७२. अगुवाइको पछ्याइ पछाडि

सु वेई, चीन

आफूले परमेश्‍वरमा विश्वास गर्न थालेपछि, मैले मण्डली अगुवाहरूले ब्रदर-सिस्टरहरूका समस्या र कठिनाइहरू समाधान गर्न प्राय: परमेश्‍वरका वचनहरूमा सङ्गति गरेको देखेँ। त्यसैले, मलाई मण्डलीमा अगुवा हुने मानिसहरू सत्यता बुझ्छन्, तिनीहरू निश्चितरूपमा परमेश्‍वरद्वारा अनुमोदित हुन्छन्, र तिनीहरूमा मुक्ति पाउने आशा हुन्छ भन्ने लाग्थ्यो। सन् २०२१ को मार्चमा, म मण्डलीमा अगुवाको रूपमा चुनिएँ। म भित्रैदेखि खुसी भएँ, र यदि मैले यसरी नै आफ्नो पछ्याइ जारी राखेँ भने, परमेश्‍वरको घरमा मेरो भविष्य उज्ज्वल हुनेछ र मैले परमेश्‍वरको अनुमोदन पाउन सक्नेछु भन्‍ने लाग्यो। तर, पछि गएर मेरो कमजोर क्षमता र वास्तविक काम गर्न नसक्ने कारणले मलाई पदबाट हटाइनेछ भन्‍ने त कल्पना नै थिएन। यो खबर मेरा लागि चट्याङले हाने जस्तै थियो, र मेरो आँसु थामिएन। मैले मनमनै सोचेँ, “कमजोर क्षमता त एउटा घातक समस्या हो। के यसको मतलब भविष्यमा मैले अगुवा बन्ने मौका पाउनेछैनँ भन्ने होइन र?” एक महिनाभन्दा बढी समयपछि, मण्डलीले मलाई मण्डलीका सामान्य कामकाज सम्हालने जिम्मेवारी दियो। मलाई के लाग्यो भने दिनभरि मण्डलीका सामान्य कामकाजमा संलग्न हुनु मेरो जीवन प्रवेशका लागि लाभदायक हुँदैन। यो अगुवाको कर्तव्य निर्वाह गरेजस्तो हुँदैन, जहाँ सत्यतामा सङ्गति गर्ने र विभिन्न समस्याहरू समाधान गर्ने तालिम लिन पाइन्छ, धेरै सत्यताहरू प्राप्त गर्न सकिन्छ, र मुक्ति पाउने मौका पनि धेरै हुन्छ। विशेष गरी, आफूले पहिले अगुवाको कर्तव्यमा सँगै सहकार्य गरेकी सिस्टरको अगाडि पर्दा र उनले मण्डलीका केही मामिलाहरूलाई सम्हालेको र समाधान गरेको कुरा सुन्दा मलाई मनमा साह्रै नरमाइलो लाग्थ्यो। मैले उनीजस्तै अगुवाको कर्तव्य निर्वाह गर्न पाउनु साँच्चै राम्रो हो, तर म त आफूलाई मन नपर्ने मण्डलीका सामान्य कामकाज मात्र गर्न पाउँछु भन्‍ने सोचेँ। जब म माथिल्लो तहका अगुवाहरूले मेरो क्षमता कमजोर छ र ममा अगुवा बन्ने योग्यताहरूको अभाव छ भनेको कुरा सम्झन्थेँ, तब मेरो हृदयमा वेदना हुन्थ्यो, र म चुपचाप रुन्थेँ। मलाई आफ्नो भविष्य अन्धकार र आफ्नो मुक्ति पाउने मौका क्षीण भएजस्तो लाग्थ्यो। मैले आफ्नो कर्तव्य निर्वाहमा कुनै ऊर्जा जुटाउन सकिनँ, र कुनै परिणाम हासिल नगरी केवल झारा टार्न काम गरेँ। पछि, मैले आफ्नो स्थिति गलत रहेको महसुस गरेँ, र म “अरूलाई अगुवा भएको देख्दा मलाई किन केही गुमाए जस्तो महसुस हुन्छ?” भनेर मनन गर्न थालेँ। “म परमेश्‍वरमाथिको आफ्नो विश्वासमा वास्तवमा के पछ्याइरहेकी छु?”

एक दिन, मैले परमेश्‍वरका वचनका दुई खण्ड पढेँ र आफ्नो स्थितिबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “जब कुनै ख्रीष्टविरोधीलाई बरखास्त गरिन्छ, उसको पहिलो प्रतिक्रिया उसलाई बिजुलीको झट्का लागेजस्तो हुन्छ, मानौँ आकासै खसेको छ, र उसको संसारै ध्वस्त भएको छ। उसले जुन कुरामा आशा राख्न सकेको थियो त्यो गुमेको छ, हैसियतका सबै लाभसित जिउने उसको मौका गुमेको छ, र खराब काम गर्दै बेलगाम दौडन लगाउने हुटहुटी गुमेको छ। यो कुरा उसलाई सबैभन्दा अस्वीकार्य हुन्छ। … जब उसलाई आशिषित् हुने आफ्नो आशा चकनाचूर भएको छ वा गम्भीर रूपले कम भएको छ भन्ने लाग्छ, तब त्यो उसका लागि टाउको फुट्नै लागेजस्तो, मुटुमा घनले हिर्काएजस्तो हुन्छ, र त्यो खुकुरीले काटेजतिकै दुख्छ। जब उसले रातदिन यति धेरै तृष्णा गरेको स्वर्गको राज्य प्रवेश गर्ने आशिष् गुम्‍न लागेको हुन्छ, तब उसलाई त्यो आकाशबाट खसेको भयानक समाचारजस्तो लाग्छ। ख्रीष्टविरोधीका लागि, कुनै हैसियत नहुनु भनेको आशिषित् हुने कुनै आशा नहुनुसमान हुन्छ, र ऊ जिउँदो लाशझैँ बन्छ, उसको शरीर प्राण नभएको रित्तो खोलजस्तै बन्छ, र उसको जीवन मार्गदर्शन गर्ने केही हुँदैन। ऊसँग कुनै आशा हुँदैन र आशा गर्नुपर्ने कुनै कुरा हुँदैन। जब कुनै ख्रीष्टविरोधीले खुलासा र बरखास्त हुनुपर्ने हुन्छ, तब उसका मनमा आउने पहिलो कुरा भनेकै उसले आशिषित् हुने कुनै पनि आशा गुमाएको छ भन्ने हुन्छ। त्यसैले, यस मोडमा के उसले हार मानिहाल्छ? के ऊ समर्पित हुन इच्छुक होला त? के उसले यस मौकालाई आशिष्‌प्रतिको