७१. मैले आफ्नो बिमारीबारेको चिन्ता कसरी त्यागेँ
सन् १९९७ को मार्च महिनामा, मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ। धेरै वर्षसम्म प्रभुमा विश्वास गरेपछि, म अन्तत: उहाँको पुनरागमनलाई स्वागत गर्न पाउँदा अत्यन्तै उत्साहित थिएँ। विशेष गरी, आफूले आखिरी दिनहरूमा परमेश्वर सत्यता व्यक्त गर्न, हामीलाई पूर्ण रूपमा शुद्ध पार्न र पापबाट मुक्ति दिन फर्केर आउनुभएको छ, अनि मुक्ति पाएर स्वर्गको राज्यमा प्रवेश गर्ने हाम्रो आशा पूरा हुन लागेको छ भन्ने बुझेपछि, मैले आफ्नो कर्तव्य निर्वाह गर्न आफ्नो परिवार र पेसा त्याग्न थालेँ। यस अवधिमा, मलाई धेरै वर्षदेखि दुःख दिएको पेटको समस्या र कम्मर दुख्ने समस्या मैले थाहै नपाई पूर्ण रूपमा निको भयो, र म आफ्नो कर्तव्य निर्वाह गर्न अझ बढी उत्प्रेरित भएँ। पछि, आफ्नो कर्तव्य निर्वाह गरिरहेको बेला म प्रहरीको पक्राउमा परेँ। प्रहरीले मलाई मरणासन्न हुने गरी यातना दियो। यसले गर्दा मलाई मुटुको समस्या भयो र मैले अतिउत्तेजनाबाट बच्नुपर्छ। यदि मैले अचानक कुनै कोलाहल सुनेँ भने, मेरो मुटुले थाम्न सक्दैन र म आत्तिइहाल्छु। जेलमुक्त भएपछि, परिस्थिति जतिसुकै खतरनाक भए पनि, म आफ्नो कर्तव्यमा लागि नै रहेँ। सन् २०१७ को जून महिनादेखि, मेरो स्वास्थ्यमा गडबडी हुन थाल्यो। सुरुमा, मेरो छाती कस्सियो, सास फेर्न गाह्रो भयो, र पूरै शरीर थकित भयो। म नुहाउँदा मात्रै पनि यति थकित हुन्थेँ कि सामान्य अवस्थामा फर्किन केही बेर आराम गर्दै पल्टनुपर्थ्यो। टाउकोको पछाडिको भाग तातो भएको र टाउको उठाउनै नसक्नेगरी गह्रौँ भएको महसुस हुन्थ्यो। मेरा पिँडौलाहरू नराम्ररी सुन्निथे, र तिनमा दबाउँदा खाल्डो पर्थ्यो, अनि साँझमा मलाई हल्का ज्वरो पनि आउँथ्यो। पछि, मेरो स्वास्थ्य झन्-झन् खराब हुँदै गयो। मेरो आधा शरीर लाटो हुन्थ्यो र म स्थिर भएर बस्न समेत सक्दिनथेँ। कहिलेकाहीँ, मेरो गर्दनको हड्डी खिइने समस्या अचानक बढ्नुका साथै नसा च्यापिने, गर्दन अरह्रिने, मस्तिष्कमा रगत नपुग्ने अनि रिङ्गटा लाग्ने हुन्थ्यो। म पानीको बोतल समेत उठाउन सक्दिनथेँ, र हाच्छिउँ गर्दा पनि म पसिनैपसिना हुन्थेँ। म चेकअपका लागि अस्पताल गएँ र डाक्टरले मलाई धेरै गम्भीर हुँदै भने, “तपाईंको रक्तचापको माथिल्लो विन्दु १८० mmHg र तल्लो विन्दु ११५ mmHg छ। तपाईंको मुटु प्रति मिनेट १२८ पटक धड्किन्छ। यो एकदमै खतरापूर्ण छ। यदि तपाईं लड्नुभयो भने, तपाईंको तत्कालै मृत्यु हुन सक्छ, र मृत्यु नभए पनि, मस्तिष्कको रक्तनली फुटेर पक्षघात हुन सक्छ।” डाक्टरले यसो भनेको सुन्दा, मलाई तुरुन्तै मेरो बुबाको याद आयो। उहाँ मेरै उमेरमा उच्च रक्तचापका कारण भएको अचानक मस्तिष्कघातले बित्नुभयो। मेरी सासूलाई पनि मस्तिष्कघात भएर पक्षघात भएको थियो। उहाँ आफ्नो हेरचाह आफैँ गर्न सक्नुहुन्नथ्यो र केही वर्ष ओछ्यान परेपछि बित्नुभयो। म अलि डराएँ, र सोचेँ, “मलाई कसरी यति गम्भीर रोग लाग्यो? म पचास वर्ष नाघिसकेँ; के म पनि मेरो बुबा र सासूजस्तै अचानक मस्तिष्कघात भएर मर्छु होला?” तर त्यो बेला मेरो मनमा अर्को विचार आयो, “उहाँहरूले परमेश्वरमा विश्वास गर्नुभएन र उहाँको सुरक्षा पाउनुभएन। म एक विश्वासी हुँ, त्यसैले मैले अझै आफ्नो कर्तव्य पूरा गरेको छैनँ भने परमेश्वरले मलाई मर्न दिनुहुन्न। उहाँले मेरो हेरचाह र सुरक्षा गर्नुहुनेछ।” पछि, औषधि खाएर र व्यायाम गरेर, मेरो स्वास्थ्यमा क्रमिक सुधार आयो। मैले आफ्नो रक्तचापलाई लगभग नियन्त्रणमा ल्याउन सकेँ, तर मेरो मुटुको चाल अझै पनि अलि छिटो नै थियो।
सन् २०२२ को मध्यतिर, सीसीपीले सर्वशक्तिमान् परमेश्वरका विश्वासीहरूमाथि बृहत् एकीकृत दमन सुरू गऱ्याे, र मेरो क्षेत्रमा, तीसभन्दा बढी अगुवा, कामदार, ब्रदर र सिस्टरहरू पक्राउ परे। मण्डलीका सबै कामहरू ठप्प भए। एक दिन, माथिल्लो तहकी अगुवा, सिस्टर सिन यी, मलाई भेट्न आइन्, र उनले मेरा ब्रदर र सिस्टरहरूले मलाई प्रचारक बन्नका लागि चुनेकाे बताइन्। मैले मनमनै सोचेँ, “मेरो मुटुले अतिउत्तेजना सहन सक्दैन, र मलाई उच्च रक्तचाप भएको छ। मेरो स्वास्थ्य झन्-झन् खराब हुँदै गइरहेको छ। यी वर्षहरूमा, मैले सधैँ एउटै मात्र काम गर्दै आएको छु, र काम अपेक्षाकृत सहज भएकोले मेरो शरीरले धान्न सकेको छ। प्रचारक बन्दा कामको बोझ बढी हुन्छ। त्यसमाथि, मण्डली भर्खरै ठूलो सङ्ख्यामा भएको पक्राउको चपेटमा परेको छ, त्यसैले धेरै काम