६९. “बुढेसकालमा हेरचाह पाउनका लागि छोराछोरी हुर्काउनु”—के यो विचार सही छ?
सानो छँदा, म प्रायः मेरो बुबाले यसो भनेको सुन्थेँ, “तिम्रो माहिला काका आमाबुबाप्रतिको धर्म निभाउँदैनन् र तिम्रो हजुरबुबालाई सहारा दिँदैनन्। तिम्रो हजुरबुबालाई त तिम्री आमा र मैले नै सहारा दिएका थियौँ। छोराछोरी हुर्काउनुको उद्देश्य भनेकै बुढेसकालमा तिनीहरूले आमाबुबाको हेरचाह गरून् भन्ने हो। भविष्यमा, तिमीले हाम्रो हेरचाह गर्नुपर्छ र मर्ने बेलासम्म हाम्रो साथमा रहनुपर्छ है!” ठूली भएपछि, मैले मेरा आमाबुबाको मृत्यु नहोउन्जेल उहाँहरूको हेरचाह गरेँ। मलाई बुढेसकालमा मेरी छोरीले पनि मेरो हेरचाह गरून् भन्ने आशा थियो। मेरी छोरी बोल्न सक्ने भएपछि, मैले उसलाई सोधेँ, “तिमी ठूली भएपछि आफ्नो पैसा कसमा खर्च गर्नेछौ?” मेरी छोरीले भनी, “ठूली भएपछि, म ममी र बाबामा खर्च गर्नका लागि धेरै पैसा कमाउनेछु।” मैले खुसी हुँदै भनेँ, “मेरी प्यारी छोरी, तिम्री आमाले तिमीलाई व्यर्थैमा हुर्काएकी रहेनछिन्!” मेरी छोरी असाध्यै बाठी छे। ऊ जे कुरा पनि छिट्टै सिक्न सक्छे र परीक्षामा सधैँ उत्कृष्ट विद्यार्थीहरूमा पर्छे। म धेरै खुसी हुन्थेँ र मनमनै विचार गर्थेँ, “मेरी छोरी निकै बाठी छे, र उसको भविष्य पक्कै पनि उज्ज्वल हुनेछ। मसँग पैसा नभए पनि, मैले उसको पढाइको खर्च उठाउनुपर्छ, ताकि कलेज सिध्याएपछि उसले राम्रो जागिर पाओस्। त्यसो भयो भने बुढेसकालमा हाम्रो हेरचाह गर्न उसलाई कुनै समस्या हुनेछैन।”
सन् २००३ को अप्रिलमा, परमेश्वरमा विश्वास गरेको र सुसमाचार प्रचार गरेको कारण म गिरफ्तार भएँ र २५ दिनसम्म हिरासतमा परेँ। प्रहरीको गिरफ्तारीबाट फेरि बच्नका लागि, म नोभेम्बरमा अर्कै ठाउँमा गएर आफ्ना कर्तव्य निर्वाह गर्न घर छोडेर हिँडेँ। त्यतिबेला म ठूलो द्विविधामा परेँ, “मेरी छोरीले छ महिनापछि कलेजको प्रवेश परीक्षा दिँदै छे। म यतिबेला गएँ भने, के मेरी छोरीको पढाइमा असर पर्ला? यदि यसले उसको कलेज प्रवेश परीक्षामा असर पार्यो र उसको भविष्यमा रोकटोक गर्यो भने, के उसले मलाई घृणा गर्ली? के उसले मलाई आमा मान्न छोड्ली? मेरी एउटी मात्र छोरी छे, र यदि उसले उप्रान्त मलाई आमा मान्न चाहिन भने, म बूढी हुँदा कसको भर पर्ने? तर म गइनँ र फेरि पक्राउ परेँ भने, मेरी छोरी पक्कै पनि यसमा मुछिनेछे र उसको भविष्य पूर्ण रूपमा बर्बाद हुनेछ। मलाई जेल सजाय पनि हुनेछ, र त्यसपछि म आफ्ना कर्तव्य निर्वाह गर्न सक्नेछैन।” धेरै सोचविचार गरेपछि, मैले अझै पनि घर छोड्ने निधो गरेँ। प्रहरीले मलाई खोजिरहेको हुनाले, मैले घर जाने आँट गरिनँ।
उमेर ढल्कँदै जाँदा, मेरो ऊर्जा र शारीरिक तागत घट्न थालेको थियो, र मलाई उच्च रक्तचापको समस्या पनि हुन थाल्यो। मेरो आँखा धमिलो भयो, र मलाई कान कराउने र कम सुन्ने समस्या हुन थाल्यो। मैले शारीरिक काम गर्दा मेरो मुटु जोडले धड्कन गर्न थाल्थ्यो, त्यसैले मैले पल्टिएर एकछिन आराम गर्नुपर्थ्यो। मैले मनमनै सोचेँ, “के म अब बूढी भएकी हुँ त? मेरो बुढेसकालमा कसले मेरो हेरचाह गर्ला?” यतिबेला, मलाई मेरी छोरीको धेरै याद आउँथ्यो, र म सोच्थेँ, “म अझै पनि बुढेसकालमा उसकै भर पर्ने अपेक्षा गरिरहेकी छु!” सन् २०२१ मा, म सुसमाचार प्रचार गर्न मेरी दिदीको घरमा फर्किएँ र मेरी छोरी घरबाट टाढा काम गर्दै छे, अनि आफ्नी सानीआमा र ठूलीआमाहरूप्रतिको धर्म निभाउँछे भन्ने थाहा पाएँ। मलाई लाग्यो, त्यसो हो भने उसले पक्कै मलाई राम्रो व्यवहार गर्नेछे, र म कुनै दिन मेरी छोरीलाई भेट्न निकै प्रतीक्षारत थिएँ। अर्को वर्ष अगस्टको अन्त्यतिर, म घरबाट टाढा सुसमाचार प्रचार गरिरहेको बेला, मेरी दिदीले मेरी छोरी केही दिनका लागि फर्केकी छे भन्दै चिठी लेख्नुभयो। म रातारात हतारिँदै दिदीको घर पुगेँ, तर मेरी छोरीले मलाई भेट्न चाहिन। मलाई निकै नराम्रो लाग्यो, तर म छोरीको भावना बुझ्न सक्थेँ। आखिरकार, मैले सत्र वर्षदेखि उसको हेरचाह गरेकी थिइनँ, त्यसैले ऊ रिसाउनु सामान्य थियो। पछि, जब मैले छोरीलाई भेटेँ, म यति खुसी भएँ कि म उसलाई अँगालो हाल्न चाहन्थेँ, तर ऊ मभन्दा धेरै पर बसी, र निराशाले मेरो मन चिसो भयो। एकछिनपछि, मैले उसलाई भनेँ, “यतिका वर्षदेखि म तिम्रो