चाहना छोड्न, हैसियत त्याग्न, स्वेच्छाले नियमित अनुयायी बन्न अनि खुसीका साथ परमेश्‍वरका लागि श्रम गर्न र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न प्रयोग गर्ला त? (गर्दैन।) के यो उसका लागि परिवर्तनकारी क्षण हुन सक्छ? के यस परिवर्तनकारी क्षणले उसलाई राम्रो दिशा र सकारात्मक मार्गमा अघि बढाउला कि अझ खराब दिशा र नकारात्मक मार्गमा अघि बढाउला? ख्रीष्टविरोधीको प्रकृति सारका आधारमा के स्पष्ट हुन्छ भने, ऊ बरखास्त हुनु भनेको उसले आशिष्‌प्रतिको आफ्नो चाहना त्याग्न थाल्नु वा उसले सत्यतालाई प्रेम गर्न र खोज्न थाल्नु हुँदै होइन। बरु, उसले त आशिषित् हुने अवसर र आशाका लागि लड्न अझ कडा परिश्रम गर्नेछ; ऊ आफूलाई आशिष्‌ दिलाउन सक्‍ने, आफूलाई पुनरागमन गर्न मदत गर्न सक्ने र आफ्नो हैसियत पुनः प्राप्त गर्न सक्षम बनाउने कुनै पनि अवसरमा टाँसिइरहनेछ। त्यसकारण, बर्खास्त हुँदा ख्रीष्टविरोधी खिन्न, निराश र विरोधी हुनुबाहेक, उसले बर्खास्त हुनुविरुद्ध दिलोज्यान लगाएर लड्नेछ र परिस्थितिलाई उल्टाउने, त्यसलाई बदल्ने प्रयास गर्नेछ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। “यसप्रकारका मानिसहरू सत्यता पछ्याउँदैनन्, तैपनि सधैँ परमेश्‍वरका घरमा प्रवर्धन गरिन र महत्त्वपूर्ण भूमिका पाउन चाहन्छन्। तिनीहरू हृदयमा के विश्‍वास गर्छन् भने, व्यक्तिमा जति धेरै कार्य सामर्थ्य हुन्छ, उसले जति धेरै महत्त्वपूर्ण पद प्राप्त गर्छ, ऊ परमेश्‍वरका घरमा जति धेरै प्रवर्धन गरिन्छ र सम्मानित हुन्छ, उसले आशिष्, मुकुट र इनाम प्राप्त गर्ने त्यति नै धेरै मौका पाउँछ। तिनीहरू के विश्वास गर्छन् भने, यदि कुनै व्यक्तिमा कार्य सामर्थ्य छैन, वा उसमा कुनै खास सीप छैन भने, ऊ आशिष् पाउन योग्य हुँदैन। तिनीहरू व्यक्तिको प्रतिभा, गुण, क्षमता, सिप, शैक्षिक स्तर, कार्य सामर्थ्य, अनि अरूलाई उछिन्ने तिनीहरूको सङ्कल्प र अदम्य मनोवृत्तिजस्ता बाहिर संसारमा मूल्यवान् ठानिने तिनीहरूको मानवताभित्रका तथाकथित सामर्थ्य र गुणहरूसमेतले आशिष् र इनाम प्राप्त गर्नहेतु पूँजीको काम गर्न सक्छन् भन्ने सोच्छन्। यो कस्तो मानक हो? के यो सत्यतासँग मेल खाने मानक हो? (होइन।) यो सत्यताको मानकसँग मेल खाँदैन। त्यसोभए, के यो शैतानको तर्क होइन र? के यो दुष्ट युग र दुष्ट सांसारिक प्रवृत्तिहरूको तर्क होइन र? (हो।) यस्ता मानिसहरूले विभिन्‍न कुराको मूल्याङ्कन गर्न प्रयोग गर्ने तर्क, विधि र मापदण्ड, साथै यी कुराहरूप्रतिको तिनीहरूको मनोवृत्ति र शैलीलाई विचार गर्दा, यस्तो लाग्छ मानौँ तिनीहरूले परमेश्‍वरका वचनहरू कहिल्यै सुनेका वा पढेका छैनन्, र तिनीहरू तीबारे पूर्णतया अनभिज्ञ छन्। तर वास्तवमा तिनीहरूले हरेक दिन परमेश्‍वरका वचनहरू सुनिरहेका, पढिरहेका र प्रार्थनार्थ पढिरहेका हुन्छन्। त्यसोभए, किन तिनीहरूको दृष्टिकोण कहिल्यै परिवर्तन हुँदैन त? एउटा कुरा निश्‍चित छ—तिनीहरूले परमेश्‍वरको वचन जति नै सुने पनि वा पढे पनि, तिनीहरू परमेश्‍वरका वचन सत्यता हुन्, र त्यो हरकुरा मापन गर्ने मापदण्ड हो भनेर हृदयमा कहिल्यै निश्‍चित हुँदैनन्; तिनीहरूले हृदयदेखि नै यो तथ्य बुझ्ने वा स्विकार्नेछैनन्। त्यसकारण, तिनीहरूको दृष्टिकोण जति नै बेतुके र विकृत भए पनि, तिनीहरू सदैव त्यसमा टाँसिइरहनेछन्, अनि परमेश्‍वरका वचन जति नै सही भए पनि, तिनीहरूले तिनलाई इन्कार गर्नेछन् र दोषी ठहराउनेछन्। ख्रीष्टविरोधीहरूको क्रूर प्रकृति यही हो। तिनीहरूले महत्त्वपूर्ण भूमिका पाउन नसक्ने, र तिनीहरूका चाहना र महत्त्वाकाङ्क्षा पूरा नहुनेबित्तिकै, तिनीहरूको साँचो रूप प्रकट भइहाल्छ, तिनीहरूको क्रूर प्रकृति आफै देखा परिहाल्छ, र तिनीहरू परमेश्‍वरको अस्तित्व इन्कार गर्न चाहन्छन्। वास्तवमा, तिनीहरूले परमेश्‍वरको अस्तित्व इन्कार गर्नुअघि नै परमेश्‍वरका वचन सत्यता हुन् भन्‍ने कुरा इन्कार गर्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत वा आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा पछि हट्न चाहन्छन्)। परमेश्‍वर के खुलासा गर्नुहुन्छ भने ख्रीष्टविरोधीहरू पदबाट हटाइएपछि, तिनीहरू आशिष् पाउने कुनै आशा छैन भन्ने