गर्न बाँकी छ। मैले चिन्ता लिनुपर्नेछ र मूल्य चुकाउनुपर्नेछ, र म राति अबेरसम्म बस्नैपर्ने हुन्छ। यदि मेरो अवस्था झन् बिग्रियो, र एक दिन मेरो बुबाको जस्तै अचानक मस्तिष्कघात भएर मेरो मृत्यु भयो भने के होला? त्यसो भएमा के मैले वर्षौँदेखि गरेको त्याग र खर्च व्यर्थ हुनेछैन र? म मरिनँ भने पनि, यदि मलाई त्यसको परिणामस्वरूप देखिने स्वास्थ्य-समस्याहरू भए, म मेरी सासूजस्तै पक्षाघात भएर ओछ्यान परेँ, र मैले आफ्नो कर्तव्य निर्वाह गर्न सकिनँ भने, के त्यतिबेला पनि मैले मुक्ति पाएर राज्यमा प्रवेश गर्ने मौका गुमाउनेछैनँ र?” यी परिणामहरूको बारेमा सोचेर, मैले आफ्नो कर्तव्य पन्छ्याउन बहाना खोजेँ, र भनेँ, “ममा सत्यताको बुझाइ सतही मात्र छ, र म व्यावहारिक काम गर्न सक्दिनँ। मलाई उच्च रक्तचाप र मुटुको रोग पनि छ, त्यसैले म यो कर्तव्यका लागि उपयुक्त छैनँ। तपाईं अरू कोही खोज्नुहोस्।” मैले आफ्नो कर्तव्य पन्छाइरहेको देखेर, सिन यीले धैर्यपूर्वक मसँग सङ्गति गर्दै, आफूले तत्कालै कोही उपयुक्त व्यक्ति भेट्टाउन नसकेको बताइन्। यो सुन्दा मेरो अन्तरआत्मा व्याकुल भयो। मैले सोचेँ, मेरो स्वास्थ्य त्यति राम्रो नभए पनि, मैले आफ्नो कर्तव्य नै निर्वाह गर्न नसक्ने गरी खराब पनि भएको छैन, र मैले समयमा औषधि खाएँ, आफ्नो समय तालिका मिलाएँ, र उचित व्यायाम गरेँ भने, म अझै पनि केही काम गर्न सक्थेँ। अगुवा र कामदारहरू पक्राउ परेका, र मण्डलीको काम गर्न कुनै उपयुक्त व्यक्ति नभेटिएको, यो महत्त्वपूर्ण क्षणमा, मैले परमेश्वरको अभिप्रायप्रति कुनै ख्याल गरिनँ। म पूर्णरूपमा स्वार्थी र घृणित रहेछु! त्यसैले मैले यो कर्तव्य स्वीकार गरेँ। डरलाग्दो परिस्थितिका कारण, हामी काम गर्न मण्डलीहरूमा जान सक्दैनथ्यौँ, र लगभग सबै कामहरू पत्रहरूमार्फत लागू र अनुगमन गर्ने गर्नुपर्थ्यो। भाग्यवश, मसँग सहकार्य गर्न ब्रदर सु मिङ थिए। उनी जवान र राम्रो क्षमताका थिए, र उनी एक्लै धेरै कामहरूका लागि जिम्मेवार थिए। म मुख्य रूपमा लेखन-पठनको कामको लागि जिम्मेवार थिएँ, जुन मेरा निम्ति कम तनावपूर्ण थियो। साथै, जब म समयमा औषधि खान्थेँ, मेरो मुटुको रोग र उच्च रक्तचाप नियन्त्रणमा रहन्थ्यो, र म बिस्तारै यो कर्तव्यमा अभ्यस्त भएँ।
सन् २०२४ को जुलाई महिनाको एक दिन, माथिल्लो तहका अगुवाहरूले उनीहरूले सु मिङलाई अन्यत्र काममा खटाउन चाहेको कुरा बताउँदै एउटा पत्र पठाए। पत्र पढेपछि, मेरो टाउकोमा कोलाहल मच्चियो। मैले सोचेँ, “सु मिङलाई अन्यत्र खटाएपछि, आउने सबै काम मैले कसरी सम्हाल्न सक्छु होला र? म बुढो भएँ र मेरो कार्य-सामर्थ्य सीमित छ। सु मिङलाई अन्यत्र खटाउनु भनेको मलाई कठिन परिस्थितिमा पार्नु होइन र?” तर त्यति नै बेला मैले सोचेँ, “माथिल्लो तहका अगुवाहरूले पक्कै पनि मण्डलीको समग्र कामलाई ध्यानमा राखेर यो प्रबन्ध गरेका हुन्।” तैपनि, सु मिङ गएपछि मेरो कामको बोझ बढ्नेछ भन्ने कुराले म अझै पनि चिन्तित थिएँ। मैले कति चिन्ता लिनुपर्ला र कति ऊर्जा खर्च गर्नुपर्ला? मलाई उच्च रक्तचाप र मुटुको रोग थियो, त्यसैले यदि राति अबेरसम्म बस्दा मेरो रक्तचाप बढ्यो, मस्तिष्कको रक्तनली फुट्यो, र मस्तिष्कघातले गर्दा मेरो मृत्यु भयो भने के हुन्थ्यो होला? त्यसो भएमा के परमेश्वरमाथिको मेरो आस्थाको यात्रा समाप्त हुनेथिएन र? म बाँचे पनि, यदि मलाई त्यसको फलस्वरूप देखिने स्वास्थ्य-समस्याहरू भए र पक्षघात भयो भने पनि त, मैले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेथिइनँ। त्यसो भएमा के मलाई हटाइने थिएन र? म यति चिन्तित भएँ कि मैले खान र सुत्न सकिनँ। सु मिङ गएपछिका दिनहरूमा, अनुगमन र लागू गर्नुपर्ने धेरै कामहरू थिए, र म सधैँ प्रतिरोधी महसुस गर्थेँ। त्यसमाथि, गर्मी मौसमले गर्दा मलाई सास फेर्न गाह्रो र अलि रिङ्गटा लागेको महसुस हुन्थ्यो। भर्खरै केही बेर आराम गर्न पल्टेको मात्र थिएँ, मेरो मुटुको धड्कन छिटो भएको र टाउको घुमेको महसुस भयो। म तुरुन्तै उठेँ र ओछ्यानमा अडेस लागेँ, मलाई वाकवाकी लाग्ने गरी बिरामी महसुस भयो। आफ्नो बुबाको मृत्युको दृश्य मनमा आयो, र मेरो अवस्था अझ बिग्रन्छ कि भन्ने चिन्ता झनै बढ्यो, अनि म अचानक मस्तिष्कघात भएर तत्कालै मर्छु कि भन्ने कुराले भयभीत भएँ। त्यसपछि, जब-जब मलाई असहज महसुस हुन्थ्यो, म आफ्नो बिमारी झन् बिग्रन्छ कि भन्ने निरन्तर चिन्ता गर्दै दु: खी र व्याकुल हुन्थेँ। विशेष