७०. म अब मानिसहरूलाई सिद्धान्तअनुसार व्यवहार गर्न सक्छु
सन् २०२३ को जुनमा, म लेखन-पठनको कामको सुपरिवेक्षक चुनिएँ। मेरा ब्रदर-सिस्टरहरूसँगको कुराकानीबाट, मैले तिनीहरूको पेसागत सीप र कार्य सामर्थ्य तुलनात्मक रूपमा कमजोर रहेको थाहा पाएँ, त्यसैले म धैर्यपूर्वक तिनीहरूलाई मार्गदर्शन र मद्दत गर्थेँ, अनि तिनीहरूले सामना गरेका कुनै पनि कठिनाइ समाधान गर्न तिनीहरूसँग सङ्गति गर्थेँ। तर काममा व्यस्तता बढ्दै जाँदा मैले धैर्य गुमाएँ र तिनीहरूलाई हेलाँ गर्न थालेँ। जुलाईमा, मण्डलीले चिनियाँ कम्युनिस्ट पार्टीबाट उन्मत्त गिरफ्तारीको सामना गर्नुपर्यो। धेरैजसो लेखन-पठनका कामदारहरूसँग सम्पर्क हुन सकेन, र हाम्रो कामको नतिजा खस्किन थाल्यो। एउटा समूहका ब्रदर-सिस्टरहरू आगामी काम कसरी अघि बढाउने भनेर मलाई छलफल गराउन चाहन्थे। त्यतिबेला, म अर्को काम सम्हालिरहेकी थिएँ, त्यसैले तिनीहरूले काम कसरी लागू गर्ने भन्ने थाहा पाउनुपर्छ भन्ने सोचेर, मैले कामको सामान्य दिशाबारे तिनीहरूलाई छोटो पत्राचार गरेँ। तर, तिनीहरूले अझै केही कठिनाइहरू सामना गरिरहेका छन् भनेर टोली अगुवाले जवाफी पत्र पठाए। मैले मनमनै सोचेँ, “सुरुमा मण्डलीले गिरफ्तारीको सामना गर्दा, मलाई पनि के गर्ने भन्ने थाहा थिएन, तर प्रार्थना र खोजी मार्फत मैले केही मार्गहरू भेट्टाउन सकेँ। तिमी किन आफै मार्ग भेट्टाउन जान्दैनौ? तिमीलाई खाली कठिनाइबारे गुनासो गर्न मात्र आउँछ। तिमी खाली आफ्नो कर्तव्यमा दत्तचित्त भएर लागिरहेका छैनौ; तिमी त केवल तयारी समाधानको पर्खाइमा छौ। तिमी टोली अगुवा हौ; तिमीले नै कठिनाइबारे गुनासो गर्दा, यसले अरूमा नकारात्मक असर पार्छ।” एउटा भेलाको क्रममा, मैले आरोप लगाउने शैलीमा भनेँ, “तिमीहरूले यी कठिनाइहरूका कुनै समाधानबारे छलफल गरेका छौ? तिमीहरू हरेक दिन केचाहिँ गरिरहेका छौ हँ? तिमीहरू किन आफ्नो लागि एउटा मार्ग खोज्ने प्रयास गर्दैनौ?” मैले ती सिस्टर दुखी भएको देखेँ, र मेरो बोल्ने तरिका ठीक थिएन भन्ने महसुस गरेँ। तर फेरि मैले सोचेँ कि मैले भनेको कुरा साँचो हो, र म उनलाई कठिनाइहरू सामना गर्नुपर्दा गुनासो गर्नुको सट्टा परमेश्वरमा अझ बढी भर पर्न मार्गदर्शन गर्न खोजिरहेकी थिएँ। यो उनकै भलाइको लागि हो भनेर मैले आफैलाई सम्झाएँ। कहिलेकाहीँ, मैले सिस्टर लियूलाई प्रश्न सोध्दा, म छिटो बोल्ने भएकोले, उनले तुरुन्तै प्रतिक्रिया दिँदैनथिन् र उनको जवाफ अलि घुमाउरो हुन्थ्यो। म उनलाई हेलाँ गर्थेँ र सोच्थेँ, “तिमीले मेरो प्रश्नको जवाफ नै दिइरहेकी छैनौ। के तिमी सिधा र ट्याक्कै जवाफ दिन सक्दिनौ? तिमी किन कुरा चपाउँछ्यौ?” त्यसपछि म हप्काउने शैलीमा भन्थेँ, “कुरा नचपाऊ। आफूलाई सोधिएको प्रश्नको मात्र जवाफ देऊ, नत्र तिम्रो कुरा कसैले बुझ्न सक्दैन!” मैले यसो भनेपछि, उनले केही हदसम्म बाँधिएको महसुस गर्थिन्। एक पटक, सिस्टर झाङले आफ्नो स्थिति साझा गरिन्, र कहिलेकाहीँ मैले केही सोध्दा, उनले तुरुन्तै मेरो आशय नबुझ्ने गरेको भनिन्। जब उनको जवाफ सान्दर्भिक हुँदैनथियो, म उनलाई गाली गर्थेँ, अनि असान्दर्भिक जवाफ दिँदा काटछाँटमा परिन्छ कि भन्ने डरले उनी थप बोल्ने आँट गर्दिनथिन्। सिस्टर झाङले यसो भनेको सुनेपछि पनि, मैले अझै आत्मचिन्तन गरिनँ। त्यसको सट्टा, मलाई लाग्यो कि उनलाई आफ्नो इज्जत जोगाउनुको ज्यादै चिन्ता छ। मैले सोचेँ, “के मैले तिम्रा समस्याहरू औँल्याउनु तिम्रै भलाइका लागि होइन र? तिमी किन बाँधिएको महसुस गर्छ्यौ? तिमी त साह्रै कमजोर छ्यौ!” केही समयपछि, सिस्टरहरू मबाट अलि टाढा हुन थाले। कहिलेकाहीँ, म तिनीहरूलाई अफिसमा गफगाफ गर्दै र हाँस्दै गरेको सुन्थेँ, तर म भित्र पस्नेबित्तिकै तिनीहरू चुप लाग्थे। मैले महसुस गरेँ कि यदि यस्तै चलिरह्यो भने, तिनीहरू सबै मबाट तर्किनेछन्—अनि हामीले कसरी सहकार्य गरेर कर्तव्य पूरा गर्ने होला? त्यसैले, मैले अहङ्कारी स्वभावको चिरफार गर्ने परमेश्वरका केही वचनहरू भेटाएँ र ती ममा कसरी लागू हुन्छन् भनेर हेर्ने प्रयास गरेँ। मैले बाहिरी रूपमा आफैलाई संयमित पनि राखेँ, र तिनीहरूसँग सामान्यतया नरम स्वरमा बोल्ने वा वातावरण सहज बनाउन ठट्टा गर्ने कोसिस गरेँ।