चिन्ता गरिरहेकी छु। प्रहरीले मलाई पक्राउ गर्नेछ र तिमी पनि मुछिनेछौ भन्ने डरले, मैले घर जाने आँट गरिनँ। यतिका वर्षमा तिमीले धेरै दुःख पायौ।” उसले असाध्यै रुखो स्वरमा भनी, “मैले दुःख पाइनँ। म अहिले बालिग भइसकेँ। मलाई दुःख छैन!” यसो भनेपछि, उसले मुन्टो बटारी र आधा घण्टा पनि नबसी त्यहाँबाट गई। म पूर्ण रूपमा निराश भएँ, “मैले तिमीलाई हुर्काउन कति कडा परिश्रम गरेँ र तिम्रो कति धेरै हेरचाह गरेँ। तिमी स्कुल जान थालेपछि, तिमीले कुनै सीप सिक र तिम्रो भविष्य राम्रो होस् भनेर, मैले हाम्रो परिवारसँग भएको अन्तिम तीन हजार युआन पनि तिमीलाई किबोर्ड किनिदिन खर्च गरेँ। मैले तिम्रो लागि यति धेरै रगत-पसिना बगाएँ, तर अहिले तिमीले मलाई त्याग्यौ? मैले तिमीलाई साँच्चै व्यर्थैमा हुर्काएकी रहेछु!” मैले सोचेँ, “चिनियाँ कम्युनिष्ट सरकारले मेरो घरबासको दर्ता खारेज गरिदिएको छ, मेरो श्रीमान्ले मसँग सम्बन्ध विच्छेद गर्नुभएको छ, र मेरी छोरीले मलाई त्यागेकी छे। म अहिले साठी वर्षकी भएँ, र मेरो स्वास्थ्य हरेक वर्ष बिग्रँदै गइरहेको छ। म बूढी भएपछि के गर्ने? म बिरामी हुँदा मेरो हेरचाह कसले गर्ला? बुढेसकालमा मेरो हेरचाह कसले गर्ला र मेरो अन्त्येष्टि कसले सम्हाल्ला?” राति, म ओछ्यानमा कोल्टो फेर्दै छटपटाएँ, मलाई निद्रा नै लागेन। मेरी छोरीले मलाई “आमा” सम्म पनि नभनेको कुरा सम्झँदा, मलाई बुढेसकालमा मेरो हेरचाहका लागि उसमै भर पर्ने कुनै आशा रहेनछ भन्ने महसुस भयो। मलाई यति दुःखी महसुस भयो कि मेरो मुटु नै चिरिए जस्तो भयो। ती दिनहरूमा म ठूलो अन्योलमा परेँ, ममा कर्तव्य निर्वाह गर्ने कुनै जाँगर थिएन, र सुसमाचार प्रचार गर्दा झारा मात्र टार्थेँ।
फेब्रुअरी २०२३ मा, मैले सिस्टर सुन जिङ बिरामी परेको, तर उनका श्रीमान्ले उनलाई धेरै राम्रोसँग र ध्यान दिएर हेरचाह गरेको कुरा सुनेँ। मैले मनमनै सोचेँ, “मेरी सिस्टर बिरामी हुँदा, उनका श्रीमान्ले उनको हेरचाह गर्छन्। यदि म बिरामी परेँ भने मैले के गर्ने? मेरी छोरीले मलाई त्यागेकी छे, र यदि म चल्मलाउन नसक्ने भएँ भने, मण्डलीका सिस्टरहरूले मेरो हेरचाह गर्नु अत्यन्तै अप्ठ्यारो कुरा हुनेछ। म मेरा ब्रदर-सिस्टरहरूका लागि बोझ बन्नु हुँदैन! यसबाहेक, म एक्लै बस्छु, त्यसैले मलाई केही भइहाल्यो भने पनि, कसैलाई थाहा हुनेछैन। यदि म समयमै अस्पताल पुग्न सकिनँ र घरमै मरेँ भने के होला?” बुढेसकालमा मेरो हेरचाह र मेरो अन्त्येष्टि सम्हाल्ने कोही नहुने बारेमा म पीर र चिन्ता नगरी बस्नै सकिनँ। एक दिन मेरो आत्मिक भक्तिको समयमा, मैले परमेश्वरका वचनहरू पढेँ, र आफ्नो स्थितिबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “एक अभिभावकका रूपमा, के आफ्ना छोराछोरीमा अलिकति आशा राख्नु, तिनीहरू तँप्रति कर्तव्यनिष्ठ हुनेछन् र हुर्केपछि तिनीहरूले तँलाई पाल्न सक्नेछन् भनी आशा गर्नु गल्ती हो? यो गल्ती होइन, र यो धेरै माग्नु पनि होइन। त्यसोभए यहाँ समस्या के हो? यी महिला निरन्तर आफ्ना छोराछोरीमा भर परेर राम्रो जीवन जिउन, आफ्नो जीवनको उत्तरार्धमा तिनीहरूमा निर्भर हुन चाहन्थिन्, र उनी सधैँ तिनीहरूबाट आनन्द प्राप्त गर्ने अपेक्षा गर्थिन्। यहाँ कुन गलत दृष्टिकोणले काम गरिरहेको छ? उसलाई यो विचार किन आयो? उसले राखेको यो दृष्टिकोणको स्रोत के थियो? मानिसहरू सधैँ एक निश्चित जीवनशैली र एक निश्चित जीवनस्तरको अत्यधिक आशाहरू पाल्छन्। अर्थात्, मानिसहरूले परमेश्वरले तिनीहरूको जीवन कसरी पूर्वनियोजित गर्नुभएको छ वा तिनीहरूको नियति के हो भनी थाहा पाउनुअघि, तिनीहरूले पहिले नै आफ्नो जीवनस्तरको योजना बनाइसकेका हुन्छन्: तिनीहरू खुसी हुनुपर्छ, तिनीहरूले जीवनभर शान्ति र आनन्दको अनुभव गर्नुपर्छ, तिनीहरू धनी र प्रतिष्ठित हुनुपर्छ, र तिनीहरूलाई मद्दत गर्न सक्ने र तिनीहरू भर पर्न सक्ने मानिसहरू हुनुपर्छ। तिनीहरूले पहिले नै आफ्नो जीवनको मार्ग, आफ्नो जीवनका लक्ष्यहरू, आफ्नो जीवनको अन्तिम रेखा, र यस्ता अन्य सबै कुराहरूको योजना बनाइसकेका हुन्छन्। … उसले निरन्तर यो इच्छा र यी योजनाहरू राखेकी हुनाले, के उसको हृदयमा परमेश्वर हुनुहुन्थ्यो? (हुनुहुन्नथ्यो।) त्यसोभए, एक निश्चित अर्थमा, उसको