गरी, मैले कसरी प्रहरीसँग मेरो रेकर्ड भएकोले र प्रहरीले अझै पनि मलाई पक्रन खोजिरहेकोले, मेरो बिमारी बल्झियो भने, म डाक्टरकहाँ जान सक्दिनँ भन्नेबारे सोचेँ। त्यसो भएमा म के गर्थेँ होला? कहिलेकाहीँ, म आफ्ना ब्रदर र सिस्टरहरूको स्थिति खराब भएको र लेखन-पठनको कामको नतिजा खस्कँदै गएको थाहा पाउँथेँ, र म उनीहरूसँग सङ्गति गर्न पत्र लेख्न चाहन्थेँ, तर त्यतिबेलै म के सोच्थेँ भने यसमा निकै समय र मानसिक प्रयास लाग्छ, र यसको अर्थ राति अबेरसम्म नसुत्नु हो। यदि म बारम्बार राति ढिलोसम्म बसेँ भने, ढिलो-चाँडो म थकानले थला पर्नेछु। त्यसैले म आफ्नो स्वास्थ्यको रक्षा गर्नु बढी महत्त्वपूर्ण छ भन्ने निर्णय गर्थेँ। यदि म थकानले थला परेँ भने, तब मैले एउटै कर्तव्य पनि निर्वाह गर्न सक्नेछैन। त्यसो भएमा के मलाई हटाइनेछैन र? त्यसैले जब कामसम्बन्धी पत्रहरू थुप्रिन्थे, म तिमाथिको प्रक्रियाका लागि हतार गर्दिनथेँ। अगुवाहरूले मेरो स्थिति राम्रो छैन भन्ने थाहा पाए र मलाई पत्र लेखे। उनीहरूले मलाई मद्दत गर्न परमेश्वरका वचनहरू पनि पठाए। मैले पनि यस मामिलाबाट पाठ सिक्नका लागि परमेश्वरको मार्गदर्शन माग्दै उहाँलाई प्रार्थना गरेँ।
एक दिन, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ जुन मेरो स्थितिसँग निकै मिल्दोजुल्दो थियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “त्यसपछि, स्वास्थ्य कमजोर भएका, कमजोर शरीर संरचना भएका र ऊर्जा नभएका, साना-ठूला रोग लागेका, दैनिक जीवनका आवश्यक कुराहरू समेत गर्न नसक्ने, सामान्य मानिसहरू जसरी जिउन वा यताउता गर्न नसक्ने मानिसहरू पनि छन्। यस्ता मानिसहरूले कर्तव्य पूरा गर्दा प्रायजसो असहज र बिसन्चो महसुस गर्छन्; कति त शारीरिक रूपमा कमजोर हुन्छन्, कतिलाई साँच्चिकै रोग लागेको हुन्छ, र कतिलाई कुनै किसिमको रोग र सम्भावित रोग लागेजस्तो हुन्छ। यस्ता मानिसहरूमा त्यस्तो व्यावहारिक रूपमा शारीरिक कठिनाइ हुने हुनाले, तिनीहरू बारम्बार नकारात्मक संवेगहरूमा डुब्छन् र हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन्। अनि, तिनीहरूले के बारेमा हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन्? तिनीहरूको चिन्ता के हुन्छ भने, यसरी नै आफ्नो कर्तव्य पूरा गरिरहे, यसरी नै आफूलाई परमेश्वरको निम्ति अर्पित गरिरहे र दौडधुप गरिरहे, र सधैँ यसरी नै थकित महसुस गरिरहे भने, तिनीहरूको स्वास्थ्य स्थिति झन्झन् बिग्रिँदै जाने पो हो कि? तिनीहरू ४०-५० वर्ष पुगेपछि नै तिनीहरू ओछ्यानमा पो पर्ने हुन् कि? के यो चिन्ता साँचो हुने त होइन? के कसैले यसलाई हल गर्ने ठोस तरिका प्रदान गर्न सक्छ? यसको जिम्मेवारी कसले लिनेछ? को जवाफदेही हुनेछ? स्वास्थ्य स्थिति कमजोर भएका र शारीरिक रूपमा सबल नभएका मानिसहरूले यस्ता कुराहरूबारे नै हैरानी, बेचैनी र चिन्ता महसुस गर्छन्। रोग लागेका मानिसहरूले प्रायजसो यस्तो सोच्ने गर्छन्, ‘अहो, मैले आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने सङ्कल्प गरेको छु, तर मलाई यो रोग लागेको छ। म परमेश्वरलाई अनुरोध गर्छु, मलाई हानिबाट जोगाउनुहोस्, र परमेश्वरको सुरक्षा छ भने मैले डराउनु पर्दैन। तर यदि कर्तव्य पूरा गर्दा म थकित भए भने, मेरो अवस्था झन् खराब हुने त होइन? यदि मेरो अवस्था साँच्चै झन् खराब भयो भने, मैले के गर्ने होला? यदि मलाई शल्यक्रिया गर्नको लागि अस्पताल भर्ना गर्नुपर्यो भने, बिल तिर्न मसँग पैसा छैन, त्यसकारण मैले उपचारको लागि सापटी लिइनँ भने, के मेरो अवस्था अझै खराब हुँदैन र? अनि अवस्था साँच्चै खराब भयो भने, म मरिहाल्ने पो हुँ कि? अनि के त्यस्तो मृत्युलाई सामान्य मृत्यु मानिनेछ? यदि म साँच्चै मरेँ भने, के परमेश्वरले मैले पूरा गरेको कर्तव्य सम्झनुहुनेछ? के मैले असल कर्म गरेको छु भनेर मानिनेछ? के मैले मुक्ति पाउनेछु?’ कतिपय मानिसहरूलाई आफू बिरामी छु भन्ने थाहा हुन्छ, अर्थात् तिनीहरूलाई कुनै वास्तविक रोग वा त्यस्तै प्रकारको कुनै रोग लागेको छ भन्ने थाहा हुन्छ, जस्तै पेटको रोग, कम्मर र खुट्टा दुख्ने, जोर्नी दुख्ने, हातखुट्टा दुख्ने, साथै छाला रोग, स्त्रीरोग, कलेजो रोग, उच्च रक्तचाप, मुटुरोग, आदि इत्यादि। तिनीहरूले सोच्छन्, ‘यदि मैले आफ्नो कर्तव्य पूरा गरिरहेँ भने, के परमेश्वरको घरले मेरो रोगको उपचार खर्च हेरिदिनेछ? यदि मेरो रोग झन् खराब भयो र यसले कर्तव्य पूरा गर्ने मेरो क्षमतामा असर पार्यो भने, के परमेश्वरले मलाई निको पार्नुहुनेछ? अरू मानिसहरू परमेश्वरमा विश्वास गरेपछि निको भएका छन्, त्यसकारण के म पनि निको हुनेछु? के परमेश्वरले अरूमाथि दया देखाउनुभएजस्तै मलाई पनि निको पार्नुहुनेछ? यदि मैले बफादारितासाथ आफ्नो कर्तव्य पूरा गरेँ भने, परमेश्वरले मलाई निको पार्नुपर्छ, तर मैले परमेश्वरले मलाई निको पार्नुहोओस् भनेर कामना गरेँ तर उहाँले निको पार्नुभएन भने, मैले के गर्ने होला?’ जब-जब तिनीहरूले यी कुराहरूबारे सोच्छन्, तिनीहरूलाई हृदयमा गहन बेचैनी पैदा भएको महसुस हुन्छ। तिनीहरूले आफ्नो कर्तव्यपालन कहिल्यै नरोके पनि र आफूले गर्नुपर्ने कुरा सधैँ गरे पनि, तिनीहरूले सधैँ आफ्नो रोग, स्वास्थ्य स्थिति, भविष्य, र आफ्नो जीवन र मृत्युबारे मात्रै सोचिरहन्छन्। अन्त्यमा, तिनीहरूले यस्तो कामनापूर्ण निष्कर्ष निकाल्छन्, ‘परमेश्वरले मलाई निको पार्नुहुनेछ, र मलाई सुरक्षित राख्नुहुनेछ। परमेश्वरले मलाई त्याग्नुहुनेछैन, र म बिरामी भएको देख्दा परमेश्वर हात बाँधेर बस्नुहुनेछैन।’ त्यस्ता विचारहरूको कुनै आधार हुँदैन, र ती एक प्रकारका धारणा नै हुन् भनेर पनि भन्न सकिन्छ। यस्ता धारणा र कल्पनाहरूद्वारा मानिसहरूले कहिल्यै पनि आफ्ना व्यावहारिक कठिनाइहरू समाधान गर्न सक्नेछैनन्, र तिनीहरूले हृदयभित्र अन्तस्करणमा आफ्नो स्वास्थ्य स्थिति र रोगबारे हैरानी, बेचैनी र चिन्ताको अस्पष्ट अनुभूति गर्नेछन्; यी कुराहरूको जिम्मेवारी कसले लिनेछ, वा तिनीहरूको जिम्मेवारी कसैले लिनेछ कि छैन भन्नेबारे तिनीहरूलाई केही थाहै हुँदैन” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचनहरूले खुलासा गरेको कुरा ठ्याक्कै मेरो स्थिति थियो। म आफ्नो बिमारीबारे चिन्तित भएर दिक्दारीको स्थितिमा जिइरहेको थिएँ। जब ब्रदर र सिस्टरहरूले मलाई प्रचारकको रूपमा चुने, मैले काम व्यस्त र मानसिक रूपमा थकाउने खालको हुनेछ, जुन मेरो स्वास्थ्यको लागि नराम्रो हुनेछ भन्ने चिन्ता गरेँ, र त्यसैले मैले आफ्नो कर्तव्य पन्छाइरहेँ। पछि मैले यो स्वीकार गरे तापनि, जब माथिल्लो तहका अगुवाहरूले सु मिङलाई सरुवा गरे र कामको बोझ बढ्यो, मैले प्रतिरोध महसुस गरेँ। म प्राय: मेरो कर्तव्य धेरै थकाउने खालको छ भन्ने चिन्ता गर्थेँ, र यदि मेरो बिमारी झन् बिग्रियो र मलाई अचानक मस्तिष्कघात भएर मेरो मृत्यु भयो वा त्यसको फलस्वरूप देखिने स्वास्थ्य-समस्याहरू भए, अनि आफ्नो कर्तव्य निर्वाह गर्न नसक्ने भएँ—र त्यसको फलस्वरूप मुक्ति पाइनँ भने के होला भन्ने सोच्थेँ। मेरा विचारहरू पूर्ण रूपमा मेरो बिमारीले ओगटेको थियो। बाहिरबाट हेर्दा मैले आफ्नो कर्तव्य निर्वाह गरिरहेको जस्तो देखिए पनि, मेरो मनोवृत्ति पहिलेको जस्तो सकारात्मक थिएन। जब मैले ब्रदर र सिस्टरहरू खराब स्थितिमा रहेका र लेखन-पठनको कामका नतिजा खस्कँदै गएको देखेँ, मैले यसको अनुगमन वा समाधान गर्न पत्र लेखिनँ, बरु म आफ्नो कर्तव्य झाराटारूवा तरिकाले निर्वाह गर्थेँ। मैले बिरामी हुँदा परमेश्वरको अभिप्राय खोज्न प्रार्थना गरिनँ, बरु आफ्नो भविष्य र गन्तव्यसँग सम्बन्धित लाभ-हानिको विषयमा निरन्तर चिन्ता गरिरहेँ। म हैरानी र चिन्तामा जिएँ, कुनै छुटकारा पाउन सकिनँ, र मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिनँ। मैले म सत्यतालाई पटक्कै पछ्याइरहेको छैनँ भन्ने महसुस गरेँ।
आफ्नो खोजीको क्रममा, मैले परमेश्वरका वचनहरूका दुई खण्ड पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरू, आफ्नो विश्वासमा, आशिषित् हुने चाहना मात्र राख्छन्, तर प्रतिकूलता भोग्न चाहँदैनन्। जब तिनीहरूले आशिष्, लाभ, अनुग्रह, र बढी भौतिक आनन्द र ठूला फाइदाहरू प्राप्त गरेको व्यक्ति देख्छन्, तब तिनीहरू यो परमेश्वरले गर्नुभएको हो भनी विश्वास गर्छन्; अनि यदि तिनीहरूले यस्ता भौतिक आशिष्हरू प्राप्त गरेनन् भने, यो परमेश्वरको काम नै होइन भन्ने विश्वास गर्छन्। यसको आशय हो: ‘यदि तिमी साँच्चिकै परमेश्वर हौ भने, तिमीले मानिसहरूलाई आशिष् मात्र दिनुपर्छ; तिमीले मानिसहरूको प्रतिकूलता हटाएर तिनीहरूलाई कष्ट भोग्न दिनु हुँदैन। त्यसपछि मात्र मानिसहरूले तिमीमाथि विश्वास गर्नुको महत्त्व र अर्थ रहन्छ। यदि तिमीलाई पछ्याएपछि पनि मानिसहरू अझै प्रतिकूलताले ग्रसित हुन्छन् भने, र यदि अझै तिनीहरूले कष्ट भोग्छन् भने, तिमीमा विश्वास गर्नुको के अर्थ?’ तिनीहरू यावत् थोक र घटनाहरू परमेश्वरका हातमा हुन्छन्, र यावत् थोकमाथि परमेश्वर सार्वभौम हुनुहुन्छ भनेर मान्दैनन्। अनि, तिनीहरू यो कुरा किन मान्दैनन्? किनकि ख्रीष्टविरोधीहरू प्रतिकूलता भोग्न डराउँछन्। तिनीहरू लाभ प्राप्त गर्न, फाइदा लिन, आशिष्हरूको आनन्द उठाउन मात्र चाहन्छन्; तिनीहरू परमेश्वरको सार्वभौमिकता वा योजनाबद्ध कार्य स्वीकार नगर्न, र परमेश्वरबाट केवल लाभहरू प्राप्त गर्न चाहन्छन्। यो ख्रीष्टविरोधीहरूको स्वार्थी र घृणास्पद दृष्टिकोण हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग छ))। “सबै भ्रष्ट मानव आफ्नै लागि जिउँछन्। अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ—मानव प्रकृतिको सारांश यही हो। मानिसहरूले आफ्नै खातिर परमेश्वरमा विश्वास गर्छन्; जब तिनीहरूले उहाँको लागि विभिन्न कुराहरू त्याग्छन् र आफैलाई परमेश्वरमा समर्पित गर्छन्, यो आशिषित हुनको लागि हुन्छ, र जब तिनीहरू उहाँप्रति अर्पित हुन्छन्, यो अझै पनि इनाम प्राप्त गर्नको लागि हुन्छ। सारांशमा भन्दा, यो सबै आशिषित हुने, इनाम प्राप्त गर्ने, र स्वर्गको राज्यमा प्रवेश गर्ने उद्देश्यले गरिन्छ। समाजमा, मानिसहरूले आफ्नै फाइदाको लागि काम गर्छन्; र परमेश्वरको घरमा तिनीहरू आशिष्हरू प्राप्त गर्नको लागि कर्तव्य निर्वाह गर्छन्। आशिष्हरू प्राप्त गर्नको खातिर मात्रै मानिसहरूले सबै कुरा त्याग्न र धेरै कठिनाइ सहन सक्छन्: मान्छेको शैतानी प्रकृतिको यो भन्दा राम्रो कुनै प्रमाण छैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वर के खुलासा गर्नुहुन्छ भने ख्रीष्टविरोधीहरू “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ” भन्ने शैतानी नियमअनुसार जिउँछन्। तिनीहरू परमेश्वरमा विश्वास गरेबापत आशिष् र फाइदा पाउनुपर्छ भनी विश्वास गर्छन्। फाइदा उठाउन वा आशिष् पाउन सकिने छ भने, तिनीहरू त्याग गर्दै आफूलाई समर्पित गर्छन्, तर आफूहरूले कुनै आशिष् वा फाइदा पाउन सकिँदैन र बरु दुर्भाग्य भोग्नुपर्छ भन्ने सोच्नेबित्तिकै, तिनीहरू आफूलाई समर्पित गर्न अनिच्छुक हुन्छन्, र परमेश्वरमा विश्वास गर्नु अर्थहीन छ भन्ने समेत सोच्छन्। मैले आफ्नो व्यवहार ख्रीष्टविरोधीकै जस्तो रहेछ भन्ने बुझेँ। मैले प्रभुलाई पाएदेखि नै, म आशिष् पाउन र स्वर्ग जान खोजिरहेको थिएँ। सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेपछि, जब मैले आशिष् पाउने र स्वर्गको राज्यमा प्रवेश गर्ने मेरो आशा पूरा हुन लागेको देखेँ, मैले आफ्नो कर्तव्य निर्वाह गर्न सबै कुरा त्यागेँ। यस अवधिमा, मैले धेरै वर्षदेखि भोगिरहेको पेट र कम्मरको दुखाइ निको भयो, र मेरो कर्तव्य निर्वाह गर्ने प्रेरणा दोब्बर भयो। मलाई पक्राउ गरेर यातना दिइए पनि, छुटेपछि मैले आफ्नो कर्तव्य निर्वाह जारी नै राखेँ। तर जब म बुढो भएँ, मलाई उच्च रक्तचाप र मुटुको रोग लाग्यो, र त्यसैले म अचानक मस्तिष्कघात भएर मर्छु वा पक्षघात भएर आफ्नो कर्तव्य निर्वाह गर्न असमर्थ हुन्छु, र स्वर्गको राज्यमा प्रवेश गर्ने र मुक्ति पाउने मौका गुमाउँछु कि भनेर चिन्तित हुन थालेँ। त्यसैले मैले हलुका कर्तव्य लिन चाहेँ। जब त्यसबेलाका मेरा सहकर्मी सु मिङलाई सरुवा गरियो, मेरो कामको बोझ अचानक बढ्यो, र मलाई यदि मैले धेरै चिन्ता गरेँ र धेरै थकित भएँ भने, मेरो अवस्था झन् बिग्रन्छ कि भन्ने चिन्ता भयो। त्यसैले म आफ्नो कर्तव्यमा झाराटारूवा बनेँ। ब्रदर र सिस्टरहरू खराब स्थितिमा भएको थाहा पाउँदा पनि, मैले तिनीहरूको समस्या समाधान गर्न हतार गरिनँ, न त लागू गर्नुपर्ने काम लागू गर्न नै हतार गरेँ। म कुनै काम गर्दा पनि प्रतिरोधको भावनाले गर्थेँ, र आफूलाई स्वास्थ्य समस्याहरू हुन्छन् कि भन्ने चिन्ता गर्थेँ। वास्तवमा, सु मिङलाई अन्यत्र आफ्नो कर्तव्य निर्वाह गर्न सरुवा गरिनु मण्डलीको कामको लागि फाइदाजनक थियो। विवेक र समझ भएको कुनै पनि व्यक्तिले आफ्नो व्यक्तिगत हित त्यागेर मण्डलीको हितलाई पहिलो स्थानमा राख्थ्यो, र मण्डलीको बन्दोबस्तलाई स्वीकार गरेर त्यसमा समर्पित हुन्थ्यो, तर मेरो आफ्नै स्वार्थको लागि, मैले सु मिङलाई जान दिन चाहिनँ र मैले माथिल्लो अगुवाहरूको उनलाई अन्यत्र खटाउने निर्णयप्रति समेत प्रतिरोध महसुस गरेँ। मैले अगुवाहरूले मलाई अप्ठ्यारोमा पारिरहेका छन् भन्ने सोचेँ, र उनीरूले आफ्नो मन बदलेर सु मिङले छोडेर जानु नपर्ने बनाऊँन् भन्ने तीव्र आशा गरेँ। मैले म “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ” भन्ने शैतानी विषअनुसार जिइरहेको रहेछु, मैले जे-जे गरेँ, त्यो सबै आफ्नै लागि रहेछ, र मैले मण्डलीको कामको पटक्कै वास्ता गरेको रहेनछु भन्ने महसुस गरेँ म साँच्चै स्वार्थी र घृणित बनेको थिएँ! यसले मलाई परमेश्वरका वचनहरू याद दिलायो: “परमेश्वर सदासर्वदा सर्वोच्च हुनुहुन्छ र उहाँ सदासर्वदा आदरयोग्य हुनुहुन्छ भने, मानिसचाहिँ सदैव तुच्छ, र सदैव मूल्यहीन छ। किनभने परमेश्वरले सदासर्वदा मानवजातिका लागि आफैलाई अर्पित गर्नुहुन्छ र समर्पित गर्नुहुन्छ, जबकि मानिसले चाहिँ सधैँ केवल आफ्नो निम्ति माग गर्छ र आफ्नै निम्ति लागिपर्छ। परमेश्वरले सधैँ मानवजातिको अस्तित्वका लागि धेरै मेहनत गर्नुहुन्छ, तैपनि मानिसले कहिल्यै इन्साफ वा ज्योतिका खातिर कुनै योगदान गर्दैन, र मानिसले केही अस्थायी प्रयास गरे पनि, त्यसले एउटै प्रहार पनि सहन सक्दैन, किनभने मानिसको प्रयास सधैँ तिनीहरूकै निम्ति मात्र हुन्छ, अरूका लागि हुँदैन। मानिस सदासर्वदा स्वार्थी हुन्छ, जबकि परमेश्वर सदासर्वदा स्वार्थरहित हुनुहुन्छ। परमेश्वर सबै इन्साफ, असल र सुन्दर कुराहरूको मूल हुनुहुन्छ, जबकि मानिस त्यो हो, जसले सबै कुरूपता र दुष्टताको उत्तराधिकार लिन्छ र तिनलाई व्यक्त गर्छ। परमेश्वरले इन्साफ र सुन्दरताको आफ्नो सार कहिल्यै अदलबदल गर्नुहुनेछैन, तैपनि मानिस कुनै पनि समयमा र कुनै पनि परिस्थितिमा इन्साफलाई धोका दिएर परमेश्वरदेखि टाढा जान सक्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको स्वभाव बुझ्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ)। परमेश्वरका वचनहरू मनन गर्दा, म अत्यन्तै प्रभावित भएँ। परमेश्वरको सार निस्वार्थ छ, र परमेश्वरले गर्नुहुने सबै कुरा मानवजातिको लागि हो। मानवजाति पृथ्वीमा बाँच्न सकोस् भनेर, परमेश्वरले मानिसहरूलाई बाँच्न आवश्यक पर्ने कुराहरू—हावा, घाम, पानी, सूर्य, चन्द्रमा, र ताराहरू साथै सबै फलफूल र तरकारीहरू, आदि इत्यादि सृष्टि गर्नुभयो। मानवजातिलाई मुक्ति दिन, उहाँ देह बन्नुभयो र हाम्रा पापहरू बोक्दै हाम्रो लागि क्रूसमा टाँगिनुभयो। आखिरी दिनहरूमा, परमेश्वर मानवजातिलाई पूर्ण रूपमा मुक्ति दिन, हाम्रो मुक्ति र शुद्धीकरणका लागि सबै सत्यताहरू व्यक्त गर्दै फेरि एकपटक देह बन्नुभएर पृथ्वीमा आउनुभयो। मानिसहरूले परमेश्वरलाई नचिने पनि, र उहाँलाई इन्कार र तिरस्कार गरे पनि, परमेश्वर चुपचाप मानिसहरूलाई मुक्ति दिने आफ्नो काम गरि नै रहनुभएको छ, र उहाँ मानिसलाई चाहिने कुरा उपलब्ध गराउन सत्यता व्यक्त गरिरहनुभएको छ। मैले परमेश्वरको सार साँच्चै सुन्दर र दयालु छ, र परमेश्वर कत्ति निस्वार्थ हुनुहुन्छ! भन्ने देखेँ। अर्कोतर्फ, म भने सधैँ “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ,” र “इनामविना औँलो पनि नउठाउनू” जस्ता शैतानी विचार र धारणाहरूअनुसार जिएको थिएँ। मैले आफ्नो कर्तव्यमा थोरै हदसम्म त्याग, समर्पण, कष्ट, र मूल्य चुकाए तापनि, यो सबै मैले आशिष् र अनुग्रह पाउनका लागि थियो। जब मेरो स्वास्थ्य खस्कियो र मैले बिमारी भोग्नुपर्यो, मैले आफ्नो कर्तव्यमा छनौट गर्न थालेँ र म पछि हट्न थालेँ। मैले हरेक मोडमा आफ्नै बारेमा सोचेँ, म आफ्नो भविष्य र गन्तव्यको बारेमा चिन्तित थिएँ, र मैले आफ्नो पूर्ण शक्ति लगाइनँ। मैले ब्रदर र सिस्टरहरू खराब स्थितिमा रहेका र यसले उनीहरूको कर्तव्यमा असर पारिरहेको देख्दा पनि, यसलाई समाधान गर्ने उपाय सोच्ने प्रयास गरिनँ, र मैले मण्डलीको हितको बारेमा पटक्कै विचार गरिनँ। मैले म प्रकृतित: स्वार्थी रहेछु भन्ने बुझेँ। पहिले म आफूलाई निकै राम्रो ठान्थेँ, किनभने परमेश्वरमा विश्वास गरेका यी वर्षहरूमा, मैले आफ्नो कर्तव्य निर्वाह गर्न आफ्नो परिवार र पेसा त्यागेको थिएँ, र सीसीपीद्वारा पक्राउ, सतावट र यातना भोगे पनि, छुटेपछि मैले सुसमाचार प्रचार गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न जारी राखेँ। मैले आफू केही हदसम्म परिवर्तन भएको र परमेश्वरप्रति केही हदसम्म बफादार रहेको महसुस गरेँ। यदि यो बिमारी नभएको भए, मैले मेरो विश्वासमा भएका अशुद्धताहरू कहिल्यै बुझ्ने थिइनँ। अब, मैले परमेश्वरका वचनहरू साँचोरूपमा अनुभव गरेँ: “बिमारी आइपर्दा, त्यो परमेश्वरको प्रेम हो, र त्योभित्र निश्चय नै उहाँका असल अभिप्रायहरू समावेश हुन्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय ६)। मेरो बिमारी पछाडि परमेश्वरको प्रेम र परमेश्वरको असल अभिप्राय रहेछ। परमेश्वरले मेरो भ्रष्ट स्वभावलाई पखाल्न र रूपान्तरण गर्न बिमारीको प्रयोग गर्नुभयो, जसले गर्दा मैले परमेश्वरसँग गरेका मेरा अविवेकी मागहरू त्यागेँ र मेरा अत्यधिक इच्छाहरू छोडिदिएँ। यो परमेश्वरको अभिप्राय र उहाँको श्रमसाध्य हेरचाह थियो! आफूले यो बुझेपछि, म लज्जित हुँदै पछुताएँ, र यति स्वार्थी र घृणित भएकोमा मैले आफैलाई घृणा गरेँ। मैले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नेछु भनी मनमनै सङ्कल्प गरेँ।