पछि, सहकर्मी ब्रदर वाङले केही टोली सदस्यहरूलाई मबाट बाँधिएको महसुस भएको थाहा पाए, र मेरो समस्या औँल्याइदिए। उनले मलाई परमेश्वरका धेरै वचनहरू पढेर सुनाए, र खासगरी एउटा खण्डले गहिरो प्रभाव पार्यो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि तैँले मानिसहरूलाई हप्काउन र काटछाँट गर्न शब्द र धर्मसिद्धान्तहरू मात्र बोल्छस् भने, के तैँले उनीहरूलाई सत्यता बुझ्न र वास्तविकतामा प्रवेश गर्न मद्दत गर्न सक्छस्? यदि तैँले सङ्गति गर्ने कुराहरू व्यावहारिक छैनन् भने, र यदि त्यो शब्द र धर्मसिद्धान्तहरूबाहेक अरू केही होइन भने, तैँले उनीहरूलाई जति नै काटछाँट गरिस् र हप्काइस् भने पनि, त्यो व्यर्थ हुनेछ। के तैँले मानिसहरू तँसित केही हदसम्म डराउनु, उनीहरूले तैँले अह्राएको काम गर्नु, र विरोध गर्ने आँट नगर्नुलाई उनीहरूले सत्यता बुझेको र उनीहरू समर्पणकारी भएको समान ठान्छस्? यो पूर्ण रूपमा गलत छ। जीवन प्रवेश त्यति सरल छैन। अगुवा बन्न आउने कतिपय मानिसहरू बलियो प्रभाव पार्न खोज्ने नयाँ प्रबन्धकहरू जस्तै हुन्छन्; तिनीहरूले सुरुमा परमेश्वरका चुनिएका मानिसहरूमाथि आफ्नो नयाँ-प्राप्त अख्तियार लाद्न र सबैलाई आफ्नो आज्ञा पालन गराउन खोज्छन्। तिनीहरू यसले तिनीहरूको काम सजिलो बनाउनेछ भन्ने सोच्छन्। यदि तँसँग सत्यता वास्तविकता छैन र तैँले समस्याहरू समाधान गर्न सत्यताबारे सङ्गति गर्न सक्दैनस् भने, तब चाँडै नै, तेरो साँचो कद प्रकट हुनेछ, तेरो साँचो रङ्ग खुलासा हुनेछ, र तँ हटाइन पनि सक्छस्। कतिपय प्रशासनिक काममा, मानिसहरूलाई अलिकति काटछाँट गर्नु र अनुशासनमा राख्नु स्वीकार्य हुन्छ। तर यदि तँ सत्यताबारे सङ्गति गर्न असक्षम छस् भने, अन्तमा, तँ अझै पनि समस्याहरू समाधान गर्न असक्षम हुनेछस्, र यसले कामका नतिजाहरूलाई असर गर्नेछ। मण्डलीमा जस्तोसुकै समस्याहरू देखा परे पनि, यदि तँ सधैँ मानिसहरूलाई पाठ पढाउँछस् र निरन्तर दोष लगाउँछस्, र यदि तँ सधैँ मानिसहरूलाई नखरा देखाउने काम मात्र गर्छस् भने, यो तेरो भ्रष्ट स्वभाव प्रकट भइरहेको हो, र तैँले आफ्नो भ्रष्टताको कुरूप अनुहार देखाएको छस्। यदि तँ सधैँ आफूलाई उच्च स्थानमा राख्छस् र मानिसहरूलाई यसरी पाठ पढाउँछस् भने, समय बित्दै जाँदा, मानिसहरूले तँबाट जीवनको आपूर्ति प्राप्त गर्न सक्नेछैनन्, तिनीहरूले कुनै पनि व्यावहारिक कुरा प्राप्त गर्नेछैनन्, र तिनीहरूले बरु तँलाई अत्यन्तै घृणा गर्नेछन् र घिन मान्नेछन्। यसबाहेक, कतिपय मानिसहरू यस्ता हुनेछन् जसले, खुट्ट्याउने क्षमताको कमीको कारणले तँबाट प्रभावित भएर, अरूलाई पाठ पढाउन र काटछाँट गर्न सिक्नेछन्; तिनीहरू पनि रिसाउनेछन् र तिनीहरूले आफ्नो आवेश गुमाउनेछन्। तैँले मानिसहरूका समस्याहरू समाधान गर्न नसक्ने मात्र होइन—तैँले तिनीहरूका भ्रष्ट स्वभावहरूलाई पनि बढावा दिइरहेको हुनेछस्। अनि के त्यो मानिसहरूलाई अनन्त विनाशको मार्गमा डोऱ्याउनु होइन र? के त्यो दुष्टताको कार्य होइन र? एउटा अगुवाले मूलतः सत्यताका बारेमा सङ्गति गरेर र जीवन आपूर्ति गरेर अगुवाइ गर्नुपर्छ। यदि तैँले सधैँ आफूलाई उच्च स्थानमा राख्छस् र अरूलाई पाठ पढाउँछस् भने, के तिनीहरूले सत्यता बुझ्न सक्नेछन्? यदि तैँले यसरी केही समय काम गरिस्, र मानिसहरूले तँ वास्तवमा के होस् भनी स्पष्ट रूपमा देखे भने, तिनीहरूले तँलाई अस्वीकार गर्नेछन्। के तैँले यसरी काम गरेर मानिसहरूलाई परमेश्वरसामु ल्याउन सक्छस्? कदापि सक्दैनस्। तैँले केवल मण्डलीको कामलाई अस्तव्यस्त बनाउनेछस् र परमेश्वरका चुनिएका मानिसहरूलाई तँलाई तिरस्कार र अस्वीकार गर्ने बनाउनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरू मनन गर्दा, तिनले मेरो हृदयमै घोचे। परमेश्वरले खुलासा गर्नुभएको कुरा ठ्याक्कै मेरो स्थिति थियो। म एक सुपरिवेक्षक थिएँ, तर जब मैले ब्रदर-सिस्टरहरूलाई आफ्ना कर्तव्यमा कठिनाइ र समस्याहरू सामना गरिरहेको देखेँ, म तिनीहरूसँग सङ्गति गर्न र तिनीहरूलाई सघाउन चुकेको मात्र होइन, उल्टै मैले उच्च स्थानमा उभिएर तिनीहरूलाई भाषण छाँट्ने र आलोचना गर्ने गरिरहेँ। यसले गर्दा सबै जना मबाट तर्किए र डराए। तिनीहरूको स्थिति खराब भयो, र तिनीहरूको कर्तव्य पूरा गर्ने क्षमता प्रभावित भयो। आफ्ना भ्रष्ट स्वभावहरूका आधारमा मानिसहरूसँग व्यवहार गर्नु परमेश्वरका लागि साँच्चै घृणित र अरूका लागि विकर्षक कुरा थियो। केही समयअघि, मण्डलीले ठूलो गिरफ्तारीको सामना गरेको थियो, धेरै लेखन-पठनका कामदारहरूसँग सम्पर्क हुन सकेको थिएन, र लेखन-पठनको कामको प्रगति सुस्त भएको थियो। ब्रदर-सिस्टरहरू कठिनाइमा जिइरहेका थिए, र यसलाई कसरी अनुभव गर्ने भन्ने तिनीहरूलाई थाहा थिएन। यस समयमा तिनीहरूलाई मेरो सङ्गति र मद्दतको खाँचो थियो, ताकि तिनीहरूसँगै अघि बढ्ने मार्ग खोज्न र तिनीहरूले भोगिरहेका विभिन्न कठिनाइ तथा समस्याहरू समाधान गर्न सकियोस्। तर व्यावहारिक सङ्गति र मद्दत प्रदान गर्नुको सट्टा, मैले सिस्टरहरूलाई हेलाँ गरेँ र हप्काएँ। फलस्वरूप, तिनीहरूले कुनै मद्दत पाएनन्, उल्टै मबाट हरेक मोडमा बाँधिएको महसुस गरे। यो त मैले कर्तव्य पूरा गरेकै होइन! के मैले दुष्टता मात्र गरिरहेकी थिइनँ र? परमेश्वरका यी वचनहरू देख्दा मलाई यो विशेष रूपमा अनुभूति भयो: “यदि तँ सधैँ आफूलाई उच्च स्थानमा राख्छस् र मानिसहरूलाई यसरी पाठ पढाउँछस् भने, समय बित्दै जाँदा, मानिसहरूले तँबाट जीवनको आपूर्ति प्राप्त गर्न सक्नेछैनन्, तिनीहरूले कुनै पनि व्यावहारिक कुरा प्राप्त गर्नेछैनन्, र तिनीहरूले बरु तँलाई अत्यन्तै घृणा गर्नेछन् र घिन मान्नेछन्।” एउटा सुपरिवेक्षकको नाताले, उच्च स्थानमा उभिएर अरूलाई हप्काउँदा र बन्धनमा पार्दा, मैले काम बिगार्ने मात्र थिइनँ, यदि ब्रदर-सिस्टरहरूले मबाट कुनै मद्दत पाउन सकेनन् भने, तिनीहरूले मलाई अस्वीकार गर्नेथिए। अहिले हाम्रो कामको नतिजा खस्किएको थियो, ब्रदर-सिस्टरहरूको स्थिति खराब थियो, र मलाई यसरी काटछाँट र खुलासा गरिएको थियो। के यो परमेश्वरले मलाई ताडना दिनुभएको होइन र? यो बुझेपछि, मलाई गहिरो रूपमा व्यथित र दोषी महसुस भयो। म केवल आफ्नो हृदय शान्त पार्न र आफ्ना समस्या हल गर्न सत्यता खोज्न चाहन्थेँ।
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ, जसले मलाई साँच्चै गहिरो रूपमा छोयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मैले के पाएको छु भने, धेरै अगुवाहरू उच्च ओहोदामा रहेर मानिसहरूलाई भाषण दिन र अरूलाई होच्याएर प्रचार गर्न मात्र जान्दछन्, तैपनि तिनीहरू अरूसित समान स्तरमा रहेर कुराकानी गर्न वा मानिसहरूसित सामान्य रूपमा अन्तरक्रिया गर्न सक्दैनन्। केही मानिसहरू बोल्दा, त्यो सधैँ तिनीहरूले भाषण दिइरहेको वा रिपोर्ट गरिरहेको जस्तो हुन्छ। उनीहरूका शब्दहरू सधैँ अरूको स्थितितर्फ मात्र लक्षित हुन्छन्, तर उनीहरू आफूबारे कहिल्यै खुलेर बताउँदैनन्। उनीहरू आफ्ना भ्रष्ट स्वभावहरू कहिल्यै चिरफार गर्दैनन्, बरु अरू मानिसका समस्याहरू मात्र चिरफार गर्छन्, ताकि सबैले तिनका बारेमा थाहा पाऊन्। उनीहरूले यो किन गर्छन् त? किन उनीहरू यस्ता प्रवचनहरू प्रचार गर्छन् र यस्ता कुराहरू भन्छन्? यो कुरा उनीहरूसित आफूबारे ज्ञान छैन, उनीहरूमा समझ छँदै छैन, अनि उनीहरू अति अहङ्कारी र आत्म-धर्मी छन् भन्ने कुराको प्रमाण हो। उनीहरू अरू मानिसहरूका भ्रष्ट स्वभावहरू चिन्ने क्षमता हुनुले आफू अरूभन्दा माथि, खुट्ट्याउनमा अरूभन्दा राम्रो, र अरूभन्दा कम भ्रष्ट भएको प्रमाणित गर्छ भन्ने सोच्छन्। उनीहरू