सबै सङ्घर्षबाट आएको पीडाको कारण के थियो? (यो उसको इच्छाको कारणले निम्तिएको थियो।) त्यो साँचो हो। अनि उसको इच्छा कसरी आयो? (उसले परमेश्वरको सार्वभौमिकता वा उहाँका योजनाबद्ध कार्य र प्रबन्धहरूमा विश्वास नगरेर।) ठीक भन्यौ। उसले मानिसहरूको नियति कसरी आउँछ भनेर बुझेकी थिइन, न त परमेश्वरको सार्वभौमिकताले कसरी काम गर्छ भनेर नै बुझेकी थिई। समस्याको जड नै यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्वरमा विश्वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (२))। परमेश्वरले ठ्याक्कै मेरै स्थिति खुलासा गर्नुभयो। आफ्नो कर्तव्य निर्वाह गर्न घर छोड्दा म जम्मा चालिस वर्ष कटेकी थिएँ, र त्यतिबेला म जवान र बलियो भएकीले, म बूढी भएपछि के गर्नेछु भन्नेबारे मैले सोचिनँ। अहिले म बूढी भइसकेकी हुनाले, मेरो स्वास्थ्य वर्षैपिच्छे बिग्रँदै गइरहेको छ, र भविष्यबारे धेरै चिन्ता मनमा उब्जिए। म बिरामी परेँ र आफ्नो हेरचाह गर्न सकिनँ भने, मेरो हेरचाह गर्ने कोही हुनेछैन भनेर म चिन्तित भएँ—म के गरूँला? म घरबाट टाढा भएको वर्षहरूको दौरान मेरो घरबास दर्ता खारेज गरियो, र मेरो श्रीमान्ले मसँग सम्बन्ध विच्छेद गर्नुभयो। सुरुमा त मलाई मेरी छोरी आफ्ना सानीआमा र ठूलीआमाप्रतिको धर्म निभाउने भएकीले, ऊ मप्रति पनि पक्कै दयालु हुनेछे भन्ने लागेको थियो। तर मैले मेरी छोरीले मलाई त्याग्लि र बुढेसकालमा उसले मेरो हेरचाह गर्ने कुनै आशै नहोला भन्ने अपेक्षा गरेकी थिइनँ। मैले अब म मेरी छोरीको भर पर्न सक्दिनँ भन्ने बुझेँ, त्यसैले भविष्यमा म बिरामी परेँ भने मेरो हेरचाह गर्ने कोही हुनेछैन, र म घरमै मर्नेछु अनि कसैले चाल पनि पाउनेछैन भनी मलाई चिन्ता लाग्यो। विशेष गरी, जब मैले सुन जिङ बिरामी भएको र उनका श्रीमान्ले उनको हेरचाह गरिरहेको सुनेँ, मलाई आफू अझ एक्लो र दयनीय भएको महसुस भयो, र भविष्यमा मेरो जीवनमा भर पर्नका लागि कोही छैन भन्नेबारे सोच्दा, मलाई दुःख र पीडा महसुस भयो। मैले परमेश्वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भनेर त भनेँ, तर वास्तवमा, ममा परमेश्वरको सार्वभौमिकताबारे कुनै बुझाइ थिएन र मेरो हृदयमा परमेश्वरका लागि कुनै स्थान थिएन। म सधैँ आफ्नै लागि निस्कने बाटोको प्रबन्ध कसरी गर्ने भन्नेबारे सोच्थेँ, र मैले मेरी छोरीलाई मेरो सहाराका रूपमा हेरेकी पनि थिएँ। ममा परमेश्वरप्रति आस्था थिएन। मैले यो स्थिति समाधान गरिनँ भने यो धेरै खतरनाक हुनेथियो।
पछि, मैले गहिरिएर विचार गरेँ, “बुढेसकालमा मेरो हेरचाह गर्ने र मर्ने बेलामा मेरो साथमा रहने कोही हुन्छ कि हुँदैन भन्ने कुराबारे म किन यति धेरै चिन्ता गर्छु? समस्या के हो त?” मैले परमेश्वरका वचनहरू पढेँ: “कतिपय मानिसहरू सडेको र पुरानो धारणामा टाँसिन्छन्, र यसो भन्छन्, ‘बुढेसकालमा मानिसहरूसँग आमाबुबाप्रतिको धर्म निभाउने र आफूलाई हेरचाह गर्ने छोराछोरी छन् कि छैनन् भन्ने कुराले खासमा फरक पार्दैन, तर कम्तीमा पनि, तिनीहरू मर्दा शोक संस्कार सुरु गर्ने कोही हुनैपर्छ ताकि अरूका नजरमा राम्रो देखियोस्। नत्र, यदि तिनीहरू घरमा मरे र कसैले थाहा पाएन भने, मानिसहरूले खिल्ली उडाउनेछन्, र त्यो धेरै लाजमर्दो हुनेछ!’ कसैलाई थाहा भएन भने के हुन्छ? जब कुनै व्यक्ति मर्छ, उसलाई अब केही पनि थाहा हुँदैन। जब उसको शरीर मर्छ, उसको आत्मा तुरुन्तै त्यसबाट निस्कन्छ। शरीर जहाँसुकै भए पनि वा मृत्युपछि जस्तोसुकै देखिए पनि, त्यो मरेको नै हुन्छ, होइन र? त्यसलाई शवपेटीमा लगेर भव्य अन्त्येष्टि गरे पनि, गाडेपछि त्यो सड्ने नै हो, होइन र? मानिसहरू सोच्छन्, ‘तँलाई बाकसमा राख्न, तँलाई कात्रो लगाइदिन, श्रृङ्गार गर्न, र भव्य अन्त्येष्टिको व्यवस्था गर्न तेरा छोराछोरी तेरो छेउमा हुनु गौरवशाली कुरा हो। यदि तँ मरिस् र तेरो अन्त्येष्टिको व्यवस्था गर्ने वा तँलाई उचित बिदाइ गर्ने कोही भएन भने, तेरो सम्पूर्ण जीवनको कुनै उचित निष्कर्ष नभएजस्तो हुन्छ।’ के यो विचार सही हो? (अहँ, यो सही होइन।) आजकल, युवाहरूले यी कुराहरूलाई धेरै ध्यान दिँदैनन्, तर अझै पनि दुर्गम क्षेत्रका मानिसहरू र थोरै अन्तर्दृष्टि भएका वृद्ध मानिसहरू छन् जो छोराछोरीले वृद्धावस्थामा आफ्ना आमाबुबाको हेरचाह गर्नुपर्छ र तिनीहरू बितेपछि तिनीहरूलाई उचित बिदाइ दिनुपर्छ भन्ने विश्वास गर्छन्। यो सोच र दृष्टिकोण तिनीहरूको हृदयमा गहिरो रूपमा गडिएको छ, र तैँले सत्यताका बारेमा जतिसुकै सङ्गति गरे पनि, तिनीहरूले त्यसलाई स्वीकार गर्दैनन्—यसको अन्तिम परिणाम के हुन्छ? परिणाम यो हो कि तिनीहरूलाई यसबाट गहिरो हानि हुन्छ। यो ट्युमर लामो समयदेखि तिनीहरूभित्र लुकेको हुन्छ, र तिनीहरू त्यसद्वारा विषाक्त हुनेछन्। जब तिनीहरूले त्यसलाई खोतलेर निकाल्छन् र हटाउँछन्, तब तिनीहरू त्यसद्वारा विषाक्त हुनेछैनन्, र तिनीहरूको जीवन स्वतन्त्र हुनेछ। कुनै पनि गलत कार्यहरू असङ्गत विचार र दृष्टिकोणहरूद्वारा डोऱ्याइएका हुन्छन्। उदाहरणका लागि, कतिपय मानिसहरू छन् जो मरेपछि आफ्नो घरमा सडिने हो कि भनेर डराउँछन्, त्यसैले तिनीहरू सधैँ यस्तो सोचिरहेका हुन्छन्, ‘मैले एउटा छोरो जन्माउनुपर्छ। जब मेरो छोरो हुर्कन्छ, म उसलाई धेरै टाढा जान दिन सक्दिनँ। यदि म मर्दा ऊ मेरो छेउमा भएन भने के होला? वृद्धावस्थामा मेरो हेरचाह गर्ने वा म मरेपछि मलाई उचित बिदाइ दिने कोही नहुनु मेरो जीवनको सबैभन्दा ठूलो पछुतोमध्ये एक हुनेछ! यदि मेरो लागि यो गर्ने कोही भएको भए, मेरो जीवन व्यर्थमा जिइएको हुनेथिएन। यो एक सिद्ध जीवन हुनेथियो। कुनै पनि हालतमा, म हाँसोको पात्र बन्न सक्दिनँ।’ के यो सडेको सोच्ने तरिका होइन र? (हजुर, हो नि।) यो बासी र पतित कुरा हो, र यसले भौतिक शरीरलाई ज्यादै महत्त्व दिन्छ! वास्तवमा, भौतिक शरीर बेकार कुरा हो: जन्म, बुढेसकाल, रोग र मृत्यु अनुभव गरेपछि, त्यसमा केही बाँकी रहँदैन। तैँले जीवित छँदै सत्यता प्राप्त गरेको र मुक्ति हासिल गरेको छस् भने मात्र, तँ सदाका लागि जिउन सक्छस्। यदि तैँले सत्यता प्राप्त गरेको छैनस् भने, जब तेरो शरीर मरेर कुहिन्छ, तब केही पनि बाँकी रहनेछैन; तेरा छोराछोरीले तँप्रतिको धर्म जति नै निभाए पनि, तैँले त्यसको आनन्द लिन सक्नेछैनस्। जब कुनै व्यक्ति मर्छ र उसका छोराछोरीले उसलाई शवपेटीमा राखेर दफन गर्छन्, के त्यो बूढो शरीरले केही अनुभूति गर्न सक्छ र? के त्यसले केही बुझ्न सक्छ र? (अहँ, सक्दैन।) त्यसमा बिलकुलै कुनै चेतना हुँदैन। तर जीवनमा मानिसहरूले यो मामलालाई ठूलो महत्त्व दिन्छन्, र आफू मरेपछि छोराछोरीले उचित बिदाइ दिन सक्छन् कि सक्दैनन् भन्ने सम्बन्धमा तिनीहरूबाट धेरै माग राख्छन्—र त्यो मूर्खता हो, होइन र? … यदि तँ सत्यता पछ्याउँछस् भने, आमाबुबा भएको नाताले, तैँले सुरुमा छोराछोरीले आफ्नो धर्म निभाउँछन् कि निभाउँदैनन्, उनीहरूले तँलाई बुढेसकालमा रेखदेख गर्छन् कि गर्दैनन्, र तँ मरेपछि तेरो उचित अन्त्येष्टि गर्छन् कि गर्दैनन् भन्नेसम्बन्धी परम्परागत, सडेको र पतित सोच र दृष्टिकोणहरूलाई त्याग्नुपर्छ, र यो मामलालाई सही तरिकाले हेर्नुपर्छ। यदि तेरा छोराछोरीले तँप्रति आफ्नो धर्म निभाउँछन् भने, त्यसलाई उचित तरिकाले स्वीकार गर्। तर यदि तेरा छोराछोरीसँग तँप्रतिको धर्म निभाउने अवस्था वा ऊर्जा छैन, वा तिनीहरू तँप्रतिको धर्म निभाउने योजनामा छैनन् भने, तँलाई बुढेसकाल लाग्दा तिनीहरूले तेरो नजिक बसेर तँलाई रेखदेख गर्न वा तँ मरेपछि तँलाई उचित बिदाइ गर्न सक्दैनन् भने, तैँले त्यो कुरा माग गर्नु वा दुःखी महसुस गर्नु जरुरी छैन। सबथोक परमेश्वरको हातमा हुन्छ। जन्मिने समय हुन्छ, र मृत्युको ठाउँ हुन्छ, र परमेश्वरले मानिसहरू कहाँ जन्मन्छन् र कहाँ मर्छन् भनेर पूर्वनियोजन गर्नुभएको हुन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्वरको वचनले ठ्याक्कै मेरो स्थिति खुलासा गर्यो। बूढी भएपछि मेरो हेरचाह गर्ने वा मर्ने बेलामा मेरो साथमा रहने कोही हुँदैन, र म मरेँ अनि कसैलाई पत्तो भएन र मेरो लास घरमै कुहियो भने के होला भनी म सधैँ चिन्ता गर्थेँ। जब म यस्तो सोच्थेँ, म नकारात्मक र कमजोर बन्थेँ, र म हैरानी र चिन्तामा जिउँथेँ। वास्तवमा, मेरो जन्मको समय, मेरो मृत्युको समय, र मेरो मृत्यु हुने ठाउँ सबै परमेश्वरद्वारा पूर्वनियोजित गरिएका छन्। मेरो अन्तिम समयमा मेरी छोरी मेरो साथमा हुन सक्छे कि सक्दिन भन्ने कुरा परमेश्वरको सार्वभौमिकता र प्रबन्धमा निर्भर