विश्वास गर्छन्। तिनीहरू समर्पित हुन र चिन्तन गर्न सक्दैनन् नै, झन् तिनीहरू नकारात्मक समेत बन्दै प्रतिरोध गर्छन्, अनि पुनरागमन गर्दै आफ्नो हैसियत फिर्ता ल्याउने व्यर्थको भ्रम पाल्छन्। ख्रीष्टविरोधीहरू मानिस, घटना र कामकुराहरूको मूल्याङ्कन गर्न शैतानी तर्क प्रयोग गर्छन्। तिनीहरू विश्वास गर्छन् कि परमेश्‍वरको घरमा जति धेरै पदोन्नति र महत्त्व दिइन्छ, आशिष् र मुकुट पाउने मौका त्यति नै बढी हुन्छ। आफूले परमेश्‍वरका वचनहरूमा मनन गर्दा, मैले पदबाट हटाइएपछिको मेरो व्यवहार ठ्याक्कै ख्रीष्टविरोधीको जस्तै रहेछ, र कामकुराहरूलाई हेर्ने मेरो दृष्टिकोण पनि ठ्याक्कै ख्रीष्टविरोधीको जस्तै रहेछ भन्ने महसुस गरेँ। मैले आफूले अगुवा बन्ने हैसियतलाई किन यति धेरै महत्त्व दिएँ भन्नेबारे सोचेँ। मैले यदि मलाई परमेश्‍वरका घरमा अगुवाको रूपमा पदोन्नति गरियो भने, म हरेक दिन समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्ने तालिम लिन पाउँछु, मेरो जीवनवृद्धि छिटो हुन्छ, र मैले मुक्ति पाउने र आशिष् प्राप्त गर्ने अझ ठूलो मौका पाउँछु भनेर सोच्ने गरेका कारण पो त्यस्तो भएको रहेछ। जब म अगुवाको रूपमा चुनिएँ, म धेरै खुसी भएँ, र परमेश्‍वरमाथिको मेरो विश्वासको भविष्य उज्ज्वल छ भनी सोचेँ। आफू अगुवा हुँदा, मैले प्रकटित हुने र पदबाट हटाइने कुरादेखि भयभीत हुँदै सबै कठिन काम कुनै गुनासोविना गरेँ, र आफ्नो एक अगुवाको हैसियतलाई होसियारीपूर्वक जोगाएँ। जब मलाई पदबाट हटाउँदा अगुवाहरूले ममा कमजोर क्षमता रहेको र अगुवा बन्नका लागि आवश्यक योग्यता नभएको भनेको सुनेँ, तब मैले कमजोर क्षमता एउटा घातक समस्या हो, र भविष्यमा मैले फेरि कहिल्यै पदोन्नति पाउने र महत्त्व दिइने मौका पाउनेछैनँ होला भनी विश्वास गरेँ, त्यसैले मेरो हृदयमा धेरै पीडा भयो। मलाई परमेश्‍वरको एक विश्वासीको रूपमा मेरो भविष्य अन्धकार छ र आशिष् पाउने मेरो आशा क्षीण छ भन्‍ने लाग्यो। ममा यस्ता गलत सोच र विचारहरू भएकोले, जब अगुवाहरूले मलाई मण्डलीका सामान्य कार्य गर्ने कर्तव्यमा खटाए, तब मैले यो कर्तव्य भनेको हरेक दिन बाहिरी कुराहरूमा व्यस्त हुनु मात्र हो र यसले मलाई सत्यता प्राप्त गर्न र मुक्ति पाउन कुनै फाइदा गर्दैन भनी विश्वास गरेँ। मैले यसलाई मनैदेखि मन पराइनँ, र आफ्नो कर्तव्यमा कुनै पनि ऊर्जा जुटाउन सकिनँ। मैले परमेश्‍वरमाथिको मेरो विश्वासमा मैले पछ्याएको कुरा हैसियत र आशिष् रहेछ भन्ने महसुस गरेँ। मैले हैसियतलाई आशिष्‌सँग बराबर ठानेँ, र जब मैले आफ्नो हैसियत गुमाएँ, तब मैले आशिष् पाउने सबै आशा गुमाएको महसुस गरेँ, र मेरो हृदयमा असह्य पीडा भयो। मैले शैतानी दृष्टिकोणबाट कामकुराहरूको मूल्याङ्कन गरिरहेकी रहेछु। गैरविश्‍वासी संसारमा यस्तै हुन्छ, जति धेरै पदोन्नति हुन्छ, विकासका त्यति नै धेरै सम्भावनाहरू हुन्छन्। मैले परमेश्‍वरको घरमा पनि यस्तै हुन्छ भनी विश्वास गरेँ, र अगुवाको रूपमा पदोन्नति हुनु भनेको मुक्ति पाउने र आशिष् प्राप्त गर्ने झनै ठूलो मौका हो भन्ठानेँ। यो परमेश्‍वरका वचनहरूसँग पटक्कै मेल खाँदैन। तपाईँ परमेश्‍वरमाथिको आफ्नो विश्वासमा मुक्ति पाउन सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने कुरा तपाईँ कुन कर्तव्य निर्वाह गर्नुहुन्छ वा तपाईँको हैसियत छ कि छैन भन्‍ने कुरासँग कुनै सम्बन्ध छैन। कर्तव्य एक सृजित प्राणीले पूरा गर्नुपर्ने एउटा जिम्मेवारी हो; यो पूर्ण रूपमा स्वभाविक र न्यायोचित कुरा हो। यसलाई आशिष् वा इनामहरू प्राप्त गर्नका लागि मोलमोलाई गर्ने माध्यमको रूपमा प्रयोग गर्नुहुँदैन। तर, जब मलाई मण्डलीका सामान्य कामकाज गर्ने कर्तव्यमा खटाइयो, तब मैले यो कर्तव्यले मलाई परमेश्‍वरमाथिको मेरो विश्वासमा आशिष् पाउन लाभदायक छैन भन्ने विश्वास गरेँ, त्यसैले मैले परमेश्‍वरबारे गुनासो गरेँ र आफ्नो कर्तव्यमा कुनै बोझ उठाइनँ। मैले आफ्नो कर्तव्य त्याग्नेबारे समेत सोचेँ। मैले मेरो आफ्नै प्रकृति ख्रीष्टविरोधीको जस्तै मतलबी र स्वार्थनिष्ठ रहेछ भन्ने महसुस गरेँ। आशिष् पाउन नसक्ने बित्तिकै, म कुनै पनि बेला परमेश्‍वरदेखि तर्किन र उहाँलाई धोका दिन सक्थेँ। यो कति खतरनाक थियो!