अरूलाई खुलासा गर्न, चिरफार गर्न र भाषण दिन सक्छन्, तर उनीहरूले खुलेर कुरा गर्ने, आफ्ना भ्रष्ट स्वभावहरूलाई खुलासा वा चिरफार गर्ने, आफूलाई उदाङ्गो पार्ने, वा आफ्ना अभिप्रायहरूबारे केही भन्ने गर्दैनन्। उनीहरू अनुचित व्यवहार गरेकोमा सधैँ अरू मानिसहरूलाई भाषण दिन्छन्। यो आफैलाई ठूलो बनाउनु र उचाल्नु हो। तँ अगुवा भएदेखि किन यति अनुचित तरिकाले समस्या खडा गर्छस्? मण्डलीको अगुवा बनेपछि, तँ किन अरूलाई त्यतिकै भाषण दिने, मनमानी व्यवहार गर्ने, र जिद्दीपूर्वक जसरी मन लाग्यो त्यसरी कार्य गर्ने गर्छस्? जब तैँले ती शब्दहरू बोल्छस्, तँ किन परिणामहरूलाई कहिल्यै ख्याल गर्दैनस् र आफ्नो पहिचानलाई कहिल्यै ख्याल गर्दैनस्? तँ यस्तो काम किन गर्छस्? किनकि तँ अगुवा भए पनि, तँलाई आफ्नो स्थान वा पहिचान थाहा छैन। तँलाई अगुवा बन्ने प्रबन्ध मिलाउनु भनेको तँलाई माथि उठाउनु र अभ्यासको मौका दिनु मात्र हो। यो तँसँग अरूमा भन्दा बढी सत्यता वास्तविकता छ वा तँ अरूभन्दा राम्रो छस् भनेर होइन। खासमा, अरू सबै जना जस्तै तँसँग पनि सत्यता वास्तविकता छैन। केही हिसाबले त, तँ अरूभन्दा बढी भ्रष्टसमेत छस् होला। त्यसोभए, तँ किन स्वेच्छाचारी र अनुचित तरिकाले अरूलाई भाषण दिने, झपार्ने र बन्धनमा पार्ने गर्छस्? अरूलाई किन जबरजस्ती तेरो कुरा सुन्न लगाउँछस्? तैँले गलत तरिकाले कामकुरा गर्दा पनि तँ किन अरूलाई तेरो कुरा सुन्न बाध्य पार्छस्? यसले के प्रमाणित गर्छ? यसले तँ गलत स्थानमा छस् भनेर प्रमाणित गर्छ। तँ मानव स्थानमा बसेर काम गरिरहेको छैनस्, तँ परमेश्वरको स्थानबाट, एउटा उच्च ओहोदाबाट आफ्नो काम गरिरहेको छस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। राज्यको युगमा परमेश्वरका प्रशासनिक आदेशहरूको सम्बन्धमा)। परमेश्वरका वचनहरू पढ्दा मलाई भित्रैसम्म घोच्यो। के परमेश्वरले म जस्तै व्यक्तिका बारेमा कुरा गरिरहनुभएको थिएन र? सिस्टरहरूको पेसागत सीप र कार्य सामर्थ्य तुलनात्मक रूपमा कमजोर थियो, र जब ठूलो गिरफ्तारीको वातावरणले गर्दा तिनीहरूको काममा बाधा पुग्यो, तिनीहरूलाई समाधानको बाटो खोज्न मेरो मद्दत चाहिएको थियो। तर मैले तिनीहरूलाई मद्दत गर्न मन लगाउनु त कता हो कता, उल्टै उच्च स्थानमा बसेर तिनीहरूलाई हप्काएँ। म छिटो बोल्ने भएकोले, यदि कुनै सिस्टरले मैले भन्न खोजेको कुरा बुझिनन् भने, उनले मेरो गाली खान्थिन्। मैले अरूलाई पीडा र हानि मात्र दिएँ, र काममा पनि असर पारेँ। त्यसमा मानवताको झिल्को समेत कहाँ थियो र? मैले केही समयअघि निष्कासित गरिएकी ख्रीष्टविरोधी येको बारेमा सोचेँ। जब उनले ब्रदर-सिस्टरहरूको कर्तव्यमा केही विचलन वा समस्याहरू फेला पार्थिन्, उनले सन्दर्भलाई ख्याल नगरी वा तिनीहरूका खास कठिनाइहरू नबुझी तिनीहरूलाई हप्काउने, काटछाँट गर्ने र सास्ती दिने गर्थिन्। यसले गर्दा ब्रदर-सिस्टरहरू उनलाई देख्दा डराउँथे र सतर्क स्थितिमा जिउँथे, जसले तिनीहरूको कर्तव्यलाई असर पार्थ्यो। त्यसपछि मैले आफैलाई हेरेँ। यद्यपि मैले येले जस्तो मानिसहरूलाई कठोर रूपमा हप्काउने र सास्ती दिने गरेकी थिइनँ, तर मैले टोलीका सदस्यहरूलाई हेलाँ गरेको र हप्काएको कारण सिस्टरहरू सबै सतर्क भएर जिइरहेका थिए। तिनीहरू गाली खानबाट बच्न मलाई कसरी खुसी पार्ने भन्ने बारेमा मात्र सोचिरहेका हुन्थे, जसले तिनीहरूको स्थिति र काम दुवैलाई असर गर्यो। मैले महसुस गरेँ कि मैले अरूलाई बन्धनमा पार्नुका प्रकृति र परिणामहरू निकै गम्भीर थिए, र यदि मैले परिस्थितिलाई सुधारिनँ भने, म पनि ख्रीष्टविरोधीको मार्गमा पुग्नेथिएँ र येजस्तै हटाइनेथिएँ। मलाई डर र दोष दुवै महसुस भयो, त्यसैले मैले पश्चात्ताप गर्न परमेश्वरलाई प्रार्थना गरेँ, र उहाँसँग मलाई थप आत्मचिन्तन गर्न र आफैलाई चिन्न मार्गदर्शन गर्न बिन्ती गरेँ।
