मेरो टाउको झुम्म र भारी भयो, अनि हल्का टाउको पनि दुख्यो, त्यसैले मैले मनमा अलिकति प्रतिरोध महसुस गरेँ। “यो कर्तव्य पूरा गर्दा मानसिक रूपमा मात्र होइन शारीरिक रूपमा पनि थकाइ लाग्ने रहेछ। यो कर्तव्य राम्ररी पूरा गर्न साँच्चै सजिलो छैन! पहिले म मण्डलीमा मानिसहरूलाई मलजल मात्र गर्थेँ, र कामको निरीक्षण गर्ने जिम्मेवारी मेरो थिएन। मैले यति धेरै चिन्ता लिनु पर्दैनथ्यो, र मसँग आफ्नो खाली समय पनि हुन्थ्यो; त्यो अपेक्षाकृत आरामदायी थियो। तर अहिले, म यति धेरै मण्डलीहरूको मलजल गर्ने कामको लागि जिम्मेवार छु, र यो पहिलेभन्दा धेरै चिन्ताजनक र थकाइलाग्दो छ।” जति मैले यसबारे सोचेँ, त्यति नै मलाई दबिएको महसुस भयो। मलाई अब यो कर्तव्य गर्ने मन थिएन, र म फेरि मलजल गर्ने व्यक्ति नै बन्न चाहन्थेँ। मैले आफ्नो कर्तव्यबाट पन्छिने विचार गर्न थालेँ। मैले मनमनै हिसाब लगाएँ, “म आफ्नो क्षमता कमजोर छ र यो काम गर्न सक्दिनँ भनिदिन्छु। मैले यो कर्तव्य गर्न थालेको धेरै समय भएको छैन, र धेरै काम पनि सम्हालेको छैन, त्यसैले मेरो कर्तव्य फेरिएपछि काम सुम्पन सजिलो हुनेछ। यदि मैले सबै काम सम्हालेँ भने, मलाई कर्तव्य परिवर्तनको प्रस्ताव राख्न अझ गाह्रो हुनेछ।” त्यसैले, मैले पहिले जस्तो लगनशील भएर आफ्नो कर्तव्य निर्वाह गर्न छोडेँ। म नयाँ विश्वासीहरूलाई मलजल गर्ने कामको प्रगतिको अनुगमन गर्न ढिलो गर्थेँ, र अगुवाहरूले मलाई काममा अकुशल र कर्तव्यको लागि अयोग्य ठानून् भनेर जानेरै ढिलासुस्ती गर्थेँ र कामलाई तन्काउँथेँ। यसो गरिएमा, मैले राजीनामा दिँदा उहाँहरू सहमत हुनुहुनेछ। त्यतिबेला, चेन लुले अरू केही मण्डलीहरूको कामको अनुगमन पनि गरिरहेकी थिइन्, त्यसैले चेन लुले सम्हालिरहेका जिम्मेवारीहरू लिनका लागि लि याङ र मैले अवस्थासँग छिट्टै परिचित हुनु आवश्यक थियो। जब चेन लुले हामीलाई यी मण्डलीहरू भित्रको अवस्थाबारे बताइन्, मलाई डर लाग्यो कि जब म अवस्था बुझ्छु र कामको जिम्मेवारी मलाई सुम्पिन्छ, तब मलाई राजीनामा दिन झन् गाह्रो हुनेछ। त्यसैले, मैले कामसँग परिचित नहुनका लागि व्यस्त भएको बहाना बनाएँ। कहिलेकाहीँ, मैले आफैलाई धिक्कारेँ, र सोचेँ, “मैले यी कामहरू जतिसक्दो चाँडो सम्हाल्नुपर्छ, तर मैले आफूलाई दुःख र थकाइबाट बचाउन चाहेकाले काम सम्हाल्न हतार गरेकी छैन। यसले मण्डलीको कामको सुरक्षा गर्दैन! तर, यदि म यी कामहरूसँग परिचित भएँ भने, म छोडेर जान सक्दिनँ र मेरो शरीरले दुःख पाउनेछ। जे भए पनि, यदि मैले यो काम सम्हालिनँ भने, लि याङले सम्हाल्नेछन्। यसबाहेक, चेन लुले अझै पनि यसमा पार्ट-टाइम काम गरिरहेकी छिन्, त्यसैले यी कामहरू गर्ने कोही पनि नहुने भन्ने त होइन।” यस्तो सोचेपछि, मैले आफूलाई धिक्कार्न छोडेँ। पछि, लि याङ र चेन लुले कामबारे छलफल गरिरहँदा मैले त्यसमा सामेल हुन चाहिनँ। म एक बाहिरी मान्छे जस्तै भएँ। मलजल गर्ने काममा समस्याहरू उत्पन्न भएका छन् भन्ने थाहा पाएर पनि, मैले त्यसलाई समाधान गर्ने उपाय सोच्ने प्रयास गरिनँ; म त जतिसक्दो चाँडो कसरी छोडेर जाने भन्ने मात्र सोचिरहेकी थिएँ। मैले अझै पनि ती मण्डलीहरूको अवस्था नबुझेकाले, सबै काम लि याङमाथि आइपर्यो। उनले एक्लै सबै कुरालाई सम्हाल्न सकेनन्, र उनीमाथि परेको ठूलो दबाबको कारण उनी दिनभरि सुस्केरा हाल्थे। लि याङ खराब स्थितिमा छन् भन्ने देखेपछि मात्र मलाई असहज महसुस भयो। मैले सोचेँ, “लि याङ खराब स्थितिमा पुग्नुमा मेरो हात छ। यदि मैले बोझ उठाउन र अलिकति जिम्मेवारी बोध प्राप्त गर्न सकेकी भए, उनी एक्लै यति व्यस्त हुने थिएनन्, र कामको नतिजामा पनि सुधार आउनेथियो। अहिले मलजल गर्ने कामको परिणाम राम्रो आइरहेको छैन, र नियमित रूपमा भेलामा उपस्थित नहुने नयाँ विश्वासीहरूको सङ्ख्या बढ्दै गइरहेको छ। क्षमता भएका नयाँ विश्वासीहरूलाई समयमै मलजल र संवर्धन गरिएको छैन, र उनीहरूको जीवन प्रवेशमा घाटा भइरहेको छ। यो सबै मैले गरेको दुष्टता हो!”