हुन्छ। मैले आफ्नो देहलाई अत्यधिक माया गर्ने र देह मर्नुको अर्थ वास्तवमा के हो भन्ने कुरा बुझ्न नसक्ने हुनाले, म हैरानी र चिन्तामा जिइरहेकी थिएँ। परमेश्वर भन्नुहुन्छ: “वास्तवमा, भौतिक शरीर बेकार कुरा हो: जन्म, बुढेसकाल, रोग र मृत्यु अनुभव गरेपछि, त्यसमा केही बाँकी रहँदैन।” जब देह मर्छ, यसमा कुनै चेतना हुँदैन। कसैले तपाईँको अन्त्येष्टि सम्हाल्यो र शवबाकसमा राखेर गाड्यो भने पनि, के तपाईँको शरीर कुहिनेछैन र? अन्त्येष्टि गरेर तपाईँलाई चिहानसम्म बिदाइ गर्न तपाईँका छोराछोरी त्यहाँ भए पनि के नै हुन्छ र? के तपाईँलाई त्यसको पत्तो हुन्छ र? तैपनि मैले यस कुरालाई धेरै महत्त्वपूर्ण ठानेँ। के यो अति नै मूर्खतापूर्ण कुरा थिएन र? वास्तवमा, यदि मानिसहरूले सत्यता प्राप्त गर्दैनन् भने, तिनीहरूको अन्तिम संस्कार जतिसुकै धुमधामसँग गरिए पनि, तिनीहरूको आत्माले मुक्ति पाउन सक्दैन, र तिनीहरू नरकमा समेत जानेछन्। परमेश्वर भन्नुहुन्छ: “तैँले जीवित छँदै सत्यता प्राप्त गरेको र मुक्ति हासिल गरेको छस् भने मात्र, तँ सदाका लागि जिउन सक्छस्।” सत्यता प्राप्त गरेर, हाम्रा शैतानी भ्रष्ट स्वभावहरू फालेर, र सृजित प्राणीका कर्तव्यहरू राम्ररी निर्वाह गरेर मात्र हामीले अनन्त जीवन र मुक्ति प्राप्त गर्न सक्छौँ, र परमेश्वरद्वारा हामी एउटा अद्भुत गन्तव्यमा लगिनेछौँ।
मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ, र परमेश्वरको सार्वभौमिकताबारे केही बुझाइ प्राप्त गरेँ। मेरो हैरानी र चिन्ता पनि केही हदसम्म कम भयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “आमाबुबा र तिनीहरूका छोराछोरीबीच कति गहिरो सम्बन्ध छ, तिनीहरूले आफ्ना छोराछोरीबाट बदलामा के-कति पाउन सक्छन्, तिनीहरू बुढेसकालमा आफ्नो हेरचाहका लागि आफ्ना छोराछोरीमा भर पर्न सक्छन् कि सक्दैनन्—सरल भाषामा भन्दा, यो सबै परमेश्वरद्वारा पूर्वनिर्धारित र पूर्वनियोजित हुन्छ। मानिसहरूले आफ्नो दिमागमा चाहेजस्तै सबै कुरा भइदिन्छ भन्ने हुँदैन। अवश्य पनि, सबैले धेरै राम्रा कल्पनाहरू गर्छन् र आफ्ना छोराछोरीबाट केही फाइदाहरू प्राप्त गर्न चाहन्छन्। तर तैँले तेरो नियतिमा त्यो लेखिएको छ कि छैन भनेर किन कहिल्यै ख्याल गरिनस्? तँ र तेरा छोराछोरीबीचको सम्बन्ध कति लामो समयसम्म टिक्ला भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण छ। तैँले यो जीवनमा गर्ने हरेक कामको तेरा छोराछोरीसँग कुनै सम्बन्ध हुनेछ कि हुनेछैन, तैँले कुनै ठूलो घटनाको अनुभव गर्दा तेरा छोराछोरी संलग्न हुनेछन् कि हुनेछैनन्—यी सबै कुरा परमेश्वरको पूर्वनियोजनमा निर्भर हुन्छन्। परमेश्वरको पूर्वनियोजनविना, तैँले जतिसुकै कडा परिश्रम गरे पनि, त्यो काम लाग्नेछैन। जब तैँले आफ्ना छोराछोरीलाई हुर्काएर वयस्क बनाएको हुन्छस्, तब तेरो जिम्मेवारी पूरा भएको हुनेछ, र तेरा छोराछोरीहरूले समय आएपछि स्वाभाविक रूपमा छाडेर जानेछन्। यो मानिसहरूले छर्लङ्गै देख्नुपर्ने कुरा हो। यदि तैँले यो मामिला छर्लङ्गै देख्न सकिनस् भने, तँसँग सधैँ व्यक्तिगत चाहनाहरू हुनेछन्, र सधैँ व्यक्तिगत मागहरू हुनेछन्, र तैँले आफ्ना लक्ष्यहरू हासिल गर्न विभिन्न प्रकारका सोच र दृष्टिकोणहरूलाई स्वीकार गर्नेछस्। अन्तमा के हुनेछ? तँ आफ्नो मृत्युशय्यामा मात्रै ब्युँझनेछस्, र तैँले आफ्नो जीवनकालमा धेरै मूर्खतापूर्ण कामहरू गरेको, र तैँले केवल धारणा र कल्पनाहरूअनुसार काम गरेको, र तँ ज्यादै मूर्ख र अज्ञानी भएको महसुस गर्नेछस्; यो वास्तविक अवस्था वा परमेश्वरका पूर्वनियोजनहरूसँग पटक्कै मिल्दैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्वरका वचनहरू एकदमै स्पष्ट छन्। मेरी छोरीले सन्तानको धर्म निभाउँछे कि निभाउँदिन र उसले बुढेसकालमा मलाई साथ दिन्छे कि दिन्न भन्ने कुरा मेरो भाग्यमा त्यो छ कि छैन भन्नेमा निर्भर हुन्छ। यदि परमेश्वरले मेरी छोरीले त्यसो गर्ने कुरा पूर्वनियोजित गर्नुभएको छैन भने, त्यसबारे मेरा कल्पना जतिसुकै अद्भुत भए पनि, त्यो सबै व्यर्थ हुनेछ। मेरी छोरीले त्यसो गर्ने वाचा गरी भने पनि, ऊ हजारौँ माइल टाढा काम गर्ने र बस्ने भएकीले, यसै पनि, म बिरामी हुँदा र मर्दा ऊ मेरो साथमा नहुन