पछि, मैले परमेश्‍वरका वचनहरूका अरू दुईवटा खण्ड पढेँ र मुक्ति पाउनु भनेको के हो भन्‍नेबारे केही बुझाइ हासिल गरेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “धेरै मानिस मुक्ति प्राप्त गर्नुको अर्थ के हो भनी स्पष्ट रूपमा देख्न सक्दैनन्। कतिपय मानिस के सोच्छन् भने, यदि तिनीहरूले लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेका छन् भने, तिनीहरूले सायद मुक्ति पाउनेछन्। कतिपय मानिसहरू के सोच्छन् भने, यदि तिनीहरूले धेरै आत्मिक धर्मसिद्धान्त बुझेका छन् भने, तिनीहरूले सायद मुक्ति पाउनेछन्। अनि कतिले के सोच्छन् भने, यदि तिनीहरू अगुवा र कामदारहरू बने भने, तिनीहरूले निश्चित रूपमा मुक्ति पाउनेछन्। यी सबै मानवीय धारणा र कल्पनाहरू हुन्। मुख्य कुरा के हो भने, मानिसहरूले मुक्ति प्राप्त गर्नुको अर्थ के हो भनी बुझ्नैपर्छ। मुक्ति प्राप्त गर्नुको मुख्य अर्थ पापबाट र शैतानको प्रभावबाट मुक्त हुनु, र साँचो रूपमा परमेश्‍वरतर्फ फर्कनु र परमेश्‍वरमा समर्पित हुनु हो। पापबाट र शैतानको प्रभावबाट मुक्त हुन मानिसहरूसँग के हुनैपर्छ? सत्यता। सत्यता प्राप्त गर्नका लागि, मानिसहरूले आफूलाई परमेश्‍वरका धेरै वचनद्वारा सुसज्जित गर्नैपर्छ, र तिनीहरूले परमेश्‍वरका वचनहरू अनुभव गर्न र तिनलाई अभ्यासमा लागू गर्न सक्षम हुनैपर्छ, ताकि तिनीहरूले सत्यता बुझ्न र वास्तविकतामा प्रवेश गर्न सकून्—त्यसपछि मात्रै तिनीहरूले मुक्ति पाउनेछन्। कसैले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुरासँग उसले कति लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेको छ, उसको ज्ञान कति उन्नत छ, ऊसँग वरदान र सामर्थ्यहरू छन् कि छैनन्, वा उसले कति कष्ट भोग्छ भन्‍ने कुराको कुनै सम्बन्ध छैन। मुक्ति प्राप्त गर्नुसँग प्रत्यक्ष सम्बन्ध भएको एउटै मात्र कुरा भनेको कुनै व्यक्तिले सत्यता प्राप्त गर्छ कि गर्दैन भन्ने हो। त्यसोभए, तैँले अहिले हृदयमा कतिवटा सत्यताहरू बुझेको छस्? अनि परमेश्‍वरका कतिवटा वचनहरू तेरो जीवन बनेका छन्? परमेश्‍वरका सबै मागमध्ये, तैँले कुन-कुनमा प्रवेश प्राप्त गरेको छस्? यति धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि, तँ परमेश्‍वरका वचनहरूको वास्तविकतामा कति प्रवेश गरेको छस्? यदि तँलाई थाहा छैन, वा यदि तँ परमेश्‍वरका कुनै पनि वचनहरूको वास्तविकतामा प्रवेश प्राप्त गरेको छैनस् भने, म तँलाई एउटा साँचो कुरा भन्छु: तेरो मुक्ति पाउने आशा शून्य छ—तैँले मुक्ति प्राप्त गर्नै सक्दैनस्। तैँले धेरै ज्ञान हासिल गरेको भए पनि, लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, तेरो रूप राम्रो भए पनि, र तँ वाक्पटुताका साथ बोल्न सक्ने भए पनि, र केही वर्षदेखि अगुवा वा कामदार रहिआएको भए पनि—यदि तँ सत्यता पछ्याउँदैनस् र परमेश्‍वरका वचनहरू उचित रूपमा अभ्यास र अनुभव गर्दैनस्, र तँसँग कुनै साँचो अनुभवात्मक गवाही छैन भने, तेरो मुक्ति पाउने आशा शून्य नै रहन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। “कुनै व्यक्तिले अन्त्यमा मुक्ति प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने कुरा उसले कुन कर्तव्य निर्वाह गर्छ भन्नेमा निर्भर हुँदैन, बरु उसले सत्यता बुझ्न र प्राप्त गर्न सक्छ कि सक्दैन, र अन्ततः परमेश्‍वरप्रति पूर्ण समर्पण हासिल गर्न र आफूलाई उहाँको योजनाबद्ध कार्यको कृपामा राख्न, अब उप्रान्त आफ्नो भविष्य र नियतिलाई ख्याल नगर्न, र मानकअनुरूपको सृजित प्राणी बन्न सक्छ कि सक्दैन भन्नेमा निर्भर हुन्छ। परमेश्‍वर धर्मी र पवित्र हुनुहुन्छ, उहाँले सबै मानवजातिलाई मापन गर्न यही मानक प्रयोग गर्नुहुन्छ, र यो मानक कहिल्यै परिवर्तन हुनेछैन—तैँले यो कुरा याद गर्नुपर्छ। यो मानकलाई आफ्नो मनमा दृढतापूर्वक राख्, र ती अवास्तविक कुराहरू पछ्याउनका लागि सत्यता पछ्याउने मार्ग छोड्नेबारे कहिल्यै नसोच्। मुक्ति पाउनुपर्ने सबैका लागि परमेश्‍वरले माग गर्नुभएको मानक सधैँ अपरिवर्तनीय छ। तँ जोसुकै भए पनि यो उस्तै रहन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरूमा मनन गरेपछि, मैले के बुझेँ भने परमेश्‍वर कुनै व्यक्तिले मुक्ति