त्यसपछि, मैले आत्मचिन्तन गर्न थालेँ: म किन यो कर्तव्य निर्वाह गर्नेप्रति यति धेरै प्रतिरोधी भएँ? मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा कसरी सधैँ हलुका काम रोज्छन् र कठिनाइबाट पछि हट्छन् भनी परमेश्वरले खुलासा गर्नुभएका वचनहरूबारे मैले सोचेँ, र ती वचनहरू खोजेर पढेँ। परमेश्वर भन्नुहुन्छ: “कर्तव्य निर्वाह गर्दा मानिसहरू सधैँ थकाइलाग्दो नहुने, र घरबाहिर गई नानाथरी कुराको सामना गर्नु नपर्ने हल्का काम छान्छन्। यसलाई सजिलो काम छान्नु र गाह्रो कामदेखि भाग्नु भनिन्छ, र यो देहसुखप्रतिको लालसाको प्रकटीकरण हो। अरू के-के छन्? (कर्तव्य अलिक गाह्रो, अलिक थकाइलाग्दो, र मूल्य चुकाउनुपर्ने हुँदा सधैँ गुनासो गर्नु।) (खानेकुरा र लुगाफाटा, अनि देहसुखमा तल्लीन हुनु।) यी सबै देहसुखप्रतिको लालसाका प्रकटीकरण हुन्। यस्तो व्यक्तिले एकदमै गाह्रो वा जोखिमपूर्ण काम देखेमा, त्यो अरू कसैलाई भिराउँछ; आफूले चाहिँ आरामदायी काम मात्र गर्छ, र आफ्नो क्षमता कमजोर भएको, कार्य क्षमता नभएको, र यो काम वहन गर्न नसक्ने भन्दै बहाना बनाउँछ—जबकि वास्तवमा देहसुखको लालसाले गर्दा त्यस्तो भएको हुन्छ। … मण्डलीको काम वा तिनीहरूको कर्तव्यमा जति व्यस्तता भए पनि, तिनीहरूको जीवनको दैनिकी र सामान्य स्थितिमा कहिल्यै अवरोध हुँदैन। तिनीहरू आफ्नो दैहिक जीवनका सानातिना कुरामा समेत कहिल्यै लापरवाही गर्दैनन्, तिनीहरू यी कुरालाई पूर्ण रूपमा व्यवस्थित गर्छन्, र अत्यन्तै कठोर र गम्भीर हुन्छन्। तर परमेश्वरको घरको कामको कुरा आउँदा, मामला जति ठूलो भए पनि र यो कुरा दाजुभाइ-दिदीबहिनीको सुरक्षासँग सम्बन्धित नै भए पनि, तिनीहरूले त्यसमा लापरवाही गर्छन्। तिनीहरू परमेश्वरको आज्ञासँग सम्बन्धित कुराहरू वा आफूले गर्ने कर्तव्यलाई वास्ता गर्दैनन्। तिनीहरू बिलकुलै कुनै जिम्मेवारी लिँदैनन्। यो देहसुखमा लिप्त हुनु हो, होइन र? के देहसुखमा लिप्त हुने मानिसहरू कर्तव्य निर्वाह गर्न उपयुक्त हुन्छन्? कसैले कर्तव्य पूरा गर्ने कुरा उठाउनेबित्तिकै, वा मूल्य चुकाउने र कठिनाइ भोग्नेबारे बोल्नेबित्तिकै, तिनीहरूले टाउको हल्लाइरहन्छन्। तिनीहरूमा अति धेरै कठिनाइ हुन्छन्, तिनीहरू गुनासोका पोका हुन्, र तिनीहरू नकारात्मकताले भरिएका हुन्छन्। यस्ता मानिसहरू बेकारका हुन्, तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्न योग्य हुँदैनन् र तिनीहरूलाई हटाइनुपर्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (२))। जब मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेँ, म आत्म-धिक्कारले भरिएँ। परमेश्वरले जे खुलासा गर्नुभयो, त्यो ठ्याक्कै मेरो स्थिति थियो। आफ्नो कर्तव्य निर्वाह गर्दा, म सधैँ हलुका काम रोज्थेँ, र काममा मेहनत लाग्नेबित्तिकै, म त्यो अरूलाई सार्न चाहन्थेँ र आफूचाहिँ सजिलो काम गर्थेँ। मैले आफ्नो क्षमता कमजोर छ भनेर बहाना समेत बनाएँ, तर वास्तवमा म केवल आराममा लिप्त हुन चाहन्थेँ। परमेश्वर भन्नुहुन्छ कि यस्ता मानिसहरूमा परमेश्वरप्रति कुनै समर्पण वा उहाँको डर