सक्छे। मैले यो कुरा छर्लङ्ग देख्न सकेकी थिइनँ, र मेरी छोरीले मलाई बेवास्ता गरेकीले र बुढेसकालमा उसले मेरो हेरचाह गर्ने र ऊ मेरा अन्तिम क्षणहरूमा साथमा हुने कुनै आशा नभएकाले म दुःखमा जिएकी थिएँ। म आफैँले आफैँलाई मूर्ख बनाइरहेकी थिएँ, बकवासमा आफ्नो समय बर्बाद गरिरहेकी थिएँ। मलाई हाम्रो छिमेकी गाउँकी एउटी वृद्धाको याद आयो। उहाँ उमेरमा असीको दशकमा हुँदा आफ्नो हेरचाह गर्न सक्नुहुन्थेन, तर उहाँका तीन जना छोरामध्ये कसैले पनि उहाँको हेरचाह गरेनन्। ती वृद्धा भोकभोकै मर्नुभयो, र त्यहाँ उहाँको अन्त्येष्टि सम्हाल्ने कोही थिएन। मलाई एउटी पाको उमेरकी सिस्टरको पनि याद आयो जसकी छोरी विदेश बस्न गइन् र कहिल्यै फर्केर आइनन्। अहिले ती पाको उमेरकी सिस्टर र उहाँका श्रीमान् दुवै उमेरमा सत्तरीको दशकमा पुगिसक्नुभयो। उहाँहरू बिरामी हुँदा, उहाँहरूको भानिजले उहाँहरूलाई जँचाउन गाडीमा राखेर अस्पताल लैजान्छन्, र उहाँहरू अझै पनि राम्रै जीवन जिइरहनुभएको छ। हरेक व्यक्तिको जीवन परमेश्वरद्वारा पूर्वनियोजित र प्रबन्धित गरिएको हुन्छ। मैले हरेक कुरा परमेश्वरलाई सुम्पनैपर्छ र म उहाँका योजनाबद्ध कार्यहरूमा समर्पित हुनैपर्छ। अबदेखि मैले मेरो बुढेसकालबारे चिन्ता गर्नु हुँदैन।
मैले खोजी गरिरहेँ, र परमेश्वरका थप वचनहरू पढेँ: “सन्तान हुर्काउनु भनेको मानवको नैसर्गिक प्रवृत्ति हो, र यो मानिसहरूको जिम्मेवारी र दायित्व पनि हो। आमाबुबाले आफ्ना छोराछोरीलाई आमाबुबाप्रतिको धर्म निभाउन माग गर्नु हुँदैन, न त तिनीहरूले बुढेसकालमा आफूलाई सहारा दिने कोही होस् भनेर मात्रै छोराछोरी जन्माउनु हुन्छ। छोराछोरी हुर्काउनुमा मानिसहरूको लक्ष्य नै अनुचित हुन्छ, त्यसैले जब तिनीहरूका छोराछोरीले आमाबुबाप्रतिको धर्म निभाउँदैनन्, तब तिनीहरूले ‘जे गरे पनि, सन्तान चाहिँ नजन्माउनू’ जस्ता हास्यास्पद कुराहरू भन्नेछन्। लक्ष्य अशुद्ध हुने हुनाले, तिनीहरूले विकास गर्ने सोच र दृष्टिकोणहरू पनि गलत हुन्छन्। त्यसैले, के तिनलाई सच्याउनु र त्याग्नु आवश्यक छैन र? (छ।) तिनलाई कसरी सच्याइनु र त्यागिनुपर्छ? कस्तो प्रकारको लक्ष्य शुद्ध हुन्छ? कस्तो प्रकारको सोच र दृष्टिकोण सही हो? अर्को शब्दमा भन्दा, आफ्ना छोराछोरीसँगको सम्बन्धलाई सम्हाल्ने सही तरिका के हो? सर्वप्रथम, सन्तान हुर्काउनु तेरो आफ्नै रोजाइ हो: तैँले इच्छापूर्वक तिनीहरूलाई संसारमा ल्याइस् र हुर्काइस्, र जन्मनुमा तिनीहरूको कुनै भूमिका थिएन। परमेश्वरले मानिसहरूलाई सन्तान उत्पादन गर्न दिनुभएको जिम्मेवारीबाहेक, र परमेश्वरको नियोजनबाहेक, जो आमाबुबा हुन्, तिनीहरूको व्यक्तिपरक कारण र सुरुवाती बिन्दु भनेको तिनीहरू आफ्ना छोराछोरी जन्माउन इच्छुक छन् भन्ने हो। तँ छोराछोरी जन्माउन इच्छुक भएपछि, तैँले तिनीहरूलाई वयस्कावस्थासम्म हुर्काउनुपर्छ, र आत्मनिर्भर भएर जिउन सक्षम बनाउनुपर्छ। तैँले तिनीहरूलाई हुर्काएर पहिले नै धेरै कुरा प्राप्त गरिसकेको र धेरै लाभ उठाइसकेको छस्। सबैभन्दा पहिले, तैँले आफ्ना छोराछोरीसँगै बसेर आनन्दमय समय बिताएको छस्, र तैँले तिनीहरूलाई हुर्काउने प्रक्रियाको पनि आनन्द लिएको छस्। यो प्रक्रियामा आनन्द र कष्ट दुवै भए पनि, बढीजसो तैँले आफ्ना छोराछोरीलाई साथ दिँदा र तिनीहरूको साथ पाउँदाको खुसी अनुभव गरिस्। यो जीवनको अनुभव गर्ने प्रक्रिया पनि हो। तैँले यी कुराहरूको आनन्द उठाएको छस्, र तैँले आफ्ना छोराछोरीबाट धेरै कुरा पहिल्यै प्राप्त गरिसकेको छस्, होइन र? छोराछोरीले आफ्ना आमाबुबालाई खुसी र साथ दिन्छन्, र आमाबुबाले आफ्ना छोराछोरीलाई हुर्काउनमा चुकाएको मूल्य र खर्च गरेको समय र ऊर्जामार्फत यी कलिला जीवनहरू बिस्तारै वयस्क हुँदै गएको हेर्न पाउँछन्। केही पनि थाहा नभएका कलिला जीवनका रूपमा सुरु भएर, तिनीहरूका छोराछोरीले बिस्तारै सोच्न सिक्छन्, बोल्न सिक्छन्, शब्दहरू जोड्ने क्षमता, विभिन्न प्रकारका ज्ञान सिक्ने र छुट्याउने क्षमता, साथै तिनीहरूसँग कुराकानी र सञ्चार गर्ने र समान दृष्टिकोणबाट मामिलाहरू हेर्ने क्षमता प्राप्त गर्छन्। आमाबुबाका लागि, यो प्रक्रियाबाट गुज्रनु सबैभन्दा खुसीको कुरा हो, र यसलाई अन्य कुनै घटना वा व्यक्तिले प्रतिस्थापन