पाउँछ कि पाउँदैन भन्ने कुरा तिनीहरू कुन कर्तव्य निर्वाह गर्छन्, कति दुःख भोग्छन्, वा तिनीहरूमा के-कस्ता प्रतिभा वा सीपहरू छन् भन्‍ने आधारमा होइन, बरु तिनीहरूले सत्यता बुझ्न सक्छन् कि सक्दैनन्, सत्यता प्राप्त गर्न सक्छन् कि सक्दैनन्, र परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा पूर्ण रूपमा समर्पित हुन सक्छन् कि सक्दैनन् भन्‍ने आधारमा मापन गर्नुहुन्छ। परमेश्‍वरले अगुवाहरूले मुक्ति पाउने बढी आशा हुन्छ भनेर कहिल्यै भन्नुभएको छैन। मुख्य कुरा त व्यक्ति कुन मार्गमा हिँड्छ भन्‍ने कुरा हेर्नु हो। अगुवा हुनु भनेको धेरै मानिसहरूसँग सम्पर्कमा आउनु र धेरै कुराहरूको सामना गर्नु हो। यदि तपाईं सत्यता पछ्याउनमा केन्द्रित हुन सक्नुभयो भने, तपाईंले सत्यता प्राप्त गर्ने धेरै मौकाहरू पाउनुहुनेछ, र छिटोभन्दा छिटो सत्यता वास्तविकतामा प्रवेश गर्न र मुक्ति पाउन सक्नुहुन्छ। यदि तपाईं सत्यता पछ्याउनुहुन्न, र सत्यता स्वीकार नगरी वा परमेश्‍वरका वचनहरू अभ्यास नगरी केही शब्द र धर्मसिद्धान्तहरूले आफूलाई सुसज्जित पार्नमा मात्र सन्तुष्ट हुनुहुन्छ भने, जति नै वर्ष अगुवाको कर्तव्य निर्वाह गरे पनि, तपाईंले मुक्ति प्राप्त गर्नुहुनेछैन। साथै, अरू कर्तव्यहरू निर्वाह गर्नुको मतलब तपाईंले मुक्ति पाउने मौका कम हुन्छ भन्ने होइन। तपाईंले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, जबसम्म तपाईं सत्यता पछ्याउन र आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्नमा केन्द्रित हुनुहुन्छ, परमेश्‍वरका वचनहरूअनुसार मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्नुहुन्छ, र सोहीअनुरूपको आचरण र कार्य गर्नुहुन्छ, र परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नुहुन्छ, तबसम्म तपाईंले मुक्ति पाउने मौका हुनेछ। जसरी परमेश्‍वर भन्नुहुन्छ: “प्रवर्द्धन र संवर्धन गरिने यी मानिसहरू तिनीहरूको क्षमता र विभिन्न अवस्थाका कारण सत्यता वास्तविकतामा केवल चाँडो प्रवेश गर्न सक्छन्। तर, यो चाँडो प्रवेशको अर्थ तिनीहरू मात्र नै सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन् भन्ने होइन। यसको अर्थ तिनीहरूले अलि चाँडो प्राप्त गर्न सक्छन्, र तिनीहरू अलि चाँडो सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन् भन्ने मात्र हो। प्रवर्द्धन नगरिएकाहरू तिनीहरूभन्दा अलि पछि पर्नेछन्, तर यसको अर्थ तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनन् भन्ने होइन। कोही सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छ कि सक्दैन भन्ने कुरा उसको पछ्याइमा भर पर्छ(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (५))। मैले आफूले पहिलेदेखि चिनेका अगुवाहरूका बारेमा सोचेँ। तिनीहरूमध्ये कतिपयमा केही क्षमता र प्रतिभाहरू थिए, र तिनीहरू प्राय: आफ्ना ब्रदर-सिस्टरहरूका समस्या र कठिनाइहरू समाधान गर्थे। तर, तिनीहरू आफैले भने सत्यता अभ्यास गरेनन्, र आफ्ना भ्रष्ट स्वभावहरूमा भर परेर आफ्नो कर्तव्य निर्वाह गरे। तिनीहरूले मण्डलीको काममा अवरोध र बाधा पुऱ्याए, हठपूर्वक पश्चात्ताप गर्न अस्वीकार गरे, र अन्ततः निकालिए। यसको विपरीत, केही ब्रदर-सिस्टरहरू सजिलै नदेखिने कर्तव्यहरू निर्वाह गर्छन्, तर तिनीहरू सत्यता खोज्नमा केन्द्रित हुन्छन्, जति बुझ्छन् त्यति अभ्यास गर्छन्, आफ्नो क्षमताले भ्याएसम्म आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्छन्, र मण्डलीको कामको सुरक्षा गर्छन्। केही समयपछि, तिनीहरू आफ्नो कर्तव्य र जीवन प्रवेशमा प्रगति गर्न सक्षम हुन्छन्, र तिनीहरूले त्यसरी नै सत्यता प्राप्त गर्न र परमेश्‍वरको अनुमोदन पाउन सक्छन्। कुनै व्यक्ति परमेश्‍वरद्वारा अनुमोदित हुन सक्छ कि सक्दैन भन्ने कुरा ऊ कुन स्तरको अगुवा हो भन्नेमा निर्भर हुँदैन, बरु यो परमेश्‍वर, सत्यता, र आफ्नो कर्तव्यप्रतिको उसको मनोवृत्तिद्वारा निर्धारित हुन्छ; यो कुरा उसले सत्यता पछ्याउने मार्गमा हिँड्छ कि हिँड्दैन भन्नेमा निर्भर गर्छ। यसबाट मैले परमेश्‍वरको स्वभावको पवित्रता र धार्मिकता देखेँ। सत्यतासामु सबै समान छन्, र यदि तपाईं सत्यता पछ्याउनुहुन्न, र सत्यता अभ्यास गर्नुहुन्न भने, तपाईं जतिसुकै महान् अगुवा भए पनि, अन्ततः तपाईं दृढ रहन असफल हुनुहुनेछ। जब मैले यो कुरा बुझेँ, मेरो हृदय उज्यालो भयो। मेरो क्षमता औसत भए तापनि, म परमेश्‍वरका वचनहरू बुझ्न सक्छु, र मैले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, जबसम्म म सत्यता खोज्न र सत्यता अभ्यास गर्नमा केन्द्रित हुन्छु, तबसम्म मसँग मुक्ति पाउने आशा हुन्छ।