त्यसपछि, मैले परमेश्वरका केही वचनहरू पढेँ, र आफ्नो समस्याबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि तैँले आफ्नो हृदयमा साँच्चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्वरमा समर्पित हुन जान्नेछस् अनि तँ सत्यताको पछि लाग्ने मार्गमा स्वाभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्वरका अभिप्रायअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्नेछैन—यस अवस्थामा तैँले परमेश्वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना दुष्टता गर्न सजिलो हुन्छ, र तैँले नचाहँदा नचाहँदै पनि त्यो गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र अभिमानी स्वभाव भएको भए, परमेश्वरको विरोध नगर भनेर भनिँदा कुनै फरक पर्ने थिएन, किनभने तैँले आफूलाई नियन्त्रण गर्न सक्ने थिइनस्—यो तेरा लागि अनायासै हुने कुरा हुनेथियो। तैँले जानाजानी त्यसो गर्ने थिइनस्; तैँले आफ्नो अहङ्कारी र अभिमानी प्रकृतिको प्रभुत्वमा परेर त्यसो गर्ने थिइस्। तेरो अहङ्कार र अभिमानले तँलाई परमेश्वरलाई हेयको नजरले हेर्न र उहाँलाई बेवास्ता गर्न लगाउनेथ्यो; तिनले तँलाई आफूलाई उच्च पार्नतिर प्रवृत्त गर्नेथिए, र तँलाई हरेक मोडमा आफूलाई प्रदर्शन गर्ने तुल्याउनेथिए; तिनले तँलाई अरूलाई हेयको नजरले हेर्न लगाउनेथिए, र तेरो हृदयमा आफूबाहेक अरू कसैलाई नराख्न लगाउनेथिए; तिनले तेरो हृदयबाट परमेश्वरको स्थान खोस्नेथिए, र अन्ततः तँलाई परमेश्वरको स्थानमा बस्न र मानिसहरूलाई तँप्रति समर्पित हुन माग गर्न लगाउनेथिए, र तँलाई आफ्नै विचार, सोच, र धारणाहरूलाई सत्यताका रूपमा पुज्न लगाउनेथिए। आफ्नो अहङ्कारी र अभिमानी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्वरका वचनबाट मैले बुझेँ कि, मैले मानिसहरूलाई हेलाँ गर्नु र बाँध्नुको मुख्य कारण मेरो प्रकृति धेरै अहङ्कारी हुनु थियो। जब सिस्टरहरूलाई कठिनाइ हुन्थ्यो र तिनलाई कसरी हल गर्ने भन्ने थाहा हुँदैनथियो, तिनीहरूलाई मेरो व्यावहारिक मद्दतको खाँचो हुन्थ्यो। तर म सोच्थेँ कि तिनीहरू आफैले प्रार्थना र खोजी गरेर अघि बढ्ने केही मार्ग भेटाउन सक्नुपर्छ, र यदि मैले कुराहरू सामान्य रूपमा व्याख्या गरिदिएँ भने, तिनीहरूले मेरो आशय बुझ्न सक्नुपर्छ। जब तिनीहरूलाई अझै कठिनाइ हुन्थ्यो, म तिनीहरूलाई हेलाँ गर्न थाल्थेँ, र खासमा तिनीहरू कहाँ अड्किए भनेर नसोधी तिनीहरूलाई काटछाँट गर्थेँ। वास्तवमा, विगतमा मैले कठिनाइहरू सामना गर्दा, म अक्सर अलमल्ल पर्थेँ र तिनलाई कसरी समाधान गर्ने भनेर थाहा पाउँदिनथेँ, र कहिलेकाहीँ त म लुकेर समेत रुन्थेँ। तैपनि, म आफूलाई टोली सदस्यहरूभन्दा उत्तम ठान्थेँ, र मनमनै आफूलाई उचाल्थेँ र तिनीहरूलाई होच्याउँथेँ। म अत्यन्तै अहङ्कारी र समझरहित थिएँ! मेरो अहङ्कारी स्वभावअनुसार सिस्टरहरूसँग व्यवहार गरेर, मैले तिनीहरूलाई बन्धनमा पारेँ र हाम्रो कर्तव्यमा अवरोध र बाधा ल्याएँ। के यो परमेश्वरको प्रतिरोध गर्नु थिएन र? मैले यसबारे जति धेरै सोचेँ, मलाई त्यति नै यदि मेरो अहङ्कारी स्वभाव समाधान भएन भने, मैले नचाहेरै साँच्चै दुष्टता गर्न सक्छु भन्ने लाग्यो। म आफूलाई सुधार्न र रूपान्तरण गर्न, साथै सिस्टरहरूलाई परमेश्वरका वचनअनुसार व्यवहार गर्न चाहन्थेँ।
एक दिन, मैले परमेश्वरका वचनहरू पढेँ, जसले मलाई धेरै प्रभाव पार्यो र सत्यता अभ्यास गर्ने सङ्कल्प दियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मैले तिमीहरू सबै बोधो र सत्यताप्रति प्रेमविहीन, अनि सत्यता नपछ्याइरहेको, र कमजोर क्षमताका भएको देखेका कारण मैले विस्तारमा बोल्नैपर्छ। मैले सबथोक विस्तृत रूपमा भन्नैपर्छ, र मेरो प्रवचनमा कामकुरालाई हरेक कोणबाट र हरेक तरिकाले व्याख्या गर्नैपर्छ, र तिनलाई खण्ड-खण्डमा विश्लेषण गर्नैपर्छ। त्यसपछि मात्र तिमीहरूले अलि बुझ्छौ। यदि मैले तिमीहरूसित झारा टार्ने काम गरेँ र आफूलाई जब मन लाग्यो तब जेसुकै विषयमा अलिकति बोलेँ, त्यसमा