गर्न सक्दैन। आमाबुबाले आफ्ना छोराछोरीलाई हुर्काउने क्रममा तिनीहरूबाट धेरै आनन्द र बुझाइ प्राप्त गरिसकेका हुन्छन्, जुन तिनीहरूका लागि ठूलो सान्त्वना र प्राप्ति हो। जहाँसम्म तेरा छोराछोरीले तँप्रतिको धर्म निभाउनेछन् कि निभाउनेछैनन्, तँ कुनै पनि कुराका लागि तिनीहरूमाथि भर पर्न सक्छस् कि सक्दैनस्, र तैँले तिनीहरूबाट के प्राप्त गर्न सक्छस् भन्ने कुरा छ, यी कुराहरू तिमीहरू सँगै जिउने नियति छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ, र यो परमेश्वरको पूर्वनियोजनमा निर्भर हुन्छ। अर्कोतर्फ, तेरा छोराछोरी कस्तो प्रकारको वातावरणमा जिउँछन्, तिनीहरूको जियाइ अवस्था कस्तो छ, तिनीहरू तँलाई हेरचाह गर्ने अवस्थामा छन् कि छैनन्, तिनीहरू आर्थिक रूपमा सम्पन्न छन् कि छैनन्, र तिनीहरूले तँलाई भौतिक आनन्द र सहायता प्रदान गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा पनि परमेश्वरको पूर्वनियोजनमा निर्भर हुन्छ। यसबाहेक, आमाबुबाको नाताले, तैँले तेरा छोराछोरीले तँलाई दिने भौतिक कुरा, पैसा, वा भावनात्मक सान्त्वनाको आनन्द लिन सक्छस् कि सक्दैनस् भन्ने कुरा पनि परमेश्वरको पूर्वनियोजनमा निर्भर हुन्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। “अब अहिलेको लागि छोराछोरीको दृष्टिकोणबाट बोल्ने कामलाई थाती राखौँ, बरु आमाबुबाको दृष्टिकोणबाट मात्र कुरा गरौँ। आमाबुबाले आफ्ना छोराछोरीले उनीहरूको धर्म निभाउनुपर्छ, उनीहरूले आफूलाई पछिल्ला वर्षहरूमा हेरचाह गर्नुपर्छ र साथ दिनुपर्छ भनेर माग गर्नु हुँदैन—यसो गर्नु आवश्यक छैन। एक हिसाबले, यो आमाबुबामा आफ्ना छोराछोरीप्रति हुनुपर्ने मनोवृत्ति हो, र अर्को हिसाबले, यो आमाबुबामा हुनुपर्ने मर्यादा हो। अनि अवश्य नै, योभन्दा महत्त्वपूर्ण पक्ष पनि छ: यो जो आमाबुबा हुन् ती सृजित प्राणीहरूले आफ्ना छोराछोरीलाई व्यवहार गर्दा पालना गर्नुपर्ने सिद्धान्त हो। यदि तेरा छोराछोरी कर्तव्यनिष्ठ, र तेरो हेरचाह गर्न इच्छुक छन् भने, तैँले उनीहरूलाई अस्वीकार गर्नु पर्दैन; यदि उनीहरू त्यसो गर्न अनिच्छुक छन् भने, तैँले दिनभरि विलाप र गनगन गर्ने, हृदयमा असहज वा रुष्ट महसुस गर्ने, वा छोराछोरीविरुद्ध तिक्तता पाल्ने काम गर्नु पर्दैन। तैँले आफ्नो जीवन र अस्तित्वको लागि सकेसम्म आफै जिम्मेवारी र बोझ वहन गर्नुपर्छ, र तैँले त्यो अरूमा, विशेषगरी छोराछोरीको काँधमा, सार्नु हुँदैन। तैँले जीवनलाई आफ्ना छोराछोरीको साथ वा सहयोगविना सक्रिय र सही ढङ्गले सामना गर्नुपर्छ, र तँ तेरा छोराछोरीदेखि अलग भए पनि, तैँले जीवनमा आइपर्ने जुनसुकै कुरालाई आफैले सामना गर्न सक्नुपर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१९))। परमेश्वरका वचनहरू एकदमै स्पष्ट छन्। आमाबुबाले आफ्ना छोराछोरी हुर्काउनु भनेको मानवको जन्मजात प्रवृत्ति अनि जिम्मेवारी र दायित्व हो। आफ्ना छोराछोरीलाई जन्म दिने रोजाइ आमाबुबाकै हो, र तिनीहरूलाई हुर्काउन जतिसुकै दुःख भोग्नुपरे पनि वा जस्तोसुकै मूल्य चुकाउनुपरे पनि, यो तिनीहरूले गर्नुपर्ने काम मात्र हो। तर म भने “आफ्नो बुढेसकालको सहाराका लागि छोराछोरीलाई हुर्काउनू” भन्ने परम्परागत धारणाबाट प्रभावित भएकी थिएँ, र मेरी छोरीले बुढेसकालमा मेरो हेरचाह गरोस् र म मर्दा ऊ मेरो साथमा रहोस् भन्ने माग गरेँ। मलाई लाग्थ्यो, ऊ सानी छँदा मैले उसलाई हुर्काएकी हुनाले, म बूढी भएपछि उसले मेरो हेरचाह गर्नुपर्छ भन्ने कुरा पूर्ण रूपमा स्वभाविक र न्यायोचित हो। यो दृष्टिकोण सत्यतासँग मेल खाँदैन। मेरी छोरीलाई हुर्काउनु मेरो जिम्मेवारी र दायित्व थियो। यो त मैले गर्नुपर्ने काम मात्र थियो। तर, मैले छोरी हुर्काएर चुकाएको मूल्यलाई बुढेसकालमा उसले मेरो हेरचाह गरोस् भन्नका लागि मोलमोलाइ गर्ने माध्यम बनाएँ। मेरा चाहनाहरू पूरा नहुँदा, म रिसाएँ र दुःखी भएँ। म साँच्चै कति स्वार्थी र नीच रहेछु! वास्तवमा, हामी आमा र छोरी भए पनि, परमेश्वरसामु हामी दुवै सृजित प्राणी हौँ, र हाम्रो हैसियत समान छ। मेरी छोरी मेरो दास होइन, र मैले उसलाई बुढेसकालमा मेरो हेरचाह गर्न भन्नु समझहीन कुरा थियो। छोरी हुर्काएबापत मैले पाउनुपर्ने कुरा मैले पाइसकेकी थिएँ। मेरी