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूका अरू दुई वटाखण्ड पढेँ र आफ्नो आस्थामा मैले के पछ्याउनुपर्छ भनेर बुझेँ। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “सृजित प्राणीका रूपमा आफ्‍नो कर्तव्य सक्रियताका साथ निर्वाह गर्न खोज्‍नु नै सफलताको मार्ग हो; परमेश्‍वरप्रतिको साँचो प्रेम पछ्याउने मार्ग नै सबैभन्दा सही मार्ग हो; आफ्‍नो पुरानो स्वभाव परिवर्तन गर्न र परमेश्‍वरप्रतिको चोखो प्रेम पछ्याउनु नै सफलताको मार्ग हो। सफलताको त्यस्तो मार्ग नै सृजित प्राणीको मूल कर्तव्य साथै मूल स्वरूप पुनर्प्राप्त गर्ने मार्ग हो। पुनर्प्राप्तिको मार्ग यही हो, र सुरुदेखि अन्त्यसम्‍मै परमेश्‍वरको सम्पूर्ण कामको उद्देश्य पनि यही नै हो। यदि मानिसको पछ्याइ व्यक्तिगत अत्यधिक मागहरू र अनुचित लालसाहरूद्वारा कलङ्कित छ, अनि यसले हासिल गर्ने नतिजा मानिसको स्वभावमा परिवर्तन हुँदैन भने, यो पुनर्प्राप्तिको कार्यको विपरीत हुन्छ। यो अवश्य नै पवित्र आत्माद्वारा गरिएको काम होइन, त्यसकारण यसले यस प्रकारको पछ्याइलाई परमेश्‍वर अनुमोदन गर्नुहुन्न भन्‍ने कुरा प्रमाणित गर्छ। परमेश्‍वरले अनुमोदन नगर्नुभएको पछ्याइको के महत्त्व हुन्छ र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ)। “सृजित प्राणीका रूपमा, मानिसले सृष्टिकर्तालाई जान्न र सृजित प्राणीको कर्तव्य पूरा गर्न खोज्नुपर्छ, र सबैभन्दा महत्त्वपूर्ण रूपमा, अरू कुनै छनौटहरू बिलकुलै नगरी परमेश्‍वरलाई प्रेम गर्न खोज्नुपर्छ, किनभने परमेश्‍वर मानिसको प्रेमको योग्य हुनुहुन्छ। परमेश्‍वरप्रतिको प्रेमको पछि लाग्नेहरूले कुनै पनि व्यक्तिगत लाभ वा व्यक्तिगत आशाहरू पछ्याउनु हुँदैन; पछ्याउने सबैभन्दा सही तरिका यही हो। यदि तैँले सत्यता नै पछ्याउँछस् भने, यदि तैँले सत्यता नै अभ्यास गर्छस् भने, र यदि तैँले आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्छस् भने, तँ हिँड्ने मार्ग सही छ। यदि तँ देहका आशिष्‌हरू पछ्याउँछस्, र तेरा आफ्नै धारणाहरूको सत्यता अभ्यास गर्छस् भने, र यदि तेरो स्वभावमा बिलकुलै परिवर्तन आएको छैन, र देहमा हुनुभएका परमेश्‍वरप्रति तँ पटक्कै समर्पित छैनस्, र तँ अझै अस्पष्टतामै जिउँछस् भने, तैँले जे पछ्याउँछस् त्यसले तँलाई अवश्य नै नरकमा लैजानेछ, किनभने तैँले हिँड्ने मार्ग असफलताको मार्ग हो। तँलाई सिद्ध पारिनेछ कि हटाइनेछ भन्‍ने कुरा तेरो आफ्‍नै पछ्याइमा निर्भर हुन्छ, भन्‍नुको अर्थ के पनि हो भने, सफलता वा असफलता व्यक्ति हिँड्ने मार्गमै निर्भर हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ)। परमेश्‍वरका वचनहरूमा मनन गरेपछि, मैले परमेश्‍वरमा विश्वास गर्दा तपाईं कुन मार्ग लिनुहुन्छ भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण हुन्छ भन्ने बुझेँ। परमेश्‍वर मानिसहरूले सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गरून्, र पत्रुसले जस्तै, परमेश्‍वरलाई बुझ्ने र प्रेम गर्ने कुरा पछ्याऊन् भन्ने माग गर्नुहुन्छ। यसरी मात्र व्यक्ति स्वभावमा परिवर्तन हासिल गर्न र परमेश्‍वरका सबै योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्छ; पावलले जस्तै आशिष् र मुकुटहरू प्राप्त गर्नका लागि मात्र काम गर्ने र आफूलाई समर्पित गर्ने गर्नुहुँदैन। पावलको खोज परमेश्‍वरले माग गर्नुभएका कुराहरूको विपरीत थियो। उनले अन्त्यसम्म विश्वास गरे, तर आफ्नो स्वभावमा कुनै परिवर्तन हासिल गरेनन्, उनी अझै पनि परमेश्‍वरप्रति दाबी र मागहरूले भरिएका थिए, र उनको प्रकृति अझै पनि परमेश्‍वरको प्रतिरोध गर्ने खालको थियो। म पावलको असफल मार्गमा हिँडिरहेकी थिएँ। मैले सधैँ अगुवा बन्दा तालिम लिने धेरै मौकाहरू पाइन्छ, जसले