सोच लगाइनँ, पीडा लिइनँ, त्यसमा हृदय लगाइनँ, र आफूलाई बोल्न मन नलाग्दा बोलिनँ भने, तिमीहरूले के पाउन सक्नेथियौ? तिमीहरूमा जस्तो क्षमता छ, त्यसमार्फत त तिमीहरूले सत्यता बुझ्नेथिएनौ, तिमीहरूले केही पनि प्राप्त गर्नेथिएनौ, मुक्ति त झनै हासिल गर्नेथिएनौ। त्यसैले, मैले त्यसो गर्न मिल्दैन, मैले त विस्तारमा बोल्नुपर्छ। मैले विस्तृत रूपमा हरप्रकारको व्यक्तिको स्थिति, सत्यताप्रति मानिसहरूमा भएको मनोवृत्ति, र हरेक प्रकारको भ्रष्ट स्वभावसम्बन्धी उदाहरणहरू दिनैपर्छ, र मैले त्यो कुरा दोहोर्याउनुपर्छ; त्यसपछि मात्र तिमीहरूले मैले भनिरहेको र आफूले सुनेको कुरा बुझ्नेछौ। मैले सत्यताको जुनसुकै पक्ष सङ्गति गरे पनि, म विभिन्न बोलाइ विधिहरू अपनाउँछु, वयस्क र बालबालिकालाई सङ्गति गर्ने विधिहरू प्रयोग गर्छु, र तर्कहरूबारे कुरा गर्ने र कथा भन्ने विधिहरू साथै सिद्धान्तबारे कुरा गर्ने र अभ्यास र अनुभवबारे कुरा गर्ने विधिहरू प्रयोग गर्छु, ताकि मानिसहरू सत्यता बुझेर वास्तविकतामा प्रवेश गर्न सकून्। यसरी, क्षमता र हृदय बोकेका मानिसहरूसित सत्यता बुझ्ने र स्विकार्ने अनि मुक्ति पाउने मौका हुनेछ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ)। मैले हामी सबैमा हाम्रो भ्रष्ट प्रकृति कति गहिरोसँग जरा गाडेर बसेको छ भन्नेबारे सोचेँ। हामीमा परमेश्वरको कामबारे बुझाइ नभएको कारण, हामी अक्सर उहाँबारे धारणा र गलतफहमीहरू विकास गर्छौँ, र यावत् किसिमका भ्रष्ट स्वभावहरू एकपछि अर्को गर्दै देखा पर्छन्। धेरैजसो समय, हामीले सत्यता अलि-अलि बुझ्दा पनि, हामी त्यसलाई व्यवहारमा लागू गर्न सक्दैनौँ। तर परमेश्वरले हामीमाथि कहिल्यै हार मान्नुभएको छैन। उहाँले हामीलाई आपूर्ति र मद्दत गर्न निरन्तर वचनहरू व्यक्त गर्नुहुन्छ। कतिपय सान्त्वना र अर्तीका वचन हुन्छन् भने अरूचाहिँ न्याय र खुलासाका वचन हुन्छन्। कहिलेकाहीँ, हामीलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्न, उहाँले उदाहरण, दृष्टान्त र कथाहरू पनि प्रयोग गर्नुहुन्छ। परमेश्वरले हामीलाई सत्यता बुझाउन आफूले सक्ने सबथोक गर्नुहुन्छ, ताकि हामीले आफ्ना समस्याहरूबारे चिन्तन गर्न र तिनलाई चिन्न अनि अभ्यासको मार्ग भेटाउन सकौँ। मैले परमेश्वरको हृदय अत्यन्तै सुन्दर र असल छ, र उहाँले हामीलाई ल्याउनुहुने सबै कुरा फाइदाजनक छन् भनेर देखेँ। तर फेरि मैले आफूले ब्रदर-सिस्टरहरूलाई अलिकति पनि धैर्य वा प्रेमविना व्यवहार गरेको बारेमा सोचेँ। सिस्टरहरूले कठिनाइ सामना गर्दा, म तिनीहरूलाई एक-दुई पटक मद्दत गर्थेँ र त्यसपछि हेलाँ गर्न थाल्थेँ। मैले तिनीहरूलाई कुनै फाइदा पुर्याउन नसकेको मात्र होइन, उल्टै तिनीहरूलाई बन्धन र हानि पुर्याएँ। म साह्रै मानवताविहीन थिएँ! त्यसपछि, मैले टोली सदस्यहरूसँग खुलेर कुरा गरेँ, आफ्नै भ्रष्टताको खुलासा गरेँ, र तिनीहरूसँग माफी मागेँ।
पछि, मैले फेरि आत्मचिन्तन गरेँ र मैले मानिसहरूलाई बन्धनमा पार्नुको अर्को कारण पनि रहेछ भनी थाहा पाएँ: मलाई कसरी मानिसहरूलाई सिद्धान्तअनुसार व्यवहार गर्ने भन्ने थाहा थिएन। मैले सिस्टरहरूका खास कठिनाइ र परिस्थितिहरूलाई ख्याल गरिनँ; मैले खाली सबैलाई एउटै डालोमा हालेँ। वास्तवमा, तिनीहरू पनि आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न चाहन्थे, तर तिनीहरूको क्षमता औसत मात्र थियो र तिनीहरूमा कार्य सामर्थ्यको कमी थियो। यसका लागि मैले अझ बढी प्रयास गर्नुपर्ने र तिनीहरूलाई मद्दत गर्न अझ बढी समय र ऊर्जा खर्च गर्नुपर्ने थियो। पछि मैले परमेश्वरका यी वचनहरू पढेँ: “तैँले कमजोर क्षमता भएका र कार्य योग्यताको कमी भएका ती केही अगुवा र कामदारलाई कसरी व्यवहार गर्नुपर्छ? … तैँले उनीहरूलाई काम कसरी गर्ने र त्यसलाई कसरी कार्यान्वयन गर्ने भनेर किटेरै भन्नुपर्छ। तैँले उनीहरूलाई यस कार्यका लागि कसलाई नियुक्ति गरिनुपर्छ र