छोरी जन्मेको बेलादेखि उसले हामीलाई ममी र बाबा भन्न सक्ने बेलासम्म, र त्यसपछि ऊ हुर्केर बालिग भएको बेलासम्म, उसले हाम्रो परिवारमा धेरै खुसी ल्याई। छोरी हुर्काउने क्रममा, मेरो सोचाइ परिपक्व भयो र मैले धेरै जीवन अनुभव हासिल गरेँ। छोरी हुर्काउनुका प्रतिफल यिनै हुन्। भविष्यमा मेरी छोरीले मेरो हेरचाह गर्न चाहिन भने म रिसाउनु हुँदैन। मैले सकेसम्म आफ्नो जीवनको जिम्मेवारी आफैँले लिनुपर्छ, र छोरीको भर पर्नुको सट्टा, परमेश्वरको योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुनुपर्छ। यो कुरा बुझेपछि, मलाई धेरै राहत महसुस भयो।
पछि, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ, जसले मेरो हृदय उज्यालो बनायो र मलाई अनुसरण गर्ने मार्ग दियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तँलाई सबैभन्दा बढी पीडा र दुःख लागेको बेला, तेरो हृदयलाई कसले साँच्चै सान्त्वना दिन सक्छ? कसले तेरा समस्याहरू साँच्चै समाधान गर्न सक्छ? (परमेश्वरले सक्नुहुन्छ।) परमेश्वरले मात्र मानिसहरूको समस्या साँच्चै समाधान गर्न सक्नुहुन्छ। यदि तँ बिरामी परिस् र तेरा छोराछोरीले छेउमा रहेर तेरो सेवा गरिरहेका र तँलाई रुँगिरहेका छन् भने, तँलाई निकै खुसी लाग्नेछ, तर केही समयपछि नै तेरा छोराछोरीले वाक्क मान्नेछन् र कोही पनि तँलाई रुँगेर बस्न चाहँदैन। त्यस्ता समयमा तँलाई साँच्चै एक्लो महसुस हुनेछ! तँलाई अहिले तेरो छेउमा कुनै साथी छैन भन्ने लाग्छ, तर के साँचो कुरा त्यही हो त? खासमा त्यस्तो होइन, किनभने परमेश्वर सधैँ तेरो छेउमा हुनुहुन्छ! परमेश्वर मानिसहरूलाई छाडेर जानुहुन्न। उहाँ नै तिनीहरूले हर समय भर पर्न सक्ने र आश्रय पाउन सक्ने एउटै परमेश्वर हुनुहुन्छ, र तिनीहरूको एक मात्र विश्वासपात्र हुनुहुन्छ। त्यसैले, तँलाई जस्तोसुकै कठिनाइ र दुःख आइपरे पनि, र तँलाई व्यथित महसुस गराउने कुराहरू वा तँलाई नकारात्मक र कमजोर बनाउने मामिलाहरू जस्तोसुकै भए पनि, तैँले तुरुन्तै परमेश्वरसामु आएर प्रार्थना गर्नुपर्छ, अनि उहाँका वचनहरूले तँलाई सान्त्वना दिनेछन्, साथै तेरा कठिनाइहरू र तेरा विभिन्न समस्याहरू समाधान गर्नेछन्। यस्तो वातावरणमा तेरो एक्लोपन परमेश्वरको वचन अनुभव गर्न र सत्यता प्राप्त गर्नका लागि आधारभूत सर्त बन्नेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वर हर समय मानवजातिका सहारा हुनुहुन्छ। जब हामी पीडामा हुन्छौँ, कमजोर हुन्छौँ, वा कठिनाइ र दुःख-कष्टहरू सामना गर्छौँ, तब परमेश्वर नै सधैँ हाम्रो साथमा रहनुहुन्छ। परमेश्वरले हामीलाई अन्तर्दृष्टि दिन र डोर्याउन, र हाम्रा समस्याहरू समाधान गर्न, अनि हामीलाई कठिन समयहरू पार गर्न मद्दत गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। मलाई सानैदेखि रिँगटा लाग्ने रोग थियो, र यो रोगले मलाई ३० वर्षभन्दा बढी समयसम्म सताएको थियो। म बिरामी हुँदा हरेक पटक दुई दिनसम्म ओछ्यानमा पर्नुपर्थ्यो। मेरी छोरीले आमाबुबाप्रतिको धर्म निभाएको भए पनि, उसले मलाई खानपानमा मात्र मद्दत गर्न सक्नेथिई; उसले मेरो पीडा सुल्झाउन सक्नेथिइन, र मेरो तर्फबाट उसले कष्ट भोग्दिन त झन् सक्नेथिइन। परमेश्वरमा विश्वास गर्न थालेपछि, मैले पत्तै नपाई मेरो रोग निको भयो, र मलाई रोगले सताउन छोड्यो। मेरो रोग हटाउने परमेश्वर नै हुनुहुन्थ्यो। म घर छोडेर आफ्नो कर्तव्य निर्वाह गर्न हिँडेको अहिले झन्डै २० वर्ष भयो, र म सधैँ स्वस्थ रहँदै आएकी छु। सन् २०२२ मा, महामारी गम्भीर हुँदा र धेरै मानिस सङ्क्रमित हुँदा पनि, मलाई कहिल्यै कोभिड लागेन। मलाई अहिले कुनै गम्भीर रोग छैन, र कहिलेकाहीँ सामान्य बिमारी लागे पनि, म केही घरेलु उपचार गरेरै निको हुन्छु। मैले यतिका वर्षहरूमा परमेश्वरले मेरो सुरक्षा गर्दै आउनुभएको छ, र परमेश्वर मात्र मेरो सहारा हुनुहुन्छ भन्ने कुरा अनुभव गरेँ। यो कुरा बुझेपछि, मलाई बुढेसकालमा मेरो हेरचाह र मेरो अन्त्येष्टि सम्हाल्ने कोही नहोला कि भन्ने हैरानी र चिन्ता लाग्न छोड्यो, र मेरो मन ज्यादै स्वतन्त्र भयो। मैले आफैँलाई सुसमाचार प्रचारमा अर्पित गरेँ, र बिस्तारै केही नतिजा पनि हासिल गरेँ। परमेश्वरलाई उहाँको अगुवाइका लागि धन्यवाद!