हुँदैन, र आराममा लिप्त हुनका लागि उनीहरूले जुनसुकै बेला आफ्नो कर्तव्य त्याग्न सक्छन्। तिनीहरू कर्तव्य निर्वाह गर्न योग्य छैनन्, र हटाइनुपर्छ। मैले आफ्नो कर्तव्यमा गरेका सबै कुराहरूलाई सम्झेँ: अगुवाहरूले मलाई सुपरिवेक्षक बन्ने प्रबन्ध मिलाएपछि, मैले म धेरै मण्डलीहरूका लागि जिम्मेवार छु, मेरो कार्यभार धेरै छ, म हरेक दिन व्यस्त हुन्छु, कहिलेकाहीँ राति अबेरसम्म बस्नुपर्छ, र यो कर्तव्य मानसिक र शारीरिक रूपमा धेरै थकाइलाग्दो छ भनेर थाहा पाउनेबित्तिकै, मलाई लाग्यो कि हरेक दिन यो कर्तव्य पूरा गर्दा धेरै मेहनत र थकाइ लाग्छ, र मैले आफ्नो देहसुखका लागि राजीनामा दिने सोचेँ। मलाई राम्ररी थाहा थियो कि यो कर्तव्य अत्यन्त महत्त्वपूर्ण छ र मैले जतिसक्दो चाँडो काम सम्हाल्नुपर्छ, तर मलाई डर थियो कि यदि मैले धेरै काम सम्हालेँ भने, म छोडेर जान सक्दिनँ। त्यसैले, मैले जानेरै ढिलासुस्ती गरेँ र झारा टारेँ। अगुवाहरूलाई मेरो क्षमता कमजोर छ र म यो कामको लागि योग्य छैन भनेर देखाउन खोजेँ ताकि उनीहरूले मेरो राजीनामा स्वीकृत गरून्। जब चेन लुले हामीलाई कामसँग परिचित गराउन मद्दत गरिरहेकी थिइन्, मैले जानेरै धेरै व्यस्त भएको बहाना गरेँ र त्यसमा भाग लिइनँ। फलस्वरूप, सबै काम लि याङमाथि आइपर्यो, जसले उनलाई ठूलो दबाबमा पार्यो र खराब स्थितिमा पुर्यायो। काममा समस्याहरू झन्-झन् बढ्दै गए, र नयाँ विश्वासीहरूलाई मलजल गर्ने कामको परिणाम पनि राम्रो आइरहेको थिएन। मण्डलीको काममा भएको यो सबै हानि मैले आराममा लिप्त भएर र कठिन कामहरूबाट पन्छिँदै सजिलो कामहरू रोजेको कारणले भएको थियो। अघिल्ला दुई सुपरिवेक्षकहरूले मलजल गर्ने काममा पहिले नै ढिलाइ गरिसकेका थिए र उनीहरूलाई बर्खास्त गरिएको थियो, अनि यस निर्णायक घडीमा, मण्डलीले मलाई यो कर्तव्य निर्वाह गर्न प्रबन्ध मिलाएको थियो, जुन परमेश्वरले मलाई उच्च पार्नु हो। मैले उहाँका अभिप्रायहरूलाई ख्याल गर्नुपर्थ्यो र मण्डलीको कामको सुरक्षा गर्नुपर्थ्यो। तर, ममा अलिकति पनि विवेक थिएन। काम धेरै हुने र मेरो शरीरले आराम नपाउनेबित्तिकै, मैले प्रतिरोध महसुस गर्थेँ, र सजिलो कर्तव्यको लागि आफूलाई दिइएको आज्ञा त्याग्न हरसम्भव प्रयास गर्थेँ। मैले काममा ढिलाइ भएको देखेँ, तर मैले त्यसलाई बचाइनँ। म कति छली, दुष्ट, र घृणित रहेछु! वास्तवमा, मैले काम गर्न नसक्ने होइन। बरु, समस्या यो थियो कि मेरो प्रकृति धेरै स्वार्थी थियो र मैले गर्न सक्ने कामहरू पनि गरिनँ; मैले परमेश्वरप्रति अलिकति पनि बफादारी देखाइनँ, र निर्णायक क्षणमा म बेकम्मा भएँ। म साँच्चै केही नकामको थिएँ, कर्तव्य निर्वाह गर्न अयोग्य थिएँ! जब मैले यो कुरा बुझेँ, मेरो हृदय आत्म-धिक्कार र दुःखले भरियो, अनि मैले देहविरुद्ध विद्रोह गर्न र समर्पित हुन, र अब उप्रान्त आफ्नो कर्तव्य रोजीछानी नगर्नका लागि मलाई अगुवाइ गरिदिनुहोस् भनी परमेश्वरसँग प्रार्थना गरेँ।
पछि, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ र आफ्नो समस्याबारे केही बुझाइ प्राप्त गरेँ। परमेश्वर भन्नुहुन्छ: “त्यसो भए, भ्रष्ट मानवजातिको जीवनप्रतिको दृष्टिकोण कस्तो हुन्छ? यो यस्तो हुन्छ भनेर भन्न सकिन्छ: ‘अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।’ मानिसहरू सबै आफ्नै निम्ति जिउँछन्; अझ खुलस्तसँग भन्नुपर्दा, उनीहरू देहका लागि बाँचिरहेका हुन्छन्। उनीहरू पेट भर्नका निम्ति मात्र बाँचिरहेका हुन्छन्। यस्तो अस्तित्व जनावरको भन्दा कसरी भिन्न हुन्छ र? यस प्रकारले जिउनुको कुनै महत्त्व हुँदैन, न त कुनै अर्थ नै हुन्छ। व्यक्तिको जीवनप्रतिको दृष्टिकोण, तँ संसारमा जिउनका निम्ति कुन कुरामा भर पर्छस्, तँ केका निम्ति जिउँछस्, र तँ कसरी जिउँछस् भन्ने कुरामा निर्भर हुन्छ—यी सबै कुराहरू मानव प्रकृतिको सारसँग सम्बन्धित हुन्छन्। मानिसहरूको प्रकृति चिरफार गरेर, तैँले सबै मानिसहरूले परमेश्वरको प्रतिरोध गर्छन् भन्ने पत्ता लगाउँछस्। उनीहरू सबै दियाबलसहरू हुन् र साँचो रूपमा असल व्यक्ति कोही पनि छैन। मानिसहरूको प्रकृतिलाई विश्लेषण गरेर मात्र तैँले मानिसको भ्रष्टता र सारलाई वास्तविक रूपमा बुझ्न सक्छस्, मानिसहरू वास्तवमा कसको अधीनमा छन्, मानिसहरूमा वास्तवमा के कुरा कमी छ, तिनीहरू कुन कुराद्वारा सुसज्जित हुनुपर्छ र मानिसको स्वरूपमा तिनीहरू कसरी जिउनुपर्छ सो बुझ्न सक्छस्। व्यक्तिको प्रकृतिलाई साँचो रूपमा विश्लेषण गर्नु सजिलो हुँदैन, र परमेश्वरका वचनहरूको अनुभव नगरी वा साँचो अनुभवहरू प्राप्त नगरी यो काम गर्न सकिँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। स्वभाव रूपान्तरणबारे के थाहा हुनुपर्छ)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “जीवन छोटो छ, त्यसैले बल हुँदा नै यसको आनन्द लिनु पर्छ,” र “मद्यपान र सङ्गीतको आनन्द लिँदै, जीवनले साँच्चै कति समय पो दिन्छ र?” भन्ने जस्ता शैतानी नियमहरू मभित्र जरा गाडेर बसेका थिए र ती मेरो प्रकृति बनेका थिए। यी सोच र विचारहरूद्वारा नियन्त्रित भएर, मैले गर्ने हरेक काममा स्वार्थलाई नै आफ्नो सिद्धान्त बनाएँ, र मेरो देहले आराम पाउँछ कि पाउँदैन भन्ने कुरालाई मात्र ख्याल गरेँ। म यदि मेरो देहले दुःख पाएन भने, त्यो एउटा आशिष् हो भन्ने विश्वास गर्थेँ। म मेरो देहलाई फाइदा हुने कुनै पनि काम गर्थेँ, र फाइदा नहुने कुनै पनि काम गर्दिनथेँ; म आफूलाई कहिल्यै नराम्रो व्यवहार गर्दिनथेँ। जब मलजल गर्ने काममा जिम्मेवार हुँदा मेरो देहले दुःख भोग्नुपर्थ्यो, मलाई थकान र चिन्ता मन पर्दैनथ्यो, र म हलुका कर्तव्य निर्वाह गर्न चाहन्थेँ। मलाई राम्ररी थाहा थियो कि मलजल गर्ने काम प्रभावित भइसकेको थियो, र मैले जतिसक्दो चाँडो कामसँग परिचित भएर कर्तव्यहरू काँधमा लिनुपर्थ्यो, तर म यदि मैले कर्तव्यहरू सम्हालेँ भने राजीनामा दिन गाह्रो हुनेछ भनेर चिन्तित थिएँ, त्यसैले मैले मलजल गर्ने काममा ढिलाइ भएको टुलुटुलु हेरिरहेँ, मानौँ म बाहिरी व्यक्ति हुँ जसलाई कुनै वास्ता छैन। मण्डलीले मलाई यो कर्तव्य निर्वाह गर्न प्रबन्ध मिलाउनु भनेको परमेश्वरले मलाई उच्च पार्नु थियो, तर मैले निरन्तर यसबाट पन्छिने विचार गरेँ। यसले मलजल गर्ने काममा खराब परिणाम ल्यायो र नयाँ विश्वासीहरूको जीवन वृद्धिमा ढिलाइ गर्यो। यो दुष्टता गर्नु थियो, परमेश्वरको प्रतिरोध गर्नु थियो, र उहाँका लागि घृणित कुरा थियो!
मैले परमेश्वरका वचनहरूबारे सोचेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तँ आज लिप्त हुने कुरा नै तेरो भविष्यलाई बिगारिरहेको कुरा हो, जबकि तैँले आज सहने पीडाले नै तेरो सुरक्षा गरिरहेको छ। तँ यी चीजहरूबारे स्पष्ट रूपमा सचेत हुनुपर्छ, ताकि आफूलाई उम्किन कठिन लाग्ने परीक्षाको सिकार हुनबाट तँ जोगिन सक्, र बाटो बिराएर बाक्लो कुहिरोभित्र छिरेर फेरि कहिल्यै सूर्य भेट्टाउन असक्षम हुनबाट जोगिन सक्। जब बाक्लो कुहिरो हट्छ, तब तैँले आफूलाई महान् दिनको न्यायमाझ पाउनेछस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो)। “मानिसको