जिम्मेवार बनाइनुपर्छ, र कुन-कुन मानिसहरूलाई त्यसमा सहकार्य गर्नका लागि चयन गरिनुपर्छ भनेर बताउनुपर्छ। उनीहरूलाई यी सबै विस्तृत विवरणहरू बुझाएर यसलाई अघि बढाउन दे। त्यो किन यस तरिकाले गरिनुपर्छ? किनभने स्थानीय मण्डलीका सदस्यहरूसँग सामान्यतया निकै सतही अनुभव मात्र हुन्छ र कार्य योग्यताको कमी हुन्छ, जसले उपयुक्त अगुवा र कामदारहरू चयन गर्न असम्भव बनाउँछ। यस तरिकाले काम गरेर मात्र कामका बन्दोबस्तहरू कार्यान्वयन गर्न सकिन्छ। यदि तँ यस तरिकाले काम गर्दैनस् र यी मानिसहरूलाई अन्य अगुवा र कामदारहरूझैँ व्यवहार गर्छस्, उनीहरूलाई विशिष्ट सिद्धान्त र योजनाहरूबारे मात्र बताउँछस्, र अविवेकी हुन्छस् भने, कामका बन्दोबस्तहरू कार्यान्वयन हुनेछैनन्। यदि तँ यसप्रति कुनै ध्यान दिँदैनस् भने, के त्यो जिम्मेवारीबाट विमुख हुनु होइन र? (हो।) यो अगुवा र कामदारहरूको जिम्मेवारी हो। कतिपय अगुवा र कामदारहरू यसो भन्छन्, ‘अरूलाई कामका बन्दोबस्तहरू कसरी कार्यान्वयन र अभ्यास गर्ने भनेर थाहा हुन्छ; यस व्यक्तिलाई चाहिँ किन थाहा छैन? यदि उसलाई थाहा छैन भने, म उसको मतलब गर्नेछैन। त्यो मेरो जिम्मेवारी होइन। जे भए पनि, मैले आफ्नो भागको काम गरेको छु।’ के यो तर्क जायज छ? (छैन।) उदाहरणका लागि, मानौँ एउटी आमाका तीनवटा बच्चा छन्, र एउटा निर्बल छ, ऊ सधैँ बिरामी पर्छ, र खाना खान मन गर्दैन। यदि ती आमाले त्यस बच्चालाई नखान अनुमति दिने हो भने, त्यो बच्चा लामो समय नबाँच्न सक्छ। उसले के गर्नुपर्छ? एउटी आमाका रूपमा, उसले त्यस निर्बल बच्चाको विशेष हेरचाह गर्नुपर्छ। मानौँ ती आमा यसो भन्छे, ‘मैले मेरा बच्चाहरूलाई समान व्यवहार गर्नु नै काफी छ। मैले यस बच्चालाई जन्माएँ र उसलाई खाना बनाइदिएँ। मैले आफ्नो जिम्मेवारी पूरा गरेकी छु। उसले खाए पनि वा नखाए पनि मलाई मतलब छैन। यदि उसले खाँदैन भने, ऊ भोकै रहोस्, उसलाई साँच्चिकै भोक लागेपछि उसले खानेछ।’ तँ यस्ती आमाबारे के सोच्छस्? (ऊ गैरजिम्मेवार छे।) के यस्ता आमाहरू हुन्छन्? मन्द-बुद्धिकी महिला वा सौतेनी आमा मात्र त्यस्ता हुन्छन्। यदि ऊ जैविक आमा हो र मन्द-बुद्धिकी छैन भने, उसले आफ्नै बच्चालाई कहिल्यै यस्तो व्यवहार गर्नेथिइन, होइन र? (हो।) यदि कुनै बच्चा निर्बल छ, सधैँ बिरामी हुन्छ, र खान रुचाउँदैन भने, उसकी आमाले अझ बढी हेरचाह र मेहनत गर्नुपर्छ। उसले बच्चालाई खाना खुवाउने उपायहरू खोज्नुपर्छ, बच्चाले जे खान चाहन्छ त्यो पकाइदिनुपर्छ, उसका लागि विशेष खानाहरू तयार गर्नुपर्छ, र जब बच्चाले खान मन गर्दैन, तब उसले फकाउनुपर्छ। जब ऊ अठार-उन्नाइस वर्ष पुग्छ र उसको शरीर सामान्य वयस्कको जस्तै स्वस्थ हुन्छ, तब आमा आराम गर्न र पछि हट्न सक्छे, र उसले उप्रान्त यस बच्चाको विशेष हेरचाह गर्नु पर्दैन। यदि एउटी आमाले विशेष परिस्थितिहरू भएको यस्तो बच्चालाई यसरी व्यवहार गरेर आफ्नो जिम्मेवारी पूरा गर्न सक्छे भने, अगुवा र कामदारले सक्छ कि सक्दैन? यदि तँमा दाजुभाइ-दिदीबहिनीहरूका लागि आमाको जस्तो प्रेमसमेत छैन भने, तँ बस गैरजिम्मेवार छस्। तैँले आफूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्नैपर्छ; तैँले ती मण्डलीहरूलाई ख्याल गर्नैपर्छ, जसको कमान तुलनात्मक रूपमा कमजोर र तुलनात्मक रूपमा कार्य योग्यता कम भएकाहरूले सम्हालेका छन्। अगुवा र कामदारहरूले यस्ता मामलाहरूलाई विशेष ध्यान दिनैपर्छ र विशेष मार्गनिर्देशन प्रदान गर्नैपर्छ। विशेष मार्गनिर्देशनले के जनाउँछ? सत्यताबारे सङ्गति गर्ने बाहेक, तैँले अझ विशिष्ट र विस्तृत मार्गनिर्देशन र सहायता पनि प्रदान गर्नैपर्छ, जसका लागि सञ्चारको हिसाबले अझ बढी प्रयत्न आवश्यक पर्छ। यदि तैँले उनीहरूलाई कामका बारेमा व्याख्या गरेपछि पनि उनीहरूले बुझ्दैनन्, र त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने कुरा जान्दैनन्, वा उनीहरूले धर्मसिद्धान्तको हिसाबले