त्यसपछि, मैले मृत्युलाई सही तरिकाले कसरी लिने भनेर खोजेँ र मनन गरेँ। मैले परमेश्वरका वचनहरू पढेँ: “यो जीवनमा सबैले मृत्युको सामना गर्नैपर्छ, अर्थात् सबैले आफ्नो यात्राको अन्त्यमा सामना गर्नुपर्ने कुरा मृत्यु नै हो। तैपनि, मृत्युका धेरै विविध गुणहरू छन्। यीमध्ये एउटा के हो भने, परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको समयमा, तैँले आफ्नो मिसन पूरा गरेको हुन्छस् र परमेश्वरले तेरो दैहिक जीवनमुनि एउटा रेखा कोर्नुहुन्छ, र तेरो दैहिक जीवन समाप्त हुन्छ, तर यसको अर्थ तेरो जीवन समाप्त भएको छ भन्ने हुँदैन। जब कुनै व्यक्ति देहविहीन हुन्छ, तब उसको जीवन समाप्त हुन्छ—के यस्तै नैहो त? (होइन।) मृत्युपछि तेरो जीवन कुन रूपमा रहन्छ भन्ने कुरा तँ जीवित हुँदा परमेश्वरको काम र वचनहरूलाई कसरी लिइस् भन्ने कुरामा निर्भर हुन्छ—यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। मृत्युपछि तँ कुन रूपमा रहनेछस्, वा तँ अस्तित्वमा हुनेछस् कि छैनस् भन्ने कुरा तँ जीवित हुँदा परमेश्वर र सत्यताप्रति तेरो मनोवृत्ति कस्तो थियो भन्ने कुरामा निर्भर हुन्छ। यदि तँ जीवित हुँदा, तैँले मृत्यु र सबै प्रकारका रोग-बिमारीको सामना गर्दा, सत्यताप्रतिको तेरो मनोवृत्ति विद्रोही, विरोधी, र सत्यताप्रति वितृष्ण हुने किसिमको छ भने, तेरो देहको जीवनको समय समाप्त हुने समय आएपछि, तेरो मृत्युपछि तँ कुन तरिकाले अस्तित्वमा रहनेछस्? तँ अवश्य नै अरू कुनै तरिकाले अस्तित्वमा रहनेछस्, र तेरो जीवन अवश्य नै जारी रहनेछैन। यसको विपरीत, यदि तँ जीवित हुँदा, तेरो देहमा जागरूकता हुँदा, सत्यता र परमेश्वरप्रति तैँले समर्पणता र बफादारिताको मनोवृत्ति देखाइस् र तँमा साँचो विश्वास छ भने, तेरो दैहिक जीवन समाप्त भए पनि, तेरो जीवन अर्को संसारमा फरक रूपमा अस्तित्वमा रहिरहनेछ। यो मृत्युको एउटा व्याख्या हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। “मानिसहरूले जुनसुकै मामला सम्हालिरहेका भए पनि, तिनीहरूले सधैँ यसलाई सक्रिय, सकारात्मक मनोवृत्तिले लिनुपर्छ, र मृत्युको मामलामा यो झन् बढी लागु हुन्छ। सक्रिय र सकारात्मक मनोवृत्ति हुनु भनेको मृत्युलाई अङ्गाल्नु, मृत्युको प्रतीक्षा गर्नु, वा सकारात्मक र सक्रिय रूपमा मृत्युको पछि लाग्नु भन्ने होइन। यदि यसको अर्थ मृत्युलाई पछ्याउनु, मृत्युलाई अङ्गाल्नु, वा मृत्युको प्रतीक्षा गर्नु होइन भने, यसको अर्थ के हो? (समर्पित हुनु।) समर्पित हुनु भनेको मृत्युको मामिलाप्रति लिइने एक किसिमको मनोवृत्ति हो, र मृत्युलाई त्याग्नु र यसका बारेमा नसोच्नु नै यसलाई सम्हाल्ने सबैभन्दा राम्रो तरिका हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (४))। परमेश्वरका वचनहरूबाट, मैले के बुझेँ भने परमेश्वर मानिसको जन्म, बुढ्यौली, बिमारी र मृत्युमाथि सार्वभौम हुनुहुन्छ र तिनको पूर्वनियोजन गर्नुहुन्छ। हामी यी कुराहरू आफैँले रोज्न सक्दैनौँ। यदि तपाईंको मर्ने समय आएको छैन भने, तपाईं चाहेर पनि मर्न सक्नुहुन्न; यदि तपाईंको मर्ने समय आएको छ भने, तपाईंले जति चाहे पनि एक दिन पनि बढी बाँच्न सक्नुहुन्न। सृजित प्राणीका रूपमा, हामी परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तलाई विवेकपूर्ण तरिकाले स्वीकार गर्दै समर्पित हुनुपर्छ। मैले मेरी श्रीमतीको एक सहकर्मीका बारेमा विचार गरेँ। कामबाट घर फर्किने क्रममा, उनले कसैको कार दुर्घटना भएको देखे। के भइरहेको छ भनेर हेर्न जाँदा, उनलाई एउटा इलेक्ट्रिक बाइकले ठक्कर दियो, र टाउको भुइँमा ठोक्किएर उनको त्यहीँ मृत्यु भयो। यसबाहेक, मैले चिनेकी एक डाक्टर सामान्यतया आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिन्थिन् र हरेक दिन व्यायाम गर्थिन्। उनी एकदमै स्वस्थ थिइन्, तर एक दिन