देह सर्प जस्तै हो: यसको सार भनेको उसको जीवनलाई हानि गर्नु हो—र जब त्यसले कामकुराहरू पूर्ण रूपमा आफ्नै मनमाफिक गराउँछ, तेरो जीवन खोसिन्छ। देह शैतानको हो। यसभित्र सधैँ विलासी कामनाहरू हुन्छन्; यसले सधैँ आफ्ना लागि सोच्छ, र यसले सधैँ सहजताको कामना गर्छ र ऐसआराममा लिप्त हुन चाहन्छ, यसमा हतार र तत्परताको बोध हुँदैन, यो निष्क्रियतामा डुबिरहन्छ, र यदि तैँले निश्चित हदसम्म यसलाई सन्तुष्ट पारिस् भने, यसले अन्ततः तँलाई निल्नेछ। यसो भन्नुको अर्थ, यदि तैँले यसलाई यसपटक सन्तुष्ट बनाइस् भने, अर्को पटक यसले फेरि सन्तुष्ट बनाइमाग्छ। यसका सधैँ अनावश्यक आकाङ्क्षा तथा नयाँ मागहरू हुन्छन्, यसलाई अझ धेरै प्यारो बनाउन र सुखसयलमा जिउन तैँले देहका लागि गरेको सहायताको फाइदा उठाउँछ—र यदि तैँले यसलाई कहिल्यै जित्न सकिनस् भने, अन्ततः तैँले आफैलाई बरबाद बनाउनेछस्। तैँले परमेश्वरसामु जीवन प्राप्त गर्न सक्छस् कि सक्दैनस् र तेरो अन्तिम परिणाम के हुनेछ भन्ने कुरा, तैँले देहविरुद्धको तेरो विद्रोह कसरी अभ्यास गर्छस् भन्नेमा निर्भर रहन्छ। परमेश्वरले तँलाई मुक्ति दिनुभएको छ, छनौट गर्नुभएको छ र पूर्वनिर्धारित गर्नुभएको छ, तैपनि आज यदि तँ उहाँलाई सन्तुष्ट पार्न अनिच्छुक छस् भने, तँ सत्यता अभ्यास गर्न अनिच्छुक छस् भने, परमेश्वरलाई प्रेम गर्ने साँचो हृदयसहित तेरो आफ्नो देहविरुद्ध विद्रोह गर्न अनिच्छुक छस् भने, अन्ततः तैँले आफैलाई बरबाद पार्नेछस्, र यसरी तैँले अत्यन्तै ठूलो पीडा सहनेछस्। यदि तैँले देहलाई सधैँ रिझाउँछस् भने, शैतानले तँलाई बिस्तारै निल्नेछ र तँ एक दिन भित्री रूपमा पूरै अँध्यारो हुने हदसम्म, तँलाई जीवनरहित, अथवा आत्माको स्पर्शरहित बनाउनेछ। जब तँ अँध्यारोमा जिउँछस्, तँलाई शैतानले कैदी बनाएको हुनेछ, तेरो हृदयमा उप्रान्त परमेश्वर हुनुहुनेछैन, र त्यस बेला तैँले परमेश्वरको अस्तित्वलाई इन्कार गर्नेछस् र उहाँलाई छोड्नेछस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। परमेश्वरका वचनहरूबाट मैले के देखेँ भने, यदि तिमीले निरन्तर देहलाई माया गर्यौ र दैहिक आराममा लिप्त भयौ भने, तिमीलाई बिस्तारै शैतानले निल्नेछ। अन्त्यमा, यस्ता सबै मानिसहरू परमेश्वरद्वारा दोषी ठहरिनेछन् र हटाइनेछन्। मैले आफू गम्भीर खतरामा रहेको महसुस गरेँ। मैले यो कर्तव्य पहिलोपटक गर्न थालेको समयलाई सम्झिएँ। त्यतिबेला ममा अझै पनि परमेश्वरका अभिप्रायहरूलाई ख्याल राख्ने केही तत्परता थियो, र जब म नकारात्मक र झाराटारुवा हुन्थेँ, मैले केही आत्म-धिक्कार महसुस गर्थेँ। पछि, जब म दैहिक कुरामा फसेँ, मैले दैहिक दुःख र थकाइबाट कसरी बच्ने भन्ने मात्र सोचेँ र अर्को कर्तव्यमा जानका लागि जतिसक्दो चाँडो राजीनामा दिन चाहेँ। मैले जानेरै बिस्तारै काम गरेँ र अयोग्य भएको बहाना बनाएँ, किनभने मलाई डर थियो कि यदि मैले आफ्नो काम राम्ररी गरेँ भने, म आफ्नो कर्तव्य छोड्न सक्दिनँ। अन्ततः, यसले मलजल गर्ने काममा विभिन्न समस्याहरू निम्त्यायो, र नयाँ विश्वासीहरूको जीवन प्रवेशमा गम्भीर हानि पुग्यो। मेरो देह सन्तुष्ट भए पनि, मण्डलीको काममा तत्काल मानिसहरू आवश्यक परेको महत्त्वपूर्ण घडीमा, मैले परमेश्वरको अभिप्रायलाई ख्याल गरिनँ र मैले पूरा गर्नुपर्ने कर्तव्यहरू गरिनँ। बरु, मैले भाग्ने मात्र सोचेँ, र अपराधहरू गरेर गएँ। आफ्नो कर्तव्यलाई यसरी व्यवहार गरेर, मैले परमेश्वरलाई धोका दिएँ! मैले परमेश्वरका वचनहरूबारे सोचेँ: “परमेश्वरले सुम्पनुभएका आज्ञाहरूलाई