त्यो बुझे पनि र त्यसलाई कार्यान्वयन गर्न जानेका जस्तो देखिए पनि, तँ वास्तविक कार्यान्वयन कस्तो हुनेछ भन्नेबारे अझै अनिश्चित र अलि चिन्तित छस् भने, तब तैँले के गर्नुपर्छ? तँ आफै स्थानीय मण्डलीको गहिराइमा गएर उनीहरूलाई मार्गनिर्देशन गर्नुपर्छ र उनीहरूसँगै त्यो कार्य कार्यान्वयन गर्नुपर्छ। कामका बन्दोबस्तहरूका मागहरूअनुसार गर्न आवश्यक कार्यहरूसम्बन्धी विशिष्ट बन्दोबस्तहरू गर्ने क्रममा उनीहरूलाई सिद्धान्तहरू बता, जस्तै पहिला के गर्ने र त्यसपछि के गर्ने, र मानिसहरूलाई कसरी सही तरिकाले बाँडफाँड गर्ने—यी सबै कुरालाई राम्ररी व्यवस्थित गर्। यो नाराहरू मात्र फलाक्नु वा जथाभावी हुकुम दिनु, र उनीहरूलाई केही धर्मसिद्धान्तका साथ भाषण दिनु, अनि आफ्नो काम सकिएको ठान्नु नभई व्यावहारिक रूपमा उनीहरूलाई तिनीहरूको काममा मार्गनिर्देशन गर्नु हो—त्यो विशिष्ट काम गर्नुको प्रकटीकरण होइन, र नाराहरू फलाक्नु र मानिसहरूमाथि हैकम चलाउनु अगुवा र कामदारहरूका जिम्मेवारी होइनन्। जब स्थानीय मण्डलीका अगुवा वा सुपरिवेक्षकहरूले काम वहन गर्न सक्छन्, र काम सही मार्गमा प्रवेश गरेको हुन्छ, र मूलतः ठूला समस्याहरू केही पनि हुँदैनन्, तब मात्र अगुवा वा कामदार जान मिल्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१०))। “मानिसहरूले अनुभव गर्ने धेरै कठिनाइहरू समाधान गर्न, तैँले पहिले पवित्र आत्माको कामका गतिशील कुराहरू बुझ्नैपर्छ; तैँले पवित्र आत्मा फरक-फरक मानिसहरूमा कसरी काम गर्नुहुन्छ भन्ने कुरा बुझ्नैपर्छ, तँसित मानिसहरूले सामना गर्ने कठिनाइहरू र तिनीहरूका कमीहरूको बुझाइ हुनैपर्छ, अनि तैँले समस्याको मर्म छर्लङ्ग देख्नैपर्छ र तँ विचलित नभई वा कुनै गल्ती नगरी त्यसको स्रोतसम्म पुग्नैपर्छ। तब मात्र तँ परमेश्वरको सेवामा सहकार्य गर्ने सम्बन्धमा मानकअनुरूप व्यक्ति हुन्छस्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। एउटा प्रयोगयोग्य गोठालोमा कुन कुरा हुनुपर्छ)। परमेश्वरका वचनहरू पढेपछि, मैले बुझेँ कि कमजोर क्षमता भएका मानिसहरूलाई बढी मार्गदर्शन र मद्दत चाहिन्छ, र कसैले पनि सबैलाई एउटै डालोमा हाल्नु हुँदैन। यो एउटी आमा जस्तै हो जसका केही छोराछोरी छन्, र तिनीहरूमध्ये एउटा कमजोर र बिरामी छ। आमाले त्यो बच्चा स्वस्थ भएर हुर्कियोस् भन्नका लागि अरूलाई भन्दा उसलाई बढी स्याहार गर्नुपर्छ। तर एउटी गैरजिम्मेवार आमाले, आफ्नो बच्चा कमजोर छ भन्ने देख्दा, उसको हेरचाह गर्दिन, र उल्टै बच्चा निराशाजनक भएको भन्दै उसलाई दोष दिन्छे। त्यसरी बच्चा कसरी स्वस्थ भएर हुर्कन सक्छ र? परमेश्वरले मानिसहरूलाई तिनीहरूको क्षमताभन्दा बाहिरको काम गर्न बाध्य पार्नुहुन्न; मानिसहरूप्रतिको उहाँको माग तिनीहरूको अन्तर्निहित क्षमतामा आधारित हुन्छ। मैले पनि मेरा ब्रदर-सिस्टरहरूसँग परमेश्वरका वचनअनुसार व्यवहार गर्नुपर्छ, र तिनीहरूलाई अझ बढी मार्गदर्शन र मद्दत गर्नुपर्छ। त्यसपछि, मेरा सिस्टरहरूले काममा कठिनाइ सामना गरेको देख्दा, म धैर्यपूर्वक तिनीहरूका समस्या र कठिनाइहरू सुन्थेँ, र म तिनीहरूका समस्याहरूमा ध्यान केन्द्रित गर्थेँ अनि तिनीहरूलाई मद्दत गर्न सङ्गति गर्थेँ। यसरी अभ्यास गर्दा, सिस्टरहरूले पहिलेझैँ मबाट बाँधिएको महसुस गरेनन्। तिनीहरूलाई आफ्ना कर्तव्यमा स्पष्ट रूपमा देख्न नसकिने समस्याहरू आइपर्दा, तिनीहरू पनि अग्रसर भई मलाई सोध्थे। अनि हामी ती समस्या हल गर्न सँगै सत्यता खोज्थ्यौँ, र हाम्रो कामको नतिजा पनि सुधार भयो।
यो अनुभवमार्फत, मैले छर्लङ्ग देखेँ कि भ्रष्ट स्वभावहरूका आधारमा मानिसहरूसँग व्यवहार गर्दा तिनीहरूलाई बन्धन र हानि मात्र हुन्छ, र काममा क्षति पुग्छ। सत्यता सिद्धान्त र परमेश्वरका वचनअनुसार ब्रदर-सिस्टरहरूसँग व्यवहार गर्दा र आफ्नै जिम्मेवारीहरू पूरा गर्दा कामका लागि फाइदाजनक हुन्छ; यसले अरूको पनि उन्नयन गराउँछ।