व्यायाम गर्न बाहिर जाँदा, उनलाई एउटा कारले अचानक ठक्कर दियो र उनको घटनास्थलमै मृत्यु भयो। यी कुराहरूबाट, मैले कोही व्यक्ति कहिले जन्मिन्छ र कहिले मर्छ भन्ने दुवै कुरा परमेश्वरद्वारा प्रबन्धित र शासित हुन्छन्, र उसको जीवन र मृत्यु परमेश्वरकै हातमा हुन्छन्। मैले यी कुराहरू बुझ्न सकिनँ, र म सधैँ आफ्नो मुटुको रोग र उच्च रक्तचापको चिन्ता गर्थेँ, र थकित हुँदा मेरो अवस्था झन् बिग्रन्छ र मृत्युसमेत हुन सक्छ भनेर डराउँथेँ। मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेको थिएँ तर मेरो जीवन र मृत्यु परमेश्वरको हातमा र उहाँको सार्वभौमिकतामा छ भन्ने विश्वास गरिनँ। ममा परमेश्वरमाथि साँचो विश्वास नै कहाँ रहेछ र? अब मैले यदि परमेश्वरले मेरो आयु सकियो भनी पूर्वनियोजन गर्नुभएको छ भने, म स्वस्थ र रोगमुक्त भए पनि मर्नुपर्छ भन्ने बुझेँ। तर यदि मेरो आयु सकिएको छैन भने, मलाई उच्च रक्तचाप, मुटुको रोग, वा क्यान्सरजस्तो गम्भीर रोग लागे पनि म मर्नेछैनँ। जब कुनै दिन मेरो मिसन पूरा हुन्छ र परमेश्वरले मेरो लागि पूर्वनियोजन गर्नुभएको दिन आउँछ, मैले त्यसलाई सकारात्मक रूपमा सामना गर्नुपर्छ, र परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तलाई स्वीकार गर्दै समर्पित बन्नुपर्छ। यो नै ममा हुनुपर्ने समझ हो। अहिलेका लागि, आफ्नो कर्तव्य निर्वाह पूरा गर्नु मेरो जिम्मेवारी हो। जब मैले यी कुराहरू बुझेँ, मेरो कर्तव्यप्रतिको मनोवृत्ति केही हदसम्म बदलियो, र म मण्डलीका विभिन्न कामहरूमा वास्तवमै सहभागी भएँ। कुनै कुरा आइपर्दा, म सबैजनासँग मिलेर समाधानबारे छलफल गर्थेँ।
पछि, एक समय यस्तो आयो, मण्डलीका धेरै ब्रदर र सिस्टरहरूलाई यहूदाहरूले धोका दिएका थिए, परमेश्वरका वचनहरूका पुस्तकहरू राखिएका धेरै घरहरू सुरक्षा जोखिममा परे, र यी पुस्तकहरूलाई सकेसम्म चाँडो सुरक्षित स्थानमा सार्नु आवश्यक भयो। यसअन्तर्गत विभिन्न कुराहरू पर्ने भएकाले, मैले ब्रदर र सिस्टरहरूसँग सिद्धान्तहरूबारे सङ्गति गर्न र उनीहरूले ध्यान दिनुपर्ने कुराहरू सम्झाउन थप पत्रहरू लेख्नुपर्यो। ती दिनहरूमा म लगभग हरेक रात अबेरसम्म बस्थेँ। यसबाहेक, यो एउटा जरुरी मामिला थियो, र विचार गर्नुपर्ने धेरै कुराहरू थिए। जब म चिन्तित हुन्थेँ, र त्यसमाथि राति ढिलोसम्म बस्नुपर्दा, मेरो टाउको दुख्थ्यो र कहिलेकाहीँ सास फेर्न गाह्रो हुन्थ्यो, त्यसैले म फेरि यदि यस्तै भइरह्यो भने, मेरो स्वास्थ्यमा केही गडबडी होला कि भनेर चिन्तित हुन थालेँ। पछि, मैले परमेश्वरका वचनहरू पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तँ बिरामी भए पनि पीडामा भए पनि, जबसम्म तँसँग एक मुट्ठी सास बाँकी हुन्छ, जबसम्म तँ बाचिरहेको हुन्छस्, जबसम्म तैँले बोल्न र हिँड्न सक्छस्, तबसम्म तँसँग कर्तव्य पूरा गर्ने ऊर्जा हुन्छ, र तैँले कम्मर कसेर शिष्ट भई आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। तैँले सृष्टि गरिएको प्राणीको कर्तव्य वा सृष्टिकर्ताले तँलाई दिनुभएको जिम्मेवारी त्याग्नु हुँदैन। जबसम्म तँ मर्दैनस्, तबसम्म तैँले आफ्नो कर्तव्य निभाउनुपर्छ र राम्रोसित पूरा गर्नुपर्छ” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (३))। परमेश्वरका वचनहरूले मलाई आस्था र शक्ति दिए, र मैले कर्तव्य भनेको मानिसहरूले पूरा गर्नुपर्ने एक पूर्ण रूपमा स्वभाविक र न्यायोचित मिसन हो भन्ने बुझेँ। सृजित प्राणीको रूपमा, मेरो कर्तव्य पूरा गर्नु नै सबैभन्दा मूल्यवान् र अर्थपूर्ण कुरा हो, र यसो नगरेमा, म जिइरहन योग्य हुन्नँ। त्यसैले मैले पत्रहरू लेख्दै गर्दा प्रार्थना गरेँ। मैले सहकार्य गरिरहेका ब्रदरले पत्रहरू जाँच्न र थपथाप गर्न मलाई मद्दत गरे, र हामीले सकेसम्म सबै कुरा राम्ररी मिलायौँ। केही समयको कडा परिश्रमपछि, परमेश्वरका वचनहरूका सबै पुस्तकहरू सुरक्षित रूपमा सारिए। हामी सबैले आफ्नो हृदयमा परमेश्वरलाई धन्यवाद दियौँ, र मैले आफ्नो कर्तव्य पूरा गर्न अझ बढी आस्था पाएँ।
यो बिमारीद्वारा प्रकटित भएपछि, मैले परमेश्वरमाथिको आफ्नो विश्वासमा भएका गलत धारणाहरूबारे केही बुझाइ प्राप्त गरेँ, मैले परमेश्वरका अभिप्रायहरूलाई अलि बढी बुझ्न थालेँ, र बिमारी र मृत्युद्वारा बन्धित हुन छोड़ेको हुनाले मैले सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सकेँ। यो सबै परमेश्वरको अनुग्रह र आशिष् थियो! धन्यवाद परमेश्वर!