गर्दा मुक्ति पाउने धेरै आशा हुन्छ भनी विश्वास गरेकी थिएँ। त्यसैले, मैले निरन्तर अगुवा बन्न चाहेँ। परमेश्‍वरमाथिको आफ्नो विश्वासमा मैले सत्यता र स्वभावमा परिवर्तनहरू पछ्याउनुको सट्टा आशिष् र मुकुट प्राप्त गर्ने कुरा पछ्याएँ। त्यसैले, जब म आफ्नो कमजोर क्षमताको कारण पदबाट हटाइएँ, र मैले फेरि कहिल्यै अगुवा बन्ने मौका पाउनेछैनँ होला र आशिष् पाउने मेरो आशा क्षीण छ भनी महसुस गरेँ, तब म नकारात्मक र अल्छे भएँ, र आफ्नो कर्तव्यलाई बेवास्ता गरेँ। यदि म यस गलत मार्गमा हिँडिरहेँ, र सत्यता पछ्याइनँ भने, मेरो जीवन स्वभाव परिवर्तन हुनेथिएन, र मैले परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा अलिकति पनि समर्पणता देखाउने थिइनँ। अन्तमा, के मेरो परिणाम ठ्याक्कै पावलको जस्तै हुनेथिएन र? जब मैले यो बुझेँ, तब मैले परमेश्‍वरलाई मलाई प्रकट गर्नुभएकामा हृदयदेखि नै धन्यवाद दिएँ, जसले मलाई आफ्नो गलत पछ्याइ चिन्न सक्षम बनायो। यो मलाई मुक्ति दिनु थियो! यो कुरा बुझेपछि मैले आफ्नो क्षमता कमजोर छ र म अगुवा बन्नका लागि आवश्यक योग्यताहरू पूरा गर्दिनँ भन्ने तथ्यलाई लिएर पीडा महसुस गर्न छोडेँ। म एक सृजित प्राणी हुँ, र मैले आशिष्‌ पछ्याउने वा परमेश्‍वरसँग सौदाबाजी गर्ने प्रयास गर्नुहुँदैन। बरु, मैले एक सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नुपर्छ र परमेश्‍वरलाई प्रेम गर्न र उहाँमा समर्पित हुन प्रयास गर्नुपर्छ। यही नै जीवनको सही मार्ग र एक सृजित प्राणीको हुनुपर्ने स्वरूप हो। त्यसपछि, मण्डलीका सामान्य कामकाजको कर्तव्यप्रति मेरो मनोवृत्ति अलि उचित भयो, र मैले वास्तविकतामा रहेर आफ्नो कर्तव्य निर्वाह गर्न सकेँ। मेरो स्थिति परिवर्तन भएपछि, मेरो कार्यक्षमतामा पनि केही सुधार भयो।

त्यसपछि, जब-जब मण्डलीमा मेरो सामान्य कामकाजको कर्तव्यमा व्यस्तता बढ्थ्यो, तब-तब मलाई यो कर्तव्य प्रमुखरूपमा बाहिरी कुराहरूमा व्यस्त हुनु नै हो र यो मेरो जीवन प्रवेशको लागि लाभदायक हुँदैन जस्तो लाग्थ्यो। तर, मलाई यो दृष्टिकोण गलत हो भन्ने थाहा थियो, त्यसैले मैले यो कर्तव्य निर्वाह गर्दा कसरी जीवन प्रवेशमा केन्द्रित हुने भनेर खोजी गरेँ। मैले परमेश्‍वरको वचनको एक खण्ड पढेँ: “के तिमीहरू त्यस्ता स्थितिहरू अनुभूत गर्छौ, जसमा तिमीहरूलाई जे आइपरे पनि, वा तिमीहरूले जे कर्तव्य निर्वाह गरे पनि, तिमीहरू प्रायः परमेश्‍वरसामु आफूलाई शान्त पार्न, र उहाँका वचनहरू मनन गर्नमा, र सत्यता खोजी गर्नमा, अनि परमेश्‍वरका अभिप्रायहरूअनुसार हुने तरिकामा तिमीहरू आफ्‍नो कर्तव्य कसरी निर्वाह गर्न सक्छौ र त्यो कर्तव्य मानकअनुरूप निर्वाह गर्नका लागि तिमीहरूमा के-कस्ता सत्यताहरू हुनुपर्छ भनेर मनन गर्नमा हृदय लगाउन सक्छौ? के तिमीहरू धेरै पटक यसरी नै सत्यता खोजी गर्छौ? (गर्दैनौ।) आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा लगाउन र जिम्मेवारी उठाउन सक्‍ने बन्न तैँले कष्ट सहनु र मूल्य चुकाउनु आवश्यक हुन्छ—यी कुराहरूबारे कुरा गर्नु मात्र पर्याप्त हुँदैन। यदि तँ आफ्नो हृदय कर्तव्यमा लगाउँदैनस्, बरु सधैँ परिश्रम गर्न चाहन्छस् भने, तेरो कर्तव्य निश्चित रूपले राम्रोसँग गरिएको हुँदैन। तैँले केवल झारा टारिरहेको हुन्छस्, त्योभन्दा बढी केही होइन, र तैँले आफ्नो कर्तव्य राम्ररी गरिस् कि गरिनस् त्यो जान्‍नेछैनस्। यदि तैँले आफ्नो हृदय त्यसमा लगाइस् भने तैँले बिस्तारै सत्य बुझ्न थाल्नेछस्; यदि तैँले आफ्नो हृदय त्यसमा लगाइनस् भने तैँले सत्यता बुझ्नेछैनस्। जब तँ आफ्नो हृदयलाई कर्तव्य निर्वाह गर्नमा र सत्यता पछ्याउनमा लगाउँछस्, तब तँ बिस्तारै परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्‍ने, आफ्नो भ्रष्टता र कमीकमजोरीहरू थाहा पाउने, र आफ्ना सबै विविध स्थितिहरू सम्हाल्न सक्‍ने हुनेछस्। जब तैँले परिश्रम गर्न मात्रै ध्यान दिन्छस्, र आत्मचिन्तन गर्नमा हृदय लगाउँदैनस्, तब तैँले आफ्‍नो हृदयको साँचो स्थिति अनि फरक फरक वातावरणहरूमा तँमा हुने विभिन्न प्रतिक्रिया र भ्रष्टताका प्रकटीकरणहरू पत्ता लगाउन सक्‍नेछैनस्। यदि समस्याहरू हल नभई थाँती नै रहँदा परिणाम के हुन्छ भन्‍ने