मानिसहरूले पूरा गर्नु पूर्ण रूपमा प्राकृतिक र न्यायोचित हो। यो मानिसको सर्वोच्च जिम्मेवारी हो, र यो उसको जीवनजत्तिकै नै महत्त्वपूर्ण छ। यदि तैँले परमेश्वरका आज्ञाहरूलाई हल्का रूपमा लिन्छस् भने, यो परमेश्वरलाई दिइएको सबैभन्दा गम्भीर धोका हो। यसमा, तँ यहूदाभन्दा पनि बढी निन्दनीय हुन्छस्, र तँ श्रापित हुनुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिसको प्रकृति कसरी चिन्ने)। मैले आफ्नो कर्तव्यलाई झाराटारुवा र लापरवाहीपूर्ण तरिकाले व्यवहार गर्दा मण्डलीको काममा क्षति पुग्छ भन्ने महसुस गरेँ। यो परमेश्वरप्रति गम्भीर धोका हो, र परमेश्वरले सबैभन्दा बढी घृणा गर्ने कुरा यही हो। अन्ततः तिमी निश्चय नै दोषी ठहरिनेछौ र हटाइनेछौ। मलाई हृदयमा डर महसुस भयो, र अन्ततः मैले स्पष्ट रूपमा देखेँ कि दैहिक आरामको पछि लाग्दा आशिष् होइन, विपत्ति आउँछ, र देहलाई ख्याल गर्दा साँच्चै मेरो ज्यान नै जान सक्छ। यदि मैले पश्चात्ताप नगरी दैहिक आराम पछ्याइरहेँ भने, शैतानजस्तै, म पनि परमेश्वरद्वारा नष्ट पारिनेछु! म अब उप्रान्त शैतानी विषअनुसार जिउन सक्दिनथेँ, र मैले देहविरुद्ध विद्रोह गर्नुपर्थ्यो र आफ्नो कर्तव्य राम्ररी पूरा गर्नका लागि परमेश्वरका मागहरूअनुसार अभ्यास गर्नुपर्थ्यो।
मैले नोआको आफ्नो कर्तव्यप्रतिको मनोवृत्तिबारे सोचेँ, त्यसैले मैले पढ्नका लागि परमेश्वरका वचनहरू खोजेँ। परमेश्वर भन्नुहुन्छ: “जहाज निर्माण गर्ने सम्पूर्ण प्रक्रिया कठिनाइले भरिएको थियो। हालका लागि, नोआले वर्षैपिच्छे तेज बतासहरू, चर्को घाम र मुसलधारे वर्षा, प्रचण्ड गर्मी र अत्यधिक चिसो अनि पालैपालो आउने चार ऋतुहरूलाई कसरी पार गरे भन्ने कुरालाई थाती राखौँ। पहिले जहाज निर्माण गर्नु कति ठूलो काम थियो, तिनले तयार गरेका विभिन्न सामग्रीहरू, र जहाज निर्माण गर्ने क्रममा तिनले सामना गरेका असङ्ख्य कठिनाइहरूबारे कुरा गरौँ। … अनेक प्रकारका समस्या, कठिन परिस्थिति र चुनौतीहरूको सामना गर्दा, नोआ कहिल्यै पछि हटेनन्। तिनका केही थप कठिन इन्जिनियरिङ कार्यहरू बारम्बार विफल र क्षतिग्रस्त हुँदा, नोआलाई हृदयमा उदास र चिन्तित महसुस भए पनि, जब तिनले परमेश्वरका वचनहरूबारे सोच्थे, जब तिनले परमेश्वरले तिनलाई दिनुभएको आज्ञाका हरेक वचन र परमेश्वरले तिनलाई गर्नुभएको उत्थानलाई सम्झन्थे, तब तिनलाई प्रायः अत्यन्तै उत्प्रेरित महसुस हुन्थ्यो: ‘म हार मान्न सक्दिनँ, परमेश्वरले मलाई आज्ञा गर्नुभएको र सुम्पनुभएको कुरालाई म त्याग्न सक्दिनँ; यो परमेश्वरको आज्ञा हो, र मैले यसलाई स्वीकार गरेको हुनाले, मैले परमेश्वरले बोल्नुभएका वचन र परमेश्वरको आवाज सुनेको हुनाले र मैले यसलाई परमेश्वरबाट स्वीकार गरेको हुनाले, म पूर्ण रूपमा समर्पित हुनुपर्छ, मानवजातिले हासिल गर्नु पर्ने कुरा यही हो।’ तसर्थ, तिनले जुनसुकै प्रकारका कठिनाइहरू भोगे पनि, तिनले जस्तोसुकै उपहास वा अपमान सामना गरे पनि, तिनको शरीर जतिसुकै शिथिल र थकित भए पनि, तिनले परमेश्वरले तिनलाई सुम्पनुभएको कुरालाई त्यागेनन्, र परमेश्वरले भन्नुभएको र आज्ञा गर्नुभएको हरेक वचनलाई निरन्तर मनमा राखे। तिनको परिवेश जतिसुकै परिवर्तन भए पनि, तिनले जतिसुकै ठूलो कठिनाइ सामना गरे पनि, तिनमा विश्वास थियो कि यीमध्ये कुनै पनि कुरा सदाका लागि रहनेछैन, केवल परमेश्वरका वचनहरू कहिल्यै बितेर जानेछैनन्, र परमेश्वरले गर्न भनेर आज्ञा गर्नुभएका कुराहरू मात्र अवश्यै पूरा हुनेछन्। नोआलाई परमेश्वरप्रति साँचो आस्था थियो, र