कुरा तँलाई थाहा छैन भने, तँ ठूलो समस्यामा छस्। तसर्थ, परमेश्‍वरलाई अन्योलग्रस्त तरिकाले विश्‍वास गर्नु अस्वीकार्य हुन्छ। तँ हरेक समय, हरेक स्थानमा परमेश्‍वरअघि जिउनुपर्छ; तँलाई जेसुकै आइपरे पनि, तैँले सधैँ सत्यताको खोजी गर्नैपर्छ, र यसो गर्दा तैँले आत्मचिन्तन पनि गर्नैपर्छ, र तेरो स्थितिमा के-कस्ता समस्याहरू छन् भनेर पनि जान्नैपर्छ, अनि ती समाधान गर्न तुरुन्तै सत्यता खोजी गर्नैपर्छ। त्यसरी मात्रै तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छस् र तँ मण्डलीको काममा ढिलाइ गराउनबाट बच्‍न सक्छस्। सबैभन्दा महत्त्वपूर्ण, तैँले आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नेछस् मात्र होइन, तर तँसँग जीवन प्रवेश पनि हुनेछ र तैँले आफ्ना भ्रष्ट स्वभावहरू पनि हल गर्नेछस्। यसरी मात्रै तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्‍नेछस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति भएर मात्र वास्तविक मानव रूपमा जिउन सकिन्छ)। परमेश्‍वरका वचनहरूबाट, मैले के बुझेँ भने सत्यता प्राप्त गर्ने र मुक्ति पाउने कुरा हामीले कुन कर्तव्य निर्वाह गर्छौँ भन्नेमा निर्भर हुँदैन। बरु, यो त हामीले आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता सिद्धान्तहरू खोज्ने-नखोज्ने, आफ्नै भ्रष्टता र कमीकमजोरीहरूमाथि चिन्तन गर्ने-नगर्ने, र आफ्नै समस्याहरू समाधान गर्न सत्यता खोज्ने-नखोज्ने, र परिणामस्वरूप आफ्नो कर्तव्य निर्वाह गर्दा जीवन प्रवेश हासिल गर्ने-नगर्ने कुरामा निर्भर गर्छ। यदि हामी आफ्नो कर्तव्य निर्वाहमा सत्यता खोज्न र परमेश्‍वरका वचनहरू अभ्यास गर्नमा केन्द्रित भयौँ भने, हामीले जुनसुकै कर्तव्य निर्वाह गरे पनि सत्यता प्राप्त गर्न सक्छौँ। उदाहरणको लागि, म अहिले मण्डलीका सामान्य कामकाजमा बढी संलग्न छु। यदि मैले सबै कुरा झाराटारुवा र अन्योलग्रस्त तरिकाले गरेँ र यसलाई ईमानदारीपूर्वक लिइनँ भने, मैले मण्डलीको हितमा नोक्सान पुऱ्याउने सम्भावना हुन्छ। त्यसमाथि, सामान्य कामकाजको कर्तव्य निर्वाह गर्नुको मतलब शून्यमा जिउनु होइन। म अझै पनि हरेक दिन सक्रिय विचारहरू प्रकट गर्दै कतिपय मानिस, घटना र कामकुराहरूको सामना गर्छु। यदि म आफूले हरेक दिन प्रकट गर्ने भ्रष्ट स्वभाव, सोच र विचारहरूमार्फत आफूलाई फर्केर हेर्न र चिन्नमा केन्द्रित हुन, र सत्यता वास्तविकतामा प्रवेश गर्न सकेँ भने, म धेरै पाठहरू सिक्न र सत्यता प्राप्त गर्न सक्नेछु। यो कुरा बुझेपछि मैले निकै सहज महसुस गरेँ।

त्यसपछि, आफ्नो कर्तव्य निर्वाह गर्दा म हरेक दिन आफ्ना सोच र विचारहरू जाँच्नमा केन्द्रित भएँ। जब मेरो काटछाँट गरियो, मैले सक्रिय रूपमा सत्यता खोजेँ र ब्रदर-सिस्टरहरूका अनुभवात्मक गवाहीहरू हेर्दै, अरूले कसरी परिस्थितिहरू आइपर्दा चिन्तन गर्दै पाठ सिक्छन् भनेर पनि हेरेँ। उदाहरणका लागि, पहिले मेरा ब्रदर-सिस्टरहरूले मलाई अहङ्कारी स्वभावकी र परिस्थिति आइपर्दा विवाद गर्ने प्रवृत्ति भएकी भनेर औँल्याएका थिए। मैले यसलाई स्वीकार गरेँ, आफैमा चिन्तन गर्दै आफूलाई चिनेँ, र यो पक्षमा परमेश्‍वरका वचनहरू खोजेर पढेँ। मैले आफ्ना ब्रदर-सिस्टरहरूसामु आफ्नो हृदय खोलेँ र विवाद गर्ने मेरो समस्यालाई कसरी समाधान गर्ने भनेर खोजी गरेँ। म प्राय: अनुभवात्मक गवाही लेखहरू लेख्न समय निकाल्छु, र आफ्नो शैतानी भ्रष्ट स्वभावबारे अझ स्पष्ट र गहिरो समझ प्राप्त गरेकी छु। यसरी आफ्नो कर्तव्य निर्वाह गर्दा म आफ्नो हृदयमा शान्त र सहज महसुस गर्छु। म यसरी जति धेरै तालिम लिन्छु, मेरो अन्तरात्मा त्यति नै तेज हुन्छ। म आफ्नो कर्तव्यमा समस्याहरू तुरुन्तै पत्ता लगाउन बढी सक्षम भएकी छु, र म आफ्नो कर्तव्य निर्वाहमा परमेश्‍वरको अगुवाइ र आशिष् पाउँछु। धन्यवाद परमेश्‍वर!

अघिल्लो:  ७१. मैले आफ्नो बिमारीबारेको चिन्ता कसरी त्यागेँ

अर्को:  ७३. आफ्नो कर्तव्यमा झाराटारुवा बन्नु साँच्चै खतरनाक हुन्छ

सम्बन्धित विषयवस्तु

५४. एउटा आत्मिक लड़ाइँ

याङ्ग झि, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई...

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

Connect with us on Messenger