तिनमा हुनुपर्ने समर्पण थियो, अनि तिनले परमेश्वरले अह्राउनुभएको जहाज बनाउने कामलाई निरन्तरता दिए। दिनप्रतिदिन, वर्षेनी, नोआ वृद्ध बन्दै गए, तर तिनको आस्था घटेन, र परमेश्वरको आज्ञा पूरा गर्ने तिनको मनोवृत्ति र दृढतामा कुनै परिवर्तन आएन। तिनको शरीरलाई थकित र शिथिल महसुस भएको, र तिनी बिरामी परेको, हृदयमा तिनी कमजोर भएको समयहरू आए पनि, परमेश्वरको आज्ञा पूरा गर्ने र परमेश्वरको वचनमा समर्पित हुने तिनको दृढता र अठोटमा कमी आएन। नोआले जहाज बनाएका वर्षहरूमा, तिनी परमेश्वरले भन्नुभएका वचनहरू सुन्ने र तिनमा समर्पित हुने अभ्यास गर्दै थिए, र तिनी एक सृजित प्राणी र सामान्य व्यक्तिका रूपमा परमेश्वरको आज्ञा पूरा गर्न आवश्यक पर्ने एक महत्त्वपूर्ण सत्यताको अभ्यास पनि गर्दै थिए” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट तीन: नोआ र अब्राहामले कसरी परमेश्वरका वचनहरू पालना गरे र उहाँप्रति समर्पित भए (भाग दुई))। यो खण्ड पढेपछि, मलाई अत्यन्तै लाज लाग्यो। जब परमेश्वरले नोआलाई जहाज बनाउन भन्नुभयो, नोआलाई यो कति कठिन हुनेछ भन्ने थाहा थियो, र जहाज बनाउन धेरै कडा परिश्रम र ठूलो मूल्य चुकाउनुपर्छ भन्ने पनि थाहा थियो। तर, जतिसुकै ठूला कठिनाइहरू भए पनि, नोआले आफै कुनै कुरा नरोजी परमेश्वरको आज्ञा स्विकारे। उनले आफ्नै हितलाई ख्याल गरेनन्, र उनी सरल हृदयले परमेश्वरप्रति समर्पित भए, उनले परमेश्वरको आज्ञा स्विकारे र परमेश्वरका मागहरूअनुसार जहाज बनाउन सक्दो प्रयास गरे। एक सय बीस वर्षसम्म लागिरहेपछि, उनले अन्ततः जहाज बनाउने काम पूरा गरे। नोआले विना सम्झौता परमेश्वरको आज्ञा स्विकारे, र उनी बफादार र समर्पित थिए। उनको मानवता उत्कृष्ट थियो! नोआको तुलनामा, ममा मानवताको धेरै कमी थियो। यदि मैले अहिले यी साना कष्टहरू सहन सकिनँ, र सजिलो कर्तव्यमा जान चाहेँ भने, म साँच्चै मानव कहलिन लायक पनि थिइनँ।
पछि, मैले परमेश्वरका थप वचनहरू पढेँ। परमेश्वर भन्नुहुन्छ: “परमेश्वरका वचनहरू खानु र पिउनु, प्रार्थना अभ्यास गर्नु, परमेश्वरको बोझ स्वीकार गर्नु, अनि उहाँले तँलाई सुम्पिनुहुने कार्यहरू स्वीकार गर्नु—यो सबै, तेरो सामु मार्ग होस् भनेर हो। परमेश्वरको आज्ञाका निम्ति तँसँग जति बढी बोझ हुन्छ, उहाँद्वारा सिद्ध पारिन तँलाई त्यति नै सहज हुन्छ। कतिपयलाई बोलाइँदा समेत तिनीहरू परमेश्वरको सेवामा अरूसित समन्वय गर्न अनिच्छुक हुन्छन्; यिनीहरू अल्छी मानिसहरू हुन् जो केवल आरामसित रमाइलो गर्न चाहन्छन्। तँलाई जति बढी अरूसँगको समन्वयमा सेवा गर्न भनिन्छ, तैँले त्यति नै बढी अनुभव हासिल गर्नेछस्। बोझहरू तथा अनुभवहरू धेरै हुँदा तैँले सिद्ध हुनका निम्ति बढी अवसरहरू पाउनेछस्। त्यसकारण, यदि इमानदारीताका साथ तैँले परमेश्वरको सेवा गर्न सक्छस् भने तैँले परमेश्वरको बोझलाई पनि ध्यान दिनेछस्, त्यसो हुँदा, परमेश्वरद्वारा सिद्ध हुनका निम्ति तँसित धेरै अवसरहरू हुनेछन्। हाल केवल त्यस्ता समूहका मानिसहरू नै परमेश्वरद्वारा सिद्ध तुल्याँइदैछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सिद्धता हासिल गर्न परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर)। परमेश्वरले मलाई आफ्नो कर्तव्य पूरा गर्न तालिमको अवसर दिएर अनुग्रहित तुल्याउनुभयो, ताकि मैले सत्यता प्राप्त गरूँ र म सिद्ध होऊँ। मैले यसको कदर गर्नुपर्थ्यो! मलजल गर्ने काम मिलाउनु व्यस्त र थकाइलाग्दो भए पनि, सत्यता प्राप्त गर्ने र परमेश्वरद्वारा सिद्ध पारिने धेरै अवसरहरू छन्। मैले पहिले गरेका कर्तव्यहरू बढी आरामदायी र सहज भए पनि, मलाई कम समस्याहरू आइपर्थे, जसको मतलब सत्यता खोज्ने अवसरहरू पनि कम थिए, र मेरो जीवन वृद्धि पनि ढिलो थियो। परमेश्वर किन मानिसहरूले आफ्नो देहविरुद्ध विद्रोह गरून् र बढी बोझ उठाऊन् भन्ने चाहनुहुन्छ भनेर मैले अब बल्ल अनुभव गरेँ; यसभित्र परमेश्वरको धेरै प्रेम लुकेको छ। जब मैले आफ्नो मानसिकता बदलेँ, मेरो कर्तव्य अलिकति व्यस्त भए पनि मलाई दुःख भइरहेको महसुस भएन, र म भित्री हृदयदेखि समर्पित हुन र यो कर्तव्य स्विकार्न इच्छुक थिएँ। मैले आफूलाई काममा परिचित गराउन सक्रिय रूपमा पहल गर्न थालेँ, र मलाई गर्न नआउने कुनै पनि कुराबारे चेन लुलाई आफैले सोध्ने पहल गरेँ। मैले थप ढिलाइ गर्ने आँट गरिनँ, किनभने मलाई यदि मैले मण्डलीहरूमा के भइरहेको छ भन्ने कुरा बुझ्नुभन्दा अघि नै चेन लु अरू कर्तव्य निर्वाह गर्न गइन् भने काममा ढिलाइ हुन्छ भन्ने डर थियो। पछि, लि याङ र मैले समयमै कामको अनुगमन गर्न सँगै सहकार्य गर्यौँ, र मलजल गर्ने कामको परिणाम पहिलेभन्दा राम्रो भयो। नयाँ विश्वासीहरू भेलाहरूमा सक्रिय रूपमा उपस्थित भइरहेका थिए र कर्तव्य निर्वाह गर्न अनि सुसमाचार प्रचार गर्न पनि इच्छुक थिए।
केही समयपछि, हामी कामसँग परिचित भइसकेका थियौँ, र अगुवाहरूले म र लि याङलाई हाम्रो काम बाँड्न भन्नुभयो, जसमा केही मण्डलीहरूप्रति हामी आफू-आफू जिम्मेवार हुने थियौँ। यसो गर्दा, हामीले कामलाई अझ विस्तृत रूपमा अनुगमन गर्न सक्थ्यौँ। हामीले काम बाँडेपछि, मैले म जिम्मेवार रहेका मण्डलीहरूमा मलजल गर्ने कामको परिणाम राम्रो नभएको देखेँ। त्यहाँ नियमित रूपमा भेलामा नआउने नयाँ विश्वासीहरू धेरै थिए, र मलजल गर्ने व्यक्तिहरूको पनि कमी थियो। लि याङले जिम्मेवारी लिएका मण्डलीहरू राम्रा थिए, र त्यहाँ मलजल गर्ने व्यक्तिहरू धेरै थिए, त्यसैले उनको कर्तव्य अलि सजिलो थियो। जब मैले हामीले काम बाँडेपछिको मण्डलीहरूको स्थिति देखेँ, मैले यी मण्डलीहरू सम्हाल्न चाहिनँ, किनभने मलाई मैले यो सम्हाल्नेबित्तिकै, म पहिलेभन्दा अझ बढी व्यस्त र थकित हुनेछु भन्ने लाग्यो। तर, जब मैले लि याङ आफ्ना मण्डलीहरूसँग बढी परिचित छन्, र यसरी काम बाँड्दा कामलाई अनुगमन गर्न सहज हुन्छ भन्ने सोचेँ, तब म समर्पित भएँ। पछि, सुसमाचार सुनेर झन्-झन् धेरै नयाँ विश्वासीहरू भित्रिए, जसलाई तत्कालै मलजल गर्नुपर्ने आवश्यकता थियो, तर म जिम्मेवार रहेका मण्डलीहरूमा मलजल गर्ने व्यक्तिहरूको कमी थियो। मैले आफ्नो काममा सामान्यभन्दा धेरै समय र ऊर्जा खर्च गर्नुपर्थ्यो, र जब मैले लि याङ कम व्यस्त भएको देखेँ, मलाई उनीसँग काम बाँडेकोमा पछुतो लाग्यो। यतिबेला मैले म फेरि देहलाई ख्याल गर्न चाहिरहेकी छु भन्ने थाहा पाएँ। मैले आफ्नो देहलाई माया गरेका र मण्डलीको काममा बाधा पुऱ्याएका कारण नमेटिने अपराध गरिसकेको बारेमा सोचेँ। मैले विगतमा जस्तै फेरि परमेश्वरको हृदयलाई चोट पुऱ्याउनु हुँदैनथ्यो। जतिसुकै कठिन वा थकाइलाग्दो भए पनि, मैले लागिपर्नुपर्थ्यो। जब मेरा अभिप्रायहरू सही थिए, तब ममा काममा लाग्ने विश्वास पलायो। त्यसपछि, मलजल गर्ने कामको परिणाममा केही सुधार आयो, र काममा ढिलाइ भएन। मैले साँच्चै अनुभव गरेँ कि यदि तिमीले आफ्नो कर्तव्य निर्वाहमा सही अभिप्राय बोकेका छौ र देहलाई ख्याल नगरी लगनशीलतापूर्वक सहकार्य गर्यौ भने, तिमीले परमेश्वरको अगुवाइ र आशिष् पाउनेछौ, अनि तिम्रो हृदयलाई चैन र शान्ति मिल्